• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

गैरआवासीय नेपाली संघ, साउदी अरबको १०औं महाधिवेशन सम्पन्न

  • ४ श्रावण २०८२, शनिबार ०३:२५ मा प्रकाशित
  • नव-निर्वाचित अध्यक्ष उमेश भट्टराई नेतृत्वमा नयाँ कार्यसमिति गठन

    रियाद, साउदी अरब — गैरआवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद् साउदी अरबको कार्यकाल २०२३–२०२५ सफलतापूर्वक सम्पन्न भएको छ।

    संघको १०औं राष्ट्रिय महाधिवेशन हालै भव्य रूपमा सम्पन्न भयो। महाधिवेशनबाट श्री उमेश भट्टराई नयाँ कार्यकाल २०२५–२०२७ का लागि अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ। उहाँसहित नव-निर्वाचित सम्पूर्ण पदाधिकारीहरूले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ।

    कार्यक्रममा प्रमुख अतिथिका रूपमा साउदी अरबस्थित नेपाली राजदूत डा. नरेश विक्रम ढकाल सहभागी हुनुहुन्थ्यो। साथै, साउदी अरबमा क्रियाशील विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको पनि उल्लेखनीय उपस्थिति थियो।

    नयाँ कार्यसमितिमा वरिष्ठ उपाध्यक्षमा हेम सुवेदी, उपाध्यक्षहरूमा राजकुमार गिरी, मनीष कोइराला, अर्जु्न थापा र विष्णुप्रसाद भण्डारी निर्वाचित भएका छन्। महासचिवमा शु्क्र लामा, सचिव धु्र्व राज कटुवाल, कोषाध्यक्ष योगेन्द्र बहादुर श्रेष्ठ, सहकोषाध्यक्ष संजोग पाण्डे, युवा संयोजक पदम महत, महिला संयोजक लक्ष्मी थापा मगर लगायत सदस्यहरूमा

    1. खिलेन्द्र राज कंट्ववा
    2. पूर्ण बहादुर सुनार
    3. भिम कार्की
    4. युवराज पोखरेल
    5. महेश घिमिरे
    6. रमेश सिंह खत्री
    7. हरि प्रसाद बिष्ट

    रहेका छन्।

    २०२३–२०२५ कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सफल साथै संघ तथा प्रवासी नेपाली समाजप्रति अतुलनीय योगदान पुर्‍याउनु भएकोमा निवर्तमान अध्यक्ष श्रीमती रविना अर्यालज्यू तथा सम्पूर्ण कार्यसमिति प्रतिको आभार व्यक्त गरिएको थियो।

    कार्यक्रमका वक्ताहरूले नव-निर्वाचित नेतृत्वले प्रवासी नेपालीको हकहित र समस्याहरूको समाधानमा थप सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    साउदीका श्रमिकले रबि लाई लेखे भाबुक सन्देश ।

  • २९ असार २०८२, आईतवार ०२:२० मा प्रकाशित
  • उमेश भट्ट

    समर्पण रम्जान साउदी अरब !

    सिरानचोक गाउँपालिका ६ गोर्खा घर भइ हाल साउदी अरबको रियादमा एक श्रमिकका रुपमा कार्यरत उमेश भट्टले जेल जीवन बिताइ रहेका रास्वपा सभापति रबि लामिछानेलाई एक सन्देश पत्र लेखेका छन् ।

    उमेश भट्ट लेख्नु हुन्छ :-

    रबी दाइलाई एक देशप्रेमी नागरिकको सन्देश जय देश! जय जनता! जय परिवर्तन!

    आदरणीय रबी दाइ,

    यो सन्देश एउटा आम नेपालीको छातीबाट निस्किएको त्यो बलियो भाव हो, जसले तपाईंलाई आशाको दियो मानेको छ। तपाईंलाई हामीले नेतामा होइन, यो राष्ट्रका साहसी सुपुत्रका रूपमा हेरेका छौं। तपाईंको आँखा, बोली, कर्म र समर्पणमा हामीले जुन सत्यता देख्यौं, त्यो युगान्तकारी आशा बनेर हामी सबैको मनमस्तिष्कमा गहिरो प्रभाव पारिरहेको छ।

    दाइ, तपाईं पत्रकारिताबाट राजनीति प्रवेश गर्दा थुप्रैले प्रश्न उठाए – “सत्ताको लोभ त हैन?” तर हामीले चिनेका रबी लामिछाने सत्ताका लागि होइन, सत्यका लागि लड्न मैदानमा उत्रनुभएको हो। तपाईंको हातमा कलम थियो, आज त्यो कलम सिधा संसदमार्ग हुँदै जनताका हक र अधिकारका लागि आवाज बनेर गुञ्जिरहेको छ।

    आज देश भष्ट्राचार, दलाली, सिण्डिकेट र कुशासनको चपेटामा परेको बेला तपाईंले देखाउनुभएको मार्गदर्शन हामी युवाहरूका लागि प्रेरणाको सन्देश हो। तपाईंले उठाएको नारा — “देशको माया गरौं, गलतको विरोध गरौं” — केवल शब्द होइन, आन्दोलन हो, क्रान्तिको बीउ हो।

    तपाईं हाम्रो आवाज हो

    रबी दाइ, तपाईं हाम्रो ती सुनिएका तर कहिल्यै नसुनिएका आवाजहरूको प्रतिनिधित्व हो। तपाईं ती दीन, गरिब, असहाय नागरिकहरूको आशा हो, जसको पीडा सरकारले कहिल्यै सुनेन। तपाईं हामी नेपालीहरूको रोदन हो, जसले न कतारमा न्याय पायौं, न मलेसियामा, न आफ्नै गाउँको वडामा।

    तपाईंले हजारौं पीडितको न्यायका लागि ज्यानको बाजी राखेर काम गर्नुभयो। त्यसैका लागि जनताले तपाईंलाई दिल खोलेर साथ दिएका छन्। तपाईंको कुशल नेतृत्व, इमानदार छवि र दूरदृष्टिले हामीमा नयाँ नेपालको सपना पलाएको छ।

    तपाईंको विचार र कार्यशैली

    रबी दाइ, तपाईंको सोच स्पष्ट छ – देशलाई लुट्न होइन, बनाउनुपर्छ। तपाईंले सरकारलाई घुँडा टेकाउनु भयो जब नागरिकता बेच्न खोजियो, जब डलर घोटाला लुकाउन खोजियो, जब न्यायकै सौदा गरियो। तपाईंको बोलीमा राष्ट्रको पीडा देखिन्छ, तपाईंको कार्यशैलीमा परिवर्तनको आँधी बगिरहेको छ।

    तपाईं ‘राष्ट्र पहिले, दल पछि’ भन्ने मन्त्रको वास्तविक अनुयायी हुनुहुन्छ। आजको नेपाली राजनीतिमा यस्तो इमानदार सोच भएका नेताहरू औँलामा गन्न सकिन्छ। तपाईंले प्रमाणित गर्नुभएको छ — राजनीति भ्रष्टहरूको जमात होइन, यो देश बनाउनेहरुको जिम्मेवारी हो।

    तपाईंलाई देखेर हामी जागेका छौं, रबी दाइ, तपाईंलाई देखेर हामी युवाहरू जुरुक्क उठेका छौं। तपाईंको हिम्मतले हामीलाई पनि बोल्न सिकायो, तपाईंको साहसले हामीलाई पनि प्रतिरोध गर्न प्रेरणा दियो। तपाईं कुनै ठूला जातिको, कुनै क्षेत्रको, कुनै विशेष वर्गको प्रतिनिधि होइन — तपाईं सम्पूर्ण नेपाली जनता, सम्पूर्ण राष्ट्रको प्रतिनिधि हो।

    तपाईंले विदेशमा श्रम गरिरहेका लाखौं नेपालीका सपना बोकेको छातिमा हात राखेर बोल्नु भएको छ। तपाईंले गाउँमा चामलको जोहो गर्न धाई रहेका बाबु-आमाका आँखा देख्नुभएको छ। तपाईंको मनको आँखा ती सबै पिडाहरूमा केन्द्रित छ, जुन राज्यले लुकाउँछ, दबाउँछ, र बिर्सिन्छ।

    तपाईंलाई फसाउन खोजिन्छ — तर सत्य कहिल्यै हार्दैन

    आज तपाईंमाथि विभिन्न षड्यन्त्रहरू रचिन्छन्, किनभने तपाईं सच्चा हुनुहुन्छ। यो देशमा सत्य बोल्नेलाई अपराधी बनाइन्छ, चोरलाई सम्मान गरिन्छ, र देश बेच्नेलाई पद दिइन्छ। तर रबी दाइ, तपाईं ती साँचाहरूको पहरेदार हुनुहुन्छ, जसलाई जनताले रक्षा गर्छन्।

    राज्य लागेर थुन्न सक्छ तपाईंलाई, मुद्दा लगाउन सक्छ, झुट्टा आरोप लाउन सक्छ — तर त्यो तपाईंको सत्यको आवाज दबाउन सक्दैन। तपाईं जेल जान सक्नुहुन्छ, तर जनताको मनबाट मेटिनुहुन्न। तपाईं सडकमै फर्किनुहुन्छ, किनभने तपाईंको राजनीति पदको लागि होइन, परिवर्तनको लागि हो।

    तपाईं सच्चा नायक हुनुहुन्छ

    रबी दाइ, तपाईं कुनै सामान्य नेता होइन, तपाईं हाम्रो युगको नायक हुनुहुन्छ। तपाईंको नायकत्व कुनै फिल्मको स्क्रिप्ट होइन, यो जनताको आर्तनाद हो। तपाईंको नेतृत्वमा हामीले नयाँ नेपालको सपना देख्न थालेका छौं — जहाँ न्याय हुनेछ, समानता हुनेछ, र विवेकशील नेतृत्व हुनेछ।

    हामी तपाईंलाई प्रधानमन्त्रीको कुर्सीमा होइन, जनताको सेवा केन्द्रमा देख्न चाहन्छौं — जहाँ तपाईंजस्ता सच्चा देशभक्तहरू बसेर निर्णय गर्छन्। जहाँ नेपाल अघिल्लो पुस्ताले बनाएको होइन, हामी सबैले मिलेर बनाएको हुन्छ।

    अन्तिम शब्द

    रबी दाइ, तपाईं थाक्नु हुँदैन। तपाईंले जुन बाटो समाउनुभयो, त्यो सजिलो छैन, काँडै काँडाले भरिएको छ। तर विश्वास गर्नुहोस्, तपाईंको पछि लाखौं जनताको आशा छ, साथ छ, बिश्वास छ।

    तपाईंको हरेक कदमले हामीलाई लाग्छ — यो नेता हाम्रो हो। तपाईंको हरेक आवाजले हामीलाई लाग्छ — हामी बोलिरहेका छौं। तपाईंको हरेक संघर्षले हामीलाई सिकाउँछ — डरले होइन, सपना देखेर बाँच्नुपर्छ।

    अन्त्यमा, यो देशका सबै नागरिकको तर्फबाट तपाईंलाई सलाम गर्न चाहन्छु। तपाईंको इमान, साहस र देशप्रेमका अगाडि हाम्रो टाउको निहुरिन्छ। हिजोको पत्रकार र आजको योद्धा — तपाईंलाई हामीले हाम्रा सपनाको पहरेदार मानेका छौं।

    देशलाई माया गर्ने प्रत्येक नेपालीको आवाज — रबी लामिछाने जिन्दाबाद!

    जय नेपाल।
    जय सत्य।
    जय घण्टी
    उमेस भट्ट
    हाल साउदी अरब
    नेपाल ठेगाना – गोर्खा जील्ला सीरान्चोक गाउपालीका वाड न ६

    जय रबी दाइ!

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    साउदी अरबमा “रोम लामा एकल सांस्कृतिक कार्यक्रम” २०२५ भव्यताका साथ हुँदै।

  • २९ असार २०८२, आईतवार ०१:४८ मा प्रकाशित

  • ‎ साउदी अरब, रियाद !

    साउदी अरबको रियादस्थित एक्जिट १३ मा “रोम लामा एकल सांगीतिक” कार्यक्रम यही एक अगस्ट २०२५ का दिन भव्यताका साथ सम्पन्न हुन गइरहेको छ।
    ‎
    ‎ आफ्नो १० वर्षे सांस्कृतिक यात्रा पूरा भएको र यसको निरन्तरताका लागि आयोजना गर्न गइरहेको रोम लामा एकल सांस्कृतिक कार्यक्रम २०२५ का प्रमुख अतिथि नेपाली दूतावास रियादका राजदूत रहने जानकारी कार्यक्रमका आयोजक रोम लामाले गराएका छन् ।
    ‎
    ‎ यसैगरी कार्यक्रममा अतिथिहरूमा विभिन्न संघसंस्थाका पदाधिकारीज्यूहरू विभिन्न समाजसेवीज्यूहरू विभिन्न भद्राभलादमी ज्यूहरू र विभिन्न नेपाली दाजुभाई तथा दिदीबहिनीहरूको बाक्लो उपस्थिति रहने पनि रोम लामाले जानकारी दिएका छन् ।
    ‎ प्रवासमा रहेर पनि आफ्नो सांस्कृतिक यात्रालाई निरन्तरता दिँदै आफ्नो १० बर्षे सांस्कृतिक यात्रालाई पूरा गरिएको खुशीको क्षणमा यो कार्यक्रम आयोजना गर्न लागिएको आयोजक लामाले हिमालयन दृष्टिलाई जानकारी दिनुभएको छ।
    ‎ उक्त कार्यक्रममा धेरै जसो आफ्ना अहिलेसम्मका विविध कृतिहरू, सांस्कृतिक झलकहरू प्रस्तुत गर्नुका साथै केही एक दुई जना गेस्ट अतिथि कलाकारहरुलाई पनि आफ्नो प्रस्तुति दर्शक माझ प्रस्तुत गर्नका लागि स्थान दिइने जानकारी लामाले दिएका छन्।
    ‎
    ‎ उक्त कार्यक्रम एक अगस्ट २०२५ शुक्रबारका दिन दिनको १२ बजेदेखि राति ८ बजेसम्म हुनेछ। रियादका केही स्थान बथाबाट कार्यक्रममा आउन जानको लागि निःशुल्क बसको पनि व्यवस्था गरिएको छ।
    ‎ कार्यक्रमको अन्त्यमा उपस्थित हुनुहुने अतिथिहरू तथा सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई खानाको व्यवस्था समेत गरिएको आयोजक लामाले जानकारी गराएका छन्।
    ‎आफ्नो बिसुद्द एकल आयोजनामा आयोजित उक्त कार्यक्रम निकै भव्य सभ्य र मौलिक तरिकाको नेपाली सांस्कृतिक मनोरञ्जन दिने खालको भएको हुनाले साउदी अरबमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरू सबैलाई आयोजक रोम लामाले हार्दिक निमन्त्रणा गरेका छन्।
    ‎
    ‎कार्यक्रम हल

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, साहित्य

    सचेतनामूलक हाते पुस्तिका विमोचन

  • २७ असार २०८२, शुक्रबार २२:१८ मा प्रकाशित
  • साउदी अरेबियामा हाल करिब ४ लाख नेपालीहरू बसोबास गरिरहेको सन्दर्भमा

    रियाद, साउदी अरेबिया – नेपाली राजदूतावास, रियादले साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूलाई लक्षित गर्दै सचेतनामूलक हाते पुस्तिका विमोचन गरेको छ। विशेष कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको उक्त पुस्तिका नेपाली श्रमिकहरूबीच कानुनी, सामाजिक र व्यवहारिक पक्षमा जनचेतना फैलाउने उद्देश्यले तयार गरिएको हो।

    दूतावासले जनाए अनुसार, पुस्तिकाले साउदी अरबको श्रम कानुन, बसोबास र कार्यसम्बन्धी आवश्यक जानकारी तथा श्रमिकहरूले जानअन्जानमा गर्नसक्ने गल्तीहरूबारे सचेत गराउनेछ। यसले उनीहरूको सुरक्षामा योगदान पुर्‍याउनुका साथै समस्यामा पर्नबाट जोगाउन सहयोग पुर्‍याउने विश्वास गरिएको छ।

    कार्यक्रममा बोल्दै दूतावास प्रतिनिधिहरूले साउदी अरेबियामा हाल करिब ४ लाख नेपालीहरू बसोबास गरिरहेको सन्दर्भमा, यस्ता प्रयासहरू अत्यन्त आवश्यक र उपयोगी हुने बताए।

    दूतावासले यस पुस्तिकामा राखिएका जानकारी श्रमिकहरूबीच व्यापक रूपमा साझागर्न समेत अपिल गरेको छ, ताकि सबै नेपालीले विदेशमा सुरक्षित र सम्मानजनक जीवन यापन गर्न सकून् भन्ने दुतावासको उद्देश्य रहेको छ !

    साउदी अरेबियामा हाल करिब ४ लाख नेपालीहरू बसोबास गरिरहेका मध्ये विभिन्न कारणले जेलमा रहेका नेपालीहरूको संख्या ४५४ रहेको छ भने मृत्युदण्डको सजाय पाएर जेलमा रहेका नेपालीको संख्या ३ रहेको नेपाली दूतावासले जानकारी दिएको छ।

    त्यस्तै, दुर्घटना वा गम्भीर बिरामी भएर अस्पतालमा उपचाररत नेपालीको संख्या ४ रहेको छ। हालसम्म सम्पर्कमा नरहेका तर दूतावासमा विवरण प्राप्त भएका नेपालीहरूको संख्या ११ जना रहेको पनि उल्लेख गरिएको छ।

    विभिन्न कारणले मृत्यु भई नेपाल फर्काउनु पर्ने नेपालीको संख्या १५ रहेको छ। तीमध्ये ४ जनाको लागि NOC (अनुमति पत्र) जारी भइसकेको छ भने बाँकी ११ जनाको प्रक्रिया जारी छ। उल्लेखनीय छ, तीमध्ये १ जनाको मृत्यु आगलागीबाट भएको र सो स्थानमा दुई अन्य विदेशी नागरिकको समेत मृत्यु भएकाले DNA परीक्षण गरी शवको पहिचानपछि नेपाल फर्काउने तयारी भइरहेको बताईएकोछ।

    जस अन्तरगत नेपाल सरकार तथा साउदीस्थित नेपाली दूतावासले सम्बन्धित निकायहरूसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाइरहेको जनाएको छ।

    Posted in Uncategorized, अन्तर्राष्ट्रिय, मुख्य खबर

    गैरआवासीय नेपाली संघ, साउदी अरेबिया: दशौं महाधिवेशनका लागि उम्मेदवारहरूको प्रारम्भिक सूची प्रकाशित

  • २७ असार २०८२, शुक्रबार १६:०१ मा प्रकाशित
  • रियाद, साउदी अरेबिया — गैरआवासीय नेपाली संघ (NRNA), राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको दशौं राष्ट्रिय महाधिवेशन (२०२५-२०२७) को सन्दर्भमा निर्वाचन समितिले उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ। बिधानको दफा १३.१ अनुसार पदहरूमा उम्मेदवारी आह्वान गरिएको थियो, जसअनुसार १० जुलाई २०२५ सम्म प्राप्त नामहरूको पहिलो सूची सार्वजनिक गरिएको छ।

    प्रकाशित सूचिमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यदेखि लिएर महिला संयोजक, कोषाध्यक्ष, युवा संयोजक, महासचिव, उपाध्यक्ष, सदस्य लगायत सम्पूर्ण पदहरूमा उम्मेदवारी दिएका उम्मेदवारहरूको नाम, दर्ता नम्बर र चयन हुने सम्भावित संख्यासमेत उल्लेख गरिएको छ।

    निर्वाचन समिति अनुसार, प्रकाशित सूचीमा १२ जुलाई २०२५, बेलुकी ९ बजेसम्म दावी तथा विरोध उजुरीहरू गर्न सकिनेछ। उजुरी तथा प्रतिक्रिया पठाउने आधिकारिक इमेल ठेगानामा पठाउनुपर्नेछ!

    यस प्रकृयापछि अन्तिम उम्मेदवार सूची सार्वजनिक गरिने जानकारी गराईएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीति

    GCC एकीकृत पर्यटक भिसा छिट्टै लागू हुने

  • १९ असार २०८२, बिहीबार १०:४२ मा प्रकाशित
  • रियाद — खाडी सहयोग परिषद् (GCC) का महासचिव जसिम अल-बुदईवीले बुधबार घोषणा गर्दै खाडी क्षेत्रका गैर-नागरिकहरूका लागि एकीकृत GCC पर्यटक भिसा चाँडै सुरु गरिने जानकारी दिएका छन्।

    GCC सचिवालयद्वारा जारी विज्ञप्तिअनुसार, खाडी मुलुकका गृह मन्त्रालयअन्तर्गत राहदानी विभागका निर्देशकहरूको ३९औं बैठकपछि सो जानकारी दिइएको हो। महासचिव अल-बुदईवीले एकीकृत भिसा प्रणाली विकासमा सहयोग पुर्‍याउने सबै सरोकारवालाप्रति आभार व्यक्त गरे।

    उनले यस पहलले खाडी क्षेत्रका नेतृत्वहरूको साझा दृष्टिकोणसँग मेल खाने र पर्यटन तथा आर्थिक एकीकरण प्रवर्द्धन गर्न सहयोग गर्ने बताए। साथै, उनले सम्बन्धित निकायहरूले प्रविधिमा आधारित प्रणाली अपनाउने र बढ्दो विश्वव्यापी सुरक्षा चुनौतीहरूको सामना गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरे।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर

    साउदीमा कार्यरत नेपालीहरूले मिर्गौला पीडित पारस खत्रीलाई गरे आर्थिक सहयोग

  • १९ असार २०८२, बिहीबार ०१:२८ मा प्रकाशित
  • साउदी अरब – साउदी अरेबियामा कार्यरत नेपाली श्रमिकहरूले मिर्गौला पीडित एक पारस खत्रीलाई सहयोग गर्दै आफ्नो मानविय धर्म निभाएका छन्।

    साउदीको हापर अलबातेनस्थित अल्माराई कम्पनीमा कार्यरत नेपालीहरूले भक्तपुर जिल्ला, सूर्यविनायक नगरपालिका–९, नलिनचोक निवासी प्रवेशजंग खत्री (श्रीकृष्ण) र यशोदा खत्रीका २५ वर्षीय सुपुत्र पारस खत्रीको उपचारका लागि रू. ४६,६०० आर्थिक सहयोग गरेका छन्।

    नेपाली साझा मञ्च साउदीका अध्यक्ष अन्जान गुभाजुका अनुसार, पारस खत्रीको दुवै मिर्गौला फेल भएपछि तुरुन्तै प्रत्यारोपण गर्नुपर्ने अवस्था आएको र पारिवारिक आर्थिक अवस्था निकै कमजोर भएकाले परिवारले सहयोगको लागि अपिल गरेका थिए। उक्त अपिलपछि भक्तपुर पलासेका चिरण थापाको समन्वय तथा संयोजनमा हापरबातेन क्षेत्रका नेपाली श्रमिकहरूबाट सहयोग उक्त रकम संकलन गरी पठाइएको हो।

    सहयोगि संयोजक चिरण थापा

    ध्यक्ष अन्जान गुभाजुका अनुसार, हाल बिरामी खत्रीको उपचार भक्तपुरस्थित एक अस्पतालमा भइरहेको छ। नेपालमै उपचार सम्भव नभए भारत लैजानुपर्ने अवस्था आउन सक्ने हुँदा अझ ठूलो खर्च लाग्न सक्ने जानकारी समेत गराएका र देश बिदेशमा रहेका नेपाली दाजुभाईहरुलाई सहयोगको लागि पनि अनुरोध गरेका छन्।

    विदेशमा कार्यरत नेपालीहरूले विगतदेखि नै बिरामी, दुर्घटना वा विपत्तिमा परेकाहरूलाई सहयोग गर्दै आएका छन्। “साउदी लगायत खाडी मुलुकमा रहेका नेपालीहरू मानविय सहयोगमा सधैँ अग्रपङ्तिमा रहँदै आएका छन्,” ।

    पारस खत्रीको सफल उपचारका लागि सहयोगी सम्पूर्णलाई धन्यवाद दिँदै थप सहयोगका लागि पनि सबै मनकारी व्यक्तिहरूमा आग्रह गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    उडिसाकैकेआईआईटीमाअर्कीनेपालीछात्रामृतफेला

  • १८ बैशाख २०८२, बिहीबार २२:२९ मा प्रकाशित
  • कावासोती । भारतको उडिसास्थित कलिंग इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अर्की एक नेपाली विद्यार्थीले आत्महत्या गरेको खबर आएको छ । विश्वविद्यालय प्रशासनलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली दूतावासले घटनाको पुष्टि गरेको छ ।

    बारा सिम्रौनगढकी एक छात्रा बिहीबार साँझ केआईआईटीको छात्रावास ‘क्विन्स क्यासल–४’ (क्यूसी–४) को चौथो तलमा रहेको आफ्नै कोठामा मृत अवस्थामा फेला परेकी हुन् । विश्वविद्यालयले नेपाली दूतावासलाई दिएको जानकारी अनुसार अहिले प्रहरीले घटनास्थल नियन्त्रणमा लिएको छ ।

    ‘करिब साढे ७ बजे नियमित जाँचको क्रममा उनले ढोका नखोलेपछि बलपूर्वक भित्र पसेर हेर्दा उनी मृत भेटिएकी थिइन्,’ नेपाली दूतावासमा कार्यरत नेपाल प्रहरीका एसएसपी सन्जिव शर्माले भने, ‘विश्वविद्यालयको इन्टरनेसनल रिलेसन डिपार्टमेन्टले दूतावसलाई प्रारम्भिक विवरण जानकारी गराएको छ । थप बुझ्ने प्रयास भइरहेको छ ।’

    यही विश्विवद्यालयमा अध्ययनरत रुपन्देहीकी प्रकृति लम्साल गत फागुन ४ मा छात्रावासमा मृत भेटिएकी थिइन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाज

    साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०२५”, विजेतालाई २८०,००० ने.रु पुरस्कार

  • १३ बैशाख २०८२, शनिबार १२:५६ मा प्रकाशित
  • दमाम, साउदी अरब

    साउदी अरबमा रहेर कार्यरत नेपाली समुदायबीच एक आपसी सद्भाव, मित्रता र खेलकुदको भावनालाई प्रगाढ बनाउने उद्देश्यले साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०२५” आयोजना हुने भएको छ। युनाइटेड नेपाल फुटबल क्लब दमाम (UNFC DMM) ले मुस्लिम धर्मावलम्बीहरूको महान चाड बकर इद (इद–उल–अजहा) को अवसर पारेर यो भव्य फुटबल प्रतियोगिता आयोजना गर्न लागेको हो।


    यो प्रतियोगिता आगामी जुन ६, २०२५, शुक्रबारका दिन साउदी अरबको पूर्वी क्षेत्र खोबरस्थित अजेजिया फुटबल मैदानमा सम्पन्न हुनेछ। आयोजक समितिले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको छ।
    शुक्रबार दिउँसो दमामको एक नेपाली होटलमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको विस्तृत जानकारी सार्वजनिक गरिएको थियो। सम्मेलनमा आयोजकले खेलप्रेमी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सक्रिय सहभागिताका लागि हार्दिक निमन्त्रणा गरेका छन्।
    प्रतियोगिताका विजेता तथा अन्य उत्कृष्ट खेलाडीहरूका लागि निकै आकर्षक पुरस्कारहरू प्रदान गरिने भएका छन्। आयोजक क्लबका सचिव कमल ल्हो तामाङका अनुसार, प्रतियोगिताको विजेता टोलीले शानदार ७,७७७ साउदी रियाल करिब दुई लाख असि हजार नेपाली रुपैंया नगद पुरस्कारका साथै प्रमाणपत्र, ट्रफी र मेडल प्राप्त गर्नेछ। त्यस्तै, उपविजेता टोलीले पनि ४,४४४ साउदी रियाल नगद, प्रमाणपत्र, ट्रफी र मेडल हात पार्ने कुरा साझा मञ्च साउदी अरबका अध्यक्ष अन्जान गुभाजु ले जानकारी गराएका छन् ।


    यति मात्र नभई, प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिनेछ। उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर र प्रत्येक खेलका म्यान अफ द म्याच लगायत विभिन्न व्यक्तिगत विधामा पनि आकर्षक पुरस्कार र ट्रफीहरू प्रदान गरिने जानकारी सचिव तामाङले दिएका छन्।

    युनाइटेड नेपाल फुटबल क्लबका व्यवस्थापक ओम बहादुर कुमालले प्रतियोगिताको मुख्य लक्ष्य साउदी अरबमा रहेका नेपालीहरूलाई खेलको माध्यमबाट एकताबद्ध गराउनु, भाइचाराको सम्बन्ध स्थापित गर्नु र आपसी सद्भाव बढाउनु रहेको बताए।
    व्यवस्थापक कुमालले भने, ‘यो प्रतियोगिता केवल एउटा खेल मात्र नभएर यहाँ रहेका सम्पूर्ण नेपालीहरूको एकतालाई अझ बलियो बनाउने एउटा महत्वपूर्ण माध्यम पनि हो। हामीले बकर इद जस्तो पवित्र पर्वको अवसर पारेर यस किसिमको कार्यक्रम आयोजना गरी समुदायमा खुशियाली र अपनत्वको भावना फैलाउन चाहेका छौं।’
    स्मरण रहोस्, गत रमादान इदमा सम्पन्न भएको दोस्रो दमाम भेट्रान गोल्डकप–२०२५ को उपाधि पनि युनाइटेड क्लबले नै जितेको थियो। यस पटकको प्रतियोगितामार्फत नेपाली फुटबलप्रतिको लगाबलाई थप विस्तार गर्न क्लबले विश्वास लिएको छ।
    मध्यान्ह राष्ट्रिय दैनिक यस प्रतियोगिताको आधिकारिक मिडिया पार्टनर रहेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, खेल, ताजा अपडेटLeave a Comment on साउदी अरबको दमाममा “तेस्रो दमाम च्याम्पियन कप-२०२५”, विजेतालाई २८०,००० ने.रु पुरस्कार

    विदेशी भूमिमा नेपाली मृत्युको डरलाग्दो तथ्याङ्क !

  • ५ बैशाख २०८२, शुक्रबार १३:११ मा प्रकाशित
  • काठमाडौं । वैदेशिक रोजगारीमा जाने नेपालीको मृत्युको संख्या पछिल्ला वर्षमा बढ्दो छ । अझ बढ्दो छ, हार्ट अट्याक (हृदयघात), कार्डियक अरेस्ट र सुसाइड (आत्महत्या) बाट मृत्यु हुनेको संख्या ।  चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा वैदेशिक रोजगारीका क्रममा विदेशी भूमिमा ७४० जना नेपालीको मृत्यु भइसकेको छ । तीमध्ये ६४५ जनाको मृत्यु कारण खुलिसकेको छ । 

    वैदेशिक रोजगार बोर्डको सचिवालयको तथ्याङ्क अनुसार, २०८१ साउन १ गतेदेखि पुस मसान्तसम्मको अवधिमा हृदयघात, कार्डियक अरेस्ट र आत्महत्याका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १४६ छ ।  उक्त अवधिमा हृदयघातका कारण ५३, कार्डियक अरेस्टका कारण २७ र आत्महत्याका कारण ६६ जना नेपालीको मृत्यु भएको छ । यो भनेको कारण खुलेका कुल मृत्युको २२.६३ प्रतिशतभन्दा बढी हो । 

    चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कारण खुलेका मृत्युमध्ये ८.२१ प्रतिशतको हृदयघात, ४.१८ प्रतिशतको कार्डियक अरेस्ट र १०.२३ प्रतिशतको आत्महत्याका कारण मृत्यु भएको देखिन्छ ।

    वैदेशिक रोजगारीमा जाने अधिकांश युवा उमेरका छन् । उमेरका हिसाबले उनीहरूको मृत्यु नहुनुपर्ने हो । तर, जुन तथ्याङ्क बाहिर आइरहेको छ त्यो पत्यारिलो छैन । 

    “एउटा कारण नेपालमाभन्दा धेरै बढी तापक्रममा (तातो) काम गर्नुपर्दा उनीहरूको शरीर त्यसअनुकुल हुन नसक्दा हृदयघात र कार्डिक अरेस्टको समस्या आएको हुनसक्छ । तर यो पनि त्यति ठूलो संख्यामा नहुनपर्ने हो, ।

    ‘नेपाल लेवर माइग्रेसन रिपोर्ट, २०२२’ वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्युलाई अझ डरलाग्दो गरी चित्रण गरेको छ । प्रतिवेदनमा वैदेशिक रोजगारीका क्रममा १४ वर्षमा अर्थात् आर्थिक वर्ष २०६५/७६ देखि २०७८/७९ सम्म भएका मृत्यु र तिनको कारण खोजिएको छ । 

    प्रतिवेदन अनुसार, २०७५ साउन १ गतेदेखि २०७९ असार मसान्तसम्मको १४ वर्षको अवधिमा वैदेशिक रोजगारीमा गएका १० हजार ६६६ जनाको मृत्यु भएको थियो । तीमध्ये ३ हजार ३९४ (३१.८२ प्रतिशत) जनाको मृत्युको कारण थियो, हृदयघात, कार्डियक अरेस्ट र आत्महत्या । 

    उक्त १४ वर्षमा कार्डियक अरेस्टका कारण १ हजार ४७४ जना (१३.८१ प्रतिशत), हृदयघातका कारण ७३३ जना (६.८७ प्रतिशत) र आत्महत्याका कारण १ हजार १८७ जना (११.१२ प्रतिशत)को मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ । 

    आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा मलेसियामा आत्महत्याका कारण ८०, हृदयघातका कारण १४ र कार्डियक अरेस्टका कारण २२ जनाको मृत्यु भएको थियो । 

    यस्तै, त्यही तीन वर्षमा साउदी अरबमा आत्महत्याका कारण ७८, हृदयघातका कारण २३ र कार्डियक अरेस्टका कारण २८ जना नेपालीले ज्यान गुमाएका थिए । कतारमा उक्त समयमा आत्महत्याका कारण ५५, हृदयघातका कारण ३५ र कार्डियक अरेस्टका कारण ३३ जना नेपालीको मृत्यु भएको थियो । 

    उक्त अवधिमा युनाइटेडर अरब इमिरेट्स (यूएई)मा आत्महत्याका कारण ५८, हृदयघातका कारण २६ र कार्डियक अरेस्टका कारण ५० जना नेपालीले ज्यान गुमाएका थिए । 

    नेपालबाट स्वस्थ्य गएको व्यक्ति विदेशमा गएको केही दिनमै आत्महत्या, कार्डियाक अरेस्ट र हृदयघातबाट मृत्यु हुनुलाई सामान्य रुपमा लिन नहुने धारणा वैदेशिक रोजगार विज्ञहरुको छ । 

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाज

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P