“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयतीसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०४/१५
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३०{एकसयतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली”
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०१
राम्रो लाग्छ सबै फूल देख्दा
दुःख भाग्छ सबै फूल देख्दा
सुन्दर फूल रोज्ने हो हामी,
खुसी जाग्छ सबै फूल देख्दा
सिमा नाग्छ सबै फूल देख्दा।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
फक्राएर फुलाउन फूल रोज्न पाऊँ
जीवन सुधर्नलाई भुल रोज्न पाऊँ
झूट सत्य सुख दुःखको यो जीवनमा,
जन प्रिय बन्नलाई कुल रोज्न पाऊँ
सहमत दिने खाले हुल रोज्न पाऊँ ।
✍️अच्युत घिमिरे,
सर्पाङ भुटान🇧🇹
पञ्चाङ्ग:०३
हेर्दा हाँसेको मुसुक्क देखिन्छौ
घाम लागेमा लुसुक्क देखिन्छौ
तैपनि सुगन्ध दिन छोडेनौ ,
राती बसेको टुसुक्क देखिन्छौ
हेरी बिर्सेको भुसुक्क देखिन्छौ ।
-धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०४
फूल हुन फूलले फुल्नु पर्छ
राम्रो फलेको धान झुल्नु पर्छ
सबैकाे आआफ्नो पहिचान छ,
नुनले नि पानीमा घुल्नु पर्छ
भर हावा बेलुन फुल्नु पर्छ ।
भवानी घिमिरे
पञ्चाङ्ग-०५
फूललाई जति पिडा यहाँ कसलाई होला हजुर
उसको पनि त जीवन हो भित्र कति रोला हजुर
आजको कोपिला भोलि त ढकमक्क फूलेको देखिन्छ,
पर्सि नै चुडिनु पर्ने हेर्नोस् त यो कस्तो चोला हजुर
निर्दयी छन् मान्छे उसको मन कसले छोला हजुर।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६
वनस्पतिमा पर्दैन फूल हजुर
प्रकृति भित्र साैदर्य मूल हजुर
सृष्टिमा सबैको अस्तित्व प्रधान छ,
सफा गर्दछ मनकाे धुल हजुर
मायापाशकाे पवित्र पुल हजुर ।
-प्रधुम्न चालिसे

