• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ३१

  • १२ फाल्गुन २०७९, शुक्रबार ०७:५६ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३१ [एकतिसौँ ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/०२ गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी


    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी

    पञ्चाङ्ग तथा सम पञ्चाङ्ग संरचना —————————————-
    पञ्चाङ्ग भनेको पाँच पदिय कविता विधा हो । कसरी लेख्न सकिन्छ ?
    —————- ———————–
    पूर्ण अनुप्रास र स्थायी अनिवार्य हुनुपर्छ ।
    उठान गर्दा विषयवस्तुसँग सम्बन्धित हुनुपर्छ । ———————————

    पञ्चाङ्ग संरचना
    ………………………………………

    💢तिमीले दिएको दुःख लुकाउन सक्छु [१]
    💢मनकै भित्रकाे गाठो फुकाउन सक्छु [२]
    ——————————–
    तेस्रो लाइनले माथिको १,२ लाई विस्तार गर्नुपर्छ ।

    💢परे पर्ला   मलाई  नै सधैँ  भरि   पिर [०३]
    …………………………………………………………………

    ४र ५ ले भाव र पञ्चाङ्गको निचोड दिनु पर्छ ।

    💢बगिरहने आँसु नै सुकाउन सक्छु [४]
    💢मान जोगाउन मोल चुकाउन सक्छु [५]


    ……………………………………………………………

    उदाहरण पञ्चाङ्ग
    ……………………

    तिमीले दिएको दुःख लुकाउन सक्छु [१]
    मनकै भित्रकाे गाठो फुकाउन सक्छु [२]
    परे पर्ला मलाई नै सधैँभरि पीर, [३]
    बगिरहने आँसु नै सुकाउन सक्छु [४]
    मान जोगाउन मोल चुकाउन सक्छु [५]

    💢प्रविणा पल्लवी , महोत्तरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [०१]

    तिमीले दिएको दुःख लुकाउन सक्छु ।
    मनकै भित्रकाे गाठो फुकाउन सक्छु ।
    परे पर्ला मलाई नै सधैँभरि पीर,
    बगिरहने आँसु नै सुकाउन सक्छु ।
    मान जोगाउन मोल चुकाउन सक्छु ।

    💢प्रविणा पल्लवी , महोत्तरी ।
    ………………………………………………

    पञ्चाङ्ग   [०२]

    नमस्कार गर्छु पहिले।
    शरण म पर्छु पहिले।
    अचम्मको छ यो संसार,
    पञ्चाङ्गमा भर्छु पहिले।
    सत्यतामा मर्छु पहिले।

    💢शिव कुमार रेग्मी,पोखराथोक पाल्पा ।
    ……………………………………………

    पन्चाङ्ग   [०३]

    पन्चाङ्ग
    [०१]
    नत थियाे बर्षात् नत बर्षे झरी थियाे ।
    फुल्न लागेका ति काेपिला डाली भरी थियाे।
    जेजे फूल्छ अपनाउँदै गएँ चुपचाप,
    बगैँचामा फूलका रंग थरीथरी थियाे ।
    बेली,चमेली भन्दा राम्राे सुनाखरी थियाे।
    [०२]
    दाैरासुरुवाल र गुन्युचाेली   लाउँ सबैले।
    नेपालकाे हितमा हुने   गीत गाउँ सबैले।
    देशकाे  लागि   केही गर्छु भनेर गर्व गर्दै,
    मेहनती  वनि  बिश्वभरीनै    छाउँ सबैले।
    सफल वनि कामकाे सम्मान पाउँ सबैले।

    💢उर्मिला के.शी. ,धनकुटा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०४]
    {०१]
    जनयुद्ध चर्काए यिनैले।
    सोझासाझा थर्काए यिनैले।
    मुक्ति दिने नाउॅमा अचाक्ली,
    हातखुट्टा मर्काए  यिनैले।
    जहानियाॅ फर्काए यिनैले।
    [२]
    नून चुक छर्काए यिनैले।
    देश पछि घर्काए यिनैले।
    कति चाॅडो ती दिन भुलेर,
    जाने बाटो तर्काए यिनैले।
    अष्रुधारा दर्काए यिनैले।

    💢घनश्याम पौडेल,पोखरा ।
    ………………………………………

    पञ्चाङ्ग   [०५]
    [०१]
    गुन्द्रुक छिटाे मिठाे पकाउनु पर्दैन ।
    सालीनानी हाे भने फकाउनु पर्दैन।
    उखान याे पुरानाे र खाटी भए पनि,
    ख्याल गर राेगीले छकाउनु पर्दैन ।
    लप्काएर त्याे खुट्टा थकाउनु पर्दैन ।
    [०२]
    बलियाे हाेस् नाता सिधा रहाेस् बात हाम्राे ।
    साहित्यका सुनाैला अक्षर सबै खात हाम्रो ।
    गर्नु सहयाेग दिनु  सुझाव र ज्ञान सत्य ,
    आराम रहाेस् सदा साथीभाईकाे रात हाम्रो ।
    सधैँ उच्च रहाेस् हजुरहरूकाे मात हाम्रो ।

    💢धन कुमारी रेग्मी, चितवन ।
    ………………………………………………

    पञ्चाङ्ग   [०६]

    खाली सिउँदो सिन्दुरले सजाउँछ्यौ तिमी ।
    छिनछिन हातमा चुरा बजाउँछ्यौ तिमी ।
    नेपाली पोसाकमा चिटिक्कै परेकी देख्दा,
    जिस्काउँदा स्वामी राजाले लजाउँछ्यौ तिमी ।
    एउटै आत्मा भन्दै भाँडा मजाउँछ्यौ तिमी।

    💢वीणा रोका, घोराही  दाङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [०७]
    [०१]
    समाजलाई संस्कारित परम्परामा ढाल्न पाए हुन्थ्यो।
    सबै बेथिति र कुसंस्कारहरूलाई  फाल्न पाए हुन्थ्यो।
    अन्धविश्वास  र  कुरितिहरूलाई  फाल्दै समाजलाई,
    रुढिवादी कुरा  छोडेर पूर्ण नितिमा गाल्न पाए हुन्थ्यो ।
    पूर्खाले देखाएका सत्य मार्गहरूमा हाल्न पाए हुन्थ्यो ।
    [०२]
    देशमा  बिधिको  शासन चलाउने  कदम चाल्न पाए  हुन्थ्यो।
    भत्केका र बिग्रेका पौराणिक  सम्पदाहरू टाल्न पाए हुन्थ्यो।
    देशमा प्रजातन्त्रको समुचित उपयोग नभएको देख्दा,
    जातजाति ठुलोसानोको नचाहिँदो विभेद फाल्न पाए हुन्थ्यो।
    हामीले  यस्तै  सुकर्महरूमा आफ्नो समय हाल्न पाए हुन्थ्यो।
    [०३]
    मान्छे आफ्नो खर्च बताउँदै अर्काको आम्दानी जान्न चाहन्छ।
    खर्च रोग बिमार र दुःख आफूलाई मात्र परेको मान्न चाहन्छ।
    बालबच्चाहरू आफ्ना मात्र राम्रा अरूका नराम्रा देख्ने मान्छे,
    सम्पत्तिको लोभले  दयामाया नराखी अरूलाई हान्न चाहन्छ। 
    आफू अगाडि जान अर्कालाई कुल्चिन र खुट्टा तान्न चाहन्छ।

    💢गुणनिधि घिमिरे,  सूर्यविनायक भक्तपुर ।
    ~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~~

    पञ्चाङ्ग   [०८]

    नेपाली पोषाक हाम्रो सान बढाउँछ ।
    आफ्नो भेष र भाषाले मान बढाउँछ ।
    विदेशी पोषाकमा   सौन्दर्य झल्किदैन,
    जहाँ आत्म विश्वासको भान बढाउँछ।
    व्यापारीको व्यवसाय तान बढाउँछ।

    💢शोभा आचार्य गौतम, काठमाडौँ ।
    …………………………………………

    पञ्चाङ्ग    [०९]

    नेताजति सबैले   नाता खोज्दै गयो ।
    विदेशी   बैकमा    खाता खोज्दै गयो ।
    नेपालमा लुकाउवदा थाहा पाउवछ भनी,
    पैसालाई बन्द गर्न  पाता खोज्दै गयो ।
    गुण्डाले सामूहिक  छाता खोज्दै गयो ।

    💢जनुका गौतम, काठमाडौं ।
    ……………………………………

    पञ्चाङ्ग   [१०]

    जीवन यो मर्ने चोला भर केही हुन्न।
    सत्यको लागि लडिन्छ डर केही हुन्न।
    जाग लम्क चम्क हे नेपाली युवाहरु,
    राम्रो काम गर्नलाइ सर केही हुन्न।
    सबै जाती एकै सोचौं पर केही हुन्न।

    💢सरिता सेढाई, धादिङ ।
    …………………………………………………

    पञ्चाङ्ग    [११]                  
                                     
    बोलीको मिठासले मात लागोस् ।
    मनभरि प्रेमको खात लागोस् ।     
    लुकेर छड्के नजरले हेर्दा ,    
    समर्पणमा सधैँ जात लागोस् ।
    नजिकै बस्दा पनि आत लागोस् ।

    💢दुर्गा आचार्य, मोरङ ।
    ……………………………………………

    पञ्चाङ्ग   [१२]
       [०१]
    मनकाे पीडा  लुकाउँनु  पर्दैन।
    सबै  कुरा नै  फुकाउँनु  पर्दैन।
    जस्ताे सुकै अवस्था परेता पनि,
    शाेकले  ज्यान  सुकाउँनु  पर्दैन।
    बाेलीमा  केही  चुकाउँनु पर्दैन।।
    [०२]
    विदेशीसामु हाम्रो मान बढाउँछ।
    नेपाली  पाेसाकले सान बढाउँछ।
    सारी चाेलीले नै साैन्दर्य झल्किन्छ,
    विश्वका  सामु  पहिचान  बढाउँछ।
    भिन्न  राष्ट्र भएको भान  बढाउँछ।

    💢सहयात्री शाेभा अर्याल, बुटवल , रुपन्देही ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१३]

    कहाँ छ स्वर्ग र नर्क मलाई देखाऊ।
    आफ्नो सुरमा नगर  मपाईँ देखाऊ।
    जुगाड ढोंगी अल्छिहरुको पेट पाल्ने,
    न खाऊ  मेरो  मगज फकाई देखाऊ।
    बरू  कामको साइनो लगाई देखाऊ।

    💢सुरेशकुमार पान्डे , दाङ घोराही १८
    …………………………………………

    पञ्चाङ्ग   [१४]

    घरी  हसाउँछौ त   घरी  रुवाउँछौ तिमी।
    घरी माया गर्दै  काखमा बसाउँछौ तिमी।
    केही बुझ्नै सकिन तिम्रो त्यो नक्कले पारा,
    घरी ओठ टोकी बहुत सताउँछौ तिमी।
    घरी घुम्टो ओढेर त्यसै लजाउँछौ तिमी।

    💢मल्ल लक्ष्मी श्रेष्ट, मेची किनार
    बिर्तामोड झापा,
    ………………………………………………

    पञ्चाङ्ग   [१५]

    मेरो लागि तिमी के गर्न सक्छौ ।
    भनेको  बेलामा के मर्न सक्छौ ।
    माया     गर्छु     भनेर     हुँदैन ,
    मेरो दु:ख    नै  हो  हर्न सक्छौ ।
    मलाई   हेरि  के    सर्न सक्छौ ।

    💢गिता रिजाल, धरान ।
    ……………………………………………………………………

    पञ्चाङ्ग   [१६]

    एकलकाटे हुनु रम्रोकुरा हैन।
    सानो कुरामा रुनु राम्रोकुरा हैन।
    सबैमा समभाव राख्न सक्नु्पर्छ,
    फोहर मैला छुनु राम्रोकुरा हैन।
    बेकसुरमै धुनु राम्रोकुरा हैन !

    💢बिबस पारदर्शी , झापा ।
    ………………………………………………

    पञ्चाङ्ग   [१७]

    तिम्रा रोदन मेरो दिलमा बसेक‍ो छ।
    अङ्ग अङ्गमा मीठा सपना पसेको छ।
    कुन शब्दले पुकारौ मेरा यी भावना,
    अथाह प्रेम झरना बनी खसेको छ।
    सागरको गहिरो बिन्दुमा फसेको छ।

    💢होम प्रसाद नेउपाने,
    धरान,सुनसरी ।
    …………………………………………………

    \पञ्चाङ्ग    [१८]

    रसायाे आँखा पूरानाे दिन सम्झना आएर ।
    भत्भती पोल्छ दिलले बाेल्छ पाइन्न चाहेर ।
    ढलेका साथी आएनन् फेरि न पुग्याे सपना ,
    गरिबी गाउँ मौलायाे हेर सर्वत्र छाएर ।
    न्याउली अझै रुँदै छ यहाँ विरह गाएर ।

    💢भवानी घिमिरे, सर्लाही ।
    …………………………………………………………

    पञ्चाङ्ग   [१९]

    कालो रोडमा चिल्लो कार अब चलाउनु पर्ला ।
    निष्ठुरीलाई दिलभित्र पक्कै सजाउनु पर्ला ।
    यहाँ त अन्याय पनि दुबोझैं मौलाउन थाल्यो,
    भ्रष्ट मान्छेको नै ठुलो शालिक बनाउनुपर्ला ।
    पापी मन च्यात्न  सक्ने कलम मगाउनु पर्ला।

    💢दस्ता कौशिक, पाँचथर।
    ……………………………………………

    पञ्चाङ्ग   [२०]

    निलो सफा आकासमा उड्न मन लागेको छ।
    नीलो नदीको गहिराईमा गुड्न मन लागेको छ।
    कहालिँदो त्यों संसारको सुन्छु  जब समाचार,
    रन्थनिदै त्यतैतिर मुड्न मन लागेको छ।
    अर्को सुन्दर संसार जुड्न मन लागेको छ।

    💢निला घिमिरे , जनकपुर ।
    …………………………………………………………

    पञ्चाङ्ग  [२१]

    पिरतीकाे मात प्याराे।
    एकान्तकाे बात प्याराे।
    हर नव जाेडीलाई,
    सुहागको रात प्यारो ।
    चुम्बनको हात प्यारो ।

    💢त्रिलोचन भण्डारी , मेचीनगर झापा ।
    ………………………………………………

    पञ्चाङ्ग    [२२]

    दिएको   सबै  वचन   चुकाउँदै  भन्यो ।
    सबैका  सामुन्ने  बाचा  फुकाउँदै भन्यो।
    मनको पिडा लुकाई आफ्नै सोच लिन्छ,
    हाँस्दै अनगिन्ती  पिडा लुकाउँदै भन्यो ।
    वाचा गर्दै आफ्नो  शिर झुकाउँदै भन्यो ।

    💢बेदु न्यौपाने , काठमाडौ ❤️ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२३]

    दिएको वचन चुकाएर गयो ।
    आज त्यही मन फुकाएर गयो ।
    बुझ्नै नसकिने बाहिर हाँसेर,
    आयो अनि पीडा लुकाएर गयो ।
    खै किन हो शिर झुकाएर गयो ।

    💢आर्त अकुलीन, कैलाली ।
    …………………………………………

    पञ्चाङ्ग   [२४]

    केही कुरा पनि लुकाउन नपरोस् ।
    गल्तीले नै शिर झुकाउन नपरोस् ।
    तरेली   कुञ्जका   लहरा पहरामा,
    बगेको यो माया सुकाउन नपरोस्।
    मेरालागि भनी   भुकाउन नपरोस्।

    💢जमुना आचार्य, सिन्धुपाल्चोक ।
    …………………………………………

    पञ्चाङ्ग   [२५]

    मायाकाे बात होस्।
    प्रेमको  खात होस्।
    शुभकामना छ,
    हातमा  हात  हाेस्।
    प्रेमिल  रात   हाेस्।

    💢सुशीला पौडेल ।
    …………………………

    पञ्चाङ्ग   [२६]

    तिम्रो एकचिम्टी मायाले नै मेरो मुटुभरी गयो।
    मुटुमा नि भरिएर कलेजी तिर पो सरी गयो।
    पोखियो हेर दुबै ठाउँ नै तिम्रै  माया भरिएर,
    अब कहाँ राखौ बाकी माया त सागर तरी गयो।
    तिमी नै भन के गरौ यो मायाले गर्नु गरी गयो।

    💢पशपती राई , खोटाङ ।
    …………………………………………………………

    पञ्चाङ्ग   [२७]

    गुलाब लिएर आउने छु म।
    तिम्रै पछि पछि धाउने छु म।
    प्रेम दिवसको शुभकामना,
    प्रेममय गीत गाउने छु म।
    प्रेमील गीतमा पाउने छु म।

    💢ह्यारिस, काठमाडौं ।
    …………………………………

    पञ्चाङ्ग   [२८]

    प्रणयको भेल बग्छ प्रेममाला जपौँ हामी ।
    काट्न बाटो बाँकी रैछ बाधा बिघ्न खपौँ हामी ।
    दुई दिने रङ्ग मञ्च छोडी जानुभन्दा अघि ,
    सम्बन्धको कस्न गाँठो ईँटा केही थपौँ हामी ।
    हृदयको कुनाकानी बत्ती बाली कपौँ हामी ।

    💢प्रभा पोखरेल , अमेरिकाबाट ।
    ……………………………………………………

    पञ्चाङ्ग   [२९]

    तिमी छौ र त मेरो जिन्दगी चलेको पाउँछु । 
    घरको चुलो आशै आसमा  बलेको पाउँछु । 
    माया  भन्नलाई प्रणय दिवस  चाहिन्छ  र ? 
    तिम्रो आत्मा त्यहा यहाँ मुटु जलेको पाउँछु । 
    साथ नहुँदा सदैव आत्मा     गलेको पाउँछु ।

    💢कला ढकाल, झापा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [३०]

    बन्धन पनि  बलियो  कसिदेउ तिमी।
    वचन   गर्दै   समिपै   बसिदेउ तिमी।
    माया नि एकोहोरो भयो के गरुँ अब,
    लेख्न कापी कलम  र मसिदेउ तिमी।
    मायाकै मसिले  सधैँ  घसीदेउ तिमी।

    💢सोमनाथ लुइटेल “रवि पाल्पाली”
    ………………………………………………

    पञ्चाङ्ग   [३१]

    बेली चमेली  झैँ  मग्मगाउने माया दिऊँला  भन्थेँ,
    त्यै मायाले  चिरिएकाे  घाइते  मुटु सिऊँला भन्थेँ,
    साेचेजस्ताे  रैन्छ जीवन मेची काली  सुसाउँदै छ,
    बाध्यताले बीष  घाेल्याे  अमृत सरी पिऊँला भन्थेँ
    चकाेर झैँ  हुनुपर्याे ,चखेवा  बनी  जीऊँला  भन्थेँ ।

    💢चन्द्रावती अधिकारी, कोहलपुर बाँके ।
    …………………………………………………

    शार्दूलविक्रीडित छन्दमा ३ पञ्चाङ्ग   [३२]
    १
    भोको पेट छ लोकतन्त्र जगमा आएर के हुन्छ र
    नाङ्गा छन् तन यी बसी सडकमा गाएर के हुन्छ र
    भान्छामा नुन तेल छैन कसरी बाँच्ने छ चिन्ता ठुलो
    धान्नै मुस्किल जिन्दगी छ समता छाएर के हुन्छ र
    खान्छौ व्यर्थ तिमी झुटा सपथ ती खाएर के हुन्छ र
    २
    चर्को यो महँगी भयो जहरझैँ  ढाल्ने भयो जिन्दगी
    कस्ले देख्छ र दर्द यो गरिबको  गाल्ने भयो जिन्दगी
    खाना गास कपास बेगर यहाँ बाँचेर के अर्थ भो
    पीडा दर्द अभावले हरघडी चाल्ने भयो जिन्दगी
    बाँकी जीवन आसका मलमले टाल्ने भयो जिन्दगी
    ३
    हो यो उत्सव प्रेमको सुन भनी हाँसेर बस्छौ तिमी
    दिन्छौ पुष्प र साइनो खुब मिठो गाँसेर बस्छौ तिमी
    हाम्रा जीवन नर्कझैँ प्रणयको के अर्थ आयो गयो
    आफ्ना जे जति छन् कला सब मिली माँसेर बस्छौ तिमी
    नेपालीपनको झुटो कवच त्यो टाँसेर बस्छौ तिमी

    💢पद्मा रिजाल , नेपालगन्ज बाँके ।
    …………………………………………………………

    पञ्चाङ्ग   [३३]

    एकैदिन् प्रणय दिवस मनाएर के गर्छौ।
    सुन्दर घर  भताभुङ्ग  बनाएर  के गर्छौ।
    निस्वार्थ माया कहीँ पनि पाइदैन अहिले,
    नहुने ठाउँमा  सम्बन्ध  बनाएर के गर्छौ।
    मरुभुमिमा गइ पानी  खनाएर के गर्छौ।

    💢सन्जना शर्मा, लमही दाङ ।
    ……………………………………………………

    घञ्चाङ्ग   [३४]

    हिजो भन्दा आज झन  लाग्छ प्यारो मान्छे।
    तिमी साथ हुदा  माया जाग्छ  प्यारो मान्छे ।
    परिस्थिति  जस्तो  सुकै  आए   साथ साथै ,
    निभाई  नै  सबै  त्रास  भाग्छ  प्यारो मान्छे।
    सपनिमा  नै  तिमीले  डाग्छ  प्यारो  मान्छे।

    💢सीता शर्मा पन्थी,  बिरगंज ।
    ……………………………………………………

    पञ्चाङ्ग   [३५]

    धेरै नै माया पाएको रहेछु जानूँ म कसरी ।
    मुटुको धड्कन मानेछु एक छानुँ म कसरी ।
    बाडुल्की लाग्छ,आभास हुन्छ सम्झेर पो हो कि त ,
    यो दिलभित्र कोहि त छ मेरो मानुँ म कसरी ।
    तिमिलाई भुली पराया वर तानुँ म कसरि।

    💢मन्दिरा सेढाई, मलेखु,धादिङ ।
    ………………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला भाग- ३१

    उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

  • १२ फाल्गुन २०७९, शुक्रबार ०७:४१ मा प्रकाशित
  • उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू –

    १.
    बादल
    बिजुलीकाे चमक
    असिना गहुँबाली सखाप !

    २.
    विवाह
    वरकन्याकाे जाेडी
    सात जनमकाे सम्बन्ध !

    ३.
    राष्ट्रपति
    राष्ट्रकाे प्रमुख
    झगडा देशकाे नियती !

    ४.
    शासन
    रामराज्यकाे कल्पना
    नेतामा धनकाे सपना !

    ५.
    गजल
    दिलमा असर
    लेख्ने राम्राे बहर !

    ६.
    स्थिरता
    दिगाे विकास
    अस्थिरता देशकाे नाश !

    ७.
    निर्यात
    क्षमताकाे मापन
    आयात गरीबीकाे दामन !

    ८.
    अस्पताल
    चिकित्सक औषधी
    बिरामीकाे आशाकाे केन्द्र !

    ९.
    धनवान्
    विलासी जीवन
    अन्तिममा कात्राेकाे पहिरन !

    १०.
    आकाश
    ताराकाे शहर
    पुग्ने सबैकाे रहर !

    • नवराज भट्ट, कञ्चनपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

  • १२ फाल्गुन २०७९, शुक्रबार ०७:३९ मा प्रकाशित
  • उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू –

    १
    जरुवा
    पानीको खानी
    निख्रन कहिले नजान्ने !

    २
    पानी
    कञ्चन मन
    धान्ने हरेककाे प्राण !

    ३
    झरना
    सफा जल
    मनमाेहक प्राकृतिक दृश्य !

    ४
    काँडा
    जङ्गली साँडे
    साना पाेथ्राकाे सत्यनाश !

    ५.
    बादल
    कालो हुने
    मेलमा पानी हुने !

    • भवानी घिमिरे, सर्लाही
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू

    उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

  • १२ फाल्गुन २०७९, शुक्रबार ०७:३६ मा प्रकाशित
  • उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू –

    १.
    पानी
    तिर्खाएर छट्पटी
    आकुलव्याकुल भएकी सानी !

    २.
    सम्पन्न
    सौखिन मनको
    मनमा अनेक घमण्ड !

    ३.
    देश
    हाम्रो गौरव
    परिचय बोकेको राष्ट्रियता !

    ४.
    भोग
    आफू योग्य
    कर्मको भोगाइको योग !

    ५.
    कर्तव्य
    जिम्मेवारी बोकेको
    सच्चा सङ्घर्ष आभास !

    • दुर्गा आचार्य
      मोरङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री दुर्गा आचार्यका उत्कृष्ट उदकहरू

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९१ औँ भाग सम्पन्न

  • ११ फाल्गुन २०७९, बिहीबार २२:५३ मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ३२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    photo: social media
    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू –

    • १]
    • प्रकृति
    • सुन्दर आकृति
    • धरतीकै अमूल्य सम्पत्ति !
    • आर्त अकुलीन, कैलाली
      [२]
      बिहानी
      रमणीय हरियाली
      सूर्यको ज्योतिको प्रभाव
    • गुणनिधि घिमिरे, सूर्यविनायक
      [३]
      प्रकृति
      सुन्दर प्रतिकृति
      मन लोभ्याउने शक्ति !
    • म्यामराज राई, भोजपुर
      [४]
      प्रकृति
      साझा सम्पती
      स्वार्थी मानव प्रवृत्ति !
    • बुद्धिप्रसाद लामिछाने, कैलाली
      [५]
      सूर्य
      उज्यालो किरण
      प्रकृतिका जीवहरुको जीवन !
    • धर्मी शाक्य, बुटवल, रुपन्देही
      [६]
      काल्पनिक
      सपनाको संसार
      कथित स्वर्गको आभाष !
    • दुर्गा भमरकोटे सुसेली
      [७]
      सूर्य
      उज्यालो किरण
      छर्दै बिहानी पख !
    • प्रदिप नेपाली
      बिहादी-५, उराम, पर्वत
      [८]
      सूर्य
      उज्यालो ज्योति
      धरामा प्राकृतिक सौर्न्दर्य !
    • सरस्वती वली, बर्दिया
      [९]
      पर्व
      उत्साही मन
      सौन्दर्य भरिएको ज्ञान
    • शिव कुमार रेग्मी
      [१०]
      उदक
      प्रकृति
      साक्षात भगवान
      पुज्न सिकौँ सबैले !
    • पशपति राई, खोटाङ
      [११]
      प्रकृति
      अतुलनीय सौर्न्दर्य
      पीडा भुलाउने स्थल !
    • मङ्गला उपाध्याय, बारा
      [१२]
      प्रकृति
      मनोरम वातावरण
      स्वर्गको अनुभति गराउने
    • बिमला पोख्रेल, अर्घाखाची
      [१३]
      प्रकृति
      ब्रह्माण्डकाे सम्पत्ति
      रक्षार्थ जनाऊ सहमति !
    • प्रद्युम्न चालिसे
      भक्तपुर, कटुञ्जे
      [१४]
      मौसम
      मनोहर प्रकृति
      स्वर्गतुल्य दिव्य आकृति !
    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा
      [१५]
      प्रकृति
      सुन्दर आकृति
      सौर्य वादल वनस्पति !
    • जमुना कायस्थ, पोखरा
      [१६]
      मन
      सफा प्रकृति
      तिमीससँग बसेको प्रिती !
    • हिमाल अम्मै, घोडाघोडी, कैलाली
      [१७]
      मित्र
      सार्थक नाम
      दर्शनले खुसी संसारी !
    • टीकाराम जाेशी, इमाडोल
      [१८]
      प्रकृति
      अनौठो सुन्दरता
      पृथ्वीमा दुईदिने रमझम !
    • सविता के.सी., काठमाडौँ
      [१९]
      प्रकृति
      मनोरम दृश्य
      बसन्त ऋतुको आभास !
    • धनमाया चौधरी, कैलाली
      [२०]
      प्रकृति
      मौसमको परिवर्तन
      मीठो अदृश्य सौगात !
    • अम्बिका अधिकारी, झापा
      [२१]
      प्रकृति
      सुन्दर आकृति
      विनम्र माया प्रिती !
    • अच्युत घिमिरे, भुटान
      [२२]
      सुर्य
      चम्किलो प्रकाश
      धर्तिमा आनन्दको आभास !
    • अनुग्रह राना मगर ‘पुष्प’
      पाँचखपन नपा-६, संखुवासभा
      [२३]
      प्रकृति
      सुन्दर आकृति
      दिलाउँछ खुशीको अनुभूति !
    • मिलन के.सी.(थापा), पोखरा
      [२४]
      मनमोहक
      कञ्चन दृश्य
      आकर्षक गर्विलो चमक !
    • जमुना आचार्य, सिन्धुपाल्चोक
      [२५]
      /उदक/
      प्रकृति
      अनुपम दृश्य
      पृथ्वीमा दिव्य अनुभुती !
    • श्रद्धा आचार्य, पोखरा
      [२६]
      प्रकृति
      सिर्जनाकाे लहर
      दृश्य बिहानीकाे प्रहर !
    • भवानी घिमिरे, सर्लाही
      [२७]
      जाज्वल्यमान
      निस्कपट प्रकृति
      प्रफुल्लित धरणीको सौन्दर्य !
    • गोपालप्रसाद पौड्याल, विराटनगर
      [२८]
      भानु
      दिव्य दृष्टिले
      नियाल्दै सुन्दर धर्ति !
    • कण्ठराज गिरी, टीकापुर
      [२९]
      प्रकृति
      मनमोहक दृश्य
      उज्यालो सूर्यको किरण !
    • सरस्वती श्रेष्ठ, इटहरी
      [३०]
      दर्शन
      उज्यालाे कर्ममा
      रमाउदै जीवन आधारहरू !
    • राेशन पराजुली, धरान
      [३१]
      भास्कर
      अनुपम दृश्य
      मन लोभ्याउने समय !
    • कविता आचार्य, कैलाली
      [३२]
      दृश्य
      लोभ्यायो मन
      प्रकृति ईश्वरको वरदान !
    • समुन्द्रा शर्मा, सुनसरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९१ औँ भाग सम्पन्न

    डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

  • १० फाल्गुन २०७९, बुधबार ११:१८ मा प्रकाशित
  • तिलगङ्गा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक तथा वरिष्ठ आँखा रोग विशेषज्ञ डा सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित हुनुभएको छ ।

    बहराइनमा आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उहाँलाई अवार्र्ड प्रदान गर्नुभएको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बहराइनका राजा अल खालिफाले डा रुइतलाई १० लाख डलर बराबरको उक्त अवार्र्डसहित सम्मानपत्र प्रदान गर्नुभएको हो ।

    ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले उहाँलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्र्ड प्रदान गरेको हो । गत माघ महिनामा डा रुइतलाई उक्त संस्थाले इसा अवार्र्ड दिने घोषणा गरेको थियो ।

    उक्त अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयनमा दर्ता गराएका थिए । अन्तिम छ व्यक्ति तथा संस्थाको सूचीमा परेर उहाँ छनोट हुनुभएको हो । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ ।

    डा रुइतले मोतियाविन्दु उपचार गर्ने सरल विधि विकास गर्नुभएको छ । उहाँले प्रतिष्ठानमा अन्धोपन हटाउनका लागि आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आउनुभएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on डा रुइतलाई बहराइनमा ‘इसा अवार्ड’ प्रदान

    युवतीलाई भारतको कोठीमा पुर्‍याएपछि पक्राउ परे होटेल सञ्चालक

  • १० फाल्गुन २०७९, बुधबार १०:१२ मा प्रकाशित
  • दाङ, फागुन १० । युवतीलाई भारत लगेर बेचबिखन गरेको आरोपमा प्रहरीले दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १४ लखन पार्कका एक होटेल सञ्चालकलाई पक्राउ गरेको छ।

    होटेल सञ्चालन गर्दै आएकी ३९ वर्षीया टोपली सार्की र उनका श्रीमान् ५२ वर्षका बिमुसा सार्कीलाई युवती बेचबिखन आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो।

    घोराहीकी २० वर्षीया युवतीलाई भारत चण्डीगढमा पुर्‍याएर बेचबिखन गरेको उनीहरूमाथि आरोप छ। राम्रो रोजगारी दिलाइदिने भन्दै उनीहरूले ती युवतीलाई गत माघ २१ गते बाँकेको रूपैडिहा हुँदै भारत पुर्‍याएको खुलेको प्रहरीले बताएको छ।

    उनीहरूले चण्डीगढस्थित एक कोठीमा ती युवतीलाई बेचबिखन गरेको प्रहरीको दाबी छ। युवतीकी आमाले गत माघ २२ मा जिल्ला प्रहरी कार्यालय दाङमा निवेदन दिएपछि यो घटनाबारे अनुसन्धान भएको थियो।

    भारतीय प्रहरीको समेत सहयोगमा फागुन ४ गते ती युवतीको उद्धार गरिएको एसपी वीरबहादुर वलीले जानकारी दिए।

    ‘युवती त्यहाँ बस्दिनँ भनेपछि बन्धक बनाएर यौनकार्यमा लाग्न बाध्य पारेको भन्ने खुलेको छ,’ उनले भने, ‘घटनाबारे विस्तृतमा अनुसन्धान हुँदैछ।’

    युवतीको उद्धार भएसँगै ती होटल सञ्चालकहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आफूलाई राखेको भारतको उक्त कोठीमा अन्य युवती पनि रहेको ती युवतीले प्रहरीलाई जानकारी गराएकी छन्।

    पक्राउ परेका होटल सञ्चालक दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन अनुसारको कसुरमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ।

    Posted in मुख्य खबर, समाजLeave a Comment on युवतीलाई भारतको कोठीमा पुर्‍याएपछि पक्राउ परे होटेल सञ्चालक

    नयाँ दिल्ली उड्न लागेका टर्किसको झोलामा साउदी रियाल

  • ७ फाल्गुन २०७९, आईतवार १०:४२ मा प्रकाशित
  • काठमाडौंबाट नयाँ दिल्लीतर्फ उड्न लागेका एक जना टर्किस नागरिकको साथबाट ठूलो परिमाणमा साउदी रियाल फेला परेको छ । दिउँसो सवा २ बजे एअर इण्डियाको उडानमा त्यसतर्फ जान लागेका हैदर कायान सारिकाकमाकको साथबाट एक लाख २६ हजार साउदी रियाल बरामद गरिएको बताइएको छ ।

    टर्किस पासपोर्ट नम्बर यु२६९२०२८२ बोकेका सारिकाकमाकको ह्याण्ड ब्याग सुरक्षाकर्मीले जाँच गर्ने क्रममा निजलाई उक्त विदेशी मुद्रासँगै प्रहरीले पक्राउ गरेको हो । प्रहरीले उनीमाथि थप अनुसन्धान तथा आवश्यक कारबाहीको थालिएको जनाएको छ ।

    यो खबर जनआस्थामा प्रकाशित भएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नयाँ दिल्ली उड्न लागेका टर्किसको झोलामा साउदी रियाल

    जजिराले मार्च ९ देखि भैरहवामा उडान भर्ने

  • ६ फाल्गुन २०७९, शनिबार ०८:५७ मा प्रकाशित
  • भैरहवा । जजिरा एयरलाइन्सले आगामी मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने भएको छ । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुनः सञ्चालन गर्ने जनाएको हो ।

    सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र जजिरा एयरलाइन्सका प्रतिनिधिबीच शुक्रबार भैरहवामा छलफलपछि यस्तो सहमति भएको हो । २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।

    छलफलमा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले जजिरा एयरलाइन्सको नेपालस्थित कर्मशियल व्यवस्थापक अमित नागरथले आगामी मार्च ९ तारिखदेखि पुनस् उडान सञ्चालन गर्ने भएको बताए ।

    ‘विमानस्थल सञ्चालनमा आएसँगै यहाँ होटल सञ्चालनमा लागि अर्बौं लगानी गरिएको लगानी डुब्न नदिन पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनु पर्ने रुपन्देहीका व्यवसायीहरु बताउँछन् ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on जजिराले मार्च ९ देखि भैरहवामा उडान भर्ने

    इन्जा फोटो पत्रकारिता पुरस्कार श्रेष्ठ द्धयलाई

  • ६ फाल्गुन २०७९, शनिबार ०८:४० मा प्रकाशित
  • नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा)ले यस बर्ष देखि शुरु गरेको इन्जा फोटो पत्रकारिता पुरस्कार लामो समयदेखि कार्यरत २ जना फोटो पत्रकारलाई प्रदान गर्ने निर्णय गरेको छ ।
    फोटो पत्रकारिताको माध्यमद्धारा नेपाली समाज तथा आम नागरिकलाई सुसूचित गराउदै आउनु भएका बरिष्ठ फोटो पत्रकार नरेन्द्र श्रेष्ठ र सुरेशकुमार श्रेष्ठ ( सुरज श्रेष्ठ)लाई प्रदान गर्ने निर्णय गरेको इन्जा ग्लोवलका अध्यक्ष गुणराज लुइटेलले जानकारी दिनुभयो ।

    बिस २०५२ सालदेखि नेपाल समाचारपत्रबाट फोटो पत्रकारिता शुरु गर्नु भएका नरेन्द्र श्रेष्ठले कान्तिपुर पव्लिकेस, लस एन्जलस टाइम्स, न्यूर्योक टाइम्स, टाइम्स म्यागजिन,गार्डियन डेली, टेलिग्राफ युके, इन्डिपेन्डेन्ट युके, फाइनान्सियल टाइम्स, वालस्ट्रीट जर्नल,द टाइम्स लण्डन,डाइ वेल्ट,नेशनल ज्योग्राफी, वाशिंगटन पोष्ट लगायतका संचार माध्यममा काम गरी सक्नु भएको छ ।

    त्यसै गरी पुरस्कृत हुने अर्का फोटो पत्रकार सुरेशकुमार श्रेष्ठ( सुरज श्रेष्ठ) ले पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिदै आउनु भएको छ । २०६२ सालबाट फोटो पत्रकारितमा संलग्न रहनु भएका श्रेष्ठ बिभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेर सामाजिक क्षेत्रमा समेत आफ्नो पहिचान बनाउन सफल हुनु भएको छ ।

    ५०– ५० हजार राशीको उक्त पुरस्कार नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सन्जाल (इन्जा) को स्थापना दिवस मार्च १ अर्थात फागुन १७ गते प्रदान गरिने भएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, बिज्ञान/प्रविधि, मुख्य खबरLeave a Comment on इन्जा फोटो पत्रकारिता पुरस्कार श्रेष्ठ द्धयलाई

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P