• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

साप्ताहिक पञ्चाङ्ग भाग-१४९

  • ३२ जेष्ठ २०८२, शनिबार ११:५१ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: एकसयउन्नपचासौं अभ्यासमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन अनुरोध छ।
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-१४९—————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८२/०२/१२
    पञ्चाङ्ग वा समपञ्चाङ्ग लेखि बुधबार बेलुका ०९ बजेसम्म पठाउनु हुन अनुरोध छ।
    ……………………………………….
    प्रशिक्षक:-
    ……………
    सोमनाथ लुइटेल
    गुणनिधि घिमिरे
    सुशीला पौडेल

    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    भवानी घिमिरे
    पशपती राई

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    पञ्चाङ्ग साहित्य समाज नेपाल ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य
    पञ्चाङ्ग:०१
    दुई आत्माको मिलन हुनुपर्छ मायामा।
    एक अर्को मुटुलाई छुनुपर्छ मायामा।
    देखाउने र गरिनेमा फरक छ धेरै,
    एक दुःखी हुँदा दुवै रुनुपर्छ मायामा।
    बगेको आँसुले मुख धुनुपर्छ मायामा।
    -सुशीला पौडेल

    पञ्चाङ्ग:०२

    खेतालकाे भर हुँदैन मित्र
    गजडीकाे घर हुँदैन मित्र
    स्वार्थमा मान्छे डुबेर हजुर
    विवेकहीन ङर हुँदैन मित्र
    मूर्खताकाे सर हुँदैन मित्र ।
    प्रधुम्न चालिसे

    पञ्चाङ्ग::०३
    दीप जस्तै जलेर उज्यालो छर्नु छ।
    दुःख र पीडा जति सबैको हर्नु छ।
    भनिन्छ मानिसको जुनी एकबार,
    खुसी बनाउन आफ्नै भर पर्नु छ।
    सबैको कल्याण हुने काम गर्नु छ।
    -ह्यारिस

    पञ्चाङ्ग:०४
    उकालेर कुराहरू तिमीले
    उरालेर भुराहरु तिमीले
    के गर्न खाेज्यौ भन त,
    जुधाएर जुराहरु तिमीले
    पक्कै खा छौ पूराहरु तिमीले ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०५

    पर्देश गएका युवाले आफ्नो देश भुल्न आँटे के गर्नु ?
    भएको जोस जाँगर पनि परदेशमै साटे के गर्नु ?
    चार जात छत्तीस वर्णको सिङ्गो फूलबारी हाम्रो देश ,
    हिमाल र पहाड अनि तराई द्वन्दले फाँटे के गर्नु?
    त्यसैले त बलियो मित्रताको तार पनि काटे के गर्नु?

    दुर्गा आचार्य
    मोरङ
    पञ्चाङ्ग-०६

    हिउँद र बर्खा गरिबले कसरी झेलेका छन्
    फेरि जसले पनि गरिबलाई नै पेलेका छन्
    कति गर्नु स्वतन्त्रताको कुरा भोको पेटले
    नेता भने गणतन्त्रको भ्रम छर्दै रेलेका छन्
    शहिदको रगतमा बेस्सरी होली खेलेका छन् ।
    -पशपती राई खोटाङ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    दाङमा साहित्यकार विरहीको एकल रचनावाचन

  • ३२ जेष्ठ २०८२, शनिबार ११:१४ मा प्रकाशित
  • दाङ ३० जेठ । साहित्यकार सुशील पुन विरहीको एकल रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा नियमित मासिक कार्यक्रम अन्तरगत एकल रचनावाचनको ८१औं श्रृंखलामा साहित्यकार पुनको शुक्रबार एकल रचना वाचन घोराहीमा भएको हो ।

    परिषदका जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एव्म पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा साहित्यकार पुनले आफुले रचना गर्नुभएका दर्जन बढी गजल, कविता, मुक्तक, हाईकु प्रस्तुत गर्नुभयो । उहाँले प्रस्तुत गर्नुभएको रचनाले समाज, देश परिवेश र समसामयिक विषयलाई छोएका थिए ।

    कार्यक्रममा प्रमुख अतिथि शर्माले साहित्य सिर्जनामा देश र समाजको बिम्बलाई समेटेर अघि बढ्नुपर्ने बताउनुभयो । साहित्यले समाजको चेतनाबोधलाई उजागर गर्ने हुँदा सकारात्मक चिन्तन समावेश गर्न साहित्यकारले ध्यान दिनुपर्ने बताउनुभयो । परिषदका जिल्ला उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    कोशी प्रदेशस्तरिय रनिङ शिल्ड प्रतियोगिता विराटनगरमा सुरु

  • २६ जेष्ठ २०८२, आईतवार ११:३९ मा प्रकाशित
  • विराटनगर जेष्ठ २५
    सुजाता राई
    कोशी प्रदेश खेलकुद विकास बोर्डको आयोजनामा १५औँ राष्ट्रपति रनिङ शिल्ड अन्तरगत कोशी प्रदेशस्तरीय छनोट प्रतियोगिता विराटनगरको सहिद रंगशालामा सुरु भयो।
    कार्यक्रमको उद्घाटन सभामुख अम्बर बहादुर विष्टले सामाजिक विकास मन्त्री पाँचकर्ण राई, खेलकुद सदस्य सचिव कृष्ण (पर्शुराम) बस्नेतलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थितिमा भएकोछ।
    प्रदेशका ११ जिल्लाबाट करिब १,००० खेलाडी सहभागी भएका प्रतियोगितामा भलिबल, कबड्डी, कराँते, तेक्वान्दो, उसु तथा एथलेटिक्स खेल समावेश छन्।

    उद्घाटन समारोहमा प्रमुख अतिथि विष्टले शिक्षा र खेलकुद राष्ट्रको समग्र विकासको आधार भएको उल्लेख गर्दै प्रदेश सरकारलाई आगामी बजेटमा खेलकुदलाई प्राथमिकता दिन आग्रह गरे।
    मन्त्री राईले छोटो सूचनाका बाबजुद प्रतियोगिता सफलतापूर्वक आयोजना भएकोमा सरोकारवालाप्रति आभार व्यक्त गर्दै खेलकुद क्षेत्रलाई विशेष प्राथमिकतामा राखिने प्रतिबद्धता जनाए।

    सदस्य सचिव बस्नेतले सहभागी खेलाडीहरूलाई शुभकामना दिंदै विजयी खेलाडीलाई उचित सम्मान गरिने र खेलाडीको सम्मानजनक जीवनका लागि बोर्ड क्रियाशील रहेको जानकारी गराए ।

    प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीहरूले जेठ २८ देखि ३० गतेसम्म काठमाडौंमा हुने राष्ट्रपति रनिङ शिल्ड राष्ट्रिय प्रतियोगितामा कोशी प्रदेशको तर्फबाट सहभागिता जनाउनेछन्।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    लक्ष्मणरेखा महाकाव्यको समीक्षा दाङको घोराहीमा सम्पन्न

  • २६ जेष्ठ २०८२, आईतवार ०७:५४ मा प्रकाशित
  • जेठ २४, दाङ
    लुम्बिनी साहित्य सङ्गमका उपाध्यक्ष तथा साहित्यकार डा. कृष्णराज डि.सी. द्वारा रचित लक्ष्मणरेखा महाकाव्यको समीक्षात्मक कार्यक्रम सम्पन्न भएको छ। घोराही दाङको सर्वोदय पुस्तकालयमा भएको उक्त कार्यक्रममा सर्वोदय पुस्तकालयका अध्यक्ष सुशिल गौतमले अध्यक्षतामा गर्नु भएको थियो भने कार्यक्रमको प्रमुख अतिथिको रूपमा नारायणप्रसाद शर्मा रहनुभएको थियो।त्यसैगरी विशिष्ट अतिथिमा पुरूषोत्तम खनाल रहनुभएको थियो। कृतिको समीक्षा नेपाल संस्कृत विश्वविद्यालयका उप प्राध्यापक किशोर चन्द्र गौतमले गर्नुभएको थियो। राप्ती साहित्य परिषदका अध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट सुरू भएको उक्त कार्यक्रममा लुम्बिनी साहित्य सङ्गमका महासचिव तेजप्रसाद खनालले उपस्थित सम्पूर्ण अतिथिहरूलाई संस्थाको तर्फबाट धन्यवाद! मन्तव्य व्यक्त गर्नुभएको थियो भने स्रष्टा कृष्णराज डि. सीलाई बधाई तथा शुभकामना दिनुभएको थियो। स्रष्टा डि. सीले आफ्नो छोटो धारणा पनि प्रस्तुत गर्नुभएको थियो ।

    गत फागुन १७ गते काठमाडौंमा लोकार्पण भएको उक्त कृतिको थप समीक्षात्मक भिडियोहरू सलाइड मार्फत पनि प्रस्तुत गरिएको थियो। यस महाकाव्यमा २२ सर्ग,१५ सय श्लोक र १४ प्रकारका वार्णिक छन्दको प्रयोग गरिएको छ। जम्माजम्मी २ सय ६१ पृष्ठ रहेका छन्। कार्यक्रममा विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको आयोजना सर्वोदय पुस्तकालय घोराही दाङ,राप्ती साहित्य परिषद् केन्द्र,लेखक संघ दाङ,लुम्बिनी साहित्य संगम लुम्बिनी प्रदेशद्वारा संयुक्त रूपमा गरिएको थियो ।

    कार्यक्रमको सहजीकरण आदिम के. सी. ले गर्नुभएको थियो।कार्यक्रममा १०० भन्दा बढीको उपस्थिति रहेको थियो।उक्त कृतिको प्रकाशन लुम्बिनी साहित्य सङ्गमले गरेको थियो।कार्यक्रम निक्कै भव्य र सभ्य रूपमा सम्पन्न भएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध अख्तियारमा मुद्दा दर्ता, सांसद् पद निलम्बन

  • २३ जेष्ठ २०८२, बिहीबार १३:५५ मा प्रकाशित
  • काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग विशेष अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको छ।

    अख्तियारले पताञ्जलि प्रकरणमा माधव नेपालको संलग्नता देखाउँदै विवाद मुद्दा दर्ता गरेको हो।

    पतञ्जलि योगपीठको जग्गा अनियमिततामाथि अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसँग बयान लिएको थियो।

    पूर्वप्रधानमन्त्री नेपालले आफूमाथि राजनीतिक पूर्वाग्रह राखिएको र बयान गरेर सार्वजनिक छवि धुमिल्याउन खोजेको आशंका व्यक्त गरेका थिए । जवाफमा अख्तियार नेतृत्वले ‘निकै गोप्य रुपमा बयान हुने र त्यसको विवरण कतै लिक नहुने’ आश्वासन दिएका थिए ।

    पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

    भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइदैन । हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमती दिएपछि प्रश्न उठेको थियो ।

    भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो।

    Posted in मुख्य खबर, राजनीति

    विराटनगरमा एउटै कार्यक्रममा दुई कृति लोकार्पण

  • २० जेष्ठ २०८२, सोमबार ०६:३९ मा प्रकाशित
  • विराटनगर जेष्ठ १८
    सुजाता राई

    नोवेल पुरस्कार विजेता विश्व प्रसिद्ध साहित्यकार रवीन्द्रनाथ टैगोरको गिजाञ्जली र कठोपनिषद् कृतिहरूको नेपाली अनुवाद प्रा डा मेदिनीप्रसाद शर्माज्यूले गर्नुभएको छ । यी दुवै कृतिहरूको लोकार्पण कार्यक्रम खोटाङ सामाजिक सेवा मञ्चको आयोजनामा २०८२ साल जेठ १७ गते विराटनगरमा सम्पन्न भयो ।


    खोटाङ सामाजिक सेवा मञ्चको भाषा साहित्य कला उन्नयन उपसिमितिका संयोजक बाबुराम पोखरेलको अध्यक्षता र वरिष्ठ साहित्यकार बलराम पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न यस कार्यक्रममा विशिष्ट अतिथि प्राज्ञ गङ्गा सुवेदी अग्रज साहित्यकार कविराज न्यौपाने प्रा कृष्णप्रसाद पोखरेल प्रा डा मिनराज ढकाल प्रा डा हरिहर भण्डारी प्राज्ञ खेम नेपाली लगायत साहित्यकारहरूको उपस्थिति रहेको थियो ।
    लोकार्पित कृतिहरूमाथि समीक्षात्मक टिप्पणी गर्दै विद्वान व्यक्तित्व विपुलेन्द्र चक्रवर्ती र प्रा डा चक्रपाणी खनालले विश्व साहित्यसँग नेपाली साहित्यले पनि नतिजाउन्मुख रुपमा घुलमिल हुन यस किसिमका अनुवाद साहित्यले सहयोग पुर्याउँछ भन्दै विश्व प्रसिद्ध कृतिहरूको नेपाली अनुवाद तथा रुपान्तरण हुनु निकै गहन कार्य भएको बताउनु भयो ।
    नेपाली पाठकहरूका लागि यी दुवै कृतिहरु सरल रुपमा प्राप्त हुन आउनु महत्त्वपूर्ण पक्ष भएको हुँदा शुभकामना मन्तव्य राख्नु हुने महानुभावहरूले अनुवादक प्रा डा मेदिनीप्रसाद शर्माप्रति धन्यवाद ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका थिए ।
    कार्यक्रमको उद्घोषण लक्ष्मी पोखरेलले गरेकी थिइन् भने स्वागत मन्तव्य नानुमैया दाहालको रहेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    गजलसङ्ग्रह ‘दिव्यदीप’ को लोकार्पण तथा स्रष्टा सम्मान

  • १९ जेष्ठ २०८२, आईतवार २२:५४ मा प्रकाशित

  • विराटनगर जेष्ठ १८
    सुजाता राई

    मोरङ । गजलकार भूपाल अधिकारीको गजलसङ्ग्रह ‘दिव्यदीप’ को लोकार्पण गरिएको छ । नोबेल साकोस, विराटनगर शाखाले दाहाल प्रतिष्ठानको सभाहलमा आयोजना गरेको कार्यक्रममा उक्त कृतिको लोकार्पण गरिएको हो ।
    प्राज्ञ गङ्गा सुवेदी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा प्राज्ञ खेम नेपाली, नाट्य अभियन्ता भरत गुरागाईं बर्बरिक, डा. छवि वैरागी घिमिरे, नोबेल साकोसका संस्थापक राजन न्यौपाने, चारु प्रवर्तक डा. देवी पन्थी, सङ्गम अभियानका प्रधान सम्पादक रामबाबु दाहाल, छन्द वाटिकाका अध्यक्ष हरि कट्टेल, लेखक तथा अनुसन्धाता केशु विरही दाहाल प्रतिष्ठा शाखाको सदस्य राजेश दाहाल, भानुकला केद्रको अध्यक्ष माया पौडेल, मैथिली साहित्य समाजको अध्यक्ष डोमी कामत, हिन्दुस्तान टाइम्सका सम्पादक तथा सञ्चारकर्मी वरुण मिश्र लगायतका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । साथै उक्त कार्यक्रममा प्रा. डा. हरिहर दाहाल, नेपाल मुक्तक प्रतिष्ठान कोसी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल, सिर्जनामा इनरुवाका अध्यक्ष लीलानाथ सिलवाल, कण लघुकथा मञ्चमा अध्यक्ष दीप मङ्ग्राती, स्रष्टाहरू रमेन्द्र कोइराला, शिवनारायण मण्डल सिङ्गल, पुष्पा सायरा, नानुमैया दाहाल, राधा भट्टराई, उमानाथ घिमिरे, उमानाथ भट्टराई, रोहिणी रसिक, प्रिन्स प्रमोद ढकाललगायतका स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो ।
    लोकार्पित कृतिमाथि हरि कट्टेलको समीक्षा प्रस्तुत गरेका थिए । समीक्षा प्रस्तुत गर्दै ‘दिव्यदीप’ पूर्ण रूपमा बहरमा लेखिएको एउटा महत्त्वपूर्ण कृति रहेको बताए ।
    कार्यक्रममा नोबेल साकोसका संस्थापक राजन न्यौपाने, भरत बर्बरिक, केशु विरही, डा. देवी पन्थी, डा. छवि वैरागी घिमिरे, बाबुराम पोखरेललगायतका व्यक्तिहरूको शुभकामना मन्तव्य रहेको थियो ।
    नोवेल साकोस साहित्य संस्था विराटनगर, शाखाको वार्षिकोत्सव समेत रहेको उक्त कार्यक्रममा नेपाली भाषा, साहित्य, कला तथा पत्रकारिताको क्षेत्रमा योगदान दिने विभिन्न आठ जना व्यक्तिहरूलाई सम्मान गरिएको थियो । जसमा विशिष्ट साहित्य सम्मानबाट केशु विरही र शरद प्रधानाङ्ग, विशेष साहित्य सम्मानबाट प्रिन्स प्रमोद ढकाल, विशिष्ट कला सम्मानबाट प्रयाग न्यौपाने, सञ्चार सम्मानबाट गोकुल पराजुली र मदन भण्डारी, सामाजिक सम्मानबाट करिम अन्सारी र बालप्रतिभा सम्मानबाट प्रज्ञा कट्टेल सम्मानित भएका हुन् ।
    अतिथिहरूलाई फूलमालाले स्वागत रेनुका राईले र कार्यक्रममा मञ्जुश्री गिरी, चिरञ्जीवी काफ्ले, किस्मत खतिवडा, प्रिन्स प्रमोद ढकाल, शारदा भट्टराई, मदन भण्डारी, रोहिणी रसिक, मनाहाङ राईलगायतले रचनावाचन गरेका थिए । उपस्थित सम्पूर्ण श्रष्टाहरूलाई संस्थाकी सदस्य शान्ता भट्टराईको स्वागत मन्तव्यद्वारा स्वागत गरिएको कार्यक्रममा यसै संस्थाका कोषाध्यक्ष ऋषि तिवारीको शुभकामना मन्तव्य रहेको थियो । शाखा अध्यक्ष मञ्जु घिमिरे दाहालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन भने सचिव सुजता राई र सदस्य नवराज पोखरेल ‘नवशिला’को जिम्मामा रहेको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    स्मृती योगीको ‘अनुराग’ विमोचित

  • १७ जेष्ठ २०८२, शुक्रबार ०७:२५ मा प्रकाशित
  • स्मृति योगीको ‘अनुराग’ विमोचन समारोह


    दाङ, १५ जेठ ।
    साहित्यकार स्मृति योगीले पहिलो कृति ‘अनुराग’ गजलसङ्ग्रह पत्रकार महाशाखा दाङको सभाहलमा एक कार्यक्रमको बीच विमोचन गरिएको छ ।

    राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा महाकाव्यकार बुनू लामिछानेको प्रमुख आतिथ्यता एवं परिषद्का पूर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । साहित्यकार योगीको गजल सङ्ग्रह ‘अनुराग’ मा विभिन्न विषय समेटिएर तयार पारिएका ८० वटा गजल समावेश रहेका छन् ।

    समाजमा भएका विभिन्न विभेद, सामाजिक, आर्थिक, विसङ्गति लगाएत सबै कुरालाई अनुरागमा समेटिएको छ । गजलसङ्ग्रह ‘अनुराग’ को समीक्षकमा साहित्यकार सन्ध्या रेग्मी र छविलाल कोपिला रहेका थिए । समीक्षक दुबैले योगीले समाजमा भए गरेका विभिन्न विषयलाई उठाएर समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको भन्दै शुभकामना सँगै सल्लाह सुझाव समेत दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासन, लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणी देवकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव घनश्याम केसीले गरेका थिए ।
    बाक्लो दर्शकहरू रहेको सो कार्यक्रममा संस्थाको तर्फबाट लेखकलाई प्रशंसापत्रद्वारा सम्मान गरिएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    पूर्वपत्नी र दुई साना छोरीको हत्या

  • १५ जेष्ठ २०८२, बुधबार ०९:२६ मा प्रकाशित
  • काठमाडौं । रुपन्देहीको बुटवलमा एक हृदयविदारक घटनामा एक पुरुषले आफ्नी पूर्वपत्नी र दुई साना छोरीको हत्या गरेका छन्। प्रहरीका अनुसार बुधबार बिहान साढे ४ बजे बुटवल उपमहानगरपालिका–११ मैत्रीपथस्थित घरमा ३३ वर्षीया दीपा बस्याल र उनका दुई छोरी ७ वर्षीया स्नेहा र ४ वर्षीया हिमानीको हत्या गरिएको हो।

    रुपन्देहीका प्रहरी प्रमुख प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएअनुसार, दीपाका पूर्वश्रीमान् सुजन कोइरालाले चक्कु र हम्मर प्रहार गरेर बस्याल परिवारको ज्यान लिएका हुन्। उनीहरू मंगलबार साँझ मात्र कोइरालाको घर गएका थिए, जहाँ उनले छोरीसहित दीपालाई बोलाएको खुलेको छ। तर त्यो भेट अन्ततः त्रासदीमा परिणत भयो।

    “किन गएकी थिइन् भन्नेबारे अहिले अनुसन्धान भइरहेको छ,” प्रहरी उपरीक्षक क्षेत्रीले बताए, “घटनास्थलमा अनुसन्धान जारी छ र शवको मुचुल्का तयारी भइरहेको छ।”

    घटनाको जानकारी बिहान ७ बजे प्रहरीसम्म पुगेपछि कोइरालालाई नियन्त्रणमा लिइएको छ। प्रारम्भिक अनुसन्धानबाट कोइरालाले योजनाबद्ध रूपमा हत्या गरेको आशंका गरिएको छ।

    स्वास्थ्यकर्मीको रूपमा कार्यरत दीपा बस्याल पाल्पाको तानसेन नगरपालिका–७ स्थित कुनसरे आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत थिइन्। उनले केही वर्षअघि सुजनसँग सम्बन्ध विच्छेद गरेर नवलपरासीका अर्का व्यक्तिसँग पुनः विवाह गरेकी थिइन्।

    यो घटनाले नेपालमा महिला र बालबालिकामाथि घरेलु हिंसाको नयाँ सन्दर्भ थपेको छ। सम्बन्धविच्छेदपछिको हिंसात्मक प्रतिशोधका रुपमा लिइएको यो घटना गम्भीर चिन्ताको विषय बनेको छ। सुरक्षा तथा कानुनी संरचना अझै पनि पीडितमैत्री नबन्दा यस्तो दु:खद घटनाले दोहोरिन सक्ने खतरा देखिएको छ।

    Posted in मुख्य खबर, समाज

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- १३१

  • १४ जेष्ठ २०८२, मंगलवार १४:३६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयएकतीसौंमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८२/०२/०९

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३१[एकसयएकतीसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    सोमनाथ लुइटेल “रवि पाल्पालि
    गुणनिधि घिमिरे
    सुशीला पाैडेल

    चित्र संकलन

    सुशीला पाैडेल

    संकलन
    सुशीला पौडेल
    दुर्गा रिजाल आचार्य

    शुद्धीकरण

    भवानी घिमिरे
    पशपती राई

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    पञ्चाङ्ग:०१
    पुरानो चलन हराउँदै छ।
    नयाँ प्रविधिले कराउँदै छ।
    विज्ञानको चमत्कारले गर्दा,
    त्यति मान्छे मन पराउँदै छ।
    परिवार एक्लै गराउँदै छ।
    सुशीला पौडेल

    पञ्चाङ्ग:०२
    लोप भएका ढिकी र जातोहरु कहाँ पाइन्छ अचेल,
    आधुनिक प्रबिधिका अनेक सामान चाइन्छ अचेल।
    असल र सुरक्षित त पहिलेका सामानहरु हुन्थ्यो ,
    बिषालु र पोलिसवाला मीठो मानेर खाइन्छ अचेल,
    पुराना संस्कार छोडि आधुनिक तिर जाइन्छ अचेल।

    दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग:०३
    भात मीठो ढिकीले कुटेको छुन्छ
    मुसल र ओखल जुटेको हुन्छ
    ल‍ोप हुन नदिउँ हाम्रो ढिकीलाई,
    सुरक्षित पाराले चुटेको हुन्छ
    भुस निकाली दाना फुटेको हुन्छ ।
    घनमाया चौधरी कैलाली

    पञ्चाङ्ग-०४
    उहिले उहिले पनि होइन मात्रै हिजो अस्ति हो
    लाएको गुन चटक्कै बिर्सी जाने यिनी खै कस्ति हो
    आफ्नै खेतमा फलाएर धान कुटिन्थ्यो ढिकीमा
    के गाउँ के सहर हरेक ठाउँ बस्ती-बस्ती हो
    आधुनिकता भित्र आज मान्छे अहो!कति मस्ति हो।
    -पशपती राई खोटाङ ।

    ॐ

    पञ्चाङ्ग:०५

    मायालुले चट्ट निधारमा लगाएर टिकी हेर
    भेट्ने सबैले भन्छन् उनलाई त!सारै निकी हेर
    परम्परागत साधन हाम्रो ढिकी जाँताे र घट्ट
    धनसारबाट सुकाइ राखेकाे धान झिकी हेर
    नाङ्ग्लाे र नाम्लेकाठ झिकेर थालिन् कुट्न ढिकी हेर ।

    पञ्चाङ्ग:०६
    नयाँ प्रविधिको भर हुँदैन।
    पुरानो ढिकीको डर हुँदैन।
    नयाँ जमानामा के के हुन्छ खै,
    पहिलेको जस्तो कर हुँदैन।
    जो कोहीको स्वस्थ हर हुँदैन।
    ह्यारिस

    पञ्चाङ्ग:०७
    मकै पिस्छ धान कुट्छ यसले।
    राखेमा ओखर फुट्छ यसले।
    परम्परागत मेशिन हो यो,
    नजान्दा हात नै टुट्छ यसले
    बयाॅ र कनिका छुट्छ यसले।।
    घनश्याम पौडेल,पोखरा

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P