• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक पञ्चाङ्ग भाग: १४५

  • १४ जेष्ठ २०८२, मंगलवार १४:०४ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयपैतालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुनअनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४५—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०१/१५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    तिमी मेरो आँखाको नानी हौ प्रिय
    प्यास लाग्दा पिउने पानी हौ प्रिय
    तिमी छौ र त म बाँचेकी छु यहाँ,
    प्रेमील संसारको खानी हौ प्रिय
    आपत विपतमा ज्ञानी हौ प्रिय।
    -सुशीला पौडेल

    ॐ
    पञ्चाङ्ग:०२
    उसलाई हिजोआज भात लागेकाे छ राजै
    सम्पन्नता आभासले मात लागेकाे छ राजै
    शून्यताबाट कस्ले उठायाे याद गर साथी
    भ्रष्टाचारकाे स्पष्टता बात लागकाे छ राजै
    गजबको सम्पत्ति खातै खात लाग्काे छ राजै ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०३
    शरीरमा पसिना बगेर खलखल हुन्छु
    नदीमा डुङ्गामाथि चढ्दा म ढलपल हुन्छु
    आजभोलिका जमाना यस्तै यस्तै आएका छन्
    सभा कचरी सधैँ उखान छलफल हुन्छु
    देश देखेर आँखामा आँसु पलपल हुन्छु
    ✍️ वेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०४
    सियोमा धागो हाल्न नसक्ने अल्छि ऊ
    माछा मार्न नसकी लाउँछे बल्छि ऊ
    बुझेर बुझ पचाउने बानी उसको ,
    अरुको प्रगति देखेर ठहरै ढल्छी ऊ
    भित्र भित्रै त आगोले पोलेर जल्छी ऊ ।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०५
    देश डुब्न लागेको कसैले छेकेनन् आज
    सहि अनि सत्य कागजमा टेकेनन् आज
    अत्यचार,अन्याय जनताले कति सहने,
    झण्डै त्यो झुत्रो कपडा सरी फेँकेनन् आज
    बलेको आगोमा सिद्रा जस्तै सेकेनन् आज।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०६
    अनगिन्ती सपना बोकेर यहाँ।
    माया प्रेम दिलमा तोकेर यहाँ।
    प्रेमील संसार सजाउनु पर्छ,
    आफ्नाे प्याराे मायालु रोकेर यहाँ।
    बनाउनुछ छाती ठाेकेर यहाँ।
    -ह्यारिस

    पञ्चाङ्ग-६
    हामी सबै एकै हौं भन्ने मान्छे त हजुर जातमा अल्झियो
    सधैं पारिवारिक झमेला र साना-साना बातमा अल्झियो
    सर्वश्रेष्ठ हुँ भन्ने धाक छ ठुलो बुद्धि चाहिँ गयो सुकेर ,
    विश्वास जति गुमाएर अन्धविश्वासको खातमा अल्झियो
    समाधि सम्म नि पुग्नै सकेन सधैं दालभातमा अल्झियो।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२७

  • १४ जेष्ठ २०८२, मंगलवार १३:५७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयछब्बिसौमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०१/११ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२७[एकसयसत्तासीऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    -सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    नेपाल आमा मलाई बचाउ भन्छिन्।
    मेरो दिलमा घाउ छ जँचाउ भन्छिन्।
    नेपाल भएर नेपाली भन्छौ हामी,
    नेपालको पहिचान रचाउ भन्छिन्।
    आफ्नै देशकाे गीतमा नचाउ भन्छिन्।
    -सुशीला पौडेल

    ॐ
    पञ्चाङ्ग:०२


    आमाको मृत्युको दाेसाँधमा जन्मिए प्रभु !
    बाबाको मुटुमा गाँठाेबिच अन्मिए प्रभु !
    नारी सहनशीलताकाे प्रतिमूर्ति साँच्चै
    म जन्मिएको घरबाट नै मन्छिए प्रभु !
    आमाकाे पवित्र काखबाट पन्छिए प्रभु !
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०३
    छोरीको घरमा सबैलाई चाहा! भयो।
    म संसारमा जन्मेर आएँ आहा! भयो।
    जबसम्म बढ्दै म गएर ठूलो भएँ,
    जब हुर्कँदै गएँ सबैमा डाहा भयो।
    पराईको घर पठाउँछन् थाहा भयो।
    ✍️ वेदु न्यौपाने 🌹🌹
    पञ्चाङ्ग-४
    आजभन्दै भोलिभन्दै झन्झन् एक्लो हुँदैछिन नेपाल आमा
    मुटु सम्झेर देशको माटोलाई छुँदैछिन नेपाल आमा
    जहाँ जन्म्यौ जहाँ हुर्क्यौ छाडी नजाउ तिमी मलाई भन्दै,
    यै माटोमा पसिनाले आफ्नो जीउ धुँदैछिन नेपाल आमा
    लुटेराले देश रातारात लुट्दा रुँदैछिन् नेपाल आमा।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५

    त्यो तिम्रो आशमा बाँचेका छौँ
    पीडाकाे रासमा बाँचेका छौँ
    कहानी झुपडीकाे हाे साथी ,
    श्रमकाे गाँसमा बाँचेका छौँ
    दल्दल भासमा बाँचेका छौँ ।
    भवानी घिमिरे
    सर्लाही ।
    पञ्चाङ्ग:०६
    देश डुब्न लागेको कसैले छेकेनन आज
    सहि अनि सत्य कागजमा टेकेनन आज।
    अत्यचार,अन्याय जनताले कति सहने
    झण्डै त्यो झुत्रो कपडा सरी फेकेनन आज
    बलेको आगोमा सिध्रा जस्तै सेकेनन आज।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२६

  • १४ जेष्ठ २०८२, मंगलवार १३:३९ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयछब्बिसौमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०१/०४ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२६[एकसय छब्बीसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    प्रविधि विकासले काम राम्रो गरेको छ।
    यसैले चारैतिर नाम राम्रो छरेको छ।
    खुर्सानीको बोटमा पनि जोडी सुहाएको,
    विकासले सबैमा दाम राम्रो भरेको छ।
    हेर्नेहरु भीडमा जाम राम्रो परेको छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    क्या गजबको कला छ
    मुख फरक गला छ
    बोट पनि बिचित्रको
    हरियो पात फला छ
    नखाए हुने भला छ ।।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०३
    खेतीयोग्य भूमि हाम्रो पसिनाले गलाउनु पर्छ
    मुख मात्रै हैन अब हातपाउ चलाउनु पर्छ
    हामी आफैं बिज हौं पोकामै रहनु हुन्न है सधैं
    रोपिइकन माटोमा उम्री फेरि पलाउनु पर्छ
    बोकेर मात्रै हुन्न सपना अब फलाउनु पर्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    के हाे यस्तो राता फल दाजै
    आँखालाई भयो छल दाजै
    टमाटर हाे कि दुई बच्चा ?
    ताजुककाे भयो पल दाजै,
    प्रकृतिकाे दिने फल दाजै ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५
    सानाठूला सबैमा प्रेम हुन्छ हेर्नु
    यस्तो देख्दा साह्रै नै मन छुन्छ हेर्नु ।
    जमाना प्रविधिले कहाँबाट कहाँ ,
    निर्दयी देख्दा त हृदय रुन्छ हेर्नु
    त्यसैले एकान्तले बरु सुन्छ हेर्नु

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १४३

  • १४ जेष्ठ २०८२, मंगलवार १३:३४ मा प्रकाशित
  • सम्पूर्णमा नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना।
    आज,हामी नयाँ वर्ष प्रारम्भको दिनमा छौ।हाम्रो साप्ताहिक अभ्यासको दिन सोमबार परेको हुँदा,साप्ताहिक अभ्यासमा नयाँ वर्ष विशेष पञ्चाङ्ग लेख्नु हुन् सबैमा हार्दिक अनुरोध छ।
    “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयत्रिचालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४३—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०१/०१
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    फूलमा नवरंग भरेर आयाे नयाँ वर्ष।
    सबैमा खुशीयाली छरेर आयाे नयाँ वर्ष।
    बाेट बिरुवाहरू नयाँ पालुवा पलाउँदा,
    सुकेका पातहरू झरेर आयाे नयाँ वर्ष।
    समयकाे जङ्घार तरेर आयाे नयाँ वर्ष।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    नयाँ वर्षमा सबै शत्रु मासेर बसौँ।
    सबैमा माया दिएर हामी हाँसेर बसौँ।
    दुष्टहरूको भरमा अब पर्नु हुन्न,
    दुश्मनहरूलाई यहाँ नासेर बसौँ।
    आफन्त जतिलाई सबै टाँसेर बसौँ
    ✍️ वेदु न्यौपाने 🌹🌹

    पञ्चाङ्ग:०३
    मर्न लागेका आशाहरु फेरि जागेर हरियाली छाओस् शुभकामना
    वसन्त आएर सबैको मनमा कोइलीले गीत गाओस् शुभकामना
    जसोतसो बस्न पाऔँ सबैले पालमा दुइ हजार बयासी सालमा
    भोकै कोही नहोउन् सबैले एकछाक त खान पाओस् शुभकामना
    सबैको घैंटोमा घाम चरक्क लागेर अन्धकार जाओस् शुभकामना ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०४
    नयाँ साल घुमेर आयो हामी माझमा।
    रमाइलो र खुशी छायो हामी माझमा।
    पुरानोलाई ससम्मान बिदा गरियो,
    आपसी मित्रता बढायो हामी माझमा।
    प्रकृतिले लाली लगायो हामी माझमा।।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०५

    बर्षौँबर्ष देखि नकचरो शासन मान्नु परेको छ।
    नोकरी छैन भोको पेटमा पटुकी बान्नु परेको छ।
    नयाँ सालमा युवाहरुलाई यसरी शक्ति आवस् की।
    जनता मारा नेतालाई लात्तै लात हान्नु परेको छ।
    अनि कठालोमा समाई घिस्याउँदै तान्नु परेको छ।


    मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार

    पञ्चाङ्ग:०६

    यै देशको माटो बनाउनुछ हामीले
    नेपाली हुँभन्ने जनाउनुछ हामीले
    गौरवान्वित हुँदै बाचौँ हुन्न र हामी,
    आफ्नो माटोमा नै खनाउनुछ हामीले
    परदेशीलाई तनाउनुछ हामीले ।

    -दुर्गा आचार्य
    मोरङ
    ,
    ॐ
    पञ्चाङ्ग:०७


    आयाे सिद्धार्थ नामकाे नव वर्ष सखी
    छायाे नेपाली मनमा छायाे हर्ष सखी
    देश विदेशमा बस्नेमा शुभकामना
    स्वाभिमानी बन्न गराै आफैँ कर्ष सखी
    कत्ति सहनु हुन्न हामीले धर्ष सखी ।,
    -प्रधुम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग लेखन शृङ्खला भाग- १४२

  • १४ जेष्ठ २०८२, मंगलवार १३:३० मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयबयालीसौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४२—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८१/१२/२५
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    शान्तिको दीपलाई जगाउनु पर्छ।
    अबदेखि अशान्ति भगाउनु पर्छ।
    गरिबी र बेरोजगारी अन्त्य गर्न,
    सारा नेपालीलाई मगाउनु पर्छ।
    दुष्ट आत्मा ठेगान लगाउनु पर्छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    आफ्नो घरमा काम गर आफ्नो घरमा जमाऊ बाबुु
    मित्रताकाे हात फैलाउँदै दह्रो साथ समाऊ बाबु
    जिन्दगीकाे महत्त्व बुझ पीडा हुँदैन कहिल्यै कतै,
    सकेजति सहयोग गर चाहिने मात्रै कमाऊ बाबु
    घरमा जे छ त्यही खाएर झुपडीमा रमाऊ बाबु ।

    -भवानी घिमिरे
    सर्लाही

    ॐ
    पञ्चाङ्ग:०३
    जनताकाे बल हुन्छ ठूलाे साहेब
    आखिरमा छल हुन्छ लुलाे सहेब
    यथार्थ लुकाएर लुक्दैन हजुर
    चरित्रमा दल हुन्छ कुलाे साहब
    भ्रष्टाचारी खल हुन्छ फूलाे साहेब ।

    -प्रद्युुम्न चालिसे

    पञ्चाङ्ग-०४
    देश बन्न बेर छैन सबैको मन मिल्न सके
    सिन्का सिन्का जोडेर एउटा टपरी खिल्न सके
    एका बिहान झिसमिसे मै जुरुक्कै उठेदेखि
    सद्दे सद्दे छानीकन बिग्रेका जति छिल्न सके
    अरिङ्गाल बनेर भ्रष्टाचारीलाई चिल्न सके।
    -पशपती राई खोटाङ ।
    पञ्चाङ्ग-०५
    जीवनमा बस्नु पर्छ रमाएर सधैं हामीले ,
    अन्त्यमा के लानु छ र जाँदा कमाएर हामीले
    खुसी हुँदै सबैसँग मीठो बोलौँ जति बाँचिन्छ ,
    बनाउनु छ यहाँ सम्बन्ध जमाएर हामीले ,
    अवश्य मरिन्छ लगिन्छ के समाएर हामीले ?

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्गः०६

    शुभेच्छा र सद्भाव , भेटिदैन आज ।
    देश हाँस्ने परिस्थिति , रेटिदैन आज ।
    पीरहरु थपिएकाे , जिन्दगानी भयाे,
    हेमन्थकाे पतझडी , फेटिदैन आाज ।
    विकृतिकाे कालाे धब्बा , मेटिदैन आज ।

    तीर्थराज जाेशी , कैलाली

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२४

  • १४ जेष्ठ २०८२, मंगलवार १३:२७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयचौविसौंऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/१२/२१गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२४[एकसयचौबिसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    सानाे सानाे छ झुपडी कति राम्रो।
    मन भुलाउने रैछ अति राम्रो।
    साैम्य सुन्दरता छ हरियालीमा,
    सरर बग्ने हावाकाे गति राम्रो।
    बगैंचा बनाउनेकाे मति राम्रो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    रमाइलो ठाउँ घर सानाा छन्
    देख्दा लेख्दा साँच्चै राम्रो खाना छन्
    चौतर्फी छ हरियो मेरो गाउँ ,
    नचुहिने टाली दह्रो छाना छन्
    आमाको आफ्नो बिलौना गाना छन् ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    सुन्दर गाउँमा राम्रो बाटो अनि पहरा रहेछन्
    छङ छङ गरेर सुसेली हाल्ने छहरा रहेछन्।
    हरियो बन रमाइलो ठाउँ प्रकृति अनुपम,
    भीर अनि पाखामा थरि थरिका लहरा रहेछन् ,
    आ-आफ्नो हैसियत अनुसारको टहरा रहेछन् ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    सुन्दर ठाउँमा बस्न पाए कति मजा
    हरियाली चारैतिर छाए कति मजा
    प्राकृतिक छटाले यो मन नै लोभियो,
    अझ कोइली चरीले गाए कति मजा
    ऐसेलु काफल टिपी खाए कति मजा।
    घनश्याम पौडेल,पोखरा

    पञ्चाङ्ग:०५

    भवसागरकाे बगैंचाकाे सुन्दर फूल हाे जीवन
    समाजलाई मायामा भुलाउने यो पुल हाे जीवन
    प्रकृतिकाे वरदान सुन्दर र शान्त देश नेपाल
    हिमशिखर हिमनदी नै पानीको मुल हाे जीवन
    बुद्ध जन्मभूमिमा अशान्ति छाएर शूल हाे जीवन ।

    पञ्चाङ्ग-०६
    मान्छे हेर्नुस् त कोही माछी झैं जालमा भेटिन्छ
    मान्छेले मान्छेलाई फसाउने चालमा भेटिन्छ
    उद्योग बन्द गरी सबैले धन्दा चलाएका छन्
    फसाउने माझी चाहिँ रक्सीको तालमा भेटिन्छ
    कोही खेल्दै तास कोही जुवाको खालमा भेटिन्छ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    खनालको ‘पहिलो किरण’ लोकार्पित

  • ५ जेष्ठ २०८२, आईतवार ०६:१० मा प्रकाशित
  • जेठ ३, दाङ
    साहित्यकार गिरिराज खनाल “पहिलो किरण” कविता सङ्ग्रह घोराही दाङमा भव्य र सभ्य रूपमा लोकार्पित भएको छ ।

    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा संस्कृतिविद् वरिष्ठ साहित्यकार डा. गोविन्द आचार्यको प्रमुख आतित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा पहिलो किरण कविता सङ्ग्रहको लोकार्पण गरिएको थियो। विमोचित कृतिको समीक्षा साहित्यकार रेशम बिसीले गर्नुभएको थियो। साहित्यकार बिसीले पुस्तकको समीक्षा गर्दै भन्नुभयो,”पहिलो किरण कविता सङ्ग्रह लेखकको पहिलो कृति हो । यसमा रहेका सबै कविताहरू छन्दमा छन् । ५२ वटा कविता रहेका यस पुस्तकमा एक दर्जनजति छन्दहरूको प्रयोग गरिएको छ। त्यसमा पनि झ्याउरे छन्दका धेरै कविताहरू यस कविता सङरग्रहमा समेटिएका छन् । यो कवितासङ्ग्रह बालक, युवा तथा प्रौढ नागरिक सबैका लागि उपयोगी रहेको छ।”

    प्रमुख अतिथिको रूपमा बोल्दै वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. गोविन्द आचार्यले भन्नुभयो”यसमा रहेका सबै कविताहरू अत्यन्त सरल छन् । पढेर बुझ्नलाई कुनै शब्दकोश हेर्नु पर्दैन । सबै कविता सत्यमा आधारित छन्”। उहाँको भनाइ थियो।
    सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल, प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने लेखकले पुस्तक लेखनदेखि प्रकाशनसम्मका अनुभवहरू प्रस्तुत गर्नुभएको थियो।

    सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका निवर्तमान अध्यक्ष डा. टीकाराम उदासी, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, उपाध्यक्ष गोविन्द पौडेल, नेपाल पत्रकार महासङ्घका केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोखरेल, झिल्का साहित्य समाज नेपालका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार डा लोकराज पराजुली, बयल डाँडा चौतारी क्लबका सचिव मधुसुदन रावत, प्रगतिशील लेखक सङ्घ केन्द्रका सदस्य दामोदर पौडेल, पत्रकार लिलाधर ओली, पदम पोखरेल,वरिष्ठ साहित्यकार यज्ञबहादुर डाँगी, नारायण नेपाल, गीतकार प्रकाश केसी, साहित्यकारहरू सुन्दर गौतम, घनश्याम अस्तित्व, शशीधर भण्डारी , हरिप्रसाद पौडेल,”स्वर्णशिखा” धनसिंह गिरी’अनुग्रह राना, विपन विश्वकर्मा, नरेशजङ्ग राणा, केशव रिजाल, शरद गौतम, रामप्रसाद गौतम, देवेन्द्र रिजाल, नारायणप्रसाद श्रेष्ठ, महेशकुमार न्यौपाने, गुरुप्रसाद महरा ,खेमराज गाउँले,दिलीप डाँगी,गिरीप्रसाद पन्थी,
    नगेन्द्र गुरु, वीणा रोका, ईश्वरीप्रसाद पाण्डे, नारदप्रसाद भण्डारी, गोपाल भुसाल अभिलाषी लगायत दर्जनौं साहित्यकारहरूको गरिमामय उपस्थिति रहेको थियो।
    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रम सञ्चालन सदस्य रिमा गौतमले गर्नुभएको थियो। सो कार्यक्रममा संस्थाको तर्फबाट “पहिलो किरण” कविता सङ्ग्रहका लेखक गिरिराज खनाललाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    भट्टी (कविता)

  • ४ जेष्ठ २०८२, शनिबार १४:४६ मा प्रकाशित
  • भट्टी (कविता)
    ~ तेजप्रसाद खनाल


    अन्न फलफूल आदि
    कच्चा पदार्थ बाट बन्दछ
    भट्टटीमा रक्सी
    तर आजभोलि त्यसमा
    युरिया र अन्य विशादी
    मिसाउन थालिएको छ
    त्यो हो सोमरस जाँड वा त्यस्तै त्यस्तै
    इँटाभट्टी होस् वा रक्सी बेच्ने ठाउँ
    दुबै भट्टी नै हुन तर….
    इँटाभट्टीमा निर्माणको लागि इँटा बन्छ
    रक्सी भट्टीमा नैतिकताको विनाश हुन्छ
    आजकल ठुलाठुला
    योजनाहरू….
    ठुलाठुला
    षड्यन्त्रहरू …….
    भट्टी पसलमा हुन थालेका छन्
    रक्सीको मातमा
    आफ्नै स्वास्थ्यको घातमा
    अनेक थरी षड्यन्त्र बुन्दै
    आजकाल केवल भट्टीपसलमा
    कसलाई उठाउनु पर्ने हो
    कसलाई गिराउनु पर्ने हो
    ती सबै योजना बन्दछन्
    आजभोलि केवल
    तर आफ्नै स्वास्थ्य
    गिरेको पत्तै हुँदैन
    पुस्तकालय पाठक शून्य छन्
    भट्टी पसल खचाखच छन
    प्राय विद्वानहरू पुस्तकालय नै
    मन पराउन छोडिसके
    भट्टीको मोहनीमा लिप्त भइसके
    तर……
    भट्टी पसल्नी
    सधैँ व्यापार भएन भन्छिन्
    पुस्तकालयले पाठक आएनन्
    भन्न छोडी सक्यो
    सायद निर्जीव भएर होला
    दूध व्यापारीको दूध बिग्दैन
    दूध क्रेताले भन्छ
    दूधमा पानी धेरै हालेको हो ?
    दूध बिक्रेता भन्छ होइन हजुर!
    त्यही क्रेता भट्टी जान्छ
    रक्सीमा पानी मिसाएर तान्छ
    आजकल यस्तै छ
    दूधको भन्दा रक्सीको माग छ
    पुस्तकालय भन्दा
    भट्टी नै प्रिय छ
    भट्टी तँ धन्य छस्
    विद्वानको ध्यान पनि तानेको छस्
    मूर्ख बनाएको छस्
    विनाशको बाटोमा धकेलेको छस्
    षड्यन्त्र बुन्न लालायित बनाएको छस्
    त्यसैले भट्टी तँ वर्तमानमा
    पुस्तकालय भन्दा
    पपुलर छस्
    तर……..
    भावी पुस्ताको लागि
    पुस्तकालय प्रिय बनाउनु पर्नेछ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    प्रिय जिन्दगी (कविता)

  • २९ बैशाख २०८२, सोमबार १९:४८ मा प्रकाशित

  • ~~

    घात प्रतिघात छिचोल्दै
    जीवनको वास्तविक गन्तव्यको खोजिमा
    निरन्तर अविरल अघि बढिरहेछ जिन्दगी!
    त्याग अनि समर्पणको दिशामा निरन्तर…!

    कामचोर ठग्नुमै रमाई खुसी हुन्छन्
    मिहिनेती मिहिनेत र पसिनाले भिज्छन्
    छलछाम गर्नेहरू छल्नुमै गर्व गर्छन्
    यताउता डुली आफ्नै झोली भर्छन्

    जिन्दगीको तस्बिर भेटिन्छ जब क्यानभासमा
    तब कलाकारको कला खुल्दछ कागज अनि कपडामा
    मनले भन्छ कला कला केका लागि ………?
    साँच्चिकै कला कलाकै लागि वा जीवनका लागि

    कलाबिना मनुष्य अपुरो छ अधुरो छ बबुरो छ
    नृत्य कला चित्र कला गायन कला सङ्गीत कला
    यस्तै यस्तै ………
    जब कलाले खुल्दछ जीवन निरन्तर….
    तब बन्दछ जीवन फरक अनि सार्थक

    खोलाको ढुङ्गाले पनि सयौं घात सहेकै छ
    घोटिएर ठोकिएर बन्दछ सालिग्राम
    अदम्य साहास दृढ सङ्कल्पद्वारा निरन्तर
    बन्दछ मनुष्य वास्तविक मनुष्य मानव

    घात गर्नेहरू घात गर्नुमै रमाउँछन्
    भ्रष्टाचारी भ्रष्टाचारमै अकुत कमाउँछन्
    परिश्रमीहरू पसिनाले घरबास जमाउँछन्
    असल मान्छेहरू सधैंव सत्य मार्ग समाउँछन्

    कहिलेकाहीँ जिन्दगीलाई सोध्न मन लाग्छ
    ए साला जिन्दगी तँ किन यति सारै सोझो भइस् ?
    तँ किन ढाँट्न जानिनस् ? कुरा काट्न जानिनस् ?
    झुठको दुनियाँमा झुठ बोल्न मानिनस्

    त्यसैले त तँलाई भुसुनाले कुल्चन खोज्छन्
    तेरो शान्त स्वभावलाई भकुण्डो सम्झन्छन्
    उफारी केही समय रमाउँछन्
    त्यसैले जिन्दगी तँ धन्य छस्
    तर तँ भित्र मनुषत्व छ मानवता छ
    यसैमा मलाई गर्व छ

    तँ धर्ती होस् सन्तानलाई हुर्काउने
    तँ आमा होस् सन्तानलाई फुर्काउने
    चारैतिरबाट तँलाई लुछे पनि
    चिथोरे पनि कुटे पनि जुटे पनि

    तँ कत्ति विचलित छैनस्
    किनकि तँमा धर्तीको गुण लुकेको छ
    आमाकै विशेषता लुकेको छ
    त्यसैले तँ महान् छस्
    प्रिय जिन्दगी…! तँ धन्य छस्।

    तेजप्रसाद खनाल (भावुक) लमही, दाङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    जीवनगति (कविता)

  • २५ बैशाख २०८२, बिहीबार ०९:२२ मा प्रकाशित
  • Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P