वसन्त अनुभव

तुलसीपुर, दाङ, ३ साउन
तुलसीपुर उपमहानगरपालिका अन्तर्गतका क्वारेन्टाइनमा हाल १ सय ७९ जना ब्यक्तिहरु रहेका छन । जसमध्ये पुरुष १ सय ६० जना र महिला १९ रहेका छन । त्यस्तै पेइङ क्वारेन्टाइनमा ५ जना ब्यक्ति बस्दै आएका छन ।
तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्द्धन शाखाका जस्वानी एवं कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार हालसम्म क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुको संख्या १ हजार ७ सय १६ पुगेको छ ।
मा.वि. कालाखोला क्वारेन्टाइनमा रहदै आएका २० जना ब्यक्तिको RDT TEST गर्दा ११ जनाको पोजिटिभ देखिएको छ । विदेशबाट आई उक्त क्वारेन्टाइनमा बस्दै आएका अधिकांशले आफ्नो PCR र RDT रिपोर्ट नेगेटिभ देखाए पनि आजको परिक्षणमा पोजिटिभ देखिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जस्वानी केसीले जानकारी दिएका छन ।

तुलसीपुर उपमहानगरपालिकाबाट हालसम्म PCR परिक्षणका लागि पठाइएका १ हजार ३ सय ४० स्वाव नमुनामध्ये सवैको रिपोर्ट प्राप्त भएको, जसमध्ये ५२ जनाको मात्र कोरोना पोजिटिभ देखिएको थियो । त्यस्तै RDT प्रविधिबाट गरिएका ४४७ जनाको नमुना मध्ये ७० जनको पोजिटिभ देखिएको फोकल पर्सन केसीले बताए ।
त्यस्तै आज क्वारेन्टाइनमा बस्दै आएका १० जना ब्यक्तिहरु डिस्चार्ज भएको उनले बताए ।


