सगरमाथा साहित्य प्रतिष्ठानको मिति फागुन ६ गते २०८० (सन् 2023 फेबुअरी 18) आईतबारका दिन जुम मार्फत भएको केन्द्रीय महाधिवेशनले अध्यक्ष श्री अजित उत्सव ज्यूलाई स-सम्मान बिदाइ गर्दै संस्थाका केन्द्रीय संरक्षक श्री समर चेम्जोङ ‘आभाष’ ज्यूलाई आगामी कार्यकाल सन् २०२३-२०२५ का लागि नयाँ अध्यक्षका रूपमा सर्व-सम्मत चयन गरेको छ ।
संस्थाका निवर्तमान अध्यक्ष श्री अजित उत्सवज्यूको अध्यक्षतामा सम्पन्न भएको उक्त अधिवेशनमा संस्थाका १८ जना पदाधिकारी अजित उत्सव – अध्यक्ष, सरु शितल राई – उपाध्यक्ष, डि एल घिमिरे – महासचिव, सुजन सिरेङ चेङवा लिम्बू – सचिव, राजेशराज गड्तौला – प्रवक्ता, चन्द्र सम्बाहाम्फे लिम्बू – कोषाध्यक्ष, अमन एकल – नेपाल शाखा इन्चार्ज, बुद्धिबल श्रेष्ठ – नेपाल शाखा अध्यक्ष, बबिता बिष्ट – कर्णाली प्रदेश अध्यक्ष, लिली अधिकारी – केन्द्रीय सदस्य, राज यात्री लम्साल – केन्द्रीय सदस्य, युवराज खतिवडा – केन्द्रीय सदस्य, जीरन थुलुङ- भाषा तथा साहित्य विभाग प्रमुख, रोहित कॅुवर – केन्द्रीय सहसचिव, दुरबस्तिको शिशिर रेखी – लेखा विभाग प्रमुख, बिबेक दुलाल क्षेत्री – संरक्षक, समर चेम्जोङ आभाष – संरक्षक, जि. पि. तिवारी – नेपाल शाखा संरक्षकको उपस्थिति रहेको थियो !
अधिवेशनले नयॅा केन्द्रीय अध्यक्ष चयन गर्नु पहिले निवर्तमान अध्यक्ष श्री अजित उत्सव ज्यूका तर्फबाट संस्थाको जानकारी सहितको प्रतिवेदन, निवर्तमान महासचिव श्री डि एल घिमिरे ज्यूले साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्ष श्री चन्द्र सम्बाहाम्फे लिम्बू ज्यूले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्दै श्री अजित उत्सवज्यूले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रतिवेदनमा केही जानकारीहरू र थप सुझाव सहित सर्वसम्मत रूपमा पारित भएको थियो। उक्त समयमा संस्थाका निवर्तमान अध्यक्ष श्री अजित उत्सव तथा महासचिव श्री डि एल घिमिरे ज्यूले संस्थाका सम्पूर्ण सदस्यहरु प्रति धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको सहजीकरण निवर्तमान केन्द्रीय महासचिव डि एल घिमिरेज्यूले गर्नु भएको अधिवेशन युएई समय बेलुकाको ५ बजे देखि राति ८: ३५ बजे सम्म चलेको थियो । उक्त अधिवेशनले ‘आभाष’ लाई अध्यक्ष सहित उल्लेखित सर्जकहरूलाई नयॅा कार्यकालका लागि सर्व सम्मत रूपमा चयन गरेको प्रवक्ता राजेशराज गड्तौलाज्यूले जानकारी गराउनु भएको छ ।
संरक्षकहरू:
विवेक दुलाल क्षेत्री दमक: नेपाल किरण कौशल मियोङ्बा: पोर्चुगल अजित क्षेत्री: द. कोरिया सेल्कर पाख्रिन: नेपाल शाश्वत ढङ्गाना: युएई दूरबस्तिको शिशिर: नेपाल
कार्यसमिति:
अध्यक्ष: समर चेम्जोङ आभाष वरिष्ठ उपाध्यक्ष: जीरन थुलुङ राई उपाध्यक्ष : सरु शीतल राई महासचिव: रोहित कुँवर सचिव: कुसुम नेपाली, जापान सहसचिव: लिली अधिकारी, स्पेन कोधाध्यक्ष: काजल राई सहकोषाध्यक्ष: अमृता बान्तावा राई प्रवक्ता: राजेशराज गड्तौला, नेपाल
सदस्यहरू:
अमन एकल: नेपाल सुजन सिरेङ चोङ्बाङ: युएई चन्द्र सम्बाहाम्फे: नेपाल राज यात्री लम्साल: युएई सुमित्रा सुमी: नेपाल युवराज खतिवडा: नेपाल कृष्ण घिमिरे: नेपाल डीके किराँती: युएई धनक बहादुर मगर: नेपाल किरण टी लिम्बु: यूके मुन्चे राई: युएई आस्था निरौला किशोर धिमाल मञ्जुल मितेरी: जापान नैना सुब्बा बराइली: भारत नकुल पौडेल
पर्सा, ९ फागुन / हिन्दु समाजले हाम्रो मुख्य दायित्व भनेको समाजिक सद्भाव कायम गर्नु नै रहेको बताएका छन । हिन्दु समाजले बुधवार बिरगंजमा पत्रकार सम्मेलनको आयोजना गर्दै समाजिक सद्भाव कायम गर्नु नै रहेको बताएका हुन ।
पत्रकार सम्मेलनको आयोजना गर्दै हिन्दु समाजले हिन्दु धर्मको ब्यानर च्यातेर फ्याक्ने, भागवान रामको फोटो च्यात्ने र ज्यान मार्नेसम्मको धम्की दिने अराजक ब्यक्तीलाई पक्राउ गरि कानूनी दायरामा ल्याउने प्रशासनले प्रतिवधता जाहेर गरेको बताए । सम्मेलनमा प्रहरीले पक्राउ गरेको हिन्दुबादी युवाहरुलाई बिना सर्त रिहाइ गर्ने सहमति भए पछि उनीहरूलाई रिहाइ गरिएको समेत जिकिर गरिएको थियो । हिन्दु समाजले बिज्ञपति जारी गर्दै एक हप्ता भित्र उदन्डति गर्ने ब्यक्तिलाई पक्राउ गरि कारवही गर्नुपर्ने यद्यपि प्रशासनले कारवही नगरे बाध्य भइ हिन्दु समाज कारवही हुने सो विज्ञप्तिमा उल्लेख गरेको छ।
मङ्गलवार हिन्दु समाज र प्रशासन सँग बृहत छलफल गर्दा मुस्लिम समाज द्वारा गरेको उछरिंकल गतिविधि जस्तै हिन्दुको झण्डा च्यात्ले, भगवान रामको फोटो च्यात्ने, खुल्लेआम हिन्दुलाई ज्यान मार्ने धम्की दिने जस्ता अराजक तत्व लाई पक्राउ गरि कारवाही गर्ने जिल्ला प्रशासन द्वारा प्रतीबद्धता जनाएको हिन्दु समाजले बताएका छन । हिन्दु समाजका पक्राउ परेका युवाहरूलाइ बिना सर्त रिहा गरियो । एक हप्तासम्ममा प्रशासनद्वारा कारवाही नभए हिन्दु समाजले अगाडी योजना बनाइ कार्य योजना बनाउन बाध्य हुने, पत्रकार सौरव साहको गाडि झण्डा लगाएकै कारण मुस्लिमद्वारा केही अराजक तत्व तोडफोड गरेको व्यक्तिसँग यथासिघ्र क्षतीपुर्ती तथा कारवाही गर्नुपर्ने, कारवाही नभएको खण्डमा हिन्दु समाज त्यस्ता बिखण्डकारी अराजक तत्वलाई कारवाही गर्ने बाध्य हुने बुँदाहरुमा सहमति भएको जनाइएको छ ।
साप्ताहिक झिल्का लेखन अभ्यासको पाँचौ शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
……………………………
१, फुलिरहेको फूल देखेर म तिमीलाई सम्झन्छु उज्यालो भविष्य कल्पेर । २, जहाज देख्छु गगनमा दिनहुँ देश खाली भतभती आगो मनमा । ३, कोकिलकण्ठ सापटी पाए खुसीको रास बढ्थ्यो रतेउलीले वर्तमान सजाए ।
म्यामराज राई, भोजपुर … १, इच्छा चाहना रोकेर खाडी छिरेँ बाध्यताले आँखामा सपना बोकेर ! २, आमाको याद आउँछ । जन्मभूमि त्यो गाउँघरको निकै मायाले सताउँछ ३, रातिमा सधैँ कल्पन्छु देख्छु वृद्ध बाआमा सन्ध्याको घाम सम्झन्छु ।
वसन्त अनुभव, घोराही, दाङ … १, जतन गरेर राख्नू ओइलिएर झर्न सक्छ टप्प टिपी चाख्नू । २, बिर्सेको यादले सतायो खरानी बनी डढेको आत्मकथा बनेर ततायो । ३, हजारौँ हजार बाणले देश खोक्रो पार्नेको आन्द्रा कुहियोस् जाँडले ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, इच्छा चाहना थियो थिएन छाड्न मन पापीले खुसी लियो। २, कस्को पर्यो खेल? पापी ती आँखामा आएन आँसुको भेल। ३, मनै रहेछ ठुलो चित्त बुझाउन खोज्छु त्यतै पर्छ दुलो।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन) … १, जीवनमा सपना बोकेर बाध्यताले खाडी लागे आँखामा आँसु रोकेर । २, सुन्दर फूल पाएँ कत्ति खुसी हुन्थेँ जिन्दगीमा तिमी आए । ३, गरिदेऊ मुटुमा बास आनन्दले रमाउने थिएँ हर्ष, उमङ्गले खास ।
केसर बोहरा ‘सङ्घर्ष’, सुदूरपश्चिम अछाम (हाल -भारत) … १, लाहुरेको रहर पालेर गर्वसाथ छोडेको जन्मभूमि घरबारी धितो हालेर । २, स्वाभिमानी हामी नेपाली आफैँलाई ढाँट्ने बहाना पराईको निम्ति गुलामी । ३, इच्छाका अग्ला टाकुरा आफ्नालाई एक्लै पारेर बेचेको दह्रा पाखुरा ।
कमला पौडेल, भक्तपुर, चाँगुनारायण … १, बढ्यो भ्रष्टाचारको मात्रा स्वार्थमा लिप्त सरकार सायद विडम्बनाको जात्रा । २, मनमा भएन शान्ति घटना मात्र सुनिन्छ, हरायो अधरको कान्ति । ३, केवल सतहमा रुझी आरोप लगाउछ्न हजुर आन्तरिक कुरा नबुझी ।
पृथक प्रकृति, झापा … १, बलवान्ले निर्धो हेप्ने पाइन्न न्याय यहाँ , दमन कति खेप्ने ? २, जन्मिन थाले दानव निर्धाका पीडा बुझ्ने छैन कोही मानव। ३, पवित्र होस् माया प्रेमको नाटक गर्दै कहिल्यै नगर्नु दायाँबायाँ ।
राज कुमार राजभण्डारी ‘खोटाङ्गे’, मध्यपुर ठिमी – ५ संगम कोलोनी भक्तपुर । … १, दुखद स्वतन्त्रता दिवस फटाहालाई छ मोजमस्ती सोझा मर्न विवश ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, जग्गा जमिन बाँझा राख्नु हुन्न अब खेती गरौँ साझा । २, खेती किसान गरे माड लाग्छ मुखमा भोको हुन्न भरे । ३, गर्छु खेती किसान नपत्याए हेर यहाँ हातमा छ निसान ।
सरिता सेढाई, धादिङ … १, जिन्दगी कस्तो कस्तो ? पत्याउँदैनन् यहाँ कोही भयो सारै सस्तो । २, तिमीले पनि छोड्यो कठिन त्यो बाटोमा उसले पनि छोड्यो । ३, निर्णय आफ्नै हुनेछ सबैसँग छ सोधनी आकाशको जून छुनेछ ।
नागेन्द्रप्रसाद यादव , दाङ … १, अन्तरात्मा देख्ने यन्त्र , विश्वमा बन्न सकेन, बढ्यो धेरै मनपरीतन्त्र । २, देखिने भए मन, उसको कर्तुत छर्लङ्ग देखिन्थे लुकाएको धन। ३, नियतै साफ नभएपछि कालोलाई गोरो पार्ने सत्य छोड्दै गएपछि।
मनोहरी पौडेल, गैडाकोट १ … १, गाँठो पारेँ मन बोकेँ झोला अनि हिॅंडे कमाउन धन । २, बिक्यो आफ्नै पाटो उठेन त्यसको ब्याज भत्कियो फर्किने बाटो। ३, पाउनसम्म धेरै पाएँ दुःख नै जीवनभरि तर चित्त बुझाएँ ।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ … १, यो हो कविता सुन्नु, गुन्नु तिमीले बुझेपछि हुनेछ रमिता । २, टप्प टिपेर राख्नू बेला बेला सम्झदा जिब्रोले च्वाट्ट चाख्नू । ३, नमानेर तिमी लाज आउनुस् मेरै मनमा लाजले पुग्दैन काज।
टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका २, सल्यान … १, हिलोमा फुल्छ कमल जिन्दगी भन्नु तलाउ फुलेर हुन्छ सफल । २, दु:खको गरेर सामना फलोस् फुलोस् जीवन सबैमा मेरो कामना । ३, हाँसेर सधैँ पिरमा आर्तको यस्तै कहानी जिन्दगी हुन्छ भिरमा ।
आर्त अकुलीन … १, देशको हाल देखेर बिरक्तिन्छ मन नेपालीको पोख्छन् कविता लेखेर । २, साधुको भेसमा आए देशलाई खोक्रो बनाई ढिकुटी सबै रित्याए । ३, सुन्दर फूल फुलेको रङ्गीचङ्गी हेर त भॅंवरो किन डुलेको ?
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा … १, सकिॅंदैन काम गर्न बुढेसकाल लागेर होला पानी पनि भर्न। २, खेतबारी बाँझै भए सन्तान जति सबै परदेशतिर नै गए। ३, पीडाको खात लागेको लाग्छ जिन्दगीले पनि मज्जाले लात हानेको ।
कला ढकाल, झापा दमक … १, देखेर पनि नहुने कस्तो रहेछ जिन्दगी कसैको हृदयले नछुने । २, भित्री मन गलेछ चाहेको कुरा नपुग्दा आफू स्वयंलाई छलेछ । ३, एक दुई तीन छौ किन दोधारमा सोचाइ मात्र एकैछिन ।
प्रेम थापा “मन”बागलुङ … १, समय तानेर लाने जता लैजान्छ लुरुलुरु हामी उतै जाने। २, सबैले गरौँ हातेमालो स्वदेश समृद्ध बनाउने अब हाम्रो पालो।
बिके मुखिया, दार्जिलिङ भारत। … १, तन्त्रको नाम फेर्ने पालैपालो सत्तामा मस्ति सर्वसाधारणले टुलुटुलु हेर्ने । २, कुरा उनीहरूकै ठुला ढलिमली पाउने समर्थक जनताले पाए मुला । ३, काम कुरा एकातिर बनाए तन्त्रहरूले देश अहिले लाग्छ खातिर ।
रामप्रसाद पुरी, बादेल ,खाेटाङ । … १, ज्यान मेरो बिरामी ज्यादा के भन्नु तिमी रहेछौ हरामी । २, मनभित्र नै पसेर भन केके गर्यो चिल्ला कुरा घसेर । ३, चिप्ला कुरा बकेर लठ्ठ पार्यौ तिमीले मुटु माझ बसेर ।
प्रद्युम्न चालिसे … १, प्रकृतिको अनुपम उपहार कोइलीको कुहुकुहु आवाजसँगै आयो वसन्तको बहार ।
मन्दिरा सेढाई, मलेखु,धादिङ … १, सकेर सकिन्न अरे काम त्याग्नु हुन्न फल पाउनु भरे । २, सधैँ योग गरौँ व्यस्त जीवन पारेर अनि निरोगी रहौँ। ३, लेखेपछि आउँछ भाइ अनुहार देखाएर निस्के देखेपछि बोलाउँछ दाइ ।
नन्दलाल आचार्य, बेलाका, सिद्धार्थटोल, उदयपुर, कोशी । … १, अदृश्य हतियार माया छिया छिया पारेर काट्यो मुटु दायाँबायाँ। २, विश्वासमा आगो लाग्यो डढेलोझैँ जताततै डढेर चैन जलाएर भाग्यो। ३, रुँदै मुख छोपी सम्झेर कति निष्ठुरीलाई बेकारमा नाम खोपी।
संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौ … १, पहिले पिरती बसाए चुपचाप रहे नेपथ्यमा अहिले दलदलमा फसाए । २, पापी पेटको सवाल कतै गुन्द्रुक ढिँडो कतै व्यञ्जन बबाल । ३, सुनौलो त्यो जवानी सम्हालेर राख प्रिया बन्ला तितो कहानी ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, समय सदुपयोग गर्दैन सुकर्मबिना त यहाँ सांसारिक दुःख टर्दैन । २, सहनशीलता गुण असल आउॅंछ, जान्छ विपत्ति कर्मरत आखिरमा सफल । ३, एक्कासी आत्तिनु पर्दैन हावा चल्दैमा रुखका सबै पात झर्दैन ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी … १, कुरा गर्छ डोको इलम सुका छैन ठुलै रहेछ धोको । २, जति तान्यो छोटो ठुटो हुँदा फ्याँक्ने बाँकी बस्यो भोटो ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, सपनाभित्र हराउने देश कसरी भनूँ, रमाउनू छैन कुनै भेष । २, बस्ने मन जहाँ आफ्नो माइतीलाई भेटेर रमाइलो छ त्यहाँ। ३, कान्छी मनको माया दुनियाँको रमझममा रहन्छ जून रहन्छ छायाँ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, देशको अवस्था देखेर लौ ! उकुसमुकुस भएँ पिताश्रीको निर्णय सुनेर । २, माया गर्नु किन ? म त जान्छु मिठाई चकलेट लिन। ३, भावना हत्या गरेर, माया गर्छु भन्दै हिॅंड्यो बिगुल फुकेर।
दीपा गुरुङ्ग (समभाव), काठमाडौ … १, घर छाड्नेलाई लाहुरे उ बेलाको माहोल अहिले भन्छन् चाउरे । २, पहिला पहिलाको खबर धागोले बाँधेको चिठ्ठी आफ्ना नहून् बेखबर । ३, जमाना अनुसारको चलन अहिले जस्तो थिएन सहरका मान्छेमा जलन ।
चुडामणी देबकोटा, चनपा १३ काठमाडौ … १, आस्थाको दीप बालिन्छ कतै पुजनीय मनहरू ढुङ्गा सम्झी फालिन्छ। २, बुझे फूलको थुङ्गा नबुझ्नेलाई आखिर जीवन बगरमा पन्छिएको ढुङ्गा। ३, परिश्रममा आफैँ जली धरती सिॅंचाइ पसिनाले कर्म लेख्छन् हली।
अनमोल चन्द्र “नेचाली” राई, लेबोङ, दार्जिलिङ … १, गाउँबेँसी हुँदै सहर पूरा भएन कहिल्यै यो मनको रहर। २, सहमतिमा हुन्छ काम अनि फसाउॅंछन् फेरि प्राय: नमिलेपछि दाम । ३, मनमा छ डर नछोड है माया तिम्रै लाग्छ भर।
अनिता भण्डारी, ताप्लेजुङ … १, जीवन अनौठो कलाले गीतभित्र छ विचित्र स्वर मिठो गलाले । २, नजाऊ मित्र छोडेर सधैँ मन तड्पाएर जुटेको मुटु तोडेर ।
इन्दिरा देवकोटा, कपिलस्तु न पा ३ … १, जिन्दगीको यात्रामा भन्नलाई पनि अफ्ठ्यारो परेँ म जात्रामा। २, बहकाउमा लागेर अफ्ठ्यारोमा पर्यो जिन्दगी मृगतृष्णा हो जागेर। ३, दोष नदिऔॅं कसैलाई खाडलमा आफैँ परिएला भन्न हुन्न सबैलाई।
सरस्वती श्रेष्ठ, इटहरी … १, शक्तिको कुरा किन नचाहेको मात्र मैले सक्थे जवाफ दिन। २, पदले ठुलो हुँदैन मन सङ्कुचित राखे चिप्ला कुराले छुॅंदैन। ३, राजनीति किन खेलेको मूर्ख छैन कोही सहन्न कसैले पेलेको।
दीपा तिम्सना पौडेल, ईलाम … १, हाइकु जापानले ल्यायो नेपाली माटोमा हेर झिल्का कविता आयो । २, फुल्छ कोपिला फूलको यही माटोमा फक्रिन्छ झिल्का कविता साहित्यको । ३, देशको माया गर्नेहरू परदेश जान्छन् कमाउन विचित्रका यहाँ मान्छेहरू ।
योगप्रसाद उपाध्याय चापागाईं, गोठाटार काठमाण्डौं … १, देश भिरको बाटोमा नेताहरूले गरेनन् सही हामी हुँदै घाटामा । २, व्यवस्था थियो ठिक सुध्रिएन किन अवस्था राज्य प्रणाली बेठिक । ३, काम नगरौँ हतारमा स्वदेशमै बस्न पाए नजाउँ कोही कतारमा ।
रबि पौडेल, दक्षिण भारत पाण्डेचरि … १, जाने गन्तव्य देखिँदैन, आजको दिन बितिसक्यो ठाउँ ठेगाना भेटिँदैन। २, दिल दुखेर जाओस् मायाको देउराली बस्ने सितलु छायाँ आओस्।
होम प्रसाद नेउपाने, धरान,सुनसरी । … १, मेरो हात समाऊ तिमीलाई नजर लाग्ला , अरूले दिएको नखाऊ । २, सुन्दर बनाऔॅं संसार हामी एक भई जोड्नु छ घरबार । ३, सारा पीडा भुलाई बस्छु तिम्रो समीप, परदेशबाट फर्केर आई ।
सीमा कार्की समर्पण, पर्सा जिल्ला, ठोरी गाउँपालिका -४, मेलचोक … १, तिमी म बाँचौँ धरतीमा फूल जस्तै मिठो माया साँचौँ। २, जय ! श्री राम अयोध्यमा मन्दिर निर्माण राम जन्मभूमिको नाम । ३, धर्म अन्धोपन नबन्नू सबै धर्मको सार नराम्रो कहिले नहुनू ।
दिल ठकुरी, टिस्टा भेल्ली, दार्जिलिङ … १, नबुनौँ धेरै जाल बनौँ हामी सदाचारी आफू आफैँ सम्हाल । २, नाम दामी राख्नू नबनौँ कोही बदमासी तिमी हामी मिल्नू ।
हरिगोपाल प्रधान, काभ्रेपलाञ्चोक बनेपा – १४, साँगा … १, आशाको दियो बालिन्छ उप्केको ठाउँ लिपेर भत्केको मन टालिन्छ। २, सपना, रहरहरू पालिन्छ विश्वास लर्खराए कतै उर्लेको उमङ्ग फालिन्छ। ३, मनमा मन चालिन्छ स्वार्थपनको निहुँ पाएँ नौलो परिपाटी थालिन्छ।
मोती सुब्बा, दार्जिलिङ, भारत … १, हाँसो यसरी रित्तिन्छ उपहारस्वरूप दिनेले जब केवल चोट दिन्छ । २, सहनु मुटुले सह्यो तितामीठा ती पलहरू सम्झना बनेर रह्यो। ३, व्यर्थैमा रहर गरे बाँचिन्छ, बाँचिन्न साथी परदेशको चपेटामा परे।
बि.कुलुङ, दार्जिलिङ रंगबुल … १, मनमा माया राखेर छुटौँला सॅंगसगैँ भेटौँला रचना साथ राखेर २, जिन्दगी मेरो हरेको मान्छेको जातै आरिसे आसक्ति अल्छी जलेको ३, बजार अहिले बलेको मेला लगाएर वाणिज्यले स्यालको हुइयाँ चलेको
भगवती दवाडी, दमक, झापा … १, हरियो सल्लेरीको वन भुल्न खोज्दा तिमीलाई सम्झना आयो झन् । २, तिमी कता गयौ अत्तोपत्तो कतै भएन जब निष्ठुरी भयौ । ३, नदेख्दा कुनै पल मन दुख्छ मेरो नगर कुनै छल ।
उर्मिला के.शी., धनकुटा … १, पैसा कमाउने रहरमा भिडभित्र म हराएँ आफै अन्जान सहरमा । २, बित्छ जिन्दगी आसमा आखिर मरेपछि त वस्त्र रहँदैन लासमा । ३, सबै दाउमा बस्छन् पराईले होइन हजुर आफ्नैले आफ्नैलाई डस्छन् ।
भिम लिम्बू प्रयास, रिमबीक दार्जिलिङ … १, नयाँ उत्सव छायो फुलेर फूल ढकमक्क आहा वसन्त आयो। २, हिमाली हावाको सङ्गत उत्साह उमङ्ग मनमा खुसीले रमाउछन् जगत् ।
बाल कृष्ण श्रेष्ठ, सोलुखुम्बु … १, माया तिम्रो लागि खुसी भई हाँस देवीदेउता छन् सहभागी । २, साथीको बिहेमा गएको होस उड्यो देखेर प्रेमी बेहुला भएको । ३, जान्न म अन्त निम्तो जसको आओस् अबदेखि त जन्त ।
शशी आचार्य … १, माया लाग्छ काली पराई भयो भन्छौ, समय मिल्दैन खाली। २, चाहेर पनि अभाव निष्ठुरी समय सधैँभरि, अर्काको पर्यो दबाब। ३, रहरहरू धेरै थिए मनमै सिमित भयो, सपनालाई पठाई दिएँ ।
शंकर कार्की … १, आँसु झर्यो हेर खुसी हुँदा पनि चिन्ता छ जतिखेर । २, मायाको परिभाषा कति गर्छौ धरामा सबैलाई नबिगार्नुस् है मति । ३, कर्मको अधिकार हुन्छ मनुष्य जातिलाई यहाँ फलको आशामा रुन्छ ।
धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ०४ बिगारे जुम्ला … १, काम गर्नु रोज बेला बेला आउँछ दामको त खोज । २, आमाबुबा हुन् भगवान् आमाबुबाबाट जन्म लिए , छोराछोरी ईश्वरका वरदान । ३, उपहारमा गुलाफको फूल कसैलाई पनि नहोस् , मायाजालमा त भुल ।
श्री कृष्ण धामी, बझाङ … १, कहिलेकाहीँ अलमल पर्छु चढ्दाचढ्दै जीवनको उकालो समतल भूभागमा झर्छु । २, झर्ने चढ्ने क्रम मानवको चलिरहन्छ यहाँ, जीवन एक श्रम । ३, जीवन अनेक कला नाटक रूपी रङ्गमञ्च चल्न सकेमा भला ।
शोभा आचार्य गौतम, काठमाडौँ … १, बदलियो भाषा भेष विदेश पलायन युवा नेताले खाए देश । २, चसक्क मुटु चस्कन्छ मातृभूमिको त्यो मायाले आँखामा आँसु पस्कन्छ । ३, परिवारको सपना लिएर विदेशी भूमि प्यारो रगत पसिना दिएर।
कोपिला अधिकारी, गोरखा ,सिरानचोक … १, राष्ट्रियता मैलियो आज धोई पखालेर उजिल्याऔॅं झिल्का साहित्य समाज। २, बदनाम गरे नाममा मान प्रतिष्ठा गुमाए देश लुट्ने काममा। ३, मौका पनि हेरियो स्वार्थ पूरा गराउदै धोको सबै फेरियो ।
विवश पारदर्शी, झापा … १, किन बन्छौ चुलबुल? स्वचालित हुन्छ माया, चाहिॅंदैन चलाउन रुल l २, जानु पर्दैन स्कूल छोयो भने अन्तर्मनले हेरिन्न कुल अकुल l ३, स्वरूपमा आँखा चर्छ नजरको बाटो हुँदै हृदयमा बास गर्छ l
बाबुराम गौतम, गुल्मी … १, कसले लाइदिने बुजो ? नेता सबै उस्तै राष्ट्र भइसक्यो कुँजो । २, मुखसिद्धि चाहिने रे प्रवृत्ति नै हाकिमको नहुने रे मसलाले। ३, भन्छ्यौ तिमी पियारो पूरा हुन्छ स्वार्थ रङ्ग फेर्ने छेपारो ।
नेत्र घिमिरे, सूर्यविनायक भक्तपुर । … १, फूलाऔँ गोडमेल गरेर जीवनलाई उपहार सम्झौँ खुसी उमङ्गले भरेर। २, जीवन अमूल्य धन कठिन छ यात्रा बरालिन्छ घरी मन।
तेजप्रसाद खनाल … १, जसको आवाज सुनेर दिनै उज्यालो हुन्थ्यो मायाप्रीति मिठो बुनेर । २, समयसँग चल्नु पर्छ नचल्दाखेरि त यहाँ मानसम्मान आफैँ झर्छ । ३, पिरोले राखेर मनमा अगाडि नबढे हुन्छ आशक्त हुँदै धनमा ! -अच्युत घिमिरे, सर्पाङ, भुटान … १, सक्नुपर्छ समयसँगै घुम्न चपाएर हजारौँ हारहरू विजयको मन्जिल चुम्न । २, जिन्दगी जाओस् गलेर दिनुपर्छ समाजलाई उज्यालो मैनबत्ती जस्तै जलेर । ३, जति हुन्छौँ टाढा जिन्दगीमा यो एकबारको माया हुन्छ गाढा ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा …. १, बगैँचामा ढकमक फूल भ्रमरले चुम्दै हेर्यो उ गर्दैन भुल । २, अख्तियार बोल्दैन, लाग्छ छैन खानपिन केही सत्यतथ्यमा सरकार जाग्छ ? ३, मलाई छैन मन तातो खान खाडीको नभए पनि धन ।
बेदु न्यौपाने … १, अन्यायमा हुँदैन पार्नु पुछ्न एउटाको आँसु सयौँलाई किन मार्नु ? २, पैसा धेरै कमायौ इज्जत इमान सकियो सर्वनाशको बाटो समायौ । ३, देश रोएको देखेर मन त्यसै बरालिन्छ सकिँदैन वेदना लेखेर ।
ऋजु दिल्पाली, ईटहरी – १, हलगडा … १, चोखो माया भुलेर अरूले के भन्छन् नहिँड यसरी डुलेर। २, सोच आफ्नै ठानी तब मन जितिन्छ भएर आफैँमा ज्ञानी। ३, हुन्छ उसैको जित जसले भलो चिताइ गर्छ सबैको हित ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा -६ सङ्खुवासभा
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२२ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२२ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासमा राखिएको प्रतिनिधि टुक्का
बुझेर नि ! नसक्नु छ कलियुगको खेल मिलेसम्म त मोजमस्ती कुरा बिग्रे जेल । वसन्त अनुभव
सहभागी टुक्काकारका टुक्काहरू-
[१] कतिबेला के हुने हो ? छैन कुनै टुङ्गो फसाउने पो हुन् कि बनाउने हुन् बुङ्गो । ✍️ वसन्त अनुभव घोराही, दाङ [२] विकृति र विसङ्गति फैलिँदैछ अति स्वार्थमा नै लिप्त भए साथीहरू कति ? ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी [३] गाह्रो होला कि तिर्खा खप्न टाढा पर्ला खोला थुक्ने ठाउँ नि चुन्नुपर्छ, सम्झी राख्नुहोला । ✍️ उमा दाहाल शुन्दरहरैँचा – १० मोरङ [४] मौका परे ठूला माछा हातभरि पर्छन् कुरो नमिले भित्रको दुलामा सर्छन् । ✍️ रचना शर्मा प्रतीक्षा इमाडोल, ललितपुर । [५] कुरा नै नबुझी गन्जागोलमा पस्छन् सानो कुरा नमिलेपछि आफैँ फस्छन् । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [६] कुरा मिले सबथोक हुन्छ, नमिले लगाउँछन् आरोप यहाँ बाँच्नलाई गाह्रो भो सरकार, हामी युवालाई हरेक जहाँ । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [७] ठुला माछा देखाएर खेल्छन् धेरै खेल कुराकानी नमिलेमा आफैँ पर्छन् जेल । ✍️ बेदु न्यौपाने 🇳🇵 [८] मिलेसम्म ग्वाम्मै खान्छु कसैलाई दिन्नँ भाग हेर्दै जाऊ देशलाई कति सम्म पार्छु खाग । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [९] जम्मा गर्न खोज्छन् पैसाका ठुलठुला धोक्रा, बाहिर बोक्रा देखिए नि भित्रभित्रै खोक्रा । ✍️ डम्बर थामी ‘अनुपम कालिन्चोक गा. पा. -६, दोलखा । [१०] मोजमस्ती चल्छ, प्रेमको सहमतिहरू चल्दाखेरि थोरै चित्त बुझेन भने बलत्कारको आरोप फेरि । ✍️ शंकर कार्की [११] यहाँ पैसासँग जीवनकाल आकर्षित देखाउने खेलले फेल खाएपछि सम्पूर्ण कहानी लेखाउने । ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [१२] चिल्ला कुरा घस्दैँ लगाउँछन् मायामा करकाप आराेप लागिसकेपछि हुन्छ जीवन धराप । ✍️ केसर बाेहरा ” सङ्घर्ष “ सुदूरपश्चिम ” अछाम “ हाल ” भारतबाट ” । [१३] मन मिले तयार मान्न भगवान पनि नमिलेमा फसाइदिन्छन् यो दोषी छ भनी । ✍️ सरिता सेढाइ धादिङ [१४] खेल खेल्न माहिर छन् , बुढा नेताहरू आफू साँढे हुन राख्छन् आसेपासे बरु । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाइ ४ झापा [१५] सहमतिमा प्रेम प्रेमिका गर्छन् माेजमस्ती ठाउँ फेरि फेरि साेचे जस्तो नभए बलत्कारकाे आराेप लाउँछन् मौका हेरि । ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । [१६] मोजमस्ती गरी सारा, गल्ली गल्ली चोकमा जिन्दगी नै बर्बाद, एकछिनको झोकमा । ✍️ चन्द्रकली राना मगर नौबहिनी ३ , प्युठान [१७] मन मिलेसम्म हिँड्छन् हाँसो मिसाएर काम बिग्रिएपछि के गर्नु रिसाएर । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [१८] मनमा पिर बोकेर सारा मानिस गएका मातेर आज कलिका मान्छे के साह्रै भएका । ✍️ आर्त अकुलीन [१९] खुसी हुने मन मिलेको बेलामा भगवान् भन्ने चित्त नबुझ्दा आरोप प्रत्यारोपण खाल्डो खन्ने । ✍️ भगवती दवाडी ,दमक, झापा [२०] चाहियो आजभोलि मुखमा रामराजा बगलिमा खाजा छुस्स केही मनको नपुगेमा हेर बजाइदिन्छन् बाजा । ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान [२१] भागबन्डा मिलुन्जेल पिरती नै यहाँ बसाउँछन् , नमिलेमा बखेडा झिकी दलदलमा फसाउँछन् । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा [२२] मोजमस्ती गर्नलाई होटलतिर जान्छन् अदालतमा मुद्दा परे नाबालिग मान्छन्। ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [२३] पैसा उडाई कति खेल्छौ जालझेलको खेल, पापको घडा जब फुट्छ अनि जाउला जेल । ✍️ ध्रुव श्रेष्ठ हाल,काठमाडौ । [२४] मौकामा चौका हान्न आफैँ अघि सर्छन् मस्ती ल्याएपछि लोभको झोली भर्छन् । ✍️ प्रेम थापा “मन”बागलुङ [२५] सबैँ कुरा बिग्रेकाे नीतिशास्त्रकाे भएकाे अभाव खुलेर आयाे हेर त जताततै विदेशी प्रभाव । ✍️ प्रद्युम्न चालिसे [२६] पहिले लुकीछिपी अङ्गालो बेर्दै मस्त धोको फेर्छन् चोर कुरो बिग्रेपछि छेर्दै लाज पचाउन लगाउँछन् जोर । ✍️ विवश पारदर्शी झापा, [२७] भाग्य तिम्रो त्यस्तै रहेछ पिरतीमा लाग्दा समाई हाल्छ कानूनले जहाँ जता भाग्दा। ✍️ भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु [२८] टाठाबाठा एकै ठाउँमा छन् अनेकथरि खेल खेल्छन् अरूलाई केटाकेटी सम्झेर सधैँभरि यहाँ पेल्छन् । ✍️ पवन कुमार बुढाथेाकी काठमाडौँ [२९] सम्झौतानुसार, बाेलेकाे खै कसैले पनि पूरा गरेका छैनन् काम नगर्नेकाे हुँदैन दाेष, ऊ ‘नकचराे’ अगुवाहरूकै जान्छ नाम । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [३०] थाहा छैन यहाँ कस्ले कस्लाई फसायो धनले न्याय जित्ने परिपाटी बसायो । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ [३१] खै कस्को पो विश्वास गर्नु र पलपलमै कुरा गर्छ फेरिने आफ्नो फाइदा हुँदासम्म मात्र राम्रो नत्र गलत नजर हेरिने । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी [३२] दियो बलिरहने, थप्नुपर्छ तेल खेलखेलमा पर्छ है, कहिले जेल । ✍️ मोती सुब्बा दार्जिलिङ भारत। [३३] स्वार्थका कुरा छाडौँ दु:ख सबैको फाडौँ। ✍️ तेजप्रसाद खनाल [३४] सित्तैमा पाए अलकत्रा पनि खान्छन् खाने मात्रै हाेइन झाेला भरि लान्छन् । ✍️ नवराज भट्ट कञ्चनपुर [३५] मोजमस्ती गरेकी छु पैसा टन्नै कमाउन बैँसको सदुपयोग गरेकी छु रमाउन । समुद्र✍️✍️ जल्जला७गण्डकी [३६] बुझेर पनि नबुझ्ने, खेल हुन्छ यहाँ, लज्जा पच्चाएको मान्छे बसेको छ जहाँ। ✍️ एवाइ प्रभात धनकुटा [३७] नबुझेर मन बगाउँछन् आँसुका भेल, आमाको सेवा गर्नेहरू नै पर्दैछन् जेल। ✍️ दीपा गुरुङ्ग (समभाव ) काठमाडौँ [३८] मन नमिल्दा आगो लाग्नु अनौठो हैन असन्तोषको डढेलो सल्काउनु छैन । ✍️नन्दलाल आचार्य बेलका, सिद्धार्थटोल, उदयपुर, कोशी । [३९] सहमती मै हुन्छ हजुर यहाँ सबै काम फसाउने त अनि हुन नमिलेपछि दाम । ✍️ अनिता भण्डारी ताप्लेजुङ [४०] मन मिले भन्छन् मेरो मनको राजा मन नमिल्दा यहाँ बजाउँछन् बाजा । ✍️ सरस्वती श्रेष्ठ इटहरी [४१] पैसा पाए बोली फेर्न लाउॅंदैनन् बेर युगलाई दोष दिई बोल्छन् जतिखेर । ✍️ पुष्पा सुवेदी नेपालगंन्ज,बॅाके। [४२] तिमीलाई भेट्न भनेर यो गाउँमा धाउँदैछु । आरोप लाउनेको अगाडि उभिन आउँदैछु । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाण्डौ [४३] भाैतिक विलास मात्रै हैन हाम्राे जीन्दगी गराैँ लाेककाे कल्याण नहोस् है जगजगी । ✍️ हरिगाेपाल प्रधान काभ्रेपलाञ्चाेक, बनेपा१४ साँगा [४४] माछो समात्दा हेर भ्यागुतो फस्यो चतुरे उम्क्यो धूर्त दु्लोमा पस्यो । ✍️ कमला देवकोटा, पाल्पा [४५] ठुलै भाग खोज्छन् सबैले कठिन रहेछ मिलाउन गोजी भरिएपछि फेरि भन्छन् सोम रस पिलाउन । ✍️ प्रमोद भट्टराई ‘प्रतीक’ [४६] लाग्नुहुन्न लहैलहैमा जीवन जाला खेर, बस्नुपर्ला सदा कुनामा रोइकराई धेर । ✍️ गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ [४७] अनौठो दुनियाँमा देखिन्छ अनेक चाला, राम्रो गर्दागर्दै फसाउँछन् भइन्छ हाला। ✍️ शोभा आचार्य गौतम काठमाडौँ [४८] स्वार्थ मिलेसम्म बन्छन् सबै महामानव लोभ डाह बढेपछि हुन्छ उहीँ दानव । ✍️ इमान सिंह के.सी. व्यास ९ धनुवेसी,कलेस्ति, तनहुँ हाल नागार्जुन २ सुन्दरवस्ति,काठमान्डौ [४९] यहाँ राम्रो काम गर्दा भइहाल्छ जलन सोझालाई फसाउने चलेको छ चलन । ✍️ हिमा आर सी मेहेलकना सुर्खेत [५०] धेरै उम्लियो भने पोखिन्छ भन्छन् हिजोआज सम्बन्ध पैसामा गन्छन् । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [५१] मनको जेल के साह्रो अझ दिल झनै गाह्रो। ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [५२] चन्द्र दाहिने रहुन्जेल कति खान्छौ खाऊ ग्रहदशा बिग्रिएपछि मामा घर जाऊ । ✍ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । [५३] कार्यान्वयन हैन नारा गर्ने रहेछन् चर्को सुन्दा बहस यी नेतृत्वको लाग्न थाल्यो झर्काे । ✍️ केशवप्रसाद ढकाल ‘प्रीतबीज’ सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा। [५४] कहिल्यै नसकिने त्यही जुँगाको खेल कतिसम्म सकेका हुन् गर्न जालझेल । ✍️ गम्भीर दुवाडी गजुरी-५,धादिङ्ग [५५] सबै कुरा बुझेकै छन्, विद्वान हुँ भन्नेले उल्टो बाटो हिँडाइ दिन्छन् खाडल खन्नेले । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [५६] लेख्नु थियो सुनौलो अक्षरमा नाम तर लेखेनँ मस्त थिएँ म जवानीको जोसमा आँखा नै देखेनँ । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल [५७] समय पनि कस्तो आयो बुझ्नु जताततै डर आफ्नै सम्झेर नै मन खोल्यो हुन्न कसैको भर। ✍️ दुर्गा आचार्य मोरङ [५८] नबुझ्या झैँ गर्छन् घाटामा कोही बुझ पचाएर, दुनियाँ सामु कोकोहोलो गर्छन् स्वर मचाएर । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [५९] हाम्रो जीवन रहेछ एउटा खेल सलल बगेर जाने साउने भेल । ✍️ बिके मुखिया दार्जिलिङ भारत ।
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् । यस साताको (५०औँ) शृङ्खलाका लागि लघुकथाकार अमर त्यागीको लघुकथा ‘वृद्धालय’, लघुकथाकार रुद्र अधिकारीको लघुकथा ‘विषमता’ र लघुकथाकार धनसिंह बिश्वको लघुकथा ‘सङ्गत’ उत्कृष्ट तीनभित्र परेका छन् ।
१) लघुकथा: वृद्धालय
✍️ अमर त्यागी मेरो जन्म हुनुपूर्व नै मेरो देशले अशिक्षा नियुक्त गरेको थियो । त्यही अशिक्षाद्रोहको अभियोग लगाएर देशले मेरी निर्दोष र निहत्था आमाको निर्ममतासाथ हत्या गऱ्यो र त्यही अशिक्षाद्रोहको आरोप लगाएर देशले मलाई पनि घरबाट निकालिदियो ।
घरबाट निकालिएको निरीह बालक म अनेक पीडा र प्रताडना सहँदै अशिक्षाविरूद्धमा घोर युद्धको प्रारम्भ गरेँ र जवानीकालसम्म लडिरहेँ । अन्त्यमा अशिक्षा मसँग पराजित भयो ।
अशिक्षा पराजित भएपछि देशले फेरि बेरोजगारी नियुक्त गऱ्यो । बेरोजगारीसँग पनि कठोर सङ्घर्ष थालेपछि बेरोजगारीद्रोहको आरोप लगाएर मलाई मेरै देशले देशनिकाला गरिदियो ।
त्यही बेरोजगारीद्रोहको अभियोगमा हरेक दिन हजारौँ युवाहरू देशनिकाला भइरहेका छन् र देश वृद्धालय बनिरहेको छ । अनि यो वृद्धालय विदेशीले चलाइरहेका छन् ।
२) लघुकथाः विषमता
✍️ रुद्र अधिकारी “माँ ! भुइँतला कसलाई भाडामा दिनु भएको छ ?” विदेशबाट आएको छोरोले जिज्ञासा राख्यो ।
आमाले सारै राम्रा श्रीमान् श्रीमती बस्छन् भन्नुभएकोले एकछिन कुराकानी गर्न छोरो भुइँतलामा गयो । संयोगवश उसले आफ्नो कलेज पढ्दाको साथीलाई देख्यो । दुवैले हात मिलाए र अङ्गालो मारे । साथीले उसलाई श्रीमतीसँग पनि परिचय गरायो ।
साथीकी श्रीमतीले अचम्मित भावमा “हजुर यहाँ के कति कामले पाल्नुभयो त ?” भनेर सोधिन् र चिया पकाउन थालिन् ।
उसले हाँस्दै भन्यो- “यो मेरो घर हो । हामी विदेशमा बस्छौँ । माँ र बालाई पनि विदेश लान खोजेको, जान नै मान्नु हुँदैन ।”
जवाफ सुनेपछि साथीकी श्रीमतीले ग्यास बन्द गरिन् र फुत्त बाहिर निस्किइन् । उसले के भयो भन्ने मेसो पाएन ।
साथीले गम्भिर मुद्रामा हात जोड्दै भन्यो- “हामीलाई माफ गरिदेऊ । दलित भएको कारणले काठमाण्डौमा डेरा पाइएन । थरमा भएको कार्की डोलीको डोली लुकाएपछि बल्ल डेरा पाइयो । बिडम्बना ! आफ्नै साथीको घर परेछ । हामीबाट तिम्रा बाआमा माथि ठुलो पाप र अन्याय हुन गयो । अब कसरी मुख देखाउनुँ ?”
उसले जवाफमा भन्यो- “भाउजूलाई बोलाऊ; चियामा दुध र चिया रङ्ग थपेर ग्यास पुन: बाल्न लगाऊ । माँ र बालाई लिएर म चिया पिउन आउँछु ।” ईटहरी-१९, सुनसरी (हालः लन्डन)
३) लघुकथा: सङ्गत
✍️ धनसिंह बिश्व बाटोमा मौरी र झिँगोबिच घनिष्ठ मित्रता भयो । मौरीले साथी झिँगोलाई आफ्नो घर लग्यो । मौरीको घरभित्र पस्ने बित्तिँकै झिँगोले रिसाउँदै भन्छ- “मलाई त निसास्सिएझैँ भयो नि । उफ ! के गनाएको साथी ? तिम्रो यो मधु गनाएर टाउको दुख्यो, रिङ्गटा लाग्यो । बान्ता आउनै आँट्यो। अब म बस्न सक्दिनँ, साथी । म बाहिर जान्छु, साथी ! तिम्रो घरमा एकक्षण बस्न सक्दिनँ ।” झिँगो रिसाउँदै र लर्बरिँदै मौरीको घारबाट बहिर निस्कियो ।
मौरी पनि आफ्नो घारबाट बहिर निस्केर भन्यो- “पर्ख न साथी ! केही त खाएर जाऊ । मेरो घरमा आएर केही भएन ।” “के छ र खानूँ ? म गएँ ।” झिँगो रिसाउँदै हिँड्यो । केही समयपछि फेरि भेट भयो । झिँगोले खातिरदार गर्दै भन्यो- “ओहो मित्र ! आज मेरो घर जाऊँ । अतिथि सत्कार कसरी गरिन्छ ? म सिकाउँछु ।” झिँगो साथीलाई आफ्नो घर लिएर हिँड्यो। उड्दै गएर कुनै मरेको, गनाउने सिनो माथि पुर्यायो । मौरी बस्नु त के छेउमा नपुग्दै बान्ता गरी नाक छोप्दै भाग्यो । गेजिङ प० सिक्किम।
जेद्दा साउदी अरब ! अगामी १९ फेब्रुअरी २०२४ सोमबार का दिन देखि साउदी अरेबियाको किङ अब्दुल्लाह सिटि को हल स्टेडियममा हुने वाफ महिला च्याम्पियनसिप खेल्न शनिबार बिहान जेद्दा आइपुगेको नेपालको राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली महाबाणिज्य दूतावास तथा एनआरएनए आरसिसि जेद्दाले जेद्दा एयरपोर्टमा भब्य स्वागत गरेको छ ।
१७ फेब्रुअरी शनिबारका दिन बिहान जेद्दा एयरपोर्टमा आइपुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली कन्सुलेट जेद्दाका श्रम सहचारी ताम्रराज काफ्ले,एनआरएनए साउदी अरबका कोषाध्यक्ष योगेन्द्र श्रेष्ठ, महिला संयोजक लक्ष्मि थापा मगर, युवा संयोजक बिष्णु रावल, एनआरएनए आरसिसि जेद्दाका उपाध्यक्ष चिरन्जिबि बस्नेत, सचिव देवराज अर्याल, कोषाध्यक्ष राजेस काफ्ले, त्यसैगरि जेद्दामा कार्यरत समाजसेवि सम्पुर्ण केसि, श्याम भण्डारी, हनि शर्मा रामप्रसाद लम्साल र सुजन भट्टराई लगायत सरहरुले खादा ओढाइ स्वागत गरिएको कुरा एनआरएनए साउदीका युवा संयोजक बिष्णु रावलले जानकारी गराए ।
खेलको समूह बी मा परेको नेपालले सिरिया, इराक, र प्यालेस्टाइन सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरी मंगलबारका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ ।
१९ फेब्रुअरी सोमबारदेखि सुरु हुने उक्त खेलको समूह ए मा लेबनान र गुआम तथा आयोजक साउदी अरब र जोर्डन बिच हुनेछन् ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४३ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ७७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर:
उदक अभ्यास शृङ्खला- १४३ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१] अक्कर धतापमा जिन्दगी हेर्दैमा लाग्ने चक्कर !
वसन्त अनुभव [२] चुनौती अप्ठ्यारो बाटो जीवन मृत्यु दोसाँध
जमुना कायस्थ, पोखरा [३] जिन्दगी सङ्घर्षको बाटो बाँचुन्जेल यात्रा चलिरहने !
टीकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका-२, सल्यान [२६] भिर लाग्छ मलाई जिन्दगीको अति पिर !
कला ढकाल, झापा [२७] साहस सफलताको सार सङ्घर्षमय जीवनको गोरेटो !
राजाराम रत्गैंया, अमौरा, कैलाली [२८] उचाइ साँघुरो बाटो सङ्घर्षमय जीवनको पाटो !
हिमाल अम्मै, घोडाघोडी, कैलाली [२९] भिर कठिन यात्रा लाग्छ धेरै पिर !
धनमाया चौधरी, कैलाली [३०] सङ्घर्ष जिन्दगीको गोरेटो असहजको त्रासमा मात्र ! प्रेम थापा “मन”, बागलुङ [३१] यात्रा कहालिलाग्दो भिर गन्तव्यमा पुग्न मुस्किल !
श्रद्धा आचार्य, पोखरा [३३] जिन्दगी घुमाउने कसरी नजान्दा फसिन्छ यसरी !
झिल्का लेखन अभियानको प्रथम शृङ्खला गत फागुन २ गते सम्पन्न भएको छ । वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा झिल्का साहित्य समाज नेपालले उक्त कार्यक्रमको आयोजना गरेको हो । झिल्का कविता लेखन अभियानमा अन्य अभ्यास शृङ्खलामाझैँ सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६४ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली भाषा, संस्कृतिका विभिन्न विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
यस अभियानको प्रथम शृङ्खलाको सहजीकरण प्रशिक्षकद्वय वसन्त अनुभव र राजेशराज गड्तौलाले गर्नुभएको थियो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
१) ज्ञानगुनका कुरा पढेर अन्धकार चिर्न सकूँ शिक्षाको ज्योति छरेर ! ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~ २) सरस्वती विद्याकी दाता आज विशेष दिन पढाइको खोलौँ खाता ! ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ ~<•>~ ३) सरस्वती विद्याकी खानी गरौँ पुजा आराधना पढ्ने बसालौँ बानी ! ✍️ सुरेशकुमार पाण्डे दाङ १८ ~<•>~ ४) पूरा होओस् चाहना वसन्त पञ्चमीको हजुर हार्दिक मङ्गलमय शुभकामना ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~<•>~ ५) शिरमा रहेमा हात पुग्छ मनका कुरा हुँदैन जीवनमा आघात ! ✍️ सीमा कार्की समर्पण ~<•>~ ६) सरस्वतीकाे गरौँ पूजा ज्ञानकाे भण्डार मिल्छ हुँदैन जीवन धुजा ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि ~<•>~ ७) ज्ञानको ज्योति छर्नू देवी सरस्वती माता सबैको रक्षा गर्नू ! ✍️ अनिता भण्डारी ताप्लेजुङ ~<•>~ ८) विद्याकी हुन् खानी सरस्वती सबकी माता पढ्नमा लगाऔँ बानी ! ✍️ वि.वि.याक्खा ~<•>~ ९) माताको मिलोस् वरदान पावन वसन्त पञ्चमीमा सकल पुस्तकको ज्ञान ! ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ~<•>~ १०) विद्या सरस्वती भारती भक्ति नित्य अध्ययन वेदका ऋचा आरती ! ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~<•>~ ११) विद्याकी सागर सरस्वती भ्रष्टाचारीलाई बुद्धि देऊ कम्तीमा सुध्रिउन् अलिकति ! ✍️ अनन्त अर्याल ~<•>~ १२) तिम्रा रूप अनेक हे सरस्वती माता ! देऊ बुद्धि हरेक l ✍️ बाबुराम गौतम गुल्मी ~<•>~ १३) विद्याकी खानी माता अज्ञानीलाई ज्ञान देऊ हे सरस्वती विद्यादाता ! ✍️ सरिता सेढाई धादिङ ~<•>~ १४) सबको कल्याण गर्नू ज्ञानको ज्योति बाली अज्ञानता हाम्रो हर्नू ! ✍️ रुना कर्माचार्य दाहाल चितवन ~<•>~ १५) कृपा रहाेस् माताकाे दाहिना बनून् सरस्वती सङ्ख्या बढाेस् ज्ञाताकाे ! ✍️ त्रिलाेचन भण्डारी मेचीनगर,झापा ~<•>~ १६) शिक्षाको ज्योति छरेर ज्ञानको भण्डार भरूँ तिम्रो पूजाअर्चना गरेर ! ✍️ बेदु न्यौपाने🇳🇵 ~<•>~ १७) सरस्वती विद्याकी खानी पुजा गरौँ सबैले एकअर्कामा बनेर ज्ञानी ! ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । ~<•>~ १८) ज्ञानकी माता रानी सबैलाई दिन्छिन् बुद्धि बनाउँछिन् सबैलाई ज्ञानी ! ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ~<•>~ १९) सरस्वती विद्याकी खानी ज्ञानको ज्योति छरेर सुबिचारको परोस् बानी । ✍️ दीपा तिम्सना पौडेल ईलाम ~<•>~ २०) दिएर ज्ञान बुद्धि कायम रहोस् कामना हुनेछ पक्कै समृद्धि ! ✍️ पृथक प्रकृति झापा ~<•>~ २१) सरस्वतीको पुजा गरेर सत्बुद्धि सबैको आओस् ज्ञानको भण्डार भरेर ! ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~<•>~ २२) ज्ञानको कुरा सिकेर पुज्छौ माता सरस्वती हामी सबै मिलेर ! ✍️ एवाइ प्रभात सहिदभुमि धनकुटा ~<•>~ २३) विद्याकी देवी पाएर लिन्छौ असल शिक्षा ज्ञानमा सधैँ रमाएर ! ✍️ अम्विका अधिकारी झापा विर्तामोड ~<•>~ २४) धेरै छन् हरामी तिमीबाट ज्ञान पाउॅंदा बन्छन् है दामी ! ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। ~<•>~ २५) सरस्वतीको गरौँ आराधना विद्याकी खानी हुन् सबैलाई छ शुभकामना ! ✍️ शोभा आचार्य गौतम काठमाडौँ ~<•>~ २६) जय सरस्वती माता अपार विद्याकी खानी हुन् हाम्री भाग्यविधाता ! ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ~<•>~ २७) सरस्वती ज्ञानकी खानी अक्षर आरम्भ गरेमा बन्छन् शिक्षित नानी ! ✍️ भगवती दवाडी झापा ~<•>~ २८) मस्तिष्कमा ज्ञान भरिदेऊ मूर्ख बन्दैछन् मानव सरस्वती उद्धार गरिदेऊ ! ✍️ विवश पारदर्शी झापा ~<•>~ २९) विद्याकी देवी सरस्वती सत्बुद्धि मिल्दछ जब पुजारी बन्ने सम्मति । ✍️ म्यामराज राई भोजपुर ~<•>~ ३०) जय सरस्वती माता ज्ञान, कला, सङ्गीतकी अलौकिक प्रतिभाकी अधिष्ठाता। ✍️ मोती सुब्बा दार्जिलिङ, भारत। ~<•>~ ३१) हे सरस्वती माता कसैलाई भेदभाव नगरी दिने ज्ञान विधाता ! ✍️ उर्मिला के.शी. धनकुटा ! ~<•>~ ३२) अज्ञानतामा केही लेखेँ जसले घोक्दछ किताब उसैमा सरस्वती देखेँ । ✍️ बि.कुलुङ दार्जिलिङ, रंगबुल ~<•>~ ३३) माता शारदेश्वरी सरस्वती पुष्प अर्पदै चरणमा गाउँछु पूजामा आरती ! ✍️ दिल ठकुरी (टिस्टा भेल्ली) ~<•>~ ३४) सरस्वतीको प्रार्थना गरेको रक्षा गर्नु भनेर उनकै भरमा परेको ! ✍️अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹 ~<•>~ ३५) साहसशिल हृदयमा भरिदेऊ हे हंसवाहिनी माता जीवन तपोमय गरिदेऊ ! ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ ~<•>~ ३६) पुज्दैछु जानी नजानी हे सरस्वती माता अटुट ज्ञानकी खानी ! ✍️ भिम लिम्बू प्रयास रिमबीक दार्जिलिङ ~<•>~ ३७) बुद्धि विवेक भरेर विद्याले सधैँ सजाऊ अज्ञानता नाश गरेर ! ✍️ समुन्द्रा शर्मा सुनसरी । ~<•>~ ३८) सरस्वतीको शिरमा बास बोल्दा जिब्रोमा पनि अज्ञानताको हुन्छ विनाश ! ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला ~<•>~ ३९) ज्ञान हामीलाई देऊ अज्ञानी यो भक्तलाई सधैँ सरणमा लेऊ ! ✍️ दुर्गा आचार्य मोरङ ~<•>~ ४०) सरस्वतीको पूजा गरौँ सबैले एकाग्र भई विद्या, बुद्धि भरौँ ! ✍️ बाबुराम पाण्डे अर्घाखाँची ~<•>~ ४१) देवी सरस्वती माता चाहन्छु तिमीझैँ बन्न बनाइदेऊ ए विधाता ! ✍️ कमला पौडेल ~<•>~ ४२) सरस्वतीकाे पूजा गरौँ मन वचन कर्मले ज्ञान बुद्धि भरौँ ! ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । ~<•>~ ४३) वसन्तकाे आँगनीमा छायाे ज्ञान बुद्धि विवेक हेर जताततै झल्मलायाे । ✍️ हरिगाेपाल प्रधान बनेपा १४ साँगा बजार । ~<•>~ ४४) असीम ज्ञानकी दाता विद्या बुद्धि देऊ हे ! सरस्वती माता । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ~<•>~ ४५) सरस्वती तिमीलाई शुभकामना आजै तिमी जन्मिछ्यौ अविद्या नाघ्ने चाहना ! ✍️ नन्दलाल आचार्य उदयपुर । ~<•>~ ४६) चेतनाको दियो बालेर शान्तिको सन्देश फैलाऊँ मूर्खता दुष्टता फालेर ! ✍️ गुणनिधि घिमिरे अमेरिका ~<•>~ ४७) जय सरस्वती माता तिमै चरणकमलमा परेँ विद्या बुद्धिकी दाता ! ✍️ दीपा गुरुङ्ग (समभाव) ~<•>~ ४८) हे ! सरस्वती माता सदासर्वदा सद्बुद्धि देऊ विद्या ज्ञानकी दाता ! ✍️ सरस्वती श्रेष्ठ इटहरी ~<•>~ ४९) सबै मिलेर पुजौँ ज्ञानको मुहान सरस्वती हुन् भनेर बुझौँ । ✍️ अनमोल राई ~<•>~ ५०) सरस्वती विद्याकी देवी स्विकार्नुहोस् भगवती सधैँ प्रणाम गर्दछे सेवी ! ✍️ रिता खराल रूपन्देही ~<•>~ ५१) ज्ञानको खानी बनेर उजागर नै गराइदेऊ समभाव गरौँ भनेर ! ✍️ प्रेम थापा “मन” बागलुङ ~<•>~ ५२) जन्मदिने हे माता काखैमा बोल्न लेख्न सिकाऊ सरस्वती विधाता ! ✍️ चुडामणी देवकोटा चनपा १३ काठमाडौँ ~<•>~ ५३) ज्ञानकी देवी सरस्वती विद्याविना हुँदैन हेर मानवजातिको त उन्नति ! ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौँ ~<•>~ ५४) माताको चरणमा परेर गर्छु नित्य पूजाअर्चना पूर्ण भक्तिभाव गरेर ! ✍️ कला ढकाल झापा ~<•>~ ५५) सरस्वती माता पाएर अज्ञानता हटाउँन सकूँ शिक्षाको महिमा गाएर ! ✍️ दुर्गा भट्टराई मोरङ ~<•>~ ५६) मनमा सरस्वती माता बुझ्न सकेमा सधैँ सबैकी ज्ञानकी दाता ! ✍️ आर्त अकुलीन ~<•>~ ५७) सरस्वती माताकाे शरण अज्ञानताकाे भण्डार हटाई गराउने सद्वुद्धिकाे भरण ! ✍️ कोपिला अधिकारी ~<•>~ ५८) ज्ञानकी खानी माता स्विकार्नू मेरो नमन सम्पूर्ण जगतकी विधाता ! ✍️ शान्ति कुमारी उपाध्याय भक्तपूर, सूर्यविनायक ~<•>~ ५९) वीणा पुस्तक धारणी माता देवी सरस्वती ज्ञान बुद्धिको कारणी ! ✍️ नेत्र घिमिरे सूर्यविनायक भक्तपुर ~<•>~ ६०) माता देवी सरस्वती धारण गर्छ्यौ विणा अर्को नाम भारती ! ✍️ रचना शर्मा प्रतीक्षा ~<•>~ ६१) लगाऔँ चित्तले ध्यान बढ्ने गर्दछ सबैको बुद्धि, विवेक, ज्ञान ! ✍️ केसर बाेहरा ” सङ्घर्ष “ सुदूरपश्चिम ” अछाम “ हाल ” भारतबाट “ ~<•>~ ६२) हे ! माता सरस्वती देश हाँक्नेलाई देऊ सद्बुद्धि, सत्ज्ञान जति ! ✍️ राजेश्वरी राजोपाध्याय ललितपुर पाटन ~<•>~ ६३) सरस्वती मातामा जाऔँ नजानेका काव्य सिकाई झिल्का कविता गाऔँ ! ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान ~<•>~ ६४) पूरा हाेस् चाहना वर्ष दिनमा आउने सरस्वती पूजाकाे शुभकामना ! ✍️ श्री कृष्ण धामी बझाङ ~<•>~
जेद्दा साउदी अरब !! साउदी अरेबियाको जेद्दाह शहरमा हुने वाफ महिला च्याम्पियनसिप खेल्ने नेपालको राष्ट्रिय महिला फुटबल टोली शुक्रबार नेपाल बाट साउदी अरब हिडिसकेको र शनिबार बिहान जेद्दाह आइपुग्ने भएको छ ।
१७ फेब्रुअरी शनिबारका दिन जेद्दा एयरपोर्ट आइपुग्ने राष्ट्रिय महिला फुटबल टोलीलाई नेपाली महाबाणिज्य दूतावास तथा केहि समाजसेवीहरुले एयरपोर्टमा स्वागत गर्नुहुने छ ।
किङ अब्दुल्लाह सिटि को हल स्टेडियममा हुने वाफ महिला च्याम्पियनसिप तर्फ समूह बी परेको नेपालले सिरिया, इराकसँग, प्यालेस्टाइन सँग खेल्नेछ । नेपालले आफ्नो पहिलो खेल २० फेब्रुअरीका दिन सिरियासँग खेल्दै प्रतियोगिताको शुरुवात गर्ने भएको छ ।
१९ फेब्रुअरी सोमबारदेखि सुरु हुने उक्त खेलको समूह ए को लेबनान र गुआम तथा आयोजक साउदी अरेबियासँगै साविक विजेता जोर्डन बिच हुनेछन् । ।
बिरगंज २९ माघ । मातृत्व कृतत्व नेतृत्व भन्ने मुल नाराका साथ राष्ट्र सेविका नेपालले नयाँ पुस्ता निर्माणमा हाम्रो भुमिका बिषयमा आज जैन धर्मशालामा हिन्दु धर्म साध्वी एवम प्रमुख वक्ता माता लक्ष्मी ज्युले विभिन्न कलेजका विद्यार्थीहरुलाई प्रवचन दिनुभएको छ।
उनलेे भने अब आउने पुस्ताले कस्तो खालको ज्ञान आर्जन गर्नुपर्छ भन्ने बारेमा आफ्नो बाणीमा प्रस्तुत गर्नुभएको थियो । सहभागी विद्यार्थीहरुलाई अब आफ्नो शिक्षा आफ्नो धर्म संस्कृति कसरी जोगाउने भन्ने बारेमा जानकारी गराइएको हो ।
अहिले आफ्नो शिक्षा संगसंगै धर्म संस्कृति बारेमा ध्यान गर्न जरुरी रहेको बताए । हामी आफ्नो धर्म संस्कृतिको बारेमा आफ्नो पुर्खाहरुले आर्जेको सम्पत्ति जस्तै भएकोले आज हामी सबै मिलेर लाग्न आवश्यक रहेको प्रमुख वक्ता लक्ष्मी माताले बताएकी छिन् ।
बीरगंज भित्र रहेका विभिन्न कलेज तथा बिधालयका करिब ७०० सय भन्दा बढी विद्यार्थीहरुको सहभागी रहेको राष्ट्र सेविका नेपालका सामाजिक कार्यकर्ता प्रिया खड्कीले जानकारी दिएकी छिन् ।