वीरगञ्ज, १४ माघ । बाराको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा धारिलो हतियार प्रहार गरी आमा र छोराको हत्या भएको घटनामा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार यसअघि घटनामा संलग्न भएको आशंकामा मृतक सुमित्रा देवीकी २८ वर्षीया बुहारी मनिता देवीलाई नियन्त्रणमा लिइसकेको थियो। पछिल्लो चरणमा घटनाको अनुसन्धानका क्रममा संलग्नता देखिएपछि धर्मेन्द्र महतोलाई पनि पक्राउ गरिएको हो।
बुधबार बिहान करिब २ बजेतिर भएको उक्त घटनामा ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलमाथि धारिलो हतियार (चक्कु) प्रहार गरिएको थियो। गम्भीर घाइते अवस्थामा रहेका आमा–छोराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा सुमित्रा देवीका ५२ वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिनाकुमारी पनि घाइते भएका छन्। उनीहरूको वीरगञ्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ र अवस्था मध्यम रहेको जनाइएको छ।
बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितका अनुसार पक्राउ परेका धर्मेन्द्र महतोको भूमिकाबारे थप अनुसन्धान भइरहेको छ। घटनाको वास्तविक कारण, संलग्न व्यक्तिहरू र हतियारबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
नेकपा एमालेका महासचिव शंकर पोखरेल आफूलाई अगाडि सारेर चर्चा गर्न रुचाउने नेतामध्ये पर्दैनन्। तर राजनीतिक हैसियत, नीति–निर्माणमा पहुँच र संगठनात्मक प्रभावका हिसाबले खुमबहादुर खड्कापछि दाङबाट उदाएका नेतामध्ये उहाँजस्तो उचाइ अरू कुनै दलमा देखिँदैन। दुर्भाग्य, यस्तो अन्तर्मुखी तर प्रभावशाली नेतृत्वलाई चिन्न र मूल्याङ्कन गर्न हाम्रो समाज सधैं ढिलो गर्दै आएको छ।
रु. १० बाँडेर हजारको गफ चुट्ने संस्कृतिमा रमाएको समाजले दीर्घकालीन सोच, संस्थागत विकास र मौन कर्ममा विश्वास गर्ने नेताको योगदान पहिल्याउन नसक्नु अस्वाभाविक होइन। सायद यही कारणले प्रदेश राजधानी दाङ ल्याउन निर्णायक भूमिका खेलेका शंकर पोखरेललाई दंगाली जनताले २०७९ को निर्वाचनमा पराजित गरिरहँदा उत्सव मनाए। यो प्रवृत्ति त्यति अचम्मको पनि होइन, किनकि सिंहदरबारजस्तो राष्ट्रिय धरोहरमा आगो लगाएर सेल्फी खिच्ने सामाजिक चेतनास्तरले गुणवान नेतृत्व चिन्न नसक्नु स्वाभाविक नै ठहर्छ। तर निर्वाचनमा पराजय भोगेपछि पनि दाङको विकासप्रति शंकर पोखरेलको प्रतिबद्धता कमजोर भएन। घोराही–तुल्सीपुर फोरलेन सडकको वर्षौँदेखि अल्झिएको कामले गति लिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत ४०० शय्याको भवन निर्माण भइरहेको छ। इन्जिनियरिङ कलेजको संरचनागत काम अघि बढ्दैछ। साथै, टरिगाउँ विमानस्थल विस्तार र सञ्चालनका विषयमा पनि आगामी दिनमा पहल गर्ने प्रतिबद्धता उहाँले सार्वजनिक गर्दै आउनुभएको छ।
नेकपा एमाले अध्यक्ष केपी ओली पश्चात पार्टीको भावी अध्यक्ष र भविष्यको प्रधानमन्त्रीको रुपमा चर्चा पाएका शंकर पोखरेलले व्यक्त गरेको एउटा भनाइ विशेष अर्थपूर्ण छ— अब आउँदो चुनावमा दंगाली जनताले ज्ञापनपत्र बुझाउन जाने उम्मेदवार होइन, बुझ्ने हैसियत राख्ने उम्मेदवारलाई जिताउनुपर्छ। यो भनाइ केवल राजनीतिक कटाक्ष होइन, बरु नेतृत्वको मापदण्ड पुनःपरिभाषित गर्ने आह्वान हो।
सार्वजनिक सम्पत्ति र ऐतिहासिक धरोहरमाथि आगजनी गर्ने, व्यक्ति विशेषका घर–व्यवसाय ध्वस्त पार्ने, सामाजिक संरचना खलबल्याउने प्रवृत्तिलाई हतोत्साहित गर्न र कानुनी दायरामा ल्याउनुपर्ने आवश्यकता आज झनै टड्कारो बनेको छ। यसका लागि जिम्मेवार राजनीति र संस्थागत दलहरूको भूमिका अपरिहार्य छ—र यही सन्देशका साथ शंकर पोखरेलले नेकपा एमालेसहित आफूलाई समर्थन गर्न आग्रह गरेका छन्। अन्ततः प्रश्न नेतृत्वको हार–जितभन्दा ठूलो छ। प्रश्न हो—हामी कस्तो नेतृत्व चाहन्छौँ? चर्को भाषण गर्ने, भीड तताउने नेतृत्व कि मौन तर परिणाम दिने नेतृत्व? दाङको विकासक्रमलाई हेर्दा, यो प्रश्नप्रति पुनर्विचार गर्ने समय आएको छ।
दाङ, माघ ३ दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १८ पुल्चोकमा एकदिने नि:शुल्क स्वास्थ्य परिक्षण तथा औषधी वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । पार्वता स्मृति साहित्य प्रतिष्ठान दाङले दिवङ्गत आमा पार्वता पाण्डेको तेस्रो पुण्यस्मृति दिवसको अवसरमा उक्त कार्यक्रमको आयोजना गरेको थियोे । कार्यक्रममा स्थानीय १ सय ३५ जना सेवाग्राहीहरूको नि:शुल्क स्वास्थ्य परिक्षण गरिनुका साथै औषधी वितरण गरिएको थियोे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा.लोकराज पराजुली, राजमो अध्यक्ष गणेश आचार्य, टोलका अध्यक्ष भेषबहादुर रावत, मेघराज भट्टराई, वाम बुद्धिजीवी शशिधर भण्डारी, मेडिकल सञ्चालक शिवराज पाण्डे, अनिल कुमार, प्रतिष्ठानका अध्यक्ष देवी पाण्डे, संरक्षक सुरेशकुमार पाण्डे लगायतका साहित्यकार, बुद्धिजीवीहरूको उपस्थिति रहेको थियो।
स्मृतिशेष आमा पार्वता पाण्डेको सम्झनामा स्थापित पार्वता स्मृति साहित्य प्रतिष्ठानले आमाको सम्झनामा नियमितरूपमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । जसमा सामुदायिक विद्यालयमा एक लाखको अक्षयकोष खडा गरेर वार्षिक रूपमा जेहेन्दार विद्यार्थीलाई सम्मान गर्नु, असी वर्ष पार गरेका वृद्धवृद्धालाई सल ओढाएर सम्मान गर्नु जस्ता कार्य मुख्य रहेका छन् ।
विश्वप्रसिद्ध गढीमाई मेला माघे संक्रान्तिको अवसरमा माघ १ गते (खिचडी पर्व) का दिन बाराको बरियारपुरमा अवस्थित गढीमाई भगवती मन्दिर परिसरमा भव्य रूपले लागेको छ। धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले अत्यन्तै महत्वपूर्ण मानिने यस मेलामा देश–विदेशबाट लाखौँ श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
प्रत्येक वर्षझैँ यस वर्ष पनि माघे संक्रान्तिको अवसरमा नेपालका विभिन्न जिल्लासहित भारतका विभिन्न स्थानबाट भक्तजनहरू गढीमाई भगवतीको दर्शनका लागि बरियारपुर पुगेका छन्। बिहानैदेखि मन्दिर परिसर तथा आसपासका क्षेत्र भक्तजनको ठूलो भीडले भरिएका छन्।
गढीमाई भगवती शक्तिकी देवीका रूपमा पूजाआजा गरिँदै आएको छ। माघे संक्रान्तिको दिन विशेष गरी खिचडी चढाउने, भाकल पूरा गर्ने तथा परिवारको सुख, शान्ति र समृद्धिको कामनासहित पूजा गर्ने परम्परा रहिआएको छ।
मेलालाई व्यवस्थित बनाउन सुरक्षाकर्मी, स्वयंसेवक तथा स्थानीय प्रशासन परिचालन गरिएको छ। भीड व्यवस्थापन, यातायात र सुरक्षा व्यवस्थालाई विशेष प्राथमिकता दिइएको छ। मेला भव्य रूपले लागेसँगै स्थानीय व्यापार, होटल व्यवसाय तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक प्रभाव परेको छ।
धार्मिक आस्थासँगै सांस्कृतिक पहिचान बोकेको गढीमाई मेला नेपालकै एक महत्वपूर्ण धार्मिक उत्सवका रूपमा स्थापित हुँदै आएको छ।
नुवाकोट, माघ — नुवाकोट जिल्लाको लिखु गाउँपालिका अन्तर्गत पर्ने ढिकुरे फाँटमा पछिल्ला वर्षहरूमा व्यावसायिक आलु खेती तीव्र रूपमा विस्तार हुँदै गएको छ। उर्वर माटो, पर्याप्त सिँचाइ सुविधा र अनुकूल हावापानीका कारण यस क्षेत्र आलु उत्पादनका लागि उपयुक्त मानिँदै आएको छ।
स्थानीय किसानहरूले परम्परागत खेती प्रणालीलाई सुधार गर्दै आधुनिक प्रविधि अपनाउन थालेपछि उत्पादनमा उल्लेखनीय वृद्धि भएको उनीहरूको भनाइ छ। उन्नत जातका बीउ प्रयोग, प्लास्टिक मल्चिङ, समयमै मलखाद तथा कीटनाशकको प्रयोगले आलुको गुणस्तरसमेत सुधार भएको छ।
ढिकुरे फाँटमा उत्पादित आलु स्थानीय बजारसँगै नुवाकोट सदरमुकाम, काठमाडौँ तथा आसपासका जिल्लामा समेत आपूर्ति हुँदै आएको छ। यसले किसानको आम्दानी बढाउनुका साथै स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गरेको छ।
किसानहरूका अनुसार, पहिले सानो परिमाणमा मात्र गरिने आलु खेती अहिले मुख्य आम्दानीको स्रोत बन्दै गएको छ। लिखु गाउँपालिकाले पनि कृषि प्रवर्द्धन कार्यक्रमअन्तर्गत प्राविधिक सहयोग, बीउ वितरण तथा सिँचाइ व्यवस्थापनमा सहकार्य गर्दै आएको जनाएको छ।
तर, किसानहरूले बजार मूल्यमा स्थिरता नहुनु, भण्डारणको अभाव तथा कहिलेकाहीँ देखिने रोग–कीराको समस्या चुनौतीका रूपमा रहेको बताएका छन्। यस्ता समस्या समाधानका लागि चिस्यान भण्डारण गृह स्थापना र नियमित प्राविधिक अनुगमन आवश्यक रहेको उनीहरूको माग छ।
स्थानीय सरकार, कृषि प्राविधिक र किसानबीचको सहकार्य अझ प्रभावकारी बनाउन सके ढिकुरे फाँटको आलु खेतीले नुवाकोट जिल्लालाई आत्मनिर्भर बनाउने मात्र होइन, व्यावसायिक कृषि विकासको उदाहरणसमेत प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चका आजीवन सदस्य लघुकथाकार हेमराज अधिकारीको लघुकथासङ्ग्रह ‘च्यातिएको जुत्ता’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजे (भारतीय समयानुसार बेलुका ५:४५ देखि राति ८:४५ बजे) सम्म चलेको थियोे ।
‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रह, तुमिन, सेले, पूर्व सिक्किम, गान्तोक,भारत निवासी लघुकथाकार हेमराज अधिकारीको पहिलो लघुकथा कृति हो । जसमा कुल ८० वटा लघुकथाहरू सङ्ग्रहित रहेका छन् । अधिकारी सिक्किमेली लघुकथा समाजको संस्थापक सदस्य एवम् प्रशासक र नमस्ते आधुनिक लघुकथा मञ्चको आजीवन सदस्य हुनुहुन्छ ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा.कपिल लामिछानेले आफ्नो मन्तव्यमा ‘नेपाली जाति, नेपाली साहित्य, नेपाली भाषा नेपालमा मात्र छैन । नेपालको राजनैतिक भूगोललाई उछिनेर नेपाल बाहिर पनि एउटा ठूलो नेपाली संसार छ । यो कुरा आजको परिचर्चाले पुष्टि गरेको छ’ भन्नुभयो । साथै उहाँले मञ्चको कामको प्रशंसा गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले पनि नेपालभित्रका नेपाली लघुकथाकार र लघुकथाको मात्र कुरा गर्दैन, नेपालबाहिरका लघुकथाकार एवम् लघुकथाहरूको कुरा गर्न, सम्मान गर्न तम्तयार छ भन्ने कुराको पनि आजको कार्यक्रमले पुष्टि गरेको उल्लेख गर्नुभयो । ‘च्यातिएको जुत्ता’ लघुकथासङ्ग्रहको बारेमा आफ्नो धारणा राख्दै उहाँले कृतिमा ‘विस्मरण’को कुरा उठाइनु, लघुकथामा हास्य रसको प्रयोग त्यति नभइरहेको अवस्थामा हास्य रसको प्रयोग गरिनु जस्ता कुराहरू उल्लेखनीय रहेकोे भन्दै कृतिकारलाई अझ दृढ भएर लाग्न प्रेरित गर्नुभयो । कृति सुन्दर, पठनीय भएको उल्लेख गर्दै उहाँले कतिपय लघुकथाहरूमा अन्त्य बिस्तार भएको, एउटै लघुकथामा धेरै कालखण्ड आएको, कथाको सार जस्तो देखिएको(जस्तै- चिन्ता र चिता), निबन्धको प्रभाव देखिएको हुँदा सर्जक सचेत रहनुपर्ने बताउनुभयो । साथै उहाँले ‘सामान्यतया यस्ता समीक्षा कार्यक्रममा कृतिका धेरै कमजोर पक्षलाई बताएर सर्जकलाई हतोत्साहित गर्ने गरिँदैन । तसर्थ समीक्षकका कुरा सुनेर सर्जक धेरै हौसिन पनि नहुने’ बताउनुभयो ।
कार्यक्रममा ‘च्यातिएको जुत्ता’को परिचर्चा दुई पक्षमा आधारित रहेर गरिएको थियोे । लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु वा संरचनागत पक्ष’मा केन्द्रित रही सोको विश्लेषण गर्दै परिचर्चाकार डा.हरिप्रसाद भण्डारीले लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा विषयगत विविधता रहेको उल्लेख गर्नुभयो । साथै ती विविध विषयहरूभित्र पनि धेरै विविधता रहेकोे बताउनुभयो । ‘साहित्यकार गरिब भए पनि उनीहरू विचारक हुन्छन्, महान हुन्छन् जस्ता सकारात्मक भावहरू, साहित्यमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर ‘च्यातिएको जुत्ता, पर्फ्युम ब्रान्ड, टिकटकको नृत्य, हुरीको डढेलो, कङ्ग्राचुलेसन सर आदि शीर्षकका लघुकथाहरूले गरेका छन् । समकालीन राजनीतिमा रहेका विकृति, विसङ्गति लगायतका कुराहरूको उजागर कफनको खरानी, चिसो चुल्हो, खुद्रा मोल आदि शीर्षकका लघुकथाहरूले गरेका छन् । नेपाली संस्कृति र सांस्कृतिक पर्वहरूमा आएको विचलन, विकृतिहरूको उजागर टोपीको गर्व, सम्बन्धको पुनर्जन्म, कुन लुतो फाल्ने जस्ता लघुकथाहरूले गरेका छन् । प्रविधिको विकास र व्यस्त आधुनिक समाजका कारण वृद्धवृद्धामा पर्नगएको असर, विकसित विकृतिको उजागर अनलाइन सन्तान, विवश मौनता, मुख्य अतिथि, पाखाबारीको मल, कठै सन्चमान जस्ता लघुकथाहरूले गरेका छन् । समाजमा रहेकोे गरिबीको पराकाष्ठाको उजागर ‘बाबाको बाध्यता, कम्बल, चमत्कारको प्रतीक्षा, रुञ्चे माइलोको दसैँ जस्ता लघुकथाहरूले, जीवन दर्शनका सुन्दर पक्षको उजागर मनबहादुरको मन, जङ्गलको बतास, पोलेका मकै जस्ता लघुकथाहरूले, नारी उत्पीडन, स्वतन्त्रता जस्ता कुराको उजागर माइली, हारपछिको जीत, पितृदण्ड जस्ता लघुकथाहरूले गरेको उल्लेख गर्नुभयो । साथै शिक्षा (पौमाङ्गे धिरी), धार्मिक(ब्राह्मणको चतुर्याइँ), अन्धविश्वास(ज्योतिष), तेस्रो लिङ्गी(आघात) लगायत विविध विषयवस्तुमा रचित लघुकथाहरूले समाज, राजनीति जस्ता क्षेत्रमा गतिलो व्यङ्ग्य प्रहार गरेका छन् । यसरी विविध विषयवस्तुलाई कथानक बनाई विकृति, विसङ्गति माथि प्रहार गर्दै अन्तमा लघुकथामा सकारात्मक सोच ल्याउनु, हरेक लघुकथामा बिज वाक्य स्थापना गर्नसक्नु कृतिकार अधिकारीको सफल पक्ष रहेकोे छ ।’ उहाँले भन्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका अर्का वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.विदुर चालिसेले ‘च्यातिएको जुत्ता’को शिल्प शैली र सौन्दर्यगत पक्षको परिचर्चा गर्नुभएको थियोे ।
‘हरेक सर्जकको पहिचान उसको आफ्नो विशिष्ट शैलीले हुन्छ। जुन उसले आफ्नो कृति वा सृजना मार्फत प्रस्तुत गर्ने गर्दछ’ भन्नुहुँदै परिचर्चाकार डा.चालिसेले ‘लघुकथाकार हेमराज अधिकारीको लघुकथाहरूमा नेपाली भाषा, साहित्य, संस्कृतिको सुगन्ध पाइने, स्थानीय भाषा (आञ्चलिकता), शैली, परम्परा जस्ता विषयहरू संयोजन भेटिने’ बताउनुभयो । साथै उहाँले लघुकथाहरूमा प्रयुक्त भाषामा सरलता, अनुच्छेदहरूको कुशल संयोजन, विचार, भाव, विम्बहरूको सही प्रयोग, बिज वाक्यको स्थापना, लेखन अनुशासन, इको साउण्ड (प्रतिध्वनीत)को प्रयोग, अधिकांश कथाहरू परावर्तन गर्ने शैलीको प्रयोग जस्ता कुराहरू अधिकारीका सबल पक्ष रहेको उल्लेख गर्नुभयो । उहाँका लघुकथाका पात्रहरू कर्तव्यपरायण रहेकोे उल्लेख गर्दै सिक्किमेली समाजमा रहेका प्राकसन्दर्भलाई लघुकथामा समावेश गर्नुभएको बताउनुभयो । साथै उत्कृष्ट शब्द चयन र मानवेतर पात्रको प्रयोग लोभलाग्दो रहेकोे बताउनुभयो । सुधार गर्नुपर्ने पक्ष बारे बोल्नुहुँदै परिचर्चाकार डा. चालिसेले ‘लघुकथाको शीर्षकमा अङ्ग्रेजी शब्दको प्रयोग नगरिदिएको भए सुनमा सुगन्ध हुने थियोे’ भन्नुभयो ।
कृतिकारको तर्फबाट बोल्नुहुँदै ‘च्यातिएको जुत्ता’ का कृतिकार हेमराज अधिकारीले समीक्षकहरूबाट आफ्नो कृतिमा त्यति आलोचना नआएकोमा खुसी व्यक्त गर्दै आएका आलोचना/सुझावलाई ग्रहण गर्ने र आगामी दिनमा सुधार गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो । साथै उहाँले सुन्दर समीक्षाका लागि समीक्षकहरूप्रति, अवसर र व्यवस्थापनका लागि नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरूप्रति आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा साहित्यकारहरू त्रिपुरा पोखरेल खरेल, डा.पारसमणि दंगाल, चक्रपाणि भट्टराई, महेश प्रसाईले शुभकामना मन्तव्य दिनुभएको थियोे । अन्तमा धन्यवाद मन्तव्य दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले आजको कार्यक्रम निकै कठिनाइका बावजुद सफल भएको बताउनुभयो । ‘नेपालबाहिर रहनुहुने नेपाली भाषी स्रष्टाहरू नेपाली भाषामै लेख्नुहुन्छ, नेपाली भाषामा कटिबद्ध हुनुहुन्छ, हिन्दी भाषामा लेख्नुहुन्न । बरु हामी नेपालीहरू हिन्दी लगायत विदेशी भाषामा लेख्न लालायित हुने गर्दछौँ ।’ उहाँले भन्नुभयो । परिचर्चा कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि, कृतिकार लगायत कार्यक्रममा उपस्थित हुनुहुने सम्पूर्ण अतिथिहरू, कार्यक्रम हेर्ने/सुन्ने दर्शक/श्रोता, सबैप्रति उहाँले हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार एवम् कुशल कार्यक्रम सञ्चालक इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने जुम प्रविधि ह्यान्डलिङ आयुष बडालले गर्नुभएको थियोे ।
उमेश कुशवाह, बीरगंज। बहुदरमाई नगरपालिका वडा नम्बर–७ मा अतिक्रमित सार्वजनिक जग्गा नाप–नक्सा गरी छुट्याउने कार्य तीव्र रूपमा अघि बढाइएको छ। वडा अध्यक्ष बिरेन्द्र प्रसाद यादवको पहलमा समसान घाटदेखि मुस्लिम समुदायको कब्रगाह हुँदै करिब ५० वर्षदेखि खेतको रूपमा प्रयोग हुँदै आएको अतिक्रमित सार्वजनिक जग्गाको नाप–नक्सा गरी छुट्याउने काम भइरहेको छ।
वडा अध्यक्ष यादवले दृढ इच्छाशक्ति र सत्यनिष्ठा भए पाँच वर्षभित्र जनताको हितमा उल्लेखनीय परिवर्तन सम्भव हुने विश्वास व्यक्त गर्नुभएको छ। उहाँका अनुसार सार्वजनिक जग्गाको संरक्षण, सदुपयोग र व्यवस्थापन वडाको दीर्घकालीन विकासका लागि आवश्यक रहेको छ।
यसअघि पनि वडा नम्बर–७ अन्तर्गत बिश्रामपुर छपकैया, फुलकौल जोड्ने बिलिन सडक, भौराटारलगायत विभिन्न स्थानमा अतिक्रमित सार्वजनिक जग्गा नाप–नक्सा गरी छुट्याउने कार्य सम्पन्न भइसकेकोछ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयउन्नपचासौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०९/१७
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४९[एकसय उनन्पचासौ] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग:०१
शिरमा टोपी ढल्केको छ
विश्वले हेर्न पल्केको छ
शुभकामना छ आजको,
नेपालीपन झल्केको छ
आज पोशाक टल्केको छ।
-सुशीला पौडेल
पञ्चाङ्ग :०२
शिरमा यो ढाकाटोपी लगाएको छ
आन्दोलनमा जेनजी भगाएको छ
अफ्नो संस्कार संस्कृति जगेडा राखौँ,
हाम्रो नेपाली पोसाक रमाएको छ
देश चन्द्र सूर्य झण्डा थमाएको छ।
✍️ वेदु न्यौपाने
पञ्चाङ्ग:०३
नेपालीको शिरकाे पोशाक टाेपी हाम्रो सदाकाल धीरकाे पाेशाक टाेपी हाम्रो नेपालीत्त्वकाे चिनारी विश्व आँगनीमा, स्वाभिमान हाे थिर पाेशाक टाेपी हाम्रो लागाए हुन्न पीर पाेशाक टाेपी हाम्रो । प्रद्युम्न चालिसे -भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग-०४ जताततै बम अनि बारुद पड्किएको सुनिन्छ खोइ!शान्ति सुरक्षा जहाँपनि खड्किएको सुनिन्छ हेल्मेट भित्रै पनि टाउको फुटिसक्यो दुनियाँको, नेपालीको भने ढाकाटोपीमै अड्किएको सुनिन्छ मुटु पनि हाम्रो ढाकाटोपीमै धड्किएको सुनिन्छ। -पशपती राई खोटाङ।
चित्रपट पञ्चाङ्ग-०५ अक्षर-१५
नेपालको शान ढाकाटोपी भनेर मानौँ संस्कृतिको जगेर्नामा सभ्य बनेर मानौँ हो नेपालीले बुझ्नु पर्छ हाम्रो पहिचान, सिमानामा किल्ला गाड्नलाई खनेर जानौँ अैाँलाले भ्याए जति संस्कार गनेर जानौँ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयअठचालिसौंमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०९/१०
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४८[एकसयअट्चालिसौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~
पञ्चाङ्ग:०१
चरीले शिर घुमाएको छ
कसैले दृश्य गुमाएकाे छ
देख्दा आहा मनै लभ्याउने,
माेहक दृश्य चुमाएकाे छ
मानिसलाई झुमाएको छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
जस्तो सुन्दरताको फुलमा फुलेकोछ चरा
वरिपरि घुमीघुमी सधैं डुलेकोछ चरा
रमाउने चराचुरुङ्गी प्रकृतिको प्यारो ठाउँ ,
जङ्गलमा रमाई कराउँदै घुलेकोछ चरा,
हावा र पानी सहेर पनि चुलेको छ चरा।
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग :०३ रङ्गी बिरङ्गी रुपले डुलेको चरी चिसो तातो क्यै नभनी भुलेको चरी सहेर कति प्रकृति सँग बस्दछ , सारा संसार उड्दा नै खुलेको चरी प्रकृतिमै रमाउँदै झुलेको चरी । ✍️ वेदु न्यौपाने काठमाडौँ 🙏 🌹🌹
पञ्चाङ्ग:०४ “”””””””” प्रकृतिमा सबैकाे रक्षित सास हुन्छ राजै यस धरामा चराचरकाे बास हुन्छ राजै तव असंख्य फूल फुलेको कति रमाइलो , रुखकाे डालीमा चिरिबिरी खास हुन्र राजै रुखबिरुवा नभए चरा गुँड नाश हुन्छ राजै। -प्रधुम्न चालिसे
पञ्चाङ्ग-०५ सुखी होला कि दु:खी होला भन यो बनको चरी भुर्र उडेर डुल्छ रनबन यो बनको चरी जहाँ भेट्छ पाकेको फल खाएर सन्तुष्ट हुन्छ, मान्छेको झैँ कहाँ छ लोभी मन यो बनको चरी सुन्दर रूप छ प्रकृतिको छैन धन यो बनको चरी । -पशपती राई खोटाङ ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसच्चालीसौंमा हामी पुगेका छौं। “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसच्चालीसौंमा हामी पुगेका छौं।।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०९/०३
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १४७[एकसय सच्चालिसौं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन
सुशीला पौडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
~~~~~ पञ्चाङ्ग:०१ फूललाई हर ठाउँ फुल्नु पर्ने रहेछ यही जीवन जगतमा डुल्नु पर्ने रहेछ भित्रभित्र रोएर बाहिर खुसी देखिनु, आफ्नो पीडा लुकाएर खुल्नु पर्ने रहेछ चारैतिर वास्ना छर्न घुल्नु पर्ने रहेछ। -सुशीला पौडेल
पञ्चाङ्ग-०२
फूलको जीवनलाई जहाँपनि फुल्नु पर्दोरहेछ
यही जीवन मौरी बनी जगत डुल्नु पर्दोरहेछ
रुन मन लाग्दा पनि हाँसिदिनै पर्ने संसारलाई
लुकाएर दु:खपिडा जगतमा खुल्नु पर्दोरहेछ
जताततै सुवास छर्न हावामा घुल्नु पर्दोरहेछ।
-पशपती राई खोटाङ ।
पञ्चाङ्ग०३
फुल के हो एक पटक त फुलाएर हेर फुलबारीमा त्यो मनलाई भुलाएर हेर घरको एउटा सौन्दर्य हो फुल भन्ने चिज, कौशीको वरिपरि डालीमा झुलाएर हेर घरको सुन्दरतामा आँखा डुलाएर हेर।
-मल्ल लक्ष्मी श्रेष्ट मेची किनार बिर्तामो झापा ॐ पञ्चाङ्ग;०४ “”””””””” जहाँ फुलेकाे हुन्छ फूल साथी त्यहाँ भमराे हुन्छ हुल साथी फूल धराकाे सुन्दर गहना शान्ति लिन बगैँचा डूल साथी रङ्गिचङ्गी बागमा खुल साथी । प्रधुम्न चालिसे