• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

इफ्तारी तथा भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न ।

  • १६ चैत्र २०८१, आईतवार ०१:२७ मा प्रकाशित

  • रमजान दिन मियाँ ! साउदी अरबको जेद्दामा अवस्थित ईस्लामिक दावाह सेन्टर सनैयाद्वारा गत २७ मार्च बिहिवारका दिन आयोजित इफ्तारी तथा भलिबल प्रतियोगिता भब्यताका साथ सु-सम्पन्न भएको छ ।
    नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ एक्जुट गराउने र एक आपसी भेटघाट गर्ने उद्देश्यका साथ मुस्लिमहरुको पवित्र महिना रमदानको अन्तिम समय र इदको सुरुवातसँगै आयोजित उक्त कार्यक्रम महाबाणिज्यदुताबास जेद्दाका कार्यवाहक महाबाणिज्यदुत श्रृजना अधिकारीको प्रमुख अतिथ्यमा, नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँको सभापतित्वमा, रम्जानदिन मियाँद्वारा संचालन गरिएको थियो ।

    बिशिस्ट अतिथिमा महाबाणिज्यदुताबास जेद्दाका श्रम सहचारी जीवन घिमिरे, अतिथिहरुमा एनआरएनए उपाध्यक्ष राजकुमार गिरि, तमुधी जेद्दाका भिम गुरुङ, र  आरसिसि जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, तथा नेपाली युवा क्लबका प्रतिनिधि रहेका थिए ।
    कार्यक्रममा अतिथिहरुद्वारा रमादान तथा इदको शुभकामना दिदै यस्ता  कार्यक्रमले नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ एकजुट गर्ने, एक आपसी भाइचारा बढाउन मद्दत गर्ने र श्रमिकहरुको समस्या समाधानमा समेत सहयोग पुर्याउने कुरा अबगत गराउदै आयोजक टिम लाई धन्यवाद दिनुभएको थियो !


    कार्यक्रममा बिशिस्ट तथा  प्रमुख अतिथि  महाबाणिज्यदुताबास जेद्दाका कार्यवाहक महाबाणिज्यदुत श्रृजना अधिकारीले रमदान तथा इदको शुभकामना दिदै कार्यक्रम आयोजकलाइ धन्यवाद दिनु भएको थियो । साथै श्रमिकहरुलाइ कुनैपनी सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न र आफुहरु श्रमिक हकहितको सहयोगको लागी  तयार रहेको बताउँदै  भलिबल प्रतियोगिताका लागि आएका खेलाडीहरुलाइ शुभकामना दिनु भएको थियो ।
    उक्त कार्यक्रममा करिब १०० देखि १५० जनालाइ इफ्तारीको खानेकुरा, जुस, पानी खाना, तथा फलफुल खुवाइएको थियो ।
    इफ्तारी कार्यक्रम सकिए लगत्तै भलिबल प्रतियोगिता सुरु भएको थियो यान्बु राबिक र जेद्दा वरिपरि रहेका भलिबल खेल प्रेमी खेलाडीहरुको १२ टिमले सहभागी जनाएर खेल खेलेका थिए । उत्कृष्ट खेल खेल्दै लुलु अमिर फवाजले टिम प्रथम स्थान, आयोजक टिम नेपाली युवा क्लबले द्दितिय स्थान र राबिग टिमले तृतीय स्थान हासिल गर्दै क्रमश पहिलो लाई २००० साउदी रियल, द्दितिय हुनेलाइ १५०० र तृतीय हुने टिमलाइ ७०० रियल पुरस्कार प्रदान गरिएको थियो ! बिजेता टिमहरुलाइ आयोजक टिमका इस्लामीक सेन्टरका  प्रमुख मन्जुर अलि मियाँले मेटल, लगाइ प्रमाणपत्र प्रदान गरेका थिए । भलिबल खेलको संयोजन युवा क्लबका सन्तोष बि.क ले गरेका थिए !।

    प्रतियोगिता  बिहीवार बेलुकी ९  बजे  देखि सुरु भएर बिहान ९ बजे समापन भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    एनआरएनएको महाधिवेशन आगामी अक्टोवरमा गर्न पूर्वअध्यक्ष तथा संस्थापकहरु प्रतिबद्ध

  • ३० फाल्गुन २०८१, शुक्रबार १५:१६ मा प्रकाशित
  • काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिएका छन् । संघमा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गर्दै उनीहरुले सबै पक्षबाट हदैसम्मको लचकता अपनाई अघि बढ्न सुझाएका हुन् । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मे महिनामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपनि महाधिवेशनको प्राविधिक तयारीका लागि समय लाग्ने भन्दै अक्टोबरमा गर्नुपर्ने सुझाव अभियन्ता तथा संस्थापकहरूले दिएका छन् । राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाईमा मात्रै सम्पन्न हुने र सो सम्पन्न नभई महाधिवेशन सम्भव नहुने तर्क अभियन्ताहरुको थियो ।

    गैर आवासीय नेपाली संघद्वारा ११ मार्च २०२५ भर्चुअल माध्यमबाट आयोजित बृहत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरुबीच भाइचारा बढाउन यो संस्थाको स्थापना गरिएको स्मरण गराउँदै सबैलाई हठ त्यागेर लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘उच्चस्तरीय समितिले चुनावको लागि मात्रै चुनाव गराउने नभई छातीमा हात राखेर काम गर्नुपर्छ ।ʼ वास्तविक एकताको महाधिवेशनमा मात्रै आफू सहभागी हुने बताउँदै नेपालको समृद्धिको अभियानमा आफ्नो सधैं साथ हुने उनले स्पष्ट पारे ।

    एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले २०२३–२५ का लागि निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिँदै गत साता परराष्ट्रमन्त्री डा. आरजु देउवाले समन्वयकारी भूमिका खेलेको भन्दै सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानु पर्ने बताए । उनले बद्री केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिनपर्नेमा सबै एकमत हुनुपर्ने सुझाव दिए । ‘नेपालमा शान्ति प्रक्रिया ल्याइयो । संसद पुनर्स्थापना गर्ने भन्ने कहीं पनि लेखिएको थिएन, द्वन्द्वरत पक्षलाई संसदमा राख्ने कुरा लेखेको थिएन। तर त्यो सम्भव भयो। त्यस्तै हामीले पनि एकता गरेर अगाडि जान सक्छौं,’ उनले भने । उनले संस्थाको गुमेको साख फर्काउन अझै पनि सम्भव रहेको उल्लेख गरे ।

    एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्तले पछिल्लो परिस्थितिमा संयम भई बुद्धिमानीपूर्वक अघि बढ्न आग्रह गरे । उनले उच्चस्तरीय समिति एकताबद्ध बन्यो भने मात्रै सबैको इज्जत हुने बताउँदै प्राविधिक कुरामा मात्रै नअल्झिन सुझाए । ‘मनभित्र एकताको भावना राख्ने हो भने समस्या समाधान गर्न सकिन्छ । तपाईंहरु सबैले एउटा सुझाव दिनोस्। उच्चस्तरीय समितिमा निर्वाचन पर सार्न हामीले कुरा राख्छौँ । हामीले जुन–जुलाईमा चुनाव गर्छाैं भन्यौँ भने अदालतले, परराष्ट्रले नगर्नोस् भन्दैन। उच्चस्तरीय समितिले निर्वाचनको काम गर्छ । अहिलेको कार्यसमितिलाई आफ्नो काम गर्न दिनोस्,’ उनले भने ।

    एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउँदै आफ्नो व्यक्तिगत हितभन्दा संस्थाको हितलाई माथि राख्न आग्रह गरे । ‘सम्मानित अदालतलाई हामीले मान्नै पर्छ। परराष्ट्र मन्त्रीले दिएको विकल्पमा जाउँ,’ उनले भने । एनआरएनएका संस्थापक सचिव भिम उदासले प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान पनि तयार हुनुपर्ने आवश्यकतामा जोड दिए । उनले एकताको सन्देश अन्तर्वार्तामा हैन, व्यवहारमा देखाउनुपर्ने बताए ।

    त्यस्तै संस्थापक सदस्य इन्द्रा बनले पनि अक्टोबर २०२५ मा महाधिवेशन र चुनाव गर्न सबै पक्षसँग संवाद गरेर अगाडि बढ्न सुझाव दिए । एनआरएनएका संस्थापक सदस्य राम प्रताप थापाले संस्थाको एकताको लागि आफूले विगतमा बलिदान गरेको स्मरण गराउँदै संस्थाको हितलाई सर्वोच्च ठान्नुपर्नेमा जोड दिए ।

    एनआरएनएका अध्यक्ष डा. बद्री केसीले सन् २००३ मा नेपालको समृद्धिको लागि विदेशमा रहेका नेपालीहरुलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको उल्लेख गरे । आफूले जहिलेपनि कानूनतः काम गरेको र आगामी दिनमा पनि वैधानिकरुपमै आफूले अघि बढ्ने उनको भनाई थियो । ‘सर्वोच्चको दोस्रो फैसलाले विवेचनामा हरेक अधिवेशन सार्वभौम हुन्छन भन्यो। हामी सधैं एकताको लागि लचक छौं। सर्वोच्च अदालतको दुईवाटै फैसलाको सम्मान गरेर जाउँ। उच्चस्तरीय समितिले अनुगमन गरोस् हामी तयार छौँ । ११ औं कार्यसमितिको वैधतामाथि कुनै प्रश्न छैन। निष्पक्ष चुनाव गर्न हामी तयार छौँ ।’ उनले भने । उच्चस्तरीय समिति सबैको समिति र विश्वासको थलो बन्न योग्य भए आफूले सम्पूर्णरुपमा सहयोग गर्ने उनको भनाई थियो । उनले भने, ‘हामी एकताका विरोधी होइनौँ तर उच्चस्तरीय समिति सबैले विश्वास गर्न योग्य बन्नुपर्यो । सबै सदस्य त्यहाँ हुनुपर्यो ।ʼ अध्यक्ष केसीले एनआरएनएभित्रको आन्तरिक विवादले गर्दा मुख्य एजेन्डा ओझेलमा परिरहेको बताए । ‘मे २०२५ मा चुनाव गर्न बाध्यकारी अवस्था हैन। संघको आगामी अन्तर्राष्ट्रिय महाधिवेशनबाट सन् २०२५ साल मे महिना गर्ने वा सन् २०२५ साल अक्टोवर महिनामा गर्ने भनि केही दुविधा सम्मानित सर्वोच्च अदालतको दुई समानस्तरका इजलाशबाट भएको फैसलाका कारण सिर्जना भएको हुँदा दुवै फैसलाहरुको सम्मान हुने गरि निष्कर्ष निकाल्नका लागि परराष्ट्र मन्त्रालय समक्ष सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १३४ अनुसार कार्य गरि दिनका लागि अनुरोध गर्न सकिन्छ । साथीहरु, यो संरचना नफुटाउन हामी सबै मिलेर निवेदन दिन पाउने वैधानिक व्यवस्था छ। एनसीसी भनेको हाम्रा पिल्लर हुन् । अहिले मे मै महाधिवेशन गर्ने भनेर भन्दा उहाँहरु अप्ठेरोमा पर्नुहुन्छ । किनकी उहाँहरुको आफ्नो समयतालिका अनुसार जुलाई ३१ सम्म चुनावी कार्यक्रम अधिवेशन तय छन् । यस्ता प्राविधिक कारणलाई बुझेर पनि हामीले अक्टोबरमै महाधिवेशन गर्नुपर्छ । अहिले गर्दा सबै बिगार्नको लागि गरेको हुन्छ। त्यसैले सपार्नको लागि काम गरौँ। एनसीसीका सबै अध्यक्षसँग कुरा गरेको छु। एक जनाको हठले संस्था विघटन हुने स्थिति बन्न दिनु हुँदैन। यो संस्था बचाउनु हामी सबैको समान जिम्मेवारी हो ।’ उनले भने ।

    कार्यक्रममा एनसीसीका अध्यक्षहरुले यही मे महिनामा भ्याउने गरी अधिवेशन गर्न सम्भव नभएको स्पष्ट पारे । उनीहरुले आपसी सहमतिले केन्द्रमा महाधिवेशनको मिति पर सारे पनि आफूहरुलाई मान्य हुने बताउँदै उच्चस्तरीय समितिका १३ जना सदस्य एकै ठाउँमा बसेर संवादद्वारा अहिलेको समस्यालाई निकास दिन आग्रह पनि गरे ।

    झन्डै साढे चार घण्टासम्म चलेको अन्तरक्रियाको संचालन महासचिव गौरीराज जोशी तथा सचिव राधिका गुरुङले गरेका थिए । बैठकका निर्णय प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारका सम्बद्ध निकायलाई बुझाउने तयारी छ । कार्यक्रममा ७ सय भन्दा बढी एनआरएनए अभियन्ता जोडिएका थिए ।

    साभारः-अर्थ प्रनाली डटकम

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबर

    एनआरएनए साउदीद्वारा श्रमिक समस्या समाधान सम्बन्धी अन्तरक्रिया गर्दै

  • २८ फाल्गुन २०८१, बुधबार २२:५७ मा प्रकाशित
  • गैरावासी नेपाली सङ्घ साउदी अरबको सहकार्यमा श्रमिक समस्या समाधान नेपाली राजदूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ।
    गैरावासी नेपाली सङ्घ साउदी अरबद्वारा विभिन्न संघसंस्थाहरूलाई पत्रमार्फत जानकारी गराउँदै कार्यक्रममा सहभागीता जनाइदिनुहुन अनुरोध गरिएको छ।

    उक्त कार्यक्रम दमाम सीको गार्डेन स्थित होलिडेज रेस्टुरेन्टको सभाहलमा बिहिबार साँझ ७:३० देखि १० बजेसम्म हुने भएको छ भने कार्यक्रमका मुख्य अतिथिका रूपमा साउदी अरबियाका लागि नेपाली राजदूत नरेश ढकाल लगायत श्रम काउन्सुलर कविराज उप्रेतिको उपस्थिति रहने बताईएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    पूर्वमन्त्री महत साउदी अरब आउँदै

  • ६ फाल्गुन २०८१, मंगलवार १८:१७ मा प्रकाशित

  • नेपाली जनसम्पर्क समिती, साउदीअरबको आउँदो २१ फेब्रुअरी २०२५, शुक्रबारका दिन हुने पूर्वी क्षेत्रको दोस्रो क्षेत्रीय अधिवेशन”मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवंम प्रवक्ता तथा पूर्व मन्त्री डा. प्रकाश शरण महत मुख्य अतिथिका रूपमा आउने भएका छन।

    जनसम्पर्क समिती,साउदी अरबका महामन्त्री सुरेज सुरेशराज त्रिपाठीले दिएको जानकारी अनुसार कार्यक्रम दमामको सिको गार्डेन स्थित होलिडे रेस्टुरेन्टको सभा हलमा दिउँसो १२ बजेदेखि गरिने भएको छ।

    भने उक्त कार्यक्रममा उपस्थिति भइदिन साउदी अरबमा रहेका सम्पूर्ण नेपालीलाई त्रिपाठीले आह्वान गरेका छन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थी कामविहीन।

  • १ फाल्गुन २०८१, बिहीबार १७:५२ मा प्रकाशित
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको प्रभावले अमेरिकाको टेक्ससको विभिन्न विश्वविद्यालयमा अध्ययनरत करिब तीन हजार नेपाली विद्यार्थी कामविहीन भएका छन्।

    राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी आप्रवासीलाई निष्कासन गर्ने योजनालाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा परेको हो।


    गैर आवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कअनुसार हाल अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन्।

    टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली विद्यार्थीको दैनिक खानामै समस्या देखिन थालेपछि सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन्। 

    कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चना लगायतका खाद्यान्न सामग्री उपलब्ध  गराउन लागिएको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिए। 

    महासचिव भुसालका अनुसार हालसम्म ७ सय बढी नेपाली विद्यार्थीले खाद्यान्न बुझेर लगिसकेका छन्। सवारी साधन भएका विद्यार्थीले नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्न सक्ने र सवारी साधन नभएका विद्यार्थीलाई उनीहरूको ठेगानामा  पुर्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    साउदी अरबको दमाममा ल्होसार पर्व मनाइँदै।

  • १८ माघ २०८१, शुक्रबार ११:२० मा प्रकाशित
  • नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समन्वय समिति दमाम साउदी अरबको आयोजनामा साउदी अरबको पूर्वी शहर दमामको सिहातमा आज एउटा कार्यक्रम गरी मनाइने भएको छ।
    उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने समितिले जनाएको छ।

    ल्होसार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।

    यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होसार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तथा देशविदेशमा छरिएर रहेका तामाङ समुदाय लगायत सम्पूर्ण बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गरिन्छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाज

    अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै निष्कासन हुने

  • ११ माघ २०८१, शुक्रबार ०९:३६ मा प्रकाशित
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता हुने देखिएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ । गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानुनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू अमेरिकी राष्ट्रपति ट्रम्पको यस नीतिको मारमा पर्ने भएका हुन् ।
    ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्नु र लाखौं आप्रवासीलाई देश निकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।

    नेपयोर्कका अनुसार स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली २४ जुन २०१५ पछि अमेरिका पुगेकाहरू रहेका छन् । अमेरिकाले पछिल्लो ४ वर्षमा १ सय ३ नेपालीलाई फर्काइसकेको छ । सन् २०२१ मा ३८, २०२२ मा २४, २०२३ मा २५ र सन् २०२४ मा १६ नेपालीलाई नेपाल फर्काएको थियो । हालसम्म करिब ३ हजार ५ सय नेपालीले अमेरिकी अध्यागमनबाट देश निकालाको आदेश पाएका छन् ।

    अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले जारी गरेको तथ्यांकअनुसार निष्कासनको अन्तिम आदेश प्राप्त भए पनि हाल १ हजार ३ सय ६५ नेपाली कुनै पनि प्रकारको सुरक्षाबिना अमेरिकामा बसोबास गरिरहेका छन् । तिनीहरूसँग अस्थायी संरक्षित स्थिति (टीपीएस) वा अन्य कुनै कानुनी सुरक्षा नभएकाले आईसीईले उनीहरूलाई हिरासतमा राखेमा तुरुन्तै निर्वासनको सामना गर्नुपर्नेछ । केही भने स्वेच्छाले देशबाट बाहिरिसकेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय आपतकाल

  • ८ माघ २०८१, मंगलवार १०:१९ मा प्रकाशित
  • अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने बताएका छन् । यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर हुने उनले जानकारी दिए ।

    ट्रम्पले अवैध प्रवेश तुरुन्तै रोकिने र सरकारले लाखौं ‘अवैध’ आप्रवासीलाई उनीहरूको देशमा निर्वासन गर्ने प्रक्रिया सुरु गर्ने बताए ।

    विशेषगरी ‘मेक्सिकोमा रहनुहोस्’ नीतिलाई पुनः लागू गर्ने र सीमामा थप सेना र स्रोतहरू तैनाथ गर्ने योजना पनि उल्लेख गरिएको छ ।

    यसका साथै उनले छिट्टै ‘मेक्सिको खाडी’को नाम फेरेर‘अमेरिका खाडी’ राखिने बताए ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    बङ्गलादेशको अन्तर्राष्ट्रिय साहित्य समेलनमा नेपाली साहित्यकारको पनि सहभागीता

  • २९ पुष २०८१, सोमबार १५:५३ मा प्रकाशित
  • पौष २८, बङ्गलादेश
    बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट सातजना साहित्यकारहरूले सहभागिता जनाएका छन् । बङ्गलादेशको पबना जिल्लाको इसर्दीमा जनवरी १० र ११ मा उक्त समेलन सम्पन्न भएको थियो ।
    साहित्य तथा सामाजिक संस्था नुङ्गुरद्वारा आयोजित सो सम्मेलनमा नेपालसँगै भारत लगायतका विभिन्न देशका साहित्यकारहरूले सहभागिता जनाएका थिए ।

    नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र सम्मेलनका प्रमुख संयोजक प्रा. हसतनुजमानले संयुक्त रूपमा बङ्गला देशको झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
    नेपालबाट सहभागी डा. धनप्रसाद सुवेदी, डा. टीकाराम उदासी, केशरी अम्गाई, शान्ता दाहाल, इन्द्रबहादुर चौधरी, राजकुमारी कुँवर र विमला खनालले कविता सुनाएका थिए ।

    उक्त सम्मेलनमा काव्य,कल्पना,भाव र अनुभूति , विश्वको सांस्कृतिक अन्तर सम्बन्ध र साना जातीय समूहको भाषिक र सांस्कृतिक सङ्कट समाधानका लागि हाम्रो उत्तरदायित्व विषयमा प्राज्ञिक विमर्श गरिएको थियो । त्यसैगरी विभिन्न पुस्तकको विमोचनसहित विभिन्न कलाकारले आफ्ना सांस्कृतिक कला प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न विधामा योगदान पुऱ्याउने साहित्यकारलाई सम्मान गरिएको थियो ।

    सम्मेलनमा माणिक पण्डित, डा. साहिदा खातुन, प्रा. अब्दुद दाइन सरकार, प्रा. डा. मिर हुमायु कविर, प्रा. डा. शिखा सरकार, प्रा डा. शेख रजिकुल इस्लाम, हुमायु कविर घाली, प्रा. ङा फहजुल रहमान , प्रा. सुजिदुल इस्लाम, प्रा अकतर हुसैन, युनिस उदुम अहमद, लुफ्टर रहमान पन्जाब, लगायतको सहभागिता थियो ।

    कार्यक्रमको दोस्रो दिन विदेशी पाहुनालाई हार्डिङ ब्रिज, रविन्द्र कुटी विहार, पद्मा घाट, लालन साधुको समाधिस्थल आदि पर्यटकीय स्थलको भ्रमण गराइएको थियो । साथै नेपालका साहित्यकारहरूलाई ढाकाका विभिन्न पर्यटकीय तथा स्थलहरूको भ्रमण गराउने कार्यक्रम आयोजकले तयार गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्य

    साउदी अरबमा पृथ्वी जयन्ती मनाईयो

  • २७ पुष २०८१, शनिबार १९:०० मा प्रकाशित
  • प्रवासी नेपाली एकता समाज साउदी अरबले पृथ्वीनारायण शाहको जन्मजयन्ती (पृथ्वी जयन्ती) तथा राष्ट्रिय एकता दिवसको अवसरमा साउदी अरबको दमाममा रहेको सीको स्थित होलिटे रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रम भव्यरूपमा सफलतापूर्वक सम्पन्न गरेको छ।

    कार्यक्रममा बिभिन्न संघसंस्था राजनीतिक पार्टीका भ्रातृ संगठनका प्रतिनिधिहरू लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

    कार्यक्रमलाई सोचेभन्दा भव्य रुपमा सफल बनाउन विभिन्न संघसंस्था लगायत कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउन हुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई पानसका अध्यक्ष कुबेर हुमागाईंले धन्यवाद ज्ञापन पनि गर्नुभयो।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीति

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P