साउदी अरबको रियादमा रहेर होटल व्यावसाय चलाइरहेका लालिगुँरास होटलका संचालक, सफल व्यावसायी, समाजसेवी यम तमुले आफ्नो व्यक्तिगत रूपमा राष्ट्रिय महिला फुटबल टोलीका खेलाडीहरू तथा सहयोगी टिमहरुलाई ११ लाख ६० हजार रुपैयाँ नगदसहित सम्मान गरेका छन् ।
गत फेब्रुअरीमा साउदी अरबमा संचालित वाफ च्याम्पियनसिपमा उत्कृष्ट खेल खेलेर उप बिजेता बन्न सफल भएका नेपाली राष्ट्रिय फुटबल महिला टिमलाई यम तमुले खेलाडीहरुको उच्च सम्मान सहित मनोबल बढाउनका लागि खेलाडीहरु साउदीबाट फर्किदैँ गर्दा बिदाइका दिन उक्त सहयोग रकम घोषणा गर्नुभएको थियो । सोही अनुसार आज २० मार्च २०२४ बुधवारका दिन एक सम्मान कार्यक्रम आयोजित गर्दै सम्मानित ब्यक्तित्वहरु साथमा साउदिका सफल ब्यबसायी तथा समाजसेवी राजु सैयदको सम उपस्तिथिमा यम तमुकी श्रीमती उमा गुरुङले नेपाली महिला राष्ट्रिय फुटबल टोलीलाई नगद हस्तान्तरण सहित सम्मान प्रदान गर्नुभएको छ ।
महिला राष्ट्रिय फुटबल टोलीका २३ जना खेलाडीहरूलाई जनही ४३/४३ हजार रुपैयाँका दरले र टिमको अफियसयल तथा व्यवस्थापकहरूलाई जनही २०/२० हजार रुपैयाँ का दरले नगद सहित सम्मान गरिएको थियो।
झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (सामाजिक काम विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
[१]
असल कर्म गरेर
योगदान दिऊँ समाजमा
छँदैछ जानु मरेर !
✍️
वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ
[२] सेवाभावले गर काम तिमीले देखेको सपना समाजमा राख नाम ! ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ
[३]
आदर्श सिद्धान्त पवित्र
सामाजिक काम राजनीति
नेपालमा छ विचित्र ।
✍️
प्रद्युम्न चालिसे
[४] गर्नुपर्छ समाजको सेवा राष्ट्रको गौरव राख्नलाई हामीले दिनुपर्छ टेवा ! ✍️ गुणनिधि घिमिरे अमेरिका
[५]
पदोन्नति पाउने आशामा
व्यवस्था छ टेवलमुनिको
खुट्टा तानिन्छ भाकामा !
✍️
अम्बिका अधिकारी
झापा बिर्तामोड
[६] देखाउन होइन नाम गरेर देखाऊ समाजमा कहिले नबिर्सने काम । ✍️ शंकर कार्कि,थाहा ३ मकवानपुर।
[७]
दुखीलाई साथ देऊ
अरू नपाए पनि
आशिर्वाद सधैँ लेऊ !
✍️
कला ढकाल, झापा
[८] सामाजिक कार्य गरौँ राष्ट्रलाई महान सम्झेर अघि अघि सरौँ । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन।
[९]
देखेका ती सपनाहरू
आफैँ पूरा गर्नुपर्दछ
दिन्नन् सहयोग अरू !
✍️
पवन दाहाल
[१०] नखोज्नु नाम, दाम फलको अपेक्षा नराखी गर्नु सामाजिक काम ! ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे
[११]
गर्नू सामाजिक काम
सधैँ सेवा गरेपछि
हुन्छ अमर नाम ।
✍️
श्रीकृष्ण धामी - बझाङ
[१२] समाजिक काम गरी कसैलाई दोष नदिएर कर्तव्यमा अघि बढी ! ✍️ एवाइ प्रभात धनकुटा,सहिदभुमि
[१३]
गरौँ असल काम
यो समाज सुधारौँ
चलाऔँ हाम्रो नाम !
✍️
नवशिला
नवदेव मार्ग, लालभित्ती, मोरङ।
[१४] मनमा उत्साह लिएर बन्नेछ इच्छा समाजसेवी धन जीवन दिएर । ✍️ बाल कृष्ण श्रेष्ठ सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु
[१५]
सेवा कार्य गहन
मानिस विभिन्न थरीका
सक्नुपर्छ है सहन !
✍️
मोती सुब्बा
दार्जिलिङ निमकी डाँडा
[१६] सामाजिक काम गराैँ एकापसमा सद्भाव राखी ज्ञानकाे ज्योति छराैँ ! ✍️ केसर बाेहरा ” सङ्घर्ष “ सुदूरपश्चिम ” अछाम “ हाल ” भारतबाट ।
[१७]
समाजमा सेवा देऊ
नाम जस कमाई
सम्मानित मेवा लेऊ !
✍️
विवश पारदर्शी
झापा
[१८] हुनेछ सामाजिक सेवा सबैमा समभाव भए मिल्नेछ बल्ल मेवा ! ✍️ प्रेम थापा “मन”, बागलुङ [१९] सुधारौँ समाज हाम्रो गरेर असल काम राखौँ नाम राम्रो ! ✍️ अनिता भण्डारी, ताप्लेजुङ
[२०]
कर्मको फल पाउँछ
धैर्य गर्नुपर्छ हामीले
एकदिन पालो आउँछ ।
✍️
लक्ष्मण देउवा डोटी
हाल भारत
[२१] नि:स्वार्थ समाजिक काम आधार हो आत्मसन्तुष्टिको खोजिन्न कुनै दाम ! ✍️ तोया नाथ चापागाईं दमक,झापा,नेपाल
[२२]
गरेर केही उपकार
अँगालेमा हजुर मृत्युलाई
बैतर्नीमा हुनेछ पार !
✍️
बि.कुलुङ
रंगबुल
[२३] राखेर मनमा धृति गराैँ समाजको सेवा नफैलाई कतै विकृति ! ✍️ हरिगाेपाल प्रधान काभ्रे बनेपा १४ साँगा बजार।
[२४]
गरेर परोपकार काम
सबैको हात मिलाई
उठाऔँ देशको नाम !
✍️
कमल प्रसाद बगाले
वालिङ्ग बजार स्याङ्जा, गण्डकी प्रदेश
[२५] बोकेर सेवाको झोला सामाजिक काममा लागौँ जे होला होला ! ✍️ ललिता सिन्धुली हाल काठमाडौँ
[२६]
मिलेर गरौँ काम
इमानदार भै सबैले
राखेर देशको नाम !
✍️
अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा - ६ संखुवासभा ।
[२७] गलत पाइला चालेर तिमीले के पायौ आफ्नै इज्जत फालेर ! ✍️ सुष्मा मगर, रोल्पा
[२८]
भेदभाव व्यवस्थापन गर्न
हातेमालो गर्नसकौँ कामना
खाल्डाखुल्डी ठाँउ भर्न ।
✍️
पृथक प्रकृति, झापा
[२९] सामाजिक अभियानमा सक्रिय हुँदा समाजमा पाइन्थ्यो खुसीको लहर प्रिय ! ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ
[३०]
गरी सामाजिक काम
उन्नति प्रगति गर्दै
चम्काऊ देशको नाम !
✍️
रुना कर्माचार्य दाहाल
चितवन
[३१] समाजमा एकताबद्ध हुँदा सकारात्मक भाव बढ्ने नकारात्मकतालाई सद्भावले छुँदा ! ✍️ संगीता खरेल चन्द्रगिरी ८ काठमाडौँ
[३२]
असल कर्मको गरेर
जोगाऊ सान पुर्खाको
बिकास समृद्धि भरेर !
✍️
दुर्गा भट्टराई
मोरङ
[३३] अभियन्ता पथमा घुमेका बनाउन आफ्नै मुलुक पाइला पाइला चुमेका ! ✍️ नागेन्द्रप्रसाद यादव, दाङ
[३४]
गरे सामाजिक काम
सम्मान दिन्छन् मान्छेले
रहन्छ आफ्नो नाम !
✍️
प्रकृति देवकोटा
चितवन
[३५] गरौँ यस्तो काम जगतको भलाई हाेस् जसले चम्क्योस् नाम ! ✍️ दीपा समभाव काठमाडौँ
[३६]
उज्यालो ज्योति छर्दै
उदाहरणीय बनौँ हामी
सामाजिक काम गर्दै ।
✍️
प्रविना प्रयासी
ओखलढुंगा
~ [३७] गरेमा उदाहरणीय काम मरेपछि पनि जनमनमा रहन्छ शाश्वत नाम । ✍️ बाबुराम गौतम, गुल्मी
[३८]
सामाजिक सेवा गरौँ
पाइन्छ वास्तविक सम्मान
मानवताको शिक्षाले भरौँ ।
✍️
सुस्मिता अधिकारी
काठमाडौँ
[३९] समाजमा बत्ती बालेर गौरव नाम राखौँ कुसंस्कार सबै फालेर ! ✍️ बेदु न्यौपाने🇳🇵
[४०]
कति सुन्दर नाम
सदा समर्पित समाजसेवामा
उस्तै सुन्दर काम !
✍️
श्रीबहादुर केसी शैलुङ्गे
भक्तपुर
[४१] नलागोस् कलङ्कको टीको सामाजिक कार्य नगरे भूमिगत बस्न निको । ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी
[७३] पाइन्छ राम्रो मेवा कमाइन्छ नाम चारैतिर गरेर अटुट समाजसेवा । ✍️ शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ
[७४]
जीवन समर्पित गर्दै
बढेको छु समाजसेवामा
चेतनाको किरण छर्दै !
✍️
दिल ठकुरी
टिस्टा भेल्ली दार्जिलिङ
[७५] समाजसेवी टिक्दैन यहाँ भ्रष्टाचारीकै छ बिगबिगी मिलीजुली हसुर्छन् जहाँ । ✍️ नेत्र घिमिरे सूर्यविनायक, भक्तपुर । [७६] सामाजमा मच्चियो खलबली भएनन् व्यावहारिक कार्य पसिना छुटायो खलखली । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड
[७७]
एकतामा हुन्छ बल
निश्छल हुन्छ जो
उही बन्छ सफल !
✍️
देवी पन्थी
[७८] जित्न खेलेकाे खेल सुरुमै हार खेप्नुपर्यो जिन्दगीले गर्यो झेल ! ✍️ ईश्वर साउद (भिक्षु) सुदुरपश्चिम अछाम रामाराेसन गाउपालिका ६
साप्ताहिक झिल्का लेखन अभ्यासको नवौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू- … १, फूलको सौन्दर्य मरेपछि के रहेछ जिन्दगी ? बोटबाट बास्ना झरेपछि । २, सपनाले बारम्बार सताउॅंछ राखेर भाग्य अँजुलीमा वैदेशिक अवसरले बोलाउॅंछ । ३, असङ्ख्य आकाशको तारा ललिपप बाँड्छन् जूनसॅंग, जहिल्यै अपूरो अभिभारा ।
म्यामराज राई, भोजपुर … १) लाग्दैछ चिन्ता अचेल खुसी छैन विधाता खेल्दैछ कस्तो खेल ? २) समस्याले बनायो घर आशान्वित हेर्छु दायाँबायाँ आफ्ना छैनन् वरपर ! ३) रहेन जीवनमा मह उजाड भयो जिन्दगी आँखामा आँसुको दह !
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ … १, आउछन् मलामी भनेर यमराज जाँगर देखाऊ अन्तिम यात्रामा गनेर । २, सुर्य बिहानीमा उदायो हतार उठेर समस्या जात्रामा गएर कुदायो । ३, मनको पीर हटाउनु कमजोर निन्द्रा गराई आत्मनिर्भर नै बढाउनु ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, निस्वार्थ प्रकृतिको सहारा चुलिॅंदा मनवीय स्वार्थ भुल्यो आफ्नो अभिभारा। २, श्रोत विकासको हरियाली फॅंडानी उत्खनन लगातार मानिसको दिमाग खाली। ३, विवेकमा बिर्को लगायो आक्रोश पोख्यो जताततै नपाउने दुःख पायो।
सुरेशकुमार पाण्डे, दाङ घोराही – १८ … जीवनलाई सुरक्षित राखौँ बल्लतल्ल आयो पालो सत्ताको राजनीति चाखौँ ।
बेदु न्यौपाने … १, एकान्तमै म हराएँ तिम्रो आगमन अगाडि मुस्कान मन पराएँ । २, नबर्सने झरीको बादल अचम्म छ दुनियाँ खरी झरेको मादल । ३, पैसाले खरिद गरेको इज्जत सम्मानको कुरा कति मन परेको ?
गुणनिधि घिमिरे अमेरिका … १. अब अहमता त्यागेर बसौँ है समाजमा पाइॅंदैन इज्जत मागेर | २. बाबा आमा भनेका हाम्रा भगवान् हुन् सन्तान अबुझ बनेका | ३. साहित्यमा मन लगाऔॅं मनको भावना साटेर दुःख पीडा भगाऔॅं ।
सरिता सेढाई, धादिङ … १, बाँचुञ्जेल सम्बन्ध नगन्ने कस्तो चरित्र आफन्तको मरेपछि कठैबरा भन्ने । २, हुँदैन सम्बन्ध गाढा देखावटीले के गर्नु ? भएपछि मन टाढा । ३, धर्तीले आकाश छुँदैन दुखमा बिर्सने नाता कहिल्यै आफ्नो हुँदैन ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १. बाको जेथाले भ्याएन गुजारा गर्न दैनिकी परदेशीले कौडी ल्याएन । २. ऋण तिर्न भनेर पाउ मोल्नुछ साहुको ढ्याके चोके गनेर । ३. चुहिएको छानो टाल्नुछ पूरा गरी सपना शिक्षाको दीप बाल्नुछ ।
सरस्वती भट्ट (झरना विन्दु ‘सरु’), सिराञ्चोक-५,गोरखा हाल:राइनास-१,लमजुङ … १. आऊ कृष्ण काले तिमी हामी मिलेर बसौँ यिनकै पाले। २. दही चोरेर खायौ कुटाइ खायौ आमाको बल्ल स्वाद पायौ। ३. जान्थ्यौँ गाई चराउन बस्ने होइन सँगसँगै पार्थ्यौ सधैँ कराउन।
भवानी पोखरेल (बाबू विराज), बाणगङ्गा १ चार नम्बर कपिलवस्तु … १, फूल फुल्यो वनैमा बास्ना चल्यो हरर बस्यौ तिमी मनैमा । २, गर्छन् कुर्सीको तानातान राजनीतिको खेल यो नपाउॅंदा मुक्का हानाहान ।
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई ४ झापा … १, कसको गर्नु भर जाली भयो दुनियाँ लाग्छ मलाई डर । २, छैन जीवन थिर कहिलेसम्म हो बाँच्ने बोकी मनमा पिर । ३, सारा नाता तोडेर किन गयौ निष्ठुरी तिमी बाटो मोडेर ।
नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ। … (१) दुनियाले उडाउँछ हाँसो फगत इलजाममा फसाएर कारागारमा कानुनको पासो। (२) छिमेकीले हेर्न सकेन देखेर सफलता अर्काको सम्बन्धमा सौहार्दता राखेन । (३) देखाउँछ मानिसले चरित्र लालच, अहङ्कार, घृणा भगवानको दर्शनमा पवित्र ।
दिल ठकुरी, टिस्टा भेल्ली दार्जिलिङ … १, प्रभुसँग नाता जोडौँ निराशावादी सोँचमा अलमल दुष्कर्म आजबाट छोडौँ । २, आस्थावानको जीवन खास श्वास रहेसम्म चल्ने यस जीवनको आस । ३, नास्तिकतामा जीवन नमोडौँ श्रवण भजन कीर्तन गायन कहिल्यै नतोडौँ ।
कार्की डिबी माकुम, सुनवल -४, नवलपरासी … १, फूल ओइली झरेपछि के अर्थ रह्यो ? रोगले बोटै मरेपछि । २, सधैँभरि सपनामा देख्छु विपनामा छैनन् प्रिय त्यसैले चिठी लेख्छु । ३, नौलाख आकाशको तारा मिर्मिरेमा झरेर जान्छ भाग्दैनन् तर गरिबमारा ।
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, संगम कोलोनी राधे राधे भक्तपुर … १. हामीले देवीदेवता भाकेर जान्छौँ मन्दिर कहिले आस्था विश्वास राखेर। २. साहित्य बनेर ढाल बचायो नेपाली भाषा आहा ! स्वर्णिम काल। ३. भेदभावको गर्त हजुर पुरिने कहिले होला ढाल्नुपर्छ ढोँगीको गजुर।
पृथक प्रकृति ,झापा … १) छैन सरकारको भर गरिखान समेत नपाइने सधैँभरि लाग्छ डर । २) सधैँ पराईको नोकर मन दिनरात बरालिने नेता बन्छन् जोकर ! ३) जन्मेनन् नेता मर्द मगन्तेको देश बनाए चलाउँछन् बिदेशीको कर्द ।
ऋजु दिल्पाली, इटहरी – १, सुनसरी … १, चिनाऊ देशको नाम माटोमा रमाऊ युवाहरू गरेर विकासको काम ! २, सुन्दर गाउँघरको बाटो यहाँ सुन फल्दछ उर्वर नेपालको माटो ! ३, मेरो गाउँ सहर हरेक मनमा जागेमा फूल फुलाउने रहर !
आर्त अकुलीन … १) निम्तायो राजनीतिले द्वन्द खिचातानी फोहोरी राजनीति प्रगतिको छैन छन्द । २) छिमेकी मुटुमै बस्यो छ खुल्ला सिमाना बिनासर्त भित्र पस्यो । ३) कसरी सम्झाउनु फेरि आउँछन नयाँ जोगीहरू गेरु वस्त्र बेरी ।
रवि पौडेल, दक्षिण भारत पाण्डेचरि … १, नेताहरूको यो बजारमा मरिबस्छ काममा काले एउटा होइन हजारमा। २, बाघ बन्ने तालमा यो जमाना कस्तो लोभ राख्छ रालमा। ३, आशाको बत्ती बल्दैछ बिस्तारै बस तिमी नेताहरूको मन गल्दैछ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १. छ बास्ना फूलमा तर बुझ्दैनन् किन? उखेलेर भन्छन् भुलमा। २. अरूको सौन्दर्य चिन मौका नदिई अरूलाई तर खोजिन्छ लिन। ३. पालो सबको आउॅंदा संसार छ गोलो थाहा पाउँलान् लत्याउँदा।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १: निस्वार्थ मन लिएर कर्म गर्नु सबैले हौसला सबैलाई दिएर। २: ताराजस्तै त्यो चम्कियोस् नयाँ नेपाल चौरासीमा प्रगतितिर सदा लम्कियोस् । ३: देशमा विकासको चाहा जनताले सत्तामा पुरायो सरकार ! नबनाऊ बहाना।
मन्जु बोहरा, सुदुरपश्चिम बझाङ … १, बित्यास नपरोस् पर्मेश्वर नेपाल आमा रुँदैछिन् चोरजस्तै नेतृत्व सरोबर । २, पार्दैछौ भविष्य अन्धकार तैपनि भन्दैछौ बालकलाई भोलिका हाम्रा कर्णधार । ३, जागेर आयो वितृष्णा आवरण देखेर नानीको आत्तिएँ हरे कृष्णा!
निलहरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ) … १, जागोस् सहृदयी भावना आशाको किरण ल्याउनेलाई राम्रोका लागि शुभकामना ।
प्रेम थापा “मन”बागलुङ … १, देख्नमा सबै हिरो केही ट्याटु खोपेका पढाइमा भने जिरो । २, मेरो दिल चोरी बुझिनॅं उनको चाल मन चोर्ने मोरी । ३, महान् आमा मेरी सन्तानको खुसीमा रम्दै मायाले अङ्गालोमा बेरी ।
प्रेम शर्मा ” एकान्त प्रेमी, कालेबुङ … १. प्रेममा आगो लाग्यो बुझाउने को कसले ? न्यायको अदालत भाग्यो। २. झर्को पसेका दाउरा हुन् तिनीहरू हेर उड्दैन अब ‘लाउडा’ । ३. एक्लै शान्त कवि बन्द कोठाभित्र जहाँ जहाँ पुग्दैन रवि ।
टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान … १, सिनो लुछे जसरी देश लुट्छन् नेता विकास हुन्छ कसरी ? २, सोझो हुनाले जन उठाउँदै छन् फाइदा कुम्ल्याएर राष्ट्रको धन। ३, मौनता कहिले तोड्ने सबै एकजुट भएर भ्रष्टाचारको जालो फोड्ने।
संगीता खरेल, चन्द्रागिरी -८, काठमाडौँ … (क) बाँचुन्जेल जीवनमा तानातान मै कमाऊॅं, रमाऊॅं अन्तमा जीवन श्मशान! (ख) एक छिमल जीवन सदैव हाँसेर बाँचौँ प्रफुल्लित बनाई मन । (ग) सुगम्य नहोला बाटो अप्ठ्यारो कहिलेकाहीँ सुविधा हरेक जीवनको पाटो।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल … १, आना होइन तोला सम्झॅंदा अनौठो लाग्छ हिजोको रित्तो झोला! २, राजनीति कमाउ धन्दा कसरी मुख देखाउॅंछन्? कमिसन खातामा चन्दा! ३, च्यातियो लाजको बर्को रङ्गमञ्चमा देखियो तमासा विरासतमा कोरियो धर्को!
चिरञ्जीवी ढकाल, नेपालगन्ज -२०, राँझा एयरपोर्ट बाँके … १, जूनको वरिपरि तारा भुल्ने छैन हजुर , दुनियाँ ती सारा ! २, आमाको यादले रुँदै सपनामा देखेपछि मैले , आँसुले मुहार धुँदै । ३, सधैँ माया साट्नु जिन्दगी यो भएसम्म दुखसुख नै काट्नु ।
श्री कृष्ण धामी, बझाङ … १, आसै मारी गयौ स्वार्थ पूरा भयो निष्ठुरी पो भयौ । २, पुग्यौ जून छुन जहाँ तिमी पुगेपछि पर्यो हामीले रुन । ३, एकदिन अवश्य रोउला सुख्खा बगरमा फ्याँकेको हेर ! माछाजस्तो होउला ।
उमा दाहाल, शुन्दर हरैँचा -१० मोरङ … १ , अभियान छ राम्रो लेखौँ साप्ताहिक झिल्का ज्ञान बढ्छ हाम्रो । २, मिलेर अघि बढौँ ज्ञानगुनका कुरा हामी सधैँ खोजीखोजी पढौँ । ३, यही छ चाहाना झिल्का अभियान पुगोस् धेरै धेरै शुभकामना ।।
अनिता भण्डारी, ताप्लेजुङ … १, मुनामदनको जोडी जसरी माया पिरती सधैँ रहेन एकनास मुटुभरि । २, विश्वासलाई हत्यारा पारी उनी फरार भए मुटु अन्तै सारी । ३, आँसु अति पिएँ भुलाउन भनी उनलाई मदिराको साहारा लिएँ।
सरला माझी … १. जन्मॅंदै प्रतिभा उम्रॅंदैन अभ्यासले तिखारिने हुँदा आलस्यले अझ सप्रॅंदैन । २. शान्त रहनेले अशान्तिको सङ्ग्राममा खरो उत्रेर भोगिरहन्छ पिरलो भ्रान्तिको ।
नन्दलाल आचार्य, एनेलकुटी, सिरहा, मधेस प्रदेस, नेपाल … १. को जोडी देला ? दुई टुक्रा भएर मन भाचिँएको बेला । २. छैन मेरो हैसियत तिमी सरह हुनलाई छुट्टैछ प्यारो व्यक्तिगत । ३. मिसाए हलुवामा बालुवा फेरि के? रच्दैछन् सरकारमा बसेका मनुवा ।
भावना थापा, बझाङ्, हाल दक्षिण भारत … १, सुन्दर फूल छुँदा रमाउने फूलको मन गोड्मेल राम्रो हुँदा ! २, सपना सुन्दर सजाउनु श्रम, सीप, शक्ति आफ्नै माटोमा लगाउनु । ३, कुराजस्तै गरे काम, गर्यौँ भने सबैले इतिहासमा लेखिन्छ नाम ।
दीपा समभाव, काठमाडौ … १, घरका वरिपरि फूल रमणीय वातावरण आहा ! चुँड्ने नगर्नुहोस् भुल । २, जीवन एकबारको चोला दुखसुख हो बिताउने मरेपछि लान्छन खोला । ३, मानिसको हरेक अङ्गको आफ्नै आफ्नै काम धनी अथवा गरिबको ।
मङ्गला उपाध्याय … १, खाली लाउँछ बात खुट्टा तान्ने प्रवृत्तिले तान्दैन कसैको हात । २, समान राख्नु तुलो भेदभाव नहोस् कतै नमान्नु सानो ठुलो ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, जन्मपश्चात अवश्य मरिन्छ रहन्न शरीर जहिले कृतिले जिउँदो भइन्छ । २, रोज्छन् सुन्दर सपना देशमा देखिन्न अवसर केवल विदेशिने जपना। ३, कोसौँ टाढा फल देश सम्झने होलान् गएपछि सबै बल।
सुस्मिता अधिकारी ,काठमाडौँ … १, लालिगुराँस फुलेर ढपक्कै हेर्दाहेर्दै मन लोभिन्छ भुईॅंभरि हिउँ छपक्कै। २, रङ्गीचङ्गी लालिगुराँस पाखैभरि पर्यटक ओइरिने सिजन हिमालको मुस्कुराहट सधैँभरि । ३, डढेलोले विनाश गर्छ जङ्गलमा आगो नफालौँ जीवजन्तु बोटबिरुवा मर्छ ।
चुडामणी देबकोटा, चनपा – १३, काठमाण्डौ … १, राष्ट्रिय अभियान भनेका संसद भवनमा बसेर दिन मात्र गनेका । २, कार्यनीति केही देखिनॅं सच्चा देशभत्ति नेता, आजसम्म कहीँ भेटिनॅं । ३, बिचौलिया अघि सरे दुग्ध व्यवसाय घटेर किसान अलपत्र परे ।
कला ढकाल, झापा … १) फूलले सुवास छर्छ नगरे सदुपयोग राम्रो असमयमै बैलेर झर्छ ! २) देख्दा लाग्छ फूल यो जिन्दगी हाम्रो नजान्दा बन्छ शुल । ३) पीडा सबैलाई हुन्छ बाहिर देखिॅंदैन परन्तु मन सबैको रुन्छ ।
विवश पारदर्शी, झापा … १. नजाऊ हल्लाउँदै हात बसेर हामी दुई गरौँ मायाको बात । २. हात समाउँदै जाउँला चाहिन्न मिठो मसिनो बरु गिठ्ठाभ्याकुर खाउँला ।
मन्दिरा सेढाई, मलेखु, धादिङ … १ , आऊ, समाऊ हात मिलेर जँघार तरौँला भएर एकै बात । २ , सुकेको हाँगो भाँचेर काफल टिपी खाउँला चैतको घाम छलेर।
हरिगोपाल प्रधान, काभ्रे, बनेपा १४ साँगाबजार। … १, मनले मुटु छुन्छ होइन रहेछ बिछोडले धोकाले मन रुन्छ । २, राजनीतिमा उथलपुथल भयो एउटालाई सत्तामा छलेर अर्कोसँग नजिक गयो । ३, मैले गुलाब दिएँ तिमीलाई पीडामा देखेर काँडा मैले लिएँ ।
शशीश्री आचार्य … १. देशले काँचुली फेर्दैन आफैँ जोहो नगरे, दयाले भोक हेर्दैन। २. मुटुमा माया साचौँला कमाउन पसेँ विदेश, सम्झेर माटो बाचौँला। ३. कमाएर ल्याउँछु धन दुःखै गर आमा, साँघुरो नपार मन।
पुष्पा राई, खोटाङ … १, पैसा सबैभन्दा माथि इज्जतभन्दा होइन ठुलो बुझ्दैनौ किन साथी ?
यमुना प्रधानाङ्ग’मुना’ … १, कष्टकर राम्रो हुँदैन पलपल यो जीवनमा मायाले दिल छुँदैन । २, निराश हुन्छ किन ? मानिस स्वस्थ छैनन् बिमारी हुन्छन् दिनदिन । ३, गुँड बनाउन चरी प्रकृतिको नियम विचित्र व्यस्त रहेकी कठैबरी !
भगवती दवाडी, झापा … १, झलल झिल्का झल्कियो साहित्यमा नौलो पाइला निरन्तर लेख्न पल्कियो । २, शीरमा टोपी झल्काउँदै कलम चलाउँदै कविजन झिल्काको ज्योति सल्काउॅंदै ।
मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा। … १, ईश्वर किन रिसायौ ? गाह्रो भयो बाँच्न, प्रेममा घृणा मिसायौ। २, इमानको लोप हुँदा जाँचबुझ छ इमानदारको, बेमानको छ छुट्कारा । ३, ईश्वरमाथि भर पर्छु, नगर्नु है बेइमानी, प्रार्थना मैले गर्छु।।
मनोहरी पौडेल … १, आँसु बनेर छल्किन्छ छिप्दैन मनमा वेदना, पीडा मुहारमा झल्किन्छ । २, भयो आज मन्द भन्थ्यौ हिजोका दिनमा, नङ मासुको सम्बन्ध । ३, एकै देह बनी रहन्छौ हामी भन्थ्यौ टाढियौ आज अनि ।
सीमा कार्की समर्पण, मेलचोक पर्सा … १. हिॅंडे धेरै बाटोमा जति हिॅंडे तापनि सुगन्ध आफ्नै माटोमा । २. नराख जीवन बिक्रीमा निहुँ गरी दाइजोको आँखा नलगाऊ सिक्रीमा । ३. झार्छौ आकाशको तारा नेताज्यू कता हरायो शान्ति समृद्धिको नारा ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा … १, खुल्दैनन् कहिल्यै अर्धनयन अर्थतन्त्र बनाएर धराशयी काट्छौँ निरन्तर चयन l २, छुट्छ तनमा थरहरी आफ्नै कुकर्मको पापले उतार्छ भनेर पगरी l ३, भएका छौँ हायलकायल दुष्कर्म गरी लुकाएका खुल्छन् भनेर फायल l
बाबुराम गौतम, गुल्मी … १, बगैँचामा मनमोहक फूल यौवनले मस्त झुलेको वरपर भमराको हुल ।
२, ढुङ्गाले पिरती लाउँदैन प्रेयसीको यादले सताउँदा रातमा निद्रा आउँदैन । ३, मन मेरो झर्किन्छ देख्दा युगल जोडीहरू बिछोडको व्यथा चर्किन्छ ।
राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ । … १, गलत कर्म नगरौँ चाहे हिॅंडून् शत्रु बाटोमा काँडा नछरौँ। २, सुन्दर हाम्रो देश लाग्छ मलाई प्यारो आफ्नै भाषा, भेष । ३, गरी पौरख खान्छौँ गर्नुहुन्न पाप, छल मरी रित्तै जान्छौँ ।
शोभा शाह थापा … (१) आउँछन् माहुरी हुलमा केही आशा बोकी चुम्छन् रस फूलमा (२) फल मिठो हुन्छ मेहनत गर्न सके सफलताले शिखर छुन्छ । (३) मायाको नाटक गर्छौ स्वार्थ पूरा भएपछि तिमी अन्तै सर्छौ ।
उर्मिला के.शी., धनकुटा … १) अहङ्कारी बन्छौँ किन ? जानुपर्छ हात खाली आखिर मर्नुपर्छ एकदिन । २) भोलिको टुङ्गो छैन हासौँ अनि हॅंसाऔॅं लाने केही हैन । ३) नदेऊ कसैलाई मर्म गलत कर्म गर्दा सदा लागोस् सर्म ।
रुना कर्माचार्य दाहाल, चितवन … १, फुलेर ढकमक्क लालीगुराँस बैँस फक्रिएछ वसन्तको छर्दै सुगन्धमय सुवास । २, जाँदैछ देश कता भ्रष्टाचार गरिबी बेरोजगारी भताभुङ्ग भो जतातता ।
बाल कृष्ण श्रेष्ठ, सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु … १, मनभरि चोट सहेर रुन कम होला दिन्छु आँसु थापेर । २, गाउँबेसी मेलापात गरेर जीवन हाँसीखेली बिताऔॅं केही लानुछैन मरेर । ३, दुःखको भारी बिसाउन मलाई रहर लाग्यो तिमीसँग पिरती मिसाउन ।
ललिता सिन्धुली … १, गुमाई सबै आज संसार तिम्रै हो अब गर राज । २, सक्छु पीडा लुकाउन अन्जानमा गरेर गल्ती पर्यो आँसु सुकाउन । ३, चोटमाथि चोट पर्यो जीवनमा हरेस खाए बाँच्ने आसा मर्यो ।
लक्ष्मण देउवा, डोटी … १, क्षेत्रीनी बुहारी गुन्छिन् सागसिस्नो खानु बेस क्षेत्री विदेसिॅंदा रुन्छिन् । २, कमाऊँ कमाऊँ लाग्ने यो नमेटिने भोक अद्भुत अभिलाषा जाग्ने । ३, बनाऔॅं एक परिवेश नरोऊन् वनपाखा यहाँका हाँसोस् सुन्दर देश ।
कमला पौडेल, चा न पा भक्तपुर … १. जागेछ कस्तो रहर ? समाजमा दुर्गन्धित पार्दै छोड्यौ रोपेर जहर । २. भन्थे झार्छु तारा पत्याउने म कस्तो ? देखाए बिहेमै पारा । ३. पाएर जनको साथ रविको प्रचण्ड रापले उँचो बन्नेछ माथ ।
नेत्र घिमिरे, सूर्यविनायक, भक्तपुर … १, बहादुरी नाम अहिले कतै कायर बन्यौ इतिहास बन्छ कहिले ? २, तिमीले भुल्यो वाचा दिलमा शूल रोप्यौ बेकार गरेँ माया । ३, भुलेर सपना नबेचौँ सोच्छु यस्तै त्यस्तै धनी फूल नफुलौँ ।
काठमाडौँ । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२६ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२६ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
प्रतिनिधि टुक्का
कुर्सी सत्ता मिल्ला भनेरै, राजनीति हो गर्ने पद पायो भन्दैमा लोक, किन डाहाले मर्ने ? वसन्त अनुभव
सहभागी टुक्काकारहरूका सुन्दर टुक्काहरू-
[१] न तिमीमा ईमान इज्जत, न स्पष्ट नीति कुर्सी बाहेक केही नदेख्ने बसाल्यौ रीति । वसन्त अनुभव घोराही, दाङ [२] राजनीति गरेर कुर्सी पनि पायौ खान मिल्ने जति छन् सबै सबै खायौ । -डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । [३] राजनीतिका नाममा भ्रष्टाचार गर्ने किन होला कुर्सीका लागि नै सधैँ मर्ने । -प्रेम सुनार दैलेख [४] मुकुट लगाउँदैमा राजा भइँदैन अब सम्मान पाउँछौ कर्तव्य पूरा गर्नेछौ तब । -धनुष न्यौपाने, जुम्ला [५] मिसन चौरासी नै किन कुर्ने ? सत्तामा छौ अब केही गरेरै देखाऊ जल्नेहरूको आँखा जलोस्, निस्वार्थ भावले काम गरी विश्व चिनाउने । -कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [६] मान, इज्जत अनि प्रतिष्ठा अब कता पो गयो कुर्सी सदा प्यारो भएर अब जे गरे नि भयो । -अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ । हालः-अमेरिका,बोस्टन। [७] राजनीति हो जनसेवा गर्ने पवित्र कर्म माैकामा चुनाव खर्च असुल्नु चैँ मुख्य धर्म । -प्रद्युम्न चालिसे [८] कुर्सी आफू पाउने जनतालाई आस देखाएर नै ठग्ने निस्वार्थ भावमा काम गर्छौ भनेर भावनामा किन बग्ने । -अम्बिका अधिकारी झापा बिर्तामोड [९] जति जल्छौ राजनितिज्ञहरू जल्दै गर सङ्घर्षको हो यो सत्ता यहाँ आरिसेहरूको मनमुटु जले पनि टन्न खाइन्छ भत्ता । -बेदु न्यौपाने ✍️🇳🇵 [१०] जीवनकाे समर्पण हाे सत्ता र कुर्सी हुन्छ प्याराे राजनीति खेल देख्छाै आरिसे किन गर्छाैँ हताराे ? -ताराप्रसाद चापागाईँ धुनिबेसी [११] देशकाे विकास गर्छाैं भन्दै जनता सामु वाचा गर्याै देशका विकास भन्दा पहिले आफ्नै भुँडी टन्न भर्याै । -भवानी पाेखरेल (बाबू विराज) बाणगङ्गा १ चार नम्बर कपिलवस्तु [१३] अन्तिम लक्ष्य राजनीतिको सत्ता रहेछ, कुर्सी माेह झन् पाे धेरै चुलिएर गएछ । -त्रिलाेचन भण्डारी मेचीनगर,झापा [१४] राजनीतिमा लागिरहँदा जनता धेरै मरेको, देशको उन्नति गर्छु भन्दा, भ्रष्टहरूले भरेको । -एवाइ प्रभात धनकुटा [१५] काले गोरे जो आउछ सत्ता नै बन्ने प्यारो बल्लतल्ल कुर्सी चढे, कमाउन हतारो । -शंकर कार्की ,मकवानपुर [१६] चुपचाप बस्नुस् बल्ल आलो पालो छ दिन फिरेको सोच यस्तै बन्यो जुन जोगी आए नि कानै चिरेको । -भुपेन्द्र राना मगर धादिङ [१७] राजनीति भनेकै सत्ता पाउन हो गर्ने मौका मिल्दा सकेसम्म आफ्नै भण्डार भर्ने । -राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [१८] सत्तापक्ष र प्रतिपक्षहरू सदनभित्रै दाेहाेरी खेल्ने यस्तो नौटङ्की देखाएर जनतालाई कहिलेसम्म झेल्ने। -राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर । [१९] राजनीति गरेको हो, कुर्सी, सत्ता पाउन , तिम्रो रिस र डाहले हुन्छ, सक्छौ आउन । -बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो कनकाइ ४ झापा [२०] यहाँ देशको सेवा नाममा नगर अब चक्का जाममा । -नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत [२१] गाउँमा आउँदा भन्थ्यौ जिताउनु मलाई भोट दिलाएर जिती गयौ महलमा बस्न जनतालाई आँसु पिलाएर । -अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [२२] समाज सेवा राजनीति, कमाउ धन्दा किन ? चुनाव खर्च उठाउनु छ नत्र रिनै रिन । -जी.वि.कश्यप घाेराही-१४ दाङ बिहान ६:५२ (२०८०/१२/०३ शनिवार) [२३] डाहा गरेको हैन डर लाग्दछ मनमा तिमी पनि मिल्छौ कि भ्रष्टहरुको गणमा । -पुष्पा सुवेदी नेपालगंन्ज,बॅाके। [२४] नखाई बस्यो कि त मरिन्छ शासक भोकले के ठानेका छन् राजनीति ती पामर लोकले ? -कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [२५] सकेजति आफू घोटाला गर नसके अरूको डाह नगर ! -कमला देवकोटा, पाल्पा [२७] सत्ता लिप्सा पुरा हुदैन सितिमिति अयस गर्न गर्नुपर्छ राजनीति l -बाबुराम गौतम, गुल्मी [२८] कपडाको अनि छालाको झोली पनि भर्यौ पदको लोभी तिमी, नमिलेमा अन्तै सर्यौ । -प्रेम थापा “मन”बागलुङ [२९] चाहियो इमान ईज्जत् , जसको छैन स्पष्ट रिति थिति पाए दुवै हातमा लड्डु, जे नि गर्ने कस्तो लाजनीति । -टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान [३०] पाउछौ कुर्सी भेट्छौ सत्ता दिए हामिले भोट ड्याम्फे भुँडी भर्न मात्रै लाग्छौ चरित्रमा खोट । -उमा दाहाल शुन्दर हरैंचा -१० मोरङ [३१] नयाँ पुराना भेटे, देशमा राजनीतिक दल पिर जनता छ त छैन त समस्याको हल । -श्री कृष्ण धामी – बझाङ [३२] माटो बिर्से भुले काम रातोदिन सम्झे दाम ! -आर्त अकुलीन [३३] नेता नामक जीवाणुको तैंछाड मैंछाड खाइसके देशलाई रहलमा छ हाड । -बि.कुलङ दार्जिलिङ रंगबुल [३४] नीतिको जोहो राजा, राजनीति कहलाउँछ जीवनमा सत्ता, भत्ता, यसै मन बहलाउँछ। ✍️ अजय कुमार झा महोत्तरी, जलेश्वर [३५] चाहिएको थियो कुर्सी ओगट्न अब पक्का भयो, जनताको चाहना जान्दिनँ म उतै कतै गयो । -अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 [३६] कुर्सी सत्तामा, भोट हालेर पुर्याउने जनता बिचरा सत्तामा पुगी, कसले भन्यो, “जनताको घाटी” कठै बरा ? मोती सुब्बा दार्जिलिङ [३७] पद धन आर्जन मात्रै हैन राजनीति निस्वार्थ माया पाउने हो है गजब रीति । -हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार। [३८] राजनीति हो मुल नीति, देश सपार्ने, बिगार्ने कोही जन्मेन यो देशमा, देशको स्थिति सुधार्ने ! -दीपा समभाव काठमाडौ [३९] यता अनि उता मिल्छ्न् नेता जनता हेरेको हेरैकै हाम्रो देशका नेता छेपारो झै रङ फेरेको फेरेकै । -अनिता भण्डारी ताप्लेजुङ [४०] मरेको भए तिम्रा सामु केको हेर्थेँ घुसखोरले सराप्दैमा केको टेर्थेँ ? -नन्दलाल आचार्य एनेलकुटी, सिरहा, मधेस प्रदेस, नेपाल [४१] उनकै काम गर्ने भनी सत्तामा हो जाने हरियो घाँस देखाएर बसीबसी खाने। -होम प्रसाद नेउपाने धरान,सुनसरी । [४२] बुझे सत्ता भनेको जनताको नासाे हो गलाकाे पासाे अर्थ न बर्थकाे काम गर्नाले भयो जनताको हाँसो । -रामप्रसाद पुरी,बादेल, खाेटाङ । [४३] रिसाए पनि उत्तिखेरै मेरै पछि आउछन् म पछि आफ्नो पालो भनी सोझ्याउन धाउछन् । -सुस्मिता अधिकारी ,काठमाडौँ [४४] कुर्सीको मोहले सधैँ तान्नेरै’छ बरै आफ्नालाई पद दिन लाग्नेरै’छ करै । -गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ [४५] नेता हुँ देश चलाउने थाहा छ नियम नीति सबै मिली देशलाई सक्ने बनाउँछु म थीति। -नवशिला, नवदेव मार्ग , लालभित्ती,मोरङ । [४६] पद पैसा कुर्सी भत्ता भागबन्डा भर्छौ लोकलाई लुट्दै कति राजनीति गर्छौ ? -विवश पारदर्शी झापा [४७] खायो रे खायो के खायो खसीले देशै खायो गणतन्त्र मसीले । -चिरञ्जीवी श्रेष्ठ धनकुटा । [४८] सकेजति लुट्यौ देशको हालत बेहाल भयो सुकर्म गर्ने पनि सङ्गतले कुकर्ममा गयो । -शोभा आचार्य गौतम [४९] काम नगरे पनि त गर्नै पर्यो दमदार कुरा कुर्सी सत्ता मिलिसक्यो बचन बिस्तारै हुन्छ पूरा । -पुष्पा राई, खोटाङ। [५०] जनता तमासा हेर्नू हामी गुटबन्दीमा जुट्ने जसले जति सक्छ भ्रष्टचार गरी देश लुट्ने । -संगीता खरेल चन्द्रागिरी 8 काठमाडौं [५१] नयाँ नेपाल भन्दै तिमीले कुरुप बनायौ देशको हाल चुनावमा गरेको भाषण बिर्सी ,जनतालाई गर्यौ जाल । -शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं [५२] आर्थिक मन्दी छ नेतामा अवैध धन आर्जनमा मन चढ्यो हिलो छेपेर दग्ध छ संसदमा कुर्सीको मात्र लडाइँ बढ्यो । -चुडामणी देबकोटा चनपा- १३ काठमाण्डौ [५३] कुर्सीमा नै छ हातेमालो सत्ताको कब्जा ठेलमठेल के भो राख्दा हारगुहारका जनआवाज जेलनेल । -ईन्दु श्रेष्ठ, चितवन [५४] योग्यले पद भेट्टाए राष्ट्रगौरव बढ्दछ अयोग्य व्यक्तिले पाए अस्मिता बलि चढ्दछ। -रामशरण न्यौपाने, भक्तपुर [५५] तिमीलाई मात्रै हो र सत्ता हामीलाई पनि चाहियो पालैपालो खानुपर्यो एक्लै हसुर्न त कहाँ पाइयो ? -सरिता सेढाई, धादिङ [५६] खै के विश्वास गर्नु तिम्रो ठूलो कुरा गर्छौ जनतालाई झुक्याएर आफ्नो पेट भर्छौ । -हिमा आर सी मेहेलकुना सुर्खेत [५७] काम केही गर्ने हाेइन गर्छन् ठुला कुरा कुर्सी सत्ता पाए हुँदैन केही अब पूरा । -सहयात्री शाेभा अर्याल रुपन्देही ~<•>~
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४७ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको तस्बिर:
साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १४७ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू-
[१] छलफल पचाउन भत्ता भागबण्डा पालैपालो सत्ता !
वसन्त अनुभव [२] प्रतिनिधि कुकुरको गिदी भत्ता पचाउने विधि !
साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
यस साताको (५३औँ) शृङ्खलाका लागि लघुकथाकार प्रा.डा. प्राज्ञ खेमराज खनालको लघुकथा ‘बोतल’, लघुकथाकार ढाकामोहन बरालको लघुकथा ‘स्वामित्व’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘छिमेकी’ उत्कृष्ट तीनभित्र परेका छन् । ~<•>~
१. लघुकथा: बोतल
✍️ प्रा.डा. प्राज्ञ खेमराज खनाल ठाकुर चारतारे होटल गए । यसपटक मुनाफा धेरै भएकाे थियो । श्रम मारेर मजदुरको खुबै शोषण गरेका थिए । मुनाफा थोरै देखाएर राष्ट्रलाई मनग्गे ठगेका थिए । राजनीतिक पार्टीलाई केही मन्साउँथे । पत्रकारहरूलाई अलिकति चढाउँथे । आज उनको हर्कबढाइँकाे दिन थियो । परिवारका साथ दुईचार बोतल महँगो रक्सी रित्याए ।
श्रमिक छाप्रे भट्टीमा पस्यो । साहुले मजदुरीबाट निकालिदिएकाे थियो । नेताहरूले उसका कुरा सुनेनन् । पत्रकारहरूले उसको गुनासो बुझेनन् । स्वास्नीकाे सारी झुत्रिन लागेको थियो । छोरी सरकारी स्कुलमा फेरि पनि फेल भई । मनभरि पिर बह भरिएको थियो । साथीका साथ दुईचार बोतल ठर्रा घुट्क्यायो ।
दुवैले बोतल रित्याएका थिए । मात्र बोतलकाे स्रोत, क्वालिटी, दाम, उद्देश्य र मात्रा फरक थिए । ठाकुरको बोतलमा गरिबको रगत भरिएको थियोे । श्रमिकको बोतलमा आफ्नै श्रम भरिएको थियो । ठाकुरको बोतल महँगो रक्सीले भरिए पनि दुषित थियो । श्रमिकको बोतल सस्तो ठर्राले भरिए पनि पवित्र थियोे । धरान, नेपाल २०८०/०९/२३
२.लघुकथा: स्वामित्व
✍️ ढाकामोहन बराल राम्रो र लामो खालका सुगन्धित अगरबत्ती बालिएको थियो । वातावरणमा यसको बास्ना छरिएको थियो । “आज कति भए ?” हरिप्रसादले सोधेको सुनियो । निरुले टाउको उठाएर हेरिन् र पहिलाजस्तै मुन्टो निहुराएर बसिन् । “भोलि त पाँचै दिन हुन्छ्न् ।” नित्यानन्दले हरिप्रसादलाई जवाफ दिए ।
“अघिल्लो जुनीमा धर्म गरेका रहेछ्न् बाले, त्यसैले तँ जस्ती छोरी पाए यो जुनीमा ।” गान्धारी आमैले भन्नुभयो । “बाको सेवा यसले जसरी कसले गर्यो होला र ! झरी, बादल, वर्षा, चर्को घाम र ठिहिर्याउने जाडो केही भनिन । बालाई लिएर अस्पताल दौडिई ।” जमुनाले पनि भनिन् । “धन्य घरका पनि सहयोगी रहेछ्न् र बालाई केही भएको थाहा पाउनेबित्तिँकै टाउकाले टेकेर भए पनि आइहाल्थ्यौ ।” गान्धारीले भनिन् । “अब त बिग्रन्छ पनि होला ।” निरुले सुस्तरी भनी ।
“के गर्ने बाबै ! जिउँदामा तैँले जतिसुकै गरे पनि मरेपछि दाइ नआई उठाउन नमिल्ने ।” जमुनाले भनिन् । गेट बाहिर एउटा मोटर रोकियो । आँगनमा जम्मा भएका मान्छेहरू सलबलाए । घरको समाचार सुनेपछि छ वर्षमा छोराहरू घर आएका थिए । निरु जुरुक्क उठी । आउँदै गरेका दाइहरूको अगाडि गई । उसले चार दिनदेखि अन्तिम संस्कार हुन नपाएको निरुको बुबाको पार्थिव शरीरजस्तै सबैजना स्तब्ध हुने गरेर भनी- “दाइ ! मैले हजुरहरूका बुबालाई बचाउन सकिनँ ।” पोखरा ७ मासबार , कास्की ।
३. लघुकथा: छिमेकी
✍️ सुरेशकुमार पाण्डे
“अस्ति पनि आएको थियो । हिजो पनि आएको थियो । अचेल रुपलाल राधिकाको घरमा खुबै आउनेगर्छ।” लिखुरीले आफ्नो लोग्नेलाई बिस्तारै भनी। “होला केही काम ! तिमीले किन टाउको दुखाउनुपर्यो, बित्थामा ? अर्काको घरमा को आउछ को जान्छ ।” नरे आफ्नो स्वास्नीसँग झर्कियो ।
“हजुरसँग त बोल्नै हुँदैन ।” उसले रिसाएझैँ आफ्नो नाक मुख बिगारी। “लिखुरी ! यसमा तिमी रिसाउँनै पर्ने कुरा के छ ? अर्काको घरमा को आयो, किन आयो ? त्यो उनिहरूको समस्या हो । तिम्रो हाम्रो चिन्ताको विषय होइन ।” नरेले लिखुरीलाई सम्झाउँन खोज्यो । “हामी छिमेकी भएपछि छिमेकमा महिला मात्र भएको बेला पुरुष आइरहँदा चिन्ता त गर्नैपर्छ ।” लिखुरी अलि चर्को बोली ।
“हो हामी छिमेकीको नाताले राधिकाको हालचाल सोध्नुपर्छ तर चियोचर्चा गरेर आफ्नो समय खेरा फाल्नुहुँदैन । तिमी कतिपटक गयौ, तेस्का घर भन त ?” नरेले सोध्यो। “ऊ पनि एक सातादेखि आएकी छैन । ऊ नआएपछि म पनि किन जाम् ?”- लिखुरीले भनी । “बरू उस्को घरमा सञ्चो विसञ्चो के छ बुझेर आऔँ, हिँड ।” नरेले लिखुरीलाई सम्झाउँदै भन्यो।
केही समयपछि दुवैजना राधिकाको घरमा गए । राधिकाको एउटा खुट्टामा प्लास्टर गरिएको थियो। “यो कसरी भयो ?” “घरमै लडेर खुट्टा भाँचियो । हजुरहरूको नम्बर पनि थिएन । महेशको रुपलाल दाइसँग चिनजान रहेछ । उहाँले नै विदेशबाट फोन गरेर पठाइदिनु भयो।” राधाले आफ्नो बारेमा जानकारी गराई। दाङ घोराही १८ १५-०३-२०२४, (०२चैत्र२०८०)
साताका उत्कृष्ट झिल्का कविताको आठौँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ८ का लागि झिल्काकार त्रय वसन्त अनुभव, भावना थापा मुस्कान र सरला माझीका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू ~<•>~
[१] १. चढ्छन् करोडौँको कार सर्वहाराका प्रतिनिधि उनी राम्रै छ बन्दव्यापार । २. हुँदैन कसैको फिक्री हिराको मोदक हातमा परेपछि सुनको सिक्री । ३. सम्झन्छ्न् मूर्ख हरपल जितेर भुल्छ्न् नेता रुवाउँछन् जनता पलपल । ✍️ वसन्त अनुभव घोराही, दाङ ~<•>~
[२] १. लुट्यो जवानी मेरो लुटेराले सुनसान बस्तीमा जब थियो अँधेरो । २. भएकी छु अचेल एकोहोरो पागल जस्तै आफैँदेखि म ओझेल । ३. गिद्धको नजर लाग्यो न्याय माग्न जादा न्यायधीश नै भाग्यो । ✍️ भावना थापा मुस्कान ~<•>~
[३] १. कसैलाई नगर्नू हेला आवश्यक पर्नसक्छ हेर उसैको जुनसुकै बेला । २. राम्रो हुनु पहिले अभिमानी, अनुशासनहीन नहुनू आमा भन्नुहुन्छ जहिले । ३. घमण्डले सिध्याउँछ मानवता कलियुगमा हिँड्नुपर्छ सम्हालिएर मान्छेमा हुन्छ दानवता । ✍️ सरला माझी ~<•>~
रौतहटमा रहेको शिव मनी ट्रान्सफरका सञ्चालकमाथि तीन जना भारतीय लुटेराहरुले गोली प्रहार गरेका छन।
रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले भारत विहार पूर्वी चम्पारण मोतिहारीका मुनिफ कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जनाए ।
उनले घटना भएको केही मिनेटभित्रै तीनै जनालाई पक्राउ गरिएको जनाए । उनले भने,‘घटना हुन साथ प्रहरीलाई खबर आयो, हाम्रो टोली घटनास्थलमा पुग्यो । यता सबै सीमानाकामा कडाइ गरियो, त्यसपछि बोर्डरबाट घेरा हालेर तीनै जनालाई नियन्त्रणमा लिइयो ।’
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहतमा राखी घटनाबारे थप अनुसनधान प्रक्रिया अगाडि बढाइएको रौतहछ प्रहरीले जनाएको छ । रौतहटका एसपी श्रेष्ठले भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको बताए । एसपी श्रेष्ठले घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद भएको जनाए ।
कन्चटमा गोली लागेका साहलाई थप उपचारको लागि वीरगञ्जको न्यूरो अस्पतालमा लगिएको प्रहरीले जनायो । लुटेराहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।
झिल्का लेखन अभियानको पाँचौँ शृङ्खला (सम्बन्ध विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।
झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५७ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव, आदि जस्ता विशेष अवसरहरू पारेर निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-
~~~[ [१] १. परिस्थिति रहोस् कस्तै प्रगाढ रहोस् सम्बन्ध आँखा, आँसुको जस्तै । २. अटुट सम्बन्धको खानी सम्बन्धको बलियो उदाहरण नङ, मासुको कहानी । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ ~~<•>~~
[२] १. कहिले नपरोस् रोगाउन हाम्रो सम्बन्ध सधैँभरि पर्छ मिलेर जोगाउन । २. देखाउनुपर्छ राम्रो बानी मरेपछि लानु छैन बन्नुपर्छ जलेर खरानी । ✍️ शंकर कार्की, मकवानपुर ~~<•>~~
[३] १. प्यारको नशा पिएर जिउन खोज्दै छु यादले मुटु सिएर । २. चुँडियो गुलाफ प्रेमले दुखाउँछ काँडाले मन कतिन्जेल जिउँछौ भ्रमले ? ✍️ कृष्ण सुवेदी, पोखरा ~~<•>~~
[४] १. टुटेको सम्बन्ध गाँसाै जीवन छाेटाे छ दुवै मिलेर हाँसाै ! २. सम्बन्ध खराब हुँदा रातभर निद्रा आउँदैन हुन्छ बिहानि रुँदा ! ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरि ~~<•>~~
[५] १. बाँडेर आपसमा जिम्मेवारी प्रगाढ बनाऔँ सम्बन्ध मिलेर हामी नरनारी । २. सुन्दर सपना सजाई बसौँ नारी पुरुष सम्बन्ध कसिलो बनाई । ✍️ बाल कृष्ण श्रेष्ठ सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु ~~<•>~~
[६] १. चेतनाको दियो बाल सम्बन्ध गाढा बनाउँदै घमण्ड अहङ्कार फाल ! २. पूरा नहुने भयो सम्बन्ध हाम्रो अब सपना टुटेर गयो ! ✍️ कला ढकाल, झापा ~~<•>~~
[७] १. झिल्का हो चौतारी लेखौँ मनको भाव नजाऊ अन्त भौतारी ! २. झिल्काले छर्यो सुगन्ध विचार आदनप्रदान गर्दै बिस्तार भयो सम्बन्ध ! ३. सानो परिवार हाम्रो फलोस् फुलोस् सधैँ समेटेर भाव राम्रो ! ✍️ दीपा समभाव काठमाडौँ ~~<•>~~
[८] १. सकियोस् भरोसा गर्न जीवनको हरेक मोडमा सकिन्छ खुसी भर्न । २. सम्बन्ध गाढा बनोस् जिन्दगी सुन्दर लाग्छ दुनियाँले आहा भनोस् । ३. यात्रा सहज बन्छ असल सम्बन्ध भए त्याग गर्छु भन्छ । ✍️ पुष्पा राई, खाेटाङ ~~<•>~~
[९] १. सम्बन्ध रहोस् दिगो टुटेर फुटेर कतै तिर्नु नपराेस् बिगाे । २. पैसामा सम्बन्ध जोखिन्न विश्वासमा घात भएपछि आफ्नै नाता चोखिन्न । ✍️ त्रिलोचन भण्डारी मेचीनगर, झापा ~~<•>~~
[१०] १. सम्बन्ध हुनुपर्छ राम्रो अघि बढौँ मिली नछुटोस् साथ हाम्रो । २. गरौँ मिठा बात अब लेख्न झिल्का बढाऔँ हामी हात । ✍️ अनिता भण्डारी, ताप्लेजुङ ~~<•>~~
[११] १. जित भएन हार जबदेखि आफ्नैहरूले यहाँ गरिदियो सम्बन्धको व्यापार । २. कलिले छरेको सुगन्ध तिम्रो मेरो बीचमा यस्तै बनोस् सम्बन्ध । ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल ~~<•>~~
[१२] १. खुल्ला रहोस् चाहाना मानवता राखौ जिउँदो नबनाऊ कहिल्यै बाहाना ।। २. सम्बन्ध चिसिनु हुँदैन बनौँ सधैँ परोपकारी आत्मा कसैको रुँदैन ।। ✍️ ऋजु दिल्पाली ईटहरी १ सुनसरी ~~<•>~~
[१३] १. पानी बिनाको खेती फलदायी हुँदैन छाेरा लगाउनु पसिनाले रेती । २. प्रतिभा अवश्य ठुलाे संस्कार र संस्कृति हुन् जीवनकाे ओखतीमुलाे । ३. भजन जनताकाे नाममा कस्ता स्वार्थी खेलाडी एकजुट लुट्ने काममा । ४. माटाकाे भर ढुङ्गाे एकअर्कामा छ निर्भर अकाट्य हुन्छ टुङ्गो । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । ~~<•>~~
[१४] १. सम्बन्धमा अचेल तिक्तता टोलाएर बस्छु अहिले चारैतिर देख्छु रिक्तता । ✍️ नागेन्द्रप्रसाद यादव ~~<•>~~
[१५] १. यस्तो होस् सम्बन्ध आँखा लगाउनेको फुटोस् नहोस् कुदृष्टिको गन्ध । २. हुनुपर्छ सम्बन्ध झकास मिलेर हामी एकआपसमा बनाउनुपर्छ सधैँ खास । ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ ~~<•>~~
[१६] १. नहोउँ कोही टाढा एकापसमा मिलेर नै सम्बन्ध बनाऔँ गाढा । २. बढाऔँ अगाडि पाइलो बनाए प्रगाढ सम्बन्ध जीवन हुन्छ रमाइलो । ✍️ डम्बर थामी ‘अनुपम’ कालिन्चोक गा. पा. -६, दोलखा । ~~<•>~~
[१७] १. विश्वास हुन्छ पाया एकअर्कोमा सदा नै आभास नितान्त माया । २. सत्य मूल आधार पवित्र माया भए कहिल्यै हुँदैन निस्सार । ३. भुल्नुहुन्न आफ्नो धर्म जस्तोसुकै होस् परिस्थिति पूरा गर्नुपर्छ कर्म । ✍️ पृथक प्रकृति, झापा ~~<•>~~
[१८] १. सम्वन्ध रहोस् गाढा हुँदैमा कुरा सानोतिनो नबनौँ कोही टाढा । २. हुनसक्छ कहिलेकाहीँ घोचाघोच नठोसी बल्दैन अगुल्टो लिऔँ असल सोच । ३. सम्वन्धमा नआओस् कुठाराघात विश्वासको अन्तिम क्षणमा नलागोस् कसैलाई मात । ४. झिल्काले सम्बन्ध भाक्यो विचार आदानप्रदान गर्दै उच्च प्रवन्धलाई डाक्यो । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हाल-अमेरिका,बोस्टन। ~~<•>~~
[१९] १. मनको मान्छे भनेँ पैसाको निम्ति होइन यसैले मैले गनेँ । २. साइनो रगतको हाम्रो सोचेको जस्तै रहोस् छैन कुरा चाम्रो । ३. नाताको आधारमा मैले सम्बन्ध बलियो गरेको किन मारिस् तैँले । ✍️ नीमा छिरिङ भोटिया जलढका कालेबुङ भारत ~~<•>~~
[२०] १. अनौठो सम्बन्ध हाम्रो भेट भएको छैन माया झनझन चाम्रो । २. बुझिसकेँ हेर मैले तिम्रो मनको कपट देख्दछु म जैले । ✍️ मंगला आचार्य उपाध्याय बारा कलैया १ ~~<•>~~
[२१] १. सम्बन्ध मनले जोड्छ आाखिर विचार नमिल्दा फेरि उसैले तोड्छ ! २. अमर पिरती हाम्रो प्रगाढ रङ्गहरूको जस्तै चिनारी सम्बन्ध राम्रो ! ✍️ आर्त अकुलीन ~~<•>~~
[२२] १. सम्बन्ध बनोस् राम्रो बाधा अवरोधले घेरेर पनि नहोस् चाम्रो । २. सम्बन्धमा रहोस् माया साथ नहुन पनि अनुभूति रहोस् दायाँबायाँ । ✍️ रुना कर्माचार्य दाहाल चितवन ~~<•>~~
[२३] १. टाढाको सम्बन्ध कस्तो आकाश धरती माझ देखिने क्षितिज जस्तो । २. सम्बन्ध रहोस् राम्रो बगेको नदी जस्तै टिस्टा, रगीत हाम्रो । ✍️ मोती सुब्बा दार्जिलिङ निमकी डाँडा। ~~<•>~~
[२४] १. सम्बन्ध राम्रो बनाउन चाहिन्छ व्यवहार पारदर्शी सधैँ साथ पाउन ! २. मनको नजिकै सर्नू अगुल्टो नठोसी बल्दैन नयन कहिल्यै नतर्नु ! ✍️ सीमा कार्की समर्पण ~~<•>~~
[२५] १. सम्बन्ध राम्रो हुन अवश्य समझदार बनौँ एकअर्काको मन छुन । २. सबैजना मन्त्रीको दाउमा बीचैमा सम्बन्ध बिग्रदा कुर्सी अर्काको नाउँमा ३. सम्बन्ध राम्रो थियो पाएको थिएँ पुरस्कार अहिले धोका दियो ! ४. एकापसमा प्रेम गरौँ सम्बन्ध राम्रो हुन खुसीले माया भरौँ । ✍️ शशी आचार्य ~~<•>~~
[२६] १. कतिपय बिराउँछन् बाटो सम्बन्ध निभाउन नजान्दा मासिन्छ ठुलठुला पाटो । २. बेलाबखत गर्नुपर्छ चियो विश्वासमा टिक्छ सम्बन्ध छान्नुहुन्न कमजोर मियो । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ~~<•>~~
[२७] १. मिलेर उत्सव मनाउँ जीवन चोला रहुन्जेल सम्बन्ध प्रगाढ बनाउँ ! २. दुईचार दिनको चोला मजबुत बनाए सम्बन्ध सुनमा सुगन्ध होला ! ✍️ नील हरि काफ्ले सिन्धुली (हाल काठमाडौँ) ~~<•>~~
[२८] १. बाहिरी सुन्दरता देखेर झट्ट विश्वास नगर्नू बस्नुपर्छ जीवनभर रोएर । ✍️ प्रविना प्रयासी ओखलढुंगा ~~<•>~~
[२९] १. सम्बन्ध प्रगाढ बनाेस् आपसमा सद्भाव देखेर सबैले आहा भनाेस् । २. सम्बन्ध बढाउनु राम्रो पुरानो यात नयाँ माया बढाेस् हाम्रो । ३. मन नफाटाेस् कहिल्यै झिनामसिना विवाद भए फाल्नुपर्छ भन्छु अहिल्यै। ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे मध्यपुर ठिमी ५ राधे राधे भक्तपुर । ~~<•>~~
[३०] १. सम्बन्ध यसरी बनोस् कसैको नजर नलागी खुट्टाले जमिन खनोस् २. सम्बन्धले बाधेको नाता बिछोडको बेदना सहेँ अदालतमा खोलेँ खाता । ३. प्रेम सम्हालेर जान्छन् हतेलीमा राखेर कस्तो अपमान हुँदैमा मान्छन् । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड ~~<•>~~
[३१] १. सम्बन्ध बनोस् गाढा अहिले जत्तिँकै सधैँ भए तापनि टाढा l २. नआओस् शङ्काको गन्ध सुनेर हावादारी कुरा प्रगाढ़ बनोस् सम्बन्ध l ३. सुमधुर सम्बन्ध बनाउन शङ्काको मैलो पखाली जान्नुपर्छ है रमाउन l ✍️ बाबुराम गौतम, गुल्मी ~~<•>~~
[३२] १. भएपनि जति टाढा लागिरहाेस् माया उसैकाे सम्बन्ध बनाेस् गाढा । २. सम्बन्ध राम्रो उसैको जाने राम्रो निभाउन हुँदैन बिफल कसैकाे । ✍️ उर्मिला के.शी. धनकुटा ! ~~<•>~~
[३३] १. मनको साइनो राम्रो अटल रहोस् सम्बन्ध जुनी जुनी हाम्रो । २. विचित्रको संसार कस्तो सम्बन्धको डोरी बाट्नु माछा पानीको जस्तो । ✍️ मन्जु बोहरा सुदुरपश्चिम बझाङ ~~<•>~~
[३४] १. घाम र छायाको जस्तै बनाउनुपर्छ सम्बन्ध रिस होइन मायाको । २. सम्बन्ध कस्तो हुने राम्रो या नराम्रो झर्ने, आकाश छुने। ✍️ धनुष न्यौपाने गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला ~~<•>~~
[३५] १. कसैलाई पिर नपार्नु सम्बन्ध आत्मिक होओस् सानालाई थिचेर नमार्नु । ✍️ गुणनिधि घिमिरे अमेरिका ~~<•>~~
[३६] १. नाता बलियो हुन्छ सम्बन्ध राम्रो भए मायाले मन छुन्छ । २. माया बलियो गाँस्नू विश्वास गरें तिमीलाई मनैले माया नमास्नू । ३. झुटो बोलेमा सकिन्छ तिम्रो साथ भएमा पवित्र नाता देखिन्छ। ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली” बर्दिया । ~~<•>~~
[३७] १. झिल्काले जुराको सम्बन्ध नछुटोस् कहिले पनि फैलियोस् जगतमा सुगन्ध । २. बन्दैछ सम्बन्ध गहिरो झिल्का कवितामा पनि नआओस् बिचमा पहिरो । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा ~~<•>~~
[३८] १. सम्बन्धमा धाजा पर्ने नगर काम कतै आपसमा मन मर्ने । २. समझदारी कायम गर विश्वासघात हुने कामको भरमा कहिल्यै नपर । ✍️ विवश पारदर्शी झापा, ~~<•>~~
[३९] सम्बन्ध राम्रो हुनुपर्छ सधैँ घर इष्टमित्रहरूमा सबैको हित गर्छ । २ बोली व्यवहारमा मिठास नहौस् तितोपिरो कहिल्यै घरभित्र लक्ष्मीको बास । ✍️ सुरेशकुमार पाण्डे दाङ घोराही १८ ~~<•>~~
[४०] १. क्षणिक सम्बन्ध जस्तो भेट फेरि नहुने दिएको माया सस्तो । २. यादले सताउँछ कहिले अतीतले बल्झाउँछ जब लाग्दैन रमाइलो अहिले । ३. छुटेपछि सम्बन्ध हाम्रो बन्नेछ अधूरो कहानी जिन्दगी नितान्त नराम्रो । ✍️ दिल ठकुरी टिस्टा भेल्ली दार्जिलिङ ~~<•>~~
[४१] १. दुनियाँको नजरमा खस्न कस्तो सम्बन्ध जोडियो माइती घरमा बस्न । २. विदेश पस्न बाध्य कमाइ गर्न पनि भएन सरकार साध्य । ३. आफ्नै हृदयमा छुरा होला कस्तो सम्बन्ध जटिल भयो कुरा । ✍️ टिकाराम पुन पुकार छत्रेश्वरी गाउँपालिका २ सल्यान ~~<•>~~
[४२] १. सम्बन्ध जोडेको राम्रो झिल्का कवितालाई देख्दा बतासिन्छ मन हाम्रो । २. कविता लेखिन्छ खिपेर जोडेर सम्बन्ध आपसमा प्रेमको सुगन्ध लिपेर । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । ~~<•>~~
[४३] १. तुलना नगर्नु धनमा सम्बन्ध बिग्रिएर झनै फाटाे आउला मनमा । २. उदाहरण बनाेस् हाम्राे विश्वास गर्नसकेमा हेर टिक्छ सम्बन्ध राम्राे । ३. नठान्नु कसैले सस्ताे सम्बन्ध बढेर जाओस् नङ मासुकाे जस्ताे । ✍️ काेपिला अधिकारी गाेरखा सिरानचाेक ~~<•>~~
[४४] १. झिल्काले सम्बन्ध बढायो भावनाको डोरी जोड्न धेरै पाठ पढायो । २. परिचयको सिमा बढायो साहित्य जगतमा आज सम्बन्ध जोडिन सिकायो । ३. बन्यो झिल्का चौपारी सम्बन्ध खोज्दै म डुले सारा भौतारी । ✍️ देव मगर तिनाउ-१,कचल,पाल्पा ~~<•>~~
[४५] १. प्रारब्ध निश्चल भैजावाेस् हुनुहुँदैन पछि अविचल सम्बन्धमै सफलता माैलावाेस् ! २. निश्चल सम्बन्ध रत्न जरा बलियाे बनाऔँ गरेर प्रशस्त यत्न । ✍️ हरिगाेपाल प्रधान काभ्रे, बनेपा १४ साँगा बजार । ~~<•>~~
[४६] १. सम्बन्धमा धमिलो नपारौँ रहनुपर्छ यो अन्तिमसम्म दिन्छु भनेर नमारौँ । २. माहुरी फूलको गन्ध फूल फुलुन्जेल सदा गाढा रहोस् सम्बन्ध । ✍️ चुडामणी देबकोटा चनपा १३ काठमाण्डौ ~~<•>~~
[४७] १. जीवन जित हार सम्बन्ध विश्वासिलो भए हुने बाँच्ने आधार । २. सबै नपाइने किन्न सम्बन्ध सत्य झुठको छद्मवेषी गाह्रो चिन्न । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ ~~<•>~~
[४८] १. अटुट रहोस् सम्बन्ध नहोस् केवल औपचारिकता मगमगाई रहोस् सुगन्ध । २. लम्बिरहोस् हाम्रो सम्वन्ध दुखसुख निरन्तर झेल्दै छरिरहोस् मनोहर सुगन्ध ! ✍️ पेम्बा योल्मो ~~<•>~~
[४९] १. भाइचाराको राम्रो सम्बन्ध हामीले मिलेर गर्नुपर्ने काममा झन् सुगन्ध । २. राम्रो सम्बधको हित नराम्रो बानी छाेडेपछि भाइचाराको हुन्छ जित । ✍️ श्रीकृष्ण धामी – बझाङ ~~<•>~~
[५०] १. सम्बन्धले माया भराैँ व्यवहार राम्रो पारेर खुसीसँगै प्रेम गराैँ । २. व्यवहारले मन छुन हुनुपर्छ ज्ञानी विवेकी सम्बन्ध गाढा हुन । ✍️ सहयात्री शाेभा अर्याल रुपन्देही ~~<•>~~
[५१] १. सम्बन्ध बिग्रिँदै गयो तिमीले शङ्का गर्नाले ठुलो क्षति भयो । २. सम्बन्धको कुरा नगर माया गर्छु तिमीलाई मेरै भरमा पर । ३. तिमी मेरो साहारा सम्बन्ध बिग्रियो भने बनिन्छ मृत्युको आहारा । ४. टाढियौ सयौँ कोस टाढा हुन्छ गाढा जाँगर चल्छ जोस । ✍️ ललिता सिन्धुली ~~<•>~~
[५२] १. सम्बन्ध गाह्रो टिकाउन बदनामीको मात्रै खाली नाम परो बिकाउन । २. जसले सम्बन्ध जोड्छ अनि बनाउँछ बहाना आफैँ बाटो मोड्छ । ३. हातमा हात मिलाएर सम्बन्ध अघि बढाऔँ टुक्रिएको मुटु सिलाएर । ✍️ लक्षमण देउवा ठकुरी आदर्श डोटी, हाल भारत ~~<•>~~
[५३] [१] आकाश र धरती खोलाको दुई तिर सम्वन्ध या पिरथी ? ✍️ ध्रुव श्रेष्ठ ~~<•>~~
[५४] १. सम्बन्धमा हुनुपर्छ गाढापन मायाप्रेम अनि सद्भाव चल्छ जिन्दगी सादामन । २. नाता सम्बन्धको तलाउ स्वच्छ निर्मल हुनुपर्छ संस्कार नभुली चलाऊ । ✍️ राजेस्वरी राजोपाध्याय ललितपुर ~~<•>~~
[५५] १. सम्बन्ध राम्रो बनाऔँ सम्झना सधैँ रहन सद्भावले सौम्य जनाऔँ । २. सम्बन्धले जीवन बन्दछ सदैव मिलेमा राम्रो यही मनले भन्दछ । ✍️ प्रेम थापा “मन”बागलुङ ~~<•>~~
[५६] १. सम्बन्ध राम्रो गासौँ जहाँ जहाँ भएपनि जीवनमा सधैँ हाँसौँ ! २. झिल्का काव्य पढौँ यस पाठशालामा रहेर सम्बन्ध गाँस्दै बढौँ । ३. बत्ती बल्यो झलल लेख्न जान्दा खेरी बढ्छ अघि सलल । ✍️ बेदु न्यौपाने 🇳🇵 ~~<•>~~
[५७] १. तिम्राे हृदयकाे सगरमाथा दवाई औँला अञ्जलीले विरताकाे सुनाैला गाथा । २. कुरेर प्रतीक्षाकाे चाैतारी भावनाकाे भित्री सागरमा नछुटोस् सम्बन्धकाे औतारी । ३. टुट्नुहुन्न सम्बन्धकाे डाेरी एकमुठ्ठी श्वास रहुन्जेल् नजानुस् सहकार्य ताेडी । ✍️ श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर
साप्ताहिक झिल्का लेखन अभ्यासको आठौँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविता प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला – ०८ मा सहभागी झिल्काकारहरू-
… १, फोहोरको मोहर हौ प्राप्त व्यवस्था सुधार्न जनको ढुकढुकीमा छौ । २, नारी सृष्टिको मुहान उज्यालो बिहान ल्याउने कहिल्यै घट्दैन सम्मान । ३, आहा ! देशको प्रशासक सगरमाथाझैँ शिर उॅंचो भक्षक विरुद्धमा रक्षक ।
म्यामराज राई, भोजपुर … १) कागजमै आहा समृद्धि घट्ने चान्सै हुँदैन उकालोमा छ मूल्यवृद्धि ! २) बरु छोड्ला सासले पटक्कै कुर्सी छोड्दैनन् नेता मालको आसले ! ३) आलु भनेर पिँडालु बनाई मूर्ख जनता छल्न साह्रै सिपालु !
वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ … १, आँसुको सागर बगेछ बन्धन मुटुमा गाँठो कसिॅंदै कसिॅंदै सरेछ । २, शिवरात्रि भाङ, धतुरो ताण्डव नाचेर बिताए हाँसोमा भएछ चतुरो । ३, नारीको अस्तित्व रहन्छ परिश्रम गरेर खान्छन् माटोमा कुँदेर सहन्छ ।
अम्बिका अधिकारी, झापा बिर्तामोड … १, गर्छौँ मिठा कुरा मुखले ठिक्क पार्दै तर छन् अधुरा। २, जोगी देखिॅंदैनन् फरक भाँडो उही भई लागिरहन्छ हामीलाई हरक। ३, भन्छौँ सबै ठिक देखिॅंदैन कतै नयाँ अनि लागिरहन्छ दिक।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका,बोस्टन। … १, महिला अधिकारका कुरा सबैले गरेको देखेर, मनै आनन्दित पूरा। २, नबनोस् एक दिनलाई महिला दिवस उत्सव, दबाएर हरेक छिनलाई। ३, मिलाए हातमा हात नारीहरू अघि बढ्नेछन्, पाए समाजको साथ।
पुष्पा राई, खोटाङ। … १, हामी नेपालीको माथ विश्वको सामु झुक्दैन खेलाँची कहिल्यै नठान ॥ २, खान्छौँ आफ्नै पौरख खोस्रेर पाखा पहरा यसमै मान्छौँ गौरव ॥ ३, आफनै पौरखमा बाँचौँला सधैँ रमाउँदै खुसीले मिलेर हामी नाचौँला ।
गुणनिधि घिमिरे अमेरिका … १, नारी अस्तित्व मेटिए स्वतन्त्रताको नारा अनर्थ न्यायको थाप्लोमा टेकिए । २, नारी महान् सम्मान छैनन् नारी घरमा कसरी चल्छ जहान ? ३, हरे ! शिव भोला नारी अस्तित्व सबैको रक्षा गर्नु होला ।
बेदु न्यौपाने … १, झरेको झर्ना हेर्दा भयो अति आनन्द मायाले साथमा बेर्दा। २, रहर मेटिएन मनको देखेर आकृति तिम्रो लजालु त्यो पनको। ३, मेरो जीवनको सहारा जूनझैँ बनेर आइदियौ आकाशको चम्किलो तारा।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा … १, नारी दिवस अर्थ सानी ठुली बुझे सत्कर्म गरी गर्व । २, लहडमा नलाग सानी अगाडि बढ लिएर असल आचरणको बानी ।
देव मगर … १, कागजी बाघ भए विकास बाधा भयो एकै ठाउँमा गए। २, मात्र भोटको मिसन उखान टुक्का हाली सकियो कामको लगन । ३, जनताको पसिनामा रजाइॅं काले काले मिलेका पालैपालो दाग लगाई।
सुरेशकुमार पाण्डे दाङ घोराही १८ … १, फेरि उडायो तारा पार्छ पक्कै पनि बेथिति जगमग सारा l २, नउठोस् कृत्रिम बादल छेक्न त्यसको आभा बजाई बेतालको मादल l ३, बन्नु दक्ष प्रशासक खोजी खोजी भ्रष्टलाई डस्नू, बनेर तक्षक l
बाबुराम गौतम, गुल्मी … १, सबले मिली खाने असल नेता अब खोज्न कहाँ जाने। २, कसको गर्नु भर ? आफू आफैँसॅंग पनि लाग्छ अचेल डर। ३, कान चिरेका जोगी सबै नेता उस्तै, खान मात्रै भोगी।
नवशिला, नवदेव मार्ग, लालभित्ती,मोरङ … १, छैन यहाँ सातुसामल अल्छी साइँदुवा मोरो पानी उमाल्नू, हरपल । २, छैन काम दाम घुमीफिरी दिन बिताउने चाहियो मिठो माम। ३, पेट छालाको धोक्रो भरिनै पर्छ नभरे समातिहाल्छ नि घोक्रो।
बिके मुखिया, दार्जिलिङ भारत … १, बन्नुपर्छ सुयोग्य नारी रिसराग सबै त्यागेर घरव्यवहारमा गरौँ सफारी। २, शिवको भक्त भएर तीर्थयात्री मख्ख पार्यो मठमन्दिर दैनिक गएर। ३, गृहमन्त्री बने रवि भ्रष्टाचार निर्मूल गरेर कस्तो बनाउॅंछौ छवि ?
राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी – ५, राधे राधे भक्तपुर … १, केही गर्न बाँचौँ अन्याय सहनु हुँदैन शक्ति सामर्थ्य साँचौँ । २, कर्तव्य हुँदैन भुल्नु पाइॅंदैन मागेर अधिकार लक्ष्यहीन किन डुल्नु ? ३, झनै बिग्रॅंदो रीति सकिॅंदैन यसरी जिउन भड्किॅंदो सबैको मनस्थिति !
ऋजु दिल्पाली, ईटहरी १ सुनसरी … १, महान् हुन्छ कर्मले सुन्दर देश दुनियाँ सजीव सेवा धर्मले ! २, उकाली गर्दै ओराली एकसाथ जीवन मार्गमा मिलेर बसौँ चौतारी ! ३, हावा चलेछ रातमा अनुपम सृष्टि संसार शीतको थोपा पातमा !
आर्त अकुलीन … १, बगेछ आँसुको भेल छ मन भक्कानिएको कहिले हुन्छ मेल ? २, किनार छन् दुईतिर आफ्नो गतिमा नदी हुँदैन कहिल्यै अस्थिर ।
प्रेम थापा “मन”बागलुङ … १, समयको गरौँ ख्याल पल पल सम्झॅंदै नत्र भइन्छ बेहाल।
तोया नाथ चापागाईं, दमक, झापा … १, कस्तो समय आयो अरूलाई होच्याई आफू रमाउॅंदै सरम पचायो ।
विजय रिजाल … १, देशमा उजेली छाएन अनेकौँ तन्त्र आए सुनौलो बिहानी आएन। २, मान्छे मात्रै फेरियो नीति उस्तै उस्तै शासन सबैको हेरियो। ३, उसले सरम पचायो सहस्र वितण्डा गरेरै फेरि कुर्सी बचायो ।
नील हरि काफ्ले, सिन्धुली (हाल काठमाडौँ) … १, आफ्नै माटो खोस्रेर उब्जनी गरौँ हामी धर्ती पसिनाले सिॅंचेर । २, बल्ल बन्छ देश हातमा हात मिलाउँदै सम्हालौँ आफ्नो परिवेश ३, सुन्दरताको छ खानी परिश्रमी किसान छन् सबैको सहयोगी बानी ।
सरिता सेढाई, धादिङ … १, कुरा अधिकारका रहे कानुन छ भेदभावपूर्ण वकिलहरू बिक्री भए । २, अर्थतन्त्र ओरालो लाग्यो डुब्ने सङ्घारमा देश नेताहरू परपर भाग्यो । ३, प्रवासीलाई अधिकार चाहियो आफू बसेको देशबाट भोट दिन पाइयो ?
रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि … १, प्रयास आकाश छुनलाई सम्झेर कहिल्यै नरुनु बाआमालाई दिन्न रुनलाई । २, आफ्नै मान्छेले लडाउॅंछन् कसलाई उचाल्दा हुन्छ कानमा शङ्ख बजाउॅंछन् । ३, महिलाले महिला मारेका नेपालको कानुन मनमौजी महिलाहरू ओझेल पारेका ।
चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ … १, सलल बगेको खोला बाह्र वर्षपछि फर्कन्छ साँच्चै फर्केको होला । २, पवनले पत्र चलाउँदा सितारा घुम्टी झिकेर निशापछि रवि सल्बलाउँदा । ३, म भाग्यमानी ठानेर डोकोमा दुध दुहुन्न अडिन्न भन्ने जानेर ।
झरना विन्दु ‘सरु’, सिराञ्चोक-५,गोरखा, हाल:राइनास-१,लमजुङ … १, अन्याय अत्याचार विकार मौलाउन नपाओस् पुनः कोही नहोस् सिकार। २, मौनतामा रुमलिन नपरोस् आवाज उठाउनु पर्छ कसैले अतिक्रमण नगरोस् । ३, हारेको कर्म नभनौँ किमार्थ दिदीबहिनी हो कर्ममा लागि परौँ ।
पृथक प्रकृति … १, गर्नेको पुच्छर तान्छ्न् बहुमत पाएर चण्डालले हैरानी दिएर बान्छन् । २, उहिले लाइएन माया आँखाको मिठास झझल्को अहिले परिगयो छाया । ३, हरियाली सुन्दर ठाउँ मासेर यसरी आफैँले खोजेर कहाँ पाऊँ ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, मानवले मानवको सेवा अति उत्तम हुनेछ पुण्य कर्मको मेवा। २, बन्दछ भविष्य राम्रो समयलाई चिन्न सके डुबेको जिन्दगी हाम्रो ।
होम प्रसाद नेउपाने, धरान, सुनसरी … १, ए ! युवा जाग बन्नुपर्छ तिमी साहसी यसैले विकासमा लाग। २, सुकेर गयो खहरे लाग्छ उसलाई डर नबन तिमी सहरे। ३, माटो माया कति गर तिमी सम्मान जाँगर छ जति।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत … १, ओराली झर्दै उकाली एकदिन पक्कै आउला हामी खेलेको चौतारी ! २, सलसल बग्छ खोली उमेर भयो उनको पठाउँदा हुन्न भोलि। ३, नेपालीको बोलीमा मिठोपना सगरमाथा घुम्न आउनु चारैतिरका मिलेर सबैजना।
टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान … १, थापेर आमाको आसिक भर रहेनछ जिन्दगीको बाँच्न गर्दैछु कोसिस। २, तेरो मेरो गन्छौ फोहर हुन्छ जिन्दगानी बेतुक कुरा भन्छौ । ३, अर्थपूर्ण जीवन गाथा, चाहेर नि भएन पल्टिएर उल्टो पासा ।
मनोहरी पौडेल, गैडाकोट १ … १, आज सपना देखियो उज्यालो बिहानीपखमा हेर दुष्कर्मको समय लेखियो । २, सत्कर्म गर्ने गरौँ धर्म मान्दै मनुष्यको समयमा खुसीले भरौँ । ३, नडराऊ दुःख गर्न गर्छ पात पलाउने फेरि भुइँमा झर्न ।
धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ४, बिगारे जुम्ला … १, दौरासुरुवाल र कोट हेर! कत्ति सुहाएको छैन मनमा खोट । २, नेपाली हामी वीर राष्ट्र हाम्रो मुटु झुक्न दिॅंदैनौँ शिर । ३, हिमाल, पहाड, तराई सबै बरोबर यहाँ कोही छैनन् पराई ।
शशीश्री आचार्य … १, नभेटेसम्म बसेका पर वैकल्पिक शक्तिको पनि उम्दापनको भएन धर । २, हजार गरियो भलाइ द्वेषको एउटै काँटीले सिध्याई दिए जलाइ ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे … १, एक भई जुटौँ अन्त्य गर्न ज्यादती अब नारी उठौँ । २, किन बढ्छ देशमा हत्या हिंसा बलात्कार हुन्छ पापीको भेषमा । ३, विकास कहिले होला ? देशको प्रमुखमा खाली कुर्सीमै छोड्लान् चोला ।
अनिता भण्डारी, ताप्लेजुङ … १, छैन चित्त शान्ति देखेर देशको हालत मन भयो भ्रान्ति ।
मन्दिरा सेढाई, मलेखु, धादिङ … १, भो दुर्गति अति भुत्ला भुवाझैँ सधैँ यो जिन्दगीको गति । २, आमोदप्रमोद वर्णन गरी बस्छन् मानिस यहाँ जीवनचरित्र सोचेर सुधासरि । ३, आजन्म भाग्य टाँगी कति चल्छ जीवन सदैव भीख मागी ।
विवश पारदर्शी, झापा … १, बर्सियो आँसु खुनको झुटले ढाक्न सकिन्न नसोध्नु खबर उनको ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी … १, बाँच्नु कहाँ गएर ? जन्म लिन मनै छैन छोरी भएर २, सधैँ नराम्रो दृष्टि मारेर नारी रित्तिए के होला सृष्टि ? ३, विकृतिको आउँछ समाचार नारीलाई जोगाएर राख्नु देऊ बाँच्ने अधिकार ।
प्रकृति देवकोटा,चितवन टाँडी … १, हिमाल धपक्क हाँसेर दार्जिलिङले लाउँछ मोहनी हार्दिक साइनो गाँसेर । २, चिया पिउनु सुरुप्प हरर बासना चल्यो चियाको गुच्छा झुरुप्प। ३, दिन भयो घमाइलो आऊ, साथी घुमाउन गरौँ आपसमा रमाइलो ।
मोती सुब्बा, दार्जिलिङ,निमकी डाँडा … १, जीवन गुजारौँ हाँसेर पर्दछ किन रुनु ? उपकारी वाचा टाँसेर । २, मनुष्य योनिमा हामी हौँ प्रभुका दास काम गरौँ छामी । ३, जानु पर्दैन काशी सत्कर्म गरेर हुन्छ बसौँ बनेर मृदुभाषी ।
कार्की डिबी माकुम, सुनवल – ४, नवलपरासी … १, नारी सृष्टिकी खानी सन्तान खातिर त्याग ल्याउँछिन् उज्यालो बिहानी। २, लुकाई पीडा नारी ओठमा ल्याई हाँसो बोकी जिम्मेवारीको भारी। ३, नारी मैनको रूप आफू जलेर उज्यालो पग्लन्छे बन्दै धूप।
सरस्वती श्रेष्ठ … १, आशा भरोसाको आडमा , हिॅंड्यो ऊ अब टेकी सबैको ढाडमा । २, विश्वास गरे गाँडमा, फेर्दै रूप उसले लान्छ कि भाँडमा ! ३, रमाउन मन काखमा, तिम्रो पनि ध्यान नजाओस् ल लाखमा !
दीपा गुरुङ्ग समभाव, काठमाडौँ … १, जागोस् सबैमा जागरण आलस्य जिउमा रहिरहे फेरिन्न कहिले आवरण । २ जुनेलीले बिस्कुन सुकाउँदैन संस्कार संस्कृति बुझेको इमानदारले कुरा लुकाउँदैन । ३ प्रदूषित नहोस् माथ हरेक महान् कार्यमा सदा मिलोस् साथ ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा … १, छेपारोले गीत गाउँदैन व्यवस्थाको ठगाइले गर्दा रातमा निद्रा आउँदैन । २, मान्छे एउटै हामी उचाल्दा आकाशमा उड्ने जाति पर्यौँ दामी । ३, पहिलो भेटमा लजायौ बिहेपछि त तिमीले मेरो बाह्र बजायौ ।
राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ … १, महिलाले बन्धन तोडेर कति बस्नु भान्छामा परिचयको बाटो मोडेर। २, बस्नु कति रोएर कमजोर बन्नु हुँदैन आँसुले मुख धोएर। ३, मायाले माया मारेको मोहनीले हो कि कस्तो पीर पारेको।
संगीता खरेल, चन्द्रागिरि – ८, काठमाडौँ … १, आशाले बाँधेर राखिन्छ विश्वास भए जीवन फुस्कियो जहाँ साँचिन्छ । २, चिसो बतासले उडाउँदै प्रेममा फुल्यो ढकमक्क बास्नाले तृषित बनाउँदै।
बिकास छेत्री अञ्जान, बिजनबारी, दार्जिलिङ। … १, जिन्दगीमा दु:ख काटनु सुख कहाँ मिल्छ, साँचो माया साटनु । २, सफलतामा मेरो हात हेरौँ, जित भएपछि, बधाईको हुन्छ बात । ३, सबैको घरमा नारी दु:ख पनि लुकाएर , काँधमा हुन्छ जिम्मेवारी ।
श्रीकृष्ण धामी, बझाङ … १, यतिमात्र लाग्यो विशेष दिइन्छ हत्यारालाई सुरक्षा बधाई छ देश । २, तस्करीबाट समातिएको सुन लागु हुँदैन धनीहरूमा मेरो देशको कानुन । ३, दिनहुँ हुन्छ बलात्कार सरोकार छैन सत्तासीनलाई भइरहोस् हिंसा काटमार।।
बि.कुलुङ, दार्जिलिङ रंगबुल … १, मूल्याङ्कन भएन खुनको हातै काटेर लेख्ने, गर्थेँ नाम उनको।
शंकर कार्की, मकवानपुर … १, गन्तव्य खोज्दा पाइन्न, बढ्नु पर्छ अघि नत्र खिर खाइन्न। २, अरूको पछि लाग्नु, खर्च हुन्छ समयको बरु आफू जाग्नु। ३, जातिले धेरै छुन्छ जात मात्र एउटा जसमा मानवता हुन्छ ।
विनोद खाती, मिरिक, दार्जिलिङ … १, वरको सिन्को नसार्ने किन परको चिन्ता ? आफूले आफैँ लतार्ने। २, झिल्का त्यसै नसल्का! ठुलै शक्ति हो ! छिनमै मच्चाउँछ तहल्का।
हरिगोपाल प्रधान, बनेपा – १४ साँगा बजार … १, नलगाउनु कसैलाई खोट उम्रिॅंदैन होला कहिल्यै बिउबिनाको त बोट । २, पर्छ सबैले जान्न महिला पुरुष चाहिन्छन् यो सृष्टिलाइ धान्न ।
मन्जु बोहरा, सुदुरपश्चिम बझाङ … १, दुई दिनको जीवन छ घामछायाँ जस्तै बनाऔँ स्वच्छ मन । २, चल्दछ जीवनको खेल सुखदुःख हुनु स्वभाविक यदाकदा हुन्छ जेलझेल । ३, कहिले आँसु बगाउने कहिलेकाहीँ यो जिन्दगीमा खुसियाली मात्र मनाउने ।
रसज्ञ छहरा … १, आवरण मात्रै चटक्कै कृतिको उपसंहार पढ्दा मूल्यबोध पाइएन पटक्कै। २, धनकै मात्र लोभ मान सम्मान छैन यसैले हुन्छ विक्षोप। ३, दन्तेकथा हुन गयो संस्कार संस्कृति सबै भालुकै कन्पट भयो।
पेम्बा यल्मो … १, पीडा अनेकौँ बोकेर बाँचेका धेरै नारी इच्छा आकाङ्क्षा रोकेर । २, ईश्वर पाउन भाकियो शत्रुको आँखा लागेर खाल्डामै फेरि जाकियो ।
रचना शर्मा ‘प्रतीक्षा’ … १, भगवान्को शरण पर्छु शुभ प्रभातको सबैलाई हार्दिक नमन गर्छु। २, न फुर्सद हुन्छ झिल्का लेखन अरूको पढ्दा मन छुन्छ। ३, औधी साहित्यमा चासो बेफुर्सदी यहाँ बेकाम थाप्छु झिल्काको पासो
कोपिला अधिकारी, गोरखा सिरानचोक … १, हामी आजका नारी सबल अनि सक्षम काँधमा हाम्रो जिम्मेवारी । २, नसोच हामीलाई दास सृष्टिको सुन्दर सृजना हामी हौँ खास । ३, नारी आफैँ उठौँ मागेर पाइने होइन अधिकारको लागि जुटौँ ।
रुना कर्माचार्य दाहाल, चितवन … १, छैनौँ असल मानव देखिन्छ भेटिन्छ खराबी प्रवृत्तिको सबै दानव । २, जीवन सुखका लायक पोख्छन् असन्तुष्टि सबैले छैनन् उपयुक्त नायक । ३, ढाँटको खेतीमा गयो मन जितेनौँ कामले सत्य मासिएझैँ भयो ।
रामप्रसाद पुरी, बादेल, खोटाङ … १, निद भयो भङ्गै आहारा खोज्न उठे, भालेको डाकसॅंग दङ्गै । २, रगतलाई कालो पारी घरबार राम्रो सिॅंगार्छु बाँझो नराखी बारी । ३, हाँसो अधरमा छरी अन्धकारलाई च्याती दिन्छु, सङ्घर्षमा अघि सरी ।
सीमा कार्की समर्पण … १, लाग्छौँ दिवस मनाउन बरु सबै जागौँ देश सुन्दर बनाउन । २, गरौँ विभाजन फोहरको नागरिक बने सचेत , देशमा वर्षा मोहरको। ३, विवेकको उपयोग गरौँ सत्यको दिई साथ , न्यायलाई विश्वासले भरौँ ।
सुस्मिता अधिकारी, काठमाडौँ … १, राजनीतिमा भयो खेल जनता सधैँ मारमा गर्छन् नेता जालझेल । २, जनता हामी भेडा सधैँ विश्वास गर्ने नेता हुन्छन् टेडा ।
बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई – ४ झापा … १, आउँछिन् सधैँ जुनेलीमा लुटाएर निशामा कौमार्य जान्छिन् फर्की उजेलीमा । २, उपभोग्य साधन रे कठै ! कस्तो सोच ? उपभोक्ता मर्द ए ! ३, आयौ रश्मि जसरी स्वर्णिम रात भुलेर जाऊ भनूँ कसरी ?
नेत्र घिमिरे, सूर्यविनायक ,भक्तपुर … १, ठुला गरे कुरा संसदमा बसेर नेताले काम सबै अधुरा । २, दौरासुरुवालको छ सान नेपालीको एउटा छुट्टै भाषा संस्कृति पहिचान!