
समर्पण रम्जान साउदी अरब ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट संगठन प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबले, आफ्नो सभापतिलाई गरिएको राजनितिक प्रतिसोध बिरुद्द सुरु गरेको बिश्वब्यापी हस्ताक्षर अभियान साउदी अरबमा पनि व्यापक समर्थन र सहभागिता बटुल्दै अगाडी बढेको छ ।
देशमा सुशासन, पारदर्शिता र जनउत्तरदायी तथा भ्रष्टचार बिरुद्दको शासन प्रणाली लाई लागु गरि देशमा जनताको हकहितका लागि उदाएको नयाँ पार्टि प्रति गरिएको राजनितिक प्रतिसोध र सरकारको अपारदर्शिता र भ्रष्टचार बिरुद्दको सुरु गरिएको यो अभियानले बिश्वभरिका प्रवासी नेपालीहरूमा समेत नयाँ आशा र ऊर्जा थपेको कुरा प्रवास नेपाली सम्पर्क विभाग, साउदी अरबका उपसभापति प्रेम आचर्यले जानकारी गराए ।
यो अभियानलाई शसक्त बनाई अगाडि बढाउन आफ्नो साउदीको प्रबास समिति पदाधिकारीहरु साउदीको बिभिन्न सहरहरुमा निरन्तर खटिएका र साउदीमा कार्यरत अधिकांस नेपाली श्रमिक, व्यवसायी तथा बुद्धिजीवी वर्गले हस्ताक्षर मार्फत यो अभियानमा साथ दिएका पनि आचर्यले जानकारी गराए । साथ साथै दिनानुदिन संगठनमा नयाँ सदस्यहरु थपिनु भएको र यो क्रम बढ्दोक्रममा रहेको उपसभापति आचर्यले जनाए ।
रास्वपाको तर्फबाट प्रवासमा रहेर पनि आफ्नो पार्टिको नितिलाई अबलम्बन गर्दै धेरै श्रमिकहरुलाई समस्या पर्दा सहयोग गरिएको र कसैलाई समस्या पर्दा सहयोगको लागि प्रवास नेपाली सम्पर्क विभागलाई संपर्क गर्न पनि उपसभापतिले अनुरोध गरेका छन् ।

यो एउटा अभियानले भ्रष्टचारीहरुको मनमा ढ्याङ्ग्रो बजेको र 84 सम्म देश रास्वपामय हुने पनि उपसभापति आचर्यले जनाए ।


