साउदीबाट थप ४०८ जना यात्रु संगै १५ जना नेपालीको शव स्वदेश फर्किए:

  • १३ असार २०७७, शनिबार १६:१० मा प्रकाशित
  • शुक्र मोक्तान

    साउदी अरब | सरकारको सहजिकरण र नेपाली नियोगहरूको समन्वयमा प्रबासमा कोरोना प्रकोपका कारण अड्किएका नेपाली नागरिकहरू स्वदेश फर्किने क्रम जारी छ। गत हप्ता बाट सुरू भएको चार्टर उडान मार्फत नेपाल सरकारले निर्धारण गरेको मापदण्ड अनुसार प्राथमिकतामा परेको नेपाली नागरिकहरू स्वदेश फर्किँदै छन्। यसै क्रममा २६ जुनका दिन नेपाल एयरलाईन्सको रियाद बाट दोस्रो र दम्माम बाट हिमालय एयरलाईन्सको तेस्रो उडान मार्फत  क्रमश: २५४ र १५४ गरी ४ सय ८ जना नेपाली स्वदेश फर्किएका छन्।


     नेपाली दुताबास रियादको प्रतिनिधि तथा साउदी अरबको पूर्वि क्षेत्र दम्मामका लागी स्थानिय कर्मचारी हरी घिमिरेका अनुसार दम्माम बाट हिमालय एयरलाईन्सको उडान मार्फत २६ जुनका दिन १५४ जना नेपाली नागरिकहरू नेपाल पठाईएको छ भने विभिन्न कारणले साउदी अरबमा मृत्यु भएको र अन्तिम संस्कारका लागी अनुमती जारी भएको शवहरू पठाउने तयारी हुँदा हुँदै कागजी काम पुरा नहुँदा यसपटक दम्मामबाट कुनै शव नेपाल पठाउन सकिएन ।

    त्यसै गरी नेपाल वायुसेवा निगमले साउदी अरबको लागी तोकिएको प्रतिनिधि सुरेश राज त्रिपाठीका अनुसार उक्त उडानको लागी २५६ जनाले टिकट लिएतापनि २ जनाको कागजी र कानुनी प्रवधान पुरा नभएका कारण विमान स्थल बाट फर्किएका छन्। उनका अनुसार दुताबास रियादको मातहदमा रहेका विभिन्न कारणले मृत्यु भएका र अन्तिम संस्कारका लागी अनुमति प्राप्त नेपालीको शव मध्ये दुताबासले १५ वटा शवलाई २६ जुनको नेवानिको चार्टर्ड उडान मार्फत रियादबाट नेपाल पठाएको छ।

    “कोभिड-१९को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्न असहज परिस्थितिका कारण स्वदेश फर्कनै पर्ने नेपाली नागरिकहरूको सम्बन्धमा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धि आदेश २०७७” अनुसार नेपाल सरकार द्वारा तय गरिएको प्राथमिकताका आधारमा पहिलो चरणको उडान मार्फत नेपाल फर्किनु पर्ने मध्ये हाल सम्ममा  नेपाली दुताबास रियादको समन्वय, एनआरएनए साउदीको सहकार्य र नेपाल सरकारले सहजीकरण गरेको पहिलो चरणको उडान मार्फत साउदी अरब बाट १२ सय १५ जना नेपाली नागरिकहरू संगै १९ जना नेपालीको शव स्वदेश फर्किएका छन्।

    नेपाली दूतावास रियादले सुचना जारी गर्दै अर्को उडान दम्मामबाट हिमालय एयरको २९ जुनमा र नेपाल वायुसेवा निगमको रियादबाट ३० जुनमा हुने गरी समय तालिका तय भएको बताईएको छ।

    दम्माम विमान स्थल
    तस्विर स्रोत: दुताबास कर्मचारी हरी घिमिरे
    रियाद विमान स्थल
    तस्विर स्रोत: नेवानि प्रतिनिधि सुरेश राज त्रिपाठी

    0 thoughts on “साउदीबाट थप ४०८ जना यात्रु संगै १५ जना नेपालीको शव स्वदेश फर्किए:

    1. sir hamro ne palo kurda kurda 3maina hunna lageu palo aauchha ki bhandai kurdai chhu mcc company ko kaile aauchha palo. Bhannus nha …?yah dherai chhan npl jane toole.!

    2. Jeddah ma kina aeti Santi ho Riyadh ra Dammam bata praya plain gaeko gai xan Tara Jeddah bata only one flight matra arko Nama wali nikaliekai xaina Jeddah ma k ko Kami le hola Sarai garo bhayo 4 mahina Delhi Kotha ma baseko hami mero name khadka Bahadur chhetri mobile number 0590882855

    Leave a Reply