नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलरसँगै युरोपियन युरोको भाउ पनि घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम गरिएको छ।
बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा थियो। यो मूल्य अघिल्लो दिनको १३ पैसा घटेको हो।
युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ४० पैसा र बिक्रीमा १४२ रूपैयाँ ४ पैसा पाइन्छ।
बिहीबार युरो एकको खरिदमा भने १४१ रुपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रुपैयाँ ३२ पैसा कायम गरिएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा २८ पैसा घटेको हो।
यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ २१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ९३ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ ३४ पैसा र बिक्रीमा ९१ रूपैयाँ ७५ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ६८ पैसा र बिक्रीमा ९९ रूपैयाँ १३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ १४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ३१ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ३७ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ९५ पैसा र बिक्रीमा ३६ रूपैयाँ १२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २९ रूपैयाँ ९९ पैसा र बिक्रीमा ३० रूपैयाँ १२ पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४३१ रूपैयाँ १७ पैसा र बिक्रीमा ४३३ रूपैयाँ १३ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५० रूपैयाँ ३८ पैसा र बिक्रीदर ३५१ रूपैयाँ ९७ पैसा तोकिएको छ।
काठमाडौँ – ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मुत्यु भएको छ।
गएराति भएको सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा आज बिहान मुत्यु भएको हो। गएराति करिब १० बजेतिर भएको सिलिन्डर विस्फोटमा परी सांसद् भण्डारी र उनकी आमा घाइते भएका हुन्।
अस्पतालका अनुसार हाल चन्द्र भण्डारीको आइसियूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५- ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको बताइएको छ।
चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल्नुलाई गम्भीर अवस्था मानिन्छ।
दाङ – सीता एअरले आजदेखि दाङ–काठमाण्डौ उडान गर्ने भएको छ । सीता एअरले दाङको टरिगाउँ विमानस्थलबाट आजदेखि नियमित उडान भर्न लागेको हो ।
सीता एअरले आफ्नाे जहाज भाडा घटाएको छ । भाडा महंगो भएको गुनासोपछि एक हजार रुपैयाँ भाडा घटाएर आठ हजार रुपैयाँ बनाइएको क्षेत्रीय निर्देशक विनोद मीश्रले जानकारी दिनुभयो । यसअघि ९ हजार रुपैयाँ भाडा तोकिएको थियो ।
अहिले उडान गर्दै आएको नेपाल वायुसेवा निगमको जहाजले ८ हजार आठ सयदेखि ९ हजार १० रुपैयाँ भाडा लिदै आइरहेको छ । सीता एअरले काठमाण्डौबाट दाङ १२ बजेर १० मिनेटमा र दाङबाट काठमाण्डौ १ बजेर ३० मिनेटमा उडान गर्नेछ ।
सीता एअरसँगै दाङको टरिगाउँ विमानस्थलबाट सरकारी र निजी कम्पनीका गरेर दुईवटा जहाजले उडान भर्नेछन् ।
काठमाडौं : नेपालको अर्थतन्त्र विदेशबाट भित्रिने रेमिट्यान्सको भरमा मात्रै टिकेको छ। राष्ट्र बैंकका अनुसार देशको वस्तुव्यापार घाटा तीव्र रुपमा बढेर गए पनि वैदेशिक रोजगारीबाट प्राप्त हुने विदेशी मुद्राका कारण नै चालु खाता हालसम्म सन्तुलनकै अवस्थामा छ।
गत आर्थिक वर्ष (०७८/७९) मा नेपालले १० खर्ब ७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्र्यायो। रेमिट्यान्स बाहेक नेपालले वैदेशिक मुद्रा आर्जन गर्ने अर्को ठूलो स्रोत भनेको निर्यात हो, जुन २ खर्बमा मात्र सीमित छ। रेमिट्यान्सका तुलनामा यो रकम धेरै नै कम हो।
यसको तुलनामा नेपालमा झण्डै वार्षिक १९ खर्ब रुपैयाँभन्दा बढीको आयात हुने गरेको छ। यसलाई धान्ने क्षमता रेमिट्यान्स र निर्यातसँग छैन।
यसै कारण मुलुकको अर्थतन्त्रमा वर्षेनी ठूलो खाडल पर्दै गइरहेको छ। त्यो खाडललाई भर्ने काम वैदेशिक ऋण र अनुदानले गर्ने गरेको छ। जुन अर्थतन्त्रका लागि सुखद अवस्था होइन।
रेमिट्यान्सको भविष्य र विकल्प
देशको अर्थतन्त्रका लागि आगामी वर्ष चुनौतीपूर्ण बन्ने घोषणा राष्ट्र बैंकले गरिसकेको छ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा नै आगामी वर्ष विप्रेषण आप्रवाह कम हुने, पर्यटन आय शून्य हुने र वैदेशिक लगानीमा संकुचन आउने भएकाले अर्थतन्त्रमा चुनौती थपिने बताएका छन्।
अधिकारीका अनुसार आगामी वर्ष विप्रेषणमा २० प्रतिशत भन्दा बढी संकुचन आउन सक्ने देखिएको छ।
यस आर्थिक वर्षका विगत ८ महिनामा गत आर्थिक वर्षको यसै अवधिका तुलनामा १.८ प्रतिशतले रेमिट्यान्स बढेको छ। साउनदेखि माघ मसान्तसम्मको अवधिमा झण्डै ६ खर्ब रेमिट्यान्स भित्रिएको छ।
तर आगामी वर्षमा भने विप्रेषण आप्रवाहमा ठूलो प्रेसर पर्दैछ। राष्ट्र बैंकका गभर्नरले भने झैं यदि विप्रेषण आप्रवाह घट्दै जाने हो भने मुलुकको अर्थतन्त्रको भविष्य संकटमा पर्ने देखिन्छ।
मुलुकभित्रै ठुला-ठुला उद्योगहरूको स्थापना गरेर युवा जनशक्तिलाई उपयोग गर्ने हो भने वस्तुहरूको आयातमा विदेश जाने पूँजीलाई केही हदसम्म रोक्न सकिन्छ।
अर्कातिर मुलुकभित्र रहेका महत्त्वपूर्ण सम्पदाहरूको संवर्द्धन र प्रचारप्रसार गरेर बढी भन्दा बढी पर्यटक भित्र्याउन सकेमा विदेशी मुद्रा सञ्चितिमा वृद्धि हुन जान्छ।
त्यस्तै अर्को विकल्प भनेको कृषि क्षेत्रको विकास हो।
एकातर्फ खाद्यान्न, तरकारी, फलफूल लगायतका धेरै उपभाेग्य वस्तुका लागि नेपालबाट धेरै पैसा विदेश जाने अवस्था छ। अर्कातर्फ देशका युवाहरु भने विदेश पलायन भइरहेका छन्।
यदि रेमिट्यान्सको भविष्य कमजोर बन्दै गयो भने युवा शक्तिलाई स्वदेशमै उपयोग गर्ने योजना ल्याउन तर्फ सरकारको ध्यान जानु आवश्यक छ।
वैदेशिक रोजगारीको अवस्था
आर्थिक वर्ष २०७८/७९ को तथ्याङ्क अनुसार करिब ३५ लाख नेपाली विदेशमा कार्यरत छन्। श्रम स्वीकृति नलिइ भिजिट भिसा र विद्यार्थी भिसामा विदेश गएर काम गर्नेको संख्या जोड्ने हो भने यो संख्या निकै धेरै हुन जान्छ।
यसै आर्थिक वर्षमा मात्रै ६ लाख ३० हजार ९७ जनाको श्रम स्वीकृति जारी भएको छ। भारत बाहेक अन्य देशमा हालसम्म दोहोर्याएर जाने समेत गरी करिब ७५ लाख जनाको श्रम स्वीकृति जारी भएको वैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ।
मलेशिया, कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरेबिया तथा कुवेत गरी पाँच देशले मात्रै कुल श्रम स्वीकृतिको ९० प्रतिशत हिस्सा ओगटेका छन्।
सबैभन्दा धेरै श्रम स्वीकृति लिने देशमा मलेशिया रहेको छ भने दोश्रोमा कतार रहेको छ। त्यसपछि क्रमशः संयुक्त अरब, साउदी अरेबिया र कुवेत परेका छन्।
श्रम स्वीकृति लिएकामध्ये पुन: श्रम स्वीकृति लिएर विदेश जाने ३२ प्रतिशत छन्। हाल वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आफू कार्यरत रहेकै मुलुकबाट श्रम स्वीकृति नविकरण गर्न पाउँछन्।
श्रम स्वीकृति लिनेमध्ये करिब १० प्रतिशत महिला रहेको पनि तथ्याङ्कले देखाएको छ। वैदेशिक रोजगारीबाट एकातिर मुलुकले विदेशी मुद्रा संकलन गर्ने अवसर पाएको छ भने अर्कातिर मुलुकमा सामाजिक समस्या भने निम्त्याएको छ।
अर्थविदहरु रेमिट्यान्सलाई युद्धका घाइतेलाई दिइने पेन्सनसँग तुलना गर्छन्। उनीहरु भन्छन्, ‘पैसा त आएको छ तर त्यसको सामाजिक मूल्य महँगो छ।’
२०७९ फागुन ०२ गते उकेरा डटकममा १७:१८ मा प्रकाशित यो रिपोर्ट सभार गरिएको हो।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका छन्।
मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन्।
उनले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गरे। उनले देशभित्रका र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेका बताए।
एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने जिकिर गरे। उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका बताए।
‘अहिले साथीहरु काफी प्रशन्न भएको देख्छु म। हामीले पाँचदलिय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। यो सफलताको कुरा हो। तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रशन्न भएको देखिन्छ। प्रशन्न हुनुपर्दछ। तर कथम कदाचित यो स्थिति फेरियो भने? संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ। बहुमत कसैको छैन। हाम्रो पार्टीसँग बहुमत छैन। हामीसँग बहुमत भन्दा निकै तल सिट छ। र अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशिल छन्। यो देश बर्बाद पार्न सबभन्दा पहिले यदी कुनै डाकाले बैंकमा डकैती गर्नपर्यो भने पहिले पालेलाई प्रहार गर्छ। नेकपा (एमाले) यो देशमा डकैती गर्न नदिने गेटको पाले हो। यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन। त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ। भइआएको छ। त्यसकारण फेरि पनि हुँदैन भन्न सकिँदैन। अनेक प्रकारका शक्तिहरु क्रियाशिल छन्। अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका छन्। यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन्।’ उनले भने। अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भएपनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उनको भनाइ छ।
उनले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताए। कुनैपनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उनले विद्यार्थीहरुलाई आग्रह गरे।
अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुनेकुरामा विश्वास व्यक्त गरेका छन्। उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरु भर्खरै सिक्दै गरेका भनि टिप्पणी गरेका थिए। नेविसंघलाई अनेरास्ववियुले जहिलेपनि छक्का हान्दै आएको उनको भनाइ थियो।
अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरेका छन्। उनले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वकांक्षा बोक्नु नहुने बताए।
पञ्चाङ्ग चित्रपट भाग :- ३० लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१ मिति:- २०७९/१०/२६ गते साँझ ८ बजे ।
आदरणीय पञ्चाङ्गका अनुरागी एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको ३० [तिसौँ] चित्रपटमा छौं।
यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम, ठेगाना र फोटो सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!
शुद्धीकरण ————– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल (सुवेदी )
संरचना ——— अनुप्रास :- आफू खुसी स्थायी :- आफू खुसी अक्षर :- बराबरी
समायोजक ————-
सोमनाथ लुइटेल “रवि पाल्पाली” तथा पञ्चाङ्ग साहित्य समाज नेपाल ————————
चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट] ~~~~~~~~~~~~~~~~~~~~~ चित्रमा पञ्चाङ्ग ~~~~~~~~~~~~~~
चित्रपट पञ्चाङ्ग [०१]
राष्ट्रिय पोशाक दाैरासुरवाल कति राम्राे। धेरै सुहाउँछ राष्ट्रिय पाेशाक अति राम्रो। हाम्रो देशकाे नै राम्रो लाग्छ राष्ट्रिय पाेसाक, राष्ट्रिय पाेसाक झैँ खुल्दैन अरु त्यति राम्रो। नारीकाे अरू सुहाउँदैन सारी जति राम्रो।
✍️शाेभा आचार्य गाैतम, काठमाडौँ । …………………………………………
चित्रपट पञ्चाङ्ग [०२]
सबै अगाडि नै कति राम्रो देखिन्छ सारी। धेरै सुहाउने जति राम्रो देखिन्छ सारी। हरेक चाडपर्वमा पनि लाउने मिल्ने, राष्ट्रिय पोसाक नै त्यति राम्रो देखिेन्छ सारी। नारीलाई धेरै अति राम्रो देखिन्छ सारी ।
नेपालमा नेपालीत्व झल्किने पहिरन। साडी चोलो महिलाको टल्किने पहिरन। किन होला चलनमा बिचलन आएको, दौरा सुरुवाल पद पल्किने पहिरन। विदेशीको नक्कलमा सल्किने पहिरन।
✍️होम प्रसाद नेउपाने,धरान,सुनसरी । ………………………………………………
चित्रपट पञ्चाङ्ग [०४]
नेपाली भूमि नाम राम्रो । हुन्छ सर्वोच्च काम राम्रो । भाषा संस्कृति भेष भुषा, सौम्य प्रकृति ठाम राम्रो । लेक र बेसी गाम राम्रो ।
✍️आर्त अकुलीन, कैलाली । ………………………………………
चित्रपट पञ्चाङ्ग [०५]
देश अनुसारकाे भेष हुन्छ सबैकाे। छुट्टै नै संस्कृतिकाे देश हुन्छ सबैकाे। रहन सहन खापिन फरक हुन्छ, यहाँ भिन्न खालकाे केस हुन्छ सबैकाे। नेपालीकाे पाेशाक पेश हुन्छ सबैकाे।
✍️नवराज भट्ट, कञ्चनपुर । …………………………………………
पञ्चाङ्ग [०६]
कहिले देश अनि विदेश आउने जाने गाह्रो छ। जतिसुकै दौडधुप गरौं स्वप्न समग्र थारो छ। नेपाल ~ गए कपाल सँगै बर्मा गए कर्म सँगै, एकै लयमा हुँदै यो जिन्दगी चलाउन साह्रो छ। जहाँ रहेपनि भाषाभेष प्राण भन्दा झन् प्यारो छ ।
✍️गणेश लोहनी, चितवन हाल काठमाडौं । …………………………………………………
चित्रपट पञ्चाङ्ग [०७]
हिमाल पहाड तराई संसारमै दुर्लभ देश हुन्छ नेपाली नारीको विवाह उत्सवमा पो सारी पेश हुन्छ राष्ट्रियता झल्काउने पोशाक लगाएर सजिरहँदा आ-आफ्नो देश अनुसारकै चिटिक्क मिलेको भेष हुन्छ नेपालीलाई सुहाउने दौरा सुरुवाल विशेष हुन्छ
✍️भगवती दवाडी दमक, झापा ……………………………………………………………
चित्रपट पञ्चाङ्ग [०८] [०१] राष्ट्रिय पोशाक दौरा सुरुवाल गुन्यूचोली लाउदैन जसैले त । नेपाली हुँ भन्नु पनि लाजैमर्न ब्यर्थै हुन्छ जस्तै लाग्छ त्यसैले त । राष्ट्रियता भाषा धर्म संस्कार र संस्कृतिको परिवेश छ भित्रै, नेपाली हुन विभिन्न कारण,देशको पहिचान खोज्छ यसैले त । त्यो पहिरन नेपाली हो,राष्ट्र गौरव परिचय दिन्छ कसैले त । [०२] दौरा सुरुवाल सारी चौबन्दी चोली लाएको मनपर्छ। नेपालीले नेपालको राष्ट्रिय गीत गाएको मनपर्छ। हिमाल पहाड तराइ मिलेको यो स्वर्गतुल्य देशमा, ढिँडो रोटो खाएनी हाँसीखेली बस्न पाएको मनपर्छ । सबै थरी जाती भाषी सबैमा माया छाएको मनपर्छ बिबस पारदर्शी।
✍️बिबस पारदर्शी ,झापा । …………………………………………………………
चित्रपट पञ्चाङ्ग [०९]
हामी नेपालीको नेपाल राष्ट्रिय देश राम्रो लाग्छ । ढाका टोपी दौरा सुरुवाल गुन्यौ चोली हाम्रो लाग्छ । हरियाली डाडाकाँडा सुन्दर ती नदी हिमाल छन् , नेपाल यस्तो सुन्दर देश हुँदा पनि डाम्रो लाग्छ । अविज्ञ धेरै राजनीति भएर होला दाम्रो लाग्छ ।
मेराे माटो मेरो देश आहा । मेरो देह मेराे भेष आहा । प्याराे लाग्छ प्राण भन्दा धेरै , टल्किने त्यो श्वेत केश आहा । बाँकी छ पुर्खाकाे शेष आहा ।
✍️भवानी घिमिरे, सर्लाही । ………………………………………
चित्रपट पञ्चाङ्ग [११]
पञ्चाङ्ग साहित्यकाे माझ हुर्किएकाे फूल भयो याे फूललाई टिपी फाल्ने नगर्नु है भुल भयो मगमगाउँदै गाउँ शहर बास्ना फैलियाेस् अझै, पाखा पखेरा सबैतिर माैलाउँदै झुल भयो । बाँधेर आए हुने साथी भाईहरू हुल भयो ।
✍️धनकुमारी रेग्मी , भरतपुर चितवन । ……………………………………………………
पञ्चाङ्ग [१२] [०१] त्याे पीडा दिनेलाई भगाउनु छ। चाेटलाई मलम मगाउनु छ । सफल जिन्दगी जिउनकाे लागि, पराइलाई पाखा लगाउनु छ। खुशीको पलहरु जगाउनु छ। [०२] जिन्दगी सांसारिक खेल रहेछ। बगिरहने आँसुको भेल रहेछ। सोचेर सोची नसक्नु भएको छ, माया जालकाे मीठो नेल रहेछ। सम्बन्धहरुकाे त्याे मेल रहेछ।
✍️सुशीला पौडेल । …………………………………………
चित्रपट पञ्चाङ [१३] [०१] नेपाली पहिचान पोसाक लगाऊ है। नेपाली सबै मिली एक भई आऊ है। सुन्दर राम्रो छ हाम्रो राष्ट्रिय पोसाक, एक एक न फुटी जुटी साथ छाऊ है। राम्रो र सुन्दर आफ्नै गाउँ धाऊ है। [०२] सन्ततिमा संस्कारको दियो बाल्न पाए हुन्थ्यो। पश्चिममी कुसँस्कार कुरिती फाल्न पाए हुन्थ्यो। अहिलेको यो पुस्तामा हराउँदै गएको संस्कृति, आउने पिढीमा भए पनि ढाल्न पाए हुन्थ्यो। कुरितीले च्यातिएको मन टाल्न पाए हुन्थ्यो।
✍️सुमित्रा पोखरेल, काठमाडौं ………………………………………………
चित्रपट पञ्चाङ्ग [१४]
नेपालीको पोशाक त जात जातीमा छ । अनेक भेषभुषा भाँती-भाँतीमा छ । अनेकतामा एकता पोशाक नै हो , दौरा र सुरुवाल खात-खातीमा छ । हाम्रो पोशाक हाम्रै जीउ छातीमा छ ।
✍️कला ढकाल, झापा । ……………………………………………………
चित्रपट पञ्चाङ्ग [१५]
दौरा र सुरूवालकोे भेष सुहायो। नारीलाई चै सारी र केश सुहायो। आआफ्नै मौलिकता बोकेको सुन्दर, संस्कृति अनेक भाषा देश सुहायो। पुर्खाले थाति राखेको शेष सुहायो।
✍️सीता शर्मा पन्थी, बिरगंज । …………………………………………
चित्रपट पञ्चाङ्ग [१६]
नेपालीको पाेशाक लगाउन मन लाग्छ मलाई । दाैरा र सुरुवाल मगाउन मन लाग्छ मलाई । नेपालीको गाैरव बाेकेकाे माैलिक संकृतिकाे याे, अर्कोकाे पहिरन भगाउन मन लाग्छ मलाई । विदेशीको पोशाक बगाउन मन लाग्छ मलाई ।
नेपाली पहिचान बचाउँनु पर्छ हामीले । शिरमा ढाका टोपी सजाउँनु पर्छ हामीले । हाम्रो संस्कृतिको जगेर्ना गरौँ सबै मिलेर , दौरा सुरुवालमा रमाउँनु पर्छ हामीले । गुन्यु र चोली सधैँ लगाउँनु पर्छ हामीले ।
✍️वीणा रोका, घोराही दाङ । …………………………………………………
चित्रपट पञ्चाङ्ग [१८]
दौरा सुरुवाल ढाका टोपी सजाएर सबै । सारी अनि चौबन्दीमा चट्ट गँजाएर सबै । नबसेर निरर्थक फाली समय त खेर , दिनदिनै सदुपयोगमा कजाएर सबै । प्रतिस्पर्धात्मक मौलिकता दँजाएर सबै ।
✍️जमुना आचार्य, सिन्धुपाल्चोक । ……………………………………………
चित्रपट पञ्चाङ्ग [१९]
हामीले त राष्ट्रिय पाेशाक लगाएको राम्रो। ढाका टोपी दाैरा,सुरुबाल मगाएको राम्रो। नेपालीको पहिचान राष्ट्रिय पोशाक हो हाम्रो, अरुको नक्कल गर्नेलाई भगाएको राम्रो । गून्यू चोलो दौरा सुरुवाल जगाएको राम्रो।
✍️दुर्गा आचार्य, मोरङ । …………………………………………………
चित्रपट पञ्चाङ्ग [२०]
जातअनुसारको पाेसाक लाऊ हामीले । मिठाे मिठो दाेहाेरी गीत गाऊ हामीले । विविधताले भरिपूर्ण भएकाे देश हाम्रो , सबै मिलिजुली वनभाेज खाऊ हामीले । उपहारमा नि राम्रो कपडा पाऊ हामीले ।
भाेकभाेकै हुनुभन्दा अघाएकाे राम्रो । भाइचारा सकेसम्म जगाएकाे राम्रो । मरिजाँदा सँगसँगै लानु छैन केही , रिसराग आफूबाट भगाएकाे राम्रो । राष्ट्रिय पाेषाक चट्ट लगाएको राम्रो ।
नारीले सारी लाएको मलाई राम्रो लाग्छ। सधैँभरी नै धाएको मलाई राम्रो लाग्छ । इज्जत गरौँ हाम्रो प्यारो भेषभुषालाई, लोकमा सधैँ छाएको मलाई दाम्रो लाग्छ। ढाकाटोपी नै पाएको मलाई राम्रो लाग्छ।
✍️सरिता सेढाई, धादिङ । …………………………………………………
चित्रपट पञ्चाङ्ग [२३]
नेपाली पोशाकले देशको मान बढाउँछ। विश्वमा नेपालको बृहत ज्ञान बढाउँछ। नर-नारी मिलेर पोशाकको गरिमा राखौं , आफ्नो देशको संसार भरी सान बढाउँछ। हामीलाई नै नेपाली भन्ने भान बढाउँछ।
✍️शिव कुमार रेग्मी, पोखराथोक,पाल्पा। ……………………………………………… चित्रपट पञ्चाङ्ग [२४]
दौरा सुरूवाल ढाकाटोपी लगाएको छैन। चौबन्दी पटुकी र फरिया मगाएको छैन। भेष र भुषा यो संस्कृती पहिचान बिग्रियो। गाउँघरमा दोहोरी गीत नै गाएको छैन। नेपालको राष्र्टिय पोषाक मगाएको छैन।
✍️कमला पाण्डे पराजुली, झापा । ……………………………………………
चित्रपट पञ्चाङ्ग [२५]
नेपाल र नेपालीको पहिचान बचाउँनु पर्छ । आफ्नो भेषभुषा र संस्कृतिमा रमाउँनु पर्छ । विदेशीको नक्कल गरेर केही नै छैन फाइदा , दौरा सुरुवाल टाेपी गुन्यु चोली लगाउँनु पर्छ । नेपाली सबै मिली नेपाल हाम्रो बनाउँनु पर्छ ।
नारीलाई सुहाउँदो मिल्ने सारी नै हो । जिउमा चिटिक्क अति खिल्ने सारी नै हो । आजभोलि बजारमा विकृति नै छायो , फाटेपछि मिलाएर सिल्ने सारी नै हो । वरपर देखाइमा जिल्ने सारी नै हो।
✍️सन्जना शर्मा, दाङ लमही । ………………………………………………
चित्रपट पञ्चाङ्ग [२८]
राष्ट्रिय पोशाक लगाउनु आफ्नै सम्मान हो । आरुको पोशाक भगाउनु आफ्नै सम्मान हो । दौरा, सुरुवाल र सारीले सान बढाउछ, जनमा विचार जगाउनु आफ्नै सम्मान हो। अरुको संस्कृति बगाउनु आफ्नै सम्मान हो।
काठमाण्डौँ, माघ । साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६१ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
photo: social media अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३० [तिसौँ ] ————————————- ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/२४ गते समय :- साँझ ८ बजे ………………………………………… प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————- पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ? —————- ———————– पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ । उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग तथा समपञ्चाङ्ग संरचना ………………………………………
बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो [०१] नीति नियम समेटी टाल्न पाए राम्रो हुन्थ्यो [०२] ——————————– तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
काम गर्नेलाई विरोध गर्न कत्ति हुँदैन [०३] …………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
भ्रष्टाचारीहरूलाई गाल्न पाए राम्रो हुन्थ्यो [०४] जरैदेखि कुप्रथा नै ढाल्न पाए राम्रो हुन्थ्यो [०५] …………………………………………………… १,२ मा जस्तै ६ र ७ लाई पनि माथी भन्न खोजेको उठान गेर्नु पर्छ ।
पूरा नहुने मिसिल बाल्न पाए राम्रो हुन्थ्यो [०६] ठिक बेठिक सदैव चाल्न पाए राम्रो हुन्थ्यो [०७] ………………………………………………………………… ८ स्वतन्त्र हुन्छ र सबैको भाव छुनु पर्छ।
व्यवस्था चल्दैन निति नियम पालन गर्नु {०८] ………………………………………………………………
९ र १० ले समपञ्चाङ्गको बिस्तार गर्नु पर्छ ।
विकास निकास दुबै हाल्न पाए राम्रो हुन्थ्यो [०९] नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो [१०] ……………………………………………………………
उदाहरण पञ्चाङ्ग तथा पञ्चाङ्ग ……………………………………
बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो [०१] नीति नियम समेटी टाल्न पाए राम्रो हुन्थ्यो [०२] काम गर्नेलाई विरोध गर्न कत्ति हुँदैन [०३] भ्रष्टाचारीहरूलाई गाल्न पाए राम्रो हुन्थ्यो [०४] जरैदेखि कुप्रथा नै ढाल्न पाए राम्रो हुन्थ्यो [०५]
पूरा नहुने मिसिल बाल्न पाए राम्रो हुन्थ्यो [०६] ठिक बेठिक सदैव चाल्न पाए राम्रो हुन्थ्यो [०७] व्यवस्था चल्दैन नीति नियम पालन गर्नु {०८] विकास निकास दुबै हाल्न पाए राम्रो हुन्थ्यो [०९] नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो [१०]
बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो । नीति नियम समेटी टाल्न पाए राम्रो हुन्थ्यो । काम गर्नेलाई विरोध गर्न कत्ति हुँदैन , भ्रष्टाचारीहरूलाई गाल्न पाए राम्रो हुन्थ्यो । जरैदेखि कुप्रथा नै ढाल्न पाए राम्रो हुन्थ्यो ।
पूरा नहुने मिसिल बाल्न पाए राम्रो हुन्थ्यो । ठिक बेठिक सदैव चाल्न पाए राम्रो हुन्थ्यो । व्यवस्था चल्दैन निति नियम पालन गर्नु , विकास निकास दुबै हाल्न पाए राम्रो हुन्थ्यो । नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो ।
💢सोमनाथ लुइटेल ” रवि पाल्पाली ” पाल्पा हाल बर्दिया । ……………………………………………………
समपञ्चाङ्ग [०२]
ईश्वरको बाहना फाल्न जान्नु पर्छ। मनको दीपदानी बाल्न जान्नु पर्छ। सलेदो झै बल्दै नासिने जिन्दगीमा , भरोसाको पाइला चाल्न जान्नु पर्छ। नकरात्मक तेज झाल्न जान्नु पर्छ।
दिमागमा क्षमता हाल्न जान्नु पर्छ। तहबह आभास गाल्न जान्नु पर्छ। रुपान्तरण भैरहने जिन्दगीमा, अलिकति सन्देह ढाल्न जान्नु पर्छ। शुद्धको सेतोबिन्दु पाल्न जान्नु पर्छ।
💢अच्युत घिमिरे-भुटानबाट🇧🇹। …………………………………………
पञ्चाङ्ग [०३]
मनलाई थाङ्ग्ना सरी टाल्न मिलेन। काम केही छैन भनी फाल्न मिलेन। जस्तो मिल्यो त्यसैमा काम निखार्नु, काठलाई पगालेर गाल्न मिलेन। इन्द्रेणीको रङ्ख त्यहाॅ हाल्न मिलेन।
💢घनश्याम पौडेल, पोखरा । …………………………………………………
पञ्चाङ्ग [०४]
आज फेरि फाल्न थाले । छुद्र नीति चाल्न थाले । तिमी आफू राम जस्तै, तिमीलाई ढाल्न थाले । हेर आगो बाल्न थाले ।
💢आर्त अकुलीन, कैलाली । …………………………………
पञ्चाङ्ग [०५]
काम गर्छु भन्नेलाई फाल्न थाले । विना अर्थका उजुर हाल्न थाले । अबत केही होलाकी भन्ने सोच्यो, थोत्रा पुराना खोजेर टाल्न थाले। फेरि व्यर्थको कदम चाल्न थाले ।
लड्नै पर्छ समाज सँग कुरिती फाल्न हामी । अंध्यारो चिर्नलाई उज्यालो दियो बाल्न हामी। कु संस्कारले भ्रष्टचार लाई टेवा पुरायो, जुर्मुराउँ यो कुविचारलाई नै गाल्न हामी। मिलिजुली बढौँ दुस्मनका किल्ला ढाल्न हामी।
💢सुरेशकुमार पान्डे घोराही दाङ १८ …………………………………………………………
पञ्चाङ्ग [०७]
देशको बेथिति विसंगतिलाई फाल्न पाए हुन्थ्यो। चारै तिर छ प्वाल पारेको देश टाल्न पाए हुन्थ्यो। राम्रो नेता छान्दा पनि गर्छन् अनेकानेक बहाना , यस्ता देश द्रोहीलाई सखाप् पारी ढाल्न पाए हुन्थ्यो। नराम्रो जति फालेर राम्रो काम थाल्न पाए हुन्थ्यो ।
अब एउटा राम्रै गाेटी चाल्न पाए हुन्थ्यो । नवीन ति याेजनाहरू हाल्न पाए हुन्थ्यो । ठगी खाने नेतागणले हाँकेकाे देशमा, भ्रष्टहरूको उच्च शिर ढाल्न पाए हुन्थ्यो। फाहाेरकाे कन्टेनरमा फाल्न पाए हुन्थ्यो।
यो मनलाई तड्पाई तड्पाई गाल्न थालिछौ। मेरो घरमा अर्कै मान्छेलाई पाल्न थालिछौ। के बयान गरौं अब तिम्रो चरित्रको मैले, मेरो नामको सिन्दुर पनि पखाल्न थालिछौ। जीवन गति उसकै तालमा ढाल्न थालिछौ।
💢मन्दिरा सेढाई, मलेखु धादिङ । …………………………………………………
पञ्चाङ्ग [१०]
कुरीति र कुसंस्कार लाई अब हामी सबै मिली फाल्नु पर्छ। एउटाले मात्र होइन देशको नियम सबैले पाल्नु पर्छ। नेपाल आमाको रक्षा गरेमात्र हामी नेपालीको रक्षा हुन्छ, देशको कुना कुनामा गएर अशिक्षामा शिक्षा अँगाल्नु पर्छ। देशमा भएको भ्रष्टाचारी हरूलाई जरैदेखि ढाल्नु पर्छ ।
फाटेको यो हाम्रो दिल टाल्न मन लाछ। अंध्यारोको टुकी झैं यो बाल्न मन लाछ। हिंड्नु पर्छ अब त एउटै गन्तव्यमा, रिस गर्ने शत्रु जति ढाल्न मन लाछ। सतबुद्दी यो मनमा पाल्न मन लाछ।
💢सरिता सेढाई, धादिङ । …………………………………………………
पञ्चाङ्ग [१२]
कुसंस्कार याे मनबाट फाल्न मनपर्छ। ज्ञानकाे ज्याेति दियाे जस्तै बाल्न मनपर्छ। सधैँ सकारात्मक हुन सकुँ जीवनमा, नकारात्मक कुराहरू ढाल्न मनपर्छ । अाध्यात्मिक ज्ञान, मनमा पाल्न मनपर्छ ।
💢शाेभा आचार्य गाैतम,काठमाडौँ । ………………………………………………
पञ्चाङ्ग [१३]
धर्म संस्कृति फाल्न हुँदैन। लुगा फाटेको टाल्न हुँदैन। समयसँग मिल्न सिक्नुहोस् लामो कपाल पाल्न हुँदैन। बोट विरुवा ढाल्न हुँदैन ।
💢भगवती दवाडी , जापा । ………………………………………………
पञ्चाङ्ग [१४]
अडकाउका क्रिया सङ्ग रिसाएर हेर। मुर्खतालाई जोरसित पिसाएर हेर। भित्र भित्रै रमाउने मन खुशी पार्नु हो , जिन्दगी जलाउने दुःख बिसाएर हेर। उमङ्गमा नम्र कौशल मिसाएर हेर।
💢अच्युत घिमिरे-भुटानबाट🇧🇹 ……………………………………
पञ्चाङ्ग [१५]
कुसंस्कार विरुद्ध आगो बाल्न पाए हुन्थ्यो। भ्रष्टचारीहरुको दम्भ ढाल्न पाए हुन्थ्यो प्रगती गर्नेहरुलाई गर्न दिनु पर्छ, खुट्टा तान्नेलाई खाल्डोमा हाल्न पाए हुन्थ्यो। खराब काम गर्नेलाई फाल्न पाए हुन्थ्यो।
💢सुशीला पौडेल । …………………………………………………
पञ्चाङ्ग [१६]
प्रेमिल संसारमा पाइला चाल्न पाए हुन्थ्यो। भएका दुश्मनहरु सबै गाल्न पाए हुन्थ्यो। समाजमा अनेक तह तप्काका मान्छे हुन्छन्, गरिब र दुःखीहरुलाई पाल्न पाए हुन्थ्यो। अहमता देखाउनेलाई फाल्न पाए हुन्थ्यो।
सन्ततीमा संस्कारको दियो बाल्न पाए हुन्थ्यो। पश्चिममी कुसंस्कार कुरिती फाल्न पाए हुन्थ्यो। अहिलेको यो पुस्तामा हराउदै गएको संस्कृति, आउने पिँढीमा भए पनी ढाल्न पाए हुन्थ्यो। कुरितीले च्यातिएको मन टाल्न पाए हुन्थ्यो।
💢सुमित्रा पोखरेल , काठमाडौं । ……………………………………………………
पञ्चाङ्ग [१९]
घरमा कुकुर पाल्न थालेछन्। राम्रा जतिलाई ढाल्न थालेछन्। यो पाराले देश उँभो लाग्ला र ? ठाउँ ठाउँ राँको बाल्न थालेछन्। तानाशाही निति चाल्न थालेछन् ।
💢धनमाया चौधरी ,कैलाली । …………………………………………
पञ्चाङ्ग [२०]
भत्किरहेका घरका भित्ता टाल्न आएँ । बिहान बेलुका तिम्रो चुलो बाल्न आएँ । दाइजोको कारण हेला भएँ अहिले , विकृति कुसंस्कारको जालो फाल्न आएँ। निरंकुश तन्त्रको जरोनै ढाल्न आएँ ।
बसन्तको पालुवा झै जस्तै हरियालीले बलेको भए। मान्छेको ज्यानमा आघात नपुगि कपडा जलेको भए। आफुले सोचेजस्तो भनेजस्तो कहाँ पुग्दो रहेछ यहाँ, चोरी हुदा घाटा लाग्दैनथ्यो सुनमा कीट दलेको भए। अगाडि बढ्न गाह्रो जीवन हर खाएर गलेको भए।
💢अम्विका अधिकारी, झापा विर्तामोड । ………………………………………………………
पञ्चाङ्ग [२२]
तिम्रो त्यो मनको शंका फाल्न पाए हुने। दाग लागेको हृदय टाल्न पाए हुने। संका पनि अति गर्छौ तिमीले के सानु , त्यो मन फलाम जस्तो गाल्न पाए हुने। कुरा गर्ने सत्रु बैरी ढाल्न पाए हुने।
💢दुर्गा रिजाल आचार्य, मोरङ । ………………………………………………
पञ्चाङ्ग [२३]
फुलेर जताततै मगमगाउन थाल तिमी । भमरारुपि त्यो कोमल दिललाई हाल तिमी । बहकिएर उड्नु हुन्न जताततै अब हामी , छियाछिया भएको मेरो मनलाई टाल तिमी । निभ्न लागेको ज्योतिलाई सलाईले बाल तिमी ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा कार्यरत मोरङ पथरी शनिचरेका धन बहादुर तामाङको सव हिजो अपरान्ह ५ बजे काठमाडौ आईपुगेकाे थियो ।
शवलाई नेपाली साझा मंचका केन्द्रिय अध्यक्ष शारदा भुसालको उपस्तिथिमा मृतकको परिवारले बुझेका हुन् ।
भुसालको समन्वय तथा नेपाल सरकारका सम्बन्धित निकायको सहयोगमा सव घर सम्म पुर्याउन निशुल्क यातायातको गरिएको थियो।
साउदी अरबको एक प्रतिष्ठित कम्पनीमा कार्यरत तामाङको गत माघ १ गते हृदयघातका कारण मृत्यु भएको साउदीको यम्बु जनरल अस्पतालले जनाएको थियो।
तामाङको मृत्यु भएको जानकारी प्राप्त भएपछि नेपाली साझा मन्चका अकल प्रधानले संस्थाका अध्यक्ष, परिवार ,कम्पनी , जेद्वा महाबाणिज्य राजादुताबासमा समन्वय गरेर आबस्यक प्रक्रिया लागि पहल गरेका थिए ।
मृतक कार्यरत कम्पनीबाट पाउनु पर्ने तलब लगायत सुबिधा साउदी रियाल १३८६४/- जेद्वा महाबाणिज्य दूतावास मार्फत जिल्ला प्रशासन कार्यालय मोरङले परिवारलाई उपलब्ध गराउने दूतावासका अधिकारी भुवन पौडेल बताउनु भएको छ।