
पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३० [तिसौँ ] ————————————-
” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/१०/२४ गते समय :- साँझ ८ बजे
…………………………………………
प्रशिक्षक:-
……………
गुणनिधि घिमिरे
घनश्याम पौडेल
तोयानाथ सुवेदी
भाषा शुद्धीकरण:-
———–
जमुना आचार्य
भवानी घिमिरे
पुष्पा नेपाल सुवेदी
सङ्कलक :-
———-
दुर्गा रिजाल आचार्य
संयोजक:-
=====
सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================
अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]
अनुप्रास :- फाल्न, पाल्न, टाल्न, बाल्न, हाल्न, दाल्न,ढाल्न, चाल्न,थाल्न, आदि ।
स्थायी :- आफूखुसी
पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
—————- ———————–
पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————
पञ्चाङ्ग तथा समपञ्चाङ्ग संरचना
………………………………………
बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो [०१]
नीति नियम समेटी टाल्न पाए राम्रो हुन्थ्यो [०२]
——————————–
तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।
काम गर्नेलाई विरोध गर्न कत्ति हुँदैन [०३]
…………………………………………………………………
४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।
भ्रष्टाचारीहरूलाई गाल्न पाए राम्रो हुन्थ्यो [०४]
जरैदेखि कुप्रथा नै ढाल्न पाए राम्रो हुन्थ्यो [०५]
……………………………………………………
१,२ मा जस्तै ६ र ७ लाई पनि माथी भन्न खोजेको उठान गेर्नु पर्छ ।
पूरा नहुने मिसिल बाल्न पाए राम्रो हुन्थ्यो [०६]
ठिक बेठिक सदैव चाल्न पाए राम्रो हुन्थ्यो [०७]
…………………………………………………………………
८ स्वतन्त्र हुन्छ र सबैको भाव छुनु पर्छ।
व्यवस्था चल्दैन निति नियम पालन गर्नु {०८]
………………………………………………………………
९ र १० ले समपञ्चाङ्गको बिस्तार गर्नु पर्छ ।
विकास निकास दुबै हाल्न पाए राम्रो हुन्थ्यो [०९]
नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो [१०]
……………………………………………………………
उदाहरण पञ्चाङ्ग तथा पञ्चाङ्ग
……………………………………
बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो [०१]
नीति नियम समेटी टाल्न पाए राम्रो हुन्थ्यो [०२]
काम गर्नेलाई विरोध गर्न कत्ति हुँदैन [०३]
भ्रष्टाचारीहरूलाई गाल्न पाए राम्रो हुन्थ्यो [०४]
जरैदेखि कुप्रथा नै ढाल्न पाए राम्रो हुन्थ्यो [०५]
पूरा नहुने मिसिल बाल्न पाए राम्रो हुन्थ्यो [०६]
ठिक बेठिक सदैव चाल्न पाए राम्रो हुन्थ्यो [०७]
व्यवस्था चल्दैन नीति नियम पालन गर्नु {०८]
विकास निकास दुबै हाल्न पाए राम्रो हुन्थ्यो [०९]
नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो [१०]
सोमनाथ लुइटेल ” रवि पाल्पाली “
……………………………………………………………
समपञ्चाङ्ग [०१]
बेथिति र कुसंस्कार फाल्न पाए राम्रो हुन्थ्यो ।
नीति नियम समेटी टाल्न पाए राम्रो हुन्थ्यो ।
काम गर्नेलाई विरोध गर्न कत्ति हुँदैन ,
भ्रष्टाचारीहरूलाई गाल्न पाए राम्रो हुन्थ्यो ।
जरैदेखि कुप्रथा नै ढाल्न पाए राम्रो हुन्थ्यो ।
पूरा नहुने मिसिल बाल्न पाए राम्रो हुन्थ्यो ।
ठिक बेठिक सदैव चाल्न पाए राम्रो हुन्थ्यो ।
व्यवस्था चल्दैन निति नियम पालन गर्नु ,
विकास निकास दुबै हाल्न पाए राम्रो हुन्थ्यो ।
नवीन काम साच्चिकै थाल्न पाए राम्रो हुन्थ्यो ।
💢सोमनाथ लुइटेल ” रवि पाल्पाली ” पाल्पा
हाल बर्दिया ।
……………………………………………………
समपञ्चाङ्ग [०२]
ईश्वरको बाहना फाल्न जान्नु पर्छ।
मनको दीपदानी बाल्न जान्नु पर्छ।
सलेदो झै बल्दै नासिने जिन्दगीमा ,
भरोसाको पाइला चाल्न जान्नु पर्छ।
नकरात्मक तेज झाल्न जान्नु पर्छ।
दिमागमा क्षमता हाल्न जान्नु पर्छ।
तहबह आभास गाल्न जान्नु पर्छ।
रुपान्तरण भैरहने जिन्दगीमा,
अलिकति सन्देह ढाल्न जान्नु पर्छ।
शुद्धको सेतोबिन्दु पाल्न जान्नु पर्छ।
💢अच्युत घिमिरे-भुटानबाट🇧🇹।
…………………………………………
पञ्चाङ्ग [०३]
मनलाई थाङ्ग्ना सरी टाल्न मिलेन।
काम केही छैन भनी फाल्न मिलेन।
जस्तो मिल्यो त्यसैमा काम निखार्नु,
काठलाई पगालेर गाल्न मिलेन।
इन्द्रेणीको रङ्ख त्यहाॅ हाल्न मिलेन।
💢घनश्याम पौडेल, पोखरा ।
…………………………………………………
पञ्चाङ्ग [०४]
आज फेरि फाल्न थाले ।
छुद्र नीति चाल्न थाले ।
तिमी आफू राम जस्तै,
तिमीलाई ढाल्न थाले ।
हेर आगो बाल्न थाले ।
💢आर्त अकुलीन, कैलाली ।
…………………………………
पञ्चाङ्ग [०५]
काम गर्छु भन्नेलाई फाल्न थाले ।
विना अर्थका उजुर हाल्न थाले ।
अबत केही होलाकी भन्ने सोच्यो,
थोत्रा पुराना खोजेर टाल्न थाले।
फेरि व्यर्थको कदम चाल्न थाले ।
💢गुणनिधि घिमिरे, सूर्यविनायक भक्तपुर।
……………………………………………
पञ्चाङ्ग [०६]
लड्नै पर्छ समाज सँग कुरिती फाल्न हामी ।
अंध्यारो चिर्नलाई उज्यालो दियो बाल्न हामी।
कु संस्कारले भ्रष्टचार लाई टेवा पुरायो,
जुर्मुराउँ यो कुविचारलाई नै गाल्न हामी।
मिलिजुली बढौँ दुस्मनका किल्ला ढाल्न हामी।
💢सुरेशकुमार पान्डे घोराही दाङ १८
…………………………………………………………
पञ्चाङ्ग [०७]
देशको बेथिति विसंगतिलाई फाल्न पाए हुन्थ्यो।
चारै तिर छ प्वाल पारेको देश टाल्न पाए हुन्थ्यो।
राम्रो नेता छान्दा पनि गर्छन् अनेकानेक बहाना ,
यस्ता देश द्रोहीलाई सखाप् पारी ढाल्न पाए हुन्थ्यो।
नराम्रो जति फालेर राम्रो काम थाल्न पाए हुन्थ्यो ।
💢सरस्वती श्रेष्ठ, इटहरी ।
………………………………………
पञ्चाङ्ग [०८]
अब एउटा राम्रै गाेटी चाल्न पाए हुन्थ्यो ।
नवीन ति याेजनाहरू हाल्न पाए हुन्थ्यो ।
ठगी खाने नेतागणले हाँकेकाे देशमा,
भ्रष्टहरूको उच्च शिर ढाल्न पाए हुन्थ्यो।
फाहाेरकाे कन्टेनरमा फाल्न पाए हुन्थ्यो।
💢त्रिलाेचन भण्डारी, मेचीनगर,झापा ।
………………………………………………
पञ्चाङ्ग [०९]
यो मनलाई तड्पाई तड्पाई गाल्न थालिछौ।
मेरो घरमा अर्कै मान्छेलाई पाल्न थालिछौ।
के बयान गरौं अब तिम्रो चरित्रको मैले,
मेरो नामको सिन्दुर पनि पखाल्न थालिछौ।
जीवन गति उसकै तालमा ढाल्न थालिछौ।
💢मन्दिरा सेढाई, मलेखु धादिङ ।
…………………………………………………
पञ्चाङ्ग [१०]
कुरीति र कुसंस्कार लाई अब हामी सबै मिली फाल्नु पर्छ।
एउटाले मात्र होइन देशको नियम सबैले पाल्नु पर्छ।
नेपाल आमाको रक्षा गरेमात्र हामी नेपालीको रक्षा हुन्छ,
देशको कुना कुनामा गएर अशिक्षामा शिक्षा अँगाल्नु पर्छ।
देशमा भएको भ्रष्टाचारी हरूलाई जरैदेखि ढाल्नु पर्छ ।
💢बेदु न्यौपाने, काठमाडौ✍️ ।
…………………………………………………………………
पञ्चाङ्ग [११]
फाटेको यो हाम्रो दिल टाल्न मन लाछ।
अंध्यारोको टुकी झैं यो बाल्न मन लाछ।
हिंड्नु पर्छ अब त एउटै गन्तव्यमा,
रिस गर्ने शत्रु जति ढाल्न मन लाछ।
सतबुद्दी यो मनमा पाल्न मन लाछ।
💢सरिता सेढाई, धादिङ ।
…………………………………………………
पञ्चाङ्ग [१२]
कुसंस्कार याे मनबाट फाल्न मनपर्छ।
ज्ञानकाे ज्याेति दियाे जस्तै बाल्न मनपर्छ।
सधैँ सकारात्मक हुन सकुँ जीवनमा,
नकारात्मक कुराहरू ढाल्न मनपर्छ ।
अाध्यात्मिक ज्ञान, मनमा पाल्न मनपर्छ ।
💢शाेभा आचार्य गाैतम,काठमाडौँ ।
………………………………………………
पञ्चाङ्ग [१३]
धर्म संस्कृति फाल्न हुँदैन।
लुगा फाटेको टाल्न हुँदैन।
समयसँग मिल्न सिक्नुहोस्
लामो कपाल पाल्न हुँदैन।
बोट विरुवा ढाल्न हुँदैन ।
💢भगवती दवाडी , जापा ।
………………………………………………
पञ्चाङ्ग [१४]
अडकाउका क्रिया सङ्ग रिसाएर हेर।
मुर्खतालाई जोरसित पिसाएर हेर।
भित्र भित्रै रमाउने मन खुशी पार्नु हो ,
जिन्दगी जलाउने दुःख बिसाएर हेर।
उमङ्गमा नम्र कौशल मिसाएर हेर।
💢अच्युत घिमिरे-भुटानबाट🇧🇹
……………………………………
पञ्चाङ्ग [१५]
कुसंस्कार विरुद्ध आगो बाल्न पाए हुन्थ्यो।
भ्रष्टचारीहरुको दम्भ ढाल्न पाए हुन्थ्यो
प्रगती गर्नेहरुलाई गर्न दिनु पर्छ,
खुट्टा तान्नेलाई खाल्डोमा हाल्न पाए हुन्थ्यो।
खराब काम गर्नेलाई फाल्न पाए हुन्थ्यो।
💢सुशीला पौडेल ।
…………………………………………………
पञ्चाङ्ग [१६]
प्रेमिल संसारमा पाइला चाल्न पाए हुन्थ्यो।
भएका दुश्मनहरु सबै गाल्न पाए हुन्थ्यो।
समाजमा अनेक तह तप्काका मान्छे हुन्छन्,
गरिब र दुःखीहरुलाई पाल्न पाए हुन्थ्यो।
अहमता देखाउनेलाई फाल्न पाए हुन्थ्यो।
💢ह्यारिस, काठमाडौं ।
………………………………………………
पञ्चाङ्ग [१७]
फूलेर मगमगाउन थाल्न खोज्छु।
भमरालाई दिलभित्र हाल्न खोज्छु।
बहकिएर उड्न खोज्छु जताततै ,
फाटेका मन समाएर टाल्न खोज्छु।
मनमा सलाई कोरेर बाल्न खोज्छु।
💢होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
………………………………………
पञ्चाङ्ग [१८]
सन्ततीमा संस्कारको दियो बाल्न पाए हुन्थ्यो।
पश्चिममी कुसंस्कार कुरिती फाल्न पाए हुन्थ्यो।
अहिलेको यो पुस्तामा हराउदै गएको संस्कृति,
आउने पिँढीमा भए पनी ढाल्न पाए हुन्थ्यो।
कुरितीले च्यातिएको मन टाल्न पाए हुन्थ्यो।
💢सुमित्रा पोखरेल , काठमाडौं ।
……………………………………………………
पञ्चाङ्ग [१९]
घरमा कुकुर पाल्न थालेछन्।
राम्रा जतिलाई ढाल्न थालेछन्।
यो पाराले देश उँभो लाग्ला र ?
ठाउँ ठाउँ राँको बाल्न थालेछन्।
तानाशाही निति चाल्न थालेछन् ।
💢धनमाया चौधरी ,कैलाली ।
…………………………………………
पञ्चाङ्ग [२०]
भत्किरहेका घरका भित्ता टाल्न आएँ ।
बिहान बेलुका तिम्रो चुलो बाल्न आएँ ।
दाइजोको कारण हेला भएँ अहिले ,
विकृति कुसंस्कारको जालो फाल्न आएँ।
निरंकुश तन्त्रको जरोनै ढाल्न आएँ ।
💢तारा घिमिरे स्वेच्छा, सङ्खुवासभा ।
……………………………………………
पञ्चाङ्ग [२१]
बसन्तको पालुवा झै जस्तै हरियालीले बलेको भए।
मान्छेको ज्यानमा आघात नपुगि कपडा जलेको भए।
आफुले सोचेजस्तो भनेजस्तो कहाँ पुग्दो रहेछ यहाँ,
चोरी हुदा घाटा लाग्दैनथ्यो सुनमा कीट दलेको भए।
अगाडि बढ्न गाह्रो जीवन हर खाएर गलेको भए।
💢अम्विका अधिकारी, झापा विर्तामोड ।
………………………………………………………
पञ्चाङ्ग [२२]
तिम्रो त्यो मनको शंका फाल्न पाए हुने। दाग लागेको हृदय टाल्न पाए हुने।
संका पनि अति गर्छौ तिमीले के सानु , त्यो मन फलाम जस्तो गाल्न पाए हुने। कुरा गर्ने सत्रु बैरी ढाल्न पाए हुने।
💢दुर्गा रिजाल आचार्य, मोरङ ।
………………………………………………
पञ्चाङ्ग [२३]
फुलेर जताततै मगमगाउन थाल तिमी ।
भमरारुपि त्यो कोमल दिललाई हाल तिमी ।
बहकिएर उड्नु हुन्न जताततै अब हामी ,
छियाछिया भएको मेरो मनलाई टाल तिमी ।
निभ्न लागेको ज्योतिलाई सलाईले बाल तिमी ।
💢इन्दिरा गौतम, खजुरा बाँके ।
…………………………………………………………
पञ्चाङ्ग [२४]
पुर्खाले आर्जेको माटो छ यहाँ।
खन्न बाँकी दम्भी राँटो छ यहाँ ।
जान्दा समानता कायम राख्ने ,
हजारौँ सरल बाटो छ यहाँ ।
कस्तो आफ्नाबीच फाटो छ यहाँ ।
💢प्रभा पोखरेल, हाल अमेरिका ।
…………………………………………
पञ्चाङ्ग [२५]
राम्रो कामको छिट्टै दियो बाल्न पाइयोस् ।
विकृतिको जरो उखेली फाल्न पाइयोस् ।
अप्ठ्यारा बाटा आए कदम नरोकिउन् ,
पाइला त सहज बनी चाल्न पाइयोस् ।
असहायको सहारामा थाल्न पाइयोस् ।
💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
…………………………………………………

