झिल्का लेखन अभियानको ७३ औँ शृङ्खला (नववर्ष विशेष) सम्पन्न

  • १ बैशाख २०८२, सोमबार १७:३१ मा प्रकाशित
  • झिल्का लेखन अभियानको ७३ औँ शृङ्खला (नववर्ष विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त झिल्का लेखन कार्यक्रम सञ्चालन गरिएको थियोे ।

    झिल्का कविता लेखनको यस विशेष अभियानमा पनि विगतका शृङ्खलाहरूमाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने १ सय १८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुन्छ तर सकभर समध्वनीक नभएमा उत्तम मानिन्छ ।

    सहभागी झिल्काकारहरूका नववर्ष विशेष उत्कृष्ट झिल्का कविताहरू-

    —————<•>————–
    १//
    बोकेर उमङ्ग हर्ष
    आशाको नयाँ किरणसँगै
    आयो हेर नववर्ष !
    ✍️ वसन्त अनुभव
    वसन्तविहार, घोराही
    २//
    आयाे नयाँ वर्ष
    समानुपातिक साेच बनाेस्
    मनमा हाेस् हर्ष !
    ✍️
    रवि पाैडेल
    दक्षिण भारत, पाण्डेचरी
    ३//
    छैन मनमा हर्ष
    बनोस् अब रमाइलो
    आउने नयाँ वर्ष !
    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना सुर्खेत
    ४//
    फुर्ती रहोस् तनमा
    नयाँ वर्षमा अब
    शान्ति होस् मनमा !
    ✍️ सरिता सेढाई
    धादिङ
    ५//
    नयाँ वर्ष आयो
    सारा नेपालीमा हर्षोल्लास
    शान्ति खुसी छायो ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ
    ६//
    नवीन वर्षले ल्याओस्
    शान्ति अनि समृद्धि
    जताततै खुसी छाओस् !
    ✍️ भविश्वर पंगेनी
    वालिङ ९ स्याङ्जा
    ७//
    गएकाे वर्ष सम्झेर
    आफ्नो मनलाई यसै
    खिन्न नपार्नू हेर !
    ✍️ भाेलामान बर्देवा(बैरागि माईलाे)
    धरान ८ सुनसरि
    ८//
    मनभरि खुसी छाओस्
    एकासीका गल्ती बिर्सेर
    बयासीमा बहार आओस् !
    ✍️ चुडामणी देबकोटा
    पुरानो नैकाप, काठमाण्डौ
    ९//
    उच्चातिउच्च रहोस् भावना
    आओस् समृद्धिको बहार
    सम्पूर्णमा नववर्षको शुभकामना !
    ✍️ डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा
    १०//
    आयो नयाँ वर्ष
    भुलेर पुराना पिरहरू
    मनाऔँ सबैले हर्ष !
    ✍️ अरुण कुमार भुजेल
    गोरूबथान
    ११//
    शुभ रहून् दिनहरू
    हर्ष छाओस् मनमा
    केही चाहिन्न अरू !
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    १२//
    शुभकामना नयाँ वर्षको
    दिएर आजै सबैलाई
    खुसी साटौँ हर्षको !
    ✍️ सञ्जना शर्मा
    लमही, दाङ
    १३//
    स्विकार्दै गल्ती सहर्ष
    सच्याए अवगुण आफ्नो
    सुनौलो बन्छ नववर्ष !
    ✍️ किराती हाङ तिम्रो ( बिसु हाङ राई )
    विराटनगर मोरङ
    १४//
    आयो नयाँ वर्ष
    नेपालीको घरघरमा आयो
    उमङ्ग अनि हर्ष !
    ✍️ कला ढकाल
    झापा
    १५//
    दुःख कष्ट हरोस्
    आउने नयाँ वर्षले
    घाउमा मलम भरोस् !
    ✍️ ज्योतिका क्षेत्री
    सिलगडी, भारत
    १६//
    गलत प्रवृत्तिकाे सामना
    गर्न नपराेस् कसैलाई
    नयाँ वर्षको शुभकामना !
    ✍️ प्रमाेद नेपाल
    काठमाडौँ-५
    १७//
    पूरा हुन् चाहना
    सबै नेपाली जनहरूलाई
    नयाँ वर्षको शुभकामना !
    ✍️ साबित्री प्याकुरेल
    धादिङ्ग
    १८//
    आउने नयाँ वर्षमा
    दु:खपिर सबै हटुन्
    दिन बितोस् हर्षमा !
    ✍️ कपिल किशोर घिमिरे
    १९//
    नयाँ वर्ष आयो
    भिरको चिन्डो देख्छु
    सन्देह मनमा छायो ।
    ✍️ दिलचन्द छेत्री
    २०//
    नयाँ वर्षको शुभकामना
    सुख, समृद्धि, सुस्वास्थ्य
    सारा जनमनको चाहना !
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    २१//
    मनको कुरा मनमा
    जवानीको जोश कस्तो
    जीवन गयो धनमा !
    ✍️ निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    २२//
    जताततै छाओस् उमङ्ग
    आसन्न नयाँ वर्षले
    गरोस् विभेदको क्रमभङ्ग !
    ✍️ बाबुराम गौतम
    गुल्मी
    २३//
    आयो नयाँ वर्ष
    खुसीयाली बोकेर सबैमा
    ल्यायो पुन: हर्ष !
    ✍️ साहित्य प्रेमी सुशील
    धनगढी
    २४//
    नववर्षको गुणगान गाऊँ
    स्वागत गरौँ खुब
    धर्ममा चित्त लगाऊँ !
    ✍️ यशोदा रेग्मी चम्लागाई
    तुमीन नामराङ
    २५//
    उच्च रहोस् भावना
    देशविदेशमा रहनुहुने जनप्रति
    नववर्षकाे हार्दिक शुभकामना !
    ✍️ अम्बिका गिरी
    विराटनगर
    २६//
    उच्च रहाेस् भावना
    प्रगतिले छलाङ माराेस्
    सम्पूर्णमा नववर्षकाे शुभकामना !
    ✍️ काेपिला अधिकारी
    गाेरखा, सिरानचाेक
    २७//
    आउँछ जान्छ साल
    बोकेर सन्देश शुभकामनाको
    झुपडीमा रित्तो थाल !
    ✍️ बिके मुखिया
    वाङ्दे, दार्जिलिङ, भारत
    २८//
    ल्याओस् सुखशान्ति नववर्षले
    शुभकामना आफन्त जनहरूमा
    बितुन् दिनहरू हर्षले !
    ✍️ हिरालाल न्यौपाने
    बानपा ८ कोटमौला सल्यान
    २९//
    फेरियोस् नयाँ वर्ष
    मनको मुस्कान ओठमा
    भरियोस् है हर्षैहर्ष !
    ✍️ होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    ३०//
    पूरा होउन् चाहना
    सुखशान्ति एवम् समृद्धिको
    सबैमा हार्दिक शुभकामना !
    ✍️ रुना कर्माचार्य दाहाल
    चितवन
    ३१//
    पुगोस् सदिच्छा चाहना
    सकल जनता हाँसुन्
    नयाँ वर्षको शुभकामना !
    ✍️ जिज्ञासु पन्त
    लमजुङ
    ३२//
    घुम्दै आयो नववर्ष
    सबैकाे मनमा पलाओस्
    उमङ्ग अनि हर्ष !
    ✍️ केसर बाेहरा ( आदर्श )
    सुदूरपश्चिम अछाम । हाल भारत
    ३३//
    आयो नयाँ वर्ष
    सारा नेपाली जनमा
    बोकेर खुसी हर्ष !
    ✍️ चक्र लोहोरुङ
    ३४//
    नववर्षमा प्रेरणा जागोस्
    हरेक व्यक्तिको मनमा
    मानवताले बास पाओस् !
    ✍️ सतीश पण्डित
    चुँदी, तनहुँ
    ३५//
    तमाम देशमा रहनुहुने
    सम्पूर्ण मित्रहरूमा शुभकामना
    दुःख कष्ट सहनुहुने !
    ✍️ बिपी लामिछाने
    दमक, झापा
    ३६//
    पुगोस् सबैको चाहना
    छाओस् सर्वत्र हर्षोल्लास
    नयाँ वर्षको शुभकामना !
    ✍️ विष्णु पंगेनी(पाण्डे )
    वालिङ्, स्याङ्जा
    ३७//
    नववर्षले समृद्धि ल्याओस्
    एकअर्कामा सद्भाव बढाउँदै
    चारैतिर सुखशान्ति छाओस् !
    ✍️ देव स्याङ्देन
    कालेबुङ
    ३८//
    सत्य रहोस् मनोभावना
    विश्वभर रहनुभएका सबैलाई
    नववर्षको हार्दिक शुभकामना !
    ✍️ गुणनिधि घिमिरे
    अमेरिका
    ३९//
    सबैमा उमङ्ग छाओस्
    नपरोस् दु:ख कसैलाई
    सुखमय भाग्य पाओस् !
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    ४०//
    सुखशान्ति र हर्ष
    सबै नेपालीको मनमा
    छाओस् नयाँवर्षकाे उत्कर्ष !
    ✍️ श्रीबहादुर केसी शैलुङ्गे
    दुवाकाेट भक्तपुर
    ४१//
    मनमा खुसी हर्ष
    वसन्त ऋतुको उमङ्गसँगै
    आयो नयाँ वर्ष !
    ✍️ श्रीकृष्ण धामी
    देउलेख, बझाङ
    ४२//
    मान्नुपर्ने भएन हर्ष
    बढ्दैछ देशमा अशान्ति
    सुधार होस् नववर्ष !
    ✍️ शंकर कार्की
    थाहा ३ मकवानपुर
    ४३//
    हर्षोल्लासको छ चाहना
    मनमस्तिष्कमा सधैँ छाओस्
    नववर्षको सबैमा शुभकामना !
    ✍️ कोपिला समीक्षा
    खार्पा, खोटाङ
    ४४//
    आन्तरिक हृदयको चाहना
    जगमा समृद्धि छाइरहोस्
    नयाँ वर्षको शुभकामना !
    ✍️ मोती योन्जन सुब्बा
    दार्जिलिङ
    ४५//
    विगतझैँ नहोस् नववर्षमा
    देशमा समृद्धि भई
    खुसीयाली छाओस् सबमा !
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हाल अमेरिका, बोस्टन
    ४६//
    बढेर सकारात्मक सोचाइ
    नववर्षको हार्दिक शुभकामना
    खुसी रहोस् स्थायी !
    ✍️ पुष्पा सुवेदी
    नेपालगन्ज, बॅाके
    ४७//
    नववर्ष समृद्धि ल्याओस्
    सम्पूर्णमा यही शुभकामना
    हर्षले निष्कर्ष पाओस् !
    ✍️ प्रेम थापा “मन”
    बागलुङ
    ४८//
    आयो नयाँ वर्ष
    भुलाएर दु:ख जति
    ल्याओस् सबैमा हर्ष !
    ✍️ देवकृष्ण काफ्ले
    ४९//
    आगामी नयाँ वर्षले
    सबैलाई खुसी देउन्
    रमाइलो गरौँ हर्षले !
    ✍️ अन्मोल मुस्कान
    तकदाह छाउनी, दार्जिलिङ
    ५०//
    खुसी उमङ्गले बेर्दै
    आयो हजुर नववर्ष
    नयाँ पालुवा फेर्दै !
    ✍️ अनिता भण्डारी
    ताप्लेजुङ
    ५१//
    आयो बयासी साल
    परस्पर सद्भाव बढोस्
    समृद्धि छाओस् मालामाल !
    ✍️ छ्न्त्याल हित
    ५२//
    सारा नेपालीको भावना
    आओस् शान्ति श्रीवृद्धि
    नयाँ वर्षको शुभकामना !
    ✍️ शोभाकान्त रेग्मी
    वालिङ स्याङ्जा
    ५३//
    पल्लव नयाँ अङ्कुरायो
    वसन्तको आगमनले हेर
    मुलुकभर खुसी छायो ।
    ✍️ साजन पौडेल
    ५४//
    स्वागत नयाँ वर्षलाई
    नौलो उमङ्गले आऊँ
    आनन्दमा निश्चिन्त गराई !
    ✍️ मनोहरी पौडेल
    गैडाकोट १
    ५५//
    नववर्षको उज्ज्वल सपना
    अनेकौँ हर्षोल्लासको साथ
    सम्पूर्णलाई हार्दिक शुभकामना !
    ✍️ रमा गुरुङ्ग
    सालुगडा, सिलीगुडी
    ५६//
    नयाँ वर्षको शुभकामना
    सुखशान्ति र समृद्धिको
    पूरा होओस् चाहना !
    ✍️ कृष्ण बजगाई
    खोटाङ
    ५७//
    गरौँ शत्रुको सामना
    सुखद बनोस् नववर्ष
    सबैमा हार्दिक शुभकामना !
    ✍️ वेदु न्यौपाने
    ५८//
    पुगोस् सबैको चाहना
    समस्याहरू हल होउन्
    नयाँ वर्षको शुभकामना !
    ✍️ धनमाया चौधरी
    कैलाली
    ५९//
    जीवनमा खुसी हर्ष
    बोकेर नेपाली घरघरमा
    आयो नयाँ वर्ष !
    ✍️ सानु जाेशी
    सुदुरपश्चिम, दार्चुला
    ६०//
    शुभकामना नयाँ वर्षकाे
    छाओस् सबैमा खुसीयाली
    पाइयाेस् फल सङ्घर्षको !
    ✍️ ईश्वर साउद(भिक्षु)
    रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
    ६१//
    शान्तिको आवाज लिएर
    आऊ नववर्ष तिमी
    क्रान्तिको नारा दिएर !
    ✍️ विवश पारदर्शी
    झापा
    ६२//
    पात्रो फेरियो घरमा
    रुखमा पात फेरिए
    नयाँ वर्षको साथमा !
    ✍️ समुन्द्रा शर्मा
    ६३//
    स्वच्छ हाेस् भावना
    सुख र शान्तिकाे लागि
    नयाँ वर्षकाे शुभकामना !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    ऐसेलुखर्क ३ खाेटाङ । हाल भक्तपुर
    ६४//
    उच्च शिखरको भावना
    मनमा सजिएर जाओस्
    नयाँ वर्षको शुभकामना !
    ✍️ दुर्गा आचार्य
    मोरङ
    ६५//
    सुखशान्तिको छ चाहना
    भयरहित बाँच्न पाऊँ
    आउँदो वर्षको शुभकामना !
    ✍️ राजेश्वरी राजोपाध्याय
    ललितपुर
    ६६//
    छाओस् खुसी हर्ष
    दु:ख पीडा हटोस्
    उमङ्ग ल्याओस् नववर्ष !
    ✍️ राधा चाम्लिङ
    खोटाङ
    ६७//
    नयाँ वर्ष आयाे
    साथमा वसन्त बहार
    मनमा खुसी छायाे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी, धादिङ
    ६८//
    कालयुक्त संवत्सर गयाे
    नयाँ वर्षको शुभकामना
    उज्यालो साैरमान भयाे ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    ६९//
    नयाँपनको यहाँ खाँचो
    जीवजगतमा प्रेम बढोस्
    शान्ति बनोस् साँचो !
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ७०//
    घरघरमा खुसी आओस्
    जोस, जाँगर, आँटमा
    नववर्षको उमङ्ग छाओस् !
    ✍️ सरस्वती श्रेष्ठ
    रुपन्देही बुटवल
    ७१//
    सबैमा उज्यालो छाओस्
    दुखीहरूको मुहारमा पनि
    नयाँ उमङ्ग ल्याओस् !
    ✍️ संगीता खरेल
    काठमाडौँ
    ७२//
    दुःख नासिएर जाओस्
    सुखशान्ति समृद्धि लिएर
    नयाँ साल आओस् !
    ✍️ सीमा कार्की समर्पण
    मेलचोक, पर्सा
    ७३//
    घुमेर आयो नववर्ष
    सम्पूर्णमा शुभकामना भन्दै
    छाओस् मनमा हर्ष !
    ✍️ सुनगाभा पोखरेल
    कपिलवस्तु
    ७४//
    घुमेर आयो नववर्ष
    बोकेर उमङ्ग शान्ति
    खुसी अनि हर्ष !
    ✍️ डा. जानुका न्यौपाने
    दोलखा
    ७५//
    छैन मनमा हर्ष
    नहोस् एकासी जस्तो
    आउँदो नयाँ वर्ष !
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ७६//
    विगतझैँ आयो नववर्ष
    भुलौँ सारा पिरहरू
    लिएर मनमा हर्ष !
    ✍️ विवा तामाङ
    ७७//
    नेपालीहरूमा प्रगति उत्कर्षकाे
    सम्पूर्ण उत्पीडित दुःखीहरूमा
    शुभकामना छ नववर्षकाे !
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ७८//
    देशमा खुसी आओस्
    हटुन् नारा जुलुस
    नेपालमा शान्ति छाओस् !
    ✍️ प्रेम शर्मा “एकान्त प्रेमी”
    कालेबुङ
    ७९//
    नवीन उत्साह लिई
    आओस् नयाँ वर्ष
    शान्तिको मद पिई !
    ✍️ पदमराज न्यौपाने
    रामारोशन ४ अछाम
    ८०//
    आयो नयाँ वर्ष
    सर्वत्र खुसी छाओस्
    उमङ्ग अनि हर्ष !
    ✍️ जनक बिसी
    दक्षिण भारत, कोचिन
    ८१//
    घर अनि आँगनमा
    नयाँ वर्ष आयो
    खुसी छायो मनमा !
    ✍️ जानुका बास्कोटा
    काठमाण्डौ
    ८२//
    बनोस् उल्लासमय वर्ष
    हटोस् हृदयको तुवाँलो
    जनमनमा होओस् हर्ष !
    ✍️ घनश्याम पन्त
    हरिवन सर्लाही
    ८३//
    पवित्र फूलझैँ फुलेर
    नववर्ष मनाउनु सबले
    दु:खपिर सबै भुलेर !
    ✍️ बेल थोकर तामाङ
    ८४//
    पूरा होउन् मनोकामना
    जोस जाँगर थपियोस्
    नयाँ वर्षको शुभकामना !
    ✍️ नन्दा धामी
    नौगाड, दार्चुला
    ८५//
    भित्रियाे आँगनमा नववर्ष
    धरती वसन्तले सजियाे
    खुल्याे मधुमास सहर्ष !
    ✍️ हरिगाेपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगा बजार बनेपा १४
    ८६//
    सुस्वागतम् नयाँ वर्षलाई
    हटाई मनको मैलो
    हाँसीखुसी बसौँ रमाई !
    ✍️ सविता भट्टराई
    जनकपुरधाम
    ८७//
    अशान्ति हरोस् भावना
    हरेक दैलोमा नववर्षले
    समृद्धि छरोस् शुभकामना !
    ✍️ राज बहादुर बडुवाल
    कनकासुन्दरी-५, जुम्ला
    ८८//
    रिसराग सबै हटाई
    खुसीको वर्ष बनोस्
    हर्ष उमङ्ग बढाई !
    ✍️ नागेन्द्रप्रसाद यादव
    ८९//
    मीठो फुरोस् रचना
    नयाँ साल बयासीको
    सबैलाई छ शुभकामना !
    ✍️ ध्रुव श्रेष्ठ
    खोटाङ
    ९०//
    उच्च रहोस् भावना
    हरेक नेपालीको मनभित्र
    नयाँ वर्षको शुभकामना !
    ✍ राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ
    ९१//
    स्वागतम् नयाँ वर्ष
    हटोस् सबैका पीडा
    छाओस् अथाह हर्ष !
    ✍️
    पुष्पा राई
    खाेटाङ । हाल- बसुन्धरा, काठमाडौँ
    ९२//
    नयाँ समयहरू बिताई
    सुनौलो नयाँ उमङ्गहरूले
    नववर्ष मनमा सजाई !
    ✍️ नेत्रबहादुर श्रेष्ठ
    सिन्धुपाल्चोक -१३
    ९३//
    अनेकौँ हुन्छन् चाहना
    पूरा हाेओस् सबैको
    नयाँ वर्षकाे शुभकामना !
    ✍️ सहयात्री शाेभा अर्याल
    रुपन्देही
    ९४//
    नयाँ वर्षको रसरङ्ग
    सर्वत्र सुखशान्ति फैलियोस्
    नपरुन् भयले झसङ्ग !
    ✍️ देव मगर
    तिनाउ~१,कचल, पाल्पा
    ९५//
    खुसीले भरियोस् आँगन
    हिमाल पहाड तराईको
    समृद्ध बनोस् जनजीवन !
    ✍️ सुरेशकुमार पाण्डे
    ९६//
    सबैले मनाऔँ नववर्ष
    जोगाउँदै मौलिक परम्परा
    मनमा बोकेर हर्ष !
    ✍️ संगमानंद पत्रकार
    चूरु-राजस्थान
    ९७//
    सम्पूर्ण नेपालीलाई शुभकामना
    सुखशान्ति अनि समृद्धिकाे
    सम्पूर्णमा मेरो सद्भावना !
    ✍️ शम्भु गजुरेल
    ९८//
    नयाँ पात पलायो
    पुरानो पात्रो बेकाम
    वर्षले अङ्क बढायो ।
    ✍️ म्यामराज राई
    भोजपुर
    ९९//
    पूरा होउन् चाहना
    आउँदै गरेको नववर्षको
    सबैमा हार्दिक शुभकामना !
    ✍️
    हरिभक्त सिग्देल महेश
    मण्डिखाटार, काठमाडौँ
    १००//
    आयो नयाँ वर्ष
    मुहारमा छाओस् सबको
    खुसी अनि हर्ष !
    ✍️ चिरञ्जीवी श्रेष्ठ
    धनकुटा
    १०१//
    मनको पीडा हटाई
    आऊ नयाँ वर्ष
    खुसी उमङ्ग सजाई !
    ✍️ बिमल पोखरेल
    धरान -१७, पटनाली
    १०२//
    आयाे नयाँ वर्ष
    पलाए नयाँ पालुवा
    छायाे मनमा हर्ष !
    ✍️ जगदिश अधिकारी
    तारकेश्वर, काठमाण्डाै
    १०३//
    नववर्ष आयो भन्छन्
    एकदिन शुभकामना दिएर
    वर्षभरि खोइरो खन्छन् ।
    ✍️ डा. देवी पन्थी
    १०४//
    गरिबको पेट भरियोस्
    नयाँ वर्ष बयासीमा
    उमङ्ग खुसी छरियोस् !
    ✍️
    तेजप्रसाद खनाल
    दाङ
    १०५//
    भरियोस् मनमा उमङ्ग
    नयाँ वर्ष आउँदा
    हुन्छौँ सबै दङ्ग !
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    १०६//
    कठिनाइको गरेर सामना
    जुटाैँ अघि बढाैँ
    नयाँ वर्षको शुभकामना !
    ✍️ जयनारायण नेपाल
    बालकोट, भक्तपुर
    १०७//
    सम्पूर्ण कुकृत्य फालेर
    नववर्ष तिमी आऊ
    समृद्धिको दियो बालेर !
    ✍️ ऋजु दिल्पाली
    १०८//
    भित्रिरहेकाे नयाँ वर्ष
    छर्न सकोस् शुभावना
    ल्याओस् सबैमा हर्ष !
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    १०९//
    घुम्दै फिर्दै आयो
    नयाँ साल फेरि
    आशा उमङ्ग छायो ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    ११०//
    मनमा छाओस् हर्ष
    सधैँ खुसी बनोस्
    अबको नयाँ वर्ष !
    ✍️ ललिता गिरी
    सुनकोसी ५, सिन्धुली
    १११//
    शुद्ध रहोस् भावना
    उत्साह, उमङ्गकाे साथ
    नयाँ वर्षको शुभकामना !
    ✍️ सुनिता निरौला पौडेल
    राधे राधे, भक्तपुर
    ११२//
    आयो नयाँ साल
    तर जताततै देख्छु
    उही पुरानो ताल !
    ✍️ दीपा गुरुङ समभाव
    ११३//
    शुभकामना छ नववर्षको
    खुसी छाओस् नेपालीहरूमा
    शान्ति सुशासन हर्षको !
    ✍️ एवाइ प्रभात
    धनकुटा
    ११४//
    तिमी नयाँ वर्ष
    आऊ खुसीलाई बोकी
    मनमा पलाओस् हर्ष !
    ✍️ चन्द्रिका रिमाल न्यौपाने
    ११५//
    नयाँ उमङ्ग जागोस्
    सुखशान्ति होस् सर्वत्र
    समृद्धि उकालो लागोस् !
    ✍️ नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    ११६//
    नूतन वर्ष आओस्
    ऊर्जाशील कदम चाल्दै
    पोहोरको फोहोर लैजाओस् !
    ✍️ लक्ष्मी रिजाल
    कञ्चनरूप- १२, प्रगतिटोल, रूपनगर, सप्तरी, मधेस प्रदेश, नेपाल
    ११७//
    आयो नवीन वर्ष
    हटाएर सारा पीडा
    छायो मनमा हर्ष !
    ✍️ आर्त अकुलीन
    ११८//
    शुभकामना छ नववर्षकाे
    सबैमा शान्तिको कामना
    माहोल बनोस् हर्षकाे !
    ✍️ रामप्रसाद पुरी
    बादेल, खाेटाङ
    ~<•>~~