“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- एकसयतेतीसौंमा हामी पुगेका छौं।
लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
मिति:- २०८२/०२/२२
आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको: १३३एकसयतेतीसौऔं] चित्रपटमा,यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
प्रशिक्षक :
सोमनाथ लुइटेल “रवि पाल्पाली
गुणनिधि घिमिरे
सुशीला पाैडेल
चित्र संकलन

सुशीला पाैडेल
संकलन
सुशीला पौडेल
दुर्गा रिजाल आचार्य
शुद्धीकरण
भवानी घिमिरे
पशपती राई
संरचना
अनुप्रास :- आफू खुसी
स्थायी :- आफू खुसी
अक्षर :- बराबरी
समायोजक
पञ्चाङ्ग साहित्य समाज नेपाल
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]~~~~~
पञ्चाङ्ग:०२
अभावले बाँच्नु परेको छ
जिन्दगीमा साँच्नु परेको छ
पढ्ने उमेर डोको छ साथ,
डोकोमै म नाच्नु परेको छ
कम्मरमा भाँच्नु परेको छ।
-सुशीला पौडेल
पञ्चाङ्ग:०२
पढ्ने बेला कता हिॅड्यौ डोको बोकेर
मनभरि बेदनाका पोको बोकेर
कहाँ गए बाबा आमा दिदी र दाइ,
भारीसङ्गै गोडाभरी फोको बोकेर
पेटभरि खान मिल्ने धोको बोकेर।।
-घनश्याम पौडेल,पोखरा
पञ्चाङ्ग:०३
कति मायालु ती सानी नानी ओहो !
डोको बोकेर ल्याउछिन् पानी ओहो !
विद्यालय जानेबेला श्रम गर्दै
रहेछिन् उनी असल ज्ञानी ओहो !
सानैदेखि नै मायाकी खानी ओहो !
-शोभा आचार्य गौतम
काठमाडौँ
पञ्चाङ्ग:०४
रहर भन्दा बाध्यता ठुलो हुन्छ के गर्नु ?
बिहान र बेलुका भोकले छुन्छ के गर्नु?
देश कंगाल भै सक्यो गरिबीको मार छ,
यी आँसु सरकारले कैले धुन्छ के गर्नु ?
देखेर सम्झदा मन साह्रै रुन्छ के गर्नु ?
-दुर्गा आचार्य
मोरङ
पञ्चाङ्ग:०५
टाउकोमा नाम्लो पिठ्युँमा बाँसकाे डाेकाे छ
भारी बाेकेर हिँडेकी देख्छु पेट भाेकाे छ
लेख्ने, पढ्ने उमेरकाे नानीकाे हेर कष्ट
अभाव र गरीबीले नराम्ररी छाेकाे छ
हाँस्ने, खेल्ने बेलामा आँसुले आँखा धाेकाे छ।
-भवानी घिमिरे
सर्लाही ।
पञ्चाङ्ग-०६
हामी सबै मिलि यहाँ गरिबीलाई भगाउन पाए
थोत्रिएका सोचहरुलाई नदिमा बगाउन पाए
धनी गरिब बिचमा विभेद हुने थिएन संसारमा,
पैंचो भए पनि अलिकति चेतना मगाउन पाए
सबै समान हुने थियो मानवता जगाउन पाए।
-पशपती राई खोटाङ ।

