झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (सामाजिक काम) सम्पन्न

  • ७ चैत्र २०८०, बुधबार २०:०६ मा प्रकाशित
  • झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (सामाजिक काम विषयक) सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको थियोे ।

    झिल्का कविता लेखन अभियानको यस शृङ्खलामा विगतका शृङ्खलामाझैँ सर्जकहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत लगायत विश्वका विभिन्न देशमा छरिएर रहनुभएका नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये झिल्का लेखन अभियान पनि एक भएको र नेपाली समुदायका चाडपर्व, उत्सव लगायत विभिन्न विशेष अवसरहरूमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार/प्रवर्तक/प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम, लघुतम, प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ ।

    सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्का कविताहरू-

    [१]
    असल कर्म गरेर
    योगदान दिऊँ समाजमा 
    छँदैछ जानु मरेर !
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    सेवाभावले गर काम
    तिमीले देखेको सपना
    समाजमा राख नाम !
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ

    [३]
    आदर्श सिद्धान्त पवित्र 
    सामाजिक काम राजनीति
    नेपालमा छ विचित्र ।
    ✍️
    प्रद्युम्न चालिसे

    [४]
    गर्नुपर्छ समाजको सेवा
    राष्ट्रको गौरव राख्नलाई
    हामीले दिनुपर्छ टेवा !
    ✍️
    गुणनिधि घिमिरे
    अमेरिका

    [५]
    पदोन्नति पाउने आशामा
    व्यवस्था छ टेवलमुनिको 
    खुट्टा तानिन्छ भाकामा !
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    [६]
    देखाउन होइन नाम
    गरेर देखाऊ समाजमा
    कहिले नबिर्सने काम ।
    ✍️
    शंकर कार्कि,थाहा ३ मकवानपुर।

    [७]
    दुखीलाई साथ देऊ
    अरू नपाए पनि
    आशिर्वाद सधैँ लेऊ !
    ✍️
    कला  ढकाल,  झापा

    [८]
    सामाजिक कार्य गरौँ
    राष्ट्रलाई महान सम्झेर
    अघि अघि सरौँ ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।

    [९]
    देखेका ती सपनाहरू
    आफैँ पूरा गर्नुपर्दछ
    दिन्नन् सहयोग अरू !
    ✍️
    पवन दाहाल

    [१०]
    नखोज्नु नाम, दाम
    फलको अपेक्षा नराखी
    गर्नु सामाजिक काम !
    ✍️
    कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे

    [११]
    गर्नू सामाजिक काम 
    सधैँ सेवा गरेपछि
    हुन्छ अमर  नाम ।
    ✍️
    श्रीकृष्ण धामी - बझाङ

    [१२]
    समाजिक काम गरी
    कसैलाई दोष नदिएर
    कर्तव्यमा अघि बढी !
    ✍️
    एवाइ प्रभात
    धनकुटा,सहिदभुमि

    [१३]
    गरौँ असल काम
    यो समाज सुधारौँ
    चलाऔँ हाम्रो नाम !
    ✍️
    नवशिला
    नवदेव मार्ग, लालभित्ती, मोरङ।

    [१४]
    मनमा उत्साह लिएर
    बन्नेछ इच्छा समाजसेवी
    धन जीवन दिएर ।
    ✍️
    बाल कृष्ण श्रेष्ठ
    सोलुदुधकुण्ड न.पा.२ सोलुखुम्बु

    [१५]
    सेवा कार्य गहन
    मानिस विभिन्न थरीका 
    सक्नुपर्छ है सहन !
    ✍️
    मोती सुब्बा 
    दार्जिलिङ निमकी डाँडा

    [१६]
    सामाजिक काम गराैँ
    एकापसमा सद्भाव राखी
    ज्ञानकाे ज्योति छराैँ !
    ✍️
    केसर बाेहरा ” सङ्घर्ष “
    सुदूरपश्चिम ” अछाम “
    हाल ” भारतबाट ।

    [१७]
    समाजमा सेवा देऊ
    नाम जस कमाई
    सम्मानित मेवा लेऊ !
    ✍️
    विवश पारदर्शी 
    झापा

    [१८]
    हुनेछ सामाजिक सेवा
    सबैमा समभाव भए
    मिल्नेछ बल्ल मेवा !
    ✍️
    प्रेम थापा “मन”, बागलुङ
    [१९]
    सुधारौँ समाज हाम्रो
    गरेर असल काम
    राखौँ नाम राम्रो !
    ✍️
    अनिता भण्डारी, ताप्लेजुङ

    [२०]
    कर्मको फल पाउँछ
    धैर्य गर्नुपर्छ हामीले 
    एकदिन पालो आउँछ ।
    ✍️
    लक्ष्मण देउवा डोटी 
    हाल भारत

    [२१]
    नि:स्वार्थ समाजिक काम
    आधार हो आत्मसन्तुष्टिको
    खोजिन्न कुनै दाम !
    ✍️
    तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल

    [२२]
    गरेर केही उपकार
    अँगालेमा हजुर मृत्युलाई
    बैतर्नीमा हुनेछ पार !
    ✍️
    बि.कुलुङ
    रंगबुल

    [२३]
    राखेर मनमा धृति
    गराैँ समाजको सेवा
    नफैलाई कतै विकृति !
    ✍️
    हरिगाेपाल प्रधान
    काभ्रे बनेपा १४ साँगा बजार।

    [२४]
    गरेर परोपकार काम
    सबैको हात मिलाई
    उठाऔँ देशको नाम !
    ✍️
    कमल प्रसाद बगाले
    वालिङ्ग बजार स्याङ्जा, गण्डकी प्रदेश

    [२५]
    बोकेर सेवाको झोला
    सामाजिक काममा लागौँ
    जे होला होला !
    ✍️
    ललिता सिन्धुली
    हाल काठमाडौँ

    [२६]
    मिलेर गरौँ  काम
    इमानदार भै सबैले 
    राखेर देशको नाम !
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।

    [२७]
    गलत पाइला चालेर
    तिमीले के पायौ
    आफ्नै इज्जत फालेर !
    ✍️
    सुष्मा मगर, रोल्पा

    [२८]
    भेदभाव व्यवस्थापन गर्न
    हातेमालो गर्नसकौँ कामना
    खाल्डाखुल्डी  ठाँउ भर्न ।
    ✍️
    पृथक प्रकृति, झापा

    [२९]
    सामाजिक अभियानमा सक्रिय
    हुँदा समाजमा पाइन्थ्यो
    खुसीको लहर प्रिय !
    ✍️
    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [३०]
    गरी सामाजिक काम 
    उन्नति प्रगति गर्दै 
    चम्काऊ देशको नाम !
    ✍️
    रुना कर्माचार्य दाहाल 
    चितवन

    [३१]
    समाजमा एकताबद्ध हुँदा
    सकारात्मक भाव बढ्ने
    नकारात्मकतालाई सद्भावले छुँदा !
    ✍️
    संगीता खरेल
    चन्द्रगिरी ८ काठमाडौँ

    [३२]
    असल कर्मको गरेर 
    जोगाऊ सान पुर्खाको
    बिकास समृद्धि भरेर !
    ✍️
    दुर्गा भट्टराई 
    मोरङ

    [३३]
    अभियन्ता पथमा घुमेका
    बनाउन आफ्नै मुलुक
    पाइला पाइला चुमेका !
    ✍️
    नागेन्द्रप्रसाद यादव, दाङ

    [३४]
    गरे सामाजिक काम
    सम्मान दिन्छन् मान्छेले
    रहन्छ आफ्नो नाम !
    ✍️
    प्रकृति देवकोटा 
    चितवन

    [३५]
    गरौँ यस्तो काम
    जगतको भलाई हाेस्
    जसले चम्क्योस् नाम !
    ✍️
    दीपा समभाव
    काठमाडौँ

    [३६]
    उज्यालो ज्योति छर्दै 
    उदाहरणीय बनौँ हामी 
    सामाजिक काम गर्दै ।
    ✍️
    प्रविना प्रयासी 
    ओखलढुंगा

    ~
    [३७]
    गरेमा उदाहरणीय काम
    मरेपछि पनि जनमनमा
    रहन्छ शाश्वत नाम ।
    ✍️
    बाबुराम गौतम, गुल्मी

    [३८]
    सामाजिक सेवा गरौँ 
    पाइन्छ वास्तविक सम्मान 
    मानवताको शिक्षाले भरौँ ।
    ✍️
    सुस्मिता अधिकारी
    काठमाडौँ

    [३९]
    समाजमा बत्ती बालेर
    गौरव नाम राखौँ
    कुसंस्कार सबै फालेर !
    ✍️
    बेदु न्यौपाने🇳🇵

    [४०]
    कति सुन्दर नाम
    सदा समर्पित समाजसेवामा
    उस्तै सुन्दर काम !
    ✍️
    श्रीबहादुर केसी शैलुङ्गे
    भक्तपुर

    [४१]
    नलागोस् कलङ्कको टीको
    सामाजिक कार्य नगरे
    भूमिगत बस्न निको ।
    ✍️
    ऋजु दिल्पाली
    ईटहरी १ सुनसरी

    [४२]
    सेवामूलक कर्म गराैँ
    सन्ततिकाे शिक्षा खातिर
    मानवीय सुवास छराैँ ।
    ✍️
    त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा

    [४३]
    गरेमा सामाजिक काम
    इमानदार बनेमा सधैँ
    रहन्छ अमर नाम ।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही

    [४४]
    घरदेखी गाउँ मिले
    देश चम्किन्छ साथमा
    द्वन्द्वका घाउहरू सिले !
    ✍️
    टिकाराम पुन पुकार 
    छत्रेश्वरी गाउँपालिका २ सल्यान

    [४५]
    देखाउनू काम गरेर
    समाजसेवी बनी सधैँ
    इतिहासमा नाम भरेर ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर ठिमी ५ संगम काेलाेनी राधे राधे भक्तपुर ।

    [४६]
    समाजसेवाको काम गरौँ
    अन्धकार ती रातहरूमा
    आशाको उज्यालो छरौँ ।
    ✍️
    डम्बर थामी 'अनुपम'
     कालिन्चोक गा. पा. -६, दोलखा ।

    [४७]
    विरोध गरौँ अत्याचार
    सफा राख्न समाजलाई
    नगरौँ सामन्ती व्यवहार !
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८

    [४८]
    बुझेर वास्तविक मर्म
    बेलैमा सोचौँ सबैले 
    समाजमा छरौँ सुकर्म !
    ✍️
    नील हरि काफ्ले
    सिन्धुली (हाल काठमाडौँ)

    [४९]
    गरिबहरूलाई सहयोग गराै
    अन्न, कपडा बाँडेर
    सबैको भाेकाेपेट भराैँ !
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरि ।

    [५०]
    जसको गोजीमा ढेवा
    अहिले उसैको छ
    सामाजिक काम पेवा ।
    ✍️
    ध्रुव श्रेष्ठ 
    खोटाङ । हाल काठमाडौँ

    [५१]
    गरेर असल काम
    सद्भाव बाँडेर समाजमा
    अमर हुन्छ नाम !
    ✍️
    आर्त अकुलीन

    [५२]
    हामी बन्नुपर्छ सामाजिक 
    अप्ठ्यारोमा परेका व्यक्तिलाई 
    गरौँ सहयोग स्वेच्छिक ।
    ✍️
    बाबुराम पाण्डे 
    अर्घाखाँची

    [५३]
    परोपकारी बनेको राम्रो
    एकअर्को आपसमा मिलेमा
    बन्छ समाज हाम्रो !
    ✍️
    शोभा आचार्य गौतम
    काठमाडौँ

    [५४]
    एकताको भावना देखाऊ
    मिलिजुली काम गरेर
    इतिहासमा नाम लेखाऊ ।
    ✍️
    मन्जु बोहरा
    सुदुरपश्चिम बझाङ ✍️

    [५५]
    सगरमाथामा सदा रहोस्
    नेपाली जनको मनमा
    राष्ट्रभाव निरन्तर बहोस् ।
    ✍️
    शोभा शाह थापा,
    हेटौंडा ४, मकवानपुर ।

    [५६]
    गर्नू समाज सुधार
    खटेर सधैँभरि आफैँ
    गरिबको हुन्छ उद्धार !
    ✍️
    भगवती दवाडी

    [५७]
    आजभोलिका सामाजिक काम
    झट्पट फोटो खिँचेर
    पत्रिकामा छपाउने नाम ।
    ✍️
    बिके मुखिया
    दार्जिलिङ भारत

    [५८]
    गरौँ सामाजिक काम
    पुर्ण हुन्छ मिलेमा
    तोकिन्छ अमर नाम ।
    ✍️
    दुर्गा आचार्य 
    मोरङ

    [५९]
    गरौँ सामाजिक काम
    कुसंस्कार, कुबिचार हटाऔँ
    बनाऔँ स्वच्छ ठाम !
    ✍️
    बिजय रिजाल
    अर्जुनधारा-६, झापा

    [६०]
    सदा होसियार रहनुहोला
    ती प्यालामा मात्तिएकासँग
    रित्याउँलान् जिन्दगीको झोला !
    ✍️ भावना, बझाङ
    हाल दक्षिण भारत

    [६१]
    हातमा हात मिलाई
    समाजलाई सुदृढ पारौँ
    अमृत पान गराई ।
    ✍️
    पुष्पा राई ‘खाेटाङ ।

    [६२]
    जीवनभर गरे सुकर्म
    समाज बन्दछ सफा
    बुझेर दुखीको मर्म ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १

    [६३]
    इज्जत इमान बच्ने
    असल कार्य गर्नू
    समाजको सामु पच्ने ।
    ✍️
    उमा दाहाल
    शुन्दर हरैँचा -१० मोरङ

    [६४]
    सामाजिक कार्य गरौँ
    कसैको मन नदुखाई 
    जीवनमा अघि सरौँ ।
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाइ ४ झापा

    [६५]
    गरौँ सामाजिक काम
    सबै जुरुक्क उठी
    लेखौँ ऐतिहासिक नाम ।
    ✍️
    चुडामणी देबकोटा
    चनपा१३काठमाण्डौ

    [६६]
    गरौँ मिलेर काम
    बाँचुञ्जेल कर्तव्य पालन
    भविष्यमा रहन्छ नाम ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी

    [६७]
    बाटो, कुलो बनाउँ
    फुर्सद हुँदा आफूलाई
    सामाजिक कार्यमा लगाउँ !
    ✍️
    सीमा कार्की समर्पण
    मेलचोक पर्सा

    [६८]
    मनमा बनाए परिवेश 
    सामाजिक काम गर्ने 
    रामराज्य बन्दछ देश ।
    ✍️
    सरला माझी

    [६९]
    बुझाैँ समाजकाे मर्म
    गरेर सामाजिक क्रिया
    पूरा हुन्छ धर्म ।
    ✍️
    काेपिला अधिकारी
    गाेरखा सिरानचाेक

    [७०]
    सामाजिक कार्य गरौँ
    पुण्य मिल्छ गर्नेलाई
    यहीँ भावना छरौँ ।
    ✍️
    शशीश्री आचार्य 
    बौद्ध कुमारीगाल काठमाडौं

    [७१]
    गरौँ यस्तो काम
    उपकार होस् समाजको
    बढोस् देशको नाम ।
    ✍️
    अनमोल चन्द्र नेचाली राई
    लेबोड, दार्जीलिङ

    [७२]
    इज्जत खल्तीमा राख्यो
    खायो पाउँदा ग्वाम्म
    चाख मानेर चाख्यो ।
    ✍️
    मुग्लानको खबर

    [७३]
    पाइन्छ राम्रो मेवा
    कमाइन्छ नाम चारैतिर
    गरेर अटुट समाजसेवा ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ

    [७४]
    जीवन समर्पित गर्दै 
    बढेको छु समाजसेवामा 
    चेतनाको किरण छर्दै !
    ✍️
    दिल ठकुरी 
    टिस्टा भेल्ली दार्जिलिङ

    [७५]
    समाजसेवी टिक्दैन यहाँ
    भ्रष्टाचारीकै छ बिगबिगी
    मिलीजुली हसुर्छन् जहाँ ।
    ✍️
    नेत्र घिमिरे
    सूर्यविनायक, भक्तपुर ।
    [७६]
    सामाजमा मच्चियो खलबली
    भएनन् व्यावहारिक कार्य
    पसिना छुटायो खलखली ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड

    [७७]
    एकतामा हुन्छ बल
    निश्छल हुन्छ जो
    उही बन्छ सफल !
    ✍️
    देवी पन्थी

    [७८]
    जित्न खेलेकाे खेल
    सुरुमै हार खेप्नुपर्‍यो
    जिन्दगीले गर्‍यो झेल !
    ✍️
    ईश्वर साउद (भिक्षु)
    सुदुरपश्चिम अछाम रामाराेसन गाउपालिका ६

    —-<••: जय झिल्का ! जय साहित्य :••>–

    3 thoughts on “झिल्का लेखन अभियानको छैटौँ शृङ्खला (सामाजिक काम) सम्पन्न

    1. Thanks I have recently been looking for info about this subject for a while and yours is the greatest I have discovered so far However what in regards to the bottom line Are you certain in regards to the supply

    2. Thank you I have just been searching for information approximately this topic for a while and yours is the best I have found out so far However what in regards to the bottom line Are you certain concerning the supply

    Leave a Reply