भैरहवा । जजिरा एयरलाइन्सले आगामी मार्च ९ तारिखदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवा–कुवेत र कुवेत–भैरहवा उडान गर्ने भएको छ । केही महिनादेखि उडान रोकेको उक्त एयरलाइन्सले उडान पुनः सञ्चालन गर्ने जनाएको हो ।

सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही र जजिरा एयरलाइन्सका प्रतिनिधिबीच शुक्रबार भैरहवामा छलफलपछि यस्तो सहमति भएको हो । २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै विमानस्थल उद्घाटनको दिनदेखि कुवेतको जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको थियो ।
छलफलमा सहभागी सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष भिष्म प्रसाद न्यौपानेले जजिरा एयरलाइन्सको नेपालस्थित कर्मशियल व्यवस्थापक अमित नागरथले आगामी मार्च ९ तारिखदेखि पुनस् उडान सञ्चालन गर्ने भएको बताए ।
‘विमानस्थल सञ्चालनमा आएसँगै यहाँ होटल सञ्चालनमा लागि अर्बौं लगानी गरिएको लगानी डुब्न नदिन पनि विमानस्थल पूर्ण रुपमा सञ्चालनमा आउनु पर्ने रुपन्देहीका व्यवसायीहरु बताउँछन् ।

