• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४ सम्पन्न

  • १ फाल्गुन २०८०, मंगलवार १२:२४ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको चौथो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५५ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-

    ……………………………
    १,
    तिमी चाँदनी हौ
    जगत् झलमल पार्ने
    वरिपरि बेदाग छौ ।
    २,
    आयो मायाको याम
    खुलेर प्रेम गरौँ
    राम नबनोस् हराम ।
    ३,
    मनदेखि मनसम्मको यात्रा
    जुग गाल्ने कसम
    कस्तो होला आहा !
    • म्यामराज राई, भोजपुर
      ……………………………
      १,
      कोही छैन अजम्मरी
      एकदिन सबै जानुपर्छ
      आखिर भवसागर तरी !
      २,
      जिन्दगी दुईदिने मेला
      पर्दा उठ्छ रङ्गमञ्चको
      थाहा हुँदैन कतिबेला !
    • वसन्त अनुभव, घोराही, दाङ
      ……………………………
      १.
      जिउँदै झिनो आशमा
      उत्कृष्ट जिजीविषा बोकेर,
      कुल्चेर जिउँदो लासमा।
      २.
      बचाऔॅं मौलिक परम्परा
      अतिक्रमणको सिकार नहोस्,
      हाम्रो कुनै धरा।
      ३.
      आयातित चिजबिज मौलियो
      विदेशीका उपभोक्ता भयौँ
      एकदम आलस्य बौरियो।
    • पृथक प्रकृति, झापा
      ……………………………
      १,
      अनुहार रातो पारेर
      दुई पैसाका दाँतबाट
      पसिना तरर झारेर ।
      २,
      दैवलीला छ अपरम्पार
      गरिबको जिन्दगी पर्‍यो
      दुःखीलाई दैव नटार ।
      ३,
      साँझको बेलामा भाग्यो
      परिवार धान्न गाह्रो
      बाध्यता परदेश लाग्यो ।
    • अम्बिका अधिकारी
      ……………………………
      १,
      मायामा नगरी गन्थन
      सुगन्ध फैलाऊ चारतिरै
      बनेर घोटिँदै चन्दन ।
      २,
      परदेशीको पीडा छातीमा
      सम्झेर साहुको ऋण
      ऐँठन हुन्छ रातिमा ।
      ३,
      मिठास सम्झनाका तरेलीहरूमा
      वर्तमानमा परीक्षण हुँदैछ
      टिल्पिलाउँछन् अश्रु परेलीहरूमा ।
    • सरस्वती भट्ट, सिराञ्चोक-५, गोरखा (हाल – राइनास १, लमजुङ)
      ……………………………
      १,
      जब साँझ पर्छ
      दिनको दुख बिसाउँदै
      रात अघि सर्छ।
      २,
      छल्दै हिँडे जूनलाई
      सकिएन कसै गरी
      यादकी प्यारी उनलाई ।
      ३,
      बिहानीको नरम घाम
      जिन्दगीको हिॅंड्ने बाटो
      शुरवात गर्नु काम।
    • होम प्रसाद नेउपाने, धरान, सुनसरी
      ……………………………
      १,
      प्रणयको दिवस आयो
      प्रेमी प्रेमीका बीचमा
      हर्ष उल्लास छायो।
      २,
      यौवन रङ्ग बर्साउँछ
      प्रणय ऋतुमा सुखको
      आनन्द विभोर दर्साउँछ।
      ३,
      आयो निकट फागुन
      प्रेमी छिन् विनयसाथ
      सुन्दर उपहार मागून् ।
    • विवश पारदर्शी, झापा
      ……………………………
      १,
      न्याय किनबेचको पसल
      गोजीमा पैसा भएपछि
      सरकार कानुनविद् कमसल ।
      २,
      भ्रष्टाचारी फटाहाको पाइन
      गरिबको निसाफ हरायो
      निर्दोषहरू झ्यालखानमा लाइन ।
      ३,
      प्रेम दिवस आयो
      पश्चिमा संस्कृति नक्कल
      नेपाली युवायुवतीमा छायो ।
    • चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ
      ……………………………
      १,
      बाटो हेर्ने पारेछ
      हेर आज निष्ठुरीले
      घरबार अन्तै सारेछ।
      २,
      गाउँघर नै राम्रो
      चारैतिर हरियो
      हेर गाउँ हाम्रो ।
      ३,
      मेहनती मान्छे भेटिन्छ
      गाउँ घरतिर नै
      अनुहारमा चमक देखिन्छ ।
    • कला ढकाल, झापा
      ……………………………
      १,
      माया प्रेम प्यारले
      बाडुली लाग्दैछ आज
      सम्झियो कि यारले ।
      २,
      हिजो उनैले ढलाए
      सोच फेरिएछ आज
      मिलेर शिर उठाए ।
      ३,
      जाडो जानै आँट्यो
      देखाएर बिहेको प्रलोभन
      उसले सतचुर्ण ढाँट्यो ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      ……………………………
      १,
      तिमीसॅंग जिउने चाहना
      सेलाउॅंदै गए मेरा,
      नानाथरी लायौ बहाना ।
      २,
      प्रतीक्षाको सिमा नाघ्यो
      जुन विश्वास थियो,
      सबै भ्रम लाग्यो ।
      ३,
      तिम्रै खुसी अब
      जेसुकै गरे हुन्छ,
      गर्दिन आस अब।
    • शंकर कार्की, थाहा नगरपालिका – ३, मकवानपुर
      ……………………………
      १,
      रातपछि आउने दिनमा
      सुखको माना खाई
      दिनभरि अर्थ हिसाबमा ।
      २,
      प्रणय दिवस आयो
      रमाए प्रेमी प्रेमिका
      लग्नको चमत्कार छायो ।
      ३,
      पवित्र छ सम्बन्ध
      देखाउॅंछौ सबै तिमीले
      धेरै भयो दुर्गन्ध ।
    • एवाइ प्रभात, सहिदभुमि-छेन्ताङ धनकुटा
      ……………………………
      १,
      कुन कुरा गर्छौ
      ढाँटको बीउ रोपेर
      कुन झोली भर्छौ ?
      २,
      ठुलेले देश चुस्तै
      माइलो दाउ हेर्छ
      कान्छो पनि दुरुस्तै ।
      ३,
      पैसाको खेलमा दौडियौ
      सकेनौ अरू गर्न
      जनताको पसिनामा पौडियौ ।
    • प्रेम थापा “मन”, बागलुङ
      ……………………………
      १,
      मनको तिमी मेरो
      आत्मादेखि स्वीकार गर्छु
      खोज्दा पाइॅंदैन सेरोफेरो।
      २,
      छोडेर जान्न टाढा
      एक्लै पार्दै तिमीलाई
      माया बस्यो गाढा।
      ३,
      देख्दा गर्लान् डाहा
      सबैको उदाहरण बनौँ
      कसैलाई हुन्न थाहा।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका, बोस्टन)
      ……………………………
      १,
      मनमा माया साँचिन्छ
      मायाकै भरमा हेर
      वंश परम्परा धानिन्छ।
      २,
      बृहत् मायाको फ्रेम,
      सम्पूर्ण प्राणी प्रकृतिमा
      करुणा मैत्री प्रेम।
      ३,
      नदुखाउन परोस् मन,
      सबैसँग रमाउन पाए
      यही ठुलो धन!
    • दीपा गुरुङ्ग (समभाव), काठमाडौ
      ……………………………
      १,
      छैन मन शान्त
      आँखाबाट आँसु रसायो
      मन भयो भ्रान्त।
      २,
      उर्लेछ खहरे खोला
      प्रेमिका परेछन् स्वार्थी
      खोज्छन् धनको झोला।
      ३,
      तीर होइन हानेको
      तिमीलाई सुख दिउँला
      सधैँ आफ्नै ठानेको ।
    • राज कुमार राजभण्डारी “खोटाङ्गे”, मध्यपुर ठिमी – ५, संगम कोलोनी भक्तपुर
      ……………………………
      १,
      रिस डाहको साटो
      मनमा राखौँ सबैले
      छातीमा देशको माटो ।
      २,
      देखेर तिम्रो रूप
      आज लठ्ठ भयो
      मेरो ज्यान खुब ।
    • बाबुराम पाण्डे, अर्घाखाँची
      ……………………………
      १,
      रहर परदेश जाने
      हुन सक्दैन कसैको
      दुखेसो लगाउने खाने।
      २,
      विकासको श्रोत प्रशस्तै
      तर निर्यात शून्य
      आयात भयो मस्तै।
      ३,
      भ्रष्टाचारको जग पुँजीवाद
      कुटामार भाइ भाइमा
      कसलाई हुन्छ याद।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही – १८
      ……………………………
      १,
      मिर्मिरेमै झुलुक्क झुल्कन्छ
      लायक बन्दै जाँदा छोटै समयमा चम्कन्छ ।
      २,
      माइतीले आजै बोलाए
      पतिदेवले दिनभरिको काम
      एकैछिनमा सक्न अह्राए ।
      ३,
      किन दुब्लाइस् नानी
      असन्तोषी बनिस् क्यारे
      सन्तोषले मोटायौं हामी ।
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
      ……………………………
      १,
      झिलिमिली त्यो सहर
      हेर्न मन थियो
      पुगेन कहिल्यै रहर।
      २,
      दुस्मनले आँखा तर्ने
      खै कहाँ जाउँ
      भोकभोकै मर्नु पर्ने।
      ३,
      छैन पानी धारा
      विस्वासमा घात लाग्यो
      देखेर उनको पारा।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, सङ्खुवासभा
      ……………………………
      १,
      आकाङ्क्षा सिङ्गापुर सहर
      तिलस्मी कुरा रहेछ
      फगत महलको रहर ।
      २ ,
      नरसंहार अपराध जघन्य
      आखिर व्यापार भयो
      सत्ता शताङ्क जन्य ।
      ३,
      व्यापार सदनदेखि सडक
      सबै फाइँफुट्टी मात्र
      नाट्य जस्तै तडकभडक ।
    • प्रद्युम्न चालिसे
      ……………………………
      १,
      कविता हाम्रो झिल्का
      गासौँ हारमा मिलाई
      उनेर पातमा सिन्का ।
      २,
      सुनेर बुझेर लागौँ
      एक दुई हैन
      अब पूरै जागौँ ।
      ३,
      फुर्सद भएको बेला
      लेखौ व्यथा केही
      सुकाउँदै पसिनाको ठेला ।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका २, सल्यान
      ……………………………
      १,
      उज्यालो नखोज आकाशमा
      जाँउ हिँड आर्यघाट
      रेमिट्यान्स आँउदैछ बाकसमा ।
      २,
      झुल्कियो मलिलो घाम
      रापिलो छैन भने
      ताप्नुको के काम ?
      ३,
      उसको मिठो भाषण
      उस्कै भाग्य कोर्दै
      अहिले जमायो आसन ।
    • ध्रुव श्रेष्ठ हाल काठमाडौ ।
      ……………………………
      १.
      सपना साकार गर्न
      खुकुरीको धारमा तिमी
      जिन्दगीमा अघि सर्न।
      २.
      हार पछि जीत
      सङ्घर्षको यो बाटोमा
      सफलता पाउने रीत।
      ३.
      दुःख पाउनु पर्छ
      सुख पाउनको लागि
      सफलतामा पाइला सर्छ।
    • धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ४, बिगारे जुम्ला
      ……………………………
      १,
      यसरी माया गरौँ
      समृद्धि होस् जगत्मा
      सकेसम्म भाइचारा छरौँ ।
      २,
      परायाको यो चाडपर्व
      विकृतिहरू छरेर यहाँ
      नगर्नु है गर्व ।
      ३,
      सत्यताले पाउनेछ जस
      ह्रदयबाटै गरिएमा माया
      हरदिन प्रणय दिवस ।
    • बि.कुलुङ, दार्जिलिङ, रंगबुल
      ……………………………
      १,
      गरौँ मेहनत कडा
      फल राम्रो हुन्छ
      विकास गरा बडाबडा ।
      २,
      बिग्रॅंदै गयो देश
      जाग युवा हो
      उठौँ, बदलौँ परिवेश ।
      ३,
      हावा वायुमण्डलमा स्वच्छ
      हाम्रो बाँच्ने सहारा
      प्राणीको जीवन बच्छ ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      ……………………………
      १,
      ठुला भाषण गर्छन्
      देशको विकास गर्नलाई
      विदेशकै भर पर्छन् ।
      २,
      बाठा अघि सर्छन्
      सोझा जनता हजुर
      यहाँ भोकभोकै मर्छन् ।
      ३,
      कसको पर्नु भर
      अब आफ्नो लागि
      आफैँ केही गर ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      ……………………………
      १,
      काम मोबाइलको खेती
      छैन कसैलाई फुर्सद
      समयको मात्र क्षति
      २,
      समय भयो सोखिन
      छैन काम धन्दा
      जता गयो जोखिम ।
      ३,
      नारीको छुट्टै कथा
      घरमा सधैं कचकच
      अव्यक्त रह्यो व्यथा ।
    • लक्ष्मी काफ्ले, लामाचौर, पोखरा
      ……………………………
      १,
      बारीमा फुल्यो गुलाफ
      ढकमक आज फुल्यो
      चौतर्फी चल्यो सुवास !
      २,
      जिन्दगी खोली बगर
      शिखर चुमे भन्दैमा
      खुसीले हल्ला नगर !
      ३,
      तराई हरियो जङ्गल
      मिलेर बचाउन सकेमा
      सबैमा हुन्छ मङ्गल !
    • आर्त अकुलीन
      ……………………………
      १,
      बिहानीको प्यारो घाम,
      कठ्याङ्ग्रिने चिसो कति,
      लाग्दछ ईश्वर धाम।
      २,
      चिसो भन्दा भन्दै
      जान लाग्यो शिशिर
      दिन गन्दा गन्दै।
      ३,
      आजभोलिको समय भन्दै
      आफ्नै दिन जान्छ
      समय ऋतु गन्दै।
    • शोभा आचार्य गौतम, काठमाडौँ
      ……………………………
      १,
      कोही सहँदैनन् बदनाम
      ‘राम’ चाहियो बुझिदेऊ
      हुन चाहँदैनन् हराम !
      २,
      दिमाग जनताको नभुटौँ
      भनेको केही होइन
      मात्रै मातृभूमि नलुटौँ।
      ३,
      फेदैमा सार्‍यो डेरा
      ताछेर खाऊ भनेको
      बोक्रैसँग खायौ केरा ।
    • रामप्रसाद पुरी, बादेल, खोटाङ ।
      ……………………………
      १,
      नहटाउदा पन्चायत काल
      परिवारमा रमाउन खोज्दा,
      निकाल्थे शरिरको खाल ।
      २,
      पचायतको खम्बा ढालेर
      ल्याए प्रजातन्त्र सहिदले ,
      आफ्नै शरीर गालेर ।
      ३,
      देश सहिदले सजाएको
      पन्चायत भङ्ग गराई ,
      स्वतन्त्रताक‍ो शिर उठाएको ।
    • सीमा कार्की समर्पण, ठोरी – ४, मेलचोक, पर्सा
      ……………………………
      १,
      डुब्न लागेको बेला
      उपकार भन्दा पनि
      गर्दा रहेछन् हेला ।
      २,
      विकृत नगरौँ रित
      ढाँट छलकपट गरेर
      हुँदैन देशको हित ।
    • कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
      ……………………………
      १,
      तिम्रो चोखो माया
      हराएपछि यहाँ म
      चिनिनॅं आफ्नै छायाँ ।
      २,
      थाके याहाँ चोटले
      बदले पछि तिमी
      पैसै पैसाको नोटले ।
      ३,
      खुशीहरू सबै टुटेपछि
      बाँच्न गाह्रो भयो
      प्रिय सम्बन्धहरू छुटेपछि ।
    • भिम लिम्बू प्रयास, रिमबिक दार्जिलिङ
      ……………………………
      १,
      तिम्रै यादले सतायो
      बिर्सन कहाँ सक्छु
      झनै देह ततायो ।
      २,
      सुन मेरो कुरा
      कर्तव्य भुल्नु हुँदैन
      हुनेछ सपना पुरा !
      ३,
      भगवानको भक्ति गर
      धर्मले शान्ति मिल्छ
      पाप कर्ममा नपर!
    • मन्दिरा सेढाई, मलेखु, धादिङ
      ……………………………
      १,
      छैन जाँगर हातमा
      देखेर देशको अवस्था
      लाग्दैन निन्द्रा रातमा ।
      २,
      रोजगार पाउने आसमा
      बसेका युवा जमात
      गाडिए विदेशको भासमा ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      ……………………………
      १,
      साहित्य रच्ने चाहाना
      निराश यो जीवनको
      दु:ख भुल्ने बहाना ।
      २,
      बस्ने छैन आरामले
      चलेसम्म यो देह
      सक्रिय सधैँ कामले ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      ……………………………
      १,
      राजनीतिको हुन्छ दल
      नेताहरू मिलेर सधैँ
      समस्याको पूरा हल !
      २,
      काममा छैन चाल
      परदेशी जिवनमा नसोध्नु ,
      आमा मेरो हाल !
      ……………………………
      ३,
      परिश्रम अनुसारको फल
      गर्नुपर्ने हामीले सधैँ
      मेहनतीमा निरन्तर बल !
    • श्री कृष्ण धामी, सुन्दर सुदूरपश्चिम – बझाङ
      ……………………………
      १,
      दार्चुलाका सुरम्य पाखाहरू
      हिजोआज किन होला,
      सुनिॅंदैन हाक्पारे भाकाहरू।
      २,
      तिखो वचनको गोलीले,
      लथालिङ्गै पार्छ सम्बन्धहरू,
      नसोची बोलेका बोलीले।
      ३,
      तरकारी मिठो नुनले,
      सधैँ ख्याल राख्ने,
      वैरी जित्नु गुणले।
    • अनमोल राई
      ……………………………
      १,
      सुनौलो छ सन्सार
      मायाको जालले जेलेको
      चल्नु त्यसै अन्सार ।
      २,
      प्रणय दिवस आयो
      अनुनय विनय गरेर
      माया पिरती लायो ।
      ३,
      प्रणय रहोस् सधैँभरि
      वर्षमा एकदिन होइन
      माया होओस् यसैगरी ।
    • गुणनिधि घिमिरे, अमेरिका
      ……………………………
      १,
      बढ्यो झिल्का लहर
      स्रष्टा अनि पाठकले
      पुर्‍याऔँ गाउँ सहर l
      २,
      रमाउन आएको सहर
      हार्दिकता जीवित नदेख्दा
      हरायो भएभरको रहर l
      ३,
      याचकप्रति देखाउछन् दाँत
      कसैले देख्दैन सहरमा
      निमुखा जनको आँत l
    • बाबुराम गौतम, गुल्मी
      ……………………………
      १,
      साहित्य सिर्जनाको धरा
      विभिन्न विधामा उब्जाउनु
      साहित्यकार कुना कन्दरा
      २,
      साहित्यमा नशा लागेको
      मनका भावना अनेकौँ
      बाहिर निस्कन चाहेको
      ३,
      जिन्दगीको बेफूर्सद हुँदा
      देशमा रहेको विकृति
      विसङ्गति मनमा छुँदा ।
    • भगवती दवाडी, दमक,झापा
      ……………………………
      १,
      साहित्य सिर्जना हाम्रो
      विभिन्न साहित्यकार मिली
      जगेर्ना गरौँ राम्रो।
      २,
      लेख्दैछु झिल्का म पनि
      अग्रजहरूको कविता पढ्दै
      जानी नजानी भए नि ।
      ३,
      कसो भो जानकारी पाऊँ
      गल्ती औंल्याई दिनु होला
      लेख्नलाई धेरै छन् ठाउँ।
    • सरस्वती श्रेष्ठ, इटहरी
      ……………………………
      १,
      जीवन फूलरूपी काँडा
      मेहनत गर तिमी
      लक्ष्य छैन टाढा ।
      २,
      अनेकौं शक्ति धाम
      यो सुन्दर देश
      नेपाल हो नाम ।
      ३,
      काँधमा छ जिम्मेवारी
      बाबा मेरो धरोहर
      एक्लै बोक्छन् भारी ।
    • शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौं
      ……………………………
      १,
      समय नफाल खेर
      रिसले खान्छ आफुलाई
      अटेर नगर धेर ।
      २,
      बनेर ज्ञानी जन
      बस तिमी समाजमा
      देखाऊ न सहयोगीपन ।
      ३,
      नराख पाप मनमा
      अर्को जन्ममा होइन
      पाइन्छ यही जन्ममा ।
    • सरिता सेढाई, धादिङ
      ……………………………
      १,
      पकाईयो पिरो चुसुक्क
      खाइयो तिमी आएनौ
      बाडुल्की लाग्यो कुटुक्क ।
      २,
      मुटु थर्किने हल्लाले
      आफ्नोलाई फकाउने अर्कीलाई
      हिर्काउनु पर्ला डल्लाले ।
      ३,
      घरकी लक्ष्मी घरैमा
      भागेर पुग्ला कतिन्जेल
      समाज जहानको डरैमा ।
    • कमला पौडेल, चा न पा भक्तपुर
      ……………………………
      १,
      विश्वास नगर्नु मायाको
      यथार्थ विपरित भए
      अनर्थ हुन्छ कायाको।
      २,
      प्रेमको भाका भोला
      जिन्दगीको सार, फेरि
      पाउँदैन मानव चोला।
      ३,
      मौसम आयो प्रेमरोगीको
      गुलाफ फूल बोकेर
      तमासा हेर्नु जोगीको।
    • मोती सुब्बा, दार्जिलिङ, भारत
      ……………………………
      १,
      जीवन सार्थक मायाले
      एक अर्काका सहारा
      सितल पिपल छायाले।
      २,
      नघुलोस् स्वार्थको भेल
      बन्नेछ सुन्दर घर
      निष्कपट आपसी मेल।
      ३,
      सुन्दर परेवा जोडी
      जीवनमा शान्ति छर्दछन्
      जाँदैनन् माया तोडी।
    • सुस्मिता अधिकारी, काठमाडौँ
      ……………………………
      १,
      नगरौँ कसैले हेला।
      पौरख गरि खानेको
      हातमा हुन्छ ठेला ।
      २,
      पेटलाई चाहिन्छ माम
      जीवन चलाउन सबैले
      गर्नुपर्छ केही काम ।
      ३,
      गर्नहुन्न कसैले चोरी
      सुन्दर हुन्छ पौरखी
      बुझ यति छोराछोरी ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      ……………………………
      १,
      घुम्तीमै मोटर अड्कियो
      सँगै जान्छु भन्थे
      यात्रा विचमै टुँगियो ।
      २,
      बह पोख्न पाइएन
      भए वर पर
      तैपनि विरही गाइएन ।
    • हरिगोपाल प्रधान, काभ्रे पलाञ्चोक, बनेपा – १४, साँगा
      ……………………………
      १,
      गुलाब फूल फुलेको
      प्रेम सप्ताह चलाई
      संस्कृति आफ्नो भुलेको।
      २,
      बाँधिए झुठो वाचाले
      वास्तविक जीवन बुझ्दैनन्
      आजका आला काँचाले।
      ३,
      पश्चिमी भेल संस्कृति
      अॅंगाल्दै विकृति फोहोर
      चुर्लुम्म डुबे नेपाली ।
    • सरस्वती श्रेष्ठ, रुपन्देही बुटवल
      ……………………………
      १,
      हिमाल पहाड तराई
      एउटै हामी नेपाली
      कोही हुन्न पराई ।
      २,
      साझा फूलबारी हाम्रो
      रङ्गीचङ्गी फूलहरु फुलेका
      आहा कति राम्रो ।
    • बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
      ……………………………
      १,
      समान हामी भएर
      झिल्का काव्य लेखन
      झिल्का काव्यशाला गएर ।
      २,
      नपार्नु मुखले ठिक्क
      लेख्दै जाऊँ सलल
      नहुनू है दिक्क ।
      ३,
      नमस्ते सबैमा गर्दछु
      झिल्का समाज हामीमा
      झिल्का कविता भर्दछु ।
    • बेदु न्यौपाने
      ……………………………
      १,
      गर्छौ मीठा कुरा
      भित्रभित्रै चलाई दिन्छौ
      धारिलो त्यो छुरा
      २,
      देउरालीमा पाती भाकेर
      हिॅंड्छु म जीवनभरि
      देशलाई शिरमा राखेर
      ३,
      मझेरीमा दियो जलेन
      श्रम सीप चल्यो
      पानी किन चलेन ?
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      ……………………………
      १,
      मिठाई दिई भुल्याइ
      सुटुक्क कहाँ लुक्छौ
      कति जानेको छुल्याइ ।
      २,
      रमाऊ तिमी रमाऊ
      सबलाई झुक्याएर अझै
      कमाऊ तिमी कमाऊ ।
      ३,
      मुसो बनी पसेर
      हात्ती बनेर निस्कन्छ
      खान्छ घुँडा धसेर ।
    • रचना प्रतीक्षा , ललितपुर

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ४ सम्पन्न

    गाउँ फर्किरहेको परदेशी टोकियो साँझसॅंगै दुईओटा कृति विमोचन कार्यक्रम सम्पन्न

  • १ फाल्गुन २०८०, मंगलवार १२:०९ मा प्रकाशित
  • २०८०/१०/२८ गते आइतबार विश्व नेपाली साहित्य महासङ्घ, जापान शाखाको आयोजनामा कवि द्वय प्रविण लामा ‘अपरिचित’को ‘सिनकानसेनको देशबाट’ लोकार्पण, राजु स्याङतानको ‘ओ पेङ्दोर्जे’ प्रवास विमोचनअन्तर्गत जापान विमोचन तथा कवि सयपत्री थुलुङ विशेष गाउँ फर्किरहेको परदेशी टोकियो साँझ टोकियोमा सम्पन्न भएको छ ।

    विशिष्ट अतिथिको रूपमा रहनुभएका नेपाली भाषा र साहित्यप्रेमी जापानी नागरिकहरू हारुहितो नोजु र युको ओकामोतोद्वारा सामूहिक दीप प्रज्वलन गरी नेपाली राष्ट्रियगान बजाएर कार्यक्रम सुरु भएको थियो । विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु ‘परदेशी’को प्रमुख अतिथि र विश्व नेपाली साहित्य महासङ्घ, केन्द्रिय महासचिव सुनिता राई कन्दाङ्वा विशिष्ट अतिथिको रूपमा भर्चुअल माध्यमबाट तथा भौतिक उपस्थितिमा अनेसास जापान शाखाका अध्यक्ष अरुण पौडेल, जनजाति पत्रकार महासङ्घ जापानका अध्यक्ष फुर्वा शेर्पा, नेपाली जनप्रगतिशील मञ्च जापानका, महासचिव दावा शेर्पा तथा किरात याक्थुङ चुम्लुङ जापान, उपाध्यक्ष मनकुमार तुम्सा लगायत आमन्त्रित अतिथिहरूले सिनकानसेनको देशबाट र ओ पेङ्दोर्जेको सामूहिक विमोचन गरेका थिए ।

    गंगा गगनको स्वागत मन्तव्यसॅंगै अगाडि बढेको कार्यक्रमलाई विभिन्न चरणमा विभाजन गरिएको थियो । पहिलो चरणमा कृतिहरुको विमोचन तथा विमोचित कृतिका सर्जकहरूको लेखन अनुभव सुन्ने थियो । त्यसै गरी भौतिक तथा भर्चुअल माध्यमबाट अतिथिहरूको शुभकामना मन्तव्य सेसन थियो । भर्चुअल माध्यमबाट जोडिई अतिथि आसन ग्रहण गरेका भोजपुरबाट राष्ट्रिय कविता महोत्सव -२०७८ को विजेता कविता राई र इटहरीका वरिष्ठ भाषाविद् श्री दिनेश पौडेलले कर्मथलो जापान बनाएका नेपाली साहित्यमा कलम चलाउनेहरूको यो अनुकरणीय र महत्त्वपूर्ण कार्यक्रममा उपस्थित हुन पाउॅंदा असाध्यै खुसी लागेको बताए । प्रवासी नेपाली मञ्चको अध्यक्ष कुलचन्द्र खरेलले शुभकामना मन्तव्य दिॅंदै भने – “साहित्यबाट हरसमाजले केही न केही शिक्षा पाउने र सच्चिनुपर्ने ठाउॅंमा सच्चिन प्रेरित समेत गर्ने भएकोले विश्वको जुनसुकै भूगोलमा पुगे पनि आफ्नो समाजका लागि कलमकर्मीले निरन्तर लेखिरहनुहोस् ।” भर्चुअल माध्यमबाट जोडिएका कवि राजु स्याङतानले ‘ओ पेङ्दोर्जे’ एउटा दस्ताबेजको रूपमा दाबी गर्दै नवपुस्ताको लागि यो कवितासङ्ग्रहले सेतुको काम गर्ने बताए । पेङ्दोर्जे मेरै पुस्ताले खोज्नुपर्थ्यो र मैले खोजें, उनले अगाडि थपे । लोकार्पित ‘सिनकानसेनको देशबाट’को सर्जक प्रविण लामा ‘अपरिचित’ले आफ्नो कर्मथलो जापानमा सिनकानसेन(बुलेट रेल) जसरी हरेक विकासका कामहरू द्रुत गतिमा कुद्छन् । त्यसरी नै आफ्नो मातृभूमि समेत भइदिए हुन्थ्यो भन्ने आशयमा लेखिएका कविताहरू सङ्गृहीत भएको बताए । अझ भनौँ नैतिक दबाब देशसम्म पुगोस् भन्ने चाहना रहेको बताए ।

    दोस्रो चरणमा खुला रचना वाचन रहेको थियो । विनेसामको सल्लाहकार भुवन रोकाले मन्तव्यसहित रचना तथा बिमन किराती, दिलिप राई, गंगा गगन, अनिलकुमार ‘निर्दोष’, अरुण पौडेल, राजन घले, उमेश तिमिल्सिना, विजय स्याङ्बो, म्यामराज राई लगायत करिब एक दर्जन साहित्यकारहरूले विभिन्न विधामा आफ्ना रचना सुनाएका थिए ।

    कार्यक्रमको महत्त्वपूर्ण भाग अर्थात गाउॅं फर्किरहेको परदेशी टोकियो साँझ तेस्रो चरणमा राखिएको थियो । उक्त चरणमा कवि सयपत्री थुलुङ्को एकल कविता वाचन राखिएको थियो । करिब एक दर्जन जति वाचित उनका कविताहरू भर्खरै बजारमा आएको गाउॅं फर्किरहेको परदेशी कवितासङ्ग्रहमा सङ्गृहीत छन् । सयपत्रीको काव्य सामर्थ्य स्रोता, दर्शकलाई आफ्ना कवितामार्फत सुदूर सम्झनामा पुराउनु हो । यो साँझले पनि साँच्चिकै सबैलाई मन्त्रमुग्ध बनायो । करिब ४० जना जति साहित्यप्रेमीहरूको उपस्थिति रहेको हलमा तालीको गडगडाहटले गुन्जायमान भएको थियो ।
    कार्यक्रम समापन हुनुपहिले अर्थात अन्तिम चरणमा गंगा गगनको शब्द र भ्वाइस अफ नेपाल, सिजन -५ को विजेता विनोद राईको सङ्गीत र स्वरमा रहेको निबुखोले सोल्टिनी बोलको गीत सार्वजनिक गरिएको थियो । उपस्थित दर्शकहरू कम्मर मर्काउॅंदै छमछमी नाचेका थिए ।

    स्मरण रहोस्, विनेसाम, जापान शाखाका लामा सदस्य, सयपत्री सहसचिव तथा गगन सचिव समेत हुन् । करिब तीन घण्टासम्म चलेको कार्यक्रम विनेसामका महासचिव रविन्द्र दिखुक्पाले सन्चालन गरेका थिए । सभाध्यक्षको रूपमा रहेका विनेसाम, जापान शाखाको अध्यक्ष देवीबहादुर इङ्नाम लिम्बुले भर्चुअल तथा भौतिक रूपमा उपस्थित हुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यLeave a Comment on गाउँ फर्किरहेको परदेशी टोकियो साँझसॅंगै दुईओटा कृति विमोचन कार्यक्रम सम्पन्न

    साताका उत्कृष्ट झिल्का- ४

  • १ फाल्गुन २०८०, मंगलवार १०:२३ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको चौथो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ४ का लागि झिल्काकार त्रय गुणनिधि घिमिरे, प्रद्युम्न चालिसे र सीमा कार्कीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू

    १.
    झिल्का साहित्यको जय
    झट्का हानौँ कुरीतिहरूलाई
    नरहोस् कसैको भय !
    २.
    निरन्तरता रहोस् सधैंभरी
    सजिलो तरिकाले सधैँ
    लेखिरहनु होला यसैगरी !
    ३.
    नौँ शब्दको कविता
    चम्किरहोस् ज्योतिर्मय बनेर
    जबसम्म रहन्छन् सविता ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ~~<•>~~

    १.
    साहित्यमा उदायाे झिल्का
    व्यङ्ग्य हैन यथार्थ
    भ्रष्टलाई टिपेर मिल्का !
    २.
    राजनीति देशकाे सेवा
    झुठो खेती फगत
    रगतको आहालमा मेवा !
    ३.
    जीवन आशाकाे बाटाेमा
    हामी जिउने गर्दछौँ
    आफ्नाे जन्मभूमिकाे माटाेमा !
    ✍️
    प्रधुम्न चालिसे
    ~~<•>~~

    १.
    राम्रो देखिने कोट
    इमानदारी मान्छेलाई मात्र
    सबैले पुर्‍याउने चोट ।
    २.
    इमानदार सधैँ लडे
    बढेर घुसखोरी यहाँ
    कालाबजारी सर्वत्र बढे !
    ३.
    बोली भएन पूरा
    आफ्नै स्वार्थ हेरी
    विकास सबै अधुरा !
    ✍️
    सीमा कार्की
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का- ४

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२१

  • २८ माघ २०८०, आईतवार २०:१८ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२१ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ६० जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२१ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    चलेकै छ कुराले देश, युगौँयुग चल्छ
    छक्क पर्छु केवल तिम्रो, मन किन जल्छ ?

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    अबुझ छन् सारा जनता, कुरै बुझ्दैनन्
    हजुरको महान् वाणी सुन्ने कोही भैनन् ।
    ✍️वसन्त अनुभव
    घोराही, दाङ
    [२]
    भाषणले नै सरकार भित्र विकास चल्दैछ
    दङ्ग सबै गठबन्धनमा प्रतिपक्ष जल्दैछ ।
    ✍️ ताराप्राद चापागाईँ
    धुनिबेसी
    [३]
    गठबन्धनमा सबैले मिलेर खाने
    अर्को चुनावमा गठबन्धनमै जाने।
    ✍️प्रदीप के रिमाल।
    [४]
    गर्नुपर्छ हामी सबैले देश लुट्ने ,भुँडी भर्ने काम
    रेमिटेन्सले देशमा भित्रेकाे नै छ कराेडाैँकाे दाम ।
    ✍️केसर बाेहरा “सङ्घर्ष”
    सुदूरपश्चिम ” अछाम ” हाल भारतबाट ।
    [५]
    सत्ताको मोहले बाहिर निस्कन कस्लाई हुन्छ मन
    कमाएका छन् जालझेल गरी पुस्तौंपुस्तालाई धन ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [६]
    हाम्रो देशमा चल्ने भनेको नै कुराले हो सारा
    अर्को चुनाव आएर पनि उस्तै हुनेछ पारा ।
    ✍️बेदु न्यौपाने 🇳🇵
    [७]
    एउटाले देश बनाउन खोज्छ अर्काले खुट्टा तान्छ
    कुर्सीको लडाइँमा त पाँच वर्ष त यत्तिँकैमा जान्छ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [८]
    कुरा नै त रहेछ मानव जिवनको भविष्य मित्र
    काम कार्बाहीको त सधैँ अनिकाल हुन्छ देशभित्र।
    ✍️सुरेशकुमार पाण्डे दाङ घोराही १८
    [९]
    त्यही त भन्या छक्क परेको छु म पनि आजभोलि तिमीलाई देखेर
    यसो समय मिले आँखा लगाउनु पठाएको छु एक टुक्का लेखेर।
    ✍️अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [१०]
    भाषण अनि आश्वासनमा देश चल्दैछ
    पाउनेले भुँडी भरे नपाउने जल्दैछ।
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत
    [११]
    लुटेराहरूको बढ्दैछ चलखेल
    नेपालको अर्थतन्त्र बन्दैछ फेल ।
    ✍️कला ढकाल
    झापा
    [१२]
    नेताहरूको कुकृत्य झन बढ्दैछ
    देशमा भ्रष्टाचार उकालो चढ्दैछ।
    ✍️सरस्वती श्रेष्ठ इटहरी
    [१३]
    पेशा केही छैन यिनको झुटको राजनीतिभन्दा
    तर पनि राम्रै चलेको छ, लुटाहाहरूको धन्दा ।
    ✍️शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर
    [१४]
    कसैलाई प्रेम दिवस रे कसैलाई खान लुट्नको चटारो
    भ्रष्टाचारी भूमाफिया अदालतलाई निर्दोष भन्न हतारो ।
    ✍️चुडामणी देवकोटा
    [१५]
    जमायाै आसन चलायाै शासन केवल मन जलायाै
    देखायाै लालच कमायाै दाैलत सर्वत्र भ्रष्ट फलायाै ।
    ✍️त्रिलाेचन भण्डारी
    मेचीनगर,झापा
    [१६]
    छैनौ मरेका ! छरेकै छ चारो नहान झटारो
    ठुङ्दा यी भालेहरूले किन मान्नु गाह्रो चटारो ?
    ✍️विवश पारदर्शी
    झापा,
    [१७]
    झन अस्थिरता आज, अस्ति हिजोभन्दा
    अचम्मको चलेको छ तिम्रो भ्रष्ट धन्दा ।
    ✍️प्रेम थापा “मन”बागलुङ
    [१८]
    कुराले नै बनाउँछन् नेता नेपाललाई जापान टाेकियो
    साच्चै नेपाल विकसित भए ठगि धन्दा यिनको रोकियो ।
    ✍️सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [१९]
    देशको लागि गर्छु भने, भ्रष्टाचारको काममा
    बेचिखाए खोला र नाला,विदेशीको नै नाममा।
    ✍️एवाइ प्रभात
    सहिदभुमि धनकुटा
    [२०]
    नगर मेरो रिस सके तिमी पनि लुट
    बाँड अलिकति घुस पाइनेछ है छुट।
    ✍️सुस्मिता अधिकारी ,काठमाडौँ
    [२१]
    चलोस् देश कुराले, नचलोस् तिखा धारिला छुरा
    मन जले जलोस्, नजलोस् वसन्त, कपना, भूरा ।
    ✍️मोती सुब्बा
    दार्जिलिङ भारत।
    [२२]
    जल्नेहरू खरानी बन्छन् अस्तित्व पनि फेरिन्छ
    यस्तै हो यहाँको चलन सन्सारलाई हेरिन्छ ।
    ✍️दीपा गुरुङ्ग (समभाव)
    काठमाडौ
    [२३]
    जस्तालाई तस्तै मिले खुसीयालीले प्रफुल्ल हुने
    राजनीति विकृति डुङ्डुङ्ती गन्हाउँदा मन रुँने ।
    ✍️प्रद्युम्न चालिसे
    [२४]
    मेरो तिम्रो भन्नुभन्दा हाम्रो भन्नुपर्दछ
    स्वयम् हाम्रो उन्नति अघि अघि नै सर्दछ ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२५]
    मेरो देश मेरो धर्ती मलाई प्यारो लाग्छ
    सबै मिले यस देशको बैँरी आफैँ भाग्छ ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    भारत
    [२६]
    हेर्दाहेर्दै सिङ्गो देशलाई मज्जाले नै निल्यो
    नेताहरूलाई अजिङ्गर भने ठ्याक्कै मिल्यो।
    ✍️बि.कुलङ
    दार्जिलिङ रंगबुल्
    [२७]
    इमानी भई काम गर्न कहाँ मन मान्छ उसको ?
    अरूका महल देख्दा मन पुग्छ फन्दामा घुसको ।
    ✍️कमला देवकोटा, पाल्पा
    [२८]
    तिम्रो गफको साम्राज्य अब धेरै टिक्तैन
    तिम्रो झुटो आश्वासन अब बिक्तै बिक्तैन ।
    ✍️नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर ।
    [२९]
    उसको यादले घरी घरी सधैँ मन पाेल्छ
    नचिनेको मान्छेले पनि त सधैँ राम्रो बोल्छ !
    ✍️श्री कृष्ण धामी – बझाङ
    [३०]
    बोल्दाबोल्दै वृद्ध भयौ भूमिमा झर्छौ अब
    तिम्रो कुरा चल्दै हुन्छ देश रोकिन्छ तब ।
    ✍️धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    [३१]
    खै कताकता बस्यौ र तिमी पुग्यौ सत्तामा
    मूल एजेन्डा बसेको हुन्छ आफ्नै भत्तामा ।
    ✍️दीपा तिम्सना-ईलाम
    [३२]
    जसरी नि दलमा लुटतन्त्र फस्टाएकै हुन्छ
    नेपाली हामी कराउने मात्र हो कसले सुन्छ ।
    ✍️टिकाराम पुन पुकार
    छत्रेश्वरी गाउँपालिका २
    सल्यान
    [३३]
    बिक्छ पिठो यहाँ ,जसले गर्छ मिठा कुरा
    स्वार्थ सिद्ध भएपछि रोप्छन् पिठमा छुरा ।
    ✍️शुक्रराज कुँवर
    धरान १०
    [३४]
    भएभर रित्याएर तिमी खाने गर्छाै
    अब ज्यादा खायौ भने भुँडी फुटी मर्छाै ।
    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    [३५]
    देश चलाउने हिँडेका छन् दलालकाे भर
    ठगी धन्दा गरी बनाएका छन् ठुल्ठुला घर।
    ✍️राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [३६]
    अनेक तारतम्य मिलाएर देश चलेकै छ त भन्छौ कुराले
    टिक्न नसकेर युवा विदेशिए, के पत्याउनु बुढा र भुराले !
    ✍️प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर
    [३७]
    कुर्सीमा बस्छौ झार्ने होइन धुलो
    यी नेताहरूको कुरा मात्रै ठुलो ।
    ✍️हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [३८]
    हुँदैन उन्नयन, हुँदैन विकास
    दलालले खाए, छैन यहाँ निकास ।
    ✍️नागेन्द्रप्रसाद यादव
    [३९]
    देशकाे सिमानाभित्र कसरी भित्रियाे सय किलाे सुन ?
    साह्रै नै लगाएका रहेछाै ती दुई नम्बरीलाई गुन ।
    ✍️अनिता भण्डारी ताप्लेजुङ
    [४०]
    कुराले नै बाठाटाठा जताततै धेरै छन् खाने
    इमानदार निराश भई ओइलाएर जाने ।
    ✍️गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ
    [४१]
    कुरै कुराले बन्ने भए राष्ट्र किन जनता रुन्थे
    युवाहरू खुसीसाथ अहिले आफ्नै देशमा हुन्थे ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    [४२]
    बाहिर एक अनेकभित्र कालो छ मुहार
    कालैले आज चम्किलो हुन खोज्दै छ जुहार !
    ✍️आर्त अकुलीन
    [४३]
    सास चलेर मात्र के गर्नु चाहिँदो ठाउँमा बोल्दैन भने,
    सेवक हुँ म भनेर आएका पदमा पुग्दा मालिक बने ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [४४]
    थाहै भए पनि कार्बाही गर्दैनन् स-प्रमाण हुँदा प्रष्ट,
    नामैका लागि त ठुलाले गरेका हाेलान् नि पथमा भ्रष्ट ।
    ✍️रामप्रसाद पुरी, बादेल, खाेटाङ
    [४५]
    पृथ्वीनारायण शाहले बनाएको देश सम्हाल्न सकेनौ
    देश बनाउँछु भन्दै थोत्रा भाषण तिमी यति त बकेनौ।
    ✍️तेजप्रसाद खनाल दाङ।
    [४६]
    ख्याल गर्नु चलाउँदा अब देश कुरै कुराले?
    चियो गर्न थालेका छन् अचेल सचेत भुराले l
    ✍️बाबुराम गौतम, गुल्मी
    [४७]
    ज्यान कसले दिने हो र देश विकास भनी
    मौका पर्दा भकारी भर्ने हो पैसा गनि गनि ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [४८]
    सबै देश बनेर जाँदा हाम्रो मात्र सधैँभरि किन बिग्रन्छ
    भोट हाल्ने भोकभोकै तर राष्ट्रको धन नेता कहाँ थिग्रन्छ !
    ✍️पवन कुमार बुढाथोकी
    काठमाडौँ
    [४९]
    सफलता मिलेकै छ कालो धनलाई सेतो बनाउने,
    भन्नेले जेसुकै भनुन् तिनकै मुख नमिठो गनाउने ।
    ✍️होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [५०]
    लुटेराको हातमा देश सुम्पेपछि त्यस्तै हुन्छ
    जनता सबै भेडा नेता बहिरा कसले सुन्छ ।
    ✍️यामनाथ आचार्य
    पर्वत
    [५१]
    नेता कामले माखो मार्ने होइनन् दुनो सोझ्याउँदै ठिक्क
    पढेका युवाहरू देशमा बस्नै मान्दैनन् म भए दिक्क ।
    ✍️भगवती दवाडी
    दमक, झापा
    [५२]
    बुढाहरूको दिन गए, अब चलाउनुपर्छ देश युवाले
    भ्रष्टाचार नियन्त्रण गर्यो भनेपनि, सुख पाउँछौँ साराले ।
    ✍️कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [५३]
    चल्ने मात्र कुरा गर्छौ,तिमी हौ पराइ भक्ति
    एकमुठी सास बाँकी रह्यो,छैन उठ्ने शक्ति ।
    ✍️मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [५४]
    हाम्रो देश गुज्रिरहेकाे भ्रष्ट अनि दलालहरूकाे परेर भर
    भ्रष्टाचार गरि जनतालाई रुवाई ठाउँ ठाउँमा बनाए घर।।
    ✍️सहयात्री शोभा अर्याल
    रुपन्देही
    [५५]
    भाषणलेनै जम्छ आसन भने किन गर्नु राम्रो कर्म
    पापलेनै चल्छ जीवन गजब भने किन गर्नु धर्म ।
    ✍️ध्रुव श्रेष्ठ
    हाल काठमाडौँ
    [५६]
    कुराले मात्रै हुँदैन नि विकास याे हाम्राे गाउँ
    नगराैँ सधैँ भ्रमकाे खेती सम्हालाैँ आफ्नै ठाउँ ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक, बनेपा १४
    साँगा बजार ।
    [५७]
    नेता दलाल, जनता भेडा नेपाल खुला बजार
    दलाली मै मोलमोलाइ छ देशको मूल्य हजार ।
    ✍️पद्मा काश्यप पाण्डे, मोरङ
    [५८]
    मख्ख छन् दुनियाँ ती, चिल्लो बोलेर
    जान्छन् फेरि त्यही, चिल्लोले पोलेर ।
    ✍️चन्द्रकली राना मगर
    नौबहिनी ३, प्युठान
    [५९]
    तछाड मछाड केको सधैँ न सकेको देशको मुहार फेर्न
    गर देशमा रजाइँ जनता बसेका छन् तिम्रो रमित हेर्न।
    ✍️दुर्गा आचार्य
    मोरङ
    [६०]
    चारैतिर टलक्कै सेतै हिमाल हाँसेको
    सलल बग्ने नदीलाई देख्दैछु मासेको ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता3 Comments on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२१

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४२

  • २८ माघ २०८०, आईतवार २०:१० मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला- १४२ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    विकास
    समृद्धी हेर
    बाटोमै ट्राइल सेन्टर !
    • वसन्त अनुभव
      [२]
      सडक
      अनौठो व्यस्तता
      नितान्त अँध्यारो भविष्य !
    • आर्त अकुलीन
      [३]
      समृद्धि
      ल्याइयाे सडकमा
      पाैडी खेल्दै यात्रा ।
    • ताराप्रसाद चापागाईँ
      धुनिबेसी
      [४]
      समृद्धि
      आयो यात्रामा
      सबै पौडिने जात्रामा !
    • बेदु न्यौपाने
      [५]
      विकास
      यत्रतत्र सडकमा
      सागरकाे यात्रा थालनी !
    • केसर बाेहरा ‘सङ्घर्ष ‘
      अछाम, हाल: भारत
      [६]
      विकास
      लोकतन्त्रको मार्ग
      हिले सडकमा समृद्धि !
    • पशपती राई, खोटाङ
      [७]
      बाटो
      पोखरी बन्यो
      सरकारले समृद्धि भन्यो !
    • सुरेशकुमार पाण्डे
      दाङ, घोराही-१८
      [८]
      सडक
      दुई प्वाल
      लडिन्छ आफूलाई समाल !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [९]
      लोकतन्त्र
      मनहरू टुक्राउँदै
      बर्बाद पार्‍यो अर्थतन्त्र !
      डा. देवी पन्थी
      [१०]
      नेता
      ओढ्ने खाेल
      सडककाे अवस्था भद्रगााेल !
    • भवानी घिमिरे, सर्लाही
      [११]
      सडकमा
      हेर जात्रा
      जोखिमपूर्ण भयो यात्रा !
    • सरिता सेढाई, धादिङ
      [१२]
      उन्नति
      बाटोको दुर्गति
      यहि रहेछ समृद्धि ?
    • सोमनाथ लुइटेल “रवि पाल्पाली”
      [१३]
      खाडल
      भ्रष्टाचारको भाँडो
      यात्रुलाई यात्रा घाँडो !
    • अगस्टीन राई, भारत
      [१४]
      सडक
      विकासकाे आधार
      खाल्डाखुल्डी सरकारकाे चमत्कार !
    • नवराज भट्ट, कञ्चनपुर
      [१५]
      सडक
      विदेशमा विकास
      स्वदेशमा छैन निकास !
    • अमृत सुवेदी, रूपा सात, कास्की
      [१६]
      सडक
      सहरको विकास
      कहिले होला निकास !
    • कला ढकाल
      [१७]
      बाटो
      समस्या उत्कट
      केवल जनतालाई सकस !
    • पृथक प्रकृति, झापा
      [१९]
      विकास
      धेरै बिनास
      जता पनि सत्यनास !
    • घनश्याम पौडेल, पोखरा
      [२०]
      विकास
      सुस्त गति
      देखिँदै जताततै कुमति !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२१]
      दह
      बाटोको आँसुकै
      विकासको कहानी सुनाउँदै !
    • युगल त्रिन
      [२२]
      राजनीति
      उल्टो पाल्टो
      बाटोमा खाल्टै खाल्टो !
    • चक्र शाही, लम्की, कैलाली
      [२३]
      समृद्धि
      सडकमा पोखरी
      सरकारको नयाँ नोकरी !
    • दीपा समभाव, काठमाडौँ
      [२४]
      विकास
      बुर्थैको तामझाम
      छैन कुनै निकास !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [२५]
      सडक
      बाटोको हाल
      परेछ गहिरो खाल !
    • धनमाया चौधरी, कैलाली
      [२६]
      बाटो
      हेर कस्तो
      भैसि आल जस्तो
    • दीपा तिम्सिना, ईलाम
      [२७]
      सडक
      बेजोग एकातिर
      कुरीकुरी लाजमर्दो अर्कोतिर !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [२८]
      खै
      कताबाट गुड्छन
      यताबाट गाडी अब !
    • पुष्पा शायरा, विराटनगर
      [२९]
      विकास
      कस्तो अनौठो
      देशले पाएनन् निकास !
    • वि.वि. याक्खा
      पाँचखपन नगरपालिका-६,संखुवासभा
      [३०]
      सडक
      देख्दै विचित्र
      सरकारकाे असल चरित्र !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
      [३१]
      विकास
      सडकको दुर्गति
      पानीजहाज कुद्ने जस्तो !
    • एवाइ प्रभात, सहिदभूमि
      [३३]
      जिम्मेवारी
      सडकमा खाल्डो
      विकासमा सम्बृद्धि यात्रा !
    • नारायणप्रसाद उपाध्याय, कैलाली
      [३४]
      सहर
      अव्यवस्थित सडक
      डुबानकाे समस्याले आक्रान्त !
    • श्रद्धा आचार्य, पोखरा
      [३५]
      पुरौँ
      बाटोको खाडल
      यात्री सारा मिलेर !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [३५]
      विकाश
      भएन आश
      सिहंदरबार भ्रष्टाचारमा बिन्दास !
    • टीकाराम पुन पुकार
      छत्रेश्वरी गाउँपालिका-२, सल्यान
      [३७]
      सडक
      भत्केको पथ
      नपाएको सरकारको साथ !
    • सविता के.सी.
      [३८]
      आत्मिक
      चित्त बुझ्दो
      एउटा असल काम !
    • केन्द्रप्रकाश बराल, इलाम
      [३९]
      विकास
      हुँदैन कहिल्यै
      भाषण ठुला जहिल्यै !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [४०]
      सडक
      बिचमा समुद्र
      संसारकै सामान्य आश्चर्य !
    • नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर
      [४१]
      विकस
      गाउँ रोज्छ
      सडक नाउ खोज्छ !
    • विवश पारदर्शी, झापा
      [४२]
      विकास
      यातायातमा अवरोध
      नारा समृद्धि निकास !
    • कमला देवकोटा, पाल्पा
      [४३]
      विकास
      केवल नारा
      यस्ताेछ सडककाे पारा !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटञ्जे
      [४४]
      शहर
      कहिले धुलोको
      कहिले आहालको किनारमा !
    • ध्रुव श्रेष्ठ
      [४५]
      सम्बृद्धि
      जोखिमपूर्ण यात्रा
      बाटो निर्माणको व्यवस्था !
    • रमा पन्त, पाल्पा
      [४६]
      राेड
      धान राेपाैझैँ
      के बाेल्नु अरू !
    • काेपिला शर्मा, धनगढी
      [४७]
      देश
      मुढ बुद्धि
      यस्तै हुनेअवशेष !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [४८]
      बाटो
      विदेशी अनुदान
      नेपाली भए बेइमान !
    • बि के बिरही, टीकापुर, कैलाली
      [४९]
      धरणी
      धर्यताकाे सुवास
      अगाँल्दै समृद्धिकाे निकास !
    • राेशन पराजुली, धरान
      [५०]
      सडक
      विकासमा खाल्डाे
      जनतालाई विनाशको भारी !
    • श्रीकृष्ण धामी, बझाङ
      [५१]
      समृद्धि
      फैलाउनु विकास
      निकालौँ मिलेर निकास !
    • अम्विका अधिकारी
      झापा, बिर्तामोड
      [५२]
      ताल
      सडकमा भ्वाङ
      निर्माणमा सधैँ जालझेल !
    • शारदा गौतम, आचार्य
      [५३]
      सडक
      आधुनिक विकास
      देखिदैन खास सम्भार !
    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा
      [५४]
      उन्नयन
      हेरेर विकास
      हुँदैन मनमा चयन !
    • नागेन्द्रप्रसाद यादव
      [५५]
      आमा
      छोराको भरमा
      कसरी पुग्ने घरमा !
    • सुरेश न्यौपाने, लम्की, कैलाली
      [५६]
      सडक
      पानीको आहाल
      राज्यको वेवास्ता विकास !
    • घनश्याम पौडेल
      गौरीगंगा नपा-९, कैलाली
      [५७]
      विकास
      सुध्रिएन कतै
      चौतर्फी दुर्गति मात्र !
    • शोभा आचार्य गौतम, काठमाडौँ
      [५८]
      बेथिति
      कानुन मिच्ने
      सक्नेले सबैलाई थिच्ने !
    • गंगा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ
      [५९]
      विकास
      जताततै निकास
      जनता सत्ताधारीका दास !
    • होमप्रसाद नेउपाने
      धरान, सुनसरी
      [६०]
      विकास
      नहुँदा निकास
      धोका भो विश्वास !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [६१]
      देश
      विकासको नीति
      बिग्रँदो सडकको स्थिति !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [६२]
      विकास
      नारामा सिमित
      छैन जन हित !
    • तेजप्रसाद खनाल, दाङ
      [६३]
      विकास
      हेर यता
      देशमा घरघर नेता !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [६४]
      नेतृत्व
      गएको खेर
      धेरै विवेकी भएर !
    • रामप्रसाद पुरी, बादेल, खाेटाङ
      [६५]
      समृद्ध
      भएको जात्रा
      जोखिमपूर्ण अनेक यात्रा !
    • बेदु न्यौपाने
      [६६]
      खाल्डो
      जताततै देखिने
      जीवनको बाटो अस्थिर !
    • रचना शर्मा ‘प्रतीक्षा’
      [६७]
      विकास
      समवृद्वि गतिमा
      बजेट नेताको खल्तीमा !
    • भगवती दवाडी, दमक, झापा
      [६८]
      सडक
      भएन सुधार
      बोलीमा अनेकौँ धार !
    • समुन्द्रा शर्मा, सुनसरी
      [६९]
      विकास
      सास्तीको गोरेटो
      गर्दछन। बजेटको विनाश !
    • सरस्वती वली, बर्दिया
      [७०]
      सहर
      तलाउ भएपछि
      पूरा भयो रहर !
    • लक्ष्मी रिजाल आचार्य
      कञ्चनरुप-१२, रुपनगर, सप्तरी
      [७१]
      खाडल
      शहरको बिचमा
      गाडीले ठोक्छ मादल !
    • जमुना कायस्थ, पोखरा
      [७२]
      देश
      झन बिग्रदो
      भैसक्यो अब शेष !
    • दुर्गा आचार्य, मोरङ
      [७३]
      कास
      हिलाम्य सडक
      संघीयताको तडक भडक !
    • बाबुराम आचार्य
      धनगढी, कैलाली
      [७४]
      विकास
      उधो गतिले
      दिएन यहाँ निकास !
    • दुर्गा भट्टराई, मोरङ
      [७५]
      कठै
      नेपालको विकास
      धोका भयो विश्वास !
    • पं ज्यो. तोयनाथ सुवेदी, हेटौडा -८
      [७६]
      सडक
      विकासको धार
      चौतर्फी पानीको ताल !
    • कविता आचार्य, कैलाली
      [७७]
      विकास
      कमिसनको होड
      देख्यौ बाटोको बिजोग !
    • मङ्गला उपाध्याय
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक, साप्ताहिक तस्बिरमा उदक लेखनLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १४२

    मोरंग सुनसरी सेवा समाज साउदी अरब अध्यक्षमा दिपक थापा निर्वाचित

  • २८ माघ २०८०, आईतवार १८:३६ मा प्रकाशित
  • रियाद – मोरंग सुनसरी सेवा समाज साउदी अरब अध्यक्षमा दिपक थापा निर्वाचित भएका छन्।
    शुक्रबार, ०९ फरवरी २०२४ मा साउदी अरेवियाको रियाद शहरमा आयोजित संस्थाको तेस्रो साधारणसभाले थापा अध्यक्ष सहित २७ सदस्यिय कार्यसमिति चयन गरेको हो।
    १ जनवरी २०२० सातौं शाखाको रुपमा स्थापित सो संस्थाले सुजनसेर राईको अध्यक्षता,नेपाली राजदुतावास महामहिम राजदुत नवराज सुबेदी ज्युको प्रमुख आतिथ्यता नियोग उपप्रमुख डमरु बल्लभ पौडेल ज्यु, प्रथम सचिब टेक नारायण गिरी तथा मोसु नेपालका सल्लाहकार एबं प्रवास शाखा समन्वय समितिका संयोजक कुमार कार्कीको विशेष आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो।
    सो साधारण सभाले अध्यक्षमा दिपक थापा
    उपाध्यक्ष : रोशन कुमार श्रेष्ठ
    उपाध्यक्ष : तुलाराम लिम्बु (राज)
    उपाध्यक्ष : कल्पना बस्नेत पोखरेल
    उपाध्यक्ष : सन्दिप कार्की
    उपाध्यक्ष : किशोर राई
    सचिब – देवेन्द्र विश्वकर्मा
    सहसचिव : लोक बहादुर पुरी
    सहसचिव : सन्जिब कोईराला
    सहसचिव : जयन्ती लिम्बु
    कोषाध्यक्ष : खेमराज कार्की
    सहकोषाध्यक्ष : शिवराज अधिकारी
    सहकोषाध्यक्ष : लाल बहादुर बोगटी
    सहकोषाध्यक्ष : मीन प्रसाद अधिकारी
    युवा संयोजक : पुरण तामाङ
    महिला संयोजक : ईशारा दहाल
    सदस्य : कमल महतो
    सदस्य : सोमिया सुन्दास
    सदस्य : आशिमा श्रेष्ठ
    सदस्य : रोशन बस्नेत
    सदस्य : अमर कार्की
    सदस्य : सीता क्षेत्री थापा
    सदस्य : फुर्वा लिम्बु
    सदस्य : शर्मिला मगर
    सदस्य : ऋत्तम भट्टराई
    सदस्य : ईन्दिरा श्रेष्ठ
    सदस्य : बिनोद खड्का

    सल्लाहकार परिषद –
    सल्लाहकार संयोजक : सुजनशेर राई
    सल्लाहकार : हेम सुवेदी
    सल्लाहकार : राजेन्द्र अर्याल
    सल्लाहकार : दिनेश न्यौपाने
    सल्लाहकार : रबिना अर्याल
    सल्लाहकार : गणेश पोखरेल
    सल्लाहकार : नगेश तामाङ
    सल्लाहकार : अमर श्रेष्ठ
    सल्लाहकार : अरुण केसी
    सल्लाहकार : राजेन्द्र लिम्बू
    सल्लाहकार : नवीन मुडभरी
    सल्लाहकार : मनिष कोईराला
    सल्लाहकार : कर्ण बहादुर बस्नेत
    सल्लाहकार : मनोज धिमाल
    सल्लाहकार : सुरेन्द्र मोक्तान तामाङ
    निर्वाचित भएका छन्।कार्यसमितिको अवधी २ वर्षको रहनेछ।
    कार्यक्रममा २०२२/२४ को कार्य सम्पादनको मुल्याङ्कन गरी खेमराज कार्की र गणेश पोखरेल लाई सुजनसेर राईले प्रशंसा पत्रले सम्मान गरेका थिए। सोहि कार्यक्रममा समाज मा अतुलनीय योग्दान पुर्याउदै आउनु भएका समाजसेवी द्वय दिपक रेग्मी ब्याबसायी, नेका नेता एबं NRNA-ICC सदस्य) र ब्याबसायी अ्मर सापकोटा लाई मोसु मानार्थ दिएका छन्।

    कार्यक्रममा सबै पाहुनालाई मोसु साउदिको प्रगति बिवरण पुस्तक बनाई बितरण गरेका थिए। उठेका जिज्ञासा लाई राईले सम्बोधन गरेका थिए।

    कार्यक्रममा निर्वाचित समितिलाई बधाई तथा शुभकामना दिदै प्रमुख अतिथि महामहिम नवराज सुबेदी र नियोग उप प्रमुखले सुजनसेर राईको २०२२/२४ कार्यकाल र मोसुको अभियान बारे खुलेरै प्रसंशा र धन्यवाद ब्यक्त गर्नु भएको थियो। कार्यक्रममा जितेन्द्र थपलिया, बिष्णु घिमिरे, हेम सुबेदी, रुपक वाइबा, टेक नारायण गिरी, दिपक रेग्मी, रबिना अर्याल , अमर श्रेष्ठ , अर्जुन थापा, अमर सापकोटा, लगायल धेरै बक्ताहरुले शुभकामना र बधाई दिएका थिए।कार्यक्रममा नेपाली नृत्य समुहले पुर्वै रमाइलो गितमा नृत्य प्रस्तुत गर्दै अतिथिहरुलाई मनोरञ्जन गराएका थिए। बासुरी बादक राज यात्री को समुहले बाध्यबादन बजाएर मनोरञ्जन दिएका थिए । NRNA-ICC सदस्य दिपक रेग्मी, NRNA-NCC अध्यक्ष रबिना अर्याल, जनसम्पर्क समिति सभापति अर्जुन थापा, प्रवासि नेपाली मन्च अध्यक्ष अंमर श्रेष्ठ , प्रवासी मन्च गंगा गोदार, पानस उपाध्यक्ष धिरज साउद , मानार्थ द्वारिकाराज गिरी, अन्नपुर्ण पोष्ट मध्यपुर्व प्रतिनिधि बिष्णु घिमिरे अन्तरसंस्था अध्यक्ष अमृत पौडेल, लगायत चालिस माथि संस्थाको अध्यक्ष र प्रतिनिधि साथै १८३ सामाजिक अभियान्ताहरुको उपस्थिति थियो भने राज लिम्बुले कार्यक्रम संचालन गरेका थिए। अन्त्यमा सभापति राईले सबै आदरणीय पाहुना प्रति कृतज्ञता ब्यक्त गर्दै आफ्नो कार्यकाललाई माया गरे झैं दिपक थापाको नेतृत्व लाई पनि साथ र माया गरिदिन अनुरोध गर्दै शुभकामना दिएर कार्यक्रम समापन गरेका थिए।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on मोरंग सुनसरी सेवा समाज साउदी अरब अध्यक्षमा दिपक थापा निर्वाचित

    साताका उत्कृष्ट झिल्का- ३

  • २५ माघ २०८०, बिहीबार ०८:४६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको तेस्रो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३ का लागि झिल्काकार त्रय अर्जुन चौलागाईं, विवश पारदर्शी र सरिता सेढाईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्काहरू


    (१)
    १.
    हुन्न यता ठेक्का
    जसले भ्याउॅंछ त्यसले
    यसमै राखौं हेक्का ।
    २.
    नारी पुरुष बराबर
    अधिकार बढी नारीमा
    अगाडि बढ्छन् सरासर ।
    ३.
    असल कुरा सिकौँ
    दुई रथका पाङ्ग्रा
    अरू कुरा झिकौँ
    ✍️ अर्जुन चौलागाईं
    ~~<•>~~
    (२)
    १.
    बुढेसकालको छैन साहारा
    मेरो भागमा रहेनन्
    दैवको भए आहारा !
    २.
    अब कसो गरौँ
    मन पोल्छ भतभती
    लाग्छ आफैँ मरौँ !
    ३.
    सम्हाल्छु आफूलाई फेरि
    उता छिमेकी दाइको
    कुपुत्र सन्तान हेरी !
    ✍️ सरिता सेढाई धादिङ
    ~~<•>~~
    (३)
    १.
    हामी हौँ साथी
    सफा छ दिल
    प्रेमभाव सबै माथि !
    २.
    धर्ती आकाश पाताल
    जोडेको हुन्छ प्रेममा
    सदैव आलिङ्गन बबाल !
    ३.
    प्रकृतिको सुन्दर सृष्टिमा
    सागर पहाड विचित्र
    देखिन्छ जगत् दृष्टिमा !
    ✍️ विवश पारदर्शी
    झापा
    ~~<•>~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्काLeave a Comment on साताका उत्कृष्ट झिल्का- ३

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०३

  • २५ माघ २०८०, बिहीबार ०७:५८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको तेस्रो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ ।


    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
    ……………………………
    १,
    जल, जमिन, जङ्गल
    सारा प्राणी जगत्मा
    चाहिन्छ हरेक पल ।
    २,
    स्वास्थ्य अमूल्य धन
    आफ्नो हेरचाह आफैँ
    जहाँ झल्किन्छ आफ्नोपन।
    ३,
    जूनको तिमी भ्रूण
    भविष्यको आँगन उज्यालो
    सौन्दर्यमा देखिनॅं अवगुण ।

    • म्यामराज राई, भोजपुर
      ………………………………………
      १)
      प्रेम सुन्दर फूल
      अनुपम उपहार ईशको
      सुख आनन्दको मूल !
      २)
      केवल सच्चा कर्ममा
      हुन्छ ईश्वरको प्राप्ति
      शान्ति र मानवधर्ममा !
      ३)
      गरेमा असल काम
      फैलन्छ सर्वत्र कीर्ति
      चम्कन्छ तिम्रो नाम !
    • वसन्त अनुभव, घोराही, दाङ
      ………………………………………
      १.
      हातमा हात मिलाऔॅं
      गरिब दुखी असहायलाई
      हक अधिकार दिलाऔॅं ।
      २.
      छोडौँ कुरा जाली
      भनिहाल कहिले बन्छौ
      मेरो दिलको माली ।
      ३.
      मेरी सानी नानी
      धेरै चकचक नगर
      हुनुपर्छ साह्रै ज्ञानी ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      ………………………………………
      १.
      विक्षिप्त सोचको धनी
      हाम्रो समाजमा निहित,
      आधुनिक युगमा पनि।
      २.
      भ्रष्टाचार विद्यमान छन्
      सरकार भए सालिक,
      मौलायो कालोबजारी झन्।
      ३.
      वन राष्ट्रिय धन
      केवल नामको भयो,
      व्यापारी भए सज्जन।
    • पृथक प्रकृति, झापा
      ………………………………………
      १
      देश सङ्कटमा गयो
      भ्रष्टाचारी फैलिए यहाँ
      सङ्घीयताले टुक्रा भयो।
      २
      महॅंगीको मारमा हामी
      देशविहीन जस्तै भयौँ
      समस्या बुझेको दामी।
      ३
      एउटै झण्डा उठाऔॅं
      सचेत बनेर हामी
      दुष्टको चाल बुझाऔॅं ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      ………………………………………
      १,
      हुँदैन भरोसा भर
      फुट्छ सिसा जस्तै
      यो सपनाको घर।
      २,
      सपनाको भ्रममा परेर
      जीवन यो बाँचिरहेछु
      झुठको खेती गरेर।
      ३,
      भरोसा आस्था विश्वास
      जीवनमा महत्त्व राख्ने
      त्यही हुनेरहेछ खास।
    • नवशिला, नवदेव मार्ग, लालभित्ती, मोरङ।
      ………………………………………
      १
      आँगन काग करायो
      सुनेर किन किन
      यो मनै डरायो !
      २
      फुलेका बेली चमेली
      प्रकृतिका सौम्य सौगात
      बस बैँस समेली !
      ३
      जीवन भिर पाखामा
      चाहिने माया पिरती
      खुसीले फुल्छ आँखामा !
    • आर्त अकुलीन
      ………………………………………
      १,
      भन्छन् पढ्न आउँछ
      नाम लेख्न सित्तैमा ,
      सरस्वती पुजामा पाउँछ!
      २,
      हामीले आस राखेर
      पूजा गर्छौं सधैँ ,
      माता सरस्वतीलाई भाकेर ।
      ३,
      शिरमा रहेमा हात
      पूरा मनका कुरा,
      पाइन्न जीवनमा अघात ।
    • सीमा कार्की ‘समर्पण’, ठोरी – ४, मेलचोक, पर्सा
      ………………………………………
      १.
      छन् कति बेरोजगार
      देशको प्रमुख समस्या
      जनतामा पर्‍यो मार।
      २.
      कसरी रोजगार दिन्छन्?
      बाहिरी सहयोग पनि
      घुमाएर आफैँ लिन्छन्।
      ३.
      डाडुपन्यु तिनकै हातमा
      जनलाई मात्र देखाई
      दलहरू लिई साथमा।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन)
      ………………………………………
      १,
      खोलो सुसाउँछ अगाडि
      बाँधको व्यवस्था छैन
      बुद्धि फर्कियो पछाडि ।
      २//
      उमेरको कुरा नगर
      ढुङ्गा पच्ने गर्थ्यो
      रेली खोला बगर ।
      ३//
      हजारौं हजार सुनाए
      जिन्दगीको कथा व्यथा
      समाधानको बाटो भुलाए ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      ………………………………………
      १,
      हेरेर हिमाल अटल
      देश नेपाल शान्तिको
      मनै बनाउँछ चञ्चल ।
      २)
      युवा हिॅंडे खाडी
      चिल गाडी चढेर
      बाँझो भो खेतबारी ।
      ३ )
      घरको भित्तो गलेर
      ढलेर कति गए
      रुन्छ मन जलेर ।
    • इन्दिरा देवकोटा, कपिलवस्तु
      ………………………………………
      १
      गाउँमा अनिकाल आयो
      घरमा खान नहुनेले
      धेरै दु:ख पायो ।
      २
      भ्रष्टाचार बढेको बढ्यै
      सोझा निमुखा जनता
      जहिले हेरेको हेर्यै ।
      ३
      नेताका कुरा जाली
      रोजगारी दिलाउँछौ भन्दै
      बजाउन लाउने ताली।
    • कला ढकाल, झापा दमक
      ………………………………………
      १,
      जीवन घाम-छायाँ
      मन संयमित राखौँ
      बाटा मिल्दछ दायाँबायाँ ।
      २,
      चाहिन्छ लक्ष्य निरन्तरता
      धैर्यता गरेको सफल
      जित सदैव तत्परता ।
      ३,
      आस्था प्रभु माया
      जीवन यात्रा सफल
      पायौँ मानिस काया ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      ………………………………………
      १
      दिएर अधिक ध्यान
      समृद्ध बनी बाँचौँ
      बढाऔॅं सिपयुक्त ज्ञान ।
      २
      पैसा प्रतिष्ठा पद
      समालेर राख्न सकौँ
      ननाघोस् कहिल्यै हद ।
      ३
      मनको मैलो फालेर
      उठौँ जुटौँ शानले
      काँधमा काँध हालेर ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      ………………………………………
      १,
      जिन्दगीले यात्रा बनायो
      बलिया साथ रहेनन्
      सामन्तीले खेत खनायो ।
    • सोमनाथ लुइटेल “रवि पाल्पाली”
      ………………………………………
      १,
      युवाशक्ति विदेश जाने
      युवाले स्वीकृति माग्दा
      बन्दुकको गोली खाने ।
      २,
      हातमा राहदानी बोकेर
      लागे विदेश युवा
      तमसुकमा सनाखत ठोकेर ।
      ३,
      आफ्नो औकात नभुल्नु
      बिनाकाम भौँतारिनु हुन्न
      दूतावासमा स्पष्ट खुल्नु ।
    • चुडामणी देबकोटा, चानपा – १३, काठमाडौ
      ………………………………………
      १,
      चिसो चिसो बतास
      छैन लुगा कपडा
      मन सारै हतास ।
    • नागेन्द्रप्रसाद यादव
      ………………………………………
      १.
      शान्तिको दीप बालौँ
      हरपल अगाडि बढ्दै
      गन्तव्यको पाइला चालौँ।
      २.
      सुरम्य अटल हिमाल
      देश शान्ति बुद्धको
      सुन्दर शान्त विशाल ।
      ३.
      झुटको खेती गरेर
      कति दिनसम्म टिक्ला
      आँखामा छारो भरेर ।
    • केसर बोहरा ‘सङ्घर्ष’, सुदूरपश्चिम अछाम (हाल भारत)
      ………………………………………
      १.
      रवाफको बीउ रोपेछौ
      लोभी रहेछौ बुझियो
      आफ्नै कर्तुत छोपेछौ ।
      २.
      भूत तिम्रो गइसक्यो
      बितेका कुरा नगर
      वर्तमान पनि भइसक्यो ।
      ३.
      सक्छौ अगाडि सर
      निर्देशक बन प्रगतिपथमा
      सक्दैनौ हल्ला नगर ।
    • प्रेम थापा “मन”बागलुङ
      ………………………………………
      १,
      लेक बेँसी डुल्दै
      आयो लोभी भॅंवरो
      फूलको रसमा भुल्दै ।
      २,
      मौरी भुल्यो रसैमा
      जाऔॅं हिॅंड मायालु
      सरर मिनी बसैमा ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई ४ झापा
      ………………………………………
      १
      न पच्छ हाँसो
      कस्तो यो समाज?
      न पच्छ गुनासो ।
      २
      उत्ताउलो खुसी बाँड्दा,
      नबोले हुने घोसे
      अधैर्य आँसु झार्दा!
      ३
      तिम्रो जस्तै मेरो
      कहाँ मन बस्छ
      सधैँ एउटै घेरो ।
    • दीपा गुरुङ् ‘समभाव’, बुनपा काठमाडौ
      ………………………………………
      १.
      गरिबी बाध्यता बन्यो
      आत्महत्या गर्नु भन्दा
      युद्धमा मर्छु भन्यो ।
      २.
      युद्ध भूमिमा होमियो
      नेपाल आमाको सन्तान
      अस्तायो वीर कहलियो ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      ………………………………………
      १,
      गरेर नकाम अति
      ढुक्क भएर बसे
      हुन्छ एकदिन क्षति ।
      २,
      नाटक माथि नाटक
      थाल्यौ गर्न भने
      नाटकनै होला घातक ।
      ३,
      सुकिलो छ लुगाभित्र
      लागेछ कालो दाग
      सुन्दा कस्तो विचित्र ।
    • ध्रुव श्रेष्ठ, हाल – काठमाडौ
      ………………………………………
      १//
      प्राणी जगत्को बास्सा
      मार्ने जागाउने आशामा
      प्रकृतिको अदृश्य खास्सा ।
      २//
      तिम्रो बानी मीठो
      पिठो पिसी ल्याउँछु
      जङ्गलमा खोज्दै गिठो ।
      ३//
      जनजीविका राम्रो चलाउनु
      बाल्नु घरमा आगो
      उत्कृष्ट नारी कहलाउनु ।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
      ………………………………………
      १)
      देश अप्ठ्यारो मोडमा
      छ आर्थिक मन्दी
      सरकार लुट्ने होडमा ।
      २)
      मिलेर फालौँ सङ्घीयता
      यसले बनायो खलबल
      बढाऔॅं देशमा आत्मीयता ।
      ३)
      सिमानामा काँडेतार लगाऔॅं
      विदेशीले सिमा मिच्यो
      दलालहरू देशबाट भगाऔॅं ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      ………………………………………
      १,
      चल्यो बतास रनवन
      शितल छहारी चौतारीमा
      आनन्दले भरियो मन।
      २,
      फूल फुल्यो वनैभरि
      आहा ! कति राम्रो
      बासना चल्यो मनैभरि ।
      ३,
      नासेर जाने धन
      अरूलाई दिन्छु भन्छु
      मान्दैन यो मन।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      ………………………………………
      १,
      सानोतिनो नठान्नु सिप
      निरन्तरताले उर्जा थप्छ
      जगाएर उज्यालो दीप ।
      २,
      खोज बरु ओखतीमुलो
      कसैले थुतुनो चलाउँदैमा
      बल्दैन निमुखाको चुलो ।
    • कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे
      ………………………………………
      १.
      कुक्रुक्क पर्दथ्यो पाडो
      अहिले हराएछ सायद
      वनवास गयो जाडो ।
      २.
      जन्माउने एक हुन्छन्
      सपना देख्नु राम्रो
      हुर्काउने अनेक हुन्छन् ।
      ३.
      नाम खोजेँ मैले
      साहित्यको साथ पाएर
      बल्ल भेटेँ अहिले ।
    • नन्दलाल आचार्य, बेलका-२, उदयपुर ।
      ………………………………………
      १,
      गयो अब जवानी
      बाँच्नु मन भए
      खानामा अपनाउनु सावधानी ।
      २,
      कति अचम्मको जोस
      उमेरले नेटो काट्यो
      अब पुर्‍याउनु होस ।
      ३,
      ढकमक्क चारैतिर फूल
      सुन्दर नेपाल बनाउनु
      फुटाऔॅं विकासको मूल।
    • राज कुमार राजभण्डारी ‘खोटाङ्गे’, मध्यपुर ठिमी- ५ संगम कोलोनी भक्तपुर
      ………………………………………
      १,
      अहम्ता छ मनभित्र
      राम्रो मात्र आफू
      संसारका मान्छे विचित्र ।
      २,
      सपना हुने साकार
      झिनो आस एउटा
      छैन खुसीको बजार ।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौं
      ………………………………………
      १
      तिमी नदुखाऊ मलाई
      चोट दिन नखोज
      थकित घाइते बनाई।
      २
      स्वार्थको यो संसारमा
      इमानदारी भएर बचाऊ
      कुनियत बिक्दैन बजारमा ।
    • राज कुमार कार्की, कटारी-१, उदयपुर ।
      ………………………………………
      १/
      हामी हौ साथी
      सफा छ दिल
      चौडा छ छाती ।
      २/
      धर्ती आकाश पताल
      जोडेको हुन्छ प्रेममा
      ठान्न हुन्न बेताल ।
      ३/
      प्रकृति सुन्दर सृष्टिमा
      सागर पहाड विचित्र
      देखिन्छ जगत् दृष्टिमा।
    • विवश पारदर्शी, झापा
      ……………………………………
      १,
      खोला बाँधेर हिउँदमा
      सहर बनाई रमाएका
      वर्षा लागेपछि डुबानमा ।
      २
      उड्छन् चरी ढुकुर
      घरको निदालमा गुँड
      नाच्छन् वनमा मयूर ।
      ३
      पहाडी खेत तरेली
      रमाइलो लाग्छन् दृश्य
      छिमेकी गर्ने परेली ।
    • भगवती दवाडी
      ……………………………………
      १,
      पृथ्वीको मुटु मानिन्छन्
      सिमसारलाई स्वच्छता राखौँ
      पर्यटकहरू आफैँ तानिन्छन् ।
      २,
      सिमसार क्षेत्रका स्थलहरू
      स्वच्छ हराभरा राख्नुपर्छ
      बढ्नेछन् उत्साहजनक अरू ।
      ३,
      सिमसार दिवसको शुभकामना
      पर्यटक अझ बढोस्
      यही हाम्रो चाहना ।
    • हरिनारायण चौधरी, कबिताहरी, सुन्दर हरैंचा – १, मोरङ
      ……………………………………
      १,
      आमाको मिठो बोली
      सधैँभरि देख्न पाउँ
      सुन्दर गुनिउॅं चोली।
      २,
      तिम्रो पाए साथ
      जति बेला हुन्छ
      दु:ख सुखमा हात ।
      ३,
      खेतमा तरकारीको बारी
      पसलमा छैन हजुर
      दु:खमा पैसाको भारी !
    • श्री कृष्ण धामी, बझाङ
      ……………………………………
      १,
      गुराँस फुलेर वन
      लाली छायो पाखाभरि
      हर्षित बन्यो मन।
      २,
      कफी कोपिला चाँप
      फूल फुलेर सेताम्मे
      वसन्तको नौलो छाप।
      ३,
      सेताम्मे चाँप फुलेको
      सेतो केश सम्झेर
      निर्मोहीले चट्टै भुलेको।
    • मोती सुब्बा, दार्जिलिङ, भारत।
      ……………………………………
      क)
      सितन भैंसीको सुकुटी
      राखेर चुस्की लिॅंदै
      रित्याए राष्ट्रिय ढुकुटी l
      ख)
      पारे देशलाई खोक्रो
      ढुकुटीको रस चुसी
      भरे आआफ्नो धोक्रो l
      ग)
      सुशासनमा लाग्यो बिर्को
      जनताको त्यो आशामाथि
      निरन्तर पर्यो चिर्को l
    • बाबुराम गौतम, गुल्मी
      ……………………………………
      १.
      जिन्दगीले कहिले सतायो
      मात्दिनॅं भन्दा पनि
      भलिभाँती दिएर मतायो ।
      २.
      कहिले असल जनायो
      आफू नबोल्दा पनि
      ‘राम्रो तपाईं’ भनायो ।
      ३.
      बिचको असल सफल
      हेर्नुस् आफ्नै आँखाले
      गुलाफ राम्रो कमल ?
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      ……………………………………
      १,
      तताउनु पर्छ सडक
      भ्रष्टाचार अति भयो
      नेताले देखाए चटक।
      २,
      गरिबी धेरै मौलायो,
      सहनै नसकेर जन
      सडकमा बोल्न आयो।
      ३,
      देश बचाउन जागौँ
      माया गरेर देशको
      सुधारको बाटो लागौँ।
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी
      ……………………………………
      (१)
      तिम्रो चोखो मायाले
      दर्दहरू हुन्छन् निको
      नजिकै हुँदा कायाले ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      ……………………………………
      १,
      मेरी मायाकी खानी
      धन्य मेरी आमा
      त्यसकारण म भाग्यमानी ।
      २,
      तिम्रो औॅंलाको स्पर्श
      लाग्छ कति प्यारो
      त्यो हर्षित परामर्श ।
      ३,
      किन्न मिल्दैन लाखमा
      अर्ती, आड, आसिक्
      बाँचिरहूँ तिम्रो काखमा ।
    • कमला पौडेल, भक्तपुर चा न पा
      ……………………………………
      १.
      मैले चाहेँ तिमीलाई
      तिमीले मलाई चाह्यौ
      समाजको मन जलाई ।
      २.
      सत्य बोल्ने बानी
      छानी छानी झुट
      सुखले जिउँला जवानी ।
      ३.
      मन कस्तो कस्तो !
      पैसा जस्तो लाग्छ
      सबैभन्दा त्यही सस्तो ।
    • शशी आचार्य
      ……………………………………
      १,
      सोह्रमा नागरिकता पायो
      हिॅंड्यो बेरोजगारी छल्न
      सबै परदेशतिर धायो ।
      २
      सङ्घर्ष जीवनको पाटो
      सहेर घामपानी ठेस,
      फैलिन्छ सफलताको बाटो
      ३
      बढेको छ घमण्ड ,
      भ्रष्टाचारको कालो धनमा,
      दिॅंदैनन् कसैले दण्ड ।
    • भुपेन्द्र राना मगर, धादिङ
      ……………………………………
      १,
      जीवन हो फूल ,
      जहाँ भमरा भुल्छन्
      अब नगरौँ भुल ।
      (२)
      फूलमा रस छैन,
      न केही बास्ना
      कोपिलामै अनर्थ हैन ?
    • जी.वि.चिन्तन घोराही- १४, दाङ
      ……………………………………
      १.
      सात समुद्र पारि
      दौडिए युवा जमात
      बोकेर सपनाको भारी।
      २.
      स्वदेशको बाँझो बारी
      फुल्यो ईलामे झार
      बन्यो तितेपाती घारी।
      ३.
      स्वदेशमै फल्छ मेवा
      पौरखी हात चलाए
      दिनु सके टेवा।
    • बिके मुखिया, दार्जिलिङ भारत।
      ……………………………………
      १.
      पढेको काम लाग्दैन
      जस्तो लाग्दैछ अचेल
      मनको पिर भाग्दैन ।
      २.
      के गर्नु सोचेर ?
      हरदिन बदलिँदै छ
      समय सधैँ गनेर ।
      ३.
      समय अवश्य पर्खन्छु
      दुःखले कति भिज्नु
      भोलिबाट टाढै तर्कन्छु ।
    • प्रकाश धमेना क्षेत्री ‘ज्योति’ (हाल – चितवन)
      ……………………………………
      १,
      मन मरेपछि आस
      कोही यहाँ कहिल्यै
      नलाग्दो रहेछ खास ।
      २,
      सफा होस मन
      झुटो नबोल कहिल्यै
      असल मान्छे बन।
      ३,
      तिम्रै बन्छु भनी
      धोका दियौ निष्ठुरी
      आज अर्कैको बनी ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      ……………………………………
      १)
      नेपाल हाम्रो देश
      सुन्दर अनि शान्त
      भेषभूषा फरक परिवेश ।
      २)
      सगरमाथा हाम्रो शिर
      बिनागल्ती कोही नझुक्ने
      नेपाली हामी वीर ।
      ३)
      प्राकृतिक सुन्दरताको धनी
      गर्व लाग्छ मलाई
      आफू नेपाली भनी ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      ……………………………………
      १)
      निकै देखियो चुरीफुरी
      कसलाई फसायौ आजकल
      सुनाउन ए ! निष्ठुरी !
      २)
      आँखामा गाजल पोतेर
      देख्छु निकै चम्केको
      जालीले शरीर छोपेर !
    • लुम्बिनी साहित्य प्रतिष्ठान, नेपाल
      ……………………………………
      १
      उज्यालो बनाउॅंछ शिक्षाले
      जीवनको अस्तित्व बुझौँ
      अमर बनिन्छ दीक्षाले।
      २
      प्रश्नको लाग्दछ थुप्रो
      खोज्दा खोज्दै उत्तर
      बन्छ शरीर कुप्रो।
      ३
      प्रविधिको उपयोग जानेमा
      मानव बन्छन् खुसी
      मनको सन्तोष छानेमा।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      ……………………………………
      १ ,
      जब शिशिर लाग्यो
      तन मन सबै
      चिसोले थुरथुर काँप्यो ।
      २ ,
      अब वसन्त आउँछ
      कोइलीको गाना सॅंगसँगै
      वृक्षमा हरियाली छाउँछ।
    • हरिगोपाल प्रधान, काभ्रेपलाञ्चोक, बनेपा – १४, साँगा बजार
      ……………………………………
      १,
      मेरो मनको कुना
      थाहै नपाइ फुस्केछ
      तिमी बाँधिदेऊ तुना ।
      २,
      चिसोले साह्रै सतायो
      मन मौसम उस्तै
      निस्ठुरीको यादले अटायो ।
      ३,
      तलतल लाग्यो अम्मल
      धेरै आशङ्का किन ?
      खोजी हुँदा कम्बल ।
    • सरस्वती भट्ट, सिराञ्चोक -५, गोरखा (हालः राइनास-१, लमजुङ)
      ……………………………………
      (१)
      गर्नु सबको भलाइ
      गल्ती हुँदा कहिलेकाहीँ
      माफ देउ मलाई ।
      (२)
      मलाई निरास बनायौ
      छोडेर गयौ तिमी
      झुटको खेती खनायौ ।
      (३)
      सम्बन्ध बढाऔॅं हामी
      सबैको आँखा अगाडि
      बन्नुपर्छ सबैभन्दा नामी ।
    • उर्मिला केसी, धनकुटा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, साप्ताहिक झिल्का कविताLeave a Comment on साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०३

    साउदीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

  • २२ माघ २०८०, सोमबार ११:०६ मा प्रकाशित
  • साउदीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । दुई वर्ष अघि वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब पुगेका रोल्पा जिल्लाको माडी गाउँपालिका ४ बुढागाउँका २७ वर्षीया सुवास बुढामगरको साउदीमा सवारी दुर्घटनामा परी मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

    यही माघ १८ गते साउदी अरबियाको दमाममा सुवास आफैले चलाएको गाडीमा अर्को गाडी ठोक्किन आउदा दुर्घटना भएको थियो ।

    त्यसपछि उहाँ आत्तिएर सडकको अर्को साइडको झ्यालबाट बाहिर निस्कदा पछाडिबाट आएका तीनओटा गाडीले एकै पटक ठक्कर दिदा उहाँको घटनास्थलमै मृत्यु भएको हो ।

    कम्पनीले आवश्यक कागजी प्रक्रिया नपुगेको भन्दै शव नेपाल नपठाएकाले अहिले मृतकको शव साउदीकै अस्पतालमा रहेको मृतककी दिदी भिमकुमारी मगरले जानकारी दिनुभयो ।

    साभार-ईकापीबाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर2 Comments on साउदीमा सवारी दुर्घटनामा परी एक युवकको मृत्यु

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२०

  • २१ माघ २०८०, आईतवार १०:४२ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२० औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    घरले भन्छ जा जा आइज नै भन्छ वनले
    त्यागौँ भन्छु लोभ मोह तर मान्दैन मनले ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    लिएर के आएका थियौ जान्छौ के लिएर
    खाली हात जाने सबै गंगाजल पिएर ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    उमेर ढल्किदै जाँदा पनि लोभी पापी भए
    त्यही भएर विलाप गर्दै मामाघर गए ।
    ✍️ डम्बर थामी ‘अनुपम ‘
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [३]
    उमेरले नेटाे काट्याे उस्तै छ व्यथा बल्झिएकाे
    मन बाँध्न नसकेर लाेभ माेहमा अल्झिएकाे ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी ।
    [४]
    आखिर घमण्ड केका लागि एकदिन छ मर्नु
    सम्पूर्णमा सत्मार्गमा चल्दै दिव्य ज्ञान छ छर्नु ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
    सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    [५]
    मान्छेको मन लोभी पापी अहङ्कारी भयो
    काम क्रोध मोह हुँदा आफ्नै हुर्मत गयो ।
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    [६]
    बुढेसकालमा छैनन् कोही साहारा
    छोराछोरी भए विदेशीको आहारा।
    ✍️ तेजप्रसाद खनाल दाङ।
    [७]
    पापको भाडो भरिएन है दिदीबहिनी दाजुभाइ,
    लोभ लालचले कहिल्यै पनि नछोड्ने भो हामीलाई ।
    ✍️ नवशिला,
    नवदेव मार्ग, लालभित्ती, मोरङ।
    [८]
    जति कमाए नि आखिर घाटमै हो जाने
    सुनाम कमाऔँ केही छैन नि मर्दा लाने ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
    [९]
    नाङ्गै आयौ नाङ्गै जान्छौ आखिर लोभ किन
    लोभ मोह नत्यागे होला मरण कठिन ।
    ✍️ सरिता सेढाई धादिङ
    [१०]
    जति यो उमेर जान्छ उति लाेभ लाग्ने
    इज्जत सबै फाली भिखारी बनी माग्ने ।
    ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [११]
    उमेरमा सङ्घर्ष मात्र बुढेसकालमा दुःख पाइयो
    छोराछोरी विदेशमा लाठी टेकेर अस्पताल धाइयो ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१२]
    सहनुपर्छ घाम र पानी कर्म यो गरेर
    जीवन भन्नु आखिर यस्तै जानु छ मरेर !
    ✍️ आर्त अकुलीन
    [१३]
    निहुँ खोज्छ जिउले मनले भिरको बाटो रोज्दैछ
    खान लाउन नपुगेर अरूको कमाइ खोज्दैछ ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [१४]
    झरेको दाँत कमजोर आँत अस्पष्ट वात
    खोज्छ सधैँ खुसीको रात अनि पैसाको खात ।
    ✍️ ध्रुव श्रेष्ठ
    हाल काठमाडौ ।
    [१५]
    मान्छे सारै लोभी भयो, आजकल किन ?
    सक्छौ दाम हैन नाम कमाएर हिन ।
    ✍️ शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।
    [१६]
    उमेर हुँदा हुन्न हाेस जाेसमा के के गर्ने ?
    बुढाे भयाे उमेर गयाे पछुताई भो मर्ने ।
    ✍️ जी.वि.चिन्तन घाेराही-१४ दाङ
    २०८०/१०/२० बिहान ६:१५
    [१७]
    लोभको घैँटो भर्नलाई भयो हानथाप
    अहिले आएर लाग्यो मलाई ठूलो पाप ।
    ✍️ रचना मोक्तान “यात्री”
    नमोबुद्ध न. पा.-५, काभ्रे ।
    [१८]
    मनले भन्छ गरौँ गरौँ तर तनले सकेन गर्न
    बुढेसकाल लागे पनि सकिएन कसैगरी मर्न ।
    ✍️ प्रेम थापा “मन”बागलुङ
    [१९]
    खै के कुरा गर्नु र अब मरिजाने तनको
    छोडिदिनुहोस् लोभ मोह नासिजाने धनको ।
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा ।
    [२०]
    कुकुर भन्छ सन्तान बढुन् बिरालाे भन्छ याे घरका जति सबै मरून्
    विचरा अग्रगामीहरू जीवनभर सत्तामा नबसेर के पाे गरून् ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [२१]
    लाेभ र रागले दिदैन आनन्द र चैन
    जीवन निरन्तर जल्दैछ बनेर मैन ।
    ✍️ दीपा समभाव
    काठमाडौँ
    [२२]
    उमेर बुढो भए नि जवान हुने मन
    लोभी नयन युवतिकै पछि लाग्छ तन !
    ✍️ इन्दिरा देवकोटा
    [२३]
    हिजोभन्दा त आज झनझन बढ्दै छ सास
    साच्चै अब बाँचुला भन्ने पनि कमै छ आस ।
    ✍️ गणेश नेपाली
    बगनासकाली-१,बगनास,पाल्पा।
    [२४]
    सचेत ती मान्छेले पाएको यति हो ज्ञान
    लोभकै पछाडि दौड्दा दौड्दै सकियो ज्यान !
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    [२५]
    त्यागौँ सबले रिसराग र लोभ मनबाट
    अनि मात्र मुक्ति मिल्छ लौकिक जीवनबाट ।
    ✍️ बाबुराम पाण्डे
    अर्घाखाँची
    [२६]
    काम, क्रोध, लोभ एकै परिवारका दाइभाइ,
    जति सङ्घर्षले जोगायो उति खर्चिने कमाइ ।
    ✍️ अच्युत घिमिरे
    सर्पाङ, भुटान🇧🇹
    [२७]
    उमेरसँगै लाेभ ,माेह चुलिएर जान्छ
    तेराेमेराे भन्दाभन्दै यमराजले तान्छ ।
    ✍️ त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा
    [२८]
    जीवनले आखिरमा पुर्‍याउँछ कहाँ ?
    भावीले नै लेखेकोमा पुर्‍याउने त्यहाँ ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२९]
    मनभित्र काम लोभ मोह र तृष्णा हुन्छ
    निस्काम कर्म गर्नेले वैकुण्ठ लोक छुन्छ !
    ✍️ समुद्र
    जल्जला७गण्डकी
    [३०]
    यताउता गरि राख्छु परिवार पाल्न
    कसै गरी सकिएन चुहिएको टाल्न ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी आठ।
    [३१]
    घर अनि सन्तानको कति धेरै माया
    जीवनको अन्तिममा हुन्छ दायाँबायाँ ।
    ✍️ विवश पारदर्शी
    झापा,
    [३२]
    कुराले टिपेर दिन्छन् सहजै आकाशको तारा,
    सधैँको भोलि थपाथप भाखा कुरौटेको पारा ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [३३]
    पहिले त्यो लोभी भई सोर्‍यौ पुस्तौँ धन
    बुढो भयौ हार खायौ पछुतायो मन ।
    ✍️ बेदु न्यौपाने 🇳🇵
    [३४]
    मनले जे भनोस् तनले खोजेको गर्छु
    मुखको गाँस छिनाई भड्खारामा पर्छु ।
    ✍️ नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [३५]
    आफूलाई सम्पत्तिले बनाए जस्तै ठान्छ
    दुख्ने गरी बन्चराले आफ्नै खुट्टामा हान्छ ।
    ✍️ गंगा खड्का
    बूढानीलकण्ठ ,काठमाडौँ
    [३६]
    उमेरले नेटो काट्दा, कपाल हुन्छ फुली सेतै
    जता लोभ मोह पाप , अझै नजर जान्छ तेतै ।
    ✍️ यामनाथ आचार्य
    पर्वत
    [३७]
    जति गरे नि मन मान्दैन
    लोभ बाहेक अरू जान्दैन ।
    ✍️ शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [३८]
    वृद्ध अवस्थाले सतायो कि क्या हो खोजिरहेछौ तातो घाम,
    लोभ मोह सब त्यागेर जप्नु बरु हरे कृष्ण हरे राम ।
    ✍️ भगवती दवाडी
    दमक,झापा
    [३९]
    जति उमेर बढ्दै जान्छ, उति लोभ नै लाल्चा,
    मनलाई पनि जान्नुपर्छ लगाउन ताल्चा ।
    ✍️ शोभा आचार्य गौतम
    काठमाडौँ
    [४०]
    मेरो पनि त्यही हाल छ, मनको कुरा खोलेँ
    केही पनि भन्दिनँ आज, तिम्रै पक्षमा बोलेँ ।
    ✍️ पुष्पा सुवेदी
    नेपालगंन्ज,बॅाके।
    [४१]
    समयसँगै बदलिनु पर्‍यो कहाँ जान्छ कली वनमा
    खुसी उनै छ कली बखतमा लोभ मोह जस मनमा ।
    ✍️ मुक्ति काफ्ले
    कोक्राझार, असम, भारत।
    [४२]
    गरिबी अभावमा जीवन सकियो
    जीउँदै मरेको आभासमा परियो ।
    ✍️ कला ढकाल
    झापा दमक
    [४३]
    उमेरले नेटाे काटिसक्यो केही धान्दैन याे तनले
    आँखा लोभी देखेजति आफ्नै बनाउँ भन्छ यो मनले ।
    ✍️ सुशीला शिखा
    काठमाडौं कागेश्वरी
    [४४]
    घरबारी र परिवारको माया अपार
    छुट्दैन लोभ मोह तृष्णा जाग्दैछ सपार ।
    ✍️ कमला देवकोटा, पाल्पा
    [४५]
    उमेर हुँदा नै कमाऊ, झल्केर वा सल्केर
    इच्छा भएर के गर्नु ? गयो जोबन ढल्केर ।
    ✍️ मोती सुब्बा
    दार्जिलिङ, भारत।
    [४६]
    पापको घैँटो भरिसक्यो प्रभु, चाँडै लैजाउ माथि
    तिम्रो कर्तुत देख्दाखेरि लानुपर्ने तिम्लाई साथी।
    ✍️ कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४७]
    मन हुन्छ सदा लोभी, कुरा कहॅा मान्छ
    मान्छेको जातै त्यस्तै, भेटेको सबै खान्छ ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [४८]
    वनले बोलाउँछ मात्र सिकाउँदैन त्याग्न मोह
    कसरी बिती जान्छ जीवन गर्दैमा धनको जोह।
    ✍️ सुस्मिता अधिकारी
    काठमाडौँ
    [४९]
    काेपिलामै हुन्छ हेर्नुहोस् वयस्क बोट
    परिश्रम गरेमा मिल्छ हजुर नोट !
    ✍️ श्री कृष्ण धामी – बझाङ
    [५०]
    पाल्नेले फाल्न खोज्छन् किन बुढेसकालैमा
    माया होइन डुब्नै पर्ने आँसुको खालैमा ।
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [५१]
    लोभको भाँडो भरिँदैन पुग्दैन हेर धनले
    आखिर जानैपर्छ छाडी नमाने पनि मनले ।
    ✍️ मन्दिरा सेढाई
    मलेखु,धादिङ
    [५२]
    लाेभी मन, पापी आँखा हरे ! भन्छ संसार मेरै भए
    भन्दाभन्दै जानै छ एकदिन, सबैले छाडेरै गए ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [५३]
    काशी जानेबेला भैसक्यो, मोह माया गर्छौ कति
    भजन कीर्तन गर्दै बस्ने बेला बिग्रेछ मति ।
    ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [५४]
    आँखा लोभी र मन पापी संसार यस्तै होला
    बुढेसकालमा पेट पाल्न बोक्नुपर्छ झोला ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    [५५]
    बाँचुन्जेल तेरोमेरो मरे के पो छ र
    दुई दिनको जिन्दगी छैन केही भर ।
    ✍️ दीपा तिम्सिना -ईलाम
    [५६]
    जति बुढेसकाल लाग्याे उति लाेभ लाग्ने
    बाउ बाजेको इज्जत फाली भए नि माग्ने ।
    ✍️ सहयात्री शाेभा अर्याल
    बुटवल , रुपन्देही
    [५७]
    छाेडी जाने चाेला याे लाेभ लाग्छ किन धेर ?
    नेत्र बल्छन् त्यत्तिँकै अरूकाे धन देखेर ?
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक बनेपा १४ सँगा धजार

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का1 Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- १२०

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P