• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

‘मुर्दाहरूको देशमा मानवता खोज्नु व्यर्थ रहेछ’ – मुक्तक

  • १६ फाल्गुन २०७९, मंगलवार २१:३० मा प्रकाशित
  • मुक्तक-१
    मुर्दाहरूको देशमा मानवता खोज्नु व्यर्थ रहेछ
    घोर याे कलि युगमा आदर्श रोज्नु व्यर्थ भएछ
    मानवता हराइसक्यो आदर्श पनि डराइसक्यो,
    अरूलाई पनि  आफै जस्तो सोंच्नु व्यर्थ रहेछ।

    मुक्तक-२
    जति हेर्यो उति हेरिरहुँ लाग्ने तिम्रो नयन छ
    जति बेर्यो उति बेरिरहुँ लाग्ने तिम्रो बदन छ
    बात गर्छ्यौ उस्तै मीठो घुमाउँदै आँखा छिटो,
    जति केर्यो उति केरिरहुँ लाग्ने तिम्रो वचन छ।

    मुक्तक-३
    चाहें  तिमीलाई  तर पाउन सकिनँ मैले
    पिरतीको मीठो गीत गाउन सकिनँ मैले
    चाहना थियाे पाउने, गाउने खुशीको गीत,
    मनले धाए पनि पैसाले धाउन सकिनँ मैले।

    ✍️ दीपक ठटाल जलन

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘मुर्दाहरूको देशमा मानवता खोज्नु व्यर्थ रहेछ’ – मुक्तक

    हेल्प मधेशी संस्था द्वारा होली बिशेष कार्यक्रम गरिने

  • १६ फाल्गुन २०७९, मंगलवार १९:१४ मा प्रकाशित
  • विगत वर्ष देखि फरक संस्कृति भएको देश साउदी अरबमा होली विशेष कार्यक्रम गर्दै आईरहेको हेल्प मधेशी साउदीले आउदो मार्च ३ तारिखमा होली कार्यक्रम गर्ने भएको छ।

    हेल्प मधेशीले मार्च ३ मा साउदीको पुर्बी क्षेत्र दम्माम जुबेलको रोडको जाष्मिन फार्महाउसमा बिहान ११:०० देखि बेलुका ०४:३० बजे सम्म होलि विशेष कार्यक्रम गर्ने संस्थाका अध्यक्ष राम दुलार मण्डलले जानकारी दिए।

    साउदीमा सक्रिय संघसंगठन , सामाजिक ब्यक्तित्वहरुलाई पत्राचार गर्ने क्रममा रहेको हुदा सबैलाई
    समेट्ने हाम्रो प्रयास रहेको छ ,कुनै कारण हाम्रो पत्र पाउन भएन भने हामिलाई सम्पर्क गर्न हार्दिक अनुरोध गर्दछु अध्यक्ष मण्डलले भने ।

    कार्यक्रममा साउदीका स्थानीय कलाकारहरुको होली विशेष प्रस्तुति रहने संस्थाका अध्यक्ष राम दुलार मन्डलले जानकारी दिए।

    स्थान:- जाषमिन फार्महाउस जुवैल-दमाम रोडमा समय: बिहान ११:०० देखि बेलुका ०४:३० बजे सम्म
    तिथि: ०३ मार्च २०२३

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on हेल्प मधेशी संस्था द्वारा होली बिशेष कार्यक्रम गरिने

    उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

  • १६ फाल्गुन २०७९, मंगलवार १२:३९ मा प्रकाशित
  • उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू-
        
    उदक :१
    मन
    डुल्दै संसार
    सुख दु:खको अनुभूति !

    उदक :२
    मन
    मायाको भण्डार
    विशाल हृदय आकाश !

    उदक :३.
    मन
    स्नेह सागर
    बाँडेर कहिल्यै नसकिने !

    उतक :४.
    मन
    कल्पना सागर
    डुब्दै उत्रदै गहिराईमा !

    उदक :५.
    मन
    प्रेमको बन्धन
    जोड्दै बलियो सम्बन्ध !

    ✍️
    उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्वर ,काठमाण्डौँ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री उर्मिला पन्त पाण्डेयका उत्कृष्ट उदकहरू

    उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

  • १५ फाल्गुन २०७९, सोमबार १२:२९ मा प्रकाशित
  • उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू –

    १
    आँसु
    आँखाको पानी
    निरन्तर बगेर जानी !

    २
    स्वार्थी
    आफ्नो भाग
    अन्जान छट्पटिएको नदृख्ने !

    ३
    हितैसी
    आफ्नो मान्छे
    सुख दु:खको भान्से !

    ४
    साथ
    कृष्ण सुदामा
    मौनतामा संसार दृख्ने !

    ५
    प्रेम
    गुलाफको फूल
    सुन्दरता नै भेल !

    ६
    विश्वास
    मनको स्वच्छता
    सङ्लो बगेको पानी !

    ७
    पिँजडा
    चरालाई जेल
    स्वार्थी मान्छेको खेल !

    ८
    शिक्षा
    मान्छेको शक्ति
    बेलामा गर्नु भक्ति !

    ९
    चिनारी
    परिचयको नाम
    बाँच्ने अर्को आधार !

    १०
    मन
    भावना तरङ्ग
    मानिस मात्रको शक्ति !

    ✍️सविता के.सी., काठमाडौँ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता के.सी.का उत्कृष्ट उदकहरू

    उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

  • १५ फाल्गुन २०७९, सोमबार ११:४३ मा प्रकाशित
  • उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू –

    १
    आँसु
    आँखाको पानी
    निरन्तर बगेर जानी !

    २
    स्वार्थी
    आफ्नो भाग
    अन्जान छट्पटिएको नदृख्ने !

    ३
    हितैसी
    आफ्नो मान्छे
    सुख दु:खको भान्से !

    ४
    साथ
    कृष्ण सुदामा
    मौनतामा संसार दृख्ने !

    ५
    प्रेम
    गुलाफको फूल
    सुन्दरता नै भेल !

    ६
    विश्वास
    मनको स्वच्छता
    सङ्लो बगेको पानी !

    ७
    पिँजडा
    चरालाई जेल
    स्वार्थी मान्छेको खेल !

    ८
    शिक्षा
    मान्छेको शक्ति
    बेलामा गर्नु भक्ति !

    ९
    चिनारी
    परिचयको नाम
    बाँच्ने अर्को आधार !

    १०
    मन
    भावना तरङ्ग
    मानिस मात्रको शक्ति !

    • सविता के.सी., काठमाडौँ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सविता केसीका उत्कृष्ट उदकहरू

    उदक यात्री तेजप्रसाद खनालका उत्कृष्ट दस उदकहरू

  • १४ फाल्गुन २०७९, आईतवार २१:२५ मा प्रकाशित
  • उदक यात्री तेजप्रसाद खनालका उत्कृष्ट दस उदकहरू –
    १.
    इनाम
    सत्य यात्र
    चुँडिदा हुने गाइजात्रा !

    २.
    संस्कृति
    आफ्नो पहिचान
    जोगाउनुपर्छ भनेर जान !

    ३.
    विश्व
    एउटा घर
    प्राणी यसमै निर्भर !

    ४.
    जनता
    आतुर हुँदा
    मन दुख्छ रुँदा !

    ५.
    विकास
    मनको चाहना
    किन सधैँ बहाना !

    ६.
    अत्याचार
    समाजमा बढ्दै
    जनविश्वास छ घट्दै !

    ७.
    जीवन
    एक सिकाइ
    सिक्दैमा हुन्छ बिदाइ !

    ८.
    बालबालिका
    राष्ट्रका भविष्य
    सजाउँदै सुनौलो सपना !

    ९.
    उद्योग
    रोजगारीको गन्तव्य
    योजना बनाई भव्य !

    १०.
    समाज
    विविधताको पुञ्ज
    सुन्दर बासनादार कुञ्ज !

    ✍️
    तेजप्रसाद खनाल
    लमही दाङ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री तेजप्रसाद खनालका उत्कृष्ट दस उदकहरू

    पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- भाग ३२

  • १४ फाल्गुन २०७९, आईतवार ०८:३४ मा प्रकाशित
  • पञ्चाङ्ग साहित्य समाज नेपाल अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्तापछिको :- भाग ३२ [बत्तिसौँ] ————————————-
    ” पाँच तत्त्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार “

    विधा :- पञ्चाङ्ग अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला मिति:- २०७९/११/१० गते  समय :- साँझ ८ बजे
    …………………………………………
    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………

    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-
    =====
    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- आफूखुसी [बराबरी]

    अनुप्रास :-  आफुखुसी

    स्थायी :- आफूखुसी
    ………………………………………………

    पञ्चाङ्ग तथा समपञ्चाङ्ग
    ………………………………

    पञ्चाङ्ग   [०१]

    गरिब वासिन्दा हामी खाना खानु कसरी।
    धनी भन्ने मरिजाँदा धन लानु कसरी।
    श्वास रहेसम्म मिलेरै दिन काट्नु पर्छ,
    भ्रष्ट बनी सच्चा समाजमा जानु कसरी।
    बिना काम धनी हुन्छन् भन्ने ठानु कसरी।

    ✍️शिव कुमार रेग्मी,  पोखराथोक,पाल्पा ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०२]

    तोडी जाने बाचा कसम खानु नजाती ।
    वचन  दिई सकेपछि लानु  नजाती।
    नानाथरि मान्छेहरू भेटिन नि सक्छन्,
    पछि पछि लागेर अन्तै  जानु नजाती।
    मागी मागी खाएको मीठो मानु नजाती।

    ✍️घनश्याम पौडेल, पोखरा ।
    …………………………………………………

    पञ्चाङ्ग   [०३]

    नियममा  नभएको  त    मानु कसरी।
    अर्काकाे मनकाे भावना  जानु कसरी।
    चाहँदैमा  काेही त आफ्नाे हुँदैन यहाँ,
    राम्राे छैन भन्ने  थाहा  छ छानु कसरी।
    तिमीबाट   धाेका   हुँदैन  ठानु कसरी।

    ✍️उर्मिला के.शी., धनकुटा ।
    ………………………………………………

    पञ्चाङ्ग   [०४]

    ऊ किन धायो   रहरै  रहरमा ।
    कसैले चिन्दैन नौलो शहरमा।
    मरिहत्ते  गरी के पाउनु  थियोे ,
    सोझो बिचरा परेछन् कहरमा।
    कसरी  जिन्दगी पर्यो नहरमा।

    ✍️सन्जना सर्मा, लमही दाङ ।
    …………………………………………

    पञ्चाङ्ग   [०५]

    टर्दछ बेला आफन्त भन्दै जानु नै नजाती ।
    बाेल्दछाै झुट कसम सत्य खानु नै नजाती।
    इमान तिम्राे ताैलने गर्छन् समाज आफन्त,
    उध्रेकाे दिल चुहुने प्रेम छानु नै नजाती ।
    दु:खमा बस्दा कृत्रिम हाँसाे लानु नै नजाती।

    ✍️सुरेश चन्द्र घिमिरे, लमजुङ ।
    ……………………………………………………

    पञ्चाङ्ग   [०६]

    सबैले  एकदिन  मरेर  जानु छ।
    छोडौ घमन्ड साथमा खै के लानु छ?
    यहाँ  न  तिमी  रहन्छौ न  म  रहन्छु,
    आफ्नो दु:ख आफैँले गरेर खानु छ।
    सबैको साझा धर्ती,आकाश छानु छ।

    ✍️पुष्पा नेपाल (सुवेदी), इलाम ।
    ……………………………………………

    पञ्चाङ्ग   [०७]

    तिमी बाहेक अन्त जानु कसरी।
    पराइको पसिना खानु  कसरी।
    दुःखकष्ट सहेर बाचौँला प्रिय,
    सन्तान छाडी अरु छानु कसरी।
    भाडभैलो, मच्चाई धानु कसरी।

    ✍️कला ढकाल, झापा ।
    ………………………………………

    पञ्चाङ्ग   [०८]

    बेहिसाव सम्बन्ध गास्ने हुन्छन छानु कसरी।
    तालपरे कर्के नत्र झर्के    मैले  जानु कसरी।
    विश्वास  आत्मियता   प्रगाड बनाउनु हजुर,
    हुन्न भने हुँदैन  भन्नु  ग्यारेटी    ठानु कसरी।
    याे अमुल्य जीवन हाेमेर यसै  लानु कसरी।

    ✍️धन कुमारी रेग्मी ,चितवन।
    …………………………………………………

    पञ्चाङ्ग   [०९]
    [०१]
    जाल झेल छैन भन्ने जानु कसरी।
    प्रेम केही हैन भनी मानु कसरी।
    अचम्म लाग्छ नि याे सृष्टि बुझ्न खाेज्दा,
    तिमी नै हाे सबैथाेक ठानु कसरी।
    ईश्वर भन्दा  नि अरू छानु कसरी ।
    [०२]
    देश छाडेर, प्रदेश जानु कसरी।
    प्याकेटका खानेकुरा खानु कसरी।
    आफ्नाे देश छाडेर प्रदेश नजाऊ,
    फर्केर अाउँछाै भन्ने मानु कसरी ।
    देशप्रेमी हैन भनी ठानु कसरी ।

    ✍️शाेभा आचार्य गाैतम,काठमाडौँ ।
    ………………………………………………

    पञ्चाङ्ग   [१०]

    पराई भूमिमा जानु कसरी ?
    विषयुक्त खाना खानु कसरी ?
    आमालाई छोडी तिमी गएमा,
    देश प्रेम भनी मानु कसरी ?
    धर्तीकै पुत्र ठानु कसरी ?

    ✍️आर्त अकुलीन, कैलाली ।
    …………………………………………

    पञ्चाङ्ग   [११]

    तिम्रो मन सफा छ भनी म जानु कसरी।
    त्यो मनमा कोही छैन भनी मानु कसरी।
    तिमी सधैँ अन्त अन्तै बिजी छु भन्छौ के गरूँ,
    तिमी नै मेरो जिन्दगी हौ भनी छानु कसरी।
    एक्लै छोडी जान्छौ यो घर म धानु कसरी।

    ✍️सुमित्रा पोखरेल , काठमाडौं ।
    ………………………………………………………

    पञ्चाङ्ग   [१२]

    नियम  अनुसार नै मानु  पर्छ।
    मन भित्रबाट  भाव  जानु पर्छ।
    देखेको काेही पनि आफ्नाे हुँदैन,
    राम्रो  नराम्रो  मनले  छान्नु  पर्छ।
    पराई पनि आफन्त  ठानु पर्छ।

    ✍️सहयात्री शाेभा अर्याल, बुटवल रुपन्देही
    …………………………………………………

    पञ्चाङ्ग   [१३]

    चिन्ता बढायो मनमा जानु कसरी ।
    कलह हुन्छ जनमा मानु कसरी।
    खालि छ त्यो राष्ट्रपतिको कुर्सी एक,
    तानातान छ धनमा हानु कसरी।
    सामान्य कुरा रनमा ठानु कसरी ?

    ✍️बिबस पारदर्शी , झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [१४]

    गल्ती छैन,कसम खानु कसरी।
    राम्रो  नराम्रो अब जानु कसरी।
    सोचेकै थिएन यस्तो होला भन्ने,
    तिमी सत्य छौँ भनी मानु कसरी।
    कोसिस सत् मार्गमा लानु कसरी।

    ✍️दुर्गा आचार्य,  मोरङ ।
    …………………………………………

    पञ्चाङ्ग   [१५]

    परदेश जानु कसरी।
    स्वदेशमा खानु कसरी।
    कानून नमान्ने देशमा,
    नियम नै मानु कसरी।
    नेता राम्रो छानु कसरी ।

    ✍️भगवती दवाडी, झापा ।
    …………………………………

    पञ्चाङ्ग    [१६]

    बैगुनीको मायालाई गुणले मार्न सकिन्छ।
    लेख्दै जाँदा पञ्चाङ्गलाई पनि खार्न सकिन्छ।
    जीवनमा आएका समस्या त आउँछन् जान्छन्,
    मन दुखेको के गरी सजिलै टार्न सकिन्छ।
    औँसीको रात पुर्णीमा जुनले बार्न सकिन्छ।

    ✍️अम्विका अधिकारी, झापा विर्तामोड ।
    ……………………………………………………

    पञ्चाङ्ग   [१७]

    उनै हुन् भगवान भनी मानु कसरी।
    ती मनका भावनाहरु जानु कसरी।
    समय परिस्थिति अनुसार चल्नु छ,
    तन्नलाई छैन अंकुसे तानु कसरी।
    मझधारमा परेको छु लानु कसरी।

    ✍️सरस्वती श्रेष्ठ, इटहरी ।
    ……………………………………………

    पञ्चाङ्ग   [१८]

    न गरिबलाई मानो न छानु भयो।
    कहाँ  गई  यो जीवन धानु भयो।
    पोखेर  पसिना   देश   विदेशमा,
    सुन्यौ बचन  खानु  नखानु भयो।
    अब मलाई  जानु न जानु  भयो।

    ✍️सुरेशकुमार पान्डे, दाङ घोराही १८ ।
    ……………………………………………

    पञ्चाङ्ग   [१९]

    तिमी मलाई माया गर्छु भन्छौ मानु कसरी।
    तिम्रो दिलमा के चलिरहेछ जानु कसरी।
    दुनियाँको अगाडी नाटक नगरेकै राम्रो,
    स्वार्थी दुनिया छ मैले कसम खानु कसरी।
    को असल को खराब हो मैले छानु कसरी।

    ✍️सरिता सेढाई, धादिङ ।
    …………………………………………………………

    पञ्चाङ्ग   [२०]

    आघ न बस गरिबको घरमा केही खानु नभए नि।
    बिसाएर जाउ न एकैछिन घरको छानु नभए नि।
    घरमा आएको अतिथि त देवता समान पो हुन्छ रे,
    सुनिदेऊ न पीडा यो गरिबको केही लानु नभए नि।
    एकै चिम्टी भए नि माया देऊ न एक मानु नभए नि।

    ✍️पशपती राई, खोटाङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२१]

    थाहै नदिई अरुको धन  त लानु कसरी ।
    आफ्नो देश छोडेर विदेशमा  जानु कसरी ।
    आफ्नै भूमिमा गरिखाने ठाउँ नभए पछि ,
    परिवार  आफझले पेटभरी खानु कसरी ।
    देशको यस्तो बेथिति नियम मानु कसरी ।

    ✍️दुर्गा भट्टराई, मोरङ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२२]

    देशको माया छ भनेर कसरी जानु मैले ।
    कर्मठ धर्ती पुत्र भनी कसरी मानु मैले ।
    मैले देख्छु सबै बराबर कर्मले  चिनाऊ ,
    विषादीयुक्त खानेकुरा कसरी खानु मैले ।
    सच्चा देशभक्त हौ भनी कसरी ठानु मैले ।

    ✍️बेदु न्यौपाने, काठमाडौ ❤️ ।
    …………………………………………………

    पञ्चाङ्ग   [२३]

    जानी जानी कुबाटाे जानु कसरी ?
    आत्माले स्वीकार्दैन मानु कसरी  ?
    चलाउँदा चल्ने मानव भाे आज ,
    याेग्य कर्मशील म छानु कसरी ?
    धरालाई विकासमा लानु कसरी ?

    ✍️भवानी घिमिरे, सर्लाही ।
    ………………………………………

    पञ्चाङ्ग    [२४]

    तिम्रो र मेरो  सम्बन्ध  छ भन्ने  जानु कसरी ।
    हाम्रो माया बलियो मात्र  भनी मानु कसरी ।
    जालझेल     भएमा माया   अस्तित्व रहन्न है,
    तिमीले दिएको वचन      पनि खानु कसरी ।
    साँचो सत्य भएको मायालाई  धानु कसरी ।

    तिमीले माया गर्छौ भन्ने लागेको छैन अझै ।
    सदैव तिमी देखी   टाढा भागेको छैन अझै ।
    आफैलाई बुझ्दैछु   माया कसरी गरुँ भन,
    आफ्नो सम्झेर पनि केही मागेको छैन अझै।
    तिमीलाई कहिले मैले त्यागेको छैन   अझै ।

    ✍️सोमनाथ लुइटेल ” रवि पाल्पाली “
    ………………………………………………………

    पञ्चाङ्ग   [२५]

    काम नभए हातमुख   जोडी खानु कसरी।
    विभिन्न ठाउँमा घुम्न रे भनि जानु कसरी।
    टाउको ओताउने साँझको शीत छल्नलाई,
    अड्याउन मिल्ने  ईँटा नहुँदा  छानु कसरी।
    पकाउने   छैन  मिठो मसिनो झानु कसरी।

    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक ।
    …………………………………………………

    पञ्चाङ्ग   [२६]
                   
    देशकाे नियम निती यस्तै छ मानु  कसरी।
    गल्तीलाई नै सही हो भनी म ठानु कसरी।
    सानालाई नियम कानुन ठुलालाई चैन,
    अरुलाई चाेट पुराई आफु खानु कसरी।
    बिवेकहिन भ्रष्ट भई -भई जानु कसरी ?

    ✍️नानीबाबा अधिकारी, काठमांडौ ।
    ………………………………………………

    पञ्चाङ्ग   [२७]

    प्यास बिनाको  पानीको के  काम।
    मुटु बिनाकी  रानीको के काम ।
    सबै कुरा परिपुरक  हुन्छ ,
    ईष्या र क्षुद्र बानीको के काम।
    दान बिनाका दानीको के काम ।

    ✍️देवि पन्थी , झापा ।
    ……………………………………………

    पञ्चाङ्ग   [२८]

    बिर्सिएको कहानी याद आयो ।
    पुरानो जिन्दगानी याद आयो।
    फक्रिएको फूल देखेर आज,
    खुद आफ्नै जवानी याद आयो।
    प्रेमको त्यो निसानी याद आयो।

    ✍️पद्मा रिजाल, नेपालगन्ज बाँके ।
    ………………………………………

    पञ्चाङ्ग   [२९]

    नेपाल आमाको रक्षा गर्नु सन्तानले।
    मर्न  परे  पनि  आफू  मर्नु  सन्तानले।
    भ्रष्टाचारले सीमा नाघ्यो हाम्रो देशमा ,
    कसैको  यहाँ  भर   नपर्नु  सन्तानले।
    हाम्रो वीरता विश्वमा छर्नु सन्तानले।

    ✍️वीणा रोका, घोराही दाङ।
    ……………………………………………

    पञ्चाङ्ग   [३०]

    गरिबलाई आखिर के खानु छ र  ?
    नचुहिने पक्की त कहाँ छानु छ र ?
    पीर व्यथा जीवनभरि सधैँ यहाँ
    खानको लागि पनि कहाँ मानु छ र ?
    बाँड धनी धन मरी के लानु छ र ?

    ✍️तेजप्रसाद खनाल, लमही दाङ।
    ……………………………………………

    पञ्चाङ्ग   [३१]

    भ्रष्ट नियतले कमाएको धन खानु कसरी।
    परलोकमा आधारवस्तु द्रव्य लानु कसरी।
    झन्झट झन्झट हुँदैछ नियति मनसायले ,
    श्रम अतिरिक्त धन कमाएको मानु कसरी।
    लोभ विलापले सबै आफुतिर तानु कसरी।

    ✍️अच्युत घिमिरे-भुटानबाट🇧🇹
    ……………………………………………………

    पञ्चाङ्ग   [३२]

    छोरी बढेर पीर भो मलाई ।
    रुप उसको तीर भो मलाई ।
    समाजको सान र मान पनि ,
    एक्कासी ठाडो भिर भो मलाई ।
    लौन कस्तो जन्जिर भो मलाई ।

    ✍️प्रभा पोखरेल, हाल अमेरिका ।
    …………………………………………

    पञ्चाङ्ग   [३३]

    जिउँदै मान्छे जल्दाखेरि हेरी बस्याै सरकार ।
    देशकाे शिर ढल्दाखेरि हेरी  बस्याै  सरकार ।
    कराेडाैँले  आत्म  दाह   गर्छन्    आजभाेलि ,
    साढे सातले छल्दा खेरि हेरी बस्याै सरकार ।
    आत्म सम्मान गल्दा खेरि हेरी बस्याै सरकार।

    ✍️चन्द्रावती अधिकारी , कोहलपुर बाँके ।
    ………………………………………………………

    पञ्चाङ्ग   [३४]

    जिन्दगीमा खाकै त हार हाे।   
    नदेखेको  बाटो   नै सार हाे।   
    जीवनमा  दु:ख  भोग्नै पर्छ ,       
    पिडा  भोगेपछि   त पार हो।
    जिन्दगीको दु:ख नै भार हो।

    ✍️प्रविणा पल्लवी, महोत्तरी ।
    ………………………………………

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला- भाग ३२

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९२ औँ भाग शनिबार सम्पन्न

  • १३ फाल्गुन २०७९, शनिबार २३:१० मा प्रकाशित
  • काठमाण्डौँ, साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९२ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    अभ्यासमा सहभागी उदक यात्रीका उदकहरू

    [१]
    तन
    झुत्रो कपडा
    बाध्यता र फेसन !

    • वसन्त अनुभव, दाङ

    [२]
    कपडा
    हुनेखानेको रहर
    नहुनेलाई बाध्यताको कहर !

    • धनमाया चौधरी, कैलाली

    [३]
    टाल्दथे
    लगाउँछन् च्यातेर
    विकृतिको आगमन अपार !

    • बाबुकाजी सुवाल ‘विकेश निराशी’

    [४]
    वास्तविक
    जीवन बुझ्नु
    भगवान बाआमा पुज्नु !

    • योगेन्द्र भट्टराई, दि.चु.गा.पा-४, खोटाङ

    [५]
    देखिने
    अर्धनग्न तन
    वाध्यता कि फेसन ?

    • केशवप्रसाद ढकाल ‘प्रीतबीज’
      सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [६]
    फेसन
    हुनेखानेको रहर
    नहुनेको लाजमर्दो परिस्थिती !

    • प्रदिप नेपाली
      बिहादी-५, उराम, पर्वत

    [७]
    झुत्रो
    गरिबको बाध्यता
    धनिलाई अचम्मको उत्कण्ठा !

    • मन्दिरा सेढाई, मलेखु, धादिङ

    [८]
    बिडम्वना
    गरिबलाई बाध्यता
    धनीलाई नाङ्गोपनकाे रहर !

    • श्रद्धा आचार्य, पोखरा

    [९]
    रहर
    कसैको चाहना
    कसैको बाध्यताको कहर !

    • शारदा गौतम आचार्य

    [१०]
    जीवन
    रहर कहर
    समयानुकुल फरक परिस्थिति !

    • सविता के.सी., काठमाडौँ

    [११]
    फेसन
    कसैको रहर
    कसैको बाध्यात्मक कहर !

    • बिके माकजु, भक्तपुर

    [१२]
    फेसन
    नाङ्गो धनीलाई
    बाध्यता छ गरिबलाई !

    • देवकी केसी, काठमाडौँ

    [१३]
    झुत्रा
    कसैलाई कहर
    कसैको नाङ्गिने रहर !

    • गोपालप्रसाद पौड्याल, विराटनगर

    [१४]
    जिउने
    कला कसैको
    बाध्यता कसैको फेसन !

    • सुमित्रा पोखरेल, काठमाडौँ

    [१५]
    शरीरिक
    नाङ्गो झुत्राे
    रहर बाध्यता दुबैले !

    • सुदिप पुर्कुटी ‘लुरे’
      सिन्धुली, जैसीथुम्का
      हाल: ललितपुर

    [१६]
    तरिका
    सौखिन जीवन
    बाध्यता हारेको जन !

    • जमुना कायस्थ, पोखरा

    [१७]
    अभाव
    लुकाएर नलुक्ने
    तिताे नमिठाे यथार्थ !

    • सुधा बाँस्कोटा ढकाल, काठमाडौँ

    [१८]
    परिवेश
    वस्त्रको प्रदर्शन
    नियति कृतिम कुरीति !

    • कण्ठराज गिरी, टीकापुर-१, कैलाली

    [१९]
    परिस्थिति
    कति विडम्बना
    एक्कासी उल्टियो जमना !

    • भुपेन्द्र राना मगर
      धादिङ

    [२०]
    संसार
    जीवन लीला
    रहरपछि आउने कहर !

    • विवस पारदर्शी

    [२१]
    गरिबी
    एकछत्र नाङ्गाे
    पुग्नेलाई शरीर उदाङ्गाे !

    • बलराम पौडेल

    [२२]
    अवस्था
    कपडाको दास
    कतै मनै विनाश !

    • प्रेम थापा ‘मन’, बागलुङ

    [२३]
    हुने
    च्यात्तिएको किन्छन्
    नहुने बाध्यताले लाउँछन !

    • मङ्गला उपाध्याय, कलैया-१, बारा

    [२४]
    उध्रेको
    खाेलमा गाेप्यता
    उदाङ्गो पीडा आनन्द !

    • टीकाराम जाेशी, इमाडाेल

    [२५]
    निश्चलता
    झुत्रो कपडा
    धनीको नयाँ फेसन !

    • धर्मी शाक्य, बुटवल, रुपन्देही

    [२६]
    जानेर
    झुत्रो बनाउनेहरूले
    चिन्दैनन् समयका वहावहरू !

    • युगल ट्रिन

    [२७]
    जीवन
    कहरको बिचमा
    आफै नाङ्गिने रहर !

    • सरस्वती वली, बर्दिया

    [२८]
    आधुनिक
    प्रर्दशन कपडाको
    दुभाग्य समयकाे दृष्टि !

    • सम्झना कुँवर ‘कुसुम’, जापान

    [२९]
    झुत्रो
    गरीबलाई वाध्यता
    धनीलाई फेसनको अपरिहार्यता !

    • सरस्वती श्रेष्ठ, रुपन्देही

    [३०]
    सत्य
    सर्वाङ्ग नाङ्गो
    अर्धनग्न मात्रै मान्छे !

    • पशपती राई, खोटाङ

    [३१]
    अभाव
    गरिबीको बाध्यता
    दम्भले ल्याएको दरिद्रता !

    • रामप्रसाद पुरी, बादेल, खोटाङ

    [३२]
    पहिरन
    फाटुन्जेल लगाउने
    कतै फटाएर देखाउने !

    • होमप्रसाद न्यौपाने, धरान, सुनसरी

    [३३]
    वस्त्र
    कसैलाई बाध्यता
    कसैलाई सुन्दरताको अस्त्र !

    • डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा.-६, दोलखा

    [३४]
    अभाव
    झुत्रा लुगा
    गरिबीको यथार्थ चित्रण !

    • दुर्गा भट्टराई, माेरङ

    [३५]
    वाध्यता
    नहुनेलाई छोप्न
    हुनेलाई च्यात्नुपर्ने रहर !

    • जमुना आचार्य, सिन्धुपाल्चोक

    [३६]
    विकृति
    अर्धनग्न शरीर
    केटीहरूकाे देखिन्छ तस्बिर !

    • नवराज भट्ट
      महेन्द्रनगर, कञ्चनपुर

    [३७]
    जिन्दगी
    कसैको यस्तो
    गरिब लाई कस्तो !

    • बुद्धिप्रसाद लामिछाने, कैलाली

    [३८]
    भोगाइ
    कसैलाई कहर
    हुने कसैलाई रहर !

    • टीकाराम पुन ‘टिपु’, सल्यान

    [३९]
    गरिब
    फरक दृष्टि
    संस्कारको धन मन !

    • ताराप्रसाद चापागाईँ, धुनिबेसी

    [४०]
    बाध्यता
    कसैलाई रहर
    के गाउँ सहर ?

    • तेजप्रसाद खनाल, दाङ

    [४१]
    अभाव
    नाङ्गिएको तन
    रहरले मात्तिएका नग्न !

    • उर्मिला पन्त पाण्डेय, काठमाडौँ

    [४२]
    नाङ्गो
    कसैलाई रहर
    कसैलाई बाध्यता कहर !

    • सरिता सेढाई, धादिङ

    [४३]
    कपडा
    कतै कर
    कतै अचम्मको रहर !

    • पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, काभ्रे

    [४४]
    गरिबी
    कतै बाध्यता
    कतै फेसनमा रहर !

    • मिलन के.सी. (थापा), पोखरा

    [४५]
    रहर
    नाङ्गो शरीर
    कसैको अनेक बाध्यता !

    • जोनी पहारी, स्कटल्यान्ड, युके

    [४६]
    कपडा
    फाटेको कठैबरी
    धनीलाई भने मनपरी !

    • अनुग्रह राना मगर ‘पुष्प’, संखुवासभा

    [४७]
    गरिबी
    कतै कर
    फेसन गाउँ सहर !

    • बेदु न्यौपाने, काठमाडौँ

    [४८]
    गरिबी
    अभावको पराकाष्ठा
    आशाका धमिला रेखा !

    • तोयानाथ चापागाईं, दमक

    [४९]
    गरिबी
    बाध्यता सबैको
    नाङ्गोपन रहर धनीको !

    • डुकछिरिङ् लेप्चा, भारत

    [५०]
    विवशता
    निर्वस्त्र शरीर
    पलाँसका अनेक फूल !

    • आर्त अकुलीन, कैलाली

    [५१]
    गरिबी
    विवशताको पासो
    बाध्यतामा पिल्सिएर बस्नुपर्ने !

    • अम्बिका अधिकारी, झापा

    [५२]
    नाङ्गो
    देखिने दृष्टि
    भाग्य समयको सृष्टि !

    • म्यामराज राई, भोजपुर

    [५३]
    परिस्थिति
    दु:खको सागर
    सम्पन्न हुनेलाई रहर !

    • कविता आचार्य, कैलाली

    [५४]
    वस्त्र
    फाटेको लाउने,
    फटाएर कसैले देखाउने !

    • अच्युत घिमिरे, भुटान

    [५५]
    जीवन
    गरिबलाई कहर
    धन हुनेलाई रहर !

    • हिमाल अम्मै, घोडाघोडी, कैलाली

    [५६]
    लगाम
    गरिबको अभाव
    धन हुनेहरूको प्रभाव !

    • सागर कुस्मी, कैलाली

    [५७]
    शरीर
    कसैको बाध्यता
    कसैलाई देखाउने रहर !

    • सुरुङ्गेली कान्छो, झापा

    [५८]
    बढिरहे
    मलखातमा मुकाहरूझैँ
    ऊ विदेशीका खेतालाहरू !

    • छायादत्त न्यौपाने, काठमाडौँ

    [५९]
    विडम्बना
    सानीलाई सहानुभूति
    ठुलीलाई अर्कै अनुभूति !

    • अमृत सुवेदी

    [६०]
    झुत्रो
    धनीलाई रहर
    गरिबलाई दैनिक कहर !

    • सरस्वती श्रेष्ठ, सुनसरी

    [६१]
    गरिब
    धनको अभाव
    दु:खले बाँचेको जिन्दगी !

    • राजकुमार राजभण्डारी, भक्तपुर

    [६२]
    अर्धनग्न
    अभावको छटपटी
    अब फेसनमा परिणत !

    • सावित्री अधिकारी

    [६३]
    कहर
    उपद्रो रहर
    गरिबको नाङ्गो शरीर !

    • चक्र आले मगर, कैलाली

    [६४]
    बाध्यता
    चौतर्फी अभाव
    अङ्ग प्रदर्शनको रहर !

    • घनश्याम पौडेल
      गौरीगङ्गा नगरपालिका-९, कैलाली

    [६५]
    बिचरा
    गरिबको विवशता
    कसैको फेसनको उच्छृङ्खलता !

    • केन्द्रप्रकाश बराल, इलाम

    [६६]
    विडम्बना
    गरिबको बाध्यता
    सभ्य योौवनको दुरुपयोग !

    • ऋजु दिल्पाली, सुनसरी

    [६७]
    लुगा
    सभ्यताको प्रतीक
    आधुनिकता भएको लज्जित !

    • प्रद्युम्न चालिसे, भक्तपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको ९२ औँ भाग शनिबार सम्पन्न

    उदक यात्री ‘आर्त अकुलीन’का उत्कृष्ट १० उदकहरू

  • १३ फाल्गुन २०७९, शनिबार ०७:२५ मा प्रकाशित
  • 🌺 केही उदक 🌺
    ———————- … ✍️ आर्त अकुलीन
    १
    चौतारी
    सुक्दै गरेको
    एउटा बुढो रुख !

    २
    काँडा
    अदृश्य वेदना
    मनमा अथाह पीडा !

    ३
    जुका
    खान जन्मेका
    एक फरक परजीवी !

    ४
    कुमुदिनी
    श्वेत रङ्गमा
    फुलेर हर्ष बढाइँ !

    ५
    उडुस
    भित्रभित्रै लुक्ने
    रगत खाएर ढाडिने !

    ६
    स्याल
    दिनमा लुक्ने
    रातमा हल्ला गर्ने !

    ७
    रावण
    मनपेट कालो
    सधैँ गर्ने दायाँबायाँ !

    ८
    बगैंचा
    सुन्दर फूलहरू
    वरिपरि स्यालको दम्भ !

    ९
    सागर
    मनको गहिराई
    अपार मायाको बिम्ब !

    १०
    विवशता
    निर्वस्त्र शरीर
    अनेक पलाँसका फूल !


    • आर्त अकुलीन
      देवाश्रम, कैलाली
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री ‘आर्त अकुलीन’का उत्कृष्ट १० उदकहरू

    चार वर्षदेखि अलपत्र फोरलेनको बिजोग : ४ वर्षमा ८ ठेकेदार, प्रगति १० प्रतिशत

  • १२ फाल्गुन २०७९, शुक्रबार १४:०० मा प्रकाशित
  • दाङ । घोराही–तुलसीपुर सडकमा डेढ वर्षमा निर्माण सक्ने गरी भएको ठेक्का सम्झौताको म्याद पाँच पटक थप, सडक भत्काएर अलपत्र छाड्दा ४ वर्षमा २५ जनाको मृत्यु
    ‘काम गर्छौं भनेर प्रतिबद्धता गरेपछि केही हुन्छ कि भन्दै म्याद थप्यौं, एउटाले काम नगर्दा अर्कोले म गर्छु भन्दै आए, अर्कोव्यक्तिले केही गर्ला कि भन्ने भयो, यसरी व्यक्ति फेर्दैमा यत्रो वर्ष बित्यो, काम हुन सकेन’ – सडक आयोजना कार्यालय
    दाङ — घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत तुलसीपुर–७ पर्सेनीमा चार लेन बनाउन थालेको चार वर्ष पूरा भयो । यसबीच करिब १० प्रतिशत मात्रै काम भएको छ । डेढ वर्षमा काम सक्ने गरी भएको ठेक्का सम्झौताको म्याद पाँच पटक थप भइसकेको छ ।

    चार लेन बनाउन भत्काउन थालेयता यस सडकमा भएका दुर्घटनामा २५ जनाको ज्यान गइसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कर्ण मल्लले बताए । हालसम्म ५९ वटा दुर्घटना भएको र त्यसमा ८१ सवारीसाधन परेको उनले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ९४ जना घाइते भएका छन् । सडक भत्काएर अलपत्र छोड्दा र बीचबीचमा खाल्डा हुँदा दुर्घटनाको जोखिम रहेको उनले बताए । ‘सडक साँघुरो भएका कारण सवारीसाधन सञ्चालनमा धेरै सावधानी अपनाउनुपर्ने अवस्था छ,’ उनले भने, ‘यति छोटो दूरीको सडकमा धेरै मानवीय तथा भौतिक क्षति भइसक्यो ।’
    सडकको दुवैतिर बाटो काटेर छोडिएको छ । गाडी सजिलै पास हुन सक्ने अवस्था छैन । छेउमा गए गाडी पल्टिने, सडकमै रहे अर्कोसँग ठोक्किने अवस्था छ । ठूल्ठूला खाल्डा खनेर छाडिएको छ । जोखिमपूर्ण सडकमा कति बेला कसको ज्यान जान्छ, भरै छैन ।

    सरकार र भारतको एक्जिम बैंकको ऋण सहयोगमा २०७५ माघ १४ मा सम्झौता भई सडक निर्माण सुरु भएको हो । घोराहीको बबई खोलादेखि तुलसीपुरसम्म २८.१९ किलोमिटर सडक फोर लेन तथा दुई लेन बन्दै छ । बबईदेखि घोराही बजारसम्म ६.५३ किमि दुई लेन, घोराहीदेखि थापाचोक सर्रा ४.०५ किमि फोर लेन, थापा चोकदेखि नारायणपुर ३.५ किमि दुई लेन, नारायणपुरदेखि खैरा २.१ किमि फोर लेन, खैरादेखि दुधराससम्म ३.७ किमि दुई लेन र दुधरासदेखि तुलसीपुरसम्म ८.३१ किमि चार लेन निर्माण गर्ने योजना छ ।

    सुरुमा २०७७ वैशाख २९ सम्म सडक निर्माण गर्नुपर्ने सर्त थियो । समयमा काम सम्पन्न नभएपछि २०७८ जेठ ६ सम्म, २०७८ साउन २७ सम्म, २०७८ पुस १९ सम्म, २०७९ वैशाख २९ सम्म र २०८० असार ३१ सम्म सक्ने गरी पटक–पटक म्याद थपिएको छ । म्याद थप भए पनि अहिले फिल्डमा कुनै काम भइरहेको छैन । सडक निर्माणको म्याद पाँच पटक थप्दा पनि भौतिक प्रगति ९.६९ र आर्थिक प्रगति १४.२३ प्रतिशत मात्रै भएको चार लेन सडक आयोजना कार्यालय लमहीका प्रमुख आशिष थापाले बताए । ‘निर्माण कम्पनीले ठूलो लापरबाही गरिरहेको छ । काम गर्ने प्रतिबद्धता गरेर म्याद थपाउने तर काम नगर्ने प्रवृत्तिले सडकको दुर्दशा भएको छ,’ उनले भने, ‘सडकमा हेर्दा नतिजा केही देखिएको छैन । सडकको अवस्था सुधार नभएपछि म्याद थपको पनि उपलब्धि भएको छैन ।’

    सडक निर्माणको बजेट १ करोड २१ लाख ८२ हजार ३ सय १ अमेरिकी डलर रहेको उनले बताए । सडक निर्माणको ठेक्का भारतको तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्ट प्रालिले लिएको छ । उक्त कम्पनीले नेपालमा आफैं आएर काम गरेको छैन । विभिन्न व्यक्तिलाई आधिकारिक प्रतिनिधि तोक्ने काम गरेको र अहिलेसम्म मानिसहरू फेर्नेबाहेक उल्लेख्य नतिजा देखाउन नसकेको थापाले बताए । ‘काम गर्छौं भनेर प्रतिबद्धता गरेपछि केही हुन्छ कि भन्दै म्याद थप्यौं, एउटाले काम नगर्दा अर्कोले म गर्छु भन्दै आए,’ उनले भने, ‘अर्को व्यक्तिले केही गर्ला कि भन्ने भयो । यसरी व्यक्ति फेर्दैमा यत्रो वर्ष बित्यो, काम हुन सकेन ।’

    निर्माण सुरु भएयता आठ पटक ठेकेदार फेरिइसकेका छन् । मुख्य ठेकेदार तथ्य इन्जिनियरिङ एन्ड इन्फ्रा प्रोजेक्टका प्रबन्ध निर्देशक प्रवीण ब्रह्मदेव पाण्डे एक पटक मात्रै सडक हेर्न पुगेका छन् । गत मंसिर ११ मा घोराही आएका पाण्डेले अब आफैं उपस्थित भएर काम गर्ने प्रतिबद्धता जनाएका थिए । त्यसपछि न उनी सडकमा देखिए, न त उनले खटाएका मानिसले काम गरे । जिम्मेवारी दिएका व्यक्तिहरू आठ पटक फेरिइसकेका छन् । सुवास श्रेष्ठ, अनुप पाण्डे, जनक डाँगी, फेरि अनुप पाण्डे, एकेन्द्र खड्का र विजय पाठकले सडकमा हात हाल्दै, छोड्दै गरे । अन्त्यमा २०७८ फागुन २६ देखि श्रेष्ठ कन्स्ट्रक्सनका रोशन श्रेष्ठले सडक निर्माणको काम गरे । फेरि पछिल्लो डेढ महिनादेखि सुशीलजंग रायमाझीले जिम्मेवारी लिएको चार लेन सडक आयोजना प्रमुख थापाले जानकारी दिए ।

    ‘जति ठेकेदार फेरिए पनि प्रगति केही छैन । हामी पनि के गर्ने भन्नेबारे पटक–पटक लेखेर सडक विभागमा पठाइरहेका छौं,’ उनले भने, ‘यसबारे पर्याप्त छलफल भएको छ तर निकास के हुने भन्ने यकिन छैन ।’ अब यसरी लामो समय बस्न नहुने र केही निकास निकाल्ने योजनामा विभाग र कार्यालय रहेको उनले बताए । ‘म्याद थप्ने तर फिल्डमा केही काम नहुने भएको धेरै समय भइसक्यो,’ उनले भने, ‘अब यसरी म्याद थपेर हुँदैन । केही विकल्प खोज्नुपर्छ भन्ने भएको छ । छिट्टै केही निकास निस्कन्छ ।’

    सडकले साह्रै सास्ती भएपछि जिल्ला प्रशासन कार्यालयले माघ १७ मा चार लेन सडक आयोजनालाई ८ बुँदे प्रश्न गर्दै पत्र पठाएको थियो । काम नहुनुको कारण के हो ? कार्य योजना के छ ? सम्झौता अवधिमा काम सकिने आधार के ? अहिलेसम्म भएका प्रयास के छ भन्ने विषयमा प्रशासनले जवाफ मागेको थियो । चार लेन अयोजनाले सडकको अवस्थाबारे प्रशासन कार्यालयका साथै जिल्लास्तरमा भएका धेरै छलफलमा सबैलाई जानकारी दिँदै आएको थापाले बताए । सडकको विषयलाई दलहरूले निर्वाचनको एजेन्डासमेत बनाए । सबै दलले चार लेन निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाए । निर्वाचन जितेका सांसदले पनि यसको निकास निकाल्ने आश्वासन दिएका थिए तर केही पनि थप प्रगति हुन सकेको छैन ।

    सडकको सम्झौता प्रक्रिया र यसको काम गर्ने प्रक्रिया जटिल भएकाले तत्कालै उचित निकास निस्कन नसकेको दाङ–२ बाट निर्वाचित नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन् । ‘हामीले यो सडकको विषयमा निरन्तर कुरा उठाइरहेका छौं, जिल्लावासीले पनि हामीलाई गर्ने प्रश्न यही नै हो,’ उनले भनिन्, ‘अब यो योजनाबाट निकास निस्कने अवस्था देखिएको छैन । नेपाल सरकारले नै बजेट सुनिश्चित गर्दा मात्रै काम अघि बढ्ने अवस्था छ ।’ यसबारे सम्बन्धित मन्त्रालयमा कुरा गरिरहेको उनले बताइन् । ‘हाम्रो आफ्नै बजेट सुनिश्चित नभई ठेक्का तोड्दा पनि काम हुने अवस्था नभएकाले ढिला भएको छ,’ शर्माले भनिन्, ‘बजेटसहित ठेक्का तोडेर नयाँ प्रक्रिया थाल्नुपर्छ ।’

    ठेक्का तोड्दा र कम्पनीलाई कालोसूचीमा राख्दा भारतीय निर्माण कम्पनीलाई केही फरक नपर्ने भएकाले झनै समस्या भइरहेको चार लेन आयोजनाको भनाइ छ । यो आयोजनाको सम्झौतामा मुख्य ठेकेदार भारतकै हुनुपर्ने उल्लेख छ । नेपालको कम्पनी सहयोगी मात्र बन्न सक्छ । ठेक्का तोडेर नयाँ ठेक्का लगाउन पनि भारतको नै अनुमति चाहिन्छ । नयाँ ठेक्का गर्न नयाँ खर्चको मूल्यांकन गर्नुपर्छ । नयाँ मूल्यांकनअनुसार भारतबाट बजेट सुनिश्चित हुने कुरा पक्का छैन । फेरि अर्को भारतीय कम्पनीले आएर काम गर्ने कुरा पनि भरपर्दो छैन । यो जटिलताका कारण सडकको अस्तव्यस्तता लम्बिँदै गएको मन्त्री शर्माले बताइन् । ‘अब यसको कुनै न कुनै निकास निस्कन्छ,’ उनले भनिन्, ‘हामी यसको उचित समाधान खोज्छौं ।’

    सडकको अवस्था बिग्रिँदा दिनहुँ नागरिकले नेता, सरकारी अधिकारी र ठेकेदारलाई गाली गरिरहेका हुन्छन् । घोराही–तुलसीपुर यात्रा गर्नेहरू धुलाम्मे भएका हुन्छन् । दैनिक ५ सयभन्दा बढी गाडी चल्ने गरेको र सडकका कारण गाडीमा टुटफुट तथा दुर्घटनाले क्षति पुगिरहेको त्रिसिद्धेश्वरी यातायात प्रालिका अध्यक्ष सुरेश हमालले बताए । ‘सडक साँघुरो भएर गाडी चलाउन कठिन छ, खाल्डाले गर्दा गाडी मर्मतमा बढी नै खर्च भइरहेको छ,’ उनले भने, ‘सडकको सिधा मार यातायात व्यवसायीमाथि परिरहेको छ । हामीले जति भन्दा पनि सडक सुधार्न कसैले ध्यान दिएको छैन ।’

    कतिपय ठाउँमा स्थानीय युवाले खाल्डा पुर्ने काम गरिरहेका छन् । कतिपयले सडक निर्माण नभएको विरोधमा चक्काजाम र सडक कार्यालय घेराउका कार्यक्रम गरिरहेका छन् । ‘जति दबाब दिँदा पनि सरकारी निकाय गैरजिम्मेवार भइरहेका छन्,’ दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नारायणप्रसाद भुसालले भने, ‘सडकको धूलोले नागरिकको स्वास्थ्यमा जोखिम भइरहेको छ । सडकमा दुर्घटना बढिरहेका छन् । सडकछेउमा व्यापार गर्ने अवस्था छैन ।’

    सडक नबनेकामा निरन्तर आलोचना हुने गरेपछि गाली छल्न बेलाबेला घोराही र तुलसीपुर उपमहानगरले आ–आफ्नो क्षेत्रमा ढुंगा, माटो हालेर खाल्डा पुर्ने काम गरिरहेका छन् । दुर्घटनाको जोखिम भएपछि र नागरिक तहबाट धेरै गुनासो आएपछि सडकमा खाल्डा पुर्ने काम गरिरहेको घोराहीका प्रमुख नरुलाल चौधरीले बताए । ‘ठेक्का लागिसकेको सडक हाम्रो कार्यक्षेत्रमा पर्दैन, तैपनि जनतालाई सास्ती भएपछि हामीले खाल्डा पुर्ने काम गरिरहेका छौं,’ उनले भने, ‘यसले हाम्रो आर्थिक भार बढेको छ । उता ठेक्का लागेको काम हुन सकेको छैन ।’

    सडकले दुर्घटना बढाई नागरिकको जनजीवन नै अस्तव्यस्त हुन थालेपछि निर्माण कम्पनीलाई सरोकारवालासामु राखेर काम अघि बढाउन प्रतिबद्धता जाहेर गर्न लगाएको तैपनि उपलब्धि नभएको जिल्ला समन्वय समिति प्रमुख नित्यानन्द शर्माले बताए । ‘सडकले धेरै दुःख दिएपछि हामीले यसमा चासो राख्यौं, निर्माण कम्पनीलाई १५ दिनमा काम थाल्ने प्रतिबद्धता गरायौं तर पनि काम भएन,’ उनले भने, ‘निर्माण व्यवसायी जिम्मेवार नहुँदा सडकको अवस्था बिग्रिँदै गएको छ ।’

    सडक निर्माणकर्ता परिवर्तन भइरहँदा आवश्यक समन्वय गर्न कठिन भइरहेको प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । ‘ठेकेदार कतिबेला फेरिन्छन्, थाहै हुँदैन । एउटा आउँछ गर्छु भन्छ, उसले काम गर्दैन, फेरि अर्कोले जिम्मा लिइसकेको हुन्छ,’ उनले भने, ‘हामीलाई ठेकेदार खोज्नै समस्या भएको छ । ठेकेदारलाई जिम्मेवार बनाउन हामी निरन्तर लागिरहेका छौं । यो समस्यालाई गम्भीर रूपमा लिएर पहलकदमी गरिरहेका छौं ।’

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on चार वर्षदेखि अलपत्र फोरलेनको बिजोग : ४ वर्षमा ८ ठेकेदार, प्रगति १० प्रतिशत

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P