
रौतहटमा रहेको शिव मनी ट्रान्सफरका सञ्चालकमाथि तीन जना भारतीय लुटेराहरुले गोली प्रहार गरेका छन।
रौतहट परोहा ९ मा रहेको शिव मनी ट्रान्सफरका सञ्चालक २६ वर्षीय नितेश साहमाथि गोली प्रहार गर्ने तीन जना भारतीयलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले भारत विहार पूर्वी चम्पारण मोतिहारीका मुनिफ कुमार यादव, राजाकुमार पासवान र चन्द्रभान सिंहलाई पक्राउ गरिएको रौतहट प्रहरी प्रमुख महेन्द्र श्रेष्ठले जनाए ।
उनले घटना भएको केही मिनेटभित्रै तीनै जनालाई पक्राउ गरिएको जनाए । उनले भने,‘घटना हुन साथ प्रहरीलाई खबर आयो, हाम्रो टोली घटनास्थलमा पुग्यो । यता सबै सीमानाकामा कडाइ गरियो, त्यसपछि बोर्डरबाट घेरा हालेर तीनै जनालाई नियन्त्रणमा लिइयो ।’
पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय रौतहतमा राखी घटनाबारे थप अनुसनधान प्रक्रिया अगाडि बढाइएको रौतहछ प्रहरीले जनाएको छ ।
रौतहटका एसपी श्रेष्ठले भारतबाट आएका ३ जनाले मनी ट्रान्सफरमा गोली चलाएर लुटपाट गरेको बताए । एसपी श्रेष्ठले घटनास्थलबाट कटुवा पेस्तोल र १ थान गोली बरामद भएको जनाए ।
कन्चटमा गोली लागेका साहलाई थप उपचारको लागि वीरगञ्जको न्यूरो अस्पतालमा लगिएको प्रहरीले जनायो । लुटेराहरू भारतीय नम्बर प्लेटको अपाची बाइकमा आएको प्रहरीको भनाइ छ ।


Hi i think that i saw you visited my web site thus i came to Return the favore Im attempting to find things to enhance my siteI suppose its ok to use a few of your ideas