साउदीबाट तेस्रो चरणको पाँच चार्टर्ड उडान, ८ सय ६० स्वदेश फर्किए

  • ३ श्रावण २०७७, शनिबार २२:५५ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब |नेपाल सरकारको सहजीकरणमा हुँदै आएको चार्टर्ड उडानहरूको तेस्रो चरणको उडानमा साउदी अरेबियाबाट काठमाडौंका लागि पाँच चार्टरउडान भएका छन् । नेपाली दूतावास रियादका अनुसार हिमाल एयरलाइन्सले तीन र नेपाल एयरलाइन्सले दुई गरी पाँच उडान भएको छ।
    दूतावासका अनुसार १६ जुलाईमा हिमालयले रियाद-काठमाडौं एक र दमाम-काठमाडौं दुई गरी कुल तीन उडान गरेका हुन्, भने १६ जुलाईमै नेपाल एयरलाइन्सले दमाम-काठमाडौं र रियाद-काठमाडौं १७ जुलाईमा गरी दुई चार्टरउडान गरेका थिए । नेपाल एयरलाइन्सको रियाद-काठमाडौं उडान शुक्रबार भएको थियो ।
    प्राविधिक गडबडीका कारण जुलाई १६ मा हुनुपर्ने नेपाल एयरलाइन्सको उडान १७ मा भएको नेपाली दूतावासको भनाइ रहेको छ । उडानका लागि १६ जुलाई साँझ विमानस्थल पुगेका यात्रीहरुले भने झन्डै १२ घन्टापछि एयरलाइन्सले उद्धार गरि खानपिनको व्यवस्थापन गरेको बताए । यात्रीहरुका एयरलाइन्सको चरम लापरबाहीले १२ घन्टा विमानस्थलमा अलपत्र परेको आरोप लगाएका छन् ।
    रियाद शहरबाट भएको हिमालय एयरलाइन्सबाट १४९ जना र नेपाल एयरलाइन्स चार्टरउडानबाट २५७ गरि यहा अलपत्र परेका ४०६ जनालाई स्वदेश फर्किएको दूतावासले जानकारी दिए । दूतावासका अनुसार उडानमा कोरोनाका कारण रोजगारी गुमाएका, करार अवधि सकिएका, काजकिरियामा जानुपर्ने, दीर्घ बिरामी लगायतलाई प्राथमिकता दिइएका छन् ।

    त्यसैगरी दमाम शहरबाट हिमालय एयरलाइन्सको दुई र नेपाल एयरलाइन्सको एक चार्टरउडानबाट ४५४ जनालाई स्वदेश फर्काइएको एनआरएनए मध्यपूर्वका सहसंयोजक राजेन्द्र अर्याल (जोन)ले जानकारी दिए । उनका अनुसार नेपाल सरकारको मापदण्डभित्र रहेर यहा विभिन्न कारण अलपत्र परेका र काजकिरियाका लागि, दीर्घ बिरामी लगायतलाई नेपाल फर्काइएका हुन् ।
    त्यस्तै घर फर्कन डिपोर्टेशन (कारागार) मा रहेको नेपालीहरु दमामबाट ८ जना र रियादबाट १३ जनाा गरि कुल २१ समेत स्वदेश फर्काएका थिए ।
    उक्त उडानमा दमामबाट दुई र रियादबाट दुई गरि ४ शव पनि पठाएको दूतावासले जनाए ।

    Leave a Reply