गैरावासी नेपाली सङ्घ साउदी अरबको सहकार्यमा श्रमिक समस्या समाधान नेपाली राजदूतावास र नेपाली सामुदायिक संस्थाहरूको भूमिका विषयमा अन्तरक्रिया कार्यक्रम हुने भएको छ। गैरावासी नेपाली सङ्घ साउदी अरबद्वारा विभिन्न संघसंस्थाहरूलाई पत्रमार्फत जानकारी गराउँदै कार्यक्रममा सहभागीता जनाइदिनुहुन अनुरोध गरिएको छ।
उक्त कार्यक्रम दमाम सीको गार्डेन स्थित होलिडेज रेस्टुरेन्टको सभाहलमा बिहिबार साँझ ७:३० देखि १० बजेसम्म हुने भएको छ भने कार्यक्रमका मुख्य अतिथिका रूपमा साउदी अरबियाका लागि नेपाली राजदूत नरेश ढकाल लगायत श्रम काउन्सुलर कविराज उप्रेतिको उपस्थिति रहने बताईएको छ।
नेपाली जनसम्पर्क समिती, साउदीअरबको आउँदो २१ फेब्रुअरी २०२५, शुक्रबारका दिन हुने पूर्वी क्षेत्रको दोस्रो क्षेत्रीय अधिवेशन”मा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवंम प्रवक्ता तथा पूर्व मन्त्री डा. प्रकाश शरण महत मुख्य अतिथिका रूपमा आउने भएका छन।
जनसम्पर्क समिती,साउदी अरबका महामन्त्री सुरेज सुरेशराज त्रिपाठीले दिएको जानकारी अनुसार कार्यक्रम दमामको सिको गार्डेन स्थित होलिडे रेस्टुरेन्टको सभा हलमा दिउँसो १२ बजेदेखि गरिने भएको छ।
भने उक्त कार्यक्रममा उपस्थिति भइदिन साउदी अरबमा रहेका सम्पूर्ण नेपालीलाई त्रिपाठीले आह्वान गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन नीतिको प्रभावले अमेरिकाको टेक्ससको विभिन्न विश्वविद्यालयमा अध्ययनरत करिब तीन हजार नेपाली विद्यार्थी कामविहीन भएका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पले गैर कानुनी आप्रवासीलाई निष्कासन गर्ने योजनालाई कडाइका साथ कार्यान्वयनमा ल्याएपछि त्यसको प्रत्यक्ष असर नेपाली विद्यार्थीमा परेको हो।
गैर आवासीय नेपाली सङ्घ अमेरिकाको तथ्याङ्कअनुसार हाल अमेरिकाका विभिन्न विश्वविद्यालयमा करिब ५० हजार नेपाली विद्यार्थी अध्ययनरत छन्।
टेक्ससको ड्यालस फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली विद्यार्थीको दैनिक खानामै समस्या देखिन थालेपछि सामाजिक अभियानकर्मीले विद्यार्थीका लागि खाद्यान्न सहयोग सङ्कलन गरिरहेका छन्।
कामविहीन नेपाली विद्यार्थीलाई कम्तीमा एक महिनाका लागि आवश्यक पर्ने खाद्यान्नमा विद्यार्थीलाई चामल, दाल, तेल, नुन, चना लगायतका खाद्यान्न सामग्री उपलब्ध गराउन लागिएको नेपाली समाज टेक्ससका महासचिव विजय भुसालले जानकारी दिए।
महासचिव भुसालका अनुसार हालसम्म ७ सय बढी नेपाली विद्यार्थीले खाद्यान्न बुझेर लगिसकेका छन्। सवारी साधन भएका विद्यार्थीले नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र युलेशबाट खाद्य सामग्री प्राप्त गर्न सक्ने र सवारी साधन नभएका विद्यार्थीलाई उनीहरूको ठेगानामा पुर्याउने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
नेपाल तामाङ घेदुङ पूर्वी क्षेत्रीय समन्वय समिति दमाम साउदी अरबको आयोजनामा साउदी अरबको पूर्वी शहर दमामको सिहातमा आज एउटा कार्यक्रम गरी मनाइने भएको छ। उक्त कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने समितिले जनाएको छ।
ल्होसार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।
यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होसार मनाउँदछन् । यसरी नेपालको उच्च पहाडी भेग र पहाडी भेगमा बसोबास गर्ने तथा देशविदेशमा छरिएर रहेका तामाङ समुदाय लगायत सम्पूर्ण बौद्धमार्गीहरुको घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गरिन्छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासनसम्बन्धी नीतिका कारण अमेरिकामा भएका ३ हजारभन्दा बढी नेपाली ६ महिनाभित्रै नेपाल फिर्ता हुने देखिएको अमेरिकाबाट प्रकाशित समाचार पोर्टल नेपयोर्कले जनाएको छ । गैरकानुनी रूपमा अमेरिकामा बसोबास गरेका र बसोबास गर्ने कानुनी आधार कमजोर भएर अदालतबाटै फैसला आएकाहरू अमेरिकी राष्ट्रपति ट्रम्पको यस नीतिको मारमा पर्ने भएका हुन् । ट्रम्पले यसै साता कार्यकारी आदेश जारी गर्दै अवैध आप्रवासनमाथि कडाइ गर्नु र लाखौं आप्रवासीलाई देश निकाला गर्ने आफ्नो लक्ष्यलाई तीव्रता दिन निर्देशन दिएका छन् ।
नेपयोर्कका अनुसार स्वदेश फर्किनुपर्ने बहुसंख्यक नेपाली २४ जुन २०१५ पछि अमेरिका पुगेकाहरू रहेका छन् । अमेरिकाले पछिल्लो ४ वर्षमा १ सय ३ नेपालीलाई फर्काइसकेको छ । सन् २०२१ मा ३८, २०२२ मा २४, २०२३ मा २५ र सन् २०२४ मा १६ नेपालीलाई नेपाल फर्काएको थियो । हालसम्म करिब ३ हजार ५ सय नेपालीले अमेरिकी अध्यागमनबाट देश निकालाको आदेश पाएका छन् ।
अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले जारी गरेको तथ्यांकअनुसार निष्कासनको अन्तिम आदेश प्राप्त भए पनि हाल १ हजार ३ सय ६५ नेपाली कुनै पनि प्रकारको सुरक्षाबिना अमेरिकामा बसोबास गरिरहेका छन् । तिनीहरूसँग अस्थायी संरक्षित स्थिति (टीपीएस) वा अन्य कुनै कानुनी सुरक्षा नभएकाले आईसीईले उनीहरूलाई हिरासतमा राखेमा तुरुन्तै निर्वासनको सामना गर्नुपर्नेछ । केही भने स्वेच्छाले देशबाट बाहिरिसकेका छन् ।
अमेरिकाको ४७ औं राष्ट्रपतिको शपथ खाएलगत्तै डोनाल्ड ट्रम्पले अमेरिका–मेक्सिको सीमामा राष्ट्रिय संकटकाल घोषणा गर्ने बताएका छन् । यस सम्बन्धमा कार्यकारी आदेशमा हस्ताक्षर हुने उनले जानकारी दिए ।
ट्रम्पले अवैध प्रवेश तुरुन्तै रोकिने र सरकारले लाखौं ‘अवैध’ आप्रवासीलाई उनीहरूको देशमा निर्वासन गर्ने प्रक्रिया सुरु गर्ने बताए ।
विशेषगरी ‘मेक्सिकोमा रहनुहोस्’ नीतिलाई पुनः लागू गर्ने र सीमामा थप सेना र स्रोतहरू तैनाथ गर्ने योजना पनि उल्लेख गरिएको छ ।
यसका साथै उनले छिट्टै ‘मेक्सिको खाडी’को नाम फेरेर‘अमेरिका खाडी’ राखिने बताए ।
पौष २८, बङ्गलादेश बङ्गलादेशमा सम्पन्न अन्तराष्ट्रिय साहित्य सम्मेलन २०२५ मा नेपालबाट सातजना साहित्यकारहरूले सहभागिता जनाएका छन् । बङ्गलादेशको पबना जिल्लाको इसर्दीमा जनवरी १० र ११ मा उक्त समेलन सम्पन्न भएको थियो । साहित्य तथा सामाजिक संस्था नुङ्गुरद्वारा आयोजित सो सम्मेलनमा नेपालसँगै भारत लगायतका विभिन्न देशका साहित्यकारहरूले सहभागिता जनाएका थिए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी र सम्मेलनका प्रमुख संयोजक प्रा. हसतनुजमानले संयुक्त रूपमा बङ्गला देशको झण्डा झण्डोत्तोलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । नेपालबाट सहभागी डा. धनप्रसाद सुवेदी, डा. टीकाराम उदासी, केशरी अम्गाई, शान्ता दाहाल, इन्द्रबहादुर चौधरी, राजकुमारी कुँवर र विमला खनालले कविता सुनाएका थिए ।
उक्त सम्मेलनमा काव्य,कल्पना,भाव र अनुभूति , विश्वको सांस्कृतिक अन्तर सम्बन्ध र साना जातीय समूहको भाषिक र सांस्कृतिक सङ्कट समाधानका लागि हाम्रो उत्तरदायित्व विषयमा प्राज्ञिक विमर्श गरिएको थियो । त्यसैगरी विभिन्न पुस्तकको विमोचनसहित विभिन्न कलाकारले आफ्ना सांस्कृतिक कला प्रस्तुत गरेका थिए । सो अवसरमा विभिन्न विधामा योगदान पुऱ्याउने साहित्यकारलाई सम्मान गरिएको थियो ।
सम्मेलनमा माणिक पण्डित, डा. साहिदा खातुन, प्रा. अब्दुद दाइन सरकार, प्रा. डा. मिर हुमायु कविर, प्रा. डा. शिखा सरकार, प्रा डा. शेख रजिकुल इस्लाम, हुमायु कविर घाली, प्रा. ङा फहजुल रहमान , प्रा. सुजिदुल इस्लाम, प्रा अकतर हुसैन, युनिस उदुम अहमद, लुफ्टर रहमान पन्जाब, लगायतको सहभागिता थियो ।
कार्यक्रमको दोस्रो दिन विदेशी पाहुनालाई हार्डिङ ब्रिज, रविन्द्र कुटी विहार, पद्मा घाट, लालन साधुको समाधिस्थल आदि पर्यटकीय स्थलको भ्रमण गराइएको थियो । साथै नेपालका साहित्यकारहरूलाई ढाकाका विभिन्न पर्यटकीय तथा स्थलहरूको भ्रमण गराउने कार्यक्रम आयोजकले तयार गरेको छ ।
प्रवासी नेपाली एकता समाज साउदी अरबले पृथ्वीनारायण शाहको जन्मजयन्ती (पृथ्वी जयन्ती) तथा राष्ट्रिय एकता दिवसको अवसरमा साउदी अरबको दमाममा रहेको सीको स्थित होलिटे रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रम भव्यरूपमा सफलतापूर्वक सम्पन्न गरेको छ।
कार्यक्रममा बिभिन्न संघसंस्था राजनीतिक पार्टीका भ्रातृ संगठनका प्रतिनिधिहरू लगायत नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सोचेभन्दा भव्य रुपमा सफल बनाउन विभिन्न संघसंस्था लगायत कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउन हुने नेपाली दाजुभाई दिदीबहिनीहरुलाई पानसका अध्यक्ष कुबेर हुमागाईंले धन्यवाद ज्ञापन पनि गर्नुभयो।
साउदी अरब सरकारले आगामी दिनमा एक्जिट भिषाको लागि न्यूनतम 30 दिनको भिषा अवधि हुनुपर्ने जानकारी गराएको छ।
जवाजतले रोजगारदाता तथा फेमिली डिपे्डेन्ट भीषामा रहेकाहरूको हकमा इकामाको अवधि ३० दिनभन्दा कम भएमा एक्जिट भिसा जारी गर्नको लागि सम्पर्क गर्नु अघि इकामा नवीकरण गर्न आग्रह गरेको छ।
साउदी अरबको पुर्बि क्षेत्रमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने भएको छ।
मुस्लिम धर्मालम्बीहरुको महान पर्व ईद अल फितरको उपलक्ष्यमा दोश्रो दमाम भेट्रान गोल्डकप २०२५ आयोजना हुने दमाम भेट्रान क्लबका अध्यक्ष पदम बहादुर महतले बताएका छन् ।
उनका अनुसार साउदी अरबमा रहेका फुटबल क्लबहरु , खेलाडी लगायत खेलप्रेमीहरुमा प्रतियोगिता हुने समेत जानकारी समेत गराएका छन्। दमाम भेट्रान फुटबल क्लब, दमामले ईदको पहिलो दिन खेल थुग्बा फुटबल क्लबको मैदान ,अजिजिया खसी बजारमा हुने छ।
प्रतियोगितामा प्रथम पुरस्कार ७ हजार रियाल ट्रफी तथा मेडल, दोश्रो पुरस्कार ४ हजार रियाल ट्रफि तथा मेडल र विभिन्न उत्कृष्ट बिधागत पुरस्कार रहेको छ।