रियाद/साउदी अरब | साउदी अरबमा विभिन्न कारणले अवैधानिक रुपमा रहेका ५७ जना नेपालीहरूले बहिर्गमन भिसा पाएका छन् । बहिर्गमन भिसाका लागि विभिन्न समयमा नेपाली दूतावास रियादमा निवेदन दिएकाहरु मध्ये पछिल्लो पटक थप ५७ जनाको बहिर्गमन भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने बहिर्गमन भिसा सहज र शीघ्र रुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रक्रिया शुरू गरेको जनाएको छ ।
यो प्रक्रियाका थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ५८ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरेको छ । यसमध्ये १ हजार १ जना सम्मको सूची यसअघि नै दूतावासले प्रकाशन गरिसकेको छ ।
नेपाली दूतावास रियादको अनुरोधमा साउदी सरकारले बहिर्गमन भिसा जारी गरेका उक्त नेपाली कामदारहरु आफु कार्यरत साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुले आवासीय अनुमतिपत्र (अकामा) नबनाइएका वा नवीकरण नगरिएका र विभिन्न कारणले कम्पनि छोडेर अन्यत्र गएका कारण अवैधानिक हैसियतमा रहेका थिए ।
दूतावासले जारी गरेको सूचना अनुसार यदि कोहि कसैले झुठा विवरण दिई दूतावास समक्ष बहिर्गमन भिषाका लागि राहदानी तथा इकाइमा पेश गरेअनुरुप दूतावासको सिफारिसमा एक्जिट भिसा लागेमा यसबाट सिर्जना हुने समस्यमाका लागि सम्बन्धित व्यक्ति स्वयम् नै जम्मेवार हुनुपर्ने जनाएको छ ।
रियाद साउदी अरब | गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले पछिल्लो अवधिमा नेपाली दुतावास रियाद र महावाणिज्य दूतावास जेद्धाको अनुरोधमा बेखार्चिमा परि स्वदेश फर्किन हवाई टिकेट खरिद गर्न नसकेका ६ जना नेपालीलाई हवाई टिकेट र नेपाल पुगेर बस्नुपर्ने क्वारेन्टिन खर्च उपलब्ध गराउने भएको छ |गैर आवासीय नेपाली संघ साउदी अरबको २६ सेप्टेम्बरमा बसेको आकस्मिक बैठकले उक्त निर्णय गरेको संघको अध्यक्ष तेज बहादुर थापाले बताउनु भएको छ | संघको आपतकालीन राहत कोष मार्फत रियाद बाट ४ जना र जेद्दा बाट २ जना स्वदेश फर्किने नेपालीलाई हवाई टिकेट दिने भएको हो |
संघका कोषाध्यक्ष सन्तोष लुइंटेलका अनुसार संघले जेद्दा बाट स्वदेश फर्किने नरेन्द्र सर्बारिया र महेन्द्र हेम्ब्रुमलाई अपुग टिकेट र क्वारेन्टिन खर्च उपलब्ध गर्ने छ भने रियाद बाट चुत्र बहादुर दमाई, दल बहादुर खड्का, सुनिता पहरी र भारती घर्तीलाई पूर्ण टिकेट र क्वारेन्टिन खर्च उपलब्ध गर्ने भएको छ |
कोषाध्यक्ष लुइंटेलका अनुसार यस अघि कोरोना महामारीकै अवधिमा एक महिला सहित अन्य ४ जनालाई पनि गैर आवासीय नेपाली संघ साउदीको आपतकालीन राहत कोष मार्फत संघले हवाई टिकेट उपलब्ध गराई सकेको छ | उनका अनुसार अघिल्लो ४ जना मध्ये जिजान,अल्कासीम र पूर्वी क्षेत्र दम्माम बाट एक/एक जना बेखर्ची तथा असक्त बिरामी परेका नेपाली सहयोग माग्न संघको सम्पर्कमा आएको थियो भने एक नेपाली दूतावास रियादको सेल्टरमा रहँदै आएकी महिलाको लागी नेपाली दूतावास रियाले सहयोगको अनुरोध गरेको थियो |
गैरआवासीय नेपाली संघको दुई दिने (२६ र २७ सेप्टेम्बर) आठौ. एसिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलन माननीय परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली र माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको प्रमुख आतिथ्यतामा अनलाईन माध्यमबाट सम्पन्न भयो ।
२५ देशका २ सय प्रतिनिधि सहित विभिन्न व्यक्तित्वहरुको सहभागितामा आठौं गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रीय बैठकको मूल विषय ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुनः एकिकरण र रोजगार’ र यसै गरि पहिलो क्षेत्रीय ज्ञान सम्मेलनको मूल विषय ‘Knowledge Sharing Among Nepalese : Challenges and Opportunity for Entrepreneurs Following the COVID-19 Pandemic’ रहेको थियो ।
यस भेला तथा सम्मेलनमा नेपाल सरकारका प्रतिनिधिहरु, संघका अध्यक्ष, संस्थापक अध्यक्ष तथा प्रमुख संरक्षक, संरक्षकहरु, सल्लाहकारहरु पदाधिकारी तथा सदस्यहरु, मानार्थ सदस्यहरु, एशिया प्रशान्त क्षेत्रका साथै अन्य क्षेत्रका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु, विभिन्न मुलुकका विज्ञहरु, अभियानकर्ताहरु, गैरआवासीय नेपालीहरु लगायत संचारकर्मीहरुको उपस्थितिमा सम्पन्न यस बैठक तथा ज्ञान सम्मेलनका निर्णयहरुः
१. हाल विश्वव्यापक महामारी रुपमा फैलिएको कोभिड-१९ का कारण एशिया प्रशान्त क्षेत्रका मुलुकहरु तथा खाडि मुलुक लगायत विभिन्न मुलुकमा रहेका नेपालीहरुलाई सहज बनाई स्वदेश फर्काउनको लागि हवाई उडान बृद्धि गर्न नेपाल सरकारसंग अनुरोध गर्दछ ।
२. कोभिड १९ महामारीका कारण विश्वभरका नेपालीहरु प्रभावित भएका छन् । एशिया प्रशान्त क्षेत्रका मुलुकहरु तथा खाडि लगायत अन्य मुलुकमा रोजगार गुमाएर अलपत्र परेका, विदेशी भूमीमा रोग र भोकको भयमा रहेका, प्रवेशाज्ञा सकिएर अलपत्र परेका र अन्य विविध कारणले गर्दा विदेश मै रोकिएकाको बिना शर्त वैदेशिक रोजगार कल्याणकारी कोष मार्फत निशुल्क उद्धार यथाशिघ्र गर्नको लागि नेपाल सरकार संग आग्रह गर्दछ ।
३. वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरुको पुनः एकीकरण र रोजगारका लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकारवीच स्वदेश मै रोजगार सृजना गर्न सहकार्य गर्ने निर्णय गर्दछ ।
४. परम्परागत बैदेशिक रोजगारीका रुपमा हाल रहेका गन्तब्य मुलुक बाहेक आकर्षक गन्तब्य मुलुकहरु जहाँ पारिश्रमिक राम्रो, कम जोखिम तथा मानब अधिकार तथा सामाजिक सुरक्षाका सुबिधाहरु भएका गन्तब्य देशको पहिचान गरि उक्त देशहरुमा बैदेशिक रोजगार प्रबद्र्धन गर्न नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा बैदेशिक रोजगार बोर्ड समक्ष संघ अनुरोध गर्दछ ।
५. मुलुकको आर्थिक विकासमा योगदान बढाउने र वैदेशिक रोजगारीमा रहेकाहरुको सामाजिक सुरक्षा कायम गर्नका लागि सामाजिक सुरक्षाकोषको ग्यारेण्टी गर्न नेपाल सरकारसंग आग्रह गर्दछ ।
६. गैरआवासीय नेपालीहरुको सहकार्यमा श्रमिक सूचना वैंक कार्यान्वयन गराउने र विदेशबाट फर्किएका नेपालीहरुको डाटा राख्ने व्यवस्था प्रभावकारी बनाउन सरकारलाई आग्रह गर्दछ ।
७ विदेशमा आर्जन गरेको ज्ञान, सीप र प्रविधिलाई नेपालमा भित्र्याई आधुनिक कृषि, शिक्षा, स्वास्थ्य, प्रविधि लगायत क्षेत्रमा उपयोग गरी स्वदेश मै रोजगारीको सृजना गर्न यो बैठक सबै गैरआवासीय नेपालीलाई आह्वान गर्दछ ।
८. गैरआवासीय नेपाली संघ महिला फोरमले हालसम्म गरेका कार्यहरुको प्रसंसा गर्दै महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिबृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सकृयतामा शुरु भएको शीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाहरुको सहभागिता सुनिश्चित गराउने निर्णय गर्दछ ।
९. एसिया प्रशान्त क्षेत्रमा बसोवास गर्ने युवा जमात तथा दोस्रो पुस्तालाई संघको मुलधारमा समाहित गर्दै देशको विकासमा हातेमालो गर्न सरोकार व्यक्ति तथा निकायहरुलाई अनुरोध गर्ने निर्णय गर्दछ । विदेशका बालबालिकाहरुलाई नेपाली भाषा, लिपी, संस्कार र संस्कृति सिकाउने कार्य गर्न यो बैठक अपील गर्दछ ।
१०. स्वदेशमा कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणको लागि सर्वप्रथम सहयोग तथा तदारुकताका लागि एशिया प्रशान्त क्षेत्रलाई गैरआवासीय नेपाली संघले उच्च मुल्यांकन गर्दै भविष्यमा पनि यसै प्रकारको सहयोगको अपेक्षा गर्दछ ।
११. यो बैठक सफलतापूर्वक सम्पन्न गर्न सघाउनु हुने नेपाल सरकार, अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषदहरु्, प्रायोजकहरु, आयोजक समितिका सदस्यहरु, स्वयंम्सेवीहरु, संचारकर्मीहरु लगायत सबै पक्षलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।
गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको औपचारिक उद्घाटन भएको छ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले अनलाइन माध्यमबाट संघको भेलाको संवोधन गर्दै औपचारिक उद्घाटन गर्नुभयो ।
सो अवसरमा मन्त्री ज्ञवालीले नेपालको विकासमा गैरआवसीय नेपालीको योगदान अतुलनीय रहेको बताउँदै विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधि नेपालमा हस्तान्तरण गर्ने सुनौलो अवसर आएको बताउनुभयो । कोभिड १९ पछिको नेपालको अर्थतन्त्रलाई उकास्न नयाँ प्रविधिको माध्यमबाट मुलुकको सम्मृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताउादै मन्त्री ज्ञवालीले गैरआवासीय नेपालीले सिकेको ज्ञान, सिप हस्तान्तरणको खााचो औल्याउनुभयो ।
मन्त्री ज्ञवालीले कोभिड १९ को कारण विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई स्वदेश फीर्ता गर्ने कार्य तीब्र गतिमा भइरहेको जानकारी गराउादै वर्तमान असहज परिस्थितिलाई अरु बेला जस्तै सहज रुपमा नलिन पनि आग्रह गर्नुभयो । विदेशबाट फर्काउने क्रममा केहि कठिनाई भएको स्वीकार्दै मन्त्री ज्ञवालीले हाल असहज परिस्थिति भएकाले पनि सोचे जस्तो नहुन सक्छ भन्ने कुरा बुझिदिन आग्रह गर्नुभयो ।
मन्त्री ज्ञवालीले तेस्रो मुलुकबाट झन्डै ३ लाख नेपाली स्वदेश फर्कन लागेको र अहिलेसम्म ७६ हजार बढी नेपालीलाई उद्धार गरिएको बताउनुभयो । भारतबाट मात्र ५ लाख नेपाली स्वदेश फर्किएको र तेस्रो मुलुकसहित गरि करिव १० लाख वैदेशिक रोजगारीमा रहेका नेपाली स्वदेश फर्कन लागेकाले तत्काल १० लाख नेपालीलाई रोजगारी सिर्जना गर्नु अर्को चुनौती रहेको पनि बताउनुभयो ।
नेपालको आर्थिक सम्मृद्धिमा गैरआवासीय नेपालीको योगदान रहेकोले अब नेपालमा लगानी गरि रोजगारी सिर्जना गर्ने वातावरणमा सहयोग गरिदिन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष तथा संरक्षक देवमान हिराचनले नेपालमा विदेशी तथा गैरआवासीय नेपालीहरु लगानी गर्न इच्छुक रहे पनि नेपालमा त्यो अवस्था नरहेको भन्दै सरकारलाई लगानी गर्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो । पूर्व अध्यक्ष हिराचनले एनआरएनएको १७ वर्षे इतिहासलाई समिक्षा गर्नुपर्ने खाँचो औल्याउँदै कुनै कार्यक्रम गर्न अब काठमाडौंमा करोडौ खर्च गरेर आउनुपर्ने अवस्थाको अन्त्य भएको पनि बताउनुभयो ।
गैर आवासीय नेपाली संघका प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्हरुले कोभिड १९को बेलामा एक कदम अगाडि बढेर सेवा गरिरहेको बताउनुभयो । प्रमुख संरक्षक घलेले एसिया प्रशान्त क्षेत्रबाट नेपालमा जुनसुकै बेला पनि सहयोग हुने गरेकोमा धन्यवाद दिनु भयो ।
अष्ष्ट्रेलीयाको भिक्टोरिया राज्य समन्वय परिषद्लाई यहाँको स्थानीय सरकारले १ लाख ५० हजार डलर आर्थिक सहयोग गरेको उदाहरण दिनुहुँदै आफू बसेको देशमा विश्वास दिलाउन सकेको खण्डमा स्थानीय सरकारबाट पनि सहयोग मिल्नेतर्फ ध्यान दिन आग्रह गर्नुभयो ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले संघले प्रविधिलाई समय सापेक्ष उपयोग गर्दै स्मार्ट एनआरएनको प्रोजेक्टलाई लागू गर्न लागिरहेको जानकारी गराउनुभयो । संघमा ब्यापक पुनरसंरचनाको खाँचो रहेको महसुस गर्दै स्मार्ट एनआरएन प्रोजेक्ट अगाडि बढाइएको पनि अध्यक्ष पन्तले जानकारी गराउनुभयो ।
कोभिड १९ प्रभावीत नेपालीहरुको लागि आइएलोबाट संघलाई १० करोड सहयोग प्रदान भएको जानकारी गराउनुहुादै अहिले संघको सम्पूर्ण ध्यान विदेशमा रहेका नेपालीमा केन्द्रित रहेको पनि बताउनुभयो ।
त्यस्तै, अध्यक्ष पन्तले संघको विशेष महाधिवेशनको लागि परराष्ट्र मन्त्रालयमा निवेदन पेस गरेको जानकारी गराउनु हुँदै अनलाइन माध्यमबाट विशेष महाधिवेशन गर्ने अनुमति पाएपछि र विशेष महाधिवेशन सम्पन्न गरिने बताउनु भयो । यसरी नै उहाँले नेपालको आर्थिक सम्मृद्धिमा थप योगदान गर्न गैरआवासीय नेपालीहरु लागिपरेको बताउनु भयो ।
कार्यक्रममा म्यानमारका लागि नेपाली राजदूत महामहिम भीम उदास, नेपाली काग्रेसकी केन्द्रिय सदस्य तथा सांसद डा. डिला संग्रौलालगायतले विदेशमा नेपालीले सिकेको ज्ञान, सिप र प्रविधिको हस्तान्तरण गर्दै मुलुकको सम्मृद्धिमा लगाउनुपर्नेमा जोड दिनुका साथै कोभिडका कारण अझ अलपत्र परिरहेकाहरुलाई नेपाल फर्काउन नेपाल सरकारसंग आग्रह गर्नु भयो ।
आयोजक समितिका संयोजक तथा एसिया प्यासिफिक संयोजक गोविन्द श्रेष्ठ (रोविन्द) को सभापतित्वमा सम्पन्न कार्यक्रममा एनआरएनए एसिया प्यासिफिक उपसंयोजक द्वय पारसमणी पोखरेल र खगेन्द्र न्यौपानेले स्वागत तथा धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा गैर आवासीय नेपाली संघका आइसिसी पदाधिकारीहरु, आइसीसी सदस्यहरु, आइसीसी सल्लाहकारहरु, पूर्व पदाधिकारी, आइसिसि सदस्यहरु तथा सल्लाहकारहरु, मानार्थ परिषदका सदस्यहरु एनसीसी अध्यक्ष तथा सदस्यहरु लगायत गैरआवासीय नेपाल अभियन्ताहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संचारकर्मी कृती भट्टराईले सञ्चालन गर्नुभएको थियो ।
घरफिर्ती, पुन:एकीकरण र रोजगारलाई सहज बनाउन जोड
गैर आवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको मूख्य शत्रका रुपमा ‘आप्रवासी नेपाली कामदार : स्वदेश फिर्ता, पुन एकिकरण र रोजगार’ का विषयमा सरकारी पक्ष, सम्बन्धित विषयका विज्ञ र गैरआवासीय नेपालीहरु वीच छलफल भएको छ ।
आप्रवासी कामदारको घर फिर्ती, पुनएकीकरण र रोजगार सहज हुनु पर्ने सरोकारवालाको जोड छ । कोभिड १९ का कारणका नेपाली कामदारको रोजगार गुमेको हुँदा स्वदेशमा नै रोजगार सृजना गर्न एनआरएन र नेपाल सरकारबीच सहकार्य हुनु पर्ने बताइएको छ ।
कार्यक्रममा वैदेशिक रोजगार वोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले विदेशमा रहेका नेपालीहरुको उद्धार तथा पुनएकीकरणका लागि सरकारले काम गरिरहेको बताउनुभयो । उहाँले विदेशमा समस्यामा परेका नेपालीलाई निशुल्क उद्धारका लागि पैसा पठाइसकिएको तर सरकारले मात्र स्वदेश फर्कन चाहने सबैलाई ल्याउन नसकिने बताउनुभयो । उहााले भन्नुभयो–‘सबै मिलेर अहिलेको समस्या समाधान गरौ ।’
कार्यक्रममा संघीय सांसद तथा नेपाली कााग्रेस केन्द्रीय सदस्य डा. डिला संग्रौलाले आप्रवासी कामदारको पक्षमा सरकारले वेवास्ता गरेको बताउनुभयो । उहााले भन्नुभयो–‘ पीडामा परेका नेपालीहरुको पक्षमा सरकारले वास्ता गरेको छैन, एनआरएनले प्राथमिकतामा राखेर काम गर्नु खुशीको विषय हो ।’
कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक, नेपाल सरकारका पूर्व सचिव तथा वैदेशिक रोजगार विज्ञ पूर्णचन्द्र भट्टराईले आप्रवासी कामदारको घर फिर्ती, पुनएकीकरण र रोजगार आजको मुल विषय भएकाले सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
एनआरएनका उपाध्यक्ष तथा इम्प्लोइमेण्ट एण्ड वेलफेयर डिपार्टका सभापति डा. बद्री केसीले एनआरएन आफैले सहयोग जुटाएर उद्धार तथा सहायता गरिएको बताउनु भयो । उहााले वैदेशिक रोजगार कल्याणकारी कोषको रकम सदुपयोग हुननसकेकोमा दु:ख व्यक्त गर्नुभयो ।
एनआरएन सचिव आरके शर्मा, सल्लाहकार द्वय टिबी कार्की र यमकुमार गुरुङ, पूर्व सचिव तथा प्रवत्ता डिबी क्षेत्रीले आप्रवासी नेपाली कामदारको पक्षमा सरकारले त्यति चासो नदिएको बताउनुभयो ।
एसिया प्यासिफिक उपसंयोजक खगेन्द्र न्यौपानेलेले विषय प्रवेश गराएर शुरु भएको कार्यक्रमको समापन एसिया प्यासिफिक संयोजक रोविन्दप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
लण्डन । गैर आवासीय अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आयोजना गरिएको ‘रेजनल हेल्थ टिम एण्ड देअर रोल्स’ विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा विश्वका विभिन्न मुलुकमा कार्यरत डाक्टरहरुले आफ्नो धारणा राख्नु भएको छ ।उक्त कार्यक्रममार्फत डाक्टरहरुले आफू विश्वका जुनसुकै मुलुकमा रहेता पनि नेपाल तथा नेपालीहरुका लागि सक्दो सहयोग पुर्याएको बताउनु भएको हो ।कार्यक्रममा बोल्दै डा. बोधा सुवेदी (युरोप हेल्थ टिम) ले युरोपमा सिकेको सीप तथा ज्ञानको प्रयोग नेपालमा कसरी गर्ने भनेर युरोपमा हेल्थ टिम गठन गरिएको बताउनु भयो ।
‘हामीले युरोपमा भएका विभिन्न स्वास्थ्यकर्मीहरुलाई समेटेर अगाडी बढेका छौँ । यहाँ सिकेका ज्ञानलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले स्वास्थ्य टिम गठन गरेका थियौँ’ उहाँले भन्नुभयो ।फेशबुक, जुम लगायत माध्यमबाट पनि संसारभरका नेपालीहरुलाई आफूहरुले सक्दो सहयोग पुर्याएको तथा सचेतनाका कार्यक्रमहरु उर्जागर गरेको उहाँको भनाई थियो ।कार्यक्रममा बोल्दै डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम) ले मध्यपूर्वका मुलुकहरु साउदी, कतार, युएई, कुवेत लगायत मुलुकमा नेपाली स्वास्थ्यकर्मीहरुको संख्या एकदमै कम रहेको बताउनु भयो ।यी मुलुकहरुमा नेपालीको संख्या बढी भएको तर स्वास्थ्यकर्मीहरुको संख्या कम हुनु दुःखद् भएको उहाँको भनाई थियो ।खाडीमा रहेका अधिकांश नेपाली श्रमिकहरुमा चेतनाको अभाव हुँदा पनि कोरोना नबुझ्ने हुँदा डराउने, आत्तिने समस्या भएको उहाँले उल्लेख गर्नुभयो ।आफूले सक्दो रुपमा नेपालीहरुलाई सचेतना तथा परामर्शका कार्यक्रमहरु गरेको जानकारी दिनुभयो ।त्यसैगरी डा. एलिनी पोख्रेल (पोल्याण्ड) ले समयमा नै एनआरएनएको उच्चस्तरीय समितिको निर्देशनअनुसार आफूसहित युरोपमा रहेका स्वास्थ्यकर्मीहरुले कोरोना भाइरससँग लड्न र नेपालीहरुलाई सहयोग गर्न उल्लेख्य भूमिका खेलेको बताउनु भयो ।उक्त भर्चुअल कार्यक्रममा डा. सरिता भट्टराई (अफ्रिकन हेल्थ टिम), डा. बोधा सुवेदी (युरोप हेल्थ टिम), डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम), डा. भुपेश खड्का( अमेरिका), डा. रमेश खोजु ( युके), डा. भुपेन्द्र बस्नेत, डा. पुनम पन्त (अस्ट्रेलिया), डा. एलिनी पोख्रेल (पोल्याण), डा सुनिल शाह (युके) लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।अधिकांशले आफू विश्वका जुनसुकै मुलुकमा भए पनि नेपाल र नेपालीहरुलाई साथ र सहयोग पुर्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।त्यस्तै अस्ट्रेलियाबाट एनएमडिएकी प्रतिनिधि पुनम पन्तले समेत आफ्नो धारणा राख्नु भएको थियो ।उक्त कार्यक्रमको संयोजन स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटा र डा. कुश श्रेष्ठले गर्नु भएको थियो ।
महामारीमा नर्सहरुको अनुभवदोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा आइतबार आयोजित ‘कोरोना महामारीमा नर्सहरुको भूमिका’ विषयक कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा फ्रन्ट लाइनमा खटिएर काम गर्नुभएका स्वास्थ्यकर्मीहरुले आफ्नो अनुभव साटासाट गर्नु भएको छ ।महामारीमा पनि आफूहरु सक्रिय भएर निर्डर रुपमा संक्रमितहरुको हेरचाह गरको उल्लेख गर्नुभएको हो । त्यस्तै संक्रमितहरुको मनोबल बढाउन समेत आफूहरुले सक्रिय भूमिका निर्वाह गरको उहाँहरुको धारणा थियो ।महामारीसँग जुध्न थुप्रै चुनौती रहे पनि चुनौतीका बीच आफूहरुले सक्दो रुपमा सहयोग पुर्याएको उहाँहरुले उल्लेख गर्नुभयो ।कार्यक्रममा नेपाल नर्सिङ एशोसिएसनकी अध्यक्ष मनाकुमारी राइ, अन्जु बञ्जाडे –युएसए), डा. तारा शाह, दुर्गालक्ष्मी श्रेष्ठ, सरस्वती शाह, सुन्दरी लामा, गंगा खनाल, लिलानाथ पाण्डे, सावित्रि रानाभाट, मनिता मालाकार (अस्ट्रेलिया), विनोद विकास सिम्खडा, कल्पना घिमिरे, लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बुले समेत आफ्नो धारणा राख्नु भएको थियो ।पसुन्ना कडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा २० भन्दा बढी मुलुकमा रहेका १ सयभन्दा बढी नर्सहरुको उपस्थिति थियो । त्यस्तै अन्य विभिन्न स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको समेत उल्लेख्य उपस्थिति थियो ।
रियाद/साउदी अरब | साउदी अरबलाई कर्मथलो बनाई छुट्टीमा घर गएका आप्रवासी कामदारहरू पुन: साउदी अरब फर्किन पाउने भएको छ । नेपाली दूतावास रियादले बिहिबार सुचना जारी गर्दै साउदी सरकारले १५ सेप्टेम्बर २०२० बाट लागु हुने गरी साउदी अरबको भिषा म्याद नसकेका आप्रवासी कामदार र अन्य नागरिकहरू तोकिएका मापदण्ड पुरा गरेर साउदी अरब फर्किन सक्नेगरी खुल्ला गरेको बताईएको छ।
दूतावासको सुचना अनुसार साउदी फर्किन मिल्ने गरी छुट्टीमा गएका कामदारहरूको भिषा म्याद सकिएकाहरूको सम्बन्धमा ३० सेप्टेम्बर २०२० सम्म ईकामा र भिषा स्वत: नविकरण हुने बताईएको छ। दूतावासले सुचनामा साउदी फर्किने विदाबाट फर्किने वा पुन: आगमन भिषामा गएकाहरूले आफ्नो कम्पनीले आउन अनुमति दिएको कागजात अनिवार्य रूपमा प्राप्त गर्नु पर्ने छ र कम्पनीले आउने अनुमति नदिँदा सम्म पुनरागमन भिषाकै आधारमा यात्रा नगर्न पनि दूतावासले अनुरोध गरेको छ।
काठमाडौं । ‘हर घरमा औजार, हर कार्यालयमा औजार’को शाब्दिक अर्थलाई पूर्णता दिनको लागि मर्मत तथा सम्भारको कार्यमा आधुनिक प्रबिधिको जानकारहरुको सोचको अन्तिम रुप हो ‘औजार’ । आजको व्यस्त दैनिकीमा आफ्नो घर तथा कार्यालयको सुरक्षा अनि सानोतिनो मर्मतसम्भारको लागि पनि समय छैन । झन् अहिलेको महामारीको समयमा ज्यूज्यानको सुरक्षाको सवाल पनि उठिरहन्छ ।
कार्यालय तथा आवासहरुमा दैनिक रुपमा आइपर्ने सानोतिनो समस्या जस्तैः द्यिुतिय मर्मत, धारा पानि अन्य प्लम्बिङसम्बन्धि मर्मत, घर तथा अफिसस्थित फर्निचर मर्मतका कामहरु, घर तथा अफिसको रंगरोगन, इन्टेरियर डिजाइन, मोडुलर किचन, एसी फ्रिज मर्मत, घर पर्खाल सम्बन्धि, ग्लास तथा आल्मुनियम पर्टेशनका, घर तथा अफिस सरसफाईका कामहरुको समाधानको विस्वासिलो नाम हो ‘औजार’ ।
अनुभबी र विश्वासिलो टेक्निकल तथा व्यवस्थापकहरुको दरिलो साथ रहेको औजारले छिट्टै आफ्नो ग्राहकहरुको मन जित्न सफल हुने सस्थाका सस्थापक तथा प्रबन्ध संचालक उत्सब भट्टराईले बताए ।
‘औजार’को सेवाले तीन बर्षभित्र अनुभब, अनुभबी तथा विश्वासिलो टिम अनि आधुनिक प्रबिधिबाट उच्चस्तरको सेवा प्रदान गर्दै उपत्यकाको हर घरहर कार्यालयमा पुराउने तथा एक बर्षभित्र पोखरा, बुटवल, नारायणघाट अनि हेटौडामा शाखा विस्तार गर्ने लक्ष्य लिएर अगाडी बढेको संचालक भट्टराई बताउँछन ।
‘औजार’को सेवाका लागि कसरी सम्पर्क गर्ने ? ‘औजार’को सेवा लिन प्रत्यक्ष फोन सम्पर्क गर्न सकिन्छ । त्यसका लागि फेसबुक तथा इन्स्टाग्रामद्वारा वा कम्पनीको वेबसाएटबाट सम्पर्क गरी सेवा लिन सकिन्छ ।
सर्बिस चार्ज ग्रहाकको सन्तुस्टिनै औजारको पहिलो प्राथमिकता रहेकोले भिजिट तथा इस्टिमेट चार्ज नलाग्ने भट्टराई बताउँछन् । भिजिट पछि गर्नुपर्ने कामको ग्राहकसँग छलफल गरि ग्राहकको सहमतिमा जाने कम्पनीले बताएको छ । ग्राहकको सन्तुस्टीका आधारमा औजारले लिने सेवा शुल्क समयसापेक्ष हुने, प्रयोग गरिने सरसामान बिस्वासिलो तथा वारेन्टीवाला हुने संचालक भट्टराईले बताए ।
सरकारले तोकेको मापदण्ड भित्र रही पूर्ण रुपमा पारदर्शी तवरले काम गर्ने औजारले बताएको छ । छिटो र चुस्त सेवानै आजको आवश्यकता भएकोले ग्राहकले सम्पर्क गरेको एक घण्टाभित्र संस्थाको तर्फबाट ग्राहकहरुलाई सेवा प्रदान गर्ने कम्पनीको दावी छ ।
साउदी अरब | “कोभिड-१९को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्कनै पर्ने नेपाली नागरिकहरूको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश २०७७” अनुरूप संचालित चार्टर्ड उडानहरू मध्ये साउदीबाट पहिलो र दोस्रो चरणमा २१ र १६ जुलाई बाट सरू भएको तेस्रो चरणमा १८ चार्टर्ड उडान गरी कुल ३९ वटा उडानहरू भएको थियो । तेस्रो चरणको अन्तिम उडान साउदी अरबको जेद्धाबाट ८ अगस्टको राती भएको छ।
गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीको तथ्यांक अनुसार तेस्रो चरण अन्तर्गत राजधानी रियादबाट नेपाल एयरले ४ र हिमालय एयरले २ चार्टर्ड उडान गरेको छ भने पूर्वी क्षेत्र दम्मामबाट हिमालय एयरले ७ र नेपाल एयरले ३ चार्टर्ड उडान साथै पश्चिम क्षेत्र जेद्धाबाट नेपाल एयरले २ चार्टर्ड उडानहरू भरेका हुन्।उक्त उडानहरू मार्फत दम्मामबाट १५ सय १७, रियादबाट १३ सय ३३ र जेद्धाबाट ५ सय २४ जना गरी ३३ सय ७४ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका हुन् भने पहिलो र दोस्रो चरणको २१ चार्टर्ड उडानहरू मार्फत ४१ सय ८३ जना संगै तेस्रो चरण सम्ममा साउदी अरबबाट नेपाल सरकारले तय गरिएको प्राथमिकताका आधारमा आधारित स्वदेश फर्किनै पर्ने नेपालीहरू मध्ये ७ हजार ५ सय ५७ जना स्वदेश फर्किएका छन्।
लकडाउनको अवधिमा नेपाल सरकारको सहजीकरणमा संचालित चार्टर्ड उडानहरू मार्फत स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरू संगै साउदी अरबमा विभिन्न कारणले मृत्यु भएको नेपाली श्रमिकहरू मध्ये पहिलो र दोस्रो चरणको चार्टर्ड उडानहरूबाट ६० र तेस्रो चरणको चार्टर्ड उडानहरूबाट १३ गरी ७३ जनाको शव अन्तिम संस्कारका लागी नेपाली दूतावास रियाद र महावाणिज्यदुताबास जेद्धाले नेपाल पाठाईएको छ।
त्यसै गरी स्रोत बाट प्राप्त जानकारी अनुसार लकडाउनको अवधिमा विभिन्न प्राविधिक कठिनाई र जटिलताका कारण नेपाल पठाउन असम्भव शवहरू मध्ये परिवारको सहमतिमा ५३ जनाको अन्तिम संस्कार साउदी अरबमै गरिएको छ भने कोरोनाका कारण मृत्यु भएको करिब एक दर्जन शवको कागजी प्रक्रिया पुरा गर्न बाँकी रहेको बताईएको छ। अन्य विभिन्न कारणले मृत्यु भएको मध्ये स्वदेश पठाउन कागजी प्रकिया पुरा भएको र प्रक्रिया पुरा गर्न बाँकी गरी अझै तिन दर्जन शवहरू नेपाल पठाउन साउदी अरबमा बाँकी रहेको स्रोतले बताएको छ।
काठमाडौं: एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आगामी साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने जनाएको छ । संस्थाका अनुसार सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा विक्रि खुल्ला गरिन लागिएको हो ।
संस्थाले हाल कायम रहेको जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको जनाएको छ । हाल संस्थाको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।
संस्थाका अनुसार जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरिनेछ ।
उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ ।
विश्वभरि छरिएर रहेका नेपालीहरुको लगानीलाई एकिकृत गरी नेपालको सर्वांगीण विकाशमा योगदान पुर्याउने उद्देश्यले वि.स.।२०६९ सालमा एनआरएन ईन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनी स्थापना भएको हो । यो कम्पनीमा हाल ७९५ जना संस्थापक शेयरधनीहरु रहेका छन् ।
कम्पनीमा गैर आवासिय नेपाल संघका पूर्व अध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. शेष घले, भवन भट्ट र वर्तमान अध्यक्ष कुमार पन्त लगायत अन्य गैर आवासीय नेपालीहरुको लगानी रहेको छ ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका डाइरेक्टर महेश कुमार श्रेष्ठका अनुसार यस कम्पनीले हालसम्म लगानी गरेका आयोजनाहरु यस प्रकार छ :-
१) लमजुङ्ग जिल्लाको दोर्दी खोला जलविद्युत आयोजना (२७ मे.वा.)
२) सानिमा मिडिल तमोर हाईड्रोपावर आयोजना (७३ मे.वा.)
३)तल्लो लिखु जलविद्युत आयोजना (२८.१ मे.वा.)
४)माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना (१४.३ मे.वा.)
(दोर्दी खोला जलविद्युत आयोजना यसै वर्षभित्र सम्पन्न भै सञ्चालनमा आउने छ भने अन्य आयोजनाहरु २ वर्षभित्र सम्पन्न हुने गरी निर्माणाधिन अवस्थामा रहेका छन् )
साउदी अरब |नेपाल सरकारको सहजीकरणमा हुँदै आएको चार्टर्ड उडानहरूको तेस्रो चरणको उडानमा साउदी अरेबियाबाट काठमाडौंका लागि पाँच चार्टरउडान भएका छन् । नेपाली दूतावास रियादका अनुसार हिमाल एयरलाइन्सले तीन र नेपाल एयरलाइन्सले दुई गरी पाँच उडान भएको छ। दूतावासका अनुसार १६ जुलाईमा हिमालयले रियाद-काठमाडौं एक र दमाम-काठमाडौं दुई गरी कुल तीन उडान गरेका हुन्, भने १६ जुलाईमै नेपाल एयरलाइन्सले दमाम-काठमाडौं र रियाद-काठमाडौं १७ जुलाईमा गरी दुई चार्टरउडान गरेका थिए । नेपाल एयरलाइन्सको रियाद-काठमाडौं उडान शुक्रबार भएको थियो । प्राविधिक गडबडीका कारण जुलाई १६ मा हुनुपर्ने नेपाल एयरलाइन्सको उडान १७ मा भएको नेपाली दूतावासको भनाइ रहेको छ । उडानका लागि १६ जुलाई साँझ विमानस्थल पुगेका यात्रीहरुले भने झन्डै १२ घन्टापछि एयरलाइन्सले उद्धार गरि खानपिनको व्यवस्थापन गरेको बताए । यात्रीहरुका एयरलाइन्सको चरम लापरबाहीले १२ घन्टा विमानस्थलमा अलपत्र परेको आरोप लगाएका छन् । रियाद शहरबाट भएको हिमालय एयरलाइन्सबाट १४९ जना र नेपाल एयरलाइन्स चार्टरउडानबाट २५७ गरि यहा अलपत्र परेका ४०६ जनालाई स्वदेश फर्किएको दूतावासले जानकारी दिए । दूतावासका अनुसार उडानमा कोरोनाका कारण रोजगारी गुमाएका, करार अवधि सकिएका, काजकिरियामा जानुपर्ने, दीर्घ बिरामी लगायतलाई प्राथमिकता दिइएका छन् ।
त्यसैगरी दमाम शहरबाट हिमालय एयरलाइन्सको दुई र नेपाल एयरलाइन्सको एक चार्टरउडानबाट ४५४ जनालाई स्वदेश फर्काइएको एनआरएनए मध्यपूर्वका सहसंयोजक राजेन्द्र अर्याल (जोन)ले जानकारी दिए । उनका अनुसार नेपाल सरकारको मापदण्डभित्र रहेर यहा विभिन्न कारण अलपत्र परेका र काजकिरियाका लागि, दीर्घ बिरामी लगायतलाई नेपाल फर्काइएका हुन् । त्यस्तै घर फर्कन डिपोर्टेशन (कारागार) मा रहेको नेपालीहरु दमामबाट ८ जना र रियादबाट १३ जनाा गरि कुल २१ समेत स्वदेश फर्काएका थिए । उक्त उडानमा दमामबाट दुई र रियादबाट दुई गरि ४ शव पनि पठाएको दूतावासले जनाए ।