• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Author: Shukra

दुर्घटनामा एक नेपालीको मृत्यु, परिवारलाई सम्पर्कमा आउन अपिल:

  • ३१ असार २०७७, बुधबार २२:१३ मा प्रकाशित
  • शुक्र मोक्तान

    साउदी अरब | साउदी अरबको राजधानी रियाद क्षेत्रमा कार्यरत ४१ वर्षीय ४००७०४९ नंबरको राहादानी बाहक कुमार थापा नाम रहेको एक नेपाली नागरिकको सडक दुर्घनामा परी मृत्यु भएको छ। मृतक थापा कम्पनी छोडी अन्यत्र नै कार्यरत रहेको कारण उनको राहादानी पुरानो कम्पनीमा रहेको र पुरानो कम्पनी कुन हो भनेर पत्ता लगाउन कठिन भएको कारण स्थाई ठेगाना पत्ता लगाउन र आवश्यक कागजात नभेटिँदा नेपाली दूतावास रियादले आवश्यक कामकार्वाहि अगाडी बढाउन सकिरहेको छैन।

    हामीलाई प्राप्त जानकारी अनुसार कम्पनी बाट भागेर काम गरेको हुनाले मृतकको राहदानी नभेटिएका कारण यहाँका सरकारले शवलाई अन्त्येष्टि गर्न खोजेको तर दूतावासले रोकेर राखेको छ।

    साउदीबाट प्रतिनिधित्व गरिरहेको एनआरएनए आईसिसी सदस्य नारायण पासवानले मृतकको परिवार पत्ता लगाउन सबैलाई आग्रह गरेका छन् । पासवानले यथासक्य छिट्टो मृतकको नजिकको आफन्त तथा परिवार साउदीको लागी नेपाली नियोग नेपाली दूतावास रियादको (0114611108) सम्पर्कमा आउन अपिल गरेको छ। साथै उनले NRNA ICC सदस्य नारायण पासवान (0558517861) अथवा NRNA NCC साउदीका अध्यक्ष तेज थापा (0504438377) को सम्पर्कमा आउन सक्ने पनि जनाएको छ।


    (नोट: कृपया यस समाचार/जानकारीलाई मृतकको परिवार सम्म पुर्याई दिन हाम्रो सम्पूर्ण पाठकहरूमा विशेष अनुरोध छ)

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on दुर्घटनामा एक नेपालीको मृत्यु, परिवारलाई सम्पर्कमा आउन अपिल:

    नेपाली महावाणिज्य दुतावास जेद्धाका महावाणिज्यदुत पौडेल र श्रमसहचारी कुँवरको बिदाई:

  • ३० असार २०७७, मंगलवार २३:०१ मा प्रकाशित
  • विष्णु न्यौपाने

    साउदी अरब | साउदी अरबको पश्चिमी क्षेत्रमा रहेको नेपाली माहाबाणिज्य दुताबास जेद्धाका माहाबाणिज्यदुत रेवती रमण पौडेल र श्रम सहचारी राजु कुँवरको कार्यकाल समापन भए संगै यहाँ स्थित नेपाली समुदायहरुले संयुक्त रूपमा १३ जुलाई २०२० का दिन एक कार्यक्रम आयोजना गरी बिदाई गरेका छन्। एनआरएनए एनसीसी साउदीका कोषाध्यक्ष सन्तोष लुईँटेलको संचालन रहेको उक्त कार्यक्रम कोरोना माहामारिको कारण भौतिक उपस्थित जनाएर बिदाइ गर्न नसकिने भएकोले बिद्युतिय माध्यम तथा सामाजिक संजाल जूम प्रयोग गरी भिडियो कन्फरेन्सबाट भएको थियो।

    कार्यक्रममा नेपाली माहाबाणिज्य दुताबास जेद्धाका वाणिज्यदुत भुवन पौडेल, एनआरएनए आईसीसी मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल, सदस्य नारायण पासवान, महिला सदस्य यासमिन वैगम, एनआरएनए एनसीसी साउदीका अध्यक्ष तेज थापा, प्रमुख सल्लाहकार डमर यादव लगायतका पदाधिकारीहरू, ताबुक,जिजान र जेद्धा क्षेत्रका क्षेत्रिय समन्वय समितिका पदाधिकारीहरू, जेद्धा क्षेत्रमा कृयाशिल नेपाली सेवा समाज, तमुंधी, नेपाली युवा क्लब लगायतका विभिन्न संघ संस्थाका प्रतिनिधिहरू साथै बुध्दिजिबी र समाजसेविको उपस्थिती रहेको थियो।

    कार्यक्रममा बोल्ने क्रममा वक्ताहरुले महावाणिज्यदुत रेवतीरमण पौडेल र महावाणिज्य दूतावास जेद्धाका लागी श्रमसहचारी राजु कुँवर प्रति बिशेष धन्यवाद व्यक्त गरेका थिए भने वक्ताहरूले महावाणिज्यदुत पौडेल र श्रमसहचारी कुँवरको कार्यकालमा नेपाली श्रमिकहरु प्रती उत्तरदायी रही श्रमिकहरूको समस्यालाई नजीकबाट नियालेर समाधान गरेको, आफ्नो मातहतमा रहेको क्षेत्रमा विभिन्न कारणले फसेका नेपाली घरेलु महिला कामदार तथा पीडित नेपालीहरुको उध्दार गर्दै क्षतिपूर्तिको लागि पहल गरेको, ब्लडमनी जस्ता जटिल केशहरुको समाधान गरेको,श्रमिक समस्या न्युनिकरण गर्नको निम्ती नेपाली समुदाय संग हातेमालो गर्दै विभिन्न समयमा सवारी दुर्घटना न्युनिकरण र हृदयघात तथा अन्य कारणले मृत्‍यु हुन बाट बच्नको निम्ती स्वास्थ्य सम्बन्धी सचेतनाका कार्यक्रमहरू ल्याएको,आवश्यकता अनुसार समय समयमा श्रमिक अन्तर्कृया कार्यक्रम गर्दै नेपाली श्रमिक तथा समुदायमा सुचनाको निरन्तर प्रवाह गरेको जस्ता विभिन्न काम कार्वाहीको मुक्त कण्ठले प्रसंशा गरेका थिए। साथ साथै अगामी दिनहरूमा राष्ट्रको सेवामा गरिने कार्य सफलताको कामना पनि गरेका थिए।

    त्यसै गरी मन्तव्य राख्ने क्रममा माहाबणिज्यदुत पौडेल र श्रमसहचारी कुँवरले संयुक्त रूपमा आफ्नो कार्यकाल अवधिभर नेपाली श्रमिकहरूको हकहितका लागी ईमानदारीका साथ निस्वार्थ भावनाले काम गरेको र नेपाली श्रमिकहरुको उध्दार तथा सेवामा आफुले कुनै कसुर बाँकी नराखेको बताए। श्रमिक हितको कार्यहरू गर्न महावाणिज्य दुतावास जेद्धा परिवार र नेपाली समाजका प्रतिनिधिहरुको साथ र सहयोग प्रति धन्यवाद व्यक्त गर्दै आफ्नो कार्यकाल सन्तोषजनक रहेको बताए।

    मन्तव्यकै क्रममा आफुहरु नेपाल वा अन्य जुनसुकै स्थानका प्रशासनिक क्षेत्रमा रहेर पनि साउदी अरबमा रहेका नेपाली श्रमिकहरुको हितको निम्ती यहाँ स्थित नेपाली समुदायले उठाएका हरेक श्रमिक समस्याहरूलाई सम्बोधन गर्न आफुले सक्दो पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए।

    Posted in राजनीति, समाजLeave a Comment on नेपाली महावाणिज्य दुतावास जेद्धाका महावाणिज्यदुत पौडेल र श्रमसहचारी कुँवरको बिदाई:

    कोभिड -१९ ले महिलाहरू अति प्रभावित : अधिकारकर्मी

  • २९ असार २०७७, सोमबार २२:१६ मा प्रकाशित
  • संवाददाता

    लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूकेले) ‘कोभिड १९’ ले महिलामा पारेको प्रभावबारे एक परिणाममुखी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार जुमबाट गरिएको उक्त अन्तरक्रियामा महिला बालवालिका तथा समाज कल्याण मन्त्री पार्वत गुरुङ प्रमुख अतिथि थिए ।

    महिला अधिकार तथा सामाजिक अभियन्ताको रुपमा कार्यरत ६ जना वक्ता ‘प्यानलिस्ट’ थिए भने महिला अधिकारकर्मी, एनआरएन अभियन्ता, पत्रकार लगायत झन्डै ९० जना सहभागी थिए । एनआरएनए यूकेले अन्तरक्रियामा विषयगत रुपमा घनिभूत छलफल भएको जनाएको छ ।

    नेपालका मन्त्री उपस्थित अन्तरक्रियामा उठान गरिएका विषय र त्यसमाथिको छलफलबाट प्राप्त निष्कर्ष सम्बन्धित क्षेत्रको समस्या पहिचान र समाधानका उपायहरुको कार्यान्वयनमा मद्दत पुग्ने संघका महासचिव फणिन्द्र भट्टराईले बताए।

    उक्त कार्यक्रम संयोजन एनआरएनए यूकेकी उपाध्यक्ष रोजिना प्रधान राई र सञ्चालन पत्रकार तथा अधिकारकर्मी निर्मला शर्माले गरेकी थिइन् । गैरआवासीय नेपाली संघ बेलायतकी अध्यक्ष पुनम गुरुङले अन्तरक्रिया कार्यक्रमको विषयवस्तु उठान गर्दै अहिले पनि नेपाली महिला देश तथा देश बाहिर पक्षपातपूर्ण व्यवहारको शिकार भइरहेको बताइन् । नेपाल र नेपाल बाहिरका नेपाली संघ संस्थाहरुमा समेत पुरुषहरु नै हावी भएको उनको दावी थियो । एनआरएन यूकेमा अहिले महिला नेतृत्व रहेको र यसमा झन्डै एक तिहाई महिला सहभागिता रहेको उनले जनाइन् ।

    सञ्चालिका निर्मला शर्माले घर समस्या र बाध्यताले गर्दा वैदेशिक रोजगारमा गएका महिलाहरु स्वदेश फर्किएर आएपछि त्यही घरमा जान नसक्ने अवस्थामा पुनर्स्थापना सवाल लगायत महिला समस्याका अनेक आयाम उठान गर्दै बहस थालनी गरेकी थिइन् ।

    कार्यक्रममा मन्त्री पार्वत गुरुङले एनआरएन यूकेको यस संवादले नीति निर्माण र कार्यान्वयन तहमा नेपाल सरकारलाई ठूलो सहयोग मिल्ने विश्वास व्यक्त गरे । वैदेशिक रोजगारका सुःखद दुःखद दुवै आयाम रहेको उल्लेख गर्दै मन्त्रीले नेपाल सरकार अल्पकालीन र दीर्घकालीन समस्या समाधानमा क्रियाशील रहेको बताए ।

    पुरुषको तुलनामा महिलामा कोभिड(१९ संक्रमण र मृत्युदर कम रहेको उनले जनाए । विदेशबाट फर्किने महिलाका लागि तीनै तहका सरकार र अन्य संघसंस्थाले पनि सक्रिय भूमिका निर्वाह गरेका जनाउंदै मन्त्री गुरुङले संकटको बेला सेवा पुर्याउने संघसंस्थाप्रति आभार व्यक्त गरे । कोरोना पीडित महिलाहरुलाई सेवा पुर्याउने संघ संस्थालाई सरकारले पुरस्कारको व्यवस्था गर्ने पनि उनले जनाए ।

    उनले विदेशमा कोभिड भोगेर नेपाललाई दिएको अनुभव र ज्ञान धेरै उपयोगी भएको बताउँदै आर्थिक, सामाजिक र शैक्षिक हिसाबले समाजलाई सक्षम बनाउनुपर्ने बेला भएकाले यसमा स्वतः लैंगिक समस्या जोडिन आउने उल्लेख गरे । समाज समृद्ध बनाउन उद्यमशीलताद्वारा आर्थिक रुपान्तरण गर्न एनआरएनसँग साझेदारी गरेर काम गर्न नेपाल सरकार तत्पर रहेको पनि उनले बताए ।

    कार्यक्रममा सांसद डिला संग्रौलाले विदेशबाट फर्किएका महिलाको वर्तमान अवस्था र पुनस्थापनाका विषयमा आफ्नो प्रस्तुति दिइन् । उनले कोभिड(१९ पश्चात अहिलेसम्म २४ हजार ३ सय ५१ जना नेपाल फर्किएकामा लैंगिक तथ्यांक नभएकोले महिलाबारे यकिन साथ भन्न नसकिने उल्लेख गरिन् ।

    विदेशबाट फर्किएका महिलामा सीमा, विमानस्थल, होल्डिङ सेन्टर र यात्राको समस्या रहेको सांसद संगौलाले जनाइन् । अव्यवस्थित क्वारेन्टाइन र स्वास्थ्य जाँच हुन नसकेको अवस्थाबारे पनि उनले प्रकाश पारेकी थिइन् । उनले महिलालाई आत्मनिर्भर बनाउन सहुलियत ऋण, तालिम र सीप प्रदान जस्ता उपायको अवलम्बन गर्नुपर्नेमा जोड दिइन् ।

    सामजिक अभियन्ता डा. रेणु अधिकारी राजभण्डारीले महिला हिंसा हिजो पनि र आज पनि रहेकामा ‘कोभिड १९’ ले समस्या थप उजागर गरेको जनाइन् । समाजमा महिलालाई हेर्ने दृष्टिकोणमा परिवर्तन नदेखिएको बताउंदै उनले चेतना र सोच कसरी बदल्ने भन्ने मुख्य सवाल रहेको उल्लेख गरिन् । नेपाल सरकारले ‘इन्टरभेन्सन’ को योजनामा थुप्रै कम गरेपनि घरेलु हिंसा ब्याप्त रहेको उनले बताइन् । नेपाल फर्किएका महिलाहरु क्वारेन्टाइनबाट समुदायमा जांदा खास समस्या शुरु हुने देखिएको उनको भनाइ थियो । राज्यका स्वास्थ्य लगायत सबै निकायहरु परिचालन गरेर घर घरमै पुग्न आवश्यक रहेको उनले बताइन् ।

    एनआरएनए आइसीसी मध्यपूर्वकी प्रतिनिधि यस्मिन बेगमले खाडी मुलुकका समस्या दर्शाइन् । उनले वैदेशिक रोजगारको ज्ञानमा कमी र घरेलु हिंसाका घट्ना पनि समस्याका रुपमा रहेको औंल्याइन् । खाडीबाट नेपाल फर्किएका महिलाको अवस्थामा राज्यको विशेष नजर आवश्यक देखिएको उनले बताइन् ।

    एनआरएनए, आइसीसी महिला संयोजक भोमा लिम्बुले संसारभर परेको ‘कोभिड १९’ प्रभाव र विशेषतः महिलाहरुको समस्या बारेमा अध्यावधिक तथ्यांक प्रस्तुत गरिन् । संसारका विभिन्न महादेशमा फरक फरक प्रकृतिका समस्या रहेका बताउँदै उनले विशेष गरेर मध्यपूर्व र अफ्रिकामा गर्भवती लगायतका महिलाहरु शेल्टरमा समेत रहेका उल्लेख गरिन् । एनआरएनका सबै राष्ट्रिय समन्वय परिषदहरु सहयोगका लागि क्रियाशील रहेको जनाउँदै उनले नेपालमा संयुक्त क्वारेन्टाइन र बलात्कारका घटनामा नेपाल सरकारको ध्यानाकर्षण समेत गराइन् ।

    पौरखी नेपाल आवद्ध मञ्जु गुरुङले नेपाली महिलाको सवालमा ‘घरले नहेरे माइत जानु, माइतीले पनि नहेरे मुग्लान जानु’ भन्ने उखान चरितार्थ रहेको बताइन् । नेपाल सरकारको प्रयासका बावजुद पनि महिलाका समस्या यथावत रहेका औंल्याउँदै उनले नेपालको सामाजिक सुरक्षा योगदानको आधारमा आधारित रहेको बताइन् । वैदेशिक रोजगार बोर्डको सेवा सुविधाबाट महिला वन्चित रहेको उनको धारणा थियो ।

    कार्यक्रमका सहभागीमध्ये आइसीसी सदस्य रामशरण सिम्खडा, वरिष्ठ पत्रकार भागिरथ योगी, धर्म तामाङ ९यूके०, अम्बिका खत्री (कतार), यशोदा गुरुङ, हरी भट्टराई (बेल्जियम) अमृता गिरी, सुनिता गौतम, जानकी पौडेल (अष्ट्रेलिया), बाबा राजेश्वरी थापा ९अष्ट्रिया०, अमित चाम्लिड्ग (कुवेत), प्रकाश कोइराला (यूएई अध्यक्ष) डा सुस्मा बस्नेत, भगवती रानाभाट, राजकुमार थापा (पोर्चुगल), लगायतले मन्त्री तथा अन्य वक्तामाझ प्रश्न र सुझाव प्रस्तुत गरेका थिए ।

    कार्यक्रममा अध्यक्ष पुनम गुरुङले छलफलमा उठेका समस्या, समाधानका उपाय, निष्कर्ष सहितको पूर्ण प्रतिवेदन गैर आवासीय नेपाली संघ बेलायतले एनआरएनए, आइसीसी लगायत नेपाल सरकारको सम्बन्धित मन्त्रालय, महिला अधिकारवादी संघसंगठन र अन्य सरोकारवाला निकायमा महत्वपूर्ण दस्तावेजको रुपमा प्रेषण र ‘फलोअप’ गर्ने बताइन् ।

    अन्त्यमा गैरआवासीय नेपाली संघ बेलायतका तर्फबाट कार्यक्रम संयोजक रोजिना प्रधान राईले सबैलाई धन्यवाद दिदै यस्ता कार्यक्रमल् महिलाहरुको शसक्तिकरणमा विशेष योगदान रेहने हुंदा अधिकांश सहभागीहरूले यस्ता कार्यक्रम पुन आयोजना गर्न अनुरोध आएको बताइन । सहभागी मध्येकी समर्पण समूहकी कान्ती गुरूङ श्रेष्ठले यो तह र ब्यबस्थित कार्यक्रम मा पहिलो पटक सहभागी हुन पाएकोमा एनआरएन यूकेलाई धन्यबाद दिइन ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on कोभिड -१९ ले महिलाहरू अति प्रभावित : अधिकारकर्मी

    दोस्रो चरण सम्ममा ४१८३ जना संगै ६० शव साउदी बाट स्वदेश फर्किए।

  • २८ असार २०७७, आईतवार २२:२४ मा प्रकाशित
  • शुक्र मोक्तान

    साउदी अरब | विश्व व्यापी महामारीको रूपमा फैलिएको CoViD-19 कोरोना भाईसका कारण वैदेशिक रोजगार तथा उच्च शिक्षाको लागी विभिन्न देशमा पुगेका नेपाली नागरिकहरू स्वदेश फर्किन नपाई अपठेरोमा परेकाहरूलाई नेपाल सरकार मन्त्रिपरिषदको निर्णय अनुसार चार्टर्ड उडान मार्फत प्राथमिकताका आधारमा नेपाली नागरिकलाई स्वदेश फर्काउने पहिलो र दोस्रो चरणको उक्त कार्य पुरा गर्दै यही असार २८ बाट औषिजन्य कार्गो उडान बाहेक अन्य चार्टर्ड उडानहरू तिन दिनको लागी स्थगित गरेको छ।

    यसै क्रममा साउदी अरबबाट कोरोना लगायत विभिन्न कारणले स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरू मध्ये ४ हजार १ सय ८३ जना नेपाली नागरिकहरू स्वदेश फर्किएका छन् भने उक्त यात्रुहरू संगै साउदी अरबको विभिन्न शहरमा विभिन्न कारणले मृत्यु भएकाहरू मध्ये नेपाली दूतावास रियाद र नेपाली महावाणिज्य दूतावास जेद्धाले कागजी प्रकृया पुरा गरी अन्तिम संस्कारको लागी ६० जनाको शव स्वदेश पठाएको छ। गैर आवासीय नेपाली संघको निरन्तर पहल, नेपाली नियोग दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा साउदीमा १८ जुनबाट चार्टर्ड उडान सुरू भएको थियो भने जुलाई ११ मा हिमालय एयरले दम्माम बाट अन्तिम उडान गरेको थियो।

    स्वदेश फर्किएका नागरिकहरूमा साउदी अरबको पूर्वी शहर दम्माम बाट हिमालय एयरको १० वटा उडान मार्फत १५ सय ३५ जना र नेपाल वायुसेवा निगमको दुई वटा उडान मार्फत ४ सय ४ जना गरी १९ सय ३९ जना स्वदेश फर्किएका छन् जस मध्ये ५८ जना डिपोर्टेशनको लागी कारागारमा रहेको नेपालीहरू रहेका छन् साथै उक्त यात्रुहरू संगै विभिन्न कारणले साउदीको पूर्वि शहर दम्माममा मृत्यु भएकाहरू मध्ये नेपाली दूतावासले प्रकृया पुरा गरी अन्तिम संस्कारको लागी १५ जनाको शव स्वदेश पठाएको छ।

    त्यस्तै साउदी अरबको राजधानी रियादबाट नेपाल वायुसेवा निगमको ६ वटा चार्टर्ड उडान मार्फत १५ सय ७ जना यात्रु संगै नेपाली दूतावासले प्रकृया पुरा गरी अन्तिम संस्कारको लागी राजधानी रियाद क्षेत्रमा रहेको ३९ जनाको शव स्वदेश पठाएको छ। त्यसै गरी साउदी अरबको पश्चिमी क्षेत्र जेद्धा बाट नेपाल वायुसेवा निगमको ३ वटा चार्टर्ड उडान मार्फत ७ सय ३७ जना यात्रु संगै नेपाली महावाणिज्य दूतावास जेद्धाले प्रकृया पुरा गरी अन्तिम संस्कारको लागी ६ जनाको शव स्वदेश पठाएको छ।

    यस चार्टर्ड उडान अवधिमा स्वदेश फर्किएका नागरिकको अवस्था र व्यवस्थापनको समिक्षाको लागी भन्दै नेपाल सरकारले स्वदेश फिर्तिको लागी गर्दै आएको सहजीकरणको चार्टर्ड उडानहरू तिन दिनको लागी स्थगन गरेको छ भने नेपाली दूतावास रियादले दिएको जानकारी अनुसार तेस्रो चरणको उडान यही जुलाई १६ मा साउदीको दम्मामबाट ४ वटा र रियादबाट २ वटा गरी उक्त दिन ६ वटा उडान हुने र २० जुलाईमा साउदीको रियादबाट २ वटा र दम्मामबाट २ वटा गरी उक्त दिन नेपाल वायु सेवा निगमको विमानले ४ वटा उडान गर्ने तय भएको छ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on दोस्रो चरण सम्ममा ४१८३ जना संगै ६० शव साउदी बाट स्वदेश फर्किए।

    NRNA साउदीले वार्षिकोत्सवमा लाग्ने खर्चले नेपालमा स्वास्थ्य सामाग्री दिने ।

  • २८ असार २०७७, आईतवार ००:४५ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब |

    गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले मिती १०-जुलाई-२०२० का दिन आठौं पूर्ण बैठक एनसीसी अध्यक्ष तेज थापाको अध्यक्षतामा सम्पन्न गरेकोछ। बैठकमामा एनआर एनए एनसिसी साउदी अरबका सम्पूर्ण पदाधिकारी, सल्लाहकार तथा संरक्षक परिषद, आइसिसी पदाधिकारीहरु,महिला सदस्य लगायत कोरोना उध्दार कार्यदलका सम्पूर्ण पदाधिकारीहरुको उपस्थिती रहेको थियो। पूर्व निर्धारित योजना अनुसार बैठकमा कोरोना उध्दार सम्बन्धी समिक्षा,आगामी वार्षिकोत्सव तथा सल्लाहकार मनोनयन सम्बन्धी घनिभूत छलफल गरी तपसिलका बुंदामा निर्णय गर्दै आठौं पूर्ण बैठक समापन गरेको छ।

    कोरोना राहत तथा उध्दार कार्यमा एनआरएनए साउदीले गरेको भूमिका बारे समिक्षा: विश्वभर महामारिको रूपमा फैलिएको प्राणघातक रोग कोरोना भाईरस (COVID-19)का कारण साउदी अरबमा रहेका नेपाली श्रमिकहरु प्रति भैपरी आउने आपतकालिन परिस्थितीलाई मध्यनजर गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदि अरबको सचिवालयले २३-मार्च-२०२० का दिन बिशेष आकस्मिक बैठकआह्वान गरेको थियो। बैठकले कोरोना भाईरस उध्दार सम्बन्धी घनिभूत छलफल द्वारा निर्णय गर्दै एनआर एनए एनसिसी साउदिका अध्यक्ष तेज बहादुर थापाको संयोजकत्वमा (अन्तरराष्ट्रिय समन्वय परिषदमा प्रतिनिधित्व गर्ने गरी दुई जना सदस्य तेज बहादुर थापा-अध्यक्ष र धुर्ब कुमार रिजाल-बरिष्ठ लाई चयन गर्दै २६ सदस्सिय कोरोना उध्दार कार्यदल गठन गरेको थियो। तत्पश्चात १०-अप्रेलका दिन देखी रोजगारी गुमाएर खान बस्न समेत नपाएका नेपालीहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै एघारौं हफ्ता पार गरेको परिपेक्षमा हाल सम्म कार्यदलका सम्पूर्ण पदाधिकारीले यस्तो बिषम परिस्थितिमा पनि आफ्नो ज्यान समेतको प्रवाह नगरि पीडितहरुलाई खाद्यान्न उपलब्ध गराउने, पीडितहरु बाट आएका फोनकल, म्यासेजहरुलाई सम्बन्धित निकाय सम्म्म पुर्याएर समाधानको निम्ती पहल गर्ने जस्ता कार्य गरेकोमा सिंगो एनसिसी सन्तुष्ट रहेको निर्क्योल गर्दै यस महान कार्यमा संघका हरेक पदाधिकारी संग समन्वय गर्दै नेपालीहरुको उध्दार तथा स्वदेश फिर्तिमा बिषेश पहल गरेकोमा नेपाली राजादुतावास रियाद, नेपाली राजादुताबास बाट साउदीको पुर्बी क्षेत्र दमामका लागि खटिएका स्थानिय कर्मचारी श्री हरी घिमिरे र नेपाली महावाणिज्य दुतावास जेध्दा प्रती हार्दिक आभार प्रकट गरेको थियो।

    संघको आगामी वार्षिकोत्सव: कोरोनाको माहामारिको बिषम परिस्थितिलाई मध्यनजर गर्दै एनआरएनए एनसिसी सिसी साउदीको यो बर्षको वार्षिकोत्सव प्रतक्ष रूपमा गर्न नमिल्ने भएकोले आगामी ३१-जुलाइ-२०२० शुक्रबारका दिन ZOOM द्वारा अनलाइन वार्षिक समिक्षा गर्ने निर्णय गरेको छ साथै यसपटकको बार्षिकोत्सवका लागि लाग्ने लागत प्रत्यक्ष रूपमा खर्च नहुने भएकोले बचत रकम बाट नेपालमा स्वास्थ्य सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ।

    सल्लाहकार मनोनयन: गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद लाई बिभिन्न समयमा बिशेष अनुभवी तथा बिज्ञ ब्यक्तिहरुको सल्लाह सुझाब आवश्यकता पर्ने भएकोले साउदी अरबमा रहेर नेपाली समाज र श्रमिकप्रती बिशेष योगदान पुर्याउंदै आएका बिशिष्ट सामाजिक तथा बौध्दिक ब्यक्तित्व डा. अनिरुद्र पाठकलाई बैठकमा उपस्थित सर्वसम्मतिले एनआरएनए एनसीसी साउदीको सल्लाहकार समितिमा मनोनयन गरेको छ। गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबले कोरोनाको बिपद घडीमा साउदी अरबमा कृयासिल नेपाली संघ-संस्थाहरु, सामाजिक अभियान्ताहरु, बुद्धिजीवी वर्ग लगायतका सबै सँग संयुक्त रूपमा हातेमालो गर्दै राष्ट्रिय स्तरका भूमिका र योगदान पुर्याउंदै आएको र आगामी दिनमा संघको साधन श्रोतले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता ब्यक्त गर्दै बैठक समापन गरेको थियो।

    Posted in ताजा अपडेट, समाजLeave a Comment on NRNA साउदीले वार्षिकोत्सवमा लाग्ने खर्चले नेपालमा स्वास्थ्य सामाग्री दिने ।

    साउदीबाट २५ सय ४७ जना संगै ४० जनाको शव स्वदेश फर्किए।

  • २० असार २०७७, शनिबार २२:१८ मा प्रकाशित
  • शुक्र मोक्तान

    साउदी अरब |साउदी अरबबाट नेपाल वायुसेवाको विमानले पछिल्लो समय जुलाई ३ मा एकै दिन दुई चार्टरउडान भरेको छ । एयरलाइन्सले जुलाई ३ तारिख राती साउदीको राजधानी रियादबाट चौथो र पूर्वी शहर दमामबाट पहिलोपटक चार्टर उडान गरेको हो ।

    रियादबाट भएको उडानबाट यहाँ समस्यामा परेका र विभिन्न कारणले स्वदेश फर्किन नपाएकाहरू मध्ये २४९ जना स्वदेश फर्काइएको दूतावासले जनाएको छ । दूतावासका अनुसार करार अवधि पूरा भएका, रोजगारी गुमाएका, पारिवारिक भिसामा आएका लगायत अन्य समस्यामा भएका नेपाल फर्किनु पर्नेहरु स्वदेश फर्किएका छन् ।

    त्यसै गरी गैर आवसिय नेपाली संघका मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालका अनुसार सोही दिन राती (जुलाई ३ तारिख) नेपाल एयरलाइन्सले दमामबाट भरेको पहिलो उडानबाट १ महिला सहित १४५ जना र सोही दिन हिमालय एयरलाइन्सको छैठौँ उडानबाट २ महिला सहित १५४ जना गरी कुल २ सय ९९ जना स्वदेश फर्किएको छ । अर्यालका अनुसार उडानबाट नेपाल सरकारले तय गरिएको प्राथमिकताका आधारमा आधारित कोरोनाका कारण रोजगारी गुमाएका, दिर्घ बिरामी, अपांग, काजकिरियाका लागि जानुपर्ने लगायतका नेपाली श्रमिकहरू स्वदेश फर्किएका छन् ।

    यसरी नेपाल सरकारले गरेको सहजीकरणमा भएको उडान मार्फत हाल सम्ममा साउदी अरबबाट नेपाल फर्किनै पर्ने नेपाली नागरिकहरू मध्ये २५ सय ४७ जना स्वदेश फर्किसकेका छन्। जसमा नेपाल सरकार द्वारा निर्धारण गरिएको प्राथमिकताका आधारमा आधारित नेपाली नागरिकहरू परेका छन्।

    NRNA NCC Saudi

    यस्तै साउदी अरबमा विभिन्न कारणले मृत्यु भएका नेपालीहरू मध्ये रियादबाट जुलाई ३ मा भएको उडानमा ५ वटा र सोही दिन दमामबाट भएको हिमालय एयरको उडानमा २ गरी कुल ७ वटा शव नेपाल पठाइएको नेपाली दूतावास रियादले जनाएको छ। साउदीमा १८ जुन बाट सहजीकरणको उडान सूरू भए यता हाल सम्ममा कुल ४० जनाको शव नेपाली दूतावास रियादले अन्तिम संस्कारको लागी नेपाल पठाईएको छ।

    Dammam Airport
    Dammam Airport

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीबाट २५ सय ४७ जना संगै ४० जनाको शव स्वदेश फर्किए।

    एनआरएनएलाई ILO बाट कोभिड १९ सपोर्टको लागि ५ करोड

  • २० असार २०७७, शनिबार २१:१८ मा प्रकाशित
  • संवाददाता

    काठमाडौँ | गैरआवासीय नेपाली संघको मिडिया एण्ड पब्लिकेशन कमिटीका अनुसार संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाइ कोभिड-१९ सहयोगको लागि ५ करोडको सहयोग प्रदान गरेको छ।

    एनआरएनए र ILO जुन २९, २०२० मा ४,२४,३१० अमेरिकी डलर जसको नेपाली जुलाई ४, २०२० को नेपाल राष्ट्र बैंकको दर अनुसार ५,०१,४९, १९८ रहयोग रकमको संझौता भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले बैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुको सहयोगको लागि एनआरएनएले गरेको सहयोग प्रस्तावको लागि सो रकम प्रदान गरेको हो।

    परियोजना जुलाई १, २०२० देखि फेब्रवरी २८, २०२१ सम्म ८ महिनामा सम्पन्न हुनेछ। यो परियोजना नेपाली श्रमिकहरुको मानबीय अधिकार र सहयोगको लागि कोभिड-१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपाली श्रमिकहरुको सहयोगार्थ हो। परियोजनाको रकम कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्चिइने कुरा संझौतामा उल्लेख छ।

    गैरआवासीय नेपाली संघले ती मुलुकहरुमा रहेका नेपाली श्रमिकहरुको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको कुरा संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभएको छ। ती कार्यालयहरुबाट विदेशमा कोरोनाकै कारण कानुनी अड्चनमा परेकाहरुलाई परार्मश दिने तयारी छ, अध्यक्ष कुमार पन्तले भन्नुभएको छ। यसका साथै सो रकम नेपाल फर्किने श्रमिकहरुका लागि समेत खर्च गरिनेछ।

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on एनआरएनएलाई ILO बाट कोभिड १९ सपोर्टको लागि ५ करोड

    साउदीबाट थप ४०८ जना यात्रु संगै १५ जना नेपालीको शव स्वदेश फर्किए:

  • १३ असार २०७७, शनिबार १६:१० मा प्रकाशित
  • शुक्र मोक्तान

    साउदी अरब | सरकारको सहजिकरण र नेपाली नियोगहरूको समन्वयमा प्रबासमा कोरोना प्रकोपका कारण अड्किएका नेपाली नागरिकहरू स्वदेश फर्किने क्रम जारी छ। गत हप्ता बाट सुरू भएको चार्टर उडान मार्फत नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार प्राथमिकतामा परेको नेपाली नागरिकहरू स्वदेश फर्किँदै छन्। यसै क्रममा २६ जुनका दिन नेपाल एयरलाईन्सको रियाद बाट दोस्रो र दम्माम बाट हिमालय एयरलाईन्सको तेस्रो उडान मार्फत  क्रमश: २५४ र १५४ गरी ४ सय ८ जना नेपाली स्वदेश फर्किएका छन्।


     नेपाली दुताबास रियादको प्रतिनिधि तथा साउदी अरबको पूर्वि क्षेत्र दम्मामका लागी स्थानिय कर्मचारी हरी घिमिरेका अनुसार दम्माम बाट हिमालय एयरलाईन्सको उडान मार्फत २६ जुनका दिन १५४ जना नेपाली नागरिकहरू नेपाल पठाईएको छ भने विभिन्न कारणले साउदी अरबमा मृत्यु भएको र अन्तिम संस्कारका लागी अनुमती जारी भएको शवहरू पठाउने तयारी हुँदा हुँदै कागजी काम पुरा नहुँदा यसपटक दम्मामबाट कुनै शव नेपाल पठाउन सकिएन ।

    त्यसै गरी नेपाल वायुसेवा निगमले साउदी अरबको लागी तोकिएको प्रतिनिधि सुरेश राज त्रिपाठीका अनुसार उक्त उडानको लागी २५६ जनाले टिकट लिएतापनि २ जनाको कागजी र कानुनी प्रवधान पुरा नभएका कारण विमान स्थल बाट फर्किएका छन्। उनका अनुसार दुताबास रियादको मातहदमा रहेका विभिन्न कारणले मृत्यु भएका र अन्तिम संस्कारका लागी अनुमति प्राप्त नेपालीको शव मध्ये दुताबासले १५ वटा शवलाई २६ जुनको नेवानिको चार्टर्ड उडान मार्फत रियादबाट नेपाल पठाएको छ।

    “कोभिड-१९को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्कनै पर्ने नेपाली नागरिकहरूको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश २०७७” अनुसार नेपाल सरकार द्वारा तय गरिएको प्राथमिकताका आधारमा पहिलो चरणको उडान मार्फत नेपाल फर्किनु पर्ने मध्ये हाल सम्ममा  नेपाली दुताबास रियादको समन्वय, एनआरएनए साउदीको सहकार्य र नेपाल सरकारले सहजीकरण गरेको पहिलो चरणको उडान मार्फत साउदी अरब बाट १२ सय १५ जना नेपाली नागरिकहरू संगै १९ जना नेपालीको शव स्वदेश फर्किएका छन्।

    नेपाली दूतावास रियादले सुचना जारी गर्दै अर्को उडान दम्मामबाट हिमालय एयरको २९ जुनमा र नेपाल वायुसेवा निगमको रियादबाट ३० जुनमा हुने गरी समय तालिका तय भएको बताईएको छ।

    दम्माम विमान स्थल
    तस्विर स्रोत: दुताबास कर्मचारी हरी घिमिरे
    रियाद विमान स्थल
    तस्विर स्रोत: नेवानि प्रतिनिधि सुरेश राज त्रिपाठी

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीबाट थप ४०८ जना यात्रु संगै १५ जना नेपालीको शव स्वदेश फर्किए:

    सउदीमा कोरोना संक्रमणको पछिल्लो अवस्था बारे NRNA साउदीको रिपोर्ट:

  • १३ असार २०७७, शनिबार ००:४३ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | कोरोना महामारिका कारण हाल सम्म साउदि अरबमा संक्रमित संख्या १७४,५७७ र मृत्‍यु हुनेको संख्या १४७४ पुगेको छ भने १२०,४७१ जना कोरोनाबाट निको भएर फर्केका छन्।साउदी अरबमा संक्रमित नेपाली नागरिकको सम्बन्धमा आधिकारिक निकाय नेपाली दुताबासले दिएको पछिल्लो जानकारी अनुसार नेपालीहरुको संक्रमित संख्या १३६४ रहेको र ९ जना नेपाली नागरिकको कोरोनाकै कारण ज्यान गएको पुष्टी भएको छ।

    कोरोनाका कारण साउदी अरबमा संक्रमित तथा मृतक नेपालीको पछिल्लो अवस्था (संख्यात्मक) अद्यावधिक, स्वदेश फिर्तिको लागि वास्तविक पिडितको पहिचान गरी नि:शुल्क स्वदेश फिर्तिको ब्यवस्था, कोरोना बाहेक अन्य कारणले मृत्‍यु भएका नेपालीहरुको शव नेपाल पठाउने ब्यवस्था, पिडितहरुको जिवन रक्षा, विमा तथा अन्य सेवा सुविधा लगायतका विषयवस्तु समेटिएको ७ बुँदे अनुरोध सहितको ज्ञापन पत्र र संयुक्त प्रेस विज्ञप्ती मार्फत यहाँ स्थित नेपाली राजदुताबास र महावाणिज्य दुताबासलाई एनआरएनए साउदीले संस्थागत अनुरोध तथा ध्यानाकर्षण गराई सकेका छन्।

    स्वदेश फिर्ती: नेपाल फर्किनको निम्ती कोरोना टेस्ट र अन्य प्रक्रियामा अल्झिएका अधिकांश नेपालीहरुबाट आएका फोन कलहरुलाई विभिन्न क्षेत्रमा रहेका संघका कार्यदलका पदाधिकारीले आवश्यक सुचना प्रवाह गर्नुको साथै सम्बन्धित निकाय संग समन्वय गर्ने कार्य निरन्तर हुँदै आएको छ। नेपाल सरकार द्वारा तय गरिएका प्राथमिकताको आधारमा साउदी अरबमा अफ्ठेरोमा परेका नेपालीहरु स्वदेश फिर्तिको लागी नेपाल सरकारको सहजीकरणमा नेपाल वायुसेवा निगम र हिमालय एयरको चार्टर्ड उडान कार्यको शुरुवात १८-जुन-२०२० देखी शुरु भएको थियो।जसअन्तर्गत १८-जुनमा साउदिको दम्मामबाट १५३ जना,२०-जुनमा राजधानी रियादबाट २४७ जना २३-जुनमा दम्मामबाट दोस्रो उडान मार्फत १५४ जना र २४-जुनमा जेद्धाबाट २५३ जना गरी हाल सम्म कूल ८०७ जना नेपालीहरु सहित ४ वोटा शव नेपाल पुर्याइएका छन्।

    पिडितलाई राहत अभियान: यो साता थप २८ जना पिडितलाई खाद्यान्न उपलब्ध गराउनुको साथै हाल सम्म एनआरएनए साउदी अरब समक्ष आएका ३७३ जना पिडितहरुलाई यहाँ स्थित नेपाली कुटनितिक नियोगहरुसंग समन्व्य र पैरवी पहल गर्दै तत्कालका लागि खाद्यान्न बितरण गर्दै आएको आएको छ। साथै ४०० भन्दा बढी संख्यामा आएका पिडितहरूको गुनासोहरु नेपाली राजदुताबास रियाद र महावाणिज्य दुताबास जेद्धा संग समन्वय गरी दुताबासको पहलमै समाधान र कानुनी उपचार सहित स्वदेश फिर्ताको प्रक्रियामा रहेका छन्।

    एनआरएनए साउदीको आन्तरिक विषयवस्तु: २६-जुन-२०२० का दिन बसेको बैठकमा संघको कोरोना उद्धार कार्यदल कमिटी सहित NRNA NCC का सम्पूर्ण पदाधिकारी, सल्लाहकार परिषद, आइसिसी पदाधिकारीको उपस्थिती रहेको थियो।बैठकमा उपस्थित वक्ताहरुले बोल्ने क्रममा: नेपाल जाने तयारीमा नाम सार्वजनिक भएका पिडितहरुलाई मेडिकल टेस्ट लगायत अन्य प्रक्रियाको लागि समन्वय र सहजीकरण गरिरहेको, भौगोलिक हिसाबले साउदी अरबको क्षेत्रफल ठुलो रहेकोले साउदीका सबै स्थानमा कोरोना परिक्षण सुबिधा उपलब्ध नभएको गुनासोहरुलाई समेत आवश्यक परामर्श दिँदै समन्वय गरिरहेको साप्ताहिक गतिबिधीहरु जानकारी गराउने क्रममा पदाधिकारीहरूले आ-आफ्नो क्षेत्रगत रिपोर्ट स्वरूप जानकारी गराएका थिए।

    साउदीमा फसेका नेपालीहरुलाई सरकारले स्वदेश फिर्तिको प्रबन्ध मिलाएको तालिका अनुसार फर्किने क्रम जारी रहेको र हाल सम्म केही नेपालीहरु फर्की सकेको भएपनी वास्तबिक पीडित नेपालीहरु जस्तै बहिर्गमन भिसा लागिसकेका, बेरोजगार भएका, बिभिन्न कारणले अवैध रूपमा बसेका र डिपोर्टेसन सेन्टरमा रहेका नेपालीहरुको निम्ती कोरोना टेस्ट, टिकट रकम जुटाउन नसक्ने भएकोले त्यसता पिडितहरु छुट्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै सरकारले वास्तविक पिडितको पहिचान गरी फर्काउने, नेपालमा पुर्याएर स्वास्थ्य सेवा, रोजगारीको व्यवस्था, कोरोना परिक्षण तथा क्वेरन्टाइन सेवा सरकारले गर्नुपर्ने धारणा ब्यक्त गरेका थिए।

    एनआरएनए साउदीले नेपाली कामदारहरुको जिवन रक्षा, स्वदेश फिर्ती साथै तत्कालका लागि पीडितहरुलाई मानविय राहत सहयोग गर्दै साउदी अरब स्थित नेपाली राजदुताबास रियाद तथा महावाणिज्य दूतावास जेद्धा बिच समन्वयको नवौं हप्ता पार गरिसकेका छ भने यसलाई एनआरएनए साउदीको स्रोत साधनले भ्याएसम्म निरन्तरता दिने प्रतिबध्दता एनआरएनए साउदीले जाहेर गरेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on सउदीमा कोरोना संक्रमणको पछिल्लो अवस्था बारे NRNA साउदीको रिपोर्ट:

    बहिर्गमन भिषा म्याद सम्बन्धमा दूतावास रियादको जरूरी सुचना:

  • १२ असार २०७७, शुक्रबार २१:११ मा प्रकाशित
  • संवाददाता

    साउदी अरब | नेपाली दुताबास रियादले विभिन्न बहिर्गमन भिषाको म्याद सकिएको नेपाली नेपाली नागरिकको सम्बन्धमा २६ जुन २०२० का दिन सुचना जारी गरेको छ। सुचनाका अनुसार बहिर्गमन भिषा(Final Exit Visa) पुनः प्रवेश भिषा(Re-entry Visa) सबै प्रकारका भिजिट भिषा र पर्यटक भिषा लिएका व्यक्तिहरु कुनै पनि सरकारी जरिवाना नतिरी स्वदेश फर्किन पाउने भएको छ।

    नेपाली दुताबास रियादले उक्त सुचनामा भनिएको छ: “साउदी सरकारले हालै जारी गरेको सूचना अनुसार कोरोना भाइरस संक्रमणको प्रकोपका कारणले अर्को निर्णय नभएसम्मका लागि बहिर्गमन भीसा (Final Exit Visa), पुनः प्रवेश भीसा (Re-entry Visa, सबै प्रकारका भिजिट भीसा र पर्यटक भीसा लिएका यहाँका कुनै पनि प्रस्थान विन्दुबाट स्वदेश फर्कन चाहने व्यक्तिहरुको भीसाको म्याद समाप्त भएको भएता पनि कुनै शुल्क वा जरिवाना नतिरी जान सक्ने व्यवस्था गरेको व्यहोरा सबैमा जानकारी गराईन्छ ।”

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेटLeave a Comment on बहिर्गमन भिषा म्याद सम्बन्धमा दूतावास रियादको जरूरी सुचना:

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P