• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

तीनकुने घटना : अनर्गल फोटो र भिडियो प्रकाशन नगर्न प्रहरीको आग्रह

  • १८ चैत्र २०८१, मंगलवार ११:३१ मा प्रकाशित
  • काठमाडौँ । काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनको हिंसात्मक रूपबारे अनर्गल फोटो र भिडियोहरू प्रसारण गरिएको भन्दै प्रहरीले त्यस्ता क्रियाकलाप रोक्न आग्रह गरेको छ ।

    सामाजिक सञ्जालमा प्रसारण भएका अनर्गल फोटो र भिडियोहरूका कारण अन्योल, भय र गलत धारणा फैलिन सक्ने भन्दै प्रहरीले तीनकुने घटनाको सामग्री भए उपलब्ध गराउन आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले सूचना प्रकाशन गरेर भनेका छन्, ‘गलत धारणा फैलिनेतर्फ सबै पक्ष गम्भीर तथा जिम्मेवार हुन अपिल गर्दछौँ ।’

    घटनाबारे छानबिन र अनुसन्धान भइरहेको भन्दै प्रहरीले त्यस्ता सामग्री भएमा जिल्ला प्रहरी परिसर काठमाडौँको फेसबुक पेज र इमेल ठेगानामा उपलब्ध गराउन भनेको छ ।

    Posted in मुख्य खबर, राजनीति

    नोवेल साकोसको नवप्रतिभालाई प्रोत्साहन पुरस्कार

  • १७ चैत्र २०८१, सोमबार १६:०२ मा प्रकाशित
  • विराटनगर (चैत्र १८)
    सुजाता राई

    नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको मासिक कार्यक्रम चैत्र १६ गते शनिबार दाहाल प्रतिष्ठानको सभा हलमा अन्तर्राष्ट्रिय लेखक संघका अध्यक्ष, विराट साहित्य सङ्गमका सल्लाहकार तथा विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख एवम् साहित्यकार शिव नारायण सिंगालको प्रमुख अतिथ्यतामा सम्पन्न भयो ।

    विशिष्ट अतिथिमा विराट साहित्य सङ्गमका सम्पादक रामबाबु दाहाल, दाहाल प्रतिष्ठानका शाखा अध्यक्ष नारायण प्रसाद दाहाल, नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष बाबुराम पोखरेल थिए भने अतिथिमा भानु कला केन्द्रका अध्यक्ष माया पौडेल, दाहाल प्रतिष्ठानका सचिव चित्रप्रसाद दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, सचिव चिरञ्जीवी काफ्ले, मैथिली समाजका अध्यक्ष डोमी कामत, दाहाल प्रतिष्ठानका केन्द्रिय सदस्य जीवनाथ दाहाल, कवि राजेन्द्र गुरागाई लगायत बेलबारीबाट लेखक, पत्रकार तथा अनुसन्धाता केशु विरही र साहित्यकार नवराज नवशीलाको उपस्थिति रहेको थियो ।

    विराटनगर शाखाले आफ्नो नियमित कार्यक्रमअन्तर्गत प्रतिभावान् बालबालिकालाई उत्प्रेरणा होस् भन्ने अभिप्रायले प्रदान गर्दै आएको प्रोत्साहन पुरस्कार यस शृङ्खलामा आकृति राईलाई प्रदान गर्‍यो । पुरस्कृत राईले एउटा गीतमार्फत आफ्नो प्रस्तुति समेत दिइन् ।

    सोही अवसरमा दाहाल प्रतिष्ठानका परिकल्पनाकार, संस्थापक सचिव तथा कार्यक्रमका विशिष्ट अतिथिमा रहेका रामबाबु दाहालले प्रतिष्ठान आफ्नो अवधारणा अनुरूप विकसित भएको खण्डमा साकोसले यही हलमा सधैँ कार्यक्रम सञ्चालन गर्न पाउने समेत घोषणा गरे ।

    शाखा अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम सञ्चालनको जिम्मा भने सचिव सुजाता राईको पोल्टोमा थियो । तीन दर्जनभन्दा बढी साहित्यप्रेमीहरूको उपस्थितिमा सबैले आफ्नो मन पर्ने विधामा साहित्यिक सिर्जना वाचन गरेर कार्यक्रमको शोभा बढाए । शाखाका सदस्य शान्ता भट्टराईले आफ्नो स्वागत मन्तव्यद्वारा आमन्त्रित पाहुनालाई स्वागत गरी सुरु भएको कार्यक्रम करिब चार घण्टासम्ममा समापन भयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६१ सम्पन्न

  • १७ चैत्र २०८१, सोमबार ११:५२ मा प्रकाशित
  • साप्ताहिक झिल्का लेखन अभ्यासको ६१ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
    साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ७९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।

    झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

    शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।

    झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्‍याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।

    साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ६१ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-

    १,
    तिम्रो रङ रङहरूमा
    सौहार्द उपस्थितिमा मिसिन्छ,
    देखिन्छ अतुलनीय नुमा ।
    २,
    सञ्जालमा सबै काबिल
    निर्णयार्थ निर्णय दिन्छन्
    समाज बन्न मुस्किल ।
    ३,
    पछ्याए राम्रो चलन
    कदापि हुँदैन घाटा,
    बरु घट्छ जलन ।
    ✍️म्यामराज राई
    भोजपुर
    …
    १,
    रङ्गहरू पोतिनु पर्छ
    मेटाई दु:खको धब्बा
    जीवनमा खुसियाली भर्छ ।
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    …
    १,
    झरेका ति आँसु
    हेरेर भन प्रिय
    कसरी म हाँसूँ ?
    २,
    रोएको यो मन
    देखेर देशको हालत
    कसरी सम्हालूँ, भन ।
    ३,
    देशको हालत डामाडोल
    भ्याएसम्म सबले खाए
    अहिले खोल्छन् पोल ।
    ✍️ध्रुव श्रेष्ठ
    खोटाङ
    …
    १,
    जिन्दगी थकित भयो
    हारेको जिन्दगी सम्हाल्ने
    पियार कता गयो ।
    ✍️राज कुमार राजभण्डारी खोटाङ्गे
    ऐसेलुखर्क – ३, खोटाङ ( हाल भक्तपुर )
    …
    १,
    उठेर आयो फेरि
    सिनो जनताले ढालेको
    जागौँ नगरौँ देरी।
    २,
    रङको भयो होली
    तराई, पहाड, मधेश
    खेल्यौँ हृदय खोली।
    ३,
    लेखौँ  लागेको आफूलाई
    प्रतिभा हुन्छन् सबैमा
    प्रगतिको बाटो समाई।
    ✍️सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    …
    १,
    आयो दौडेर होली
    माया प्रेम गाँसौ
    खेलौँ दिल खोली।
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    …
    १,
    नयनमा गहिराई अपार
    छर्छ घाम मुस्कानले
    मनको आँगनभरि प्यार।
    २,
    रङ्गिन्छु तिम्रो छायाले
    छुन नसके पनि
    स्पर्शका ती भावनाले।
    ३,
    नियम बन्दछ बन्धन
    खोज्छ परिवर्तन जसले
    हुन्छ त्यही अल्झन।
    ✍️सतीश पण्डित
    भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा ६ मातातीर्थ )
    …
    १,
    सकियो होली अब
    चैते दसैँको तयारीमा
    जुटौँ हामी सब।
    २,
    नयाँ वर्ष आउॅंदैछ
    चाडपर्व मनाउॅंदा भित्रभित्रै
    खर्चले ढाड समाउॅंदैछ।
    ✍️पुष्पा सुवेदी
    नेपालगन्ज, बाँके
    …
    १,
    जिन्दगी मैदान सङ्घर्षको
    आउने भएन दिन
    खुसी र हर्षको ।
    ✍️सरिता सेढाई
    धादिङ
    …
    १,
    रङ्गहरू सबैले खेल्नुपर्छ
    जीवनमा खुसीयाली भर्न
    रङ्गले सुखदुःख टर्छ ।
    २,
    वसन्त ऋतुको पर्व
    खेलौँ संस्कृतिको होली
    सबैले मानेर गर्व!
    ✍️वेदु न्यौपाने
    …
    १,
    तिम्रो मायाले गर्दा
    पागल बन्दै गए,
    बुझेनौ दुख पर्दा।
    २,
    स्वार्थमा चलेको कलि
    अर्थ रहेनछ सहयोग,
    जान्छन् गुण छली।
    ✍️शंकर कार्की
    थाहा नगरपालिका ३ मकवानपुर।
    …
    १,
    घमण्ड, द्वेष मासेर
    जीवन हाम्रो एकबारको
    जिउन सिकौँ हाँसेर
    ✍️विष्णु पंगेनी (पाण्डे )
    वालिङ्, स्याङ्जा
    …
    १,
    उमङ्ग छाएझैँ होलीमा
    देशोन्नतिका लागि आवश्यक
    मित्रता नेताको बोलीमा ।
    २,
    पाइन्छ नेपाली भन्न
    देश बनाउन सकिने
    योगदान दिए धन्न ।
    ✍️कोपिला समिक्षा
    खार्पा, खोटाङ
    …
    १,
    सकेसम्म हृदयदेखि हासौँ
    नदेखाउ कसैलाई रोएर
    सबैसॅंग मित्रता गासौँ ।
    २,
    आँखा राता नपारौँ
    तालि बजाउने आफ्नै
    बलिन्द्र आँसु नझारौँ।
    ✍️चुडामणि देवकोटा
    पुरानोनैकाप, काठमाण्डौ
    …
    १,
    वसन्तको बहार छायो
    गुराँसले वन ढकमक्क
    कोइलीले गीत गायो।
    २,
    वसन्तमा पालुवा फेरिँदै
    हरियाली छाउने तरखर
    लतिका सबतिर बेरिँदै।
    ३,
    कोइलीले गीत गायो
    वसन्तको स्वागत हेतु
    मनमा उमङ्ग छायो।
    ✍️सरस्वती श्रेष्ठ
    रुपन्देही, बुटवल
    …
    १,
    रङ्गको पर्व होली
    संस्कार जोगाउनुछ तिमीले
    दुख नहोस् भोलि।
    ✍️एवाइ प्रभात
    धनकुटा
    …
    १,
    एकपछि अर्को पर्व
    संस्कार मात्र फरक
    मानिन्छ गरेर गर्व ।
    २,
    संस्कृति हाम्रो सम्पत्ति
    बेला बेला आउँछ
    प्राकृतिक विपत्ति ।
    ✍️अम्बिका गिरी
    विराटनगर
    …
    १,
    सधैँ नकारात्मक क्रोध
    कार्ययोजना विहिन हिँड्छौ
    कहिले हुन्छ बोध ?
    ✍️प्रेम थापा “मन”
    बागलुङ
    …
    १,
    होलीले बढ्यो उमङ्ग
    आपसी द्वेष घटोस्
    दिगो प्रेम प्रसङ्ग।
    ✍️कमला देवकोटा
    पाल्पा
    …
    १,
    होलीको रङ जस्तै
    जीवनको हर आयाम
    फेरिएर जाओस् प्रशस्तै ।
    २,
    सकारात्मक बनोस् मन
    सृजनामा तल्लीन बनोस्
    उत्साह थपिओस् झन ।
    ✍️पुष्पा राई
    खोटाङ
    …
    १,
    सबैले खेलौँ होली
    उमङ्ग र सद्भावमा
    बेलेर मीठो बोली।
    २,
    हरियाली वसन्त आयो
    शिशिरको पीडा भुलाउन
    मनमा खुसीयाली छायो।
    ✍️संगीता खरेल
    काठमाडौँ
    …
    १,
    बिग्रेर मानिसको मति,
    ओरालो लागेको मृगझैँ
    रोकिन्छ कर्मको गति !
    ✍️आर्त अकुलीन
    …
    १,
    जीवन नफालौँ खेर।
    नर्कमय जिन्दगीलाई तिमी
    पबित्र बनाएर हेर ।
    २,
    जिन्दगी खरानिको रास।
    सबैको प्यारो बन्नु
    भएसम्म एकमुठी सास।
    ✍️बेल थोकर तामाङ
    बकैया – ८, बस्तिपुर, मकवानपुर
    …
    १,
    होलीको बेला आउनु
    सबैसँगै मिलेर हेर
    खुसी हर्षले छाउनु ।
    ✍️साहित्य प्रेमी सुशील
    धनगढी
    …
    १,
    शिशिरले ल्यायो घमाइलो
    गुराँस फुलेछ बनैमा
    कोइलीको भाका रमाइलो ।
    ✍️बिबा तामाङ
    दार्जिलिङ
    …
    १,
    प्रगति देखेर जल्नेसँग
    सावधान रहनुपर्छ हामी
    पलपल रङ बदल्नेसँग !
    २,
    हुन्छन् वरपर मान्छेहरू
    भाँजो हाल्ने सम्बन्धमा
    तिललाई पहाड बनाउनेहरू !
    ३,
    हिँडेर कर्तव्यको पथमा
    अगाडि बढौँ निरन्तर
    चढेर उन्नतिको रथमा !
    ✍️वसन्त अनुभव
    वसन्तविहार, घोराही, दाङ
    …
    १,
    हेर्दा त सानी
    तर साँच्चै उभित्र
    अनन्त छ कहानी ।
    ✍️योजना आचार्य
    …
    १,
    मिठो कुरा आयो
    मिल्ने मिलाउने दिन
    होली पर्व पायो।
    ✍️निमा छिरिङ भोटिया
    जलढका कालेबुङ
    …
    १,
    प्रभुको नाम बिर्सिएला
    ढिला किन हुनुछ
    प्रभु पथमा भेला ।
    २,
    जीवन फूल खिल्दछ
    शरणागति भएमा हामीलाई
    प्रभु माया मिल्दछ ।
    ३,
    जिन्दगी सङ्घर्षको मेला
    कदापि नहोऔँ सधैँ
    हामी प्रभुबाट हेला ।
    ✍️कार्की डिबी माकुम
    सुनवल -४, नवलपरासी
    …
    १,
    रङहरूमा सद्भावको सन्देश
    पुग्न नसकेपछि मनमा
    थाप्छन् हरतरहले बन्देज ।
    ✍️मोती योन्जन सुब्बा 
    दार्जिलिङ
    …
    १,
    संसार झुक्छ मायामा
    आमाको काख तुल्य
    हिमालको सितल छायाँमा ।
    ✍️विवश पारदर्शी
    झापा
    …
    १,
    छु पर्खेर बसेको
    हृदयमा माया बोकेर
    मुटुमा छु पसेको ।
    २,
    मलाई तिमी मनपर्छ
    किन किन तिमीतिरै
    यो मुटु सर्छ ।
    ३,
    आँखाले नै बोल
    बरु इसारा बुझूँला,
    मनको कुरा खोल ।
    ✍️मनुहाङ किराँती सोलु
    …
    १,
    लात भोको पेटमा
    आऊ काममा भन्ने
    बात पहिलो भेटमा ।
    ✍️नन्दलाल आचार्य
    बेलका-२, सिद्धार्थटोल, गल्फडिया, उदयपुर, कोसी प्रदेश, नेपाल ।
    …
    १,
    आयो वसन्त बहार
    चिसोलाई पर सार्दै
    छायो जताततै पहार l
    २,
    गुराँस फुले पाखामा
    अनगिन्ती चरका गीत
    सुनिन्छ नौलो भाकामा l
    ३,
    स्वर्गसरि लाग्छ गाउँघर
    गुन्जयामान छन् वनपाखा
    जताततै हरेक पहर l
    ✍️बाबुराम गौतम
    गुल्मी
    …
    १,
    हिॅंडेको छ रोजेर
    कर्म गर्नुपर्छ है
    पाइॅंदैन कहीँ खोजेर ।
    ✍️दीप गोले तामाङ
    रौतहट
    …
    १,
    अधर्मले हारेको छिन
    बाँड्छौँ सबैसँग खुसी
    सत्यले जितेको दिन ।
    २,
    आफ्नोसँग होली खेलेर
    मनाउॅंछौँ संस्कृति हामीले,
    अरूलाई दुःख नदिएर ।
    ३,
    आफ्नो संस्कृत बचाऔॅं
    तडकभडक नगरी खेलौँ ,
    रङहरू मात्रै लगाऔॅं ।
    ✍️सीमा कार्की समर्पण
    मेलचोक
    …
    १,
    जल्नेहरू जल्दै गरून्
    छिर्के लगाउने त,
    चाँडै नै मरून्।
    २,
    लेखान्त नै मान्नुपर्छ
    हाम्रो भेटलाई त,
    कुरा मिलेको ठान्नुपर्छ।
    ३,
    कतै देखेको हुनुपर्छ
    लाग्छ मलाई तस्तै
    मेरा शब्दले छुनुपर्छ।
    ✍️कला ढकाल
    झापा
    …
    १,
    समयको शक्ति ठुलो 
    गर्नुपर्छ राम्रो सेवा
    नत्र पसिन्छ दुलो ।
    ✍️नेत्रबहादुर श्रेष्ठ
    ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
    …
    १,
    हृदयमा फोटो फ्रेम
    तिम्रो मायाले राखेँ
    गर्छु तिमीलाई प्रेम ।
    २,
    प्रयोग गर्छन् रेती
    आफू मोज गर्न
    गर्छन् भ्रमको खेती ।
    ३,
    उर्लिन्छन् उल्फैको धनले
    कमाएको भन्ने कसरी
    हुन्छ थाहा विलासीपनले ।
    ✍️रामप्रसाद पुरी
    बादेल, खोटाङ
    …
    १,
    मनायौँ रमाइलोसँग होली
    आर्कोसाल के थाहा
    नआउन सक्छ भोलि।
    ✍️सुनगाभा पोखरेल
    कपिलवस्तु
    …
    १,
    मैले कसम खाएँ
    माया तिमी मेरो
    तिमीमा म पाएँ ।
    २,
    फूल जस्तै फक्रनु
    जस्तो दुःखमा पनि
    समयलाई राम्ररी पक्रनु ।
    ३,
    बेरोजगारीको छ प्रहर
    रोजगारीको समस्याले बढ्दैछ
    विदेश जानेको लहर ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल, काठमाडौँ
    …
    १,
    छाउँछ खुसी हर्ष
    अर्को नाम जिन्दगीको
    पक्कै हो सङ्घर्ष ।
    २,
    त्यागेर शङ्का भ्रम
    सफलताका लागि नै
    नियमित गरौँ श्रम ।
    ✍️भोज विवश मगर
    गैंडाकोट -३, नवलपरासी पूर्व
    …
    १,
    स्वच्छ पवित्र भावना
    चाडपर्व आउँछ जान्छ
    सबैमा सुखद कामना ।
    २,
    नरहून् कालामैला मनहरू
    ईश्वरीय शक्तिको सौरभ
    मीठासमै रहोस् वचनहरू ।
    ३,
    कुरा कसैको नकाटौँ
    सद्भावना रहनुपर्छ सधैँ
    आपसमा कोही नफाटौँ ।
    ✍️घनश्याम पन्त
    हरिवन, सर्लाही
    …
    १,
    खोक्रो नारामा नेपाल
    समृद्ध भनेर भक्ने
    नेताको छैन कपाल ।
    २,
    पग्लियो हिमालको हिऊँ
    पर्यावरण बदलिएको कारण
    प्रकृतिको ठग्ने निउॅं ।
    ३,
    लोकतान्त्रिक गणतन्त्रको शासन
    जनता महॅंगीको मारमा
    नेतालाई अधिक रासन।
    ✍️बिपी लामिछाने
    दमक, झापा
    …
    १,
    सम्झना ठुलो धन
    बाटौँला मायाको डोरी
    मिलाएर दुवै तनमन ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    …
    १,
    फुल्छ कति राम्रो
    लेकको वनमा लालीगुराँस
    राष्ट्रिय फूल हाम्रो ।
    २,
    वसन्त ऋतुसँगै आउने
    हरियाली नयाँ पवन
    मनमा खुसी छाउने।
    ✍️साबित्री प्याकुरेल
    धादिङ
    …
    १,
    लेखेको भाग्य मेटिॅंदैन
    कोरेको भावीले निधारमा
    खोजेर नयाँ भेटिॅंदैन ।
    २,
    अरूको आशा नगर
    दिन्छन् झुटो आश्वासन
    कहिल्यै नपर्नु भर ।
    ✍️राधा चाम्लिङ
    खोटाङ
    …
    १,
    मौसम परिवर्तन हुँदै
    निलो आकाशमा परिणत
    बादलका धब्बा धुँदै।
    २,
    वसन्त ऋतु आएछ
    पलाउँदैछन् नयाँ पालुवा
    सुकेका पातपतिङ्गर झरेछ ।
    ✍️शोभा आचार्य गौतम
    काठमाडौँ
    …
    १,
    रङ मुछिएका लोला,
    तराईको गर्मी यस्तो  
    विकृति आएर होला।
    २,
    खुसियाली कति मिठो,
    साथ राम्रो सधैँ
    रमाई खाने सुधोपिठो।
    ✍️दुर्गा आचार्य
    मोरङ
    …
    १,
    शुभकामना यो होलीको
    सुन्न पाऊॅं यस्तै,
    तिम्रो मिठो बोलीको।
    २,
    दुई शब्द खर्च
    होलीको शुभकामना सबैमा
    दिनु सबैले पर्छ।
    ✍️कृष्ण शर्मा ‘प्रतीक’
    मोदी – ७, पर्वत ( हाल: दुबई )
    …
    १,
    होलीमा सबै रहॅंदै
    भाङ, धतुरो नखानू,
    कष्टमा बस्नुपर्ला सहॅंदै ।
    ✍️रमा गुरुङ
    सालुगडा सिलीगुडी
    …
    १,
    होली रङहरूले छायो
    रमाउँदै सबै देशमा
    चरीले गित गायो !
    २,
    लाउँदै पर्वहरूले बाटो
    सबै विदेशमा हामी
    बाँजो घरको पाटो !
    ✍️रवि पौडेल
    दक्षिण भारत पाण्डेचरी
    …
    १,
    भोग्नेलाई हुन्छ थाहा
    दुःख सहर, गाउँको
    दुवैको मिश्रणमा आहा !
    २,
    उदाउँछ भोलि गर्व
    नौलो बिहानी लिएर
    रमाउँदै रङको पर्व ।
    ✍️शान्ति भुजेल
    …
    १,
    पर्दा जिन्दगीमा रात
    कसको विश्वास गर्नु ?
    आफ्नाहरूले गरेपछि घात ।
    २,
    आँसुलाई पर्छ थुन्न
    फुर्सद छैन कसैलाई
    मनको पीडा सुन्न ।
    ✍️प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना, सुर्खेत
    …
    १,
    दलेर एकअर्कामा रङ्ग
    होलीको पर्व मनाइयो
    सद्भाव नगरीकन भङ्ग।
    २,
    खोलेर मनको झोली
    संस्कार संस्कृति अनुसारको
    मनाइयो सबैले होली।
    ✍️अरुण कुमार भुजेल
    दार्जिलिङ, भारत
    …
    १,
    कति बोल्दछौ झुटो
    अखण्डित भन्छौ तिमी
    देख्दछु तमाम ठुटो ।
    २,
    नमानेर बस्दा धक
    श्रृङ्गार नगरीकन पनि
    रूप देख्छ चमक ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    …
    १,
    किसानले जोत्ने हलो
    गणतन्त्र आयो देशमा
    गरायो मुखियालाई भलो।
    २,
    किसानको काँधमा कोदालो
    खेतबारीमा उम्रीए बनमारा
    गरीबको घरमा भुइँचालो।
    ✍️होमप्रसाद नेउपाने
    धरान, सुनसरी
    …
    १,
    किसानको हातमा कोदाली
    व्यवस्था परिवर्तनले फेरिएन
    गर्ने उकाली ओराली।
    २,
    लाग्यो डाँडामा जुन
    तल्लाघरे शाहिलालाई मैले
    व्यर्थै लगाएछु गुन।
    ३,
    स्वर्गझैँ लाग्छ गाउँघर
    त्यहाँको वातावरण जस्तो
    भेटिॅंदैन कुनै सहर।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछाप:-सुनापति-१ ( हाल:-अमेरिका,बोस्टन )
    …
    १,
    जीवनको अनिश्चित मोड
    बाँच्नुको छैन ठेकान
    पैसा कमाउने होड ।
    २,
    चित्र छ विचित्र
    मान्छे पनि उदेकको
    कालो सेतो मनभित्र ।
    ३,
    सत्य सत्य बोल्छु
    पारदर्शी मन मेरो
    पोल सबै खोल्छु ।
    ✍ राजेन्द्र प्रधान ‘पासा’
    दार्जिलिङ
    …
    १,
    फुल्यो फूल गमलामा
    सुगन्ध छरेर वरिपरि
    भवरा आए हमलामा ।
    २,
    किन गर्छौ रिसराग
    भोक मेटाउन आज
    अघाएर फेरी भाग।।
    ✍️चन्द्रिका रिमाल न्यौपाने
    …
    १,
    प्रेममा परेपछि मान्छेहरू
    पागल जस्तो हुन्छन्
    त्याग्छन् बाआमा बरु ।
    २,
    स्वार्थी छन् मान्छेहरू
    आफ्नो फाइदा हेर्छन्
    लडाइ दिन्छन् अरू ।
    ✍️बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’
    कनकाई – ४, झापा
    …
    १,
    मनमा छैन शान्ति ,
    वसन्त ऋतुको बहारमा,
    देखिन्न मुहारमा कान्ति।
    २,
    उज्यालो भयो वन
    गुँरास फुलेर पहाडमा,
    प्रकृतिको हाँसेको मन ।
    ३,
    प्रकृति जस्तै हामी,
    निरन्तर चल्नसके त
    बनिन्थ्यो तब स्वामी।
    ✍️मनोहरी पौडेल
    गैडाकोट – १
    …
    १,
    चिसो मौसम रोकियो
    चैत मासको हावा
    बार्दलीमा टक्क ठोकियो ।
    २,
    बर्सात हुनै सकेन
    पालुवा ओइलियो खडेरीले
    परिश्रमको केही लागेन ।
    ✍️जानुका बास्कोटा
    काठमाडौँ
    …
    १,
    बुझेर पर्वहरूको अर्थ
    पालन गरौँ संस्कृति
    तामझाम नगरौँ व्यर्थ!
    २,
    खेलौँ मिलीजुली होली
    ईर्ष्या, द्वेष भुलेर
    गुनासोहरूको गाँठो खोली!
    ३,
    बोलिराखौँ मिठो बोली
    घोली मुखमा मिठास
    हुन्छौँ हुँदैनौँ भोलि ।
    ✍️ज्योतिका छेत्री
    सिलगडी, भारत
    …
    १,
    जुलुस र होली
    छक्क छन् नेता
    कसरी देखिन्छौँ भोलि ?
    २,
    मजै आएन होलीको
    सम्झेर‌ राजाको जुलुस
    कस्तो होला भोलिको ?
    ३,
    आफ्नै हो गल्ती
    याद आएन जनताको
    हेरियो आफ्नै खल्ती ?
    ✍️शम्भु गजुरेल
    सिन्धुली
    …
    १,
    नगर अर्कोलाई गाली
    कमजोरी पत्ता लगाइ
    बजाउँलान् शत्रुले ताली।
    २,
    सुकाई व्यर्थमा घोक्रो
    देख्दादेख्दै सुन्दर देश
    बनायौ साह्रै खोक्रो ।
    ३,
    गर्नुपर्छ बेलामा होस
    समयलाई चिन्न नसके
    खेप्नुपर्ला जनताको रोष ।
    ✍️जयनारायण नेपाल
    इलाम  ( हाल सूर्यविनायक २ बालकोट, भक्तपुर )
    …
    १,
    ऋतुराज वसन्त आयो
    चारैतिर हरियाली बनाई
    मनमोहक दृश्य छायो ।
    ✍️कोपिला अधिकारी
    गोरखा
    …
    १,
    हुन्छ सधैँ हार
    गयो कोसिस खेर
    सकिन लगाउन पार
    ✍️नन्दा धामी
    नौगाड, दार्चुला
    …
    १,
    समयले कोल्टे फेर्‍यो
    जलवायु परिवर्तन हुँदै
    प्रदूषणले संसारलाई घेर्‍यो ।
    २,
    देखिने ध्रुवतारा जस्तै
    सबैलाई सुमार्ग डोऱ्याउने
    प्रकाश छर्नु प्रशस्तै।
    ✍️देव स्याङ्देन
    कालेबुङ
    …
    १,
    उसलाई कस‌सैले तपाईॅं
    बनाओस् कि नबनओस्
    बनिदिन्छ आफैँ मपाइँ।
    २,
    बेग्लाबेग्लै मान्छेका ओठ
    छ कति पीडादायी ?
    सहनु परेको चोट।
    ✍️सतीश सिकारु
    तनहूँ
    …
    १,
    गुण लायौ अनेक
    कसरी बिसौँ मैले
    गुमाएर आफ्नो विवेक।
    ✍️हरिगोपाल न्हुच्छेँप्रधान
    काभ्रे, साँगाबजार बनेपा – १४
    …
    १,
    वैज्ञानिक गर्देछन् प्रयास
    पृथ्वीमा आउनेछ  सुनीता
    सबैलाई छ विश्वास  ।
    ✍️संगमानंद पत्रकार
    चूरु-राजस्थान, भारत
    …
    १,
    नजरको दृष्टिकोण फेर्नू,
    अरूलाई भन्नुभन्दा पहिला
    आफूलाई ऎनामा हेर्नू ।
    २,
    सम्बन्धमा छुरा खोपिन्छ
    छल्ने, लुकाउने गरेमा
    शङ्खाको बीउ रोपिन्छ।
    ✍️रुना कर्माचार्य दाहाल
    चितवन
    …
    १,
    सुन्दर देश नेपाल
    भिजनबिनाको छ नेतृत्व
    बनाए साहै बेहाल ।
    २,
    जीवन एक सङ्घर्ष
    पौरखी पाखुरा बजारे
    जीवनमा सदैव हर्ष।
    ३,
    कहाँकी हौ परी ?
    मदहोस हुन्छु म
    नहेर बिन्ती त्यसरी ।
    ✍️बिमल पोखरेल
    धरान -१७, पटनाली
    …
    १,
    आर्यघाट जलाइएको लास
    उफ्रिॅंदै चाहियो भन्छन्
    गनतन्त्रमा कस्तो बकवास ?
    २,
    उहिले गएको मलामी
    ब्युँतिने स्वप्न देख्दै
    अहिले खोज्छन् सलामी ।
    ✍️राज बहादुर बडुवाल
    कनकासुम्दरी-५, जुम्ला
    …
    १,
    सोचेको आउँदैन दिन
    त्यसैले अब छोडिसके
    अनेकथरी पिर लिन।
    २,
    आशाको दियो बाल्न
    आफैँ परिश्रम गरेर
    पर्छ कदम चाल्न।
    ३,
    स्वार्थी भावना तोडौँ
    उन्नति, प्रगतिको बाटोतिर
    अब पाइला मोडौँ ।
    ✍️ललिता गिरी
    सिन्धुली
    …
    १,
    जोस जागर उर्जा
    सहने शक्ति मिलिरहोस्,
    क्षमता नै पुर्जा ।
    ✍️श्रीकृष्ण धामी
    बझाङ
    …
    १,
    विभिन्न रङ घोली
    पर्वमा गरौँ रमाइलो
    आपसमा मिलाइ लोली ।
    २,
    अबिर अनि रङ्ग
    रमाएको देख्दा हामी
    पराया होऊन् दङ्ग ।
    ३,
    मनमा उमङ्ग छायो
    नयाँ पालुवा लिएर
    वसन्त ऋतु आयो ।
    ✍️शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    …
    १,
    सधैँ खुसी भएर
    जिउने हामी सबै
    पीडा भुल्दै गएर।
    ✍️सानु जोशी
    सुदुरपश्चिम, दार्चुला
    ::::::::जय झिल्का साहित्य ! ::::::::

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, म्यामराज राई, वसन्त अनुभव, साप्ताहिक झिल्का कविता

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग-१२२ सम्पन्न

  • १७ चैत्र २०८१, सोमबार ०६:५७ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयबाइसऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८१/१२/०७गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२२[एकसयबाइसऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पाली
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    बसाई शहरको भो।
    दुःखले कहरको भो।
    जसोतसो जिन्दगी छ,
    खानामा जहर भो।
    कत्तिको रहर भो।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    ओहो ! सहर सबैलाई बस्न लाग्यो रहर
    छेउमा सहि, घर बनाउने जाग्यो रहर,
    जङ्गल पनि पुरै ढाकछोप भयो बस्तीले
    अचेल जनसंख्याको चापले भाग्यो रहर,
    सुख सुविधा खोज्दै विदेशीने माग्यो रहर।
    -शोभा आचार्य गौतम
    काठमाडौँ

    पञ्चाङ्ग:०३
    पाेहाेर आको ऋतुराज आज घरमा आयाे
    फूलै फूलको डाली बाेकी आफ्नो भरमा आयाे
    हात खुट्टा उस्तै देख्छु चाल पनि उस्तै हुँदा ,,
    बिर्सेकाे रहेनछ आफ्नो कुल थरमा आयाे
    महँगीलाई नछाेइ ऊ आफ्नो दरमा आयाे।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०४
    व्यस्त सहरमा कसरी चलाउने जिन्दगी यो,
    अक्सिजन छैन कसरी पलाउने जिन्दगी यो।
    एक घरका अर्को घरका सँग चिनजान छैन्,
    छैन खाना,पानी कसरी जलाउने जिन्दगी यो,
    जग्गा नत खेती कसरी फलाउने जिन्दगी यो ।

    -दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग-५
    यहाँ शुद्ध हावा अनि शुद्ध पानी कहाँ पाउनु अचेल
    सबैले गाउछन् पप लोकभाका कहाँ आउनु अचेल
    गाउँघर आज शहर भो देउसीरे भन्न रहर भो
    आगन नै छैन घरको देउसे कहाँ धाउनु अचेल
    बनजङ्गल त मासियो कोइली कहाँ गाउनु अचेल।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    दाङको घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न

  • १७ चैत्र २०८१, सोमबार ०६:१५ मा प्रकाशित
  • चैत १६ दाङ

    राप्ती साहित्य परिषद् दाङ शाखाको आयोजनामा शनिवार घोराहीमा बहुभाषिक काव्य उत्सव तथा स्रष्टा सम्मान कार्यक्रममा भाषागत विविधता प्रस्तुत गर्दै एकै थलोमा सात भाषाका सिर्जना प्रस्तुत गरिएका हुन् ।
    बहुभाषिक काव्य उत्सवमा नेपाली, संस्कृत, अवधि, कुसुण्डा, नेवारी, मगर र थारू भाषाका १४ वटा काव्य रचना बाचन गरिएका थिए । उत्सवमा साहित्यकार एवम् कविहरू नारायण नेपाल र शारदा शर्माले नेपाली भाषा, उत्तम खतिवडा र जनक पोखरेलले संस्कृत भाषा, नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठले नेवारी भाषा, जगतराम यादव र बसन्तप्रकाश यादवले अवधि भाषा, छविलाल कोपिला र राजकुमार कान्छाले थारू भाषा, क्षितिज मगर र कमलप्रसाद गौतमले मगर खाम भाषा र उदय आले र निर्मला कुसुण्डाले कुसुण्डा भाषाका विभिन्न विषयवस्तु समेटिएका रचना प्रस्तुत गरिएका थिए ।


    राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको काव्य उत्सव कार्यक्रममा साहित्य तथा गीत संगीत क्षेत्रको उन्नयनमा योगदान पुर्‍याउने ६ जना साहित्यकारलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो । कार्यक्रममा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी, वेदप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट गायक प्रकाश रेग्मी र कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट कवि एवम् समालोचक, अनुसन्धानकर्ता डा.कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो ।


    कार्यक्रममा साहित्यकार एवम् समाजसेवी विनोद पोख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ लाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष एवम् वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पुरस्कार प्रदान गरेका थिए ।


    कार्यक्रममा पुरस्कार प्रदान गर्दै शर्माले एउटै मञ्चमा विभिन्न भाषाका कविता प्रस्तुत गरेर साहित्यमा भएको विविधतालाई एकतृत गर्ने काम गरेको बताए । परिषद्ले भाषा संरक्षणसँगै साहित्य उत्थानका लागि गरेको यो प्रयास अनुकरणीय रहेको भन्दै भाषा, कला र संस्कृति जोगाउनका लागि यस्ता कार्यक्रमले सहयोग गर्ने बताए । बहुभाषिक काव्य उत्सवले विभिन्न भाषाको संरक्षण र स्रष्टालाई मातृभाषामा रचना सिर्जना गर्न उत्प्रेरित गर्ने काम गरेको भन्दै उनले परिषद् दाङ शाखाको प्रशंशा व्यक्त गरेका थिए ।


    कार्यक्रममा बोल्ने अन्य वक्ताले एउटै मञ्चमा विभिन्न भाषाका कवितालाई स्थान दिएर नयाँ अभ्यासको थालनी गरिएको भन्दै यस प्रकारको कार्यक्रमले ओझेलमा परेका भाषा, साहित्य र संस्कृतिको विकासमा सहयोग गर्ने बताएका थिए । वक्ताहरूले नेपालको बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई उजागर गर्न कार्यक्रमले सघाएको भन्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । साथै आगामी दिनमा सबै भाषा र भाषालाई समेट्दै कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।


    कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले भाषा, साहित्य र कला संस्कृतिको विकासका लागि सबै भाषालाई समेट्दै कार्यक्रमहरू गर्न आवश्यक रहेको बताएका थिए । राप्ती साहित्य परिषद्का केन्द्रीय निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समिर’, पुरस्कृत व्यक्तित्व प्राज्ञ सदस्य कृष्णराज सर्वहारी, सम्मानित व्यक्तित्व पदमप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य तथा पत्रकार शरद अधिकारी, साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरका अध्यक्ष डिल्लीराज श्रीधर, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च एवम् नागरिक समाज दाङका संयोजक निमबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
    कार्यक्रममा पुरस्कृत व्यक्तित्व कालाकार प्रकाश रेग्मीले गीत गाएका थिए । परिषद्को वार्षिक साधारणसभा समेत रहेको उक्त कार्यक्रममा सचिव घनश्याम केसीले सांगठनिक तथा कोषाध्यक्ष सुशीला आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डेयको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    इफ्तारी तथा भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न ।

  • १६ चैत्र २०८१, आईतवार ०१:२७ मा प्रकाशित

  • रमजान दिन मियाँ ! साउदी अरबको जेद्दामा अवस्थित ईस्लामिक दावाह सेन्टर सनैयाद्वारा गत २७ मार्च बिहिवारका दिन आयोजित इफ्तारी तथा भलिबल प्रतियोगिता भब्यताका साथ सु-सम्पन्न भएको छ ।
    नेपाली दाजुभाइ दिदिबहिनीहरुलाइ एक्जुट गराउने र एक आपसी भेटघाट गर्ने उद्देश्यका साथ मुस्लिमहरुको पवित्र महिना रमदानको अन्तिम समय र इदको सुरुवातसँगै आयोजित उक्त कार्यक्रम महाबाणिज्यदुताबास जेद्दाका कार्यवाहक महाबाणिज्यदुत श्रृजना अधिकारीको प्रमुख अतिथ्यमा, नेपाली बिभागका प्रमुख मन्जुर अलि मियाँको सभापतित्वमा, रम्जानदिन मियाँद्वारा संचालन गरिएको थियो ।

    बिशिस्ट अतिथिमा महाबाणिज्यदुताबास जेद्दाका श्रम सहचारी जीवन घिमिरे, अतिथिहरुमा एनआरएनए उपाध्यक्ष राजकुमार गिरि, तमुधी जेद्दाका भिम गुरुङ, र  आरसिसि जेद्दाका कार्यवाहक अध्यक्ष चिरञ्जीवी बस्नेत, तथा नेपाली युवा क्लबका प्रतिनिधि रहेका थिए ।
    कार्यक्रममा अतिथिहरुद्वारा रमादान तथा इदको शुभकामना दिदै यस्ता  कार्यक्रमले नेपाली दाजुभाइ दिदिबहिनी हरुलाइ एकजुट गर्ने, एक आपसी भाइचारा बढाउन मद्दत गर्ने र श्रमिकहरुको समस्या समाधानमा समेत सहयोग पुर्याउने कुरा अबगत गराउदै आयोजक टिम लाई धन्यवाद दिनुभएको थियो !


    कार्यक्रममा बिशिस्ट तथा  प्रमुख अतिथि  महाबाणिज्यदुताबास जेद्दाका कार्यवाहक महाबाणिज्यदुत श्रृजना अधिकारीले रमदान तथा इदको शुभकामना दिदै कार्यक्रम आयोजकलाइ धन्यवाद दिनु भएको थियो । साथै श्रमिकहरुलाइ कुनैपनी सहयोग चाहिएमा दूतावासमा सम्पर्क गर्न र आफुहरु श्रमिक हकहितको सहयोगको लागी  तयार रहेको बताउँदै  भलिबल प्रतियोगिताका लागि आएका खेलाडीहरुलाइ शुभकामना दिनु भएको थियो ।
    उक्त कार्यक्रममा करिब १०० देखि १५० जनालाइ इफ्तारीको खानेकुरा, जुस, पानी खाना, तथा फलफुल खुवाइएको थियो ।
    इफ्तारी कार्यक्रम सकिए लगत्तै भलिबल प्रतियोगिता सुरु भएको थियो यान्बु राबिक र जेद्दा वरिपरि रहेका भलिबल खेल प्रेमी खेलाडीहरुको १२ टिमले सहभागी जनाएर खेल खेलेका थिए । उत्कृष्ट खेल खेल्दै लुलु अमिर फवाजले टिम प्रथम स्थान, आयोजक टिम नेपाली युवा क्लबले द्दितिय स्थान र राबिग टिमले तृतीय स्थान हासिल गर्दै क्रमश पहिलो लाई २००० साउदी रियल, द्दितिय हुनेलाइ १५०० र तृतीय हुने टिमलाइ ७०० रियल पुरस्कार प्रदान गरिएको थियो ! बिजेता टिमहरुलाइ आयोजक टिमका इस्लामीक सेन्टरका  प्रमुख मन्जुर अलि मियाँले मेटल, लगाइ प्रमाणपत्र प्रदान गरेका थिए । भलिबल खेलको संयोजन युवा क्लबका सन्तोष बि.क ले गरेका थिए !।

    प्रतियोगिता  बिहीवार बेलुकी ९  बजे  देखि सुरु भएर बिहान ९ बजे समापन भएको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर

    राजावादी आन्दोलनका प्रमुख अभियन्ता रहेका दुर्गा प्रसाईँ फरार !

  • १५ चैत्र २०८१, शनिबार १०:५७ मा प्रकाशित
  • राजावादी आन्दोलनका प्रमुख अभियन्ता रहेका दुर्गा प्रसाईँ सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड, आगजनी, र आतंक मच्चाउन उक्साएको आरोप लागेपछि भूमिगत भएका छन्।

    प्रहरी उनको खोजीमा जुटे पनि राति ११ बजेसम्म फेला पार्न सकेको छैन।

    सरकारले आगजनी, पत्रकार हत्या प्रयास, तथा सम्पत्ति लुटपाटको प्रमुख दोषी ठहर गर्दै उनीविरुद्ध मुद्दा दर्ता गर्ने निर्णय गरेपछि उनी फरार भएका हुन्।

    राजा फर्काउने आन्दोलनका जनकमाण्डर घोषित प्रसाईँको खोजी भइरहेकै बीच प्रहरीले घटनासँग जोडिएका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शम्सेर जबरालाई पक्राउ गरेको छ। तर, उनीहरूले ती घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन्।

    काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज अधिकारीका अनुसार, घटनाको मुख्य योजनाकार प्रसाईँ नै रहेको विभिन्न प्रमाणहरूले देखाएको छ, जसका आधारमा उनको पक्राउका लागि व्यापक प्रहरी परिचालन गरिएको छ।

    Posted in मुख्य खबर, राजनीति

    राजधानीको तीनकुनेमा प्रदर्शन उग्र !

  • १४ चैत्र २०८१, शुक्रबार १५:२३ मा प्रकाशित
  • काठमाडौँ । राजधानीको तीनकुनेमा प्रदर्शन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही राउण्ड रबरको गोलीका साथै ४ राउण्ड रियल गोली समेत प्रयोग गरेको सुरक्षा स्रोतले जनाएको छ ।

    अहिले राजावादीको प्रदर्शनका क्रममा बानेश्वर तनावग्रस्त रहेको छ। राजावादी समूहले वर्तमान व्यवस्थाको विरोधमा शुक्रबार राजधानीमा प्रदर्शन गरेको हो ।
    सो क्रममा स्थिती अराजक बनेको छ।

    राजावादी प्रदर्शनकारीले प्रहरी सुरक्षाकर्मीमाथि आक्रमण गर्दा केही प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीले सर्वसाधारणका घरमा तोडफोड र आगजनी गर्नुका साथै अन्नपूर्ण पोष्ट दैनिक पत्रिकाको कार्यालयमा पनि ढुंगा हानेका छन् ।

    Posted in मुख्य खबर, राजनीति

    देश छाड्नेको संख्या दोब्बरले बढ्यो, २० देखि २९ वर्ष उमेर समूहका युवा धेरै

  • १२ चैत्र २०८१, बुधबार ११:३३ मा प्रकाशित
  • राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना–२०७८ को आप्रवासनसम्बन्धी विश्लेषणात्मक प्रतिवेदनले २० वर्षमा नेपालबाट बाहिरिनेको संख्या दोब्बरले बढेको देखाएको हो।

    २०५८ सालको जनगणनाअनुसार, कूल जनसंख्याको ३ दशमलव ३ प्रतिशत नेपालबाट बाहिरिने गरेकामा २०७८ मा आइपुग्दा यो संख्या बढेर ७ दशमलव ५ प्रतिशत पुगेको छ।

    प्रतिवेदन अनुसार, देशबाट बाहिरिने जनसंख्यामा पुरुषको हिस्सा निकै ठूलो छ।

    बाहिरिनेमध्ये ८२ दशमलव २ प्रतिशत पुरुष छन् भने महिला १७ दशमलव ८ प्रतिशत बाहिरिएका छन्।

    देश छाड्नेमध्ये पनि २० देखि २९ वर्ष उमेर समूहको हिस्सा झण्डा आधा छ। ४९ दशमलव ४० प्रतिशतभन्दा केही बढी जनसंख्या यस उमेर समूहबाट बाहिरिएको छ।

    नेपालबाट बाहिरिनेमध्ये ३० देखि ३९ वर्ष उमेर समूह १९ दशमलव ५ प्रतिशत छ।

    देशबाहिर रहेको जनसंख्याको तीन चौथाइभन्दा बढी अर्थात् ७५ दशमलव ८ प्रतिशत १५ देखि ३४ वर्ष उमेर समूहको छ।

    देश छाड्नेको यही प्रवृत्ति रहेमा अबको ३० वर्ष अर्थात् विसं २१०८ सम्ममा देशमा युवा जनशक्तिको अभाव हुन सक्ने कार्यालयका प्रमुख तथ्यांक अधिकारी मधुसूदन बुर्लाकोटीले बताएका छन्। त्यतिन्जेल देशबाट बाहिरिने महिलाको संख्या पनि अधिक हुने उनको भनाइ छ।

    कार्यक्रममा बुर्लाकोटीले भने, ‘काम गर्ने उमेर समूहको जनशक्ति उच्च रूपमा बाहिरिने दरलाई नियन्त्रण गराउन यो तथ्यांकले सहयोग गर्ने अपेक्षा छ। दुई दशकमा दोब्बर जनसंख्याले नेपाल छाडिसकेको छ। यो संख्या नियन्त्रण गर्न नसके आगामी दिनमा झन् बढ्नेछन्।’

    Posted in मुख्य खबर, राजनीति, समाज

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- २०० सम्पन्न

  • ८ चैत्र २०८१, शनिबार १८:५१ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको २०० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- २०० मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-

    [१]
    उदक
    चोटिलो कविता
    साहित्य क्षेत्रको सविता !

    • वसन्त अनुभव
      [२]
      उदक
      लेखेर हेराैँ
      बिगारेर केही नकेराैँ !
    • रबि पाैडेल
      दक्षिण भारत, पाण्डेचरी
      [३]
      मनमा
      नपारी द्विविधा
      यथार्थ लेखौं कविता !
    • रमा पन्त, न्युजिलैन्ड
      [४]
      उदक
      छाेटाे कविता
      चाेटिलाे लेख्छिन् सविता !
    • नवराज भट्ट, कञ्चनपुर
      [५]
      उदक
      साहित्यिक तारा
      मन पराउँदैछन् सारा !
    • दुर्गा अधिकारी भमरकोटे
      हाल- कपन
      [६]
      छरेर
      भ्रममा नपर
      देखाऊ कविता भरेर !
    • वेदु न्यौपाने
      [७]
      कविता
      चाेटिलाे विम्ब
      मन पखाल्ने सरिता !
    • ताराप्रसाद चापागाईँ
      [८]
      उदक
      सूक्ष्म भाव
      मनमा उठेको तरङ्ग !
    • मोती योन्जन सुब्बा, दार्जिलिङ
      [९]
      उदक
      शब्दको वाण
      विकृति भ्रष्टाचारको भण्डाफोर !
    • दीप गोले तामाङ, रौतहट
      [१०]
      उदक
      जीवनको रङ्ग
      तुलना हुन्छ पानीसँग !
    • ऋजु दिल्पाली
      ईटहरी-१, हलगडा, सुनसरी
      [११]
      कविता
      कती बेहोरिने
      जीवनमा मनमोहक रमिता !
    • चूडामणि देवकोटा, पुरानोनैकाप, काठमाण्डौ
      [१२]
      सुष्मा
      कविताको संसार
      देशै हल्लाउने चमत्कार !
    • एवाइ प्रभात, धनकुटा
      [१३]
      मद्दत
      सुन्दर मार्गीय
      भविष्यको मौलिक प्रमाण !
    • प्रेम थापा ‘मन’, बागलुङ
      [१४]
      सरिता
      तिर्खा मेट्न
      बग्दैछिन् समुन्द्र भेट्न !
    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङकृत’
      पनौती न.पा.-३, काभ्रे
      [१५]
      युवाहरू
      चट्याङ बन्दै
      सडकमा उत्रिएर गन्दै !
    • घनश्याम पन्त, हरिवन, सर्लाही
      [१६]
      लेखौँ
      मीठा कविता
      शब्दको माला बुनेर !
    • अनिता भण्डारी, ताप्लेजुङ
      [१७]
      उदक
      सुक्ष्म ज्ञान
      गरौँ सबैले सम्मान !
    • संगीता खरेल, काठमाडौं
      [१८]
      उदक
      लघुतम रूप
      चोटिलो प्रहार खुब !
    • रुना कर्माचार्य दाहाल, चितवन
      [१९]
      शब्द
      देशको माटो
      सुगन्ध छर्दै उदक !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [२०]
      लेखौँ
      लेखौँ कविता
      मनको भाव खोलेर !
    • बिबा तामाङ, दार्जिलिङ
      [२१]
      उदक
      सिर्जनाकाे उदाहरण
      ल्याउँछ साहित्यमा जागरण !
    • प्रमाेद नेपाल
      [२२]
      भाव
      बगोस् कविता
      जसरी छरिन्छन् सविता !
    • कमला देवकोटा, पाल्पा
      [२३]
      उदक
      काव्यिक धारा
      जीवन एक साहारा !
    • आर्त अकुलीन
      [२४]
      उदक
      कुरोको चुरो
      साहित्य भित्रको वाण !
    • बुद्धिप्रसाद लामिछाने, घोडाघोडी-८, कैलाली
      [२५]
      उदक
      प्राकृतिक सरिता
      मानवीय हिसावले कविता !
    • घनश्याम पौडेल, पोखरा
      [२६]
      कविता
      विशिष्ट गन्थन
      गरिन्छ लेखेर मन्थन !
    • विवश पारदर्शी, झापा
      [२७]
      उदक
      लघु कविता
      रचना साह्राे गहिरो !
    • टीकाराम जाेशी, टीकापुर
      [२८]
      सरिता
      मनको भाव
      बगेर बन्छ कविता !
    • नेत्रबहादुर श्रेष्ठ
      ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
      [२९]
      उदक
      काव्यको पाटो
      जीवन सजाउने बाटो !
    • अच्युत घिमिरे, सर्पाङ, भुटान
      [३०]
      क्षमता
      गर्नुपर्ने ख्याल
      अन्यथा पाेखिएर छ्यालब्याल !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [३१]
      घुमन्ते
      विना अनुमति
      देखियो मातृभूमिमा हुकुमन्ते !
    • धनमाया चौधरी, कैलाली
      [३३]
      कविता
      बगिरहेको दोखिने
      निरन्तर साहित्यको जगतमा !
    • सुस्मिता अधिकारी, काठमाडौँ
      [३४]
      सविता
      तेजिलो घाम
      उज्यालो दिने काम !
    • सविता के.सी.
      [३४]
      जिनगी
      बहटु पानीहस
      मुस्कुराइठ जीवन कहानीहस ।
    • सागर कुस्मी, कैलाली
      [३५]
      गणतन्त्र
      भयो बद्नाम
      नेताको छैन काम !
    • सुरेशकुमार पाण्डे, दाङ, घोराही-१८
      [३७]
      फर्किदैन
      बगेको खोला
      पाठ सिकाउँछ होला !
    • कार्की डिबी माकुम
      सुनवल-४, नवलपरासी
      [३८]
      कविता
      मनका भाव
      पोखेर पार्ने प्रभाव !
    • सरस्वती वली
      [३९]
      उदक
      लघु कविता
      निरन्तर बहन्छ सविता !
    • सरस्वती श्रेष्ठ, रुपन्देही, बुटवल
      [४०]
      जल
      एक जीवन
      आखिर सबैको प्राण !
    • कविता आचार्य, कैलाली
      [४१]
      कविता
      मनका भावना
      एक बिसाउने चाैतारी !
    • केसर बाेहरा ‘सङ्घर्ष’
      अछाम हाल- भारतबाट
      [४२]
      कविता
      भावनाकाे छाल
      जीवनलाई नबनाउँनु बेहाल !
    • राज कुमार राजभण्डारी खाेटाङ्गे
      ऐसेलुखर्क -३, खाेटाङ, हाल- भक्तपुर
      [४३]
      आजभोलि
      लेख्छन् कविता
      देखाउने खाले रमिता !
    • राजेन्द्र भुसाल (डिल्ली), अर्घाखाँची
      [४४]
      पानी
      प्राणी मात्रको
      यसैमा अडेको जिन्दगानी !
    • शान्ता पौडेल भट्टराई
      टङ्कीसिनवारी, मोरङ
      [४५]
      रमिता
      देखाउन सकूँ
      लेखेरै म कविता !
    • दीपा गुरुङ समभाव
      दुबेकोल, खोटाङ
      [४६]
      कविता
      आत्मिय सिर्जना
      भावना बगिरहन्छ निरन्तर !
    • डुकछिरिङ लेप्चा
      [४७]
      उदक
      काव्यिक विधा
      सबै छन् फिदा !
    • बलराज गिरी
      [४८]
      उदक
      मुटुका राग
      लेखेर आफ्नो भाव !
    • सुरेश न्यौपाने
      [४९]
      उदक
      उड्छ कवितासँग
      बोकेर भावको तरङ्ग !
    • पशपती राई, खोटाङ
      [५०]
      उदक
      भावनाको सरिता
      कोर्नु लघुतम कविता !
    • देव स्याङ्देन, कालेबुङ
      [५१]
      उदक
      थोपाको मिलन
      साहित्यको नमुना समुद्र !
    • गोपेन्द्र रिजाल, पाँचथर
      [५२]
      मूर्तमा
      झोल मिसिँदा
      बन्छ कविता अमूर्त !
    • नन्दलाल आचार्य
      एनेलकुटी, सिरहा
      [५३]
      उदक
      काव्य विधा
      हुँदैछन् यसमै फिदा !
    • दुर्गा आचार्य, मोरङ
      [५४]
      हाम्रो
      सुन्दर नेपाल
      लाग्छ सधैँ प्यारो !
    • सुरेश विश्वकर्मा, डोटी
      [५५]
      अनुप्रास
      आवश्यक नहुने
      उदक कविताको लागि !
    • संगमानंद पत्रकार
      चूरु-राजस्थान, भारत
      [५६]
      कविता
      चोटिलो विम्ब
      बनेर ठुलो सविता !
    • विकास क्षेत्री अञ्जान
      कैजले, बिजनबारी, दार्जिलिङ
      [५७]
      शिक्षा
      पठन पाठन
      शिक्षित विद्वान असल !
    • भाेलामान बर्देवा ‘बैरागी माईलाे’
      धरान-८, सुनसरी
      [५८]
      उदक
      शान्त सुन्दर
      अविरल बगोस् कविता !
    • समुन्द्रा शर्मा
      [५९]
      उदक
      कविता लेखौँ
      मनको भावना मेटौँ !
    • कला ढकाल झापा
      [६०]
      साहित्य
      रचनाको वहार
      उदक लेखौँ सदावहार !
    • सरिता काफ्ले
      कोहलपुर-८, पिपिरी, बाँके
      [६१]
      लय
      कविताको दिवस
      लेख्न छैन् विवस !
    • भगवती दवाडी, झापा
      [६२]
      उदक
      लेख्दा खेरी
      मिठाे आभास फेरि !
    • सानु जाेशी, दार्चुला
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविता, वसन्त अनुभव, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P