• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

‘हात्तीको दाँत’ र ‘विभीषिका’को परिचर्चा कार्यक्रम सम्पन्न

  • १६ भाद्र २०८२, सोमबार १८:३८ मा प्रकाशित
  • काठमाडौँ, भाद्र १४ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘हात्तीको दाँत’ र ‘विभीषिका’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि सुरु भएर ९ बजेसम्म चलेको थियोे ।

    ‘हात्तीको दाँत’ लघुकथासङ्ग्रह, हाल कीर्तिशेष रहनुभएका लघुकथाकार विजय चालिसेको र ‘विभीषिका’ लघुकथासङ्ग्रह, लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथासङ्ग्रह हो ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् परिचर्चित कृतिका सम्पादक समेत रहनुभएका वरिष्ठ साहित्यकार प्रा.डा. विदुर चालिसेले आज परिचर्चा गरिएका दुवै कृति अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो ।
    ‘आज यौटा अनौठो संयोग नै भनौँ परिचर्चा भएका दुवै कृतिका कृतिकारहरू मसँग अत्यन्तै नजिकबाट परिचित व्यक्तित्व हुनुहुन्छ । हात्तीको दाँतका स्रष्टा विजय चालिसे सहगोत्रीय दाजु र विभीषिकाकी स्रष्टा प्राध्यापन पेशाकी सहकर्मी हुनुहुन्छ।’ उहाँले भन्नुभयो ।
    “साहित्यका विविध क्षेत्रमा सक्रिय रही अतुलनीय योगदान पुर्‍याउनुभएका लघुकथाकार विजय चालिसेको भौतिक शरीर हामी माझ नरहे पनि उहाँ नेपाली साहित्य आकाशमा सदा ध्रुवतारा भई चम्किरहनुहुनेछ ।”, भावुक हुँदै उहाँले बताउनुभयो ।
    “गतवर्ष नमस्ते आधुनिक लघुकथा मञ्चले गरेको सम्मान एवम् रथारोहणबाट उहाँ अत्यन्त प्रभावित, खुसी हुनुहुन्थ्यो र जीवनकै ठूलो उपलब्धिको रूपमा लिनुभएको थियोे भन्दै प्रमुख अतिथि चालिसेले कृतिकार विजय बहुआयामिक व्यक्तित्व भएको कुरा पनि उल्लेख गर्नुभयो । लघुकथा सम्पादनको प्रसङ्ग उल्लेख गर्दै उहाँले लघुकथाकार चालिसेका लघुकथाहरू निकै खारिएका र पृथक शैलीका छन्, भन्नुभयो ।

    लघुकथा लेखन, बालसाहित्य लगायत साहित्यका विभिन्न विधा र क्षेत्रमा कलम चलाउनुहुने विभीषिकाकी सर्जक वरिष्ठ साहित्यकार रञ्जुश्री पराजुली एक अब्बल साहित्य साधक भएको कुरा उल्लेख गर्दै प्रमुख अतिथि डा.चालिसेले उहाँका लघुकथामा जीवन र जगतका विभिन्न पाटाहरू भेटाउन सकिन्छ भन्नुभयो ।

    दुवै कृतिको परिचर्चाको अभिभारा बोक्नुभएका वरिष्ठ साहित्यकार, समालोचक एवम् कार्यक्रमका विशिष्ट अतिथि गोपाल अश्कले पहिलो चरणमा कीर्तीशेष लघुकथाकार विजय चालिसेको लघुकथाकृति हात्तीको दाँतको बारेमा परिचर्चा गर्नुभएको थियोे । लघुकथाकार विजय चालिसेको लघुकथाहरूमा सामाजिक, राजनैतिक व्यङ्ग्य चेत पाइने उल्लेख गर्दै चालिसेका लघुकथाले घुमाउरो पाराले राजनैतिक, सांस्कृतिक, सामाजिक सुधारको आह्वान गरेका छन् ।

    कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथाकृति ‘विभीषिका’को परिचर्चा गर्नुहुँदै परिचर्चाकार गोपाल अश्कले ‘विभीषिका’ अर्थ ठूलो भय, त्रासको अवस्था भन्ने बुझाउछ भन्नुभयो ।
    कृतिमा पराजुली आफैँ एक समीक्षकको रूपमा प्रस्तुत भएको उल्लेख गर्दै उहाँ आफैँमा एक समीक्षक, समालोचक पनि हो भन्नुभयो ।
    उहाँ एक डायस्पोरिक स्रष्टा पनि हुनुहुन्छ, उहाँका लघुकथामा डायस्पोरिक सुगन्ध पाइन्छ ।
    पराजुलीका लघुकथामा नेपाली समाज, संस्कृति, परम्परा, राजनीतिमा मौलाउँदै गएको विकृतिप्रति व्यङ्ग्य प्रहार भेटाउन सकिन्छ, उहाँले भन्नुभयो ।
    हात्तीको दाँत लघुकथा सङ्ग्रह कृतिको कृतिकारको तर्फबाट किर्तीशेष लघुकथाकार विजय चालिसेका कनिष्ठ सुपुत्र आलोक चालिसेले र ‘विभीषिका’ लघुकथाकृतिका तर्फबाट कृतिकार रञ्जुश्री पराजुलीले परिचर्चा गरिदिनुहुने परिचर्चाकार, उपस्थित अतिथिहरू लगायत आयोजक संस्था नआलमप्रति यति राम्रो परिचर्चा कार्यक्रमका लागि हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. विदुर चालिसे, गोपाल अश्क, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, ध्रुव मधिकर्मी, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, रामकुमार पण्डित, कीर्तिशेष विजय चालिसेका कनिष्ठ सुपुत्र आलोक चालिसे, इन्दिरा चापागाईं, मित्र उराठी गौतम, रमेन्द्र कोइराला, श्रीकृष्ण पौडेल, राजन ग्याल्दाङ ‘बुद्धिसिंह घले, कमल पौडेल, इन्दिरा पौडेल, लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा परिचर्चा, लघुकथा समाचार, वसन्त अनुभव

    इन्दिरा निरौला को शब्दमा तीज गीतको मिउजिक भिडियो सार्बजनिक “ए आमा… म त जिउँदै मरेँ”

  • ४ भाद्र २०८२, बुधबार २२:१० मा प्रकाशित
  • इन्दिरा निरौला को शब्दमा तीज गीतको मिउजिक भिडियो सार्बजनिक “ए आमा… म त जिउँदै मरेँ” चेलीको करुण व्यथा बोकेको गितको भिडियो सार्बजनिक। यस वर्षको तीजमा केवल नाचगानको रंगीन मायाजाल मात्र होइन, चेलीहरूको आँसु, पीडा र असमानताको करुण स्वर लिएर एक भिन्न ध्वनि घन्किएको छ। “ए आमा… म त जिउँदै मरेँ”। यो गीत केवल मनोरञ्जनका लागि मात्र नभई, पीडामा डुबेका हजारौँ चेलीहरूको मौन चित्कार बन्न सफल हुने अपेक्षा गरिएको छ।।

    युवा नेतृ तथा संवेदनशील लेखिका इन्दिरा निरौलाको कलमबाट जन्मिएको तथा इन्दिरा निरौला स्वयम्: निर्माता रहेको यस गीतमा गायिका समीक्षा अधिकारीको आत्मा छुने स्वर घुलिएको छ भने वरिष्ठ कलाकार बिमलराज क्षेत्रीले लय भरेका छन् भने प्रकाश भट्ट यो गितको निर्देशक हुनुहुन्छ। गीतले महिलामाथि हुने अन्याय, हिंसा र अपमानको कटु सत्यलाई निर्भीक शब्दमा उभ्याउनुका साथै कारुणीक हिसाबले भिडियो छायांकन गरेको छ।

    यो देशका हजारौं निरहि नागरिक न्याय पाउन अदालतको ढोका ढक्ढक्याउन पुग्छन तर पैसाको खेलमा न्याय किन्न नसकी आत्महत्याको बाटो रोज्नुपरेका असंख्य चेलीहरूको करुण व्यथा यस गीतमा स्पन्दित हुन्छ। “दुःखको कथा आमा लेख्न पाइन, माइतीको आँगन आमा टेक्न पाइन…” यी मर्मस्पर्शी हरफहरूले केवल कान मात्र होइन, हृदय नै भकाभक पोल्छ। प्रत्येक चेली, आमा, दिदी, छोरी र बहिनीको पीडा यसमा प्रतिबिम्बित हुन्छ। इन्दिरा निरौला सिन्धुली जिल्ला भूमि आयोगकी सदस्य र लेखक संघको केन्द्रीय सदस्यले यो गीतमार्फत कलमलाई नारी हक, अधिकार र न्यायका लागि धारिलो अस्त्र बनाएकी छिन्।

    मनोरञ्जनको सीमाभन्दा टाढा, यो गीत एक आन्दोलन बनेर चेलीहरूको पीडामा न्यायको स्वर माग्छ। गीतले आजको न्यायालयमा मौलाएको भ्रष्टाचार, अपराधीलाई संरक्षण गर्ने प्रवृत्ति, र पीडितलाई अझ पिडा थप्ने संरचनागत विकृतिलाई कलात्मक तरिकाले उजागर गरेको छ। यसैले यो केवल तीजको गीत मात्र होइन, समाजलाई झक्झक्याउने साहित्यिक दस्तावेज बनेको छ। समीक्षा अधिकारीको मधुर स्वर र इन्दिरा निरौलाको आत्मा जलाउने शब्दबीचको अद्वितीय संगमले नेपाली तीज गीतलाई एक नयाँ आयाम दिएको छ। जहाँ नाच र रमाइलो मात्र होइन, चेलीहरूको मौन चित्कारले न्याय खोज्छ, समानताको आवाज बुलन्द हुन्छ।

    Posted in मुख्य खबर, साहित्य

    ‘मारुनी’ र ‘चाक चारब्रा’को परिचर्चा कार्यक्रम सम्पन्न

  • १ भाद्र २०८२, आईतवार २०:१३ मा प्रकाशित
  • काठमाडौँ, साउन ३१ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘मारुनी’ र ‘चाक चारब्रा’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे ।

    ‘मारुनी’ लघुकथासङ्ग्रह, लघुकथाकार राजन ग्याल्दाङ ‘बुद्धि सिङ’ घलेको र ‘चाक चारब्रा’ लघुकथासङ्ग्रह, लघुकथाकार मुक्ति गौतमको लघुकथासङ्ग्रह हो । यी दुवै लघुकथासङ्ग्रहहरू कृतिकारका पहिलो लघुकथा कृतिहरू हुन् ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार प्रा.डा. हरिप्रसाद सिलवालले नमस्ते आधुनिक लघुकथा मञ्चले फरक ढङ्गले परिचर्चा कार्यक्रम गरेकोप्रति मञ्चको सराहना गर्नुभयो । परिचर्चाकारले लघुकथाहरू वोधगम्य हुनुकासाथै समापन घोच्ने खालको, झसङ्ग बनाउने खालको हुनुपर्छ भन्ने परिचर्चाकार डा.शंकरप्रसाद गैरेको अभिव्यक्तिलाई समर्थन गर्दै लघुकथामा शब्द कति छ भन्नुभन्दा पनि लघुकथाले कस्तो सन्देश दिएको छ, कत्तिको झट्का हानेको छ भन्ने कुराले महत्त्व राख्ने बताउनुभयो ।
    साथै उहाँले परिचर्चाकारहरूले दिनुभएको सुझावलाई ग्रहण गर्दै अगाडि बढ्न कृतिकारहरूमा अनुरोध पनि गर्नुभयो ।

    राजन ग्याल्दाङ घलेको लघुकथा सङ्ग्रह ‘मारुनी’को परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, साहित्यकार ध्रुव मधिकर्मीले लघुकथा निश्चित विषय, निश्चित आयामको हुनुपर्छ, जसले लघुकथालाई राम्रो र मानक बनाउने बताउनुभयो । ‘लघुकथाकार घलेका लघुकथामा परदेशका विशेषत: जापानका चित्रहरू, हाम्रै समाजका चित्रहरू हेर्न र देख्न पाइन्छ’ उहाँले भन्नुभयो ।

    कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार मुक्ति गौतमको लघुकथा कृति ‘चाक चारब्रा’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ साहित्यकार एवम् समालोचक डा.शंकरप्रसाद गैरेले लघुकथाकार गौतमको कृतिको शीर्षकले नै आफूमा कौतुहलता उत्पन्न गरेको बताउनु भयो । लघुकथासङ्ग्रहको शीर्षक ‘चाक चारब्रा’ले सुरुमा अर्थ नबुझेर र पछि बुझेपछि झनै आकर्षित गरेको बताउनु भयो । आजभोलि गाउँघरमा ‘खाना खानु भयो’ भनेर सोध्ने मान्छे र परिस्थिति दुवै नभएको उल्लेख गर्दै यसले पछिल्लो समयको गम्भीर कुरा उठाएको बताउनु भयो ।
    गौतमका लघुकथामा आफू जन्मिएको समाज एवम् माटोको यथार्थ चित्रण पाइन्छ । कतिपय लघुकथाको शीर्षक उपयुक्त हुन नसकेको बताउँदै डा.गैरेले शुद्धता तर्फ पनि ध्यान दिनुपर्ने बताउनु भयो ।

    कार्यक्रममा बोल्नुहुँदै वरिष्ठ साहित्यकार, समालोचक एवम् उक्त कृतिहरूका सम्पादक डा.विदुर चालिसेले भन्नुभयो, “छोटो समयमै दुई दर्जन बढी कृतिहरूको सम्पादन गर्नु, प्रकाशन गर्नु कम चुनौतीपूर्ण कार्य थिएन, तर हामीले त्यसलाई सहजतापूर्वक सम्पन्न गर्‍यौँ । हतारमा काम गर्दा सानातिना कमिकमजोरी हुनसक्छन्, तर सकेसम्म कम त्रुटि होस् भन्नेमा हामी सजग थियौँ ।”

    परिचर्चा कार्यक्रममा कृतिकारद्वय राजन ग्याल्दाङ घले र मुक्ति गौतमले परिचर्चाकारज्यूहरू, नमस्ते आधुनिक लघुकथा मञ्च लगायत उपस्थित सबैप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्नुभएको थियो ।

    ‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा प्रा.डा. हरिप्रसाद सिलवाल, कृष्णजी शर्मा, ध्रुव मधिकर्मी, डा.शंकरप्रसाद गैरे, डा.विदुर चालिसे, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, म्यामराज राई, डा.टिकाराम पोख्रेल, राजन घले, मुक्ति गौतम, लोकनाथ पुडासैनी, कमल पौडेल, इन्दिरा पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेल र संस्थाकी आधिकारिक लघुकथा वाचिका इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, मुक्ति गौतम, राजन घले, लघुकथा, लघुकथा परिचर्चा, वसन्त अनुभव

    इन्दिरा निरौलाको तीज गीत आमा…म त जिउँदै मरेँ’ सार्वजनिक

  • ३१ श्रावण २०८२, शुक्रबार ०१:२७ मा प्रकाशित
  • तीज गीतको बाढीले भरिभराउ नेपाली सांगीतिक बजारमा युवानेतृ इन्दिरा निरौलाको शब्द रचना र मीठो स्वरकी धनी उदउमान गायिका समीक्षा अधिकारीको स्वर सजिएको ‘ए ! आमा…म त जिउँदै मरेँ’ बोलको नयाँ तीज गीत सार्वजनिक भएको छ । नेपाली महिलाहरुको समसामयिक पीडाँ र आँसु समेटिएको गीतको लयमा वरिष्ठ कलाकार बिमल राज क्षेत्रीले साथ दिएका छन् । ख्यातिप्राप्त कलाकार क्षेत्रीको लयले गीतलाई अझ जीवन्त बनाएको छ। निरौलाको मर्मस्पर्सी शब्द रचनाले सिंगारिएको गीतमा समीक्षाको मिठासपूर्ण स्वरले दर्शक/स्रोतालाई मनोरञ्जन प्रदान गर्नुका साथै भावुक बनाएको छ।

    ‘दुःखको कथा आमा लेख्न पाइन, माइतीको आँगन आमा टेक्न पाइँन’ शब्दबाट सुरु भएको यो गीत यथार्थ कथामा आधारित भएको पाइन्छ । जसमा न्यायको नाममा गरिएको अन्याय, समाजको संवेदनशील घाउ र चेलीहरूको अपमानको कथा पोखिएको छ । अदालतको ढोका ढक्ढक्याउँदा पनि न्याय नपाउने हजारौँ छोरीहरूको प्रतिनिधित्व गर्ने यस गीतले बर्तमान न्यायालयमा भएको विकृति, न्यायको खरिद–बिक्री र अपराधीको संरक्षणको तीतो सत्यलाई बेवाक शैलीमा उजागर गरेको छ ।

    यो गीतमा निर्मला पन्तजस्ता अनेकौँ चेलीहरूको पीडामा प्रतिध्वनित छ जसले न त आत्मसम्मान जोगाउन सकिन्, न त न्याय पाउन। पीडाले ‘म त जिउदै मरे आमा’ भन्ने शब्द न्याय पाउन नसकेर आत्महत्याको डिलमा पुगेका चेलीहरूको कथालाई यो गीतले कलात्मक ढंगले उजागर गरेको छ ।

    यस मार्मिक गीतको शब्द रचनाकार युवानेतृ, लेखक संघको केन्द्रीय सदस्य, समसामयिक विषयमा धारिलो कलम चलाउँदै आएकी, सिन्धुली जिल्ला भूमि आयोगकि सदस्य इन्दिरा निरौला हुन् । जसले न्यायका लागि कलमलाई अस्त्र बनाउदै यो गितको सिर्जना गरेकी छिन। पीडामा डुबेका हजारौँ चेलीहरूको साझा स्वर समेटिएको गीतले यो मुलुकका लाखौं छोरीहरुको प्रतिनिधित्व गर्छ।

    निरौलाको यो तीज गीत केवल मनोरञ्जन प्रदान माध्यम मात्र नभई एउटा नारी आन्दोलनको स्वर भएको भान हुन्छ । यसमा पीडितको चित्कार र परिवर्तनको मागहरु प्रस्फुटित भएका छन् । न्याय, समानता र संवेदनशीलताको प्रश्नमा सोच्न बाध्य पार्ने यो सिर्जनाले तीजको सांस्कृतिक सौन्दर्यभित्र लुकेको सामाजिक विद्रोहलाई उजागर गरेको छ तेज सिलवाल सिन्धुली ले बताए ।

    पूरा भिडियो हेर्नका लागि यो लिन्कमा गएर हेर्न सक्नुहुनेछ

    Posted in ताजा अपडेट, साहित्य

    विलोम लघुकथा ‘स्वाद’ को भित्री स्वाद

  • २८ श्रावण २०८२, मंगलवार ०७:४४ मा प्रकाशित
  • ✍️ नन्दलाल आचार्य

    १. शीर्षक र विलोम शिल्पको प्रयोग
    दीपक लोहनीद्वारा लिखित विलोम लघुकथाको शीर्षक “स्वाद” हो, तर यथार्थमा कथा स्वादको अनुभवभन्दा पनि स्वाद भेटाउने प्रक्रियाको व्यङ्ग्यात्मक विलोम प्रस्तुति हो । ‘विलोम लघुकथा’ मा प्रायः परम्परागत शैलीको उल्टो प्रवाह, घटनाको अघिल्लो अनुक्रम वा सामान्य तर्कको व्युत्क्रम अपेक्षा गरिन्छ । तर यहाँ विलोमको प्रयोग शुद्धतः शारीरिक क्रियाको ‘नाटकीय उल्टोपन’मा सीमित देखिन्छ, जसले कथालाई पारम्परिक विलोमभन्दा बढी आभासी व्यङ्ग्यात्मक टोन दिन्छ ।

    २. शैलीगत रचनाशिलता

    लेखकले संवादात्मक शैली अपनाएका छन्, जुन लघुकथामा ‘लघुता’ र ‘नाटकीयता’ ल्याउने राम्रो उपाय हो । संक्षिप्त वाक्य, ‘मैले भनेँ- उनले गरिन्’ को दोहोरिएको संरचना कथामा हास्यको लय सिर्जना गर्छ । यसले पाठकलाई एउटा ‘नाट्य-चक्र’मा लैजान्छ, जसले कथा पढ्नु भन्दा कथा हेर्नु जस्तै अनुभूति दिन्छ ।

    तर, यही शैली पुनरावृत्त भएको कारण शब्दको स्वादभन्दा व्यवहारको यान्त्रिकता बढी महसुस हुन्छ ।

    ३. विषयवस्तु र व्यङ्ग्यको सन्दर्भ

    कथाले साहित्यिक स्वाद पाउन बाह्य वातावरण र स्थितिलाई मात्र जिम्मेवार ठान्ने प्रवृत्तिलाई व्यङ्ग्य गरेको देखिन्छ । कहिलेकाहीं पाठकलाई कथा मन नपर्नु वा ‘स्वाद नपाउनु’ आफ्नै मनोवृत्ति वा पाठकीय शैलीको अभाव हुन सक्छ भन्ने सोचलाई यस कथाले व्यङ्ग्यात्मक रूपमा उद्घाटन गरेको छ ।

    ‘स्वाद’ पाउन पात्रलाई सयनकक्ष लैजानु, बिजुली निभाउनु, पर्दा लगाउनु, सिरानी प्रयोग गर्न लगाउनु यी सबै क्रियाहरूले ‘अध्यात्मिक एकाग्रता’ होइन, शारीरिक सङ्केत उत्पन्न गर्छन् । यसले कथालाई सौम्य कामुक व्यङ्ग्यको धारमा पुर्‍याउँछ । ‘ब्रह्मलीन भएर पढिन्’ भन्ने वाक्य यसैको प्रतीक हो ।

    ४. लघुकथाको प्रभावकारिता

    कथाले पाठकमा पहिलो पंक्तिबाटै जिज्ञासा सिर्जना गर्छ । त्यस जिज्ञासालाई मनोरञ्जन र व्यङ्ग्यको झोलामा राखेर ‘आहा !’ भन्ने वाक्यमा विसर्जन गर्छ । यहाँ ‘आहा !’ शब्द आफैं बिजवाक्य बनेको छ, जसले दर्शक/पाठककै अनुभूति दोहोर्‍याएको जस्तो लाग्छ ।

    यद्यपि, केही पाठकले यसमा यथार्थभन्दा कामुक व्यङ्ग्य बढी देख्न सक्छन् । यसको भाषा सङ्केतात्मक भए पनि विलासिता र सौम्यता बीचको सन्तुलन कहिलेकाहीँ चिप्लिन्छ। त्यसैले सबै पाठकले यसलाई सहज रूपमा ग्रहण गर्न सक्दैनन् ।

    ५. समालोचनात्मक निचोड

    ‘स्वाद’ विलोम लघुकथा आफ्नो शीर्षकको अर्थ उल्टाउँदै स्वाद पाउन गरिएको हास्यास्पद प्रयत्नलाई व्यङ्ग्य बनाउँदै अगाडि बढ्छ । कथा मूलतः साहित्यिक स्वाद र भौतिक स्वादबीचको द्वन्द्वलाई पृष्ठभूमिमा राखेर पाठकीय मनोविज्ञानमा टिप्पणी गर्छ ।

    यो कथा समालोचना, साहित्यिक सर्कल र गम्भीरताका खोलामा लुकेका बनावटीपनहरूलाई लक्षित व्यङ्ग्य हो भनेर बुझ्न सकिन्छ । तर, त्यसका लागि पाठकमा पनि कथा बुझ्ने स्वाद हुनुपर्छ । होइन भने, उनी पनि सोफामा बसेर भनिदिन्छन्; “अहँ, स्वाद भेटिएन ।”

    दीपक लोहनीद्वारा रचित विलोम लघुकथा ‘स्वाद’ ले अत्यन्तै रोचक, गहिरो र बहुआयामिक सन्देश दिन्छ। कथाले हाँस्य, व्यङ्ग्य र विम्बमार्फत एकैसाथ व्यक्तिगत र सामाजिक स्तरमा थुप्रै विषयमा टिप्पणी गरेको छ। यस लघुकथाले दिने मुख्य सन्देशलाई तार्किक, सान्दर्भिक र स्वभाविक रूप मा यसरी बुझ्न सकिन्छ:

    ६. सन्देश

    ६.१. स्वाद अनुभूतिको कुरा हो, सजावटको होइन

    यो कथा यिनै वाक्यबाट सुरु हुन्छ- “म विलोम लघुकथामा स्वाद भेट्दिन”। कथाले सुरुमा नै स्वाद ‘भेटिने’ हो कि ‘भोगिने’ भन्ने प्रश्न उठाउँछ । पात्रले स्वाद पाउन अनेक भौतिक प्रक्रिया (जस्तै: सयनकक्ष जानु, पर्दा लगाउनु, बिजुली निभाउनु, पलङमा पल्टनु आदि) अपनाउँछिन्, तर स्वाद तबमात्र आउँछ जब उनी साँच्चिकै ‘ब्रम्हलीन भएर’ कथा पढ्छिन् । सन्देश यही हो – साहित्यमा स्वाद प्राप्त गर्नका लागि शारीरिक अवस्था वा वातावरणको होइन, मानसिक एकाग्रता र आत्मीयताको खाँचो हुन्छ ।

    ६.२. स्वाद पाठकको मानसिकता र तयारीमा निर्भर गर्छ

    साहित्यिक स्वाद लेखकले होइन, पाठकले महसुस गर्ने कुरा हो । लेखकले केवल माध्यम तयार गर्छ । यदि पाठकको मन एकाग्र छैन, उनी पूर्वाग्रही छन्, या सतही छन् भने जति राम्रो कथा लेखे पनि स्वाद आउँदैन । तसर्थ  पढ्ने दृष्टिकोण नै स्वाद पाउने चाबी हो।

    ६.३. साहित्य पढ्न अभिनय होइन, अनुभव चाहिन्छ

    यो कथा व्यङ्ग्यात्मक रूपमा आधुनिक पाठकीय प्रवृत्तिको नक्कलप्रति टिप्पणी हो । दृश्य यस्तो बनाइएको छ, पात्र पढ्नुअघि अभिनय गर्छिन्, साजसज्जा मिलाउँछिन्, तर यथार्थमा पढ्दैछिन् कि “पढेको अभिनय” गरिरहेकी छन्, स्पष्ट छैन । कथाले भन्छ- पढ्नु भनेको देखाउने कुरा होइन, भित्र गहिरिएर बुझ्ने कुरा हो ।

    ६.४. स्वाद, साहित्य र सम्बन्धबीचको लुकेको सन्देश

    यस कथामा साहित्यको स्वाद मात्र होइन, पात्रबीचको अन्तरसम्बन्ध र आकर्षणको स्वाद पनि चल्दैछ । लेखक स्रष्टाको विम्बमा छन्, र पाठक पात्रले उनलाई ‘आँखाको इशाराले’ डाक्छिन् । यो एउटा साहित्यिक र शारीरिक समीपताको विम्ब हो । त्यसैले, साहित्यिक सम्पर्क केवल पाठ र लेखकबीचको सम्बन्ध नभएर अनुभव र आत्मीयताको गहिरो संवाद पनि हो ।

    ६.५. ‘विलोम’को प्रयोग स्वयं एक गहिरो व्यङ्ग्य हो

    ‘विलोम लघुकथा’ भनेर लेखिएको यो कथा वास्तवमा विलोम प्रवृत्तिको व्यङ्ग्य हो । जहाँ पाठक उल्टो दिशा लाग्छन् अर्थात् सरल विषयलाई जटिल बनाउँछन्, भावनालाई शरीरमा बदल्छन्, र स्वादलाई दृश्य सजावटमा खोज्छन् । लेखकको भनाइ, “शैली उल्टो छ, सुल्टो सम्झी पढ” भन्ने वाक्य आफैँमा कथाको आधारभूत सन्देश हो । जुन कथा उल्टो देखिन्छ, त्यो सुल्टो बुझ्ने प्रयत्न गर्न सक्ने मनोवृत्तिले नै स्वाद जन्माउँछ।

    यो कथा भन्छ; “स्वाद देखिने कुरा होइन, बुझिने अनुभूति हो । बुझ्न मन चाहिन्छ, देखाउन पर्दा होइन ।”

    ७. निष्कर्ष

    दीपक लोहनीको ‘स्वाद’ एउटा छोटो, हँसिलो र गहिरो लघुकथा हो जसले हाम्रो पढ्ने शैली, पाठकीय व्यवहार, र स्वादप्रतिको सोचलाई चुनौती दिन्छ ।  कथा गम्भीर पाठकीयता र ‘स्वाद’ को अपेक्षा गर्नेहरूको मनोदशामाथि लेखिएको सटिक व्यङ्ग्य हो । लेखन सरल छ, तर सन्देश गहिरो र चोटिलो छ । कथाले सोध्छ- ‘स्वाद पढेर आउँछ कि अनुभव गरेर ?’ र अन्त्यमा स्वयं उत्तर दिन्छ- ‘आहा !’
    ०००
    (विलोम लघुकथा)
    🔴  विलोम लघुकथा- स्वाद
    ✍️ दीपक लोहनी

    ‘म विलोम लघुकथामा स्वाद भेट्दिन ।’ उनले भनिन् ।
    मैले भनेँ, ‘शैली उल्टो छ । सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’

    उनी सोफामा बसेर, झ्यालको हावा खाँदै विद्युतीय प्रकाशमा लघुकथा पढ्न थालिन् ।

    – ‘स्वाद भेटियो ?’
    – ‘अहँ ।’

    मैले सयन कक्षमा पढ्न सुझाएँ ।
    – उनी सयन कक्षमा पसिन् ।

    पर्दा लगाउन अह्याएँ ।
    – उनले पर्दा लगाइन् ।

    मैले बिजुली अफ गर्न भनेँ ।
    – उनले त्यो पनि अफ गरिन् ।

    पलङमा पल्टन भनेँ ।
    – उनी निसङ्कोच उत्तानो पल्टिन् ।

    सिरानी प्रयोग गर्न लगाएँ ।
    – उनले सिरानीमा मुन्टो राखिन्।

    मैले ‘सिरानी कम्मरमुनी राख ।’ – भनेँ ।
    – उनले त्यसै गरिन् ।

    ‘स्रष्टालाई डाक ।’ – अह्याएँ ।
    – उनले आँखाको इशाराले मलाई डाकिन् ।

    उनको समीप पुगेर भनेँ – ‘अब पढ ।’
    – उनले ब्रम्हलीन भएर पढिन् ।

    पढाइ सकिसकेपछि सोधेँ-
    ‘कस्तो रहेछ विलोम लघुकथा ?’
    उनले जिब्रो पड्काउँदै भनिन्- ‘आहा !’

    ०००
    कुरिलो घर
    काठमाडौं ।
    ~~~~~~~
    (उत्तरकथा)
    🔴 विलोम लघुकथा- स्वादको भित्री ढोका
    ✍️ नन्दलाल आचार्य

    ‘स्वाद छैन’ भन्ने मेरो हठ, विलोम लघुकथाको शैलीप्रति हो कि आफ्नै पढ्ने तरिकाप्रति ?

    त्यो रात, म पढ्दै थिएँ- बत्तीको उज्यालोमा, आँखा टोलाउँदै, मन बिना ध्यान…
    उनले भने, ‘शैली उल्टो छ, सुल्टो सम्झी पढ, सजिलै स्वाद पाइन्छ ।’

    शब्दहरूको अर्थ मात्र हैन, ढाँचाको पनि स्वाद हुँदोरहेछ भन्ने ज्ञान मलाई पहिलोपटक त्यही साँझ भयो ।

    सोफा त्यागेँ, शरिरलाई लचिलो बनाएँ, सोचलाई खुला-
    सयनकक्षमा पस्न खोज्दा, मैले साँच्चै कथा भित्र पस्ने पहिलो प्रयास गरेँ ।

    पर्दा तान्दा, साँच्चिकै संसारको भीड रोकिएझैँ लाग्यो ।
    बत्ती निभाउँदा, कथा उज्यालिन थाल्यो-
    बाहिरी प्रकाश मरेर, भित्री चित्रहरू उफ्रिए ।
    पलङमा पल्टिँदा, म स्वयं कथाको पात्र भएँ,
    र सिरानी कम्मरमुनी राखेँ, किनकि सोच तलबाट माथि आउन थाल्यो- मस्तिष्क होइन, मेरुदण्डबाट !

    ‘स्रष्टालाई डाक’ भन्नु, माने- कथामा लेखकसँग संवाद गर ।
    ‘उनी’ले त आँखाको इशाराले बोलाइन्,
    तर मैले त स्रष्टाको शब्दहरूलाई मनको पर्दामा देख्न थालें-
    त्यो रात म विलोम कथा मात्र होइन, कथा पढ्ने तरिका पढ्दै थिएँ ।

    र, त्यो ‘ब्रहमलीन’ पल…
    शब्दहरूसँग विचार पनि पल्टिए,
    कथाको ‘उल्टो शैली’ अब उल्टो लागेन, त्यो त मलाई सिधा लाग्न थाल्यो ।
    र, अन्त्यमा मलाई पनि उस्तै महसुस भयो- ‘आहा !’

    अब जो-कोही भन्छन्-
    ‘म विलोम लघुकथामा स्वाद भेट्दिन’,
    म भन्छु-
    ‘स्वाद पाउन कथा पढ्ने हैन, कथाले तिमीलाई पढ्न थालोस् । अनि मात्र स्वादले जिब्रो होइन, आत्मा पड्किन्छ ।’
    ०००
    २०८२/०४/२०

    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged दीपक लोहनी, नन्दलाल आचार्य, लघुकथा, समीक्षा

    झिल्का लेखन अभियानको ८९ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न

  • २५ श्रावण २०८२, शनिबार २३:२६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ८९ औँ शृङ्खला (रक्षाबन्धन विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान  लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ९६ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>————–
    १)
    ————–
    क)
    नबनुन् कोही महीपुत्र
    रोकिउन् हत्या, हिंसा
    हातमा बाँधी रक्षासूत्र !
    ख)
    आँखामा खुसी भरोस्
    पावन यस रक्षाबन्धनले
    निरन्तर  सुरक्षा गरोस् !
    ✍️ वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    २)
    ————–
    राख्नू गरेर जतन
    दिदीबहिनीको हातबाट बाँधिएको
    पवित्र त्यो रक्षाबन्धन !
    ✍️श्रीकृष्ण धामी
    ३)
    ————–
    पुगोस् सबैको चाहना
    चिन्ता पिर हटुन्
    रक्षाबन्धनको यही शुभकामना !
    ✍️जनक बिसी
    दक्षिणभारत कोचिनबाट
    ४)
    ————–
    दिलले राखी पायो
    अतीतको मीठो सम्झना
    फेरि याद आयो ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    ५)
    ————–
    रक्षाबन्धन एउटा पर्व
    दाज्युभाइलाई  लगाउन पाउँदा
    सदा गर्छौ गर्व !
    ✍️रमा गुरुङ
    सालुगडा सिलीगुडी
    ६)
    ————–
    क)
    सुरक्षित रहने सत्यता
    हिन्दुहरूको महान संस्कृति
    रक्षाबन्धन हुन्छ जतातता !
    ख)
    पवित्र कर्ममा निष्टता
    हृदयदेखिको पुण्य कर्म
    रक्षाबन्धन हाम्रो विशिष्टता !
    ✍️घनश्याम पन्त
    हरिवन सर्लाही
    ७)
    ————–
    आयाे पर्व रक्षाबन्धन
    बाहुनले बाँध्छन् धागाे
    जनैकाे गरौँ जतन !
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    ८)
    ————–
    क)
    बाँधियोस् सम्बन्धको बन्धन
    कहिल्यै नटुट्ने गरी
    गर्दै भातृत्वको गन्थन !
    ख)
    बन्धनले रक्षा गरोस्
    आशीर्वाद सबै मिलेपछि
    वैरी सारा मरोस् ।
    ग)
    राक्षसी प्रवृत्ति हटोस्
    चेलीको रक्षामा माइती
    दिनरात नभनी खटोस् ।ल!
    ✍️ राजेशराज गड्तौला
    काँडाघारी, काठमाण्डौ
    ९)
    ————–
    क)
    रक्षाबन्धन हाम्रो पर्व
    हामी सबैकाे चाहाना
    बढाेस्  सबैमा गर्व !
    ख)
    जनै परोस् काँधमा
    नारीमा बाँधेको रक्षाबन्धनले
    कसैलाई नराखोस् दोसाँधमा !
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    १०)
    ————–
    क)
    धर्मकाे प्रतीक जनाउँछ
    भाइबहिनीमा यसले सदा
    सम्बन्ध कसिलो बनाउँछ ।
    ख)
    हिन्दुहरूकाे संस्कृति राम्रो
    चल्दै आएको पहिलेबाट
    रक्षाबन्धन आहा हाम्रो !
    ग)
    रक्षाबन्धन हाम्रो पर्व
    बहिनीकाे हातबाट लगाउँदा
    भाइकाे मनमा गर्व !
    ✍️केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम
    हाल भारतबाट
    ११)
    ————–
    क)
    सद्भावकाे डाेराे गाँसेर
    रक्षाबन्धन पर्व मनाउने
    चेलीको साथमा हाँसेर !
    ग)
    क्वाँटी खाई रमाउला
    ममता पाउदै अवश्य
    मायाकाे पाेकाे थमाउला !
    ✍️श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर
    १२)
    ————–
    क)
    रक्षाबन्धन नेपालीको पर्व
    हातमा राखी बाँधेर
    नेपालीले गर्छन् गर्व !
    ख)
    विकृति कुसंस्कार मासेर
    साथ लिएर चेलीबेटी
    रक्षाबन्धन मनाओैँ हाँसेर !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
    १३)
    ————–
    क)
    आयो रक्षाबन्धन पर्व
    सबैले मनाउँदै मनमा
    यसको गरौँ गर्व !
    ख)
    मिल्दछ ईश्वरको प्रसाद
    सदैव सुखशान्ति ल्याउने
    थापौँ चेलीको आशीर्वाद !
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ।
    १४)
    ————–
    क)
    रातोसेतो लिएर चन्दन
    आयो सबैका आँगनमा
    पवित्र पर्व रक्षाबन्धन !
    ख)
    गोसाइँकुण्डमा हुन्छ लर्को
    रक्षाबन्धन मनाउन यात्रु
    मोलेर जोखिम चर्को !
    ✍️ चुडामणी देबकोटा
    सिन्धुली मरिणखोला जखनी
    हाल थानेटार पुरानोनैकाप काठमाण्डौ
    १५)
    ————–
    रक्षाबन्धन चाड मानेर
    बाँधिदिए रक्षासूत्र हातमा
    दाजुभाइ माइती जानेर !
    ✍️ भाेलामान बर्देवा बैरागिमाईलाे
    बु,नि,,क,५ काठमाण्डाै
    १६)
    ————–
    लगाउँछ जोगीले चन्दन
    प्रेम दाजु बहिनीको
    हो यो रक्षाबन्धन !
    ✍️ दीप गोले तामाङ
    रौतहट
    १७)
    ————–
    रक्षाबन्धन हिन्दुत्वको शान
    प्रभुको आशिष मिल्ने
    गरौँ सबैको सम्मान !
    कार्की डिबी माकुम
    सुनवल-४
    १८)
    ————–
    क)
    चेली माइतीको सम्बन्ध
    रक्षाबन्धनले बलियो बनोस्
    कहिले नहोस् मन्द !
    ख)
    राखेर सद्भाव माइतीको
    अहिले बाँध्नू रक्षाबन्धन
    तिहारमा चाहिँ भाइटीको !
    ✍️ कोपिला समीक्षा
    खार्पा खोटाङ
    १९)
    ————–
    क)
    छन् किम्बदन्ती अनेक
    जनैपूर्णिमा पर्वको महिमा
    सत्कर्ममा लाग्नु भरथेग !
    ख)
    रक्षा प्रेमको अवसर
    मेलमिलाप होस् आपसी
    रहुन् सद्भाव परस्पर !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    २०)
    ————–
    क)
    सनातनीलाई हाे चन्दन
    नास्तिकलाई ज्ञान कहाँ
    रक्षासूत्र हाे रक्षाबन्धन !
    ख)
    हिन्दुत्वकाे एक आधार
    यज्ञाेपवित ओै रक्षासूत्र
    बन्दैछ राखी व्यापार !
    ✍️ प्रमोद नेपाल
    काठमाडौँ -५
    २१)
    ————–
    क)
    रक्षाबन्धन दिदीभाइको पर्व
    प्रेम बढाउँछ आपसमा
    गरौँ सबैले गर्व !
    ख)
    रक्षा गरोस् रक्षाडोरीले
    आशीर्वाद लागोस् दिदीको
    माइत आउन छोरीले !
    ✍️ धनमाया चौधरी
    कैलाली
    २२)
    ————–
    दान ईन्द्राे महाबल
    रक्षाबन्धन हातमा बाँधी
    रक्षामा सदा चल !
    ✍️ शलिकराम दाहाल
    चा न पा ३ झाैखेल
    भक्तपुर
    २३)
    ————–
    स्वच्छ राखौँ तनमन
    जनैपूर्णिमा सँगसँगै सबैको
    खुसीमय बनोस् रक्षाबन्धन !
    ✍️ बेल थोकर तामाङ
    बकैया_८/ बस्तिपुर / मकवानपुर
    २४)
    ————–
    क)
    रक्षाबन्धन बाँधौँ दिदीबहिनी
    दाजुभाइको दीर्घजीवन बनोस्
    टीका रक्तचन्दन किनी !
    ✍️ एवाइ प्रभात
    धनकुटा
    २५)
    ————–
    क)
    रक्षाबन्धन हाम्रो चाड
    आउँछ वर्षमा एकैचोटी
    सबैलाई प्रेम बाँड !
    ख)
    भातृत्वको प्रतीक रक्षाबन्धन
    माया कसिलो कसौँ
    नटुटोस् सम्बन्ध विस्फोटन !
    ✍️ देबिका सुब्बा खवास
    कदमतला, सिलगढी
    २६)
    ————–
    क)
    आयो रक्षाबन्धन पर्व
    पुरोहित बाँध्छन् धागो
    गरौँ सबैले गर्व !
    ख)
    राखेर मनमा गर्व
    आउँछन् टाढाका माइती
    चेलीसँग मनाउन पर्व !
    ✍️ बिबा तामाङ
    दार्जिलिङ
    २७)
    ————–
    क)
    गर्नु हुँदैन अबेर
    जागाैँ लागाैँ सबै
    भई सत्कर्ममा लागेर !
    ख)
    सुरक्षाकवच यो रक्षाबन्धन
    बाँधौँ सबैले मिली
    नगराैँ असभ्य प्रपञ्चन !
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा १४
    २८)
    ————–
    क)
    सुरक्षा खोज्छौ धागोमा
    सम्बन्धको हात समाई
    नडढोस् प्रेम आगोमा !
    ख)
    अपेक्षा रक्षाको गरिन्छ
    विश्वासको नटुटोस् डोरो
    नत्र सङ्कटमा परिन्छ ।
    ✍️ होमप्रसाद नेउपाने
    धरान,सुनसरी ।
    २९)
    ————–
    क)
    माया मनमा साँधेर
    दाजु बहिनीको प्रेम
    जोगाऔँ राखी बाँधेर !
    ख)
    हलुका हुन्छ मन
    दाजु बहिनीको लागि
    आउँदा यो रक्षाबन्धन !
    ग)
    मायाले जित्नुछ संसार
    पवित्र हाम्रो नातामा
    केही चाहिँदैन उपहार !
    ✍️ खडक आर सी मिलन
    छेडागाड नगरपालिका २ साल्मा जाजरकोट
    ३०)
    ————–
    सनातन हिन्दु धर्म
    मान्नु पर्छ हामीले
    नछोडौँ आफ्नो कर्म !
    ✍️ सरिता सेढाई
    धादिङ
    ३१)
    ————–
    क)
    छन् संस्कार अनेक
    जनैपूर्णिमा पर्व आयो
    मनाउनू खाई हरेक !
    ख)
    हुन्छ सुरक्षा  तन्त्रले
    रोग ब्याधी हटाउदै
    डाेरी बाँध्नु मन्त्रले ।
    ✍️ दुर्गा भट्टराई
    मोरङ
    ३२)
    ————–
    क)
    शिरमा राम्रो चन्दन
    खुसी साट्ने हामीले
    फेरि आयो रक्षाबन्धन !
    ख)
    होओस् सुखशान्ति सबैमा
    पवित्र पर्व दिदीभाइको
    दुःख नहोस् कसैमा !
    ✍️ चन्द्रिका रिमाल न्यौपाने
    ३३)
    ————–
    क)
    हिमाल पहाड तराई
    आफ्नो आफ्नो तरिकाले
    मनाउछौँ हामी जनैपूर्णिमालाई !
    ख)
    मनाऔँ जनैपूर्णिमा रमाई
    हातमा रक्षाबन्धन बाँधेर
    खिर, क्वाँटी खाई !
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज,बॅाके
    ३४)
    ————–
    क)
    आयो राखी चाड
    सम्बन्ध चेली माइतीमा
    नहोस् कदापि खेलवाड !
    ख)
    रक्षाबन्धन हरेक वर्षमा
    आउँछ धागो बोकेर
    बित्दछन् दिनहरू हर्षमा !
    ✍️ सरोजा बान्तवा पीयूष
    गीत खोला, भारत
    ३५)
    ————–
    क)
    थालमा राखी सजाई 
    चन्दन लगाउँदै रक्षाबन्धनमा
    खुवाउने गर्छन् मिठाई !
    ख)
    सुस्वास्थ्य दीर्घायुको कामना
    गर्दछ्न् बाँध्दै रक्षाबन्धन
    अटुट प्रेमको चाहना !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ३६)
    ————–
    के रक्षाबन्धन परदेशमा ?
    आमा रुँदै होलिन्
    कुना बसेर घरदेशमा !
    ✍️ सुजाता डि सी
    हाल दोहा कतार
    ३७)
    ————–
    क)
    बैनीलाई खुवाउनु प्रसाद
    रक्षाबन्धनको सबै सबैलाई
    मेरो तर्फबाट आशीर्वाद !
    ख)
    नहोस् निधार खाली
    हातमा रक्षासूत्र लगाउनू
    परिवारमा छाउँछ खुसियाली !
    ✍️ सुरेश बि सी
    शिखर ११ डोटी
    ३८)
    ————–
    क)
    मनको सुन्दर भावना
    चाड यो दिदीभाइको
    सबैमा छ शुभकामना !
    ख)
    चेली माइतीको बन्धन
    जन्म जन्मको साइनो
    छरियोस् सुवासित चन्दन !
    ✍️ मोती योन्जन सुब्बा
    दार्जिलिङ
    ३९)
    ————–
    क)
    दाजुभाइ दिदीबहिनीको प्यार
    प्रगाढ भएमा आपसमा
    जित्न सकिन्छ संसार !
    ख)
    चाड दाजुभाइ दिदीबहिनीको
    रक्षा गर्ने रक्षाबन्धनले
    याद दिलाउँछ जीवनभरिको !
    ✍️ साहित्य प्रेमी सुशील
    धनगढी
    ४०)
    ————–
    भाइबहिनीको अटुट बन्धन
    मनाउने सबै मिलिजुली
    लगाएर टीका, चन्दन  !
    ✍️ नागेन्द्रप्रसाद यादव
    ४१)
    ————–
    क)
    फुकाई वेदना मनभरिको
    प्रगाढ बनाउँछ रक्षाबन्धनले
    सम्बन्ध दाजुभाइ, दिदीबहिनीको !
    ख)
    यही गर्छु कामना
    सम्पूर्ण दाजुभाई, दिदीबहिनीको
    पूरा होऊन् चाहना !
    ✍️ साबित्री प्याकुरेल
    धादिङ्ग
    ४२)
    ————–
    क)
    बहिनीले बाँधिन् राखी
    दाजु मुस्कुराउँदै हाँसे
    देवता राखेर साखी !
    ख)
    शुभबिहानी शुभदिन आयो
    रक्षासूत्र बाँध्दै थिइन्
    पवित्र बन्धनले सजायो !
    ✍️ सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा ६ मातातीर्थ।
    ४३)
    ————–
    क)
    क्वाँटी पर्वको कामना
    मनाउँ हामी रम्दै
    बनाई शुद्ध मनोभावना !
    ख)
    रक्षाबन्धन पर्व मनाउन
    जनै लगाउँ काँधमा
    संस्कार हाम्रो जोगाउन ।
    ✍️ सुनिता निरौला पौडेल
    राधे  राधे, भक्तपुर । हाल-अष्ट्रेलिया
    ४४)
    ————–
    क)
    पवित्र बाँधियोस् जनै
    जनैपूर्णिमालाई हेला नगरौँ
    स्वच्छ बनोस् मनै !
    ख)
    श्रीकृष्णले चलाएको रित
    बाधौँ रक्षाबन्धन दाजुभाइमा
    संस्कार रहोस् जीवित !
    ग)
    दिदीबहिनीलाई दाजुभाइको चाहना
    रक्षाबन्धनले सम्बन्ध सुधारोस्
    सबैमा हार्दिक शुभकामना !
    ✍️ वेदु न्यौपाने
    ४५)
    ————–
    क)
    रक्षाबन्धन चाड हाम्रो
    संस्कारले महान् छौँ
    चाडपर्व सबै राम्रो !
    ख)
    भाइको जीवन उज्यालो
    रक्षाबन्धनले बोध गराउँछ
    बहिनीको माया प्यारो !
    ग)
    रक्षाबन्धनको धागो बलियो
    आपसी समझदारी बढाउने
    संवेदनाले चेतना भरियो ।
    ✍️ नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल
    ४६)
    ————-
    क)
    खुसी भयो मन
    जब आयो जनैपूर्णिमा
    नयाँ नाम रक्षाबन्धन !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    ४७)
    ————–
    क)
    पहेलो डोरी चन्दन
    महान पर्व जनैपूर्णिमा
    हाम्रो यो रक्षाबन्धन !
    ख)
    उत्कृष्ट हाम्रो संस्कृति
    रक्षाबन्धन पावन पर्व
    मनपर्ने गर्दछ अति !
    ✍️ जानुका बाँस्कोटा
    काठमाण्डौ
    ४८)
    ————–
    क)
    पुरुषहरूको पर्व रक्षाबन्धन
    मनाऔँ रमाइलो गरी
    हटोस् जिन्दगीको क्रन्दन !
    ख)
    रक्षाबन्धनको पवित्र डोरो
    एकदिन लगाएर फ्याँक्छ
    आजको आधुनिक छोरो !
    ✍️ बिपी लामिछाने
    दमक, झापा
    ४९)
    ————–
    क)
    सप्तर्षिकाे पूजा गरिन्छ
    श्रावण शुक्ल पूर्णिमामा
    रक्षाबन्धन नाडीमा धरिन्छ ।
    ख)
    नूतन याेज्ञाेपवीत धारण
    सनातन धर्मकाे माैलिकता
    प्रभुले गराउने तारण !
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ५०)
    ————–
    आयो रक्षाबन्धन पर्व
    मनाउँछौँ बाँधेर धागो
    नेपाली हुनुमा गर्व !
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ५१)
    ————–
    क)
    हातमा बाँधौँ रक्षासूत्र
    धार्मिक महत्व बुझी
    काँधमा लगाउँ ब्रह्मसूत्र !
    ख)
    आस्था घट्दैछ नेपालमा
    हाम्रा धार्मिक पर्वहरूको
    बढ्दैछ महत्व विदेशमा !
    ✍️ ऋजु दिल्पाली (राजेन्द्र घिमिरे)
    ईटहरी- १ हलगडा सुनसरी
    ५२)
    ————–
    क)
    यज्ञोपवीत धारण गरी
    ऋषितर्पणी पर्व मनाऔँ
    हात डोरीले भरी !
    ख)
    यज्ञसूत्र डोरो लगाई
    रमौँ जनैपूर्णिमा पर्वमा
    बजारबाट क्वाँटी मगाई !
    ✍️ हरिप्रसाद तिमल्सिना
    त्रिपुरा सुन्दरी- ४ धादिङ
    ५३)
    ————–
    क)
    तागाधारीहरूको महान् पर्व
    जनैपूर्णिमाको पावन अवसरमा
    रक्षाबन्धन गरिन्छ सगर्व !
    ख)
    आत्मियता बनाउनलाई कन्चन
    दिदीबहिनीको हातबाट बर्सेनी
    गरिन्छ दाजुभाइलाई रक्षाबन्धन !
    ✍️ बाबुराम गौतम
    गुल्मी
    ५४)
    ————–
    वैदिक विधि रक्षाबन्धन
    उपज हिन्दु संस्कारको
    शान्ति दिलाऔँ स्पन्दन !
    ✍️ हितमान छन्त्याल (सहोदर )
    पोखरा, कास्की
    ५५)
    ————–
    क)
    आयाे हाम्रो चाडपर्व
    क्वाँटी खाएर मनाऔँ
    गर्नुपर्छ संस्कृतिमा गर्व !
    ख)
    स्वच्छ राखाैँ मनै
    कम्तीमा एक वर्षमा
    फेर्नु हाेला जनै !
    ✍️ कल्पना भण्डारी
    ५६)
    ————–
    रक्षाबन्धन वार्षिक पर्व
    सबै मिलेर मनाऔँ
    गरौँ नेपालीले गर्व !
    ✍️ रवि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ५७)
    ————–
    क)
    यो रक्षाबन्धनको आस
    सम्बन्ध दाजु बहिनीको
    रमाइलो बन्दछ खास !
    ख)
    रक्षाबन्धन धार्मिक पर्व
    परम्परा अनुसार मनाउँदा
    सारै लाग्छ गर्व !
    ✍️ सतीश सिकारु
    तनहुँ चुँदी
    ५८)
    ————–
    क)
    सहभागीता पूरा जनाई
    संस्कार संस्कृति जोगाऔँ
    रक्षाबन्धन पर्व मनाई !
    ख)
    आफ्नो संस्कार पर्व
    माइतीलाई राखी बाँधी
    चेलीले गर्छन् गर्व !
    ✍️ अम्बिका गिरी
    विराटनगर
    ५९)
    ————–
    क)
    मन्त्रणा गरेको रक्षाबन्धन
    पर्व मनाउँदै सबैले
    गरौँ विज्ञानमा मन्थन !
    ख)
    सम्बन्धको सूत्र धागो
    रक्षा कवच बनेर
    निभाउँछ अहङ्कारको आगो !
    ✍️ विवश पारदर्शी
    झापा
    ६०)
    ————–
    क)
    यम यमुनाले मनाएका
    रक्षाबन्धनको पावन पर्व
    त्यही रीति जनाएका !
    ख)
    हातमा डोरी बाँधिने
    भाइबहिनीको यो चाडले
    सम्बन्ध दह्रो साँधिने !
    ग)
    जनैपूर्णिमा पर्व जानिने
    पवित्र पर्व हामीहरूको
    हरेक घरमा मानिने !
    ✍️ ज्योतिका क्षेत्री सुकुना सिलगढी भारत
    ६१)
    ————–
    क)
    हातमा बाँधेर रक्षाबन्धन
    सांस्कृतिक पर्व मनाऔँ
    प्रसन्न रहन्छ मन !
    ख)
    सधैँ माया बाँडेर
    जिउनु पर्छ खुसीले
    अमर नाता ठानेर !
    ✍️ कृष्ण बहादुर बजगाई
    भक्तपुर
    ६२)
    ————–
    क)
    मानौँ चाड रक्षाबन्धन
    दिदीबहिनीबाट धागो बाँध्दा
    प्रसन्न रहन्छ मन !
    ख)
    दिदीबहिनीमा रहोस् आत्मियता
    चाडपर्वले हामी सबैलाई
    बनाओस् बलियो एकता !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    हाल: अमेरिका, बोस्टन
    ६३)
    ————–
    क)
    हटोस् मनका क्रन्दन
    संस्कृति थाती राख्दै
    मनाऔँ चाड रक्षाबन्धन !
    ख)
    एउटा सच्चा कर्म
    रीति परम्परा थाम्नु
    सबैको अमूल्य धर्म !
    ✍️ विष्णु पंगेनी (पाण्डे )
    वालिङ् -स्याङ्जा
    ६४)
    ————–
    नपरोस् कालो छाया
    पवित्र बन्धनले बाँधिँदै
    भाइबहिनीको अनन्त माया !
    ✍️ देव स्याङ्देन
    कालेबुङ
    ६५)
    ————–
    क)
    उठाउँ सनातन संस्कार
    देशलाई रक्षासूत्रले बाँधी
    हटाउँ विकृत व्यवहार !
    २)
    ब्रम्हा, विष्णु, महेश्वर
    ज्ञान, कर्म, याेगकाे
    रक्षा विधानको भर !
    ✍️ ईश्वर लामिछाने
    धरान, सुनसरी
    ६६)
    ————–
    क)
    बाँधेर धागो जताइन्
    प्यार बहिनीले सधैँ
    मीठो व्यवहारले बताइन् !
    ख)
    भाइ बहिनीको बन्धन
    अथाह विश्वासको हो
    जोडिएको हुन्छ मन !
    ग)
    दिनुहोस् अबको पालो
    बहिनीलाई समान अवसर
    चिरेर समाजको जालो !
    ✍️ सुरेशकुमार पाण्डे
    ६७)
    ————–
    क)
    रक्षाबन्धन फेरि आयो
    दाजु, बहिनीको सम्बन्ध
    प्रगाढ यसले बनायो ।
    ख)
    गरेर प्रेमको साटासाट
    सुखदु:ख गरी मनाऔँ
    चाडपर्व निकाली आँट !
    ✍️ पदमराज न्यौपाने
    रामारोशन ४ अछाम
    ६८)
    ————–
    क)
    हातमा राखी बाँधेर
    चेली माइतीको सम्बन्ध
    गाढा मनभित्र राखेर !
    ख)
    नेपाली परम्परा बचाऔँ
    हामी सबैले मिलेर
    विदेशी संस्कार भगाऔँ ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ६९)
    ————–
    क)
    हिन्दुको धेरै पहिचान
    जोगाउन कठिन भयो
    प्रहार हुँदैछ जानाजान !
    ख)
    विश्वासमा टिकेको पर्व
    विज्ञानसम्मत भएकै कारणले
    हामीमा लाग्दछ गर्व !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    २०८२/४/२२
    ७०)
    ————–
    क)
    आत्मशुद्धि शुद्धताको पर्व
    रक्षाबन्धनले बढाउँछ भाइचारा
    सप्तऋषि पुजनमा गर्व !
    ख)
    उपाकर्म रक्षाबन्धन लगाउने
    सनातन हाम्रो हिन्दुत्वको
    पवित्र आत्मा जगाउने !
    ✍️ हिरालाल न्यौपाने
    बानपा ८ कोटमौला सल्यान
    ७१)
    ————–
    आइरहोस् रक्षाबन्धन पर्व
    भेट हुँदा भाइबहिनीको
    लाग्छ मनमा गर्व !
    ✍️ गंगाराम यादव
    औराबनि, सुनसरी
    ७२)
    ————–
    क)
    नाडीमा बाँधेर सूत्र
    गरौँ धर्मको रक्षा
    सबै व्यवहारमा उत्र !
    ख)
    दिदिबहिनी सबैलाई शुभकामना
    रक्षा गरुन् कुलदेवताले
    सबैको पुगोस् चाहना !
    ग)
    रक्षा गरुन् रविले
    दाहिना परुन् कुलदेव
    लेख्नु दुनियाँ कविले !
    ✍️ ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम  अछाम
    ७३)
    ————–
    सम्बन्ध कहिल्यै नटुटोस्
    उठोस् रिस जतिसुकै
    हात कसैमाथि नउठोस् !
    ✍️ पशुपति राई
    ७४)
    ————–
    क)
    फेरेर वर्षेनी रक्षासूत्र
    बचाऔँ आफ्नो संस्कृति
    भएर ब्राह्मणको पुत्र !
    ख)
    दिदीबहिनीको असीम अनुराग
    रक्षाबन्धनको पवित्र फेरो
    रहोस् जहाँतहीँ पुष्पपराग !
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    ७५)
    ————–
    क)
    प्रगाढ नाता बनोस्
    हातमा बाँधेर राखी
    सम्बन्ध फराकिलो खनोस् !
    ख)
    तागाधारीले जनै फेर्ने
    दिदिबहिनी बाँधेर राखी
    ममताले दाजुभाइ हेर्ने ।
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी-५,जुम्ला
    ७६)
    ————–
    क)
    रङ्गीचङ्गी धागो तानिन्छ
    सम्बन्धको साँचो जस्तो
    मनको आँगन बानिन्छ ।
    ख)
    जनै काँधमा सर्छ
    गुरु अघिल्तिर झुकी
    श्रद्धाले मन भर्छ ।
    ख)
    सपनाको ज्योति हाल्छु
    मनभित्रका सबै कुठाराघात
    यसै दिनमा फाल्छु ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ७७)
    ————–
    क)
    संस्कृति जाेगाउने कर्म
    निरन्तर लागि परेपछि
    हाेला मानवीय धर्म !
    ख)
    आयो रक्षाबन्धन पर्व
    सम्बन्ध गाढा बनाेस्
    जगाई मनमा गर्व !
    ✍️ काेपिला अधिकारी
    गाेरखा
    ७८)
    ————–
    क)
    ठूलो दाजुभाइको गोल
    दिदीबहिनीद्वारा बाँधिने राखीको
    नगरौँ कुनै मोलतोल !
    ख)
    हटाउन बाधा अड्चन
    निश्वार्थ भावनाले दाजुभाइलाई
    चेलीबेटीद्वारा लगाइदिने रक्षाबन्धन !
    ✍️ हिरामाया श्रेष्ठ
    गजुरी १ धादिङ
    ७९)
    ————–
    क)
    चेली माइतीको सम्बन्ध
    सुमधुर रहोस् सदा
    नआओस् फाटोको दुर्गन्ध !
    ख)
    क्वाँटी खाएर मनाऔँ
    सद्भाव राखौँ सबैमा
    संस्कार संस्कृति जोगाऔँ !
    ✍️ राधा चाम्लिङ
    खोटाङ
    ८०)
    ————–
    क)
    रक्षाबन्धन पर्व आयो
    दिदीबहिनी नहुँदा हेर
    दाजुभाइको आँखा रसायो ।
    ख)
    प्रेम, विश्वासको पर्व
    हातमा डोरी बाँधेर
    रक्षाबन्धनको गरौँ गर्व ।
    ✍️ कला झापाली
    ८१)
    ————–
    क)
    बहिनीको हातले बाँधेर
    रक्षाको बलियो डोरी
    बाँच्नेछु सँगै हाँसेर !
    ख)
    सुस्वास्थ्यको गर्दै कामना
    लम्बियोस् आयु दाजुभाइको
    नहोस् कठिनाइको सामना !
    ✍️ शब्दको खेलाडी (बिसु हाङ राई)
    विराटनगर मोरङ नेपाल
    ८२)
    ————–
    पीर मनमा भए
    कसरी बाँध्नु राखी
    दाजु परदेश गए ।
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ८३)
    ————–
    क)
    मौलिक पर्व रक्षाबन्धन
    बाँधेर हातमा डोरो
    गरौँ संस्कृतिको संरक्षण !
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ।
    ८४)
    ————–
    क)
    तनमनको विकार हटाई
    स्वस्थ जीवन बिताएर
    जनैपूर्णिमाको डोरो लगाई !
    ख)
    संस्कृति नेपाली राम्रो
    हिमाल पहाड तराई
    जीवन नेपाली हाम्रो !
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    ८५)
    ————–
    रक्षाबन्धन फेरि आयो
    त्रिवेणीमा जनैको मेला
    हिन्दुको मन रमायो ।
    ✍️ चिरञ्जीवी ढकाल
    ८६)
    ————–
    जनैपूर्णिमा भव्य मनाऔँ
    रक्षासूत्र हातमा लगाएर
    सनातन भनी जनाऔँ ।
    ✍️ सविता भट्टराई जनकपुरधाम
    ८७)
    ————–
    क)
    विघ्नबाधासँग गर्दै सामना
    मधुरम् सम्बन्ध होओस्
    रक्षाबन्धनको छ शुभकामना !
    ख)
    बनुन् सम्बन्ध सघन
    आपसमा जाेडोस् आत्मीयताले
    मधुर प्रेमको रक्षाबन्धन !
    ग)
    चाहना हाेउन् पूरा
    अधुरो नहाेस् रक्षाबन्धन
    बिर्सनू पुराना कुरा !
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ८८)
    ————–
    क)
    दिदीभाइको सम्बन्ध राम्रो
    रक्षाबन्धनको यो डोरोले
    कसियोस् सम्बन्ध हाम्रो !
    ख)
    चाडपर्व मौलिक संस्कृति
    ठानेर समाजको ऐना
    हटाऔँ गलत प्रवृति !
    ✍️ जयनारायण नेपाल
    बालकोट ,भक्तपुर
    ८९)
    ————–
    मन पवित्रताको पर्व
    सौम्य भाइबहिनीको माया
    अनुपम हर्षले गर्व !
    ✍️ आर्त अकुलीन
    ९०)
    ————–
    संस्कार संस्कृति हाम्रो
    रक्षाबन्धन हातमा बाँधी
    जनै फेर्नु राम्रो !
    ✍️ ममता पौडेल
    बुढीगङ्गा- २  मोरङ
    ९१)
    ————–
    रक्षाबन्धनको हार्दिक शुभकामना
    आज दिनभर तड्पिरहेँ
    आउँदा दिदीबहिनीको सम्झना !
    ✍️ कबिताहरी
    सुन्दरहरैंचा १ कुमार गाउँ मोरङ
    ९२)
    ————–
    संस्कृतिको सान हाम्रो
    जगेर्नाको नाम लिँदैमा
    विकृतिको लेउ नराम्रो !
    ✍️ कमला देवकोटा
    ९३)
    ————–
    क)
    रक्षाबन्धनको यो दिन
    हुन्छ मिलन भाइबहिनीको
    दु:खपिर बिर्सिई एकछिन !
    ख)
    अटुट रहने बन्धन
    दुबोझैँ सदा मौलाइरहोस्
    हटेर मनका क्रन्दन !
    ✍️ यशोदा रेग्मी चम्लागांई
    तुमीन नमराङ पुर्व सिक्किम।
    ९४)
    ————–
    हातमा बाँधी डाेरी
    रक्षाबन्धन भन्दै यहाँ
    गर्छन् कर्म चाेरी !
    ✍️ जी.वि. चिन्तन
    घाेराही, दाङ
    ९५)
    ————–
    क)
    विश्वास हो रक्षाबन्धन
    फलुन् फुलुन् माइती
    लगाई निधारमा चन्दन !
    ख)
    रक्षाबन्धनको महिमा अपार
    हार्दिकताको भावना हृदयदेखि
    स्वीकार्छु, मान्दिनँ हार !
    ग)
    डोरीजस्तै रङ्गीन बनोस्
    रक्षाबन्धनको छ शुभकामना
    सम्बन्ध मिठो रहोस् !
    ✍️ मीना खड्का
    हेटौडा -१९ बस्तीपुर
    ९६)
    ————–
    क)
    भाइबहिनीको यो माया
    अटुट बनिरहोस् सधैँ
    नपरोस् कहिल्यै छाया।
    ख)
    सम्बन्ध मनले मानौँ 
    आफ्नो र पराई
    सधैँ भावनाले जानौँ ।
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ————–

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३०

  • २१ श्रावण २०८२, मंगलवार १५:३८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०४/१५

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३०{एकसयतीसौंऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पौडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    राम्रो लाग्छ सबै फूल देख्दा
    दुःख भाग्छ सबै फूल देख्दा
    सुन्दर फूल रोज्ने हो हामी,
    खुसी जाग्छ सबै फूल देख्दा
    सिमा नाग्छ सबै फूल देख्दा।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    फक्राएर फुलाउन फूल रोज्न पाऊँ
    जीवन सुधर्नलाई भुल रोज्न पाऊँ
    झूट सत्य सुख दुःखको यो जीवनमा,
    जन प्रिय बन्नलाई कुल रोज्न पाऊँ
    सहमत दिने खाले हुल रोज्न पाऊँ ।

    ✍️अच्युत घिमिरे,
    सर्पाङ भुटान🇧🇹

    पञ्चाङ्ग:०३
    हेर्दा हाँसेको मुसुक्क देखिन्छौ
    घाम लागेमा लुसुक्क देखिन्छौ
    तैपनि सुगन्ध दिन छोडेनौ ,
    राती बसेको टुसुक्क देखिन्छौ
    हेरी बिर्सेको भुसुक्क देखिन्छौ ।
    -धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०४
    फूल हुन फूलले फुल्नु पर्छ
    राम्रो फलेको धान झुल्नु पर्छ
    सबैकाे आआफ्नो पहिचान छ,
    नुनले नि पानीमा घुल्नु पर्छ
    भर हावा बेलुन फुल्नु पर्छ ।
    भवानी घिमिरे

    पञ्चाङ्ग-०५
    फूललाई जति पिडा यहाँ कसलाई होला हजुर
    उसको पनि त जीवन हो भित्र कति रोला हजुर
    आजको कोपिला भोलि त ढकमक्क फूलेको देखिन्छ,
    पर्सि नै चुडिनु पर्ने हेर्नोस् त यो कस्तो चोला हजुर
    निर्दयी छन् मान्छे उसको मन कसले छोला हजुर।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०६
    वनस्पतिमा पर्दैन फूल हजुर
    प्रकृति भित्र साैदर्य मूल हजुर
    सृष्टिमा सबैको अस्तित्व प्रधान छ,
    सफा गर्दछ मनकाे धुल हजुर
    मायापाशकाे पवित्र पुल हजुर ।
    -प्रधुम्न चालिसे

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    “रोम लामा एकल सांगीतिक कार्यक्रम २०२५” भव्यताका साथ सम्पन्न

  • २० श्रावण २०८२, सोमबार ०२:२१ मा प्रकाशित
  • गत १ अगस्ट २०२५ शुक्रबारका दिन साउदी अरबको रियादमा ऐतिहासिक “रोम लामा एकल सांगीतिक कार्यक्रम २०२५” भव्यताका साथ सम्पन्न भएको छ।
    आफ्नो १० वर्षे सांगीतिक यात्रा पूरा भएको र यसको निरन्तरताका लागि आयोजना गरिएको उक्त कार्यक्रममा आफ्नो एकल सांगीतिक जादुमय स्वरले नेपाली श्रोताहरुलाई मनोरञ्जन दिएका थिए


    भव्यताका साथ सम्पन्न उक्त कार्यक्रममा साउदी अरबका लागि महामहिम राजदुत डा• नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यमा , साउदी अरबमा रहेका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु, सफल व्यवसायीहरु, बिभिन्न कम्पनीमा कार्यरत वुद्धीजिवीहरु एवं प्रत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो। स्थानिय स्तरका चर्चित गायकद्वय बिज्ञान राई,रबिन गिरी, गायक डिबी लामा, गायक राम प्रशाद बस्याल, गायक तेम्बा वाईबा तामाङ, गायक बिबेक केसी, चर्चित नृत्यकार रोहन परियार, नृत्याङ्गाना पुजा लामा, नृत्याङ्गाना मुश्कान शर्मा, नृत्याङ्गाना कामना थापा मगर, नृत्याङ्गाना स्वस्तिका थापा मगर एवं चर्चित बाँसुरी वादक राज यात्रीहरुको उत्कृष्ट प्रस्तुती रहेको थियो।


    नगेश तामाङ द्वारा सञ्चालित उक्त कार्यक्रममा रोम लामाका अनगिन्ती सांगीतिक कोसेलीहरू पस्किएका थिए। विविध विधाका गीतहरूद्वारा उपस्थित दर्शक अतिथि हरू लाई मनोरञ्जन दिएको थियो

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १५९

  • १९ श्रावण २०८२, आईतवार २२:११ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसय उन्नसाठीऔ अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५९————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०४/१२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    जिन्दगी अन्तै मोडेर जाउँ
    अहंकारीता छोडेर जाउँ
    दिनहुँ झगडा कहिलेसम्म,
    दुष्टको दिल फोडेर जाउँ
    सत्य वचन जोडेर जाउँ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    नागको माला लगाउने उनै शिव हुन्
    मनमा उर्जा जगाउने उनै शिव हुन्
    भगवान् सम्झिने त आ-आफ्नो विधि हुन्छ
    भुत र प्रेत भगाउने उनै शिव हुन्
    कैलाश कुटी जगाउने उनै शिव हुन् ।
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग:०३
    व्यस्त सहरमा कसरी चलाउने जिन्दगी यो
    अक्सिजन छैन कसरी पलाउने जिन्दगी यो
    एक घरका अर्को घरकासँग चिनजान छैन,
    छैन खाना,पानी कसरी जलाउने जिन्दगी यो
    जग्गा नत खेती कसरी फलाउने जिन्दगी यो ?

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०४
    नागको स्थान झरियो आज
    बिहानै पूजा गरियो आज
    श्रावण नागे पञ्चमी पारी,
    पण्डित जस्तै परियो आज
    फलले पेट भरियो आज।
    घनश्याम पौडेल,पोखरा।

    पञ्चाङ्ग:०५
    नाग पुजा गरेर गयौ
    दुध लावा छरेर गयौ
    आज हरेकको घर,
    बेँशीतिर झरेर गयौ
    खिर मकै भरेर गयौ।
    -सुमित्रा पोखरेल काठमाडौं।

    ॐ
    पञ्चाङ्ग:०६


    प्रकृतिमा रहेका बिषाक्त साेस्ने नाग रक्षक देशकाे साथी
    सुशासन प्रत्याभूति दिने नेता बाग भक्षक देशकाे साथी
    जतासुकै असन्तुष्टि छाएको कता हरायो मानवता भन्छन् ,
    मूल्यमान्यता र सिद्धान्तको खाेल ओड्ने तक्षक देशकाे
    साथी
    स्वाधीनता पैसामा साट्न पछि नपर्ने अक्षक देशको साथी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग-०७
    सनातन हाम्रो धर्मलाई धान्दछौं हामी
    आफूलाई प्रकृतिको अंस ठान्दछौं हामी
    जीवन र जगतसित सम्बन्ध गाँसी,
    यो प्रकृतिलाई पुजा गर्न जान्दछौं हामी
    नागलाई पनि देवता नै मान्दछौं हामी ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक पञ्चाङ्ग भाग- १५७

  • १९ श्रावण २०८२, आईतवार २२:०७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयसन्ताउन्नौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१५७————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०३/३०
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    सदाको लागि दुष्टकाे शिर तल पारेर झार्ने हतियार मसँग छ
    जिउँदो भएकाे शरीरलाई मरेतुल्य पार्ने हतियार मसँग छ
    सोचिरहेका छाै हाैला तिमी, आफू जस्तो विद्धान र जान्ने कोही छैन् यहाँ
    त्यस्ताे ठूलो घमण्डको झाडीलाई बेराले बार्ने हतियार मसँग छ
    खराब नियत लिइ आउनेलाई पर सार्ने हतियार मसँग छ।
    -सुशीला पौडेल

    पञ्चाङ्ग-२.
    भानुको शिरमा बिर्के टोपी चटक्क देखियो
    निधारबीच त्यो रातो टीका झलक्क देखियो
    भानु देखेॅ अझै राम्रो दौरा र सुरुवालमा,
    रामायण छ साथैमा र पो गमक्क देखियो
    रघु नन्दनको गाथा सुन्दा मसक्क देखियो।
    घनश्याम पौडेल

    पञ्चाङ्ग -३

    दुई शब्दहरू मिठा बाेली देउन माया
    तिम्रो जवानीकाे रङ्ग घाेली देउन माया
    दुई दिनकाे जीवनमा मरिलानु के छ?
    ती भित्री मनका कुरा खाेली देउन माया
    मलाई माया,प्रेमकाे गाेली देउन माया ।
    नाम केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।

    पञ्चाङ्ग -४
    मङ्गल ध्वनिले मन हुन्छ पवित्र यहाँ
    यहाँ प्रभु निराकार छैनन् सचित्र यहाँ
    मन तरंगित हुँदा निर्णय ठिक नहुने
    दुःखमा पहिचान हुने सच्चा मित्र यहाँ
    मात्र सुख साथ दिने हुन्छन् विचित्र यहाँ।

    कार्की डिबी माकुम सुनवल-४ न.प.

    पञ्चाङ्ग-५
    मुटुको भावलाई शब्दमा सार्न सक्ने भए
    नयनको भाषा परस्पर पार्न सक्ने भए
    कहिल्यै कसैलाई चोट पुग्ने थिएन होला,
    तरहको तुल्य जितसँग हार्न सक्ने भए
    मनभित्रको आँधीहरू नै टार्न सक्ने भए ।

    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹

    पञ्चाङ्ग-६

    देशमा शान्ति आओस् अब खुसियाली छाओस् सधैँ,
    प्रकृतिले पनि खुसी हुँदै चोखो माया लाओस् सधैैँ
    अशान्तिका पर्खालहरू भत्किएर नै जाउन् अब
    कोइलीले मधुरो स्वरमा मीठो गीत गाओस् सधैँ,
    पन्छी पनि स्वतन्त्रमा वनमा नाच्न पाओस् सधैँ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग-७
    हातमा पुस्तक शिरमा टोपी छ गुरु हजुरको
    घाँसीबाट उत्प्रेरित भो जीवन शुरु हजुरको
    नेपालीको आदिकवि भनी चिनिने भानु तिमी हौ,
    पछ्याउन मन लाग्छ बाटो खुरुखुरु हजुरको
    चाहाना छ नेपाली शब्दमालामा जुरु हजुरको !!
    धनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-८
    भ्रष्टाचार विरोधी हुँ भन्छ भ्रष्टाचार नै गर्छ बाबै
    खेती राजनीतिको गरेर बिउ भ्रमको छर्छ बाबै
    कृषिप्रधान देश अरे एक गेडो चामल नि छैन
    नुन देखि सबै कुरा पारीबाटै ल्याउनु पर्छ बाबै
    जनता भने तुइन चुडेर सधैं सधैं मर्छ बाबै।
    पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P