“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयउन्नाचालीसौंअभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् अनुरोध छ। अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१३९—————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८१/१२/०४ पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ। ………………………………………. प्रशिक्षक:- …………… सोमनाथ लुइटेल गुणनिधि घिमिरे सुशीला पौडेल
……………………… भाषा शुद्धीकरण:- ———– भवानी घिमिरे पशपती राई
अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य
पञ्चाङ्ग:०१ यो रात किन? पर्छ होला दिनको खुसी हर्छ होला। अजीव लाग्छ जिन्दगी देखि, सुखीकाे सुख टर्छ होला। दुखीमा दुःख सर्छ होला। -सुशीला पौडेल
पञ्चाङ्गः०२ खुसी के हाे थाहै छैन , दुःख घेर्न थाल्याे हृदयकाे , कुन्तरमा , पीर बेर्न थाल्याे । नियतिकाे घात सहि , बाँचिरेछु आज, लेखिएका भाग्य रेखा, कस्ले केर्न थाल्याे ? मित्रहरु हराएछन् , दुष्ट हेर्न थाल्याे । -तीर्थराज जोशी
पञ्चाङ्ग:०३ जीवनमा कहिले खुसी त कहिले डर हुन्छ, कतिखेर के हुन्छ हुन्छ के गरेर भर हुन्छ। डिग्रीको प्रमाण-पत्र हातमा लिइ भौतारिदा, घरमा व्यवहार धान्न गाह्रो हुँदा कर हुन्छ, बाधा पुग्छ एउटै दलित कोटाको थर हुन्छ।
-दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:०४ आधारभु्त आवस्यकता पुरा गर्नुपर्छ जनताका इच्छा पुरा गर्न लागी पर्नुपर्छ छिमेकीले मिचेको देख्दा देख्दै आँखा नचिम्ल यी नेपाली बारे सरकार अघि सर्नुपर्छ राष्ट्रियता जोगाउन हामी सबै मर्नुपर्छ।
कमला देवकोटा, पाल्पा
ॐ पञ्चाङ्ग:०५ राजनीति गर्न सबैलाई चाहिने सत्ताकाे ताउलाे आश्चर्य निम्छरो जनता सन्ततिकाे आँत भर्न छैन जाउलाे आश्चर्य सत्ताधारी नथाकी भन्छ सधैँ सधैँ शासन व्यवस्था उत्तम निरन्तर झगडा गर्छन् खास के भनाै सद्दे बाउलाे आश्चर्य अनावश्यक देश जनलाई ऋणको भारी काउलाे आश्चर्य । -प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ।
पञ्चाङ्ग:०६ आजको दिन कस्तो झुर भयो तिम्रै नाम सुनेर चुर भयो पाउन सम्म दुख पाइयो नि, एकै डाको दिंदैमा थुर भयो खुस्केर हो कि एकै सुर भयो । -धनमाया चौधरी कैलाली
पञ्चाङ्ग:०८ जिन्दगीमा सुख भन्दा बढी अभर हुन्छ कहिलेकाँही धेरै कुराको असर हुन्छ चाहानाहरु सबैको सुख पाउने नै हो, या व्यवहार चलाउन केही कर हुन्छ परिवारमा मेलमिलाप हुँदा निडर हुन्छ ।
-दुर्गा भट्टराई मोरङ
पञ्चाङ्ग:०९ देशको लागि भनेर केही दिउँला भनेको थियो चरणबद्ध रूपमा बाटो पनि त खनेको थियो आन्दोलनको हुरीले सारा सपना उडाए पनि अझै जोस जाँगर र उमङ्गहरू गनेको थियो गन्दा गन्दै सुबिधाहरू कठिनाई बनेको थियो ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 पञ्चाङ्ग:१०
मेरी भनि साेच्यौ तिमीले ऊ उसको घर की थी । आफ्नो काखमा राख्यौं तिमीले परको कि थी । प्रेमको डुङ्गा चढी कल्पनामा सयर नगर , आफ्नै दुनियाँमा रमाउने महिला थरकी थी । आफन्तलाई धाेका नदिने अत्यन्तै भरकी थी । -भवानी घिमिरे सर्लाही ।
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयसएक्कसीऔमा हामी पुगेका छौं। लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०८१/११/२९ गते
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १२१[एकसयएक्काइसऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~ होली विशेष पञ्चाङ्ग
पञ्चाङ्ग:०१ पवित्र मन लिएर खेलाैं हाेली। खुशीकाे रस पिएर खेलाैं हाेली। मनकाे तुस हटाइ, सबैसँग, प्रेमिल रङ्ग दिएर खेलाैं हाेली । मीठो सम्बन्ध जिएर खेलाैं हाेली। -सुशीला पौडेल
पञ्चाङ्ग:०२
साथीसङ्गीहरू माझ मिठाे बाेलेर हाेली मनाउनु रङ्गहरूकाे पर्व हाे रङ्ग घाेलेर हाेली मनाउनु एक अर्कामा आक्षेप नहुनेगरी नियमपूर्वक र हाँसीहाँसी त्यो भित्री दिल खाेलेर हाेली मनाउनु गाजा,भाङ ,धतुराे मज्जाले माेलेर हाेली मनाउनु
वर्ष दिनको पर्व आयो रमाउदै होली, हातमा रङ्गहरु छान्दै समाउदै होली। संस्कार अनि संस्कृति जोगाउनु कर्तव्य , ताल तालको धुन सँग जमाउदै होली, खेल्नु पर्छ आफ्नो इज्जत कमाउदै होली।
दुर्गा आचार्य मोरङ ॐ पञ्चाङ्ग०४
सबैकाे मिठाे बाेली आहा राम्राे। संस्कृति पर्व हाेली आहा राम्रो। संस्कार हाम्रो मुख्य पहिचान , झरनापछि खाेली आहा राम्रो। प्रेमिका प्रेम झाेली आहा राम्राे। -प्रधुम्न चालिसे
पञ्चाङ्ग:०५
सबैको हात हातमा रङ्ग देख्छु आज आलस्य नै नभएको चङ्ग देख्छु आज प्रेमभाव आपसमा घाेलियाे हाेलीमा , साथी सँगै हाँसखेल दङ्ग देख्छु आज सानाठूला जतासुकै जङ्ग देख्छु आज । भवानी घिमिरे सर्लाही
पञ्चाङ्ग-०६ दलिएका रङहरु खेर नजाओस् होली यहाँ रङैरङले जीवन सजाओस् होली दर्शन बनी डोर्याओस् समाजलाई सधैं असत्यलाई सधैं सत्यले कजाओस् होली विकृति र विसंगति त्यसै लजाओस् होली। -पशपती राई खोटाङ
चैत, ६ दाङ राप्ती साहित्य परिषद् दाङ शाखाले विगतका वर्षझैँ यस वर्ष पनि वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान एवम पुरस्कृत तथा काव्य उत्सव गर्ने भएको छ । यस वर्ष पुरस्कार छनाैट समि तिले गरेकाे निर्णय अनुसार मनाेज वुढाथाेकिद्धारा स्थापित “यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कार”बाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी, लालबहादुर अार.सी लगायत रावत परिवारद्धारा स्थापित “वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कार”बाट गायक प्रकाश रेग्मी र कृष्णप्रसाद अधिकारी (कृष्ण-गायत्री प्रतिष्ठान)द्धारा स्थापित “कृष्ण गायत्री प्रज्ञा पुरस्कार”बाट कवि एवम् समालोचक, अनुसन्धान कर्ता डा.कृष्णराज सर्वहारीलाई पुरस्कृत एवम् सम्मानित गरिने भएको छ । सो प्रतिभा छनोट समितिमा राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दीपक शर्मा ‘समीर’ संयाेजक तथा सदस्यमा निवर्तमान उपाध्यक्ष शारदा शर्मा, वर्तमान उपाध्यक्ष सुरेशकुमार पाण्डेय र सदस्य सचिवमा परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मी रहनुभएको थियो ।
त्यसैगरी यस वर्ष परिषद् दाङ शाखाकाे भर्खरै सम्पन्न बैठकले तीनजना अग्रज स्रष्टाहरूलाई सम्मान गर्ने निर्णय गरेकाे छ । सम्मानित हुनेहरूमा साहित्यकार एवम समाजसेवी विनोद पाेख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र निवर्तमान अध्यक्ष तथा सल्लाहकार कवि दीपक शर्मा ‘समीर’ रहनुभएको छ । यही चैत १६ गते हाेटेल मालाइन घाेराही दाङमा “बहुभाषिक काव्य उत्सव”का बीच स्रष्टाहरूलाई सम्मान तथा पुरस्कृत गरिने छ भने चैत २३ गते हुने भनिएको सत्रौँ वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान, पुरस्कृत तथा बहुभाषिक काव्य उत्सव विषेश कारणबस चैत १६ गते शनिबारका दिन सारिएको राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीले बताउनुभएकाे छ ।
अमरराज आचार्य दाङ, ६ चैत । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ स्थित टरिगाउँ विमानस्थलमा विगत तीन महिनादेखि हवाई सेवा बन्द रहेको छ । जिल्लाको एक मात्र बिमानस्थल टरिगाउँमा विमान आउन छोडेसँगै हवाई सेवा बन्द भएको हो ।
हवाई सेवा बन्द भएपछि सेवाग्राही समस्यामा परेका छन् । टरिगाउँ विमास्थल विगत तीन महिनादेखि बन्द हुँदा हवाई सेवाका लागि नेपालगन्ज वा भैरहवा जानुपर्ने बाध्यता सेवाग्राहीलाई छ । पछिल्लो समय हप्तामा दुई दिन आउँदै गरेको विमान पुस २ गतेपछि टरिगाउँ विमानस्थलमा आउन छोडेको नेपाल एयरलाइन्स स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिएका छन् । उनका अनुसार नेपाल वायु सेवा निगमको जहाज २०८१ पुस २ गते अन्तिम पटक टरिगाउँ विमानस्थलमा अवतरण गरेको थियो । इन्चार्ज सुनारका अनुसार निगमका दुईवटा विमान बिग्रिएकाले उडानमा समस्या भएको छ । बिग्रिएका विमान बनेपछि नियमित उडान हुने भन्दै इन्चाज सुनारले भने, ‘छिट्टै नै कार्यतालिका प्रकाशन हुन्छ र विमान उडान हुनेछ ।’
कार्यतालिका आएपछि हप्ताको कति दिन उडान हुने भनेर जानकारी हुने उनको भनाइ छ । टरिगाउँ विमानस्थलमा २०११ देखि २०४२ सालसम्म नियमित उडान हुँदै आएमा २०५६ देखि २०५८ सालसम्म सेवा अवरुद्ध भएको थियो । सीता एयरले २०८० सालमा सेवा सुरु गरे पनि एक वर्ष नपुग्दै बन्द गरेको थियो । पछिल्लो समय नेपाल एयरलाइन्सले हप्तामा एक दिन उडान भर्दै आएको थियो । हाल तीन महिनादेखि पूर्णरूपमा उडान बन्द छ । दाङको टरिगाउँ विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गर्न एक करोड बजेट विनियोजन भएको छ । विमानस्थललाई आवश्यक पर्ने जग्गा अधिग्रहणका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले एक करोडको बजेट विनियोजन गरेको हो ।
फागुन १५ गते मन्त्रीस्तरीय भएको निर्णय अनुसार जग्गा अधिग्रहणका लागि थप ९९ करोड रकम सुनिश्चितता गर्न अर्थमन्त्रालयलाई पत्राचार गरेको छ । टरिगाउँ विमानस्थलको विस्तारका लागि जग्गा अधिग्रहण गर्न मात्रै पाँच अर्ब बजेट आवश्यक पर्ने स्टिमेट गरिएको थियो तर पछिल्लो समय एक अर्ब भए पुग्ने अनुमान गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं १२ स्थित टरिगाउँ विमानस्थलको धानवगन मार्ग सात सय ५० मिटरमा मात्रै कालोपत्रे गरिएको छ । सात सय ५० मिटर धावन मार्ग मात्रै कालोपत्रे गरिएको हुँदा यहाँ साना विमान मात्रै अवतरण गर्न सक्छन् ।
गत वर्ष मात्रै एक करोड खर्चेर नयाँ टावर निर्माण गरिएको थियो । त्यसको अघिल्लो वर्ष दाङ एयरपोर्टमा पहिलो पटक रिफ्युलिङ ट्याङ्कर ल्याइएको थियो । विसं २०११ सालदेखि सञ्चालनमा आएको विमानस्थलको स्तरोन्नतिको माग लामो समयदेखि हुँदै आए पनि यसले सार्थकता पाउन भने सकेको छैन । लुम्बिनी प्रदेशको राजधानी दाङको एक मात्रै विमानस्थल हो, यो । यहाँ एटिआर विमान अवतरण गर्न नसक्ने हुँदा नेपालगन्ज वा भैरहवा अवतरण गरेर मात्रै दाङ आउनुपर्ने बाध्यता छ ।
पछिल्लो समय माघ महिनामा प्रधानमन्त्री केपी शर्मा ओलीदेखि, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा र पुष्पकमल दाहाल तुलसीपुर आउँदा टरिगाउँ एरपोर्टको विस्तार तथा तुलसीपुर– घोराही सडकखण्ड चारलेन बनाउने कुरा प्रमुख रूपमा उठाएका थिए । वषौँंदेखि हरेक चुनावमा उम्मेदवारले आफ्नो प्रमुख चुनावी नारामा टरिगाउँ एरपोर्ट विस्तार छुटाउँदैनन् तर त्यस अनुरूप काम भने हुन सकेको छैन ।
टरिगाउँ विमानस्थलको धावनमार्ग विस्तारका लागि पहल गरिरहेका तुलसीपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरीका अनुसार विमानथल स्तरोन्नतिका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको छ । विमानस्थल पुनः सञ्चालन र सेवा नियमित गर्न विभिन्न निकायसँग समन्वय भइरहेको उनको भनाइ छ । ठुला जहाजका लागि एक हजार दुई ५० देखि एक हजार पाँच सय ५० मिटर धावनमार्गको लम्बाइ र ३० देखि ५० मिटर चौडाइ आवश्यक पर्ने डिपिआरमा उल्लेख गरिएको बताइएको छ ।
धावनमार्गको क्षेत्रफल ३९ बिघा रहेको छ । धावनमार्ग विस्तारका लागि धावनमार्गसँगै रहेको कपास विकास समितिको चार बिघा जग्गासमेत विस्तारका लागि ल्याउने प्रक्रिया अघि बढेको बताइएको छ । धावनमार्ग विस्तारका लागि जग्गा अधिग्रहण गर्न संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले अर्थ मन्त्रालयलाई पत्र समेत पठाएको छ ।
यसअघि विमानस्थलको धावन मार्ग विस्तार गर्न भनेर नागरिक स्तरबाट खुत्रुके अभियानसमेत सञ्चालन गरिएको थियो । तुलसीपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अभियान सञ्चालन गरिएको थियो । यसमा अन्य उद्योग वाणिज्य संघले समेत साथ दिएका थिए । सरकारलाई दबाब दिन खुत्रुके अभियान सञ्चालन गरिएको उनीहरूको भनाइ छ । यसैगरी विमानस्थलमा पुगेर विभिन्न सामाजिक संघसंस्थाहरूले दबाब स्वरूप त्यहीँ बैठक सञ्चालन गरेका थिए ।
टरिगाउँ विमानस्थलमा विमान नियमित नहुनुको प्रमुख कारण धावनमार्गको स्तरोन्नति हुन नसक्नु भएको बताइन्छ । जिल्लामा हवाई सेवा नियमित भएकै कारणले विकासमा समेत प्रभाव परेको निजी क्षेत्रका अगुवाहरू बताउँछन् । नियमित उडान नहुँदा ठुला उद्योगीहरू नआउने गरेको उनीहरूको भनाइ छ । सडक यातायात कष्टपूर्ण तथा हवाई सेवा नहुँनुको प्रभावले जिल्लाको विकासमा पारेको निजी क्षेत्रको भनाइ छ ।
साप्ताहिक झिल्का लेखन अभ्यासको ५९ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ । साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६८ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ५९ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
१, प्यारभन्दा प्यार प्यार चलन बढ्यो यहाँ, मानौँ, तिनै उपहार । २, सम्मानमा चड्कन हान्यो तिम्रो मूल्याङ्कन ठिक, यात्राको दूरता धान्यो । ३, पाखुरी चलाऊ, भरमौदुर प्रविधिको सदुपयोग गर्दै, गन्तव्य नजिकिन्छ पुरापुर । ✍️म्यामराज राई भोजपुर … १, धेरै अल्छी नहुनू सफलता प्राप्त गर्न उडी आकाश छुनु ! २, फेल भइन्छ बारबार उठ्नुपर्छ लडे पनि मान्नुहुन्न कदापि हार ! ३, धनको तराजुले नाप्ने स्वार्थी दुनियाँले गर्दछ बलेको आगो ताप्ने ! ✍️वसन्त अनुभव वसन्तविहार, घोराही … १, मायामा नाटक गर्ने निःस्वार्थ मन भएका हुन् अकालमै मर्ने। २, पाखुरी बजार्न सिक बढ्छ मान मर्यादा त्यसैमा हुन्छ ठीक । ३, प्रतिष्ठाको कदर गर सम्मानित हुन आफैँमा पर्दैन कसैको भर । ✍️ललिता गिरी सिन्धुली … १, आँटे हुन्छ काम काम गर्न नसक्दा त्यसै हुन्छ बदनाम । ✍️ ताराप्रसाद चापागाईँ … १, मायाले पुग्दैन खाना गर्ने आफ्नै पाखुरी जिन्दगीको यस्तै पाना २, अदृश्य माया कस्तो ? नगरी बसौँ चुलबुली जिन्दगी हुन्छ सस्तो। ✍️बिबा तामाङ दार्जिलिङ … १, ताराझैँ मन चम्किन्छ गन्तव्य चुम्नका लागि लमकलमक गर्दै लम्किन्छ। २, बसौँला दिन गनेर आउँछ्यौ कि तिमी ! शीतल पाइला बनेर। ३, जसले इज्जत दिन्छ सच्चा ठहरिन्छ त्यही जसले समाज बदलिन्छ। ✍️सतीश पण्डित भानु – ६, चुँदी, तनहूँ ( हाल चनपा – ६, मातातीर्थ ) … १, हार कहिल्यै नखाऊ अघि बढ्न सिक नजान्ने ठाउँ नजाऊ! २, मायाले संसार चल्दैन चिन्ने गर दुनियाँ आगो नफुकी बल्दैन। ३, कर्मको फल पाइन्छ अब डोर्याएसम्म भाग्यले अगाडि बढ्दै हिॅंडिन्छ। ✍️ वेदु न्यौपाने … १, संसारको यही रित मेहनत गर्छ जसले हुन्छ उसकै जित। ✍️भोज विवश मगर गैंडाकोट -३, नवलपरासी पूर्व … १, मैदानमा झर्ने हिम्मत हुन्छ मानिसमा भए अजय विजय शतप्रतिशत। ✍️सुरेशकुमार पाण्डे … १, गरौँ कर्ममा रमाउने फलको आस नगरी सत्मार्ग सदैव समाउने । २, सत्यको जित हुन्छ न्याय जीवित भए खुट्टा कसले धुन्छ । ✍️राज बहादुर बडुवाल कनकासुन्दरी – ५, जुम्ला … १, झिल्का काव्यशाला आयो निरन्तर साहित्यको खेतीमा मनमा खुसियाली छायो । ✍️श्रीबहादुर केसी शैलुङ्गे भक्तपुर … १, म भुइँको धुलो , मै धुलो हुनाले तिमी बन्यौ ठुलो । २, ठुलो या सानो दुवैको हुन्छ काम पाथी या मानो । ३, जुन स्थायी हुँदैन त्यतै तानिन्छ मान्छे भनेको कुराले छुँदैन । ✍️दीपा गुरुङ ‘समभाव’ दुबेकोल, खोटाङ … १, भरसक नपरोस् छुट्नु हिॅंड्दै गरेको पाइला हुँदैन कहिले टुट्नु। २, सॅंगसँगै जीवन कटाउॅंला दु:ख पीडा अभाव मिलेर नै घटाउॅंला । ३, उकाली ओराली गर्दै हिॅंड्न रमाइलो हुन्छ चौतारीमा सुस्केरा छर्दै । ✍️कला ढकाल झापा … १, छोडेर नराम्रो बानी असल काम गरेर बन्नु छ स्वाभिमानी । ✍️प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना, सुर्खेत … १, अरूलाई कहिल्यै नरुवाउनु आफूलाई जस्तै सबैलाई महॅंगो आँसु नचुहाउनु। २, चिसोले कठ्याङ्ग्रियो हात जाडो हरायो भनेको मौसमले गर्यो घात। ✍️चुडामणि देवकोटा पुरानोनैकाप, काठमाडौँ … १, समय बित्यो सोचेर तितो पलको यादले दुखाउँछ काँडाझैँ घोचेर । २, आफ्नो पराई चिनायो कठिन परिस्थिति आएपछि वारपारको निसाफ छिनायो । ३, कमजोर मनस्थितिले हारिन्छ आफैसँग गर्न मुकाबिला हरेक अवसरलाई सारिन्छ। ✍️ पुष्पा राई बादेल, खोटाङ … १, युवाहरू छ भागिरहेको सुनको कचौरो बोकेर नेताहरू आज मागिरहेको । ✍️दीप गोले तामाङ रौतहट … १, पूर्वाग्रहको बनायौ दुलो काममा योजनाविहीन छ कसरी मान्नु ठुलो ? ✍️प्रेम थापा “मन” बागलुङ … १, देशको अवस्था देखेर आधुनिकताको नाममा विकृति चेतना खै पढेर। २, अनुदानले चलाउॅंछ देश देशभित्रको आय भ्रष्टाचारमा नेपालमा यस्तो परिवेश। ✍️एवाइ प्रभात खाल्सा छेन्ताङ सहिदभूमि, धनकुटा … १, मन राम्रो खुलेको नराम्रो व्यर्थ चिन्तामा नित्य प्रभु भुलेको। २, बचौँ इर्ष्या फालेर नराखौँ कसैले यहाँ घमण्डको डङ्गुर पालेर । ३, नराम्रो मान्छे फुलेको पवित्र मन यहाँ गङ्गामा सधैँ धुलेको । ✍️कार्की डिबी माकुम सुनवल-४, नवलपरासी … १, काममा बाधा भयो सोचेको कति भएन अधुरै रहेर गयो । ✍️कमला देवकोटा पाल्पा … १, रोजी सही बाटो हिॅंड्नुपर्छ सधैँ हामीले मिल्नेछ सफलताको पाटो। २, नगरे कसैलाई छल मेहनत गरेमा सधैँ मिल्छ मिठो फल। ३, मरिन्छ भन्ने डर यहाँ कोही कसैको पर्नु हुन्न भर। ✍️अनिता भण्डारी ताप्लेजुङ … १, परिश्रमीलाई पारिन्छ तल सोचेर बस्छ ठगाहा बिनाकाम हरेक पल । २, खरानी अथवा धुलो जीवन यो जगत्मा प्रेम रहेछ ठुलो । ३, मान्छेले गरिरहन्छ खती प्रकृति थपेर दिन्छिन् मासेर गर्छ प्रगति । ✍️रामप्रसाद पुरी बादेल, खोटाङ … १, छ अरू कुन बा आमा भनेका जिउँदा देवता हुन | २, वृद्धाश्रममा नछोड लगेर आशीर्वाद मिल्नेछ सदा सेवा जाँदैन खेर | ✍️सरिता सेढाई धादिङ … १, मनमा अनेक तरङ्ग, पृथ्वीको गतिले होला, जीवन पार्छ भरङ्ग। २, कहिले बाढी पहिरो, कहिले भूकम्प आउँछ, पार्छ चोट गहिरो । ३, भौतिक संरचना महङ्गा, नबनाउनु पसिना पोखी, हुन्छ हृदय चङ्गा । ✍️मनोहरी पौडेल गैडाकोट – १ … १, सभ्य प्राणी मानव किन तिमी आजभोलि ? बन्दै गयौ दानव। २, सत्य नसुन्ने कस्तो मान्छेको दुई कान बन्यो च्याउ जस्तो । ✍️बिके मुखिया, वाङदे दार्जिलिङ, भारत … १, छोडेर जान्छ समय अवसर पर्खेर नबस्ने पुगिन्छ बगाउॅंदै भय । ✍️होमप्रसाद नेउपाने धरान, सुनसरी … १, हृदयमा सजाऔॅं झिल्कालाई मिठा भावना भरेर सुन्दर दिव्य बनाई। २, मिलेर कविता लेखौँ पवित्र माया जोडी अरूलाई आफ्नै देखौँ। ✍️कमल प्रसाद बगाले रेग्मी वालिङ्ग बजार, स्याङ्जा … १, शिवरात्रिमा मन्दिर जाऊ ईश्वरको दर्शन गरेर , शुद्ध खाना खाऊ । २, बेलपत्र ईश्वरलाई चढाऔॅं राम्रो हुन्छ तिमीलाई , भस्मको टीका लगाऔॅं । ३, शिवरात्रिमा मन्दिर धाई इश्वरलाई खुसी पारौँ , गाजा धतुरो चढाई । ✍️सीमा कार्की समर्पण मेलचोक पर्सा … १, कुरा अरूको सुन्नु निर्णय गर्नु पर्दा आफ्नै मनले गुन्नु । २, स्वार्थी लम्पट देखिने असुर हुन् अजिङ्गर भ्रष्ट्र नाम लेखिने । ✍️विवश पारदर्शी झापा … १, प्रदूषणमा नाम लेखायौ छेपारालेझैँ रङ्ग फेरेर आफ्नो चरित्र देखायौ ! ✍️आर्त अकुलीन … १, शत्रुलाई मित्र ठान्नुपर्छ विष होइन अमृत सबैतिर छर्न जान्नुपर्छ। २, लगिॅंदैन केही मरेर सबका सहयोगी बन्नु असल कर्म गरेर। ३, फलेको हाँगो नुहिन्छ नचढ घमन्डको धुरी विनाशको खाल्डोमा पुगिन्छ। ✍️सरस्वती श्रेष्ठ रुपन्देही, बुटवल … १, समय छ बलवान् समयमै गरौँ फत्ते हात आफ्नै महान् । २, उमेरमै पाखुरी चलाऊ बुढेसकालमा सकिन्न गर्न समयमै अघि बढाऊ। ३, दूर छ फल टिप्न थालौँ समयमै गरेर हुन्न अलमल। ✍️अर्जुन प्रसाद चौलागाई हालः-अमेरिका, बोस्टन … १, आएछ कस्तो याम रहेन विश्वास कसैमाथि पलपलमा हुन्छ बेइमान । ✍️विष्णु पंगेनी पाण्डे वालिङ, स्याङ्जा … १, शुभ बिहानीको प्रभात उज्ज्वल भविष्यको कामना सङ्घर्षको रहोस् बात । २, आँशुले माग्दैन नासो जति दुःखी होस्, बचत गरेर हाँसो । ३, कोरेर एउटा पत्र प्रेमको नाउँमा तिमिलाई देख्छु सपनीमा यत्रतत्र । ✍️किराती हाङ तिम्रो ( बिसु हाङ राई ) विराटनगर … १, सत्यको बाटो तगारो झुट बोल्ने बानीले जीवन बन्छ अँध्यारो। २, सम्बन्ध सुमधुर बनाउनु, काँधमा काँध मिलाई सहयात्री बनी रमाउनु। ✍️देव स्याङ्देन कालेबुङ … १, ठण्डी मौसम हराउॅंदैछ वातावरण हुँदैछ न्यानो आकाश खुलेर रमाउॅंदैछ। ✍️सुनगाभा पोखरेल कपिलवस्तु … १, सङ्कटमा काँध हालेको सजिलोसँग भुल्दा रहेछन् चिसो चुल्हो बालेको । २, अरूलाई खराब सोच्ने तिम्रो बानी रहेछ सत्य नबुझी कोच्ने । ३, रहेन सम्बन्ध हाम्रो मतलब छैन मलाई जतिसुकै बने चाम्रो । ✍️पृथक प्रकृति झापा … १, मन मिले चमत्कार प्राण नै सुम्पिन्छन् खटपट भए बलात्कार । ✍️खुनराज कोइराला सिद्धलेक-३, धादिङ … १, कस्तो रहेछ गाँठो बेसी नबोल है भन्ला सबले बाठो। ✍️निमा छिरिङ भोटिया जलढका, कालेबुङ … १, सङ्गीतले कसलाई छुन्न? झ्याउरेभन्दा पनि मिठो अरू भाका हुन्न। २, सिकारुका हुन् सिर्जना जानी नजानी कोर्दैछु मेट्न मनको तिर्सना । ३, जात धर्म भनेर लड्दैछन् हेर दाजुभाइ गोटी अर्कैको बनेर । ✍️बिमल पोखरेल धरान -१७, पटनाली … १, आगो लागे हुरुरु आफ्नो अर्का नभनी कुदेर जाउँ खुरुरु। ✍️ज्योतिका क्षेत्री सिलगडी, भारत … १, नहुँदोरहेछ मात्र कुराले, व्यवहारमा उतार्नको लागि काट्नुपर्छ जाली छुराले। ✍️लोक वहादुर छेत्री लामिछाने मोदी – २, देउपुर, पर्वत … १, हेर साथमा गएर सबै हराउने मायामा जातपातमा त्रास भएर । २, जन्म आमाको कोखमा आकाश यो धर्ती नगर हेला स्वदेशमा । ✍️भोलामान बर्देवा ‘वैरागी माइलो’ मादी – ५, सङ्खुवासभा ( हाल धरान ८ सुनसरी ) … १, पकाऊ सब्जी छिटोछिटो, नुनखुर्सानी, बेसार हाल , खाउँ बनाई मिठैमिठो । ✍️बुद्धिप्रसाद सापकोटा गैँडाकोट – ७, नवलपुर … १, फरक देखियो चाल हिजोआज उसको हिॅंडाइको आफन्तीमा गरिने सवाल । २, आकाश र धरती माया लाग्छ उस्तै उही दया चरीप्रति । ✍️ईश्वर साउद(भिक्षु) रामारोशन गाउँपालिका – ६, अछाम … १, भ्रष्टहरूले देश लुटे जनता ऋणको बोझमा दीनदु:खी मज्जाले भुटे । २, गरीब देश हैन नेताले सुशासन नदिॅंदा जनताले पाएनन् चैन । ३, पिण्ड खानेहरूको शासन खोक्रा नारामा देखिएन जनता बचाउने रासन। ✍️बिपी लामिछाने दमक, झापा … १, सूर्यले किरण छर्यो अन्धकार भाग्यो पर आलस्य भुइँमा झर्यो । २, नयनको गहिराइमा लुकेको सपना बनेर आउँदा शिर छैन झुकेको । ३, बाधा आयो अगाडि फाइदा उठाउन लाग्छन् आफन्त नै पछाडि । ✍️अच्युत घिमिरे सर्पाङ, भुटान … १, स्वार्थले मात्र देख्यो आफ्नो अनि पराई खोटो भविष्य लेख्यो । ✍️नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ … १, देखेर काम गरौँ छ सबै अधुरो समाजमा सन्देश भरौँ । २, देश बिग्रॅंदै गयो भष्ट्राचार र गरिबीले राज्य दलाली भयो । ✍️रवि पौडेल दक्षिण भारत पाण्डेचरी … १, बसे लेउ लाग्छ आराम नगर्नू, धेरै श्रमले भाग्य जाग्छ। २, कसैको भर नपर्नु आफैँलाई विश्वास गरी सधैँ अगाडि सर्नु। ✍️अरुण कुमार भुजेल दार्जिलिङ, भारत … १, आफैँ जस्तो सोचेर मिथ्या नबोल्नु कतै नभन्नु कसैलाई घोचेर । २, विकासको नाममा विनाश छैन अपराधीलाई कारबाही प्रजातन्त्रको नगरौँ आस । ३, अतिक्रमणले सीमा नाघेर अस्तित्व बचाउन अब खोस्नुपर्छ हुँदैन मागेर । ✍️मोती योन्जन सुब्बा दार्जिलिङ … १, वासन्ती हावा भुरूरू पटझर याम मेटाउॅंदै गुराँस फुल्छ खुरूरू। २, रमाउन्दै गाउॅंछन् वनचरी वसन्ती हावा चुमेर छम्छमी नाच्छन् मनपरी। ✍️हरिगोपाल न्हुच्छेँप्रधान काभ्रे, साँगाबजार बनेपा – १४ … १, हिमाल पहाड तराई राख्नु भाइचाराको सम्बन्ध यसैमा सबैको भलाइ । २, सपना छन् हजार जिन्दगीको छैन भरोसा सफरमा मरुभूमि बगर । ✍️सुरेश विश्वकर्मा डोटी … १, रोगले च्याप्यो अति हरेस खाएको छैन भएपनि कछुवाको गति। २, कसैको दाँजोमा नलागौँला तर रोकिने छैन कलम समाउने औँला। ३, भमरा लोभ्याउने फूल बन्न नसके पनि डुल्छन् पुतलीका हुल। ✍️कोपिला अधिकारी गोरखा … १, बनेर पुनीत बेलपत्र छरिन चाहन्छु भोला तिम्रो पाउको यत्रतत्र l २, गरेर सोमबारे उपासना तिम्रो आलयमा गएर निरन्तर गर्छु आराधना l ३, प्रणाम गर्दछु बारबार अप्ठ्यारो परिस्थितिमा गर्नुहोला झर्को नमानी उद्धार l ✍️बाबुराम गौतम गुल्मी … १, रात छिप्पिएपछिको बात एकान्तको फाइदा उठाउन दिएर गयो आघात। २, कतिपय जालसाजहरूले लुटेर लग्यो सम्पूर्ण कमाएको मृत्युको धम्कीले धुतेर । ३, देखाउॅंछन् लालचको कुरा मन दौडिन्छ उतैतिर चलाउँछ भित्री छुरा । ✍️दिल ठकुरी दार्जिलिङ … १, समय कति बलवान् महोदय ! पर्खॅंदैन कसैलाई समाजमा देखाऊ महान् । ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई – ४, झापा … १, यो धर्ती कर्मथलो इमानदारसँग गरौँ सेवा हुन्छ सबैको भलो। २, बुझेर त्यो मर्म सबै एकजुट भएर गरौँ असल कर्म। ३, बदली हाम्रो फेस जुटेर परिश्रम गरौँ बन्छ आफ्नै देश । ✍️अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६, सङ्खुवासभा … १, लक्ष्मीले दुःख भेटिए वैदेशिक रोजगारले गर्दा मनका अशान्ति मेटिए । २, मातृस्नेहले घर मन्दिर गुरुसँगको साहित्य सिर्जनाले जीवन नहुने जन्जिर । ३, लोकगीत नेपालीको चिनारी आफ्नै संस्कृति पर्वमा रमाउँदा हुन्न अँध्यारी । ✍️भगवती दवाडी झापा … १, अभावले गाँजेर आउने बढ्ने कसरी अगाडि , सम्झॅंदा दु:ख लाउने । २, यता हावापानी आएर बिगार्न लाग्यो बाली मानका दु:ख लाएर । ✍️दुर्गा आचार्य मोरङ … १, घमण्ड नगर धनको खरानी हुन सक्छ बन असल मनको । २, झुटो वचन टिक्दैन बाँचिरहन्छ सत्य जहाँ इमान्दार रुपैयाँमा बिक्दैन । ✍️राधा चाम्लिङ खोटाङ … १, अरूको गल्ती देख्नेले लुकाए आफ्ना पार्टीको सच्चिएका भनी लेख्नेले । ✍️सुस्मिता अधिकारी काठमाडौँ … १, हाम्रो अनन्त यादगार खुट्टा छुनुहोस् बुजुर्गका गरेर सादर नमस्कार । ✍️संगमानंद पत्रकार चूरु, राजस्थान, भारत … १, सुध्रेन बानी कचरो मूर्खले शासन चलाए देश भयो अभमरो । २, तितेकरेलो हुन्छ गुणकारी ओखती गुणले भरिपूर्ण भ्रष्टाचारी देशलाई भारी। ३, फर्सी देख्दा राम्रो खोक्रो आदर्श जस्तै शासन व्यवस्था हाम्रो। ✍️प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे … १, नदेउ ओठे जबाफ विवेक बन्धक भए देखिन्छ केवल रबाफ । २, बाँचौँ भई स्वाभिमान कमाउन इज्जत प्रतिष्ठा त्यागौँ सर्वत्र अभिमान । ३, परोपकार पवित्र कर्म निष्काम सेवा गर्नु हो मानव धर्म । ✍️जयनारायण नेपाल इलाम ( हाल सूर्यविनायक २, बालकोट ,भक्तपुर ) … १, बचाऔँ हाम्रो धरा रोपेर बिरुवा वरपर सबैतिर बनाऔँ हराभरा । २, सफासुग्घर छैन कतै वातावरण प्रदूषित हुन्छ फालेपछि फोहोर जताततै । ३, अचम्म देख्नु परेको सहयोग गर्दा मान्छे सम्झिन्छ चाकरी गरेको । ✍️शान्ता पौडेल भट्टराई टङ्कीसिनवारी, मोरङ … १, नरुवाऊ है आमालाई मेहनत गरी देखाऊ खुसी मिल्छ मामालाई। २, आमाको वचन नकाट बुझेर पाइला चाल्नु दिएको चिनो नसाट। ३, फुटेको भाँडा नचलाउनु फेरि टुक्रेला नि मन कसैको नगलाउनु। ✍️राजेश्वरी राजोपाध्याय ललितपुर ::::::::जय झिल्का साहित्य ! ::::::::::
वि.सं. २०६९ सालमा ‘नेपाली भाषा साहित्यको संरक्षण, संवर्द्धन र विकासका लागि हाम्रो अभियान’ भन्ने मूल नाराका साथ युएईमा कार्यरत केही जुझारू युवा साहित्यकर्मीहरूद्वारा स्थापना भएको सगरमाथा साहित्य प्रतिष्ठानले आफ्नो ११औँ स्थापना दिवस एक भव्य समारोह बिच काठमाण्डौमा मनाएको छ !
कविन्द्र कलानिधी दाहालको प्रमुख आतिथ्य, साहित्यकार हरिभक्त सिग्देल/हातेमालो समाजका अध्यक्ष सुनिल अधिकारी एवं साहित्यकार मिना श्रेष्ठको विशेष आतिथ्य तथा संस्थाका प्रवक्ता राजेशराज गड्तौलाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तीन जना स्रस्टाहरू झापाका विवेक दुलाल क्षेत्री ‘दमक’ लाई ‘सगरमाथा स्रस्टा सम्मान – २०८१’ र चितवनकी यमुना न्यौपाने अधिकारी तथा कञ्चनपुरका रमेश पन्त मीतबन्धुलाई ‘सगरमाथा वर्ष पुरस्कार’ नगद १०५०५’ बाट सम्मान गरिएको थियो !
कार्यक्रममा संस्थाबाट प्रकाशित कविता संग्रह ‘कविताहरूको सगरमाथा २’ को विमोचन हुनुका साथै ‘सगरमाथा अक्षयकोष’ का लागि संस्थालाई सहयोग गर्नुहुने दाताहरू नुवाकोटकी सुमित्रा सुमी, ललितपुरकि चन्द्राकुमारी राई, भक्तपुरका दीपक दाहाल एवं मकवानपुरका कपिल ढुङ्गानालाई संस्थाको आजिवन सदस्यता सहित सम्मान पत्र प्रदान गरिएको थियो !
हिजो चैत्र २ गते शनिबार आयोजित सो कार्यक्रमलाई सम्मानित व्यक्तित्व, विशेष अतिथि, प्रमुख अतिथि लगायतले सम्बोधन गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको थियो भने विशेष अतिथिद्वय हरिभक्त सिग्देल र मिना श्रेष्ठले संस्थाले स्थापना गरेको अक्षयकोषका लागि पाँच-पाँच हजार रूपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो !
स्मरण रहोस्, संस्थाका तत्कालीन अध्यक्ष जीवित खड्का मगरको पहलमा शुरु भएको दस लाख रूपैयाँको ‘सगरमाथा अक्षयकोष’ ले त्यसपछिका अध्यक्ष अजित उत्सवका समयमा निरन्तरता प्राप्त गर्दै वर्तमान अध्यक्ष समर चेम्जोङ आभासको कार्यकालमा मूर्त रूप लिएको हो ! यस वर्ष दुई जना स्रस्टालाई प्रथम पटक प्रदान गरिएको ‘सगरमाथा वर्ष पुरस्कार’ आगामी वर्षदेखि रकम बढाएर एक जना स्रस्टालाई मात्रै प्रदान गर्ने योजनामा संस्था रहेको जानकारी कार्यक्रमको सभापतित्व गरेका केन्द्रीय प्रवक्ता राजेशराज गड्तौलाले दिएका छन् !
सगरमाथा साहित्य प्रतिष्ठान नेपाल शाखाकी उपाध्यक्ष भैरवी भूगोलले सञ्चालन गरेको उक्त कार्यक्रममा संस्थाका नेपाल शाखा ईञ्चार्ज अमन एकलले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेपाल शाखाकी सदस्य सुशीला शर्मा तथा रूपा थापाले अतिथिहरूलाई खादा र मालाले स्वागत गरेका थिए !
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७८ औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो । टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो । ~~~~~<•>~~~~~
सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
१// रङ भनी फोहोर छ्याप्दै आउनोस् खेलौँ होली आज त ! मस्ती नगरिहुन्न चाहे जे होस् भोलि । ✍️ वसन्त अनुभव घोराही, दाङ २// मस्तिमा चल्छ जीवन फाेहाेरी खेल खेलेर चाेख्याउने शक्ति हुँदा बढ्छन् कानुन पेलेर । ✍️ ताराप्रसाद चापागाईँ ३// आज रमाऔँ रङ्ग दलेर हाेली चिन्ता नलिऔँ जे पर्ला पर्ला भाेलि । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट ।। ४// मनमस्तिष्क गर होलीको रङ्ग खेलेर जिन्दगी धान्नु छ सुखदु:ख सबै झेलेर । ✍️ बिबा तामाङ दार्जिलिङ ५// रङ्ग छर्नुस् है मजाले याे हाे पर्व हाेली फरक केही पर्दैन जति भिजाेस् चाेली। ✍️ नवराज भट्ट कञ्चनपुर ६// कानुन विपरीत भए भन्दिउँला होली आझै गरौँ मोजमस्ति कुर्नु पर्दैन भोलि । ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹 ७// भोलिको परवाह नगरी गर्दा मस्ती रमाइलो त्यही रमाइलो पछि गएर हुनसक्छ बाइलो । ✍️ पुष्पा सुवेदी नेपालगन्ज, बॅाके। ८// जम्मा भई साथीभाइ गर्ने हो आज मस्ति रमाउन पाइएको छैन है हिजो अस्ती । ✍️ सरिता सेढाई धादिङ ९// होलीको निहुँ खेल्ने घोटुवा पिई रङ फालेर मस्ती गर्ने मौका मिल्दैन भोलि ढुकुटी छानेर । ✍️ इन्दु श्रेष्ठ, चितवन १०// होली भन्दैमा फोहरी रङ छ्याप्दा, आफ्नै बेइज्जत होला राजनीतिमा चतुरो तिमी, छिनमा मासा छिनमा तोला । ✍️ राजेशराज गड्तौला काँडाघारी, काठमाण्डौ ११// पुर्खादेखि नै आएको पर्व होली चलेर इच्छाको हो, हुन्न जबर्जस्ती रङ दलेर । ✍️ शंकर कार्की, मकवानपुर १२// छरेर खुसीको रङ्ग मानिस भएका दङ्ग ! ✍️ आर्त अकुलीन १३// फाेहाेर रङ मिसाएर हान्छौ अबिर लाेला आपसमा झगडा गर्दा बेइज्जत पाे हाेला । ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर । १४// हाेलीमा रङ्ग र फाेहर सबै खेल्ने गर्छन् माैकापरस्तबाट निर्धा पेलाइमा पर्छन् । ✍️ प्रमोद नेपाल वीरगञ्ज । हालः काठमाडौँ -५ १५// होलीसँगै नफेरियोस् जीवनको रङ्ग सधैँ बनी बस्नुपर्छ हामी एकै अङ्ग । ✍️ विष्णु पंगेनी (पाण्डे ) वालिङ् -स्याङ्जा १६// हाम्रो धर्म संस्कृति भन्दै सबले गर्थे गर्व यस्ताले गर्दा हो बनेको यो विकृतिको पर्व । ✍️ प्रतिज्ञा प्रतिज्ञा मेहेलकुना सुर्खेत १७// कुनै रङ्ग छैन हातमा खेलिन होली मैले उमेरले होला सायद बिरक्त लाग्छ ऐले । ✍️ चुडामणी देबकोटा पुरानो नैकाप काठमाण्डौ १८// आलिसान महलमा मस्ती गर्दै छलकपटमा नखेलौँ होली मानव जीवन यो बुझ्ने गरौँ बाच्नुपर्छ है हामी सबैले भोलि । ✍️ वेदु न्यौपाने १९// होली रङ्गको सनातनी पर्व सत्यको जीतमा नै मानौँ गर्व । ✍️ कार्की डिबी माकुम २०// अब के नै बाँकी रह्यो र यी रङ्गिन बनिसके छिमेकीले पनि चरित्रहिन नेता भनिसके । ✍️ कोपिला समिक्षा खार्पा खोटाङ २१// कृष्णजीको उपहार होली मानेर नगरौँ फोहोर आदरणीय लाग्दछ आज पनि, हुनुहुन्थ्यो पोहोर । ✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ २२// अचेल हेर कस्तो विकृत भैदियो होली होली खेल्ने निहुँ पारी झगडा गर्छन् टोली । ✍️ बेल थोकर तामाङ बकैया , ८ / बस्तिपुर // मकवानपुर २३// रङ्गमा बेरङ्ग कसैले नि नभरौँ संस्कृति संस्कारमा विकृति नछरौँ । ✍️ कला ढकाल, झापा २४// जताततै होलीको, रङ्ग खेल्ने टोली के देख्छन् के सुन्छन् ठेगान छैन बोली । ✍️ होमप्रसाद नेउपाने धरान,सुनसरी । २५// कसलाई थाहा सुन्दर रङ्गमा कस्तो पानी घोलेँ काम जे गरे पनि जनताका मनकै कुरा बोलेँ । ✍️ पुष्पा राई, खाेटाङ २६// रमाइलोको नाम गर्दै नहान्नु कसैलाई लोला जबर्जस्ती रङ्ग दलेमा कानुनको फन्दामा होला । ✍️ रुना कर्माचार्य दाहाल चितवन २७// रङको पर्व सद्भाव बाँडेर मनाइने होली रूप बदलेर कुरूप नै पो भयो आजभोलि । ✍️ राज बहादुर बडुवाल कनकासुन्दरी-५,जुम्ला २८// फोहोर हान्यौ रङ्ग दल्यौ मस्तसँग खेल्यौ गठबन्धन ठूलो दल पेल्नसम्म पेल्यौ । ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा २९// यो होली पर्व सबैको दिलमा भरौँ मायाको परिभाषा सबैलाई छरौँ । ✍️ निमा छिरिङ भोटिया जलढका कालेबुङ ३०// नेपालीहरूलाई विषाक्त शब्द घाेली धाेका दिन्छन् नेता आजभाेलि राजनीति गर्नेहरू राष्ट्रिय धनकाे जनता खेल्छन् रङ्गको हाेली । ✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ । ३१// अश्लीलता झन् बढ्दै गएको देखिन्छ आजभोलि रङ्गहीन बन्दै गयो रङ्गहरूको पर्व होली । ✍️ बिके मुखिया दार्जिलिङ,भारत। ३२// स्वेच्छापूर्वक विभिन्न रङ रेलेर तनाव कम गरियो होली खेलेर l ✍️ बाबुराम गौतम, गुल्मी ३३// दिल खोली खेलौँ होली, मरिलानु के नै छ र भोलि ? प्रेमको भिख मागी फैलाउँ झोली भिजे भिजोस् चोली । ✍️ विवश पारदर्शी झापा ३४// मनै फुरुङ्ग भएर खेलौँ हामी होली साथीसँग आजै भेटौँ खै के हुन्छ भोलि ? ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं ३५// यो मनले आफ्नोपन र मायाको पो हो नि सधैँ खोजी गरेको चाहिँदैन कोही देखावटी मुस्कान र मनमा स्वार्थ भरेको । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी ३६// होली खेली आज देश बनाए पछाडि जनतालाई मारी बने आफू अगाडि । ✍️ नेत्रबहादुर श्रेष्ठ ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३ ३७// नेपाली संस्कृतिलाई जोगाउँदै खेलौँला होली कतिबेला कसलाई के हुन्छ थाहा छैन भोलि । ✍️ सुनगाभा पोखरेल कपिलवस्तु ३८// अचम्मै छ मान्छेको मन जहाँ पनि घुम्ने भोलिको भर हुन्न हजुर, आजै हो झुम्ने । ✍️ दीपा गुरुङ समभाव दुबेकोल खोटाङ ३९// यो हाम्रो जिन्दगी त आज हो कि भोलि वर्षदिनमा आउने पर्व हो होली ! ✍️ दीप गोले तामाङ – रौतहट ४०// बाहिर बाहिर एउटा कुरा भित्रबाट हान्ने रहेछ छुरा । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे ४१// नेपालीहरूको संस्कार संस्कृति रीतिरिवाज राम्रो मानिस बहकिँदै भावना बिग्रिएको छ आज हाम्रो । ✍️ घनश्याम पन्त हरिवन सर्लाही ४२// गयो होली यसपालिको रङ्गमा रमेर अर्को साल फेरि आउँला रङ्गमै जमेर । ✍️ ध्रुव श्रेष्ठ खोटाङ ४३// भोलिको यहाँ छैन है राम्रोसँग टुङ्गो अगुवा नै त्यस्तै हुन् कि हामी लाटोबुङ्गो । ✍️ पवनकुमार बुढाथेाकी काठमाडौँ ४४// यसपालि खडेरी लाग्यो सुकिसके पूरा खोच फोहोर छ्यापेर मस्ति गर्ने अपूर्ण होला सोच । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे ४५// होलीको रङ्गोलीमा सबै नै मस्त भएर सारा संसार बिर्सी भाँङ धतुरो खाएर । ✍️ रमा गुरुङ्ग सालुगडा सिलीगुडी ४६// सद्भाव राखी एक अर्कामा खेल्नुपर्ने होली विकृतिकै पो राज हुँदैछ आजभन्दा भोलि । ✍️ त्रिलोचन भण्डारी ४७// गाउँ वा सहर सबैतिर छायो होलीको उमङ्ग हिजोको बित्यो भोलि था छैन अहिले ल्यायो तरङ्ग ✍️ सतीश पण्डित भानु६ चुँदी तजहूँ । हाल चनपा६ मातातीर्थ ४८// रङ्गको हाेलीमा झगडा नगर्नु छ पाेलिसकाे गस्ती दुई जनालाई लाठीचार्ज नै गरे देखेनाै र अस्ति । ✍️ रबि पाैडेल दक्षिण भारत पाण्डेचरी । ४९// खेल्ने हो जीउ मायामार यसपालि होली वर्ष दिनको पर्व बरु भिझेँ भिझोस् चोली ।। ✍️ भगवती दवाडी ,झापा ५०// बोकेर हिँड्न परे परोस् झोली धमिलो पानीमा खेल्ने हो होली । ✍️ साबित्री प्याकुरेल ,धादिङ्ग। ५१// भाङ खाएर नखेल्नू होली शरीर बिसन्चो होला भोलि । ✍️ देव स्याङ्देन, कालेबुङ ५२// संस्कृति मानौँ हामी सद्भाव र प्रेम छरेर मनाऔँ होली पर्व थरीथरी रङ्ग भरेर । ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ ५३// होलीले सिकायो एक हर्ष समानता ल्यायोस् यसै वर्ष । ✍️ प्रेम थापा “मन”बागलुङ ५४// देखाउने एउटा गर्ने गर्छन् अर्को छलछामको खेलले लगायो झर्को । ✍️ प्रदीप के रिमाल इटहरी, सुनसरी ५५// रङ्ग लगाउदा नगरौँ कसैलाई दुर्व्यवहार मनाऔँ फागुपूर्णिमा सभ्य भएर हुन्छ यो सार । ✍️ शोभा आचार्य गौतम काठमाडौँ ५६// बोसो भएकोले मोसो लिएर आए पनि सहर्ष स्वीकार गर्यौँ रङ्गको पर्व भनी । ✍️ अरुण कुमार भुजेल गोरूबथान , भारत ५७// लुकीलुकी किन हान्छौ लोला फोहोर पानीमा रङ्ग घोली सांस्कृतिक पर्वमा विकृति आए के जवाफ दिने भोलि । ✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १९९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६० जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे । साप्ताहिक तस्बिरमा उदक लेखन अभ्यास शृङ्खला- १९९ मा सहभागी उदकयात्रीका सुन्दर उदकहरू-
उदक अभ्यास १९९ मा अहिलेसम्म सहभागी उदक यात्रीका सुन्दर उदकहरू –
[१] होली इन्द्रेणी रङ्ग दुनियाँ दल्दै दङ्ग !
वसन्त अनुभव [२] हाेली बढाउने सद्भाव रङ्गको मीठो बाेली !
प्रमाेद नेपाल वीरगञ्ज, हालः काठमाडौँ -५ [३] होली पानीको बर्बादी खेल्नुहोस् सूक्खा होली !
संगमानंद पत्रकार चूरु-राजस्थान, भारत [४] हाेली रङ्गहरूकाे पर्व सबैलाई लाग्छ गर्व !
केसर बाेहरा ‘सङ्घर्ष’ अछाम, हाल- भारत [५] रङ्ग होली पर्ब यसैमा लाग्छ गर्व !
रमा पन्त, न्युजिलैन्ड [६] रङ्गमहल रङ्गिन दुनिया रङ्गदार रमाइलाे जीवन !
नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘अखबार’ र ‘मरजाद’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।
‘अखबार’ लघुकथासङ्ग्रह, लघुकथाकार गङ्गा कर्माचार्य पौडेलको दोस्रो लघुकथा कृति हो । उहाँको यसभन्दा पहिले एउटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ । त्यस्तै ‘मरजाद’ लघुकथासङ्ग्रह लघुकथाकार अवधेश सिंहको पहिलो लघुकथा कृति हो ।
परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक गोपाल अश्कले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो । उहाँले मरजाद शब्दको अर्थ मर्यादा मात्र नभएर तराईमा बिहेमा गरिने एक संस्कृति भएको र जुन आजकल बिस्तारै हराउँदै गएको बताउनुभयो । ‘आजका परिचर्चाकारले खास परिचर्चा नगरी प्रभावी परिचर्चा मात्र गर्नुभयो । कम्तिमा परिचर्चाकारले सर्जकको शैली, राम्रा पक्षको उजागरसँगै सुधार गर्नुपर्ने कुराहरू पनि राख्नुपर्ने थियोे’ प्रमुख अतिथि अश्कले भन्नुभयो ।
पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार एवम् समालोचक ध्रुव मधिकर्मीले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार गङ्गा कर्माचार्य पौडेलको लघुकथा कृति ‘अखबार’को परिचर्चा गर्दै लघुकथासङ्ग्रह अखबारमा विविध विषयवस्तुहरू समेटिएका ३० उत्कृष्ट लघुकथाहरू रहेकोे बताउनुभयो । ‘साहित्यका विविध विधाहरूमा कलम चलाई तत् तत् विधामा आफ्नो दह्रो उपस्थिति जनाउनुभएकी लघुकथाकार पौडेलले ‘अखबार’मा पनि आफ्नो बलियो उपस्थिति जनाउनुभएको छ ।’ उहाँले भन्नुभयो । सङ्ग्रहका लघुकथाहरूमा कोरोनाकालमा भोग्नुपरेका दु:ख, पीडा एवम् तीता भोगाइदेखि वर्तमान समयको चित्रण, समाजमा विद्यमान भेदभाव एवम् सामाजिक कुरीति, विकृति आदिप्रति व्यङ्ग्य पाउन सकिन्छ । साथै ‘अखबार’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको एउटा लघुकथालाई बीज विन्दु मानेर लघुकथाहरू सङ्ग्रहित रहेकोे बताउनुभयो ।
कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार अवधेश सिंहको लघुकथा कृति ‘मरजाद’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ समालोचक एवम् कृति सम्पादक डा.विदुर चालिसेले लघुकथाकार सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’भित्र पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘नाटक’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा फरकफरक विषयका लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । साथै उहाँका लघुकथाहरूमा स्थान वैशिष्ठ्यता रहेको र तराईको माटोको सुगन्ध रहेको बताउनुभयो । उहाँको लघुकथाको शीर्षकले नै पाठकको ध्यान आकृष्ट गर्ने, कौतुहलता, जिज्ञासा पैदा गर्ने खालको भएको उल्लेख गर्नुभयो । समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्ने लगायत प्रश्न उठाउने पनि काम गरेको बताउनुभयो ।
कार्यक्रममा ‘अखबार’ लघुकथासङ्ग्रहको तर्फबाट बोल्नु हुँदै कृतिकार एवम् लघुकथाकार गङ्गा कर्माचार्य पौडेलले छोटो समयमै सङ्ग्रह निकाल्नुपरेको हुँदा कमिकमजोरी भएको स्वीकार गर्दै परिचर्चाकारज्यूले दिएको सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने बताउनुभयो । सङ्ग्रह प्रकाशन लगायत परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।
त्यस्तै कृतिकारको तर्फबाट बोल्नुहुँदै ‘मरजाद’ लघुकथासङ्ग्रहका कृतिकार अवधेश सिंहले आफू लघुकथाको सामान्य विद्यार्थी रहेको उल्लेख गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले निकालेका लघुकथाको सुगन्ध स्मारिका हेरेर पढेर लघुकथा लेखनमा सुधार गर्दै आएको बताउनुभयो । परिचर्चाकारले दिएका सुझावहरूलाई सहर्ष स्वीकार गर्दै उहाँले परिचर्चा कार्यक्रमको आयोजना गरिदिनुभएकोमा आयोजकप्रति आभार प्रकट गर्नुभयो ।
‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा गोपाल अश्क, ध्रुव मधिकर्मी, गङ्गा कर्माचार्य पौडेल, अवधेश सिंह, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, डा.विदुर चालिसे, वसन्त अनुभव, हिमलाल श्रेष्ठ, ललिता दोषी, डा.शेखर कुमार श्रेष्ठ, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, कर्ण दयाल, इन्दिरा चापागाईँ, म्यामराज राई, कुमार काफ्ले, निर्मला, चन्द्रा न्यौपाने, कमल पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्वअध्यक्ष लगायतका अभियन्ताहरूले आगामी अक्टोबरमा एकता महाधिवेशन गर्न शेष घले नेतृत्वको समितिलाई सुझाव दिएका छन् । संघमा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गर्दै उनीहरुले सबै पक्षबाट हदैसम्मको लचकता अपनाई अघि बढ्न सुझाएका हुन् । शेष घले नेतृत्वको उच्चस्तरीय समितिले आउँदो मे महिनामा महाधिवेशन गर्ने प्रस्ताव अघि सारेपनि महाधिवेशनको प्राविधिक तयारीका लागि समय लाग्ने भन्दै अक्टोबरमा गर्नुपर्ने सुझाव अभियन्ता तथा संस्थापकहरूले दिएका छन् । राष्ट्रिय समन्वय परिषद्को निर्वाचन आगामी जुलाईमा मात्रै सम्पन्न हुने र सो सम्पन्न नभई महाधिवेशन सम्भव नहुने तर्क अभियन्ताहरुको थियो ।
गैर आवासीय नेपाली संघद्वारा ११ मार्च २०२५ भर्चुअल माध्यमबाट आयोजित बृहत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरुबीच भाइचारा बढाउन यो संस्थाको स्थापना गरिएको स्मरण गराउँदै सबैलाई हठ त्यागेर लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडि बढ्न आग्रह गरे । उनले भने, ‘उच्चस्तरीय समितिले चुनावको लागि मात्रै चुनाव गराउने नभई छातीमा हात राखेर काम गर्नुपर्छ ।ʼ वास्तविक एकताको महाधिवेशनमा मात्रै आफू सहभागी हुने बताउँदै नेपालको समृद्धिको अभियानमा आफ्नो सधैं साथ हुने उनले स्पष्ट पारे ।
एनआरएनएका पूर्व अध्यक्ष जीवा लामिछानेले २०२३–२५ का लागि निर्वाचित डा. बद्री केसी नेतृत्वको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिँदै गत साता परराष्ट्रमन्त्री डा. आरजु देउवाले समन्वयकारी भूमिका खेलेको भन्दै सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानु पर्ने बताए । उनले बद्री केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिनपर्नेमा सबै एकमत हुनुपर्ने सुझाव दिए । ‘नेपालमा शान्ति प्रक्रिया ल्याइयो । संसद पुनर्स्थापना गर्ने भन्ने कहीं पनि लेखिएको थिएन, द्वन्द्वरत पक्षलाई संसदमा राख्ने कुरा लेखेको थिएन। तर त्यो सम्भव भयो। त्यस्तै हामीले पनि एकता गरेर अगाडि जान सक्छौं,’ उनले भने । उनले संस्थाको गुमेको साख फर्काउन अझै पनि सम्भव रहेको उल्लेख गरे ।
एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्तले पछिल्लो परिस्थितिमा संयम भई बुद्धिमानीपूर्वक अघि बढ्न आग्रह गरे । उनले उच्चस्तरीय समिति एकताबद्ध बन्यो भने मात्रै सबैको इज्जत हुने बताउँदै प्राविधिक कुरामा मात्रै नअल्झिन सुझाए । ‘मनभित्र एकताको भावना राख्ने हो भने समस्या समाधान गर्न सकिन्छ । तपाईंहरु सबैले एउटा सुझाव दिनोस्। उच्चस्तरीय समितिमा निर्वाचन पर सार्न हामीले कुरा राख्छौँ । हामीले जुन–जुलाईमा चुनाव गर्छाैं भन्यौँ भने अदालतले, परराष्ट्रले नगर्नोस् भन्दैन। उच्चस्तरीय समितिले निर्वाचनको काम गर्छ । अहिलेको कार्यसमितिलाई आफ्नो काम गर्न दिनोस्,’ उनले भने ।
एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउँदै आफ्नो व्यक्तिगत हितभन्दा संस्थाको हितलाई माथि राख्न आग्रह गरे । ‘सम्मानित अदालतलाई हामीले मान्नै पर्छ। परराष्ट्र मन्त्रीले दिएको विकल्पमा जाउँ,’ उनले भने । एनआरएनएका संस्थापक सचिव भिम उदासले प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान पनि तयार हुनुपर्ने आवश्यकतामा जोड दिए । उनले एकताको सन्देश अन्तर्वार्तामा हैन, व्यवहारमा देखाउनुपर्ने बताए ।
त्यस्तै संस्थापक सदस्य इन्द्रा बनले पनि अक्टोबर २०२५ मा महाधिवेशन र चुनाव गर्न सबै पक्षसँग संवाद गरेर अगाडि बढ्न सुझाव दिए । एनआरएनएका संस्थापक सदस्य राम प्रताप थापाले संस्थाको एकताको लागि आफूले विगतमा बलिदान गरेको स्मरण गराउँदै संस्थाको हितलाई सर्वोच्च ठान्नुपर्नेमा जोड दिए ।
एनआरएनएका अध्यक्ष डा. बद्री केसीले सन् २००३ मा नेपालको समृद्धिको लागि विदेशमा रहेका नेपालीहरुलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको उल्लेख गरे । आफूले जहिलेपनि कानूनतः काम गरेको र आगामी दिनमा पनि वैधानिकरुपमै आफूले अघि बढ्ने उनको भनाई थियो । ‘सर्वोच्चको दोस्रो फैसलाले विवेचनामा हरेक अधिवेशन सार्वभौम हुन्छन भन्यो। हामी सधैं एकताको लागि लचक छौं। सर्वोच्च अदालतको दुईवाटै फैसलाको सम्मान गरेर जाउँ। उच्चस्तरीय समितिले अनुगमन गरोस् हामी तयार छौँ । ११ औं कार्यसमितिको वैधतामाथि कुनै प्रश्न छैन। निष्पक्ष चुनाव गर्न हामी तयार छौँ ।’ उनले भने । उच्चस्तरीय समिति सबैको समिति र विश्वासको थलो बन्न योग्य भए आफूले सम्पूर्णरुपमा सहयोग गर्ने उनको भनाई थियो । उनले भने, ‘हामी एकताका विरोधी होइनौँ तर उच्चस्तरीय समिति सबैले विश्वास गर्न योग्य बन्नुपर्यो । सबै सदस्य त्यहाँ हुनुपर्यो ।ʼ अध्यक्ष केसीले एनआरएनएभित्रको आन्तरिक विवादले गर्दा मुख्य एजेन्डा ओझेलमा परिरहेको बताए । ‘मे २०२५ मा चुनाव गर्न बाध्यकारी अवस्था हैन। संघको आगामी अन्तर्राष्ट्रिय महाधिवेशनबाट सन् २०२५ साल मे महिना गर्ने वा सन् २०२५ साल अक्टोवर महिनामा गर्ने भनि केही दुविधा सम्मानित सर्वोच्च अदालतको दुई समानस्तरका इजलाशबाट भएको फैसलाका कारण सिर्जना भएको हुँदा दुवै फैसलाहरुको सम्मान हुने गरि निष्कर्ष निकाल्नका लागि परराष्ट्र मन्त्रालय समक्ष सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १३४ अनुसार कार्य गरि दिनका लागि अनुरोध गर्न सकिन्छ । साथीहरु, यो संरचना नफुटाउन हामी सबै मिलेर निवेदन दिन पाउने वैधानिक व्यवस्था छ। एनसीसी भनेको हाम्रा पिल्लर हुन् । अहिले मे मै महाधिवेशन गर्ने भनेर भन्दा उहाँहरु अप्ठेरोमा पर्नुहुन्छ । किनकी उहाँहरुको आफ्नो समयतालिका अनुसार जुलाई ३१ सम्म चुनावी कार्यक्रम अधिवेशन तय छन् । यस्ता प्राविधिक कारणलाई बुझेर पनि हामीले अक्टोबरमै महाधिवेशन गर्नुपर्छ । अहिले गर्दा सबै बिगार्नको लागि गरेको हुन्छ। त्यसैले सपार्नको लागि काम गरौँ। एनसीसीका सबै अध्यक्षसँग कुरा गरेको छु। एक जनाको हठले संस्था विघटन हुने स्थिति बन्न दिनु हुँदैन। यो संस्था बचाउनु हामी सबैको समान जिम्मेवारी हो ।’ उनले भने ।
कार्यक्रममा एनसीसीका अध्यक्षहरुले यही मे महिनामा भ्याउने गरी अधिवेशन गर्न सम्भव नभएको स्पष्ट पारे । उनीहरुले आपसी सहमतिले केन्द्रमा महाधिवेशनको मिति पर सारे पनि आफूहरुलाई मान्य हुने बताउँदै उच्चस्तरीय समितिका १३ जना सदस्य एकै ठाउँमा बसेर संवादद्वारा अहिलेको समस्यालाई निकास दिन आग्रह पनि गरे ।
झन्डै साढे चार घण्टासम्म चलेको अन्तरक्रियाको संचालन महासचिव गौरीराज जोशी तथा सचिव राधिका गुरुङले गरेका थिए । बैठकका निर्णय प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्रालय लगायत नेपाल सरकारका सम्बद्ध निकायलाई बुझाउने तयारी छ । कार्यक्रममा ७ सय भन्दा बढी एनआरएनए अभियन्ता जोडिएका थिए ।