साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०३

  • २५ माघ २०८०, बिहीबार ०७:५८ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको तेस्रो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ ।


    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू-
    ……………………………
    १,
    जल, जमिन, जङ्गल
    सारा प्राणी जगत्मा
    चाहिन्छ हरेक पल ।
    २,
    स्वास्थ्य अमूल्य धन
    आफ्नो हेरचाह आफैँ
    जहाँ झल्किन्छ आफ्नोपन।
    ३,
    जूनको तिमी भ्रूण
    भविष्यको आँगन उज्यालो
    सौन्दर्यमा देखिनॅं अवगुण ।

    • म्यामराज राई, भोजपुर
      ………………………………………
      १)
      प्रेम सुन्दर फूल
      अनुपम उपहार ईशको
      सुख आनन्दको मूल !
      २)
      केवल सच्चा कर्ममा
      हुन्छ ईश्वरको प्राप्ति
      शान्ति र मानवधर्ममा !
      ३)
      गरेमा असल काम
      फैलन्छ सर्वत्र कीर्ति
      चम्कन्छ तिम्रो नाम !
    • वसन्त अनुभव, घोराही, दाङ
      ………………………………………
      १.
      हातमा हात मिलाऔॅं
      गरिब दुखी असहायलाई
      हक अधिकार दिलाऔॅं ।
      २.
      छोडौँ कुरा जाली
      भनिहाल कहिले बन्छौ
      मेरो दिलको माली ।
      ३.
      मेरी सानी नानी
      धेरै चकचक नगर
      हुनुपर्छ साह्रै ज्ञानी ।
    • डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा
      ………………………………………
      १.
      विक्षिप्त सोचको धनी
      हाम्रो समाजमा निहित,
      आधुनिक युगमा पनि।
      २.
      भ्रष्टाचार विद्यमान छन्
      सरकार भए सालिक,
      मौलायो कालोबजारी झन्।
      ३.
      वन राष्ट्रिय धन
      केवल नामको भयो,
      व्यापारी भए सज्जन।
    • पृथक प्रकृति, झापा
      ………………………………………

      देश सङ्कटमा गयो
      भ्रष्टाचारी फैलिए यहाँ
      सङ्घीयताले टुक्रा भयो।

      महॅंगीको मारमा हामी
      देशविहीन जस्तै भयौँ
      समस्या बुझेको दामी।

      एउटै झण्डा उठाऔॅं
      सचेत बनेर हामी
      दुष्टको चाल बुझाऔॅं ।
    • सुरेशकुमार पाण्डे, दाङ घोराही १८
      ………………………………………
      १,
      हुँदैन भरोसा भर
      फुट्छ सिसा जस्तै
      यो सपनाको घर।
      २,
      सपनाको भ्रममा परेर
      जीवन यो बाँचिरहेछु
      झुठको खेती गरेर।
      ३,
      भरोसा आस्था विश्वास
      जीवनमा महत्त्व राख्ने
      त्यही हुनेरहेछ खास।
    • नवशिला, नवदेव मार्ग, लालभित्ती, मोरङ।
      ………………………………………

      आँगन काग करायो
      सुनेर किन किन
      यो मनै डरायो !

      फुलेका बेली चमेली
      प्रकृतिका सौम्य सौगात
      बस बैँस समेली !

      जीवन भिर पाखामा
      चाहिने माया पिरती
      खुसीले फुल्छ आँखामा !
    • आर्त अकुलीन
      ………………………………………
      १,
      भन्छन् पढ्न आउँछ
      नाम लेख्न सित्तैमा ,
      सरस्वती पुजामा पाउँछ!
      २,
      हामीले आस राखेर
      पूजा गर्छौं सधैँ ,
      माता सरस्वतीलाई भाकेर ।
      ३,
      शिरमा रहेमा हात
      पूरा मनका कुरा,
      पाइन्न जीवनमा अघात ।
    • सीमा कार्की ‘समर्पण’, ठोरी – ४, मेलचोक, पर्सा
      ………………………………………
      १.
      छन् कति बेरोजगार
      देशको प्रमुख समस्या
      जनतामा पर्‍यो मार।
      २.
      कसरी रोजगार दिन्छन्?
      बाहिरी सहयोग पनि
      घुमाएर आफैँ लिन्छन्।
      ३.
      डाडुपन्यु तिनकै हातमा
      जनलाई मात्र देखाई
      दलहरू लिई साथमा।
    • अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन)
      ………………………………………
      १,
      खोलो सुसाउँछ अगाडि
      बाँधको व्यवस्था छैन
      बुद्धि फर्कियो पछाडि ।
      २//
      उमेरको कुरा नगर
      ढुङ्गा पच्ने गर्थ्यो
      रेली खोला बगर ।
      ३//
      हजारौं हजार सुनाए
      जिन्दगीको कथा व्यथा
      समाधानको बाटो भुलाए ।
    • अम्बिका अधिकारी, झापा बिर्तामोड
      ………………………………………
      १,
      हेरेर हिमाल अटल
      देश नेपाल शान्तिको
      मनै बनाउँछ चञ्चल ।
      २)
      युवा हिॅंडे खाडी
      चिल गाडी चढेर
      बाँझो भो खेतबारी ।
      ३ )
      घरको भित्तो गलेर
      ढलेर कति गए
      रुन्छ मन जलेर ।
    • इन्दिरा देवकोटा, कपिलवस्तु
      ………………………………………

      गाउँमा अनिकाल आयो
      घरमा खान नहुनेले
      धेरै दु:ख पायो ।

      भ्रष्टाचार बढेको बढ्यै
      सोझा निमुखा जनता
      जहिले हेरेको हेर्यै ।

      नेताका कुरा जाली
      रोजगारी दिलाउँछौ भन्दै
      बजाउन लाउने ताली।
    • कला ढकाल, झापा दमक
      ………………………………………
      १,
      जीवन घाम-छायाँ
      मन संयमित राखौँ
      बाटा मिल्दछ दायाँबायाँ ।
      २,
      चाहिन्छ लक्ष्य निरन्तरता
      धैर्यता गरेको सफल
      जित सदैव तत्परता ।
      ३,
      आस्था प्रभु माया
      जीवन यात्रा सफल
      पायौँ मानिस काया ।
    • कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
      ………………………………………

      दिएर अधिक ध्यान
      समृद्ध बनी बाँचौँ
      बढाऔॅं सिपयुक्त ज्ञान ।

      पैसा प्रतिष्ठा पद
      समालेर राख्न सकौँ
      ननाघोस् कहिल्यै हद ।

      मनको मैलो फालेर
      उठौँ जुटौँ शानले
      काँधमा काँध हालेर ।
    • त्रिलोचन भण्डारी, मेचीनगर, झापा
      ………………………………………
      १,
      जिन्दगीले यात्रा बनायो
      बलिया साथ रहेनन्
      सामन्तीले खेत खनायो ।
    • सोमनाथ लुइटेल “रवि पाल्पाली”
      ………………………………………
      १,
      युवाशक्ति विदेश जाने
      युवाले स्वीकृति माग्दा
      बन्दुकको गोली खाने ।
      २,
      हातमा राहदानी बोकेर
      लागे विदेश युवा
      तमसुकमा सनाखत ठोकेर ।
      ३,
      आफ्नो औकात नभुल्नु
      बिनाकाम भौँतारिनु हुन्न
      दूतावासमा स्पष्ट खुल्नु ।
    • चुडामणी देबकोटा, चानपा – १३, काठमाडौ
      ………………………………………
      १,
      चिसो चिसो बतास
      छैन लुगा कपडा
      मन सारै हतास ।
    • नागेन्द्रप्रसाद यादव
      ………………………………………
      १.
      शान्तिको दीप बालौँ
      हरपल अगाडि बढ्दै
      गन्तव्यको पाइला चालौँ।
      २.
      सुरम्य अटल हिमाल
      देश शान्ति बुद्धको
      सुन्दर शान्त विशाल ।
      ३.
      झुटको खेती गरेर
      कति दिनसम्म टिक्ला
      आँखामा छारो भरेर ।
    • केसर बोहरा ‘सङ्घर्ष’, सुदूरपश्चिम अछाम (हाल भारत)
      ………………………………………
      १.
      रवाफको बीउ रोपेछौ
      लोभी रहेछौ बुझियो
      आफ्नै कर्तुत छोपेछौ ।
      २.
      भूत तिम्रो गइसक्यो
      बितेका कुरा नगर
      वर्तमान पनि भइसक्यो ।
      ३.
      सक्छौ अगाडि सर
      निर्देशक बन प्रगतिपथमा
      सक्दैनौ हल्ला नगर ।
    • प्रेम थापा “मन”बागलुङ
      ………………………………………
      १,
      लेक बेँसी डुल्दै
      आयो लोभी भॅंवरो
      फूलको रसमा भुल्दै ।
      २,
      मौरी भुल्यो रसैमा
      जाऔॅं हिॅंड मायालु
      सरर मिनी बसैमा ।
    • बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई ४ झापा
      ………………………………………

      न पच्छ हाँसो
      कस्तो यो समाज?
      न पच्छ गुनासो ।

      उत्ताउलो खुसी बाँड्दा,
      नबोले हुने घोसे
      अधैर्य आँसु झार्दा!

      तिम्रो जस्तै मेरो
      कहाँ मन बस्छ
      सधैँ एउटै घेरो ।
    • दीपा गुरुङ् ‘समभाव’, बुनपा काठमाडौ
      ………………………………………
      १.
      गरिबी बाध्यता बन्यो
      आत्महत्या गर्नु भन्दा
      युद्धमा मर्छु भन्यो ।
      २.
      युद्ध भूमिमा होमियो
      नेपाल आमाको सन्तान
      अस्तायो वीर कहलियो ।
    • ताराप्रसाद चापागाईँ, धुनिबेसी
      ………………………………………
      १,
      गरेर नकाम अति
      ढुक्क भएर बसे
      हुन्छ एकदिन क्षति ।
      २,
      नाटक माथि नाटक
      थाल्यौ गर्न भने
      नाटकनै होला घातक ।
      ३,
      सुकिलो छ लुगाभित्र
      लागेछ कालो दाग
      सुन्दा कस्तो विचित्र ।
    • ध्रुव श्रेष्ठ, हाल – काठमाडौ
      ………………………………………
      १//
      प्राणी जगत्को बास्सा
      मार्ने जागाउने आशामा
      प्रकृतिको अदृश्य खास्सा ।
      २//
      तिम्रो बानी मीठो
      पिठो पिसी ल्याउँछु
      जङ्गलमा खोज्दै गिठो ।
      ३//
      जनजीविका राम्रो चलाउनु
      बाल्नु घरमा आगो
      उत्कृष्ट नारी कहलाउनु ।
    • टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान
      ………………………………………
      १)
      देश अप्ठ्यारो मोडमा
      छ आर्थिक मन्दी
      सरकार लुट्ने होडमा ।
      २)
      मिलेर फालौँ सङ्घीयता
      यसले बनायो खलबल
      बढाऔॅं देशमा आत्मीयता ।
      ३)
      सिमानामा काँडेतार लगाऔॅं
      विदेशीले सिमा मिच्यो
      दलालहरू देशबाट भगाऔॅं ।
    • रबि पौडेल, दक्षिण भारत पाण्डेचरि
      ………………………………………
      १,
      चल्यो बतास रनवन
      शितल छहारी चौतारीमा
      आनन्दले भरियो मन।
      २,
      फूल फुल्यो वनैभरि
      आहा ! कति राम्रो
      बासना चल्यो मनैभरि ।
      ३,
      नासेर जाने धन
      अरूलाई दिन्छु भन्छु
      मान्दैन यो मन।
    • अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा
      ………………………………………
      १,
      सानोतिनो नठान्नु सिप
      निरन्तरताले उर्जा थप्छ
      जगाएर उज्यालो दीप ।
      २,
      खोज बरु ओखतीमुलो
      कसैले थुतुनो चलाउँदैमा
      बल्दैन निमुखाको चुलो ।
    • कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे
      ………………………………………
      १.
      कुक्रुक्क पर्दथ्यो पाडो
      अहिले हराएछ सायद
      वनवास गयो जाडो ।
      २.
      जन्माउने एक हुन्छन्
      सपना देख्नु राम्रो
      हुर्काउने अनेक हुन्छन् ।
      ३.
      नाम खोजेँ मैले
      साहित्यको साथ पाएर
      बल्ल भेटेँ अहिले ।
    • नन्दलाल आचार्य, बेलका-२, उदयपुर ।
      ………………………………………
      १,
      गयो अब जवानी
      बाँच्नु मन भए
      खानामा अपनाउनु सावधानी ।
      २,
      कति अचम्मको जोस
      उमेरले नेटो काट्यो
      अब पुर्‍याउनु होस ।
      ३,
      ढकमक्क चारैतिर फूल
      सुन्दर नेपाल बनाउनु
      फुटाऔॅं विकासको मूल।
    • राज कुमार राजभण्डारी ‘खोटाङ्गे’, मध्यपुर ठिमी- ५ संगम कोलोनी भक्तपुर
      ………………………………………
      १,
      अहम्ता छ मनभित्र
      राम्रो मात्र आफू
      संसारका मान्छे विचित्र ।
      २,
      सपना हुने साकार
      झिनो आस एउटा
      छैन खुसीको बजार ।
    • संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौं
      ………………………………………

      तिमी नदुखाऊ मलाई
      चोट दिन नखोज
      थकित घाइते बनाई।

      स्वार्थको यो संसारमा
      इमानदारी भएर बचाऊ
      कुनियत बिक्दैन बजारमा ।
    • राज कुमार कार्की, कटारी-१, उदयपुर ।
      ………………………………………
      १/
      हामी हौ साथी
      सफा छ दिल
      चौडा छ छाती ।
      २/
      धर्ती आकाश पताल
      जोडेको हुन्छ प्रेममा
      ठान्न हुन्न बेताल ।
      ३/
      प्रकृति सुन्दर सृष्टिमा
      सागर पहाड विचित्र
      देखिन्छ जगत् दृष्टिमा।
    • विवश पारदर्शी, झापा
      ……………………………………
      १,
      खोला बाँधेर हिउँदमा
      सहर बनाई रमाएका
      वर्षा लागेपछि डुबानमा ।

      उड्छन् चरी ढुकुर
      घरको निदालमा गुँड
      नाच्छन् वनमा मयूर ।

      पहाडी खेत तरेली
      रमाइलो लाग्छन् दृश्य
      छिमेकी गर्ने परेली ।
    • भगवती दवाडी
      ……………………………………
      १,
      पृथ्वीको मुटु मानिन्छन्
      सिमसारलाई स्वच्छता राखौँ
      पर्यटकहरू आफैँ तानिन्छन् ।
      २,
      सिमसार क्षेत्रका स्थलहरू
      स्वच्छ हराभरा राख्नुपर्छ
      बढ्नेछन् उत्साहजनक अरू ।
      ३,
      सिमसार दिवसको शुभकामना
      पर्यटक अझ बढोस्
      यही हाम्रो चाहना ।
    • हरिनारायण चौधरी, कबिताहरी, सुन्दर हरैंचा – १, मोरङ
      ……………………………………
      १,
      आमाको मिठो बोली
      सधैँभरि देख्न पाउँ
      सुन्दर गुनिउॅं चोली।
      २,
      तिम्रो पाए साथ
      जति बेला हुन्छ
      दु:ख सुखमा हात ।
      ३,
      खेतमा तरकारीको बारी
      पसलमा छैन हजुर
      दु:खमा पैसाको भारी !
    • श्री कृष्ण धामी, बझाङ
      ……………………………………
      १,
      गुराँस फुलेर वन
      लाली छायो पाखाभरि
      हर्षित बन्यो मन।
      २,
      कफी कोपिला चाँप
      फूल फुलेर सेताम्मे
      वसन्तको नौलो छाप।
      ३,
      सेताम्मे चाँप फुलेको
      सेतो केश सम्झेर
      निर्मोहीले चट्टै भुलेको।
    • मोती सुब्बा, दार्जिलिङ, भारत।
      ……………………………………
      क)
      सितन भैंसीको सुकुटी
      राखेर चुस्की लिॅंदै
      रित्याए राष्ट्रिय ढुकुटी l
      ख)
      पारे देशलाई खोक्रो
      ढुकुटीको रस चुसी
      भरे आआफ्नो धोक्रो l
      ग)
      सुशासनमा लाग्यो बिर्को
      जनताको त्यो आशामाथि
      निरन्तर पर्यो चिर्को l
    • बाबुराम गौतम, गुल्मी
      ……………………………………
      १.
      जिन्दगीले कहिले सतायो
      मात्दिनॅं भन्दा पनि
      भलिभाँती दिएर मतायो ।
      २.
      कहिले असल जनायो
      आफू नबोल्दा पनि
      ‘राम्रो तपाईं’ भनायो ।
      ३.
      बिचको असल सफल
      हेर्नुस् आफ्नै आँखाले
      गुलाफ राम्रो कमल ?
    • रामप्रसाद पुरी, बादेल, खोटाङ
      ……………………………………
      १,
      तताउनु पर्छ सडक
      भ्रष्टाचार अति भयो
      नेताले देखाए चटक।
      २,
      गरिबी धेरै मौलायो,
      सहनै नसकेर जन
      सडकमा बोल्न आयो।
      ३,
      देश बचाउन जागौँ
      माया गरेर देशको
      सुधारको बाटो लागौँ।
    • होम प्रसाद नेउपाने, धरान,सुनसरी
      ……………………………………
      (१)
      तिम्रो चोखो मायाले
      दर्दहरू हुन्छन् निको
      नजिकै हुँदा कायाले ।
    • पद्मा काश्यप पाण्डे, मोरङ
      ……………………………………
      १,
      मेरी मायाकी खानी
      धन्य मेरी आमा
      त्यसकारण म भाग्यमानी ।
      २,
      तिम्रो औॅंलाको स्पर्श
      लाग्छ कति प्यारो
      त्यो हर्षित परामर्श ।
      ३,
      किन्न मिल्दैन लाखमा
      अर्ती, आड, आसिक्
      बाँचिरहूँ तिम्रो काखमा ।
    • कमला पौडेल, भक्तपुर चा न पा
      ……………………………………
      १.
      मैले चाहेँ तिमीलाई
      तिमीले मलाई चाह्यौ
      समाजको मन जलाई ।
      २.
      सत्य बोल्ने बानी
      छानी छानी झुट
      सुखले जिउँला जवानी ।
      ३.
      मन कस्तो कस्तो !
      पैसा जस्तो लाग्छ
      सबैभन्दा त्यही सस्तो ।
    • शशी आचार्य
      ……………………………………
      १,
      सोह्रमा नागरिकता पायो
      हिॅंड्यो बेरोजगारी छल्न
      सबै परदेशतिर धायो ।

      सङ्घर्ष जीवनको पाटो
      सहेर घामपानी ठेस,
      फैलिन्छ सफलताको बाटो

      बढेको छ घमण्ड ,
      भ्रष्टाचारको कालो धनमा,
      दिॅंदैनन् कसैले दण्ड ।
    • भुपेन्द्र राना मगर, धादिङ
      ……………………………………
      १,
      जीवन हो फूल ,
      जहाँ भमरा भुल्छन्
      अब नगरौँ भुल ।
      (२)
      फूलमा रस छैन,
      न केही बास्ना
      कोपिलामै अनर्थ हैन ?
    • जी.वि.चिन्तन घोराही- १४, दाङ
      ……………………………………
      १.
      सात समुद्र पारि
      दौडिए युवा जमात
      बोकेर सपनाको भारी।
      २.
      स्वदेशको बाँझो बारी
      फुल्यो ईलामे झार
      बन्यो तितेपाती घारी।
      ३.
      स्वदेशमै फल्छ मेवा
      पौरखी हात चलाए
      दिनु सके टेवा।
    • बिके मुखिया, दार्जिलिङ भारत।
      ……………………………………
      १.
      पढेको काम लाग्दैन
      जस्तो लाग्दैछ अचेल
      मनको पिर भाग्दैन ।
      २.
      के गर्नु सोचेर ?
      हरदिन बदलिँदै छ
      समय सधैँ गनेर ।
      ३.
      समय अवश्य पर्खन्छु
      दुःखले कति भिज्नु
      भोलिबाट टाढै तर्कन्छु ।
    • प्रकाश धमेना क्षेत्री ‘ज्योति’ (हाल – चितवन)
      ……………………………………
      १,
      मन मरेपछि आस
      कोही यहाँ कहिल्यै
      नलाग्दो रहेछ खास ।
      २,
      सफा होस मन
      झुटो नबोल कहिल्यै
      असल मान्छे बन।
      ३,
      तिम्रै बन्छु भनी
      धोका दियौ निष्ठुरी
      आज अर्कैको बनी ।
    • अनिता भण्डारी, ताप्लेजुङ
      ……………………………………
      १)
      नेपाल हाम्रो देश
      सुन्दर अनि शान्त
      भेषभूषा फरक परिवेश ।
      २)
      सगरमाथा हाम्रो शिर
      बिनागल्ती कोही नझुक्ने
      नेपाली हामी वीर ।
      ३)
      प्राकृतिक सुन्दरताको धनी
      गर्व लाग्छ मलाई
      आफू नेपाली भनी ।
    • रुना कर्माचार्य दाहाल, चितवन
      ……………………………………
      १)
      निकै देखियो चुरीफुरी
      कसलाई फसायौ आजकल
      सुनाउन ए ! निष्ठुरी !
      २)
      आँखामा गाजल पोतेर
      देख्छु निकै चम्केको
      जालीले शरीर छोपेर !
    • लुम्बिनी साहित्य प्रतिष्ठान, नेपाल
      ……………………………………

      उज्यालो बनाउॅंछ शिक्षाले
      जीवनको अस्तित्व बुझौँ
      अमर बनिन्छ दीक्षाले।

      प्रश्नको लाग्दछ थुप्रो
      खोज्दा खोज्दै उत्तर
      बन्छ शरीर कुप्रो।

      प्रविधिको उपयोग जानेमा
      मानव बन्छन् खुसी
      मनको सन्तोष छानेमा।
    • सुस्मिता अधिकारी ,काठमाडौँ
      ……………………………………
      १ ,
      जब शिशिर लाग्यो
      तन मन सबै
      चिसोले थुरथुर काँप्यो ।
      २ ,
      अब वसन्त आउँछ
      कोइलीको गाना सॅंगसँगै
      वृक्षमा हरियाली छाउँछ।
    • हरिगोपाल प्रधान, काभ्रेपलाञ्चोक, बनेपा – १४, साँगा बजार
      ……………………………………
      १,
      मेरो मनको कुना
      थाहै नपाइ फुस्केछ
      तिमी बाँधिदेऊ तुना ।
      २,
      चिसोले साह्रै सतायो
      मन मौसम उस्तै
      निस्ठुरीको यादले अटायो ।
      ३,
      तलतल लाग्यो अम्मल
      धेरै आशङ्का किन ?
      खोजी हुँदा कम्बल ।
    • सरस्वती भट्ट, सिराञ्चोक -५, गोरखा (हालः राइनास-१, लमजुङ)
      ……………………………………
      (१)
      गर्नु सबको भलाइ
      गल्ती हुँदा कहिलेकाहीँ
      माफ देउ मलाई ।
      (२)
      मलाई निरास बनायौ
      छोडेर गयौ तिमी
      झुटको खेती खनायौ ।
      (३)
      सम्बन्ध बढाऔॅं हामी
      सबैको आँखा अगाडि
      बन्नुपर्छ सबैभन्दा नामी ।
    • उर्मिला केसी, धनकुटा

    ::::::::जय झिल्का साहित्य ! ::::::::::

    Leave a Reply