इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने

  • ५ श्रावण २०७७, सोमबार ००:०६ मा प्रकाशित
  • काठमाडौं : एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आगामी साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने जनाएको छ । संस्थाका अनुसार सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा विक्रि खुल्ला गरिन लागिएको हो ।

    संस्थाले हाल कायम रहेको जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको जनाएको छ । हाल संस्थाको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

    संस्थाका अनुसार जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरिनेछ ।

    उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ ।

    विश्वभरि छरिएर रहेका नेपालीहरुको लगानीलाई एकिकृत गरी नेपालको सर्वांगीण विकाशमा योगदान पुर्याउने उद्देश्यले वि.स.।२०६९ सालमा एनआरएन ईन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनी स्थापना भएको हो । यो कम्पनीमा हाल ७९५ जना संस्थापक शेयरधनीहरु रहेका छन् ।

    कम्पनीमा गैर आवासिय नेपाल संघका पूर्व अध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. शेष घले, भवन भट्ट र वर्तमान अध्यक्ष कुमार पन्त लगायत अन्य गैर आवासीय नेपालीहरुको लगानी रहेको छ ।

    एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका डाइरेक्टर महेश कुमार श्रेष्ठका अनुसार यस कम्पनीले हालसम्म लगानी गरेका आयोजनाहरु यस प्रकार छ :-

    १) लमजुङ्ग जिल्लाको दोर्दी खोला जलविद्युत आयोजना (२७ मे.वा.)

    २) सानिमा मिडिल तमोर हाईड्रोपावर आयोजना (७३ मे.वा.)

    ३) तल्लो लिखु जलविद्युत आयोजना (२८.१ मे.वा.)

    ४)माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना (१४.३ मे.वा.)

    (दोर्दी खोला जलविद्युत आयोजना यसै वर्षभित्र सम्पन्न भै सञ्चालनमा आउने छ भने अन्य आयोजनाहरु २ वर्षभित्र सम्पन्न हुने गरी निर्माणाधिन अवस्थामा रहेका छन् )

    Leave a Reply