• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: वसन्त अनुभव

साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १२४

  • १६ असार २०८२, सोमबार १४:०८ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसय चौबिसमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०२/२९

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२४ एकसय चौबिसौँ चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~

    पञ्चाङ्ग:०१
    सुन्दर हिमाल हेर्न मन छ
    दुईचार शब्द केर्न मन छ
    प्राकृतिक छटा क्या छ गज्जब,
    यहाँ बसि श्वास फेर्न मन छ
    रमणीय ठाउँ बेर्न मन छ ।
    -सुशीला पौडेल

    ॐ

    पञ्चाङ्ग:०२

    सुन्दर शान्त नेपाल राम्रो साथी
    सनातन हिन्दु धर्म हाम्राे साथी
    जन्मदेखि मृत्यु पर्यन्त व्यवस्था
    विदेशी चलखेलले दाम्राे साथी
    दिनदिनै बिग्रेको छ काम्राे साथी ।
    -प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    पञ्चाङ्ग:०३
    सूर्य जस्तै चम्किन सक्नु पर्छ
    पोल्दा पानी छम्किन सक्नु पर्छ
    प्रकृतिको महिमा छ असाध्यै,
    यस्मै हामी लम्किन सक्नु पर्छ
    परी आए गम्किन सक्नु पर्छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०४

    माथि निलाे आकाशकाे तलपट्टी सेताे हिउँ देखिन्छ
    पानीमा टलक्क टल्किएकाे यो हरियो जीउ देखिन्छ
    अरुले के अर्थ लगाई तर्क गर्लान् त्यो त ठेक्का लिन्न,
    नेपाल हेर्दा लाग्दछ स्वर्ग सानाे टुक्रा बिउ देखिन्छ
    मनाेरम दृश्य सानो घर आहा साच्चै घिउ देखिन्छ ।

    -भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग- ०५
    हिमालको सेतो छायाँ निलो तालमा टल्केको देखिन्छ
    हरियो बन चारैतिर सौन्दर्यता छल्केको देखिन्छ
    यस्तो दृश्य देखेपछि स्वर्गै पाए पनि नजाऊँ लाग्छ,
    नजर अन्त जानै मान्दैन आँखा यहीँ पल्केको देखिन्छ
    शब्दहरु निशब्द भइ भावतिरै सल्केको देखिन्छ।
    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग-०६
    अक्षर-१७

    वरिपरि हिमाल बिचमा देखिन्छ गाउँ हजुर
    यस्तो दृश्यले मनमा धेरै लेखिन्छ नाउँ हजुर
    रमाइलो सुन्दर त्यो ठाउँ कहाँ पो होला हेर्नु छ,
    वर्षा अनि मेघ लाग्यो भने छेकिन्छ ठाउँ हजुर
    लागिरहोस् घाम यो ठाउँ सधैं हेर्न पाऊँ हजुर।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    लघुकथा विशिष्ट प्रतियोगिता-२०८१ को अन्तिम नतिजा घोषणा, ‘टिफिन’ले ल्यायो प्रथम स्थान

  • १० असार २०८२, मंगलवार ०७:३१ मा प्रकाशित
  • वसन्त अनुभव
    १० असार/चितवन

    लघुकथा विशिष्ट प्रतियोगिता-२०८१ को अन्तिम नतिजा सार्वजनिक गरिएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर असार १० गते प्रतियोगिताको नतिजा घोषणा गरेको हो ।

    घोषित नतिजा अनुसार लघुकथाकार लोकनाथ पुडासैनीको लघुकथा ‘टिफिन’ प्रथम बन्न सफल भएको छ । उहाँ गण्डकी प्रदेशबाट सहभागी हुनुभएको थियोे । त्यस्तै लघुकथाकार मित्र उराठी गौतमको लघुकथा ‘आशीर्वाद’ले दोस्रो स्थान, लघुकथाकार तारानाथ पराजुलीको लघुकथा ‘समाचार’ले तेस्रो स्थान, लघुकथाकार लक्ष्मी रेग्मी खनालको लघुकथा ‘गणतन्त्रको चोट’ र लघुकथाकार कुमार काफ्लेको लघुकथा ‘सम्पदा संरक्षण’ सान्त्वना स्थान प्राप्त गरेका छन् । उहाँहरूले क्रमशः लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, गण्डकी प्रदेश र कोसी प्रदेशबाट प्रतिनिधित्व गर्नुभएको थियोे ।

    विजयी लघुकथाकारहरूले पूर्व घोषित निर्णय अनुसार प्रमाणपत्र सहित प्रथमले रु. २५०००/-, द्वितीयले रु. २०,०००/-, तृतीयले रु. १५,०००/- र सान्त्वना स्थान प्राप्त दुईजनाले पाँच/पाँच हजार नगद प्राप्त गर्नुहुनेछ । साथै प्रतियोगिताको पहिलो र दोस्रो चरणमा विजयी सम्पूर्ण लघुकथाहरूलाई मञ्चको सातौँ वार्षिक स्मारिकामा समावेश गरिने आयोजकले जनाएको छ ।

    आयोजक संस्था नमस्ते आधुनिक लघुकथा मञ्चले विजयी लघुकथा एवम् लघुकथाकारहरूमा हार्दिक बधाई एवम् शुभकामना व्यक्त गर्दै विजयी लघुकथाकारहरूको पुरस्कार वि.सं. २०८२ सालमा संस्थाद्वारा राप्ती नगरपालिका, चितवनमा गरिने औपचारिक राष्ट्रिय कार्यक्रममा प्रदान गरिने जनाएको छ ।

    लघुकथा विशिष्ट प्रतियोगिता, २०८१ दुई चरणमा सञ्चालन गरिएको थियोे । पहिलो चरणको प्रतियोगिता समूहगत (clusterwise) रूपमा मुलुकभित्र (नेपालका सातै प्रदेशका स्रष्टाहरूको सहभागिता सुनिश्चित हुने गरी) र मुलुकबाहिर (विश्वका जुनसुकै देशका नेपालीभाषी स्रष्टाहरूबाट सहभागिता सुनिश्चित हुने गरी) क्रमशः सञ्चालन गरिएको थियोे । यसरी समूहगत (clusterwise) रूपमा सञ्चालित प्रतियोगिताको निर्णायकज्यूहरूद्वारा मूल्याङ्कन गराई प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने लघुकथाका सर्जकलाई पुरस्कार प्रदान गरिएको थियोे ।

    त्यस्तै लघुकथा विशिष्ट प्रतियोगिता, २०८१ को दोस्रो चरणमा पहिलो चरणमा विजयी लघुकथाका सर्जकहरूलाई ‘मेरो विजयी लघुकथा, मेरो वाचन’ अन्तर्गत जुम हलमा कार्यक्रम सञ्चालन गरी वाचन गर्न लगाइएको थियोे । उक्त कार्यक्रम संस्थाद्वारा नियुक्त चार जना निर्णायकज्यूहरूले हेरेर/सुनेर र प्रथम चरणमा विजयी लघुकथाहरूको पुनर्मूल्याङ्कन गरेर प्रतियोगिताको अन्तिम नतिजा निकाल्नुभएको थियोे । जुन माथि उल्लेख गरिसकिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, लघुकथा विशिष्ट प्रतियोगिता, वसन्त अनुभव

    वर्ष लघुकथा स्रष्टा सम्मान- २०८२ बाट बस्याल सम्मानित

  • ९ असार २०८२, सोमबार १७:४५ मा प्रकाशित
  • वसन्त अनुभव
    ९ असार/चितवन

    नमस्ते आधुनिक लघुकथा मञ्चले ‘वर्ष लघुकथा स्रष्टा सम्मान- २०८२’बाट लघुकथा सर्जक खगेन्द्र बस्याललाई सम्मान गर्ने भएको छ । संस्थाले आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा असार ९ गते उक्त घोषणा गरेको हो ।

    संस्थाले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न पुरस्कार, पदक, सम्मान प्रदान गर्नुका साथै अग्रज एवम् वरिष्ठ व्यक्तित्वलाई अभिनन्दन गर्दै आएको छ ।

    वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै उत्कृष्ट लघुकथाहरू प्रेषित गर्ने लघुकथा स्रष्टाहरू मध्येबाट प्रथम, द्वितीय र तृतीय घोषणा गरेर पुरस्कार रकम सहित सम्मान गर्दै आएको मञ्चले यसपटक प्रथम स्थान लिन सफल स्रष्टा खगेन्द्र बस्याललाई मात्र पुरस्कारसहित सम्मान गर्न लागेको हो । उहाँलाई सम्मान पत्रसहित नगद रु. ७,०००/- रकम प्रदान गरिनेछ । गतवर्ष लघुकथाकार श्री सुरेशकुमार पाण्डेले उक्त सम्मान प्राप्त गर्नुभएको थियोे ।
    संस्थालाईले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा ‘वर्ष लघुकथा सर्जक सम्मान- २०८२’ प्रदान गरिनेछ ।

    लघुकथाकार खगेन्द्र बस्यालको जन्म, पिता भोजराज बस्याल र माता स्व. ढुण्डिकादेवी बस्यालको पहिलो सन्तानको रूपमा २०१६ चैत १ गते बगनासकाली- ७ दैलातुङ्ग फाँट, पाल्पामा भएको थियोे । हाल उहाँ तिलोत्तमा न. पा.- ९, रुपन्देहीमा बसोबास गर्दै आउनुभएको छ ।

    निजामती सेवामा लामो समय जीवन व्यतीत गर्नुभएका बस्याल हाल सेवानिवृत्त हुनुहुन्छ र साहित्य लेखनमा अझ सक्रिय हुनुहुन्छ । उहाँका हालसम्म कुनै लघुकथा कृति प्रकाशित नभए पनि प्रकाशोन्मुख अवस्थामा रहेको छ । उहाँका गैरलघुकथाकृति भने आधा दर्जन प्रकाशित भइसकेका छन् ।

    साहित्यका विविध विधामा कलम चलाउनुहुने बस्यालले ‘सिर्जनशील साहित्य सम्मान’, ‘आदिकवि भानुभक्त द्विशताब्दी स्रष्टा सम्मान’, ‘पेमा वाङ्मय साहित्य सम्मान’ लगायत आधा दर्जन बढी सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    लघुकथासङ्ग्रह ‘दुर्बिन’लाई २०८२ को लघुकथालय पुरस्कार

  • ९ असार २०८२, सोमबार १२:४५ मा प्रकाशित
  • वसन्त अनुभव
    ९ असार/चितवन

    नमस्ते आधुनिक लघुकथा मञ्चले यस वर्षको लघुकथालय कृति पुरस्कार लघुकथाकार लक्ष्मण अर्यालको लघुकथासङ्ग्रह ‘दुर्बिन’लाई प्रदान गर्ने भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको प्रथम दिन अर्थात् असार ९ गते उक्त पुरस्कारको घोषणा गरेको हो । लघुकथालय पुरस्कारको राशी नगद रु. ११ हजार १ सय ११ रुपैयाँ रकम र प्रमाणपत्र रहेको छ ।

    संस्थाले २०८१ सालभरमा प्रकाशित भएका लघुकथा सङ्ग्रहहरू बजारमा उपलब्ध भएसम्मका सङ्कलन गरी मूल्याङ्कनमा समावेश गराएको थियोे । जसबाट निर्णायक समितिले अध्ययन र मूल्याङ्कन गरी उक्त पुरस्कारका लागि लघुकथा कृति ‘दुर्बिन’लाई छ्नोट गरेको थियोे । गतवर्षको लघुकथालय पुरस्कार लघुकथाकार ललिता दोषीकृत लघुकथा सङ्ग्रह ‘पहिरो’ लाई प्रदान गरिएको थियोे ।

    ‘दुर्बिन’मा सङ्ग्रहीत लघुकथाहरू विषयवस्तु, प्रस्तुती कला, भाषाकाे गुरूत्व, भाव प्रक्षेपण लगायतका आधारमा नेपाली सामाजिक सुधारवादी चेतनाले भरिएका अत्यन्त सफल भएको निर्णायक समितिले जनाएको छ ।

    ‘दुर्बिन’का कृतिकार लक्ष्मण अर्यालको जन्म पिता शिवहरि अर्याल र माता ज्ञानप्रभा अर्यालको दोस्रो सन्तान एवम् प्रथम पुत्ररत्नको रूपमा वि.सं. २०२६ साल साउन १५ गते धादिङमा भएको थियोे । हाल उहाँ रत्ननगर नगरपालिका– ३, विद्युत रोड, चितवनमा स्थायी बसोबास गर्दै आउनुभएको छ ।

    प्राध्यापन पेशामा कार्यरत अर्यालका ‘टुटीकाण्ड’, ‘औँला’ र ‘दुर्बिन’ गरेर तीन वटा लघुकथासङ्ग्रहका साथै ‘लघुकथा विमर्शन’, एक लघुकथा सिद्धान्त पुस्तक प्रकाशित भइसकेका छन् ।
    ‘सम्प्रेषण’, ‘रत्नप्रभा’ जस्ता प्रकाशनका कार्यकारी सम्पादक रहेका अर्यालले हालसम्म लगभग २ दर्जनभन्दा बढी पुस्तक, पत्रिका, स्मारिका आदिमा प्रधानसम्पादकको भूमिका निभाइसक्नुभएको छ ।

    उहाँ यस अघि पनि नमस्ते आधुनिक लघुकथा मञ्चबाट ‘लघुकथाश्री समालोचक सम्मान-२०८०’ बाट सम्मानित भैसक्नु भएको छ । उहाँले अन्य संस्थाहरूबाट ‘रेडियो अर्पण सम्मान’, ‘चिसाप कृष्णकृष्णा पुरस्कार’, ‘वैजयन्ती स्रष्टा सम्मान’ लगायत आधा दर्जन बढी पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ ।

    संस्थाको निर्णय अनुसार वि.सं. २०८२ सालमा आयोजना गरिने राष्ट्रिय कार्यक्रममा ‘लघुकथालय कृति पुरस्कार- २०८२’ उहाँलाई प्रदान गरिनेछ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    युवा स्रष्टाद्वय ‘प्रतिज्ञा’ र ‘अधिकारी’लाई २०८२ सालको ‘हेमलता स्मृति लघुकथा सम्मान’

  • ९ असार २०८२, सोमबार ०६:१४ मा प्रकाशित
  • वसन्त अनुभव
    ९ असार/चितवन

    युवा स्रष्टाद्वय हिमा रोका ‘प्रतिज्ञा’ र हेमराज अधिकारीलाई ‘हेमलता स्मृति लघुकथा सम्मान-२०८२’ बाट सम्मान गरिने भएको छ । आफ्नो सातौँ वार्षिकोत्सवको अवसरमा नमस्ते आधुनिक लघुकथा मञ्चले यो सम्मानको घोषणा गरेको हो । ‘प्रतिज्ञा’ कर्णाली प्रदेशको सुर्खेत निवासी हुनुहुन्छ भने अधिकारी सिक्किम, भारत निवासी हुनुहुन्छ ।

    कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित ‘हेमलता स्मृति लघुकथा सम्मान’ लघुकथामा कुनै पनि कृति ननिकालेका तर निरन्तर स्तरीय लघुकथा लेखनमा लागिपरेका जुझारु युवा लघुकथाकारहरूलाई प्रोत्साहनस्वरूप उक्त सम्मान प्रदान गरिँदै आएको संस्थाले जनाएको छ ।
    ६० वर्ष उमेरसम्मका लघुकथा लेखनमा सक्रिय एकजना महिला स्रष्टा र एकजना पुरुष स्रष्टा छनोट गरेर संस्थाले हरेक वर्ष यो सम्मान प्रदान गर्दै आएको छ । यो सम्मानबाट विगतका तीन वर्षमा तीन पुरुष तथा तीन महिला गरी ६ जना सक्रिय युवा लघुकथा सर्जकहरूलाई मञ्चले सम्मानित गरिसकेको छ ।

    संस्थाले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा छनोट हुनुभएका स्रष्टालाई सम्मान पत्रसहित नगद रु. ५,५५५/- रकमले सम्मान गरिनेछ ।

    ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२’बाट सम्मानित हुन लाग्नुभएकी ‘प्रतिज्ञा’को वास्तविक नाम हिमा रोका हो । बुबा चन्द्रबहादुर रोका र आमा निमकला रोकाकी सात सन्तानहरू मध्ये छैटौँ सन्तान एवम् कान्छी सुपुत्रीको रूपमा वि.सं. २०५२ साल भदौ ०७ गते घुमखहरे, सुर्खेत(कर्णाली प्रदेश)मा उहाँको जन्म भएको हो । हाल गुर्भाकोट नगरपालिका -८, मेहेलकुना, सुर्खेतमा स्थाउी बसोबास गर्दै आउनुभएको छ ।

    जन्मजात नै दुवै खुट्टा र दाहिने हात नचल्ने उहाँ यताउता डुल्न ह्विलचियर प्रयोग गर्नुहुन्छ भने उहाँको देब्रे हात मात्र काम गर्न र लेखपढ गर्न प्रयोग हुन्छ । बोली लठेब्रो हुँदा उहाँ बोलेको कुरा अरूलाई बुझ्न कठिन हुने गर्दछ । विद्यालयबाट औपचारिक शिक्षा ग्रहण गर्नबाट बन्चित प्रतिज्ञाले घरमै बसेर अरूको सहयोगमा साउँ अक्षर छिचोल्नु भयो । उहाँले वि.सं. २०७८भदौ १६ गते ‘पालो’ शीर्षकको लघुकथा रचना गर्नुभएसँगै उहाँको लघुकथा लेखन यात्रा अगाडि बढेको थियोे ।

    लघुकथासँगै उहाँले झिल्का कविता, टुक्का कविता, मुक्तक, गजल सृजनामा कलम चलाउनु हुने उहाँको हालसम्म कुनै कृति भने प्रकाशित भने भएको छैन ।

    त्यस्तै ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८२’बाट समानित एवम् पुरस्कृत हुन लाग्नुभएका पुरुष स्रष्टा हेमराज अधिकारीको जन्म पिता स्व. कुबेरनाथ अधिकारी र माता देवकी अधिकारीका ५ सन्तानहरू मध्ये पहिलो सन्तानको रूपमा वि.सं. २०२८ साल जेठ १५ गते भारतको तुमिन, गान्तोक जिल्लाको, पूर्व सिक्किममा भएको थियोे । हालसम्म पनि उहाँ सोही स्थानमा बसोबास गर्दै आउनुभएको छ ।

    स्कुले विद्यार्थी जीवनदेखि नै साहित्यमा लाग्नुभएका अधिकारी हालसम्म पनि सक्रिय रूपमा लाग्नुभएको छ । सन् २०१९/२० देखि विशेष रूपमा कथा, लघुकथा र निबन्ध लेखनमा समर्पित उहाँ सन् २०२१ देखि सिक्किमेली लघुकथा समाजको संस्थापक सदस्य तथा एडमिन हुनुहुन्छ ।

    उहाँ एक स्थापित वक्ता पनि हुनुहुन्छ । राज्यस्तरीय विभिन्न तर्क प्रतियोगितामा विजयी भई नगद पुरस्कार, विभिन्न देश भ्रमणको अवसर पनि प्राप्त गर्नुभएको छ । उहाँ विभिन्न सामाजिक सेवा सम्बन्धी संघसंस्थामा आवद्ध हुनुका साथै सिटिजन एक्सन पार्टी(सिएपी), सिक्किमको संस्थापक सदस्य एवम् वर्तमान महासचिव/महामन्त्री हुनुहुन्छ । साथै उहाँ राज्यभरिकै विभिन्न शैक्षिक, साहित्यिक तथा सामाजिक संस्थाहरूबाट सम्मानित र पुरस्कृत हुनुहुन्छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    वरिष्ठ साहित्यकार प्रा.डा. कपिल लामिछानेलाई ‘लघुकथाश्री समालोचक सम्मान-२०८२’

  • ९ असार २०८२, सोमबार ०५:५७ मा प्रकाशित
  • वसन्त अनुभव
    ९ असार/चितवन

    नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सवको अवसर पारेर ‘”लघुकथाश्री समालोचक सम्मान-२०८२” घोषणा गरेको छ । उक्त सम्मान नेपाली आधुनिक लघुकथाको समीक्षा/समालोचनामा विशिष्ट योगदान पुर्याउँदै आउनुभएका वरिष्ठ समीक्षक/समालोचक प्रा.डा. कपिल लामिछानेलाई प्रदान गर्न लागेको हो ।

    मञ्चले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा नगद रु ७,७७७/- र सम्मान पत्र सहित वरिष्ठ समीक्षक/समालोचक प्रा.डा. कपिल लामिछानेलाई सम्मान गरिनेछ ।

    “लघुकथाश्री समालोचक सम्मान-२०८२” बाट समानित हुनलाग्नुभएका प्रा. डा. कपिल लामिछानेको जन्म पिता शुकदेव र माता सुकुमायाका तेस्रो सन्तान एवम् ज्येष्ठ पुत्ररत्नको रूपमा कास्की पोखराको माझठानामा वि.स. २०१५ असोज २४ गते भएको थियोे । उहाँ पनि एक वरिष्ठ साहित्यकार एवम् विशिष्ट प्राज्ञिक व्यक्तित्व हुनुहुन्छ । हाल उहाँ सिद्धार्थनगर, भैरहवामा बस्दै आउनुभएको छ । उहाँले पनि त्रि.वि.बाटै ‘नेपाली गाउँखाने कथा’मा विद्यावारिधि गर्नुभएको थियोे ।

    दर्जनौँ साहित्यिक, सामाजिक, सांस्कृतिक संघसंस्थामा आवद्ध प्रा.डा. लामिछानेका अन्यथा, जलमानव, बोन्साइ लगायत आधा दर्जन लघुकथा कृति, एक समालोचना सङ्ग्रह र करिब ५ दर्जन अन्य कृतिहरू प्रकाशित छन् । उहाँले गीता प्रथमा रजत पदक, महेन्द्र विद्याभूषण पदक ख, मकबुल अहमद लारी स्वर्ण पदक लगायत चार दर्जन बढी पदक, पुरस्कार, सम्मान प्राप्त गर्नुभएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    २०८२ को विशिष्ट अभिनन्दन’, ‘आख्यान अनुसन्धान तथा समालोचना शीर्ष पुरुष’ प्रा. डा.दयाराम श्रेष्ठलाई

  • ९ असार २०८२, सोमबार ०५:२८ मा प्रकाशित
  • वसन्त अनुभव
    ९ असार/चितवन

    नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो सातौँ वार्षिकोत्सव अवसर पारेर अग्रज एवम् वरिष्ठ साहित्यकार प्रा.डा.दयाराम श्रेष्ठलाई विशिष्ट अभिनन्दन गर्ने भएको छ । नेपाली आख्यानको अनुसन्धान तथा समालोचनामा विशिष्ट योगदान पुर्याउनु भएबापत उहाँलाई ‘आख्यान अनुसन्धान तथा समालोचना शीर्ष पुरुष”का रूपमा अभिनन्दन गर्न लागिएको हो । मञ्चले गतवर्ष ‘कथा-कुथुङ्ग्री सृजना नायक’का रूपमा साहित्यकार एवम् समालोचक पुष्कर लाेहनीलाई र ‘अविश्रान्त लघुकथा साधक’का रूपमा लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मीलाई अभिनन्दन गरेको थियोे ।

    मञ्चले दिएको जानकारी अनुसार वि.सं. २०८२ सालमा राप्ती नगरपालिका, चितवनमा आयोजना गरिने संस्थाको औपचारिक कार्यक्रममा आख्यान अनुसन्धानकर्ता एवम् समालोचक प्रा.डा. दयाराम श्रेष्ठलाई नगद रि ११,१११/- र अभिनन्दन पत्रद्वारा अभिनन्दन गरिनेछ ।
    अभिनन्दन हुन लाग्नुभएका प्रा.डा. दयाराम श्रेष्ठ, पिता सूर्यबहादुर र माता नयनकुमारीका चौथो सन्तान तथा माहिलो पुत्ररत्नका रूपमा सिरानबजार धनकुटामा वि. सं. २००० कार्तिक ८ गते शुक्रवार जन्मिनुभएको थियोे । उहाँ एक विशिष्ट प्राज्ञिक व्यक्तित्व एवम् वरिष्ठ साहित्यकार हुनुहुन्छ ।
    वि.स. २०३९ सालमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गर्नुभएका प्रा.डा. श्रेष्ठले त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय लगायतका विभिन्न शैक्षिक संस्थामा प्राध्यापन गर्नुभएको थियो ।

    विभिन्न विषयका डेढ दर्जन कृतिहरू प्रकाशन गरिसक्नुभएका, करिब १ दर्जन कृति सम्पादन गरिसक्नुभएका प्रा.डा. श्रेष्ठका तीन वटा अनुसन्धानात्मक कृति प्रकाशोन्मुख रहेका छन् ।

    उमेरले ८२ वसन्त पार गरिसक्नुभएका प्रा.डा.श्रेष्ठले ‘झपट पुरस्कार’, रजत जयन्ती पदक, सैनध्वज नन्दकुमारी विद्वत वृत्ति पुरस्कार, महेन्द्र विद्याभूषण “क” श्रेणी लगायत चार दर्जन पुरस्कार, पदक, मानसम्मान प्राप्त गरिसक्नुभएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    गोरखा मोडेल सेकेन्डरी स्कुल लमही दाङमा कविता प्रतियोगिता सम्पन्न

  • ६ असार २०८२, शुक्रबार १९:४६ मा प्रकाशित
  • वसन्त अनुभव
    ०६ असार

    विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत आज असार ०६ गते कविता प्रतियोगिता सम्पन्न भएको छ। उक्त प्रतियोगितामा १६ जना विद्यार्थीहरूले भाग लिएका थिए। ‘हाम्रो विद्यालय राम्रो विद्यालय’ शीर्षकमा विद्यार्थीले कविता लेखेर वाचन गरेका थिए। विद्यालयका माध्यमिक तह, कक्षा ९ र १० का संयोजक यमप्रकाश डाँगीको अध्यक्षतामा सुरूभएको कार्यक्रममा विज्ञान शिक्षक अजित शाह, कम्प्युटर शिक्षकद्वय अभिषेक न्यौपाने र हेमन्त पौडेलको आतिथ्यता रहेको थियो।

    प्रतियोगितामा भाग लिने विद्यार्थीहरूमा नवीन चौधरी, शिशिर गिरी, शिल्पा के. सी., अस्मिता पौडेल, सुप्रिया घर्ती मगर, नितिश यादव, अर्पिता चौधरी, रागिनी गुप्ता, दिप्सना डाँगी, विपिन खनाल, अनुश बुढाथोकी, मुमी चौधरी, भावना रायमाझी, रेश्मा सहानी, नबोदित के. सी, सुमित पुलामी रहेका थिए।

    मूल्याङ्कन समितिमा विद्यालयका शिक्षकहरू सुरेश यादव, टुकलाल आचार्य र हेमन्त पौडेल रहनुभएको थियो।
    कविता प्रतियोगितामा शिशिर गिरी- प्रथम, नवीन चौधरी-द्वितीय, शिल्पा के. सी-तृतीय र अस्मिता पौडेलले सान्त्वना स्थान प्राप्त गरेका थिए।

    कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक तेजप्रसाद खनालले कविताहरू सुनाउँदै बढो रोचक ढङ्गले गर्नुभएको थियो। कार्यक्रममा शिक्षक सुरेस यादवले कविता सुनाउनु भएको थियो भने शिक्षक तेजप्रसाद खनालले चारु वाचन गर्नुभएको थियो। कार्यक्रम बढो रोचक ढङ्गले भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव

    नआलमको सातौँ वार्षिकोत्सव, १४ जना व्यक्ति तथा संस्थाद्वारा प्रायोजन

  • ४ असार २०८२, बुधबार ०८:४८ मा प्रकाशित
  • नमस्ते आधुनिक लघुकथा मञ्चले सदाझैँ यस वर्ष पनि विभिन्न कार्यहरू गर्दै आफ्नो सातौँ वार्षिकोत्सव यही २०८२ साल असार ९ र १० गते मनाउने भएको छ । उक्त कार्यक्रममा विभिन्न लघुकथाकार, साहित्यकार एवम् लघुकथाको क्षेत्रमा विशिष्ट योगदान दिनुहुने सर्जकहरूलाई प्रदान गरिने अभिनन्दन, पुरस्कार तथा सम्मानको घोषणा लगायतका कार्यहरू हुने बताइएको छ । जस अन्तर्गत

    • 👉️’आख्यान अनुसन्धान एवम् समालोचना शीर्ष पुरुष-२०८२’ द्वारा अभिनन्दित हुनुहुने एकजना अग्रज/वरिष्ठ साहित्यकारको नाम सार्वजनिक । (असार ०९ गते)
    • 👉️’वर्ष समालोचक सम्मान-२०८२’ ले सम्मान प्राप्त गर्नुहुने नेपाली आधुनिक लघुकथाका एकजना वरिष्ठ समीक्षक/समालोचकको नाम सार्वजनिक । (असार ०९ गते)
    • 👉️’लघुकथालय पुरस्कार-२०८२’ द्वारा पुरस्कृत हुन सफल एक उत्कृष्ट लघुकथाकृतिको नाम घोषणा । (असार ०९ गते)
    • 👉️’हेमलता स्मृति लघुकथा सम्मान -२०८२’ द्वारा सम्मानित हुनुहुने एक नारी र एक पुरुष स्रष्टाको नाम घोषणा । (असार ०९ गते)
    • 👉️’वर्ष लघुकथा सर्जक सम्मान -२०८२’ द्वारा सम्मानित हुनुहुने एक जना सक्रिय लघुकथाकारको नाम घोषणा गरिनेछ । (असार ०९ गते)
    • 👉️’लघुकथा विशिष्ट प्रतियोगिता-२०८१’ को नतिजा प्रकाशन । (असार १० गते)

    उक्त वार्षिकोत्सव कार्यक्रमलाई भव्य र सभ्य बनाउन विभिन्न व्यक्ति तथा संस्थाहरूले प्रायोजन गर्नुभएको छ । जसको विवरण यसप्रकार रहेको छ ।

    तपसिल–
    १. श्री घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ (संस्थापक अध्यक्ष) राप्ती न.पा.- ८, चितवन ।
    २. कृष्ण पाठक, राप्ती न.पा.- ८, चितवन । (हाल- अमेरिका)
    ३. श्री मीठू कुमारी पाठक (संस्थापक कोषाध्यक्ष) राप्ती न.पा.- ८, चितवन ।
    ४. श्री अच्युत प्रधानाङ्ग, वीरगन्ज म.न.पा.- ६, मीनाबजार, पर्सा ।
    ५. श्री गोविन्द उप्रेती, चिफ अपरेसन अफिसर, ओम शिव स:मिल एण्ड भेनीर उद्योग, राप्ती न.पा.- ६, चितवन
    ६. श्री माध्यमिक विद्यालय, बजरहट्टी (बहिरा आवासीय मा.वि., राप्ती न.पा.- ८, चितवन ।
    ७. श्री गोकुलकुमारी उप्रेती, राप्ती न.पा.- ८, चितवन ।
    ८. श्री मिरा कुमारी (बर्तौला) डल्लाकोटी, राप्ती न.पा.- ८, चितवन ।
    ९. श्री प्रविन बर्देवा, म्यानेजिङ डाइरेक्टर एण्ड टिचर, ब्राइट भिजन एकेडेमी, राप्ती न.पा.- ८, चितवन ।
    १०. श्री मनोज सुवेदी, राप्ती न.पा.- ८, चितवन ।
    ११. श्री शिवराज बुर्लाकोटी, राप्ती न.पा.- ८, चितवन । (हाल- कैलाली)
    १२. श्री नव उद्यमी कृषक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड, राप्ती न.पा.- ८, बडहरा, चितवन
    १३. श्री रामहरि घिमिरे, राप्ती न.पा.- ७, चितवन । (हाल- बेल्जियम)
    १४. श्री सञ्जय घतानी, राप्ती न.पा.- ८, बडहरा, चितवन । (हाल- अष्ट्रेलिया)

    मञ्चले प्रायोजन गर्नुहुने सबै व्यक्ति तथा संस्थाप्रति हार्दिक आभार एवम् धन्यवाद प्रकट गरेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव

    झिल्का लेखन अभियानको ७३ औँ शृङ्खला (नववर्ष विशेष) सम्पन्न

  • १ बैशाख २०८२, सोमबार १७:३१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ७३ औँ शृङ्खला (नववर्ष विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका नववर्ष विशेष उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>————–
    १//
    बोकेर उमङ्ग हर्ष
    आशाको नयाँ किरणसँगै
    आयो हेर नववर्ष !
    ✍️ वसन्त अनुभव
    वसन्तविहार, घोराही
    २//
    आयाे नयाँ वर्ष
    समानुपातिक साेच बनाेस्
    मनमा हाेस् हर्ष !
    ✍️
    रवि पाैडेल
    दक्षिण भारत, पाण्डेचरी
    ३//
    छैन मनमा हर्ष
    बनोस् अब रमाइलो
    आउने नयाँ वर्ष !
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ४//
    फुर्ती रहोस् तनमा
    नयाँ वर्षमा अब
    शान्ति होस् मनमा !
    ✍️ सरिता सेढाई
    धादिङ
    ५//
    नयाँ वर्ष आयो
    सारा नेपालीमा हर्षोल्लास
    शान्ति खुसी छायो ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ६//
    नवीन वर्षले ल्याओस्
    शान्ति अनि समृद्धि
    जताततै खुसी छाओस् !
    ✍️ भविश्वर पंगेनी
    वालिङ ९ स्याङ्जा
    ७//
    गएकाे वर्ष सम्झेर
    आफ्नो मनलाई यसै
    खिन्न नपार्नू हेर !
    ✍️ भाेलामान बर्देवा(बैरागि माईलाे)
    धरान ८ सुनसरि
    ८//
    मनभरि खुसी छाओस्
    एकासीका गल्ती बिर्सेर
    बयासीमा बहार आओस् !
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप, काठमाण्डौ
    ९//
    उच्चातिउच्च रहोस् भावना
    आओस् समृद्धिको बहार
    सम्पूर्णमा नववर्षको शुभकामना !
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा
    १०//
    आयो नयाँ वर्ष
    भुलेर पुराना पिरहरू
    मनाऔँ सबैले हर्ष !
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान
    ११//
    शुभ रहून् दिनहरू
    हर्ष छाओस् मनमा
    केही चाहिन्न अरू !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    १२//
    शुभकामना नयाँ वर्षको
    दिएर आजै सबैलाई
    खुसी साटौँ हर्षको !
    ✍️ सञ्जना शर्मा
    लमही, दाङ
    १३//
    स्विकार्दै गल्ती सहर्ष
    सच्याए अवगुण आफ्नो
    सुनौलो बन्छ नववर्ष !
    ✍️ किराती हाङ तिम्रो ( बिसु हाङ राई )
    विराटनगर मोरङ
    १४//
    आयो नयाँ वर्ष
    नेपालीको घरघरमा आयो
    उमङ्ग अनि हर्ष !
    ✍️ कला ढकाल
    झापा
    १५//
    दुःख कष्ट हरोस्
    आउने नयाँ वर्षले
    घाउमा मलम भरोस् !
    ✍️ ज्योतिका क्षेत्री
    सिलगडी, भारत
    १६//
    गलत प्रवृत्तिकाे सामना
    गर्न नपराेस् कसैलाई
    नयाँ वर्षको शुभकामना !
    ✍️ प्रमाेद नेपाल
    काठमाडौँ-५
    १७//
    पूरा हुन् चाहना
    सबै नेपाली जनहरूलाई
    नयाँ वर्षको शुभकामना !
    ✍️ साबित्री प्याकुरेल
    धादिङ्ग
    १८//
    आउने नयाँ वर्षमा
    दु:खपिर सबै हटुन्
    दिन बितोस् हर्षमा !
    ✍️ कपिल किशोर घिमिरे
    १९//
    नयाँ वर्ष आयो
    भिरको चिन्डो देख्छु
    सन्देह मनमा छायो ।
    ✍️ दिलचन्द छेत्री
    २०//
    नयाँ वर्षको शुभकामना
    सुख, समृद्धि, सुस्वास्थ्य
    सारा जनमनको चाहना !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    २१//
    मनको कुरा मनमा
    जवानीको जोश कस्तो
    जीवन गयो धनमा !
    ✍️ निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    २२//
    जताततै छाओस् उमङ्ग
    आसन्न नयाँ वर्षले
    गरोस् विभेदको क्रमभङ्ग !
    ✍️ बाबुराम गौतम
    गुल्मी
    २३//
    आयो नयाँ वर्ष
    खुसीयाली बोकेर सबैमा
    ल्यायो पुन: हर्ष !
    ✍️ साहित्य प्रेमी सुशील
    धनगढी
    २४//
    नववर्षको गुणगान गाऊँ
    स्वागत गरौँ खुब
    धर्ममा चित्त लगाऊँ !
    ✍️ यशोदा रेग्मी चम्लागाई
    तुमीन नामराङ
    २५//
    उच्च रहोस् भावना
    देशविदेशमा रहनुहुने जनप्रति
    नववर्षकाे हार्दिक शुभकामना !
    ✍️ अम्बिका गिरी
    विराटनगर
    २६//
    उच्च रहाेस् भावना
    प्रगतिले छलाङ माराेस्
    सम्पूर्णमा नववर्षकाे शुभकामना !
    ✍️ काेपिला अधिकारी
    गाेरखा, सिरानचाेक
    २७//
    आउँछ जान्छ साल
    बोकेर सन्देश शुभकामनाको
    झुपडीमा रित्तो थाल !
    ✍️ बिके मुखिया
    वाङ्दे, दार्जिलिङ, भारत
    २८//
    ल्याओस् सुखशान्ति नववर्षले
    शुभकामना आफन्त जनहरूमा
    बितुन् दिनहरू हर्षले !
    ✍️ हिरालाल न्यौपाने
    बानपा ८ कोटमौला सल्यान
    २९//
    फेरियोस् नयाँ वर्ष
    मनको मुस्कान ओठमा
    भरियोस् है हर्षैहर्ष !
    ✍️ होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    ३०//
    पूरा होउन् चाहना
    सुखशान्ति एवम् समृद्धिको
    सबैमा हार्दिक शुभकामना !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ३१//
    पुगोस् सदिच्छा चाहना
    सकल जनता हाँसुन्
    नयाँ वर्षको शुभकामना !
    ✍️ जिज्ञासु पन्त
    लमजुङ
    ३२//
    घुम्दै आयो नववर्ष
    सबैकाे मनमा पलाओस्
    उमङ्ग अनि हर्ष !
    ✍️ केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम । हाल भारत
    ३३//
    आयो नयाँ वर्ष
    सारा नेपाली जनमा
    बोकेर खुसी हर्ष !
    ✍️ चक्र लोहोरुङ
    ३४//
    नववर्षमा प्रेरणा जागोस्
    हरेक व्यक्तिको मनमा
    मानवताले बास पाओस् !
    ✍️ सतीश पण्डित
    चुँदी, तनहुँ
    ३५//
    तमाम देशमा रहनुहुने
    सम्पूर्ण मित्रहरूमा शुभकामना
    दुःख कष्ट सहनुहुने !
    ✍️ बिपी लामिछाने
    दमक, झापा
    ३६//
    पुगोस् सबैको चाहना
    छाओस् सर्वत्र हर्षोल्लास
    नयाँ वर्षको शुभकामना !
    ✍️ विष्णु पंगेनी(पाण्डे )
    वालिङ्, स्याङ्जा
    ३७//
    नववर्षले समृद्धि ल्याओस्
    एकअर्कामा सद्भाव बढाउँदै
    चारैतिर सुखशान्ति छाओस् !
    ✍️ देव स्याङ्देन
    कालेबुङ
    ३८//
    सत्य रहोस् मनोभावना
    विश्वभर रहनुभएका सबैलाई
    नववर्षको हार्दिक शुभकामना !
    ✍️ गुणनिधि घिमिरे
    अमेरिका
    ३९//
    सबैमा उमङ्ग छाओस्
    नपरोस् दु:ख कसैलाई
    सुखमय भाग्य पाओस् !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    ४०//
    सुखशान्ति र हर्ष
    सबै नेपालीको मनमा
    छाओस् नयाँवर्षकाे उत्कर्ष !
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    दुवाकाेट भक्तपुर
    ४१//
    मनमा खुसी हर्ष
    वसन्त ऋतुको उमङ्गसँगै
    आयो नयाँ वर्ष !
    ✍️ श्रीकृष्ण धामी
    देउलेख, बझाङ
    ४२//
    मान्नुपर्ने भएन हर्ष
    बढ्दैछ देशमा अशान्ति
    सुधार होस् नववर्ष !
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर
    ४३//
    हर्षोल्लासको छ चाहना
    मनमस्तिष्कमा सधैँ छाओस्
    नववर्षको सबैमा शुभकामना !
    ✍️ कोपिला समीक्षा
    खार्पा, खोटाङ
    ४४//
    आन्तरिक हृदयको चाहना
    जगमा समृद्धि छाइरहोस्
    नयाँ वर्षको शुभकामना !
    ✍️ मोती योन्जन सुब्बा
    दार्जिलिङ
    ४५//
    विगतझैँ नहोस् नववर्षमा
    देशमा समृद्धि भई
    खुसीयाली छाओस् सबमा !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हाल अमेरिका, बोस्टन
    ४६//
    बढेर सकारात्मक सोचाइ
    नववर्षको हार्दिक शुभकामना
    खुसी रहोस् स्थायी !
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके
    ४७//
    नववर्ष समृद्धि ल्याओस्
    सम्पूर्णमा यही शुभकामना
    हर्षले निष्कर्ष पाओस् !
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    ४८//
    आयो नयाँ वर्ष
    भुलाएर दु:ख जति
    ल्याओस् सबैमा हर्ष !
    ✍️ देवकृष्ण काफ्ले
    ४९//
    आगामी नयाँ वर्षले
    सबैलाई खुसी देउन्
    रमाइलो गरौँ हर्षले !
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ५०//
    खुसी उमङ्गले बेर्दै
    आयो हजुर नववर्ष
    नयाँ पालुवा फेर्दै !
    ✍️ अनिता भण्डारी
    ताप्लेजुङ
    ५१//
    आयो बयासी साल
    परस्पर सद्भाव बढोस्
    समृद्धि छाओस् मालामाल !
    ✍️ छ्न्त्याल हित
    ५२//
    सारा नेपालीको भावना
    आओस् शान्ति श्रीवृद्धि
    नयाँ वर्षको शुभकामना !
    ✍️ शोभाकान्त रेग्मी
    वालिङ स्याङ्जा
    ५३//
    पल्लव नयाँ अङ्कुरायो
    वसन्तको आगमनले हेर
    मुलुकभर खुसी छायो ।
    ✍️ साजन पौडेल
    ५४//
    स्वागत नयाँ वर्षलाई
    नौलो उमङ्गले आऊँ
    आनन्दमा निश्चिन्त गराई !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    ५५//
    नववर्षको उज्ज्वल सपना
    अनेकौँ हर्षोल्लासको साथ
    सम्पूर्णलाई हार्दिक शुभकामना !
    ✍️ रमा गुरुङ्ग
    सालुगडा, सिलीगुडी
    ५६//
    नयाँ वर्षको शुभकामना
    सुखशान्ति र समृद्धिको
    पूरा होओस् चाहना !
    ✍️ कृष्ण बजगाई
    खोटाङ
    ५७//
    गरौँ शत्रुको सामना
    सुखद बनोस् नववर्ष
    सबैमा हार्दिक शुभकामना !
    ✍️ वेदु न्यौपाने
    ५८//
    पुगोस् सबैको चाहना
    समस्याहरू हल होउन्
    नयाँ वर्षको शुभकामना !
    ✍️ धनमाया चौधरी
    कैलाली
    ५९//
    जीवनमा खुसी हर्ष
    बोकेर नेपाली घरघरमा
    आयो नयाँ वर्ष !
    ✍️ सानु जाेशी
    सुदुरपश्चिम, दार्चुला
    ६०//
    शुभकामना नयाँ वर्षकाे
    छाओस् सबैमा खुसीयाली
    पाइयाेस् फल सङ्घर्षको !
    ✍️ ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ६१//
    शान्तिको आवाज लिएर
    आऊ नववर्ष तिमी
    क्रान्तिको नारा दिएर !
    ✍️ विवश पारदर्शी
    झापा
    ६२//
    पात्रो फेरियो घरमा
    रुखमा पात फेरिए
    नयाँ वर्षको साथमा !
    ✍️ समुन्द्रा शर्मा
    ६३//
    स्वच्छ हाेस् भावना
    सुख र शान्तिकाे लागि
    नयाँ वर्षकाे शुभकामना !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ । हाल भक्तपुर
    ६४//
    उच्च शिखरको भावना
    मनमा सजिएर जाओस्
    नयाँ वर्षको शुभकामना !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ६५//
    सुखशान्तिको छ चाहना
    भयरहित बाँच्न पाऊँ
    आउँदो वर्षको शुभकामना !
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर
    ६६//
    छाओस् खुसी हर्ष
    दु:ख पीडा हटोस्
    उमङ्ग ल्याओस् नववर्ष !
    ✍️ राधा चाम्लिङ
    खोटाङ
    ६७//
    नयाँ वर्ष आयाे
    साथमा वसन्त बहार
    मनमा खुसी छायाे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी, धादिङ
    ६८//
    कालयुक्त संवत्सर गयाे
    नयाँ वर्षको शुभकामना
    उज्यालो साैरमान भयाे ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ६९//
    नयाँपनको यहाँ खाँचो
    जीवजगतमा प्रेम बढोस्
    शान्ति बनोस् साँचो !
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ७०//
    घरघरमा खुसी आओस्
    जोस, जाँगर, आँटमा
    नववर्षको उमङ्ग छाओस् !
    ✍️ सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    ७१//
    सबैमा उज्यालो छाओस्
    दुखीहरूको मुहारमा पनि
    नयाँ उमङ्ग ल्याओस् !
    ✍️ संगीता खरेल
    काठमाडौँ
    ७२//
    दुःख नासिएर जाओस्
    सुखशान्ति समृद्धि लिएर
    नयाँ साल आओस् !
    ✍️ सीमा कार्की समर्पण
    मेलचोक, पर्सा
    ७३//
    घुमेर आयो नववर्ष
    सम्पूर्णमा शुभकामना भन्दै
    छाओस् मनमा हर्ष !
    ✍️ सुनगाभा पोखरेल
    कपिलवस्तु
    ७४//
    घुमेर आयो नववर्ष
    बोकेर उमङ्ग शान्ति
    खुसी अनि हर्ष !
    ✍️ डा. जानुका न्यौपाने
    दोलखा
    ७५//
    छैन मनमा हर्ष
    नहोस् एकासी जस्तो
    आउँदो नयाँ वर्ष !
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ७६//
    विगतझैँ आयो नववर्ष
    भुलौँ सारा पिरहरू
    लिएर मनमा हर्ष !
    ✍️ विवा तामाङ
    ७७//
    नेपालीहरूमा प्रगति उत्कर्षकाे
    सम्पूर्ण उत्पीडित दुःखीहरूमा
    शुभकामना छ नववर्षकाे !
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ७८//
    देशमा खुसी आओस्
    हटुन् नारा जुलुस
    नेपालमा शान्ति छाओस् !
    ✍️ प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ
    ७९//
    नवीन उत्साह लिई
    आओस् नयाँ वर्ष
    शान्तिको मद पिई !
    ✍️ पदमराज न्यौपाने
    रामारोशन ४ अछाम
    ८०//
    आयो नयाँ वर्ष
    सर्वत्र खुसी छाओस्
    उमङ्ग अनि हर्ष !
    ✍️ जनक बिसी
    दक्षिण भारत, कोचिन
    ८१//
    घर अनि आँगनमा
    नयाँ वर्ष आयो
    खुसी छायो मनमा !
    ✍️ जानुका बास्कोटा
    काठमाण्डौ
    ८२//
    बनोस् उल्लासमय वर्ष
    हटोस् हृदयको तुवाँलो
    जनमनमा होओस् हर्ष !
    ✍️ घनश्याम पन्त
    हरिवन सर्लाही
    ८३//
    पवित्र फूलझैँ फुलेर
    नववर्ष मनाउनु सबले
    दु:खपिर सबै भुलेर !
    ✍️ बेल थोकर तामाङ
    ८४//
    पूरा होउन् मनोकामना
    जोस जाँगर थपियोस्
    नयाँ वर्षको शुभकामना !
    ✍️ नन्दा धामी
    नौगाड, दार्चुला
    ८५//
    भित्रियाे आँगनमा नववर्ष
    धरती वसन्तले सजियाे
    खुल्याे मधुमास सहर्ष !
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगा बजार बनेपा १४
    ८६//
    सुस्वागतम् नयाँ वर्षलाई
    हटाई मनको मैलो
    हाँसीखुसी बसौँ रमाई !
    ✍️ सविता भट्टराई
    जनकपुरधाम
    ८७//
    अशान्ति हरोस् भावना
    हरेक दैलोमा नववर्षले
    समृद्धि छरोस् शुभकामना !
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी-५, जुम्ला
    ८८//
    रिसराग सबै हटाई
    खुसीको वर्ष बनोस्
    हर्ष उमङ्ग बढाई !
    ✍️ नागेन्द्रप्रसाद यादव
    ८९//
    मीठो फुरोस् रचना
    नयाँ साल बयासीको
    सबैलाई छ शुभकामना !
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ
    ९०//
    उच्च रहोस् भावना
    हरेक नेपालीको मनभित्र
    नयाँ वर्षको शुभकामना !
    ✍ राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ
    ९१//
    स्वागतम् नयाँ वर्ष
    हटोस् सबैका पीडा
    छाओस् अथाह हर्ष !
    ✍️
    पुष्पा राई
    खाेटाङ । हाल- बसुन्धरा, काठमाडौँ
    ९२//
    नयाँ समयहरू बिताई
    सुनौलो नयाँ उमङ्गहरूले
    नववर्ष मनमा सजाई !
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    सिन्धुपाल्चोक -१३
    ९३//
    अनेकौँ हुन्छन् चाहना
    पूरा हाेओस् सबैको
    नयाँ वर्षकाे शुभकामना !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ९४//
    नयाँ वर्षको रसरङ्ग
    सर्वत्र सुखशान्ति फैलियोस्
    नपरुन् भयले झसङ्ग !
    ✍️ देव मगर
    तिनाउ~१,कचल, पाल्पा
    ९५//
    खुसीले भरियोस् आँगन
    हिमाल पहाड तराईको
    समृद्ध बनोस् जनजीवन !
    ✍️ सुरेशकुमार पाण्डे
    ९६//
    सबैले मनाऔँ नववर्ष
    जोगाउँदै मौलिक परम्परा
    मनमा बोकेर हर्ष !
    ✍️ संगमानंद पत्रकार
    चूरु-राजस्थान
    ९७//
    सम्पूर्ण नेपालीलाई शुभकामना
    सुखशान्ति अनि समृद्धिकाे
    सम्पूर्णमा मेरो सद्भावना !
    ✍️ शम्भु गजुरेल
    ९८//
    नयाँ पात पलायो
    पुरानो पात्रो बेकाम
    वर्षले अङ्क बढायो ।
    ✍️ म्यामराज राई
    भोजपुर
    ९९//
    पूरा होउन् चाहना
    आउँदै गरेको नववर्षको
    सबैमा हार्दिक शुभकामना !
    ✍️
    हरिभक्त सिग्देल महेश
    मण्डिखाटार, काठमाडौँ
    १००//
    आयो नयाँ वर्ष
    मुहारमा छाओस् सबको
    खुसी अनि हर्ष !
    ✍️ चिरञ्जीवी श्रेष्ठ
    धनकुटा
    १०१//
    मनको पीडा हटाई
    आऊ नयाँ वर्ष
    खुसी उमङ्ग सजाई !
    ✍️ बिमल पोखरेल
    धरान -१७, पटनाली
    १०२//
    आयाे नयाँ वर्ष
    पलाए नयाँ पालुवा
    छायाे मनमा हर्ष !
    ✍️ जगदिश अधिकारी
    तारकेश्वर, काठमाण्डाै
    १०३//
    नववर्ष आयो भन्छन्
    एकदिन शुभकामना दिएर
    वर्षभरि खोइरो खन्छन् ।
    ✍️ डा. देवी पन्थी
    १०४//
    गरिबको पेट भरियोस्
    नयाँ वर्ष बयासीमा
    उमङ्ग खुसी छरियोस् !
    ✍️
    तेजप्रसाद खनाल
    दाङ
    १०५//
    भरियोस् मनमा उमङ्ग
    नयाँ वर्ष आउँदा
    हुन्छौँ सबै दङ्ग !
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    १०६//
    कठिनाइको गरेर सामना
    जुटाैँ अघि बढाैँ
    नयाँ वर्षको शुभकामना !
    ✍️ जयनारायण नेपाल
    बालकोट, भक्तपुर
    १०७//
    सम्पूर्ण कुकृत्य फालेर
    नववर्ष तिमी आऊ
    समृद्धिको दियो बालेर !
    ✍️ ऋजु दिल्पाली
    १०८//
    भित्रिरहेकाे नयाँ वर्ष
    छर्न सकोस् शुभावना
    ल्याओस् सबैमा हर्ष !
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    १०९//
    घुम्दै फिर्दै आयो
    नयाँ साल फेरि
    आशा उमङ्ग छायो ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ११०//
    मनमा छाओस् हर्ष
    सधैँ खुसी बनोस्
    अबको नयाँ वर्ष !
    ✍️ ललिता गिरी
    सुनकोसी ५, सिन्धुली
    १११//
    शुद्ध रहोस् भावना
    उत्साह, उमङ्गकाे साथ
    नयाँ वर्षको शुभकामना !
    ✍️ सुनिता निरौला पौडेल
    राधे राधे, भक्तपुर
    ११२//
    आयो नयाँ साल
    तर जताततै देख्छु
    उही पुरानो ताल !
    ✍️ दीपा गुरुङ समभाव
    ११३//
    शुभकामना छ नववर्षको
    खुसी छाओस् नेपालीहरूमा
    शान्ति सुशासन हर्षको !
    ✍️ एवाइ प्रभात
    धनकुटा
    ११४//
    तिमी नयाँ वर्ष
    आऊ खुसीलाई बोकी
    मनमा पलाओस् हर्ष !
    ✍️ चन्द्रिका रिमाल न्यौपाने
    ११५//
    नयाँ उमङ्ग जागोस्
    सुखशान्ति होस् सर्वत्र
    समृद्धि उकालो लागोस् !
    ✍️ नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    ११६//
    नूतन वर्ष आओस्
    ऊर्जाशील कदम चाल्दै
    पोहोरको फोहोर लैजाओस् !
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
    ११७//
    आयो नवीन वर्ष
    हटाएर सारा पीडा
    छायो मनमा हर्ष !
    ✍️ आर्त अकुलीन
    ११८//
    शुभकामना छ नववर्षकाे
    सबैमा शान्तिको कामना
    माहोल बनोस् हर्षकाे !
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का लेखन अभियान, वसन्त अनुभव

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P