• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

टुक्का माथि टुक्काको १९औँ शृङ्खला सम्पन्न; ५४ जना टुक्काकारहरूको सहभागीता

  • १८ माघ २०७८, मंगलवार ००:०० मा प्रकाशित
  • काठमाडौ, । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १९ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५४ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १९ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    जता धन उतै बग्छ समृद्धिको कुलो,
    संसारमा धन नै हो बुद्धिभन्दा ठुलो।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू


    [१]
    बलेकै आगो ताप्छन् रे अरूहरू मत निभेकोलाई बाल्ने गर्छु,
    सबै जना धन धन भनुन् म गरिबलाई साथ दिएर मर्छु ।

    गुणनिधि घिमिरे

    पाँचथर मोरङ हाल अमेरिका

    [२]
    धन भनेपछि महादेवको तेस्रो नेत्र भन्छन्,
    आफैँले बनाएको धनलाई किन धेरै गन्छन् ?

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [३]
    धनको तुजुक गर्नेले बुद्धिलाई हियाउँछन्,
    धन कमाउन बुद्धिकै चोर दुलो चियाउँछन्।

    दीपक ठटाल जलन
    खरसाङ, दार्जीलिङ।

    [४]
    मुर्खहरूकै पछि लाग्दा विद्वान पनि बन्छ काँचो,
    वास्तवमा धन भन्दा नि बुद्धि विवेक नै हो साँचो!

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा-३,काभ्रे

    [५]
    काे हाे माथि खाेज्दै जाँदा धेरै बिते घडि पला,
    समृद्धिकाे धन मेराे जीवन जिउने कला।

    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [६]
    समृद्धिको धनको जति बगाए नि कुलो,
    मरेपछि जादैन बाचुञ्जेल को हो ठुलो।

    बेदु न्यौपाने
    काठमाडौ

    [७]
    सबैभन्दा जरुरी धन, आफूसँग छैन,
    धन बाहेक सबै भ्रम, अरू केही हैन!

    भूषण जंग
    नेपाल

    [८]
    देश विकासले भरिसक्यो सबै खातापाता,
    उप्काइदिने कसले होला?कुबुद्धिको गाता।

    म्यामराज राई
    भोजपुर

    [९]
    कहाँ बग्यो नेपालमा समृद्धिको कुलो?
    बुद्धि भन्दा कहिले नि धन हुन्न ठूलो।

    माधवी भट्ट
    सुर्नया ३ (बैतडी ) हाल कंचनपुर

    [१०]
    घाम हेरे घामै राम्रो जून हेर्दा जून,
    धन अनि मन दाॅज्दा ठूलो हुन्छ कुन?

    घनश्याम पौडेल
    सृजना चोक, पोखरा

    [११]
    केही चाहिंदैन धन भए सोच्नु हुन्न अरे,
    सम्पन्न हुनेका सन्तानहरू बिग्रिन्छन् भरे ।

    बिके माकजु
    भक्तपुर ।

    [१२]
    जता विद्वान उतै हुन्छ समृद्धिको कुलो,
    धन हैन विद्वान हुन्छ सबैभन्दा ठूलो ।

    सरस्वती वली
    बर्दिया

    [१३]
    कहीँ कतै देख्या छैन समृद्धिकाे कुलाे बगेको,
    जता हेर्छु उतै देख्छु जनता मात्रै पाे ठगेको ।

    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [१४]
    तिम्रो धन मेरो बुद्धि दाजौँ न त दाजै,
    कुन ठुलो कुन सानो थाहा हुन्छ आजै।

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [१५]
    बुद्धि विवेक गुमाएर एकदम बहकिँदै,
    धनकै पछि दुनियाँ सारा आउँछ नजिकिँदै!

    बिबस पारदर्शी
    धद्रपुर न० पा० २, झापा ।

    [१६]
    धनको कुरा नगर साथी, मर्दा कहाँ लान्छौ,
    मूर्ख छौ र बुद्धि भन्दा तिमी धन ठूलो ठान्छौ ?

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [१७]
    तल पर्छ ज्ञान विवेक यस्को माथि मन,
    जाने भए मर्दासँगै, देउता हुन्थ्यो धन।

    होम प्रसाद
    सुनसरी ।

    [१८]
    धन भए सबै आफ्ना नत्र ती पराया,
    नभएमा टेडो हुन्छ आफ्नै पनि छाँया!

    कमला देवकोटा
    पाल्पा

    [१९]
    पुग्दैन हौ धन सम्पती सार्है लोभी मन,
    कसले लग्यो मर्दा सँगै कुम्ल्याएको धन?

    ✍ नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ ।

    [२०]
    धन भन्दै पछिलाग्दा बिग्रेको छ घर,
    बेलैदेखि सोच्यो भने मिल्छ सधैँ भर।

    दुर्गा आचार्य
    मोरङ

    [२१]
    मुर्ख हो भनी ठान्नु , बुद्धिभन्दा ठुलो धन गाउनु,
    मस्तिष्कले काम नगरे धन कहाँबाट आउनु ?

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [२२]
    पुँजीवादले सबैभन्दा शक्तिशाली गरायो धन,
    त्यसैले मान्छेहरूको कतै रहेन दयालु मन।

    सुरेशकुमार पान्डे।
    दाङ घोराही१८

    [२३]
    फूलले पुतलीको जीवन नर्क बनायो,
    नालीभन्दा ज्यादा देशको शासक गनायो ।

    रिजाल विनोद
    मोरङ

    [२४]
    धनले नै गर्छु भन्दै हरेक कुराको ढाकछोप,
    मान्छेको मनबाट हुँदै गयो मानवताको लोप ।

    बी.कुलुङ
    भारत (दार्जिलिङ)

    [२५]
    मान्छेलाई यो धन सम्पत्तिले बिगार्यो ,
    जिन्दगीको खेलदेखि त्यसैले त हार्यो ।

    बिक्रम तिरुवा सलिन
    तिला ३ जुम्ला

    [२६]
    समृद्धिकाे कुलाे हाेला जनता टार्ने खेल,
    कतिदिन चल्छ हाेला जनता मार्ने झेल ।

    निरज कोइराला

    [२७]
    सबैको मन बिग्रियो धनले,
    त्यही नि छोड्न मान्दैन मनले ।

    ललिता अभागी
    सुनकोशी५ सिन्धुली

    [२८]
    ज्याला मजदुरी गरेर आर्जन गरियो धन,
    बिकास समृद्धिको तर्फ नैं अडिग रह्यो मन।

    हरिनारायण चौधरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२९]
    पाँच कक्षा फेल म त हुन पुगें नेता,
    कालो धन थुपार्दछु नपारेर सेता।

    मनोहरी पौडेल
    गैडाकोट १ नवलपुर

    [३०]
    आफ्नाले त छोडी गए धनको ढुकुटी लिएर,
    परदेशमा बाँचेको छु नसाले मुटु सिएर ।

    अम्बिका अधिकारी

    [३१]
    प्रदेशमा काम गर्छु सारा ब्यथा रोकेर,
    नरोइ बसे माया आउछु धन बोकेर ।

    संझना `कुसुम´
    कास्की गण्डकी प्रदेश

    [३२]
    धनतिर मन दिदा बुद्धि विवेक गुम्याे,
    थुपारेर जायजेथा धनकै बिटो चुम्याे ।

    रामकृष्ण दुवाडी

    [३३]
    संसारमा पुजनिय बनेको छ धनी,
    धन देख्दा तीन नेत्र शिवजीका पनि।

    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी

    [३४]
    मूर्ख मान्छे सधैँभरि धनकै पछि लाग्छ,
    यस्तै देखी सुख समृद्धि पर-पर भाग्छ।

    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [३५]
    धन , धन भनेर अन्तर्मन गुमनाम हुँदैछ,
    यही धनले सदा नै निमुखाको हृदय छुँदैछ ।

    प्रेम थापा “मन ” बागलुङ

    [३६]
    धन भए पनि शान्ति कहिल्यै भएन,
    उसकाे कठाेरपन कहिल्यै गएन ।

    भावना मञ्जु
    माेरङ

    [३७]
    पैसाकै बन्यो सिरक डसना पैसाकै बन्यो चिहान,
    यी गद्दार नेताहरूलाई कहिले नआओस् बिहान।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [३८]
    धन विना बल्दैन अचेल यहाँ जनताको चुलो,
    फालाफाल भो बुद्धि बजारभरि धनै भयो ठुलो।

    शम्भु लाल श्रेष्ठ
    बेसीशहर, लमजुङ, हाल रानीवन, काठमाडौं।

    [३९]
    धनसँग सम्बन्ध छ जिन्दगीको सेरोफेरो,
    मरेपछि कोही हुन्न बाचुन्जेल तेरो मेरो ।

    जि कुमार गौतम
    भद्रपुर-१ (पृथ्विनगर) झापा

    [४०]
    धनको दुरुपयोग मात्र समृद्धिको नाम बग्ने सितको थोपा,
    भाषणमा समृद्धि खोक्ने चुसी खान पल्किएका घुसियाँको छोपा ।

    राम कुमारी खडका
    तुल्सिपुर उ न पा १९ दाङ्ग ।

    [४१]
    समृद्धिको भाषण बाँडेर हिड्दैछन् , खोइ कता कता ,
    बिकासको बजेट जति , सबै नेताको पोल्टामा यता ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [४२]
    पैसा पैसा जताततै पैसाकै छ चल्ती,
    काम गर्नु अघि हेर छाम्नुपर्छ खल्ती!

    बलराम सुवेदी
    वीरगन्ज, पर्सा

    [४३]
    बुद्धि सुद्धी जहाँ जाओस् धनकै बिटा गन्छन्
    धन देख्दा महादेवको त्रिनेत्र पो भन्छन् ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [४४]
    ब्याज माधि ब्याजको हिसाब गरेकै हो हेर,
    पानी छोडि महमा पौडे कमाई हुन्न खेर ।

    अच्युत घिमिरे-भुटान

    [४५]
    धनभन्दा विद्या ठूलो भन्ने गर्थें नामी,
    विद्या लिई काम छैन धन हुने दामी।

    भगवती दवाडी

    [४६]
    कुरो अनि कुलो जता लगायो उतै जान्छ,
    गोजीमा पैसा हुने आफू बुद्धिमान ठान्छ ।

    धर्मराज पोख्रेल

    [४७]
    भ्रष्ट नीति लिई, लुकिछिपी कमाएको धन,
    नोकरचाकर राख्दा पनि शान्ति छैन मन ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [४८]
    धनले ल्याउँछ मानिसमा सधैँ फाटाे,
    नमेटिने दाग लाग्छ जीवनमा खाटाे।

    तारा घिमिरे संखुवासभा

    [४९]
    ठुलाे दरबार बनाउँदैमा धन सम्पत्तिकाे घमण्ड नगर साथी,
    तिम्रो महल भन्दा पनि गरिबकाे झुपडी नै ठुलाे हुन्छ धेरै माथि ।

    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [५०]
    धनको मोहमा फस्यो मान्छे बिर्सेर मानवता,
    भुल्यो सारा नातागोता रहेन रत्ती नैतिकता ।

    सुर्य मणि रेग्मी
    चितवन

    [५१]
    जता धन उतै उर्लिएका छन् सारा जन ,
    त्यता हुन्छ कमिसनको खेल टनाटन ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    [५२]
    भ्रष्टाचार गरि कमाएको कालो धन,
    पैसाको ओछ्यानमा सन्तोष हुन्न झन ।

    दुर्गा भट्टराई
    मोरङ

    [५३]
    धनले गर्दा उक्लिएको ओरालिनु पर्छ,
    सधैँ बुद्धिले अघि बढे दुःख सबै टर्छ ।

    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ० ४ बिगारे जुम्ला

    [५४]
    धन भए सबै काम बन्दो रहेछ अहिले,
    बुद्धिमानले धेरै नाम पाउँदथे पहिले ।

    रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    जय टुक्का ! जय साहित्य !!

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on टुक्का माथि टुक्काको १९औँ शृङ्खला सम्पन्न; ५४ जना टुक्काकारहरूको सहभागीता

    काठमाडौंमा मदिरा पिएर झगडा हुँदा युवकको मृत्यु

  • १७ माघ २०७८, सोमबार १५:४७ मा प्रकाशित
  • काठमाडौं, १७ माघ । काठमाडौंको मित्रपार्कमा एकजना युवकको मृत्यु भएको छ । का.न.पा–७ मित्रपार्कस्थित ओरालो सडकमा युवाहरुको समुहबिच झगडा हुँदा भाग्ने क्रममा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    महानगरीय प्रहरी परिसर काठमाडौको अनुसार मृतक युवकको पहिचान भने खुल्न सकेको छैन् ।

    उनीहरुको गएराति मादक पदार्थ सेवनपछि झगडा भएको थियो । झगडा हुँदा भाग्ने क्रममा लडेर युवकको मृत्यु भएको प्रहरीले अनुमान गरेको छ ।

    झगडा गर्ने रुद्रबहादुर केसी र सुरेश दर्नाल पक्राउ परेका छन् । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on काठमाडौंमा मदिरा पिएर झगडा हुँदा युवकको मृत्यु

    साप्ताहिक उदक अभ्यासको ३७औं शृङ्खला सम्पन्न; ८५ जना उदक स्रष्टाहरूको सहभागीता

  • १७ माघ २०७८, सोमबार ००:२० मा प्रकाशित
  • काठमाडौ, माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३७औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८५ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    [१]
    ढिकी
    अर्गानिक चामल
    स्वास्थ्यवर्धक खानेकुरा निरोगिता !
    ✍️ गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [२]
    ढिकी
    पुर्खाको औजार
    भुले आजकलका मानिस !
    ✍️खेमराज पुरी
    कैलाली हाल मुम्बई

    [३]
    ढिकी
    पुर्खाको आविष्कार
    चामल बनाउँछ तयार !
    ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३,काभ्रे

    [४]
    ढिकी
    स्वच्छताको प्रतीक
    मानवको मौलिक ईतिहास !
    ✍️ कण्ठ राज गिरी
    कैलाली

    [५]
    ढिकी
    पुरानो औजार
    देख्न पाइन्न अहिले !
    ✍️ सुमित्रा पोखरेल
    काठमाडौं

    [६]
    ढिकी
    मौलिक सभ्यता
    लाेप हुँदैकाे अवस्था !
    ✍️ राेशन पराजुली
    धरान।

    [७]
    ढिकी
    कर्तव्यमा तल्लीन
    आवाज मिठो लुकिछिपी !
    ✍️ प्रेम थापा

    [८]
    ढिकी
    हाम्रो मौलिकता
    पुरानो संस्कृतिको झलक !
    ✍️ सरस्वती वली
    बर्दिया

    [९]
    ढिकी
    पुर्खाकाे सम्पत्ति
    संरक्षण गर्नु आवश्यक !
    ✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    [१०]
    ढिकी
    लोप भएको
    पुरानो शैलीको मेसिन !
    ✍️ घनश्याम पौडेल
    सृजना चोक, पोखरा

    [११]
    ढिकी
    माैलिक संस्कृति
    हाम्रो पुरानो पद्धति !
    ✍️ सुधा बाँसकाेटा ढकाल
    काठमाण्डु

    [१२]
    प्रविधि
    ओखल ढिकी
    हाम्रो मौलिक सम्पत्ति !
    ✍️ हिमाल अम्मै
    घोडाघोडी कैलाली

    [१३]
    आइल
    चक्की मिल
    हेराइल गैल ढेंकी ।
    ✍️ सागर कुस्मी
    कैलाली ।

    [१४]
    प्रविधि
    गाउँघरकै विधि
    भरपुर शारीरिक व्यायाम !
    ✍️ सविता के.सी.
    काठमाडौँ ।

    [१५]
    ढिकी
    पुरानो प्रविधि
    नेपालको मौलिक सम्पत्ति !
    ✍️ बिके माकजु
    भक्तपुर ।

    [१६]
    ढिकी
    स्थानीय प्रविधि
    पुर्खाले बचाएको सम्पत्ति !
    ✍️ बुद्धिप्रसाद लामिछाने
    कैलाली

    [१७]
    ढिकीमा
    चामल कुट्दै
    दम्पति जोडी रमाउँदै।
    ✍️ महानन्द भट्ट
    कन्चनपुर।

    [१८]
    ढिकी
    लोपोन्मुख यन्त्र
    गाउँघरको दैनिकी जीवन !
    ✍️ सोमनाथ लुइटेल “रवि पाल्पाली”

    [१९]
    ढिकी
    पुर्वजहरुको कला
    आधुनिक संसारमा संरक्षणहिन !
    ✍️ राजाराम रत्गैंया
    अमौरा कैलाली

    [२०]
    ढिकी
    मध्यकालिन यन्त्र
    कुटानी एवं पिसानी !
    ✍️ लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    [२१]
    ढिकी
    आफ्नै मौलिकता
    एउटा स्थानीय प्रविधि !
    ✍️ आर्त अकुलीन
    कैलाली

    [२२]
    ढिकी
    पुर्खाको नासो
    आदिम युगको आविष्कार !
    ✍️ बाल कृष्ण खनाल
    टीकापुर

    [२३]
    ढिकी
    पुरातन प्रविधी
    लोपोन्मुख हुदैछ संस्कृति !
    ✍️ कमला देवकोटा
    पाल्पा

    [२४]
    धान
    ढिकिमा कुट्दै
    परम्परागत चलन दर्साएको !
    ✍️ रिता खराल
    रुपन्देही

    [२५]
    ढिकी
    प्राचीन प्रविधि
    दुर्गमको लाचार परिस्थिति !
    ✍️ एलपि पराजुली

    [२६]
    ढिकि
    साहारा जीवनको
    दैनिक कार्य सम्पादनको !
    ✍️ दर्बेन्द्र देब खनाल “लबरकोटे”
    गल्याङ स्याङ्जा

    [२७]
    ढिकी
    इतिहास बचाउन
    म्युजियम सुरक्षित स्थान !
    ✍️ विष्णुदीप सङ्कल्प

    [२८]
    मिलिजुली
    काममा हामी
    श्रीमान एवं श्रीमती !
    ✍️ मंगला उपाध्याय
    बारा कलैया १

    [२९]
    ढिकी
    स्वादिलाे भात
    आफ्नै घरकाे धान !
    ✍️ नवराज भट्ट

    [३०]
    ढिकी
    प्रविधि गाउँको
    स्वास्थ्य जिवन दिर्घायुको !
    ✍️ घनश्याम पौडेल
    गौरीगंगा कैलाली

    [३१]
    ढिकीमा
    धान कुटेर
    जीवन धान्दै दम्पति !
    ✍️ रमेश प्रभात

    [३२]
    ढिकी
    परम्परागत प्रविधि
    जीवन धान्ने निति !
    ✍️ गिरी बलराज

    [३३]
    ढिकी
    आफ्नो पहिचान
    श्रममा दम्पती सहकार्य !
    ✍️शिव खनाल जीवम

    [३४]
    व्यवस्था
    सहनशील ओखल
    ढिकीको निरन्तर प्रहार !
    ✍️ दुर्गा अधिकारी

    [३५]
    ढिकी
    पुर्ख्यौलीको सान
    चलाइ कुटिदैँ धान !
    ✍️ अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [३६]
    ढिकी
    मौलिक प्रविधि
    धान कुट्ने साधन !
    ✍️ देवेन्द्रराज शाक्य
    बुटवल रुपन्देही ।

    [३७]
    बिलाप
    मायाको निमित्त
    ढिकीले गरेको मिलाप !
    ✍️ खगेन्द्र बस्याल
    रुपन्देही

    [३८]
    धान
    कुट्ने ढिकी
    बिस्तारै इतिहासमै सिमित !
    ✍️ तोयनाथ सुवेदी

    [३९]
    गाउँघर
    पेटको निम्ति
    गर्नुपर्ने अन्नसँग कुस्ती!
    ✍️ इश्वरी अधिकारी

    [४०]
    मौलिकता
    पुरानो प्रविधि
    ढिकी जातो संग्रहालयमा!
    ✍️ पशपती राई खोटाङ

    [४१]
    ढिकि
    परम्परागत आौजार
    नेपाली मौलिक प्रविधि !
    ✍️ गोपालप्रसाद पौड्याल
    विराटचोक, मोरङ

    [४२]
    ढिकी
    अाेखल मुसल
    दुई खम्बाकाे मिलन !
    ✍️ सुरेशचन्द्र घिमिरे

    [४३]
    ढिकी
    दुर्लभ यन्त्र
    अन्न कुट्ने साधन !
    ✍️ धर्मी शाक्य
    बुटवल ,रुपन्देही

    [४४]
    पुराना
    सामाग्री जोगाउन
    अहिलेका पुस्ता बञ्चित !
    ✍️ बिक्रम तिरुवा सलिन
    जुम्ला

    [४५]
    चोट
    पक्कै पाउने
    मान्छे प्रविधिमा मुस्कुराउँने !
    ✍️ डिल्लीराम लुइँटेल

    [४६]
    ढिकी
    पुर्खाकाे देन
    पुरातन अमूल्य निधि !
    ✍️ चन्द्र उपाध्याय

    [४७]
    आविष्कार
    युग सुहाउँदो
    आपसमा पारिवारिक सहकार्य !
    ✍️ रामप्रसाद पुरी
    कपन, फूलबारी

    [४८]
    ढिकी
    मौलिक यन्त्र
    बन्दै चित्रमै सिमित !
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [४९]
    कोसिस
    पुरानो रिति
    यस्तै थियो परिस्थिति !
    ✍️ ललिता अभागी
    सिन्धुली

    [५०]
    ढिकी
    चित्रमा अहिले
    हरेक घरमा पहिले ।
    ✍️ समुन्द्रा शर्मा
    सुनसरी

    [५१]
    ढिकी
    पारम्पारिक सान
    हराउदै गएको भान !
    ✍️ नुमा खालिङ्ग राई
    ईटहरी – 2 सुनसरी

    [५२]
    ढिकी
    प्रविधि पुरानो
    अहिले कस्तो बिरानो।
    ✍️ लक्ष्मी बस्याल बर्दिया

    [५३]
    ढिकी
    पुरानाे प्रविधि
    भयाे मनाेराेञ्जनकाे साधन !
    ✍️ भावना मञ्जु
    माेरङ

    [५४]
    ढिकी
    सामुदायमा लाेप
    संग्रहालय संरक्षणकाे आवश्यकता !
    ✍️ श्रद्धा आचार्य
    पोखरा

    [५५]
    ढिकी
    पुर्खाको सीप
    अहिले लोप नजिक !
    ✍️ राम न्यौपाने

    [५६]
    मीठो
    ढिकीमा कुटेको
    चामल अमृत समान !
    ✍️ रचना शर्मा प्रतीक्षा

    [५७]
    ढिकी
    पुर्खाको सम्पत्ति
    सुन्दर स्थानीय प्रविधि !
    ✍️ कविता आचार्य, कैलाली

    [५८]
    ढिॅकी
    धेरै पुरानो
    आधुनिकताले बनायो विरानो !
    ✍️ सरस्वती श्रेष्ठ

    [५९]
    प्रकृति
    स्वस्थ खानपान
    स्वच्छ सरल जीवनयापन !
    ✍️ पुष्प सायरा
    बिराटनगर

    [६०]
    ढिकी
    गाउँघरको चलन
    पुराना साधनको वर्णन !
    ✍️ अम्विका अधिकारी
    बिर्तामोड, झापा

    [६१]
    ढिकी
    ग्रामीण जीवन
    मौलिक नेपाली पहिचान !
    ✍️ वासुदेव ज्ञवाली
    तानपा -१ पाल्पा

    [६२]
    ढिकी
    लोपोन्मुख यन्त्र
    भविष्य संग्रहालयमा सिमित !
    ✍️ सावित्री अधिकारी

    [६३]
    ढिकी
    मौलिक रीती
    संकटमा परम्परागत थिति !
    ✍️ कमल गिरी

    [६४]
    ढिकीमा
    कुटेको चामल
    रसिलो हुन्छ श्रीमान !
    ✍️ गोविन्द खनाल
    शुनपा ५ तनहु

    [६५]
    चामल
    ढिकीमा कुटेको
    पाइन्छ भाग्यमा जुटेको !
    ✍️ सझना`कुसुम´

    [६६]
    ढिकी
    काठको औजार
    अन्न कुट्ने घरघर !
    ✍️शारदा आचार्य
    ललितपुर !

    [६७]
    जिन्दगी
    ठाेकाइ सँधै
    ढिकी अनि खलमा !
    ✍️ रामराजा के.सी.
    फर्पिङ ,काठमाडौं

    [६८]
    ढिकी
    साधारण यन्त्र
    कुटाइको पुर्ख्यौली साधन!
    ✍️ कर्ण थापा
    लम्कि कैलाली ।

    [६९]
    ढिकी
    दुःखको बेसाहा
    कुट्ने फल्ने साधन !
    ✍️ होम प्रसाद
    सुनसरी ।

    [७०]
    ढिकी
    प्रविधि पुरानो
    कयाैँलाई आज बिरानाे !
    ✍️ केशवप्रसाद ढकाल
    गाेरखा

    [७१]
    ढिकी
    सरल यन्त्र
    नेपाली समाजकाे इतिहास !
    ✍️ भवानी घिमिरे
    सर्लाही

    [७२]
    धान
    ढिकीमा कुटेको
    मिठाे भात साैभाग्यकाे !
    ✍️ टीकाराम जाेशी
    टीकापुर।

    [७३]
    घरायसी
    औँजारको प्रयोग
    आजभोलि हुँदै लोप !
    ✍️ सुशीला पौडेल

    [७४]
    कुटानी
    ढिकी जाँताे
    पुर्ख्याैली हाम्राे निशानी !
    ✍️ चन्द्रावती अधिकारी

    [७५]
    प्रविधि
    नेपाली मौलिकता
    तस्बिरमै सिमित ईतिहास !
    ✍️ शम्भु लाल श्रेष्ठ
    नागार्जुन-१, रानीवन, पानीट्याङ्की, काठमाडौं।

    [७६]
    लोपोन्मुख
    ढिकी जाँतो
    शहरमा रहेन खाँचो !
    ✍️ रमा पन्त
    पाल्पा

    [७७]
    ढिकी
    प्रविधी पुरानो
    आविष्कारक नठानौँ विरानो !
    ✍️ केदार आचार्य

    [७८]
    ढिकी
    पुर्खाको सम्पत्ति
    सुन्दर स्थानीय प्रविधि !
    ✍️ Laxmi ayer

    [७९]
    माैलिक
    पुर्खाकाे सीप
    संरक्षणकाे पर्खाईमा चिन्तित !
    ✍️ रामकृष्ण दुवाडी
    पाेखरा

    [८०]
    ढिकीमा
    पोसिलो चामल
    दम्पति मिलि कुट्दै !
    ✍️ उर्मिला पन्त पाण्डेय
    ज्ञानेश्लर , काठमाण्डौँ

    [८१]
    ढिकी
    पुरानो प्रविधि
    प्रगाढ माया प्रीति !
    ✍️ बादल गुरुङ वियोगी

    [८२]
    ढिकी
    गाउँघरको चलन
    पुराना साधनको वर्णन !
    ✍️ अम्विका अधिकारी
    झापा बिर्तामोड

    [८३]
    ढिकी
    पुरानो जमानाको
    धान कुट्ने मिल !
    ✍️ सरस्वती श्रेष्ठ
    इटहरी
    [८४]
    ढिकी
    सहज प्रविधि
    तस्बिरमा सिमित लोपोन्मुख !
    ✍️ दुर्गा भट्टराई
    मोरङ

    [८५]
    ढिकी
    धानको चारा
    मिठो सन्तुलित आहारा
    ✍️ हिमाल शाह
    बिरपथ,अछाम

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साप्ताहिक उदक अभ्यासको ३७औं शृङ्खला सम्पन्न; ८५ जना उदक स्रष्टाहरूको सहभागीता

    सोलुखुम्बुका मनि कुमार बि.क. ले गरे साउदीमा आत्महत्या

  • १६ माघ २०७८, आईतवार १५:२८ मा प्रकाशित
  • समर्पण रम्जान

    ३० जनवरी २०२२, साउदी अरब ! सोलुखुम्बु घर भएर ४ महिना अगाडी मात्रै, अब्दाल सप्लाइ कम्पनी रियादमा आएका मनि कुमार बि.क ले आफ्नै बासस्थानमा आत्महत्या गरेका छन् ।

    सप्लाइ कम्पनीमा आए पनि कम्पनीले अर्कै रेस्टुरेन्टमा डाइनिङ् डिपार्टमेन्टमा काम लगाएको थियो ।
    केही दिन देखि घरायसी तनाबले ग्रसित रहेका बि.क ले रेस्टुरेन्टमा काम गर्दै गर्दा गत शुक्रबार केही सामन्य समस्या भएपछि उक्त रेस्टुरेन्ट का फिलिपिनी म्यानेजरले टर्मिनेट गर्नलाई पेपरमा साइन गराइ र लगाएको युनिफर्म पनि फिर्ता गर्न भनेपछि तनाब मा रहेको उहाँका निकटतम साथी सुरज बिश्वकर्माले जानकारी गराए । घरायसी तनाबले ग्रस्त बि.क लाई साथिहरुले राम्ररी सम्झाइ बुझाइ गरे पनि दोहोरो तनाबले अन्त्यमा सनिवार बिहान ६ बजे आफ्नो देह त्याग गर्न पुगे ।

    निकटतम साथी सुरजका अनुसार यो केसका सम्बन्धमा नेपाली दूतावास रियादमा जानकारी गराइसकेको र मृत शरीर लाइ नेपाल पठाउन छिटो सहयोग गरिदिन दूतावास रियाद तथा एनआरएनए आरसिसीलाइ अनुरोध गरेका छन् ।

    यो आत्महत्या केस भएकोले यसको पेपरहरु तयार गर्न, पोलिस रिपोर्ट पाउन केही बढि समय लाग्ने भएकोले मृत शरीर पठाउन केही समय लाग्ने तर सम्बन्धित पक्षशीत समन्वय गरि छिटो पठाउन सहयोग गर्ने दूतावासले उहाँको साथी सुरज बिश्वकर्मा लाइ जानकारी दिएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on सोलुखुम्बुका मनि कुमार बि.क. ले गरे साउदीमा आत्महत्या

    कोलेस्ट्रोल,ब्लड प्रेसर,युरिक एसिड, सुगर जाँच,सहित एनआरएनए साउदीले निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै,

  • १६ माघ २०७८, आईतवार ००:५१ मा प्रकाशित
  • समर्पण रम्जान

    ३० जनवरी २०२२, साउदी अरब ! आगामी फेब्रुअरी ४ तारीख शुक्रबारका दिन एनआरएनए साउदी अरबले साउदी को पुर्वी क्षेत्र जुबेलमा निशुल्क स्वास्थ्य परिक्षण शिबिर संचालन गर्ने भएको छ ।

    पुर्वी क्षेत्र जुबेल स्थित Gulf Asian Medical Center मा आप्रबासी नेपाली श्रमिकहरु जसको मेडिकल कार्ड छैन ( इकामा सकिएको वा नबनेकाहरु) उहाँहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागिएको एनआरएनए अध्यक्ष डम्बर यादबले जानकारी गराएका छन् ।

    उक्त शिविरमा बिहान ८ बजे देखी दिउँसो २ बजे सम्ममा उपस्थित भएर चिकित्सकीय सेवा लिई आफ्नो स्वास्थ्यको लाभ लिनुहुन एनआरएनए साउदीले  जुबेल आसपासमा रहेका सम्पुर्ण नेपालीहरुलाइ आग्रह  गरेको छ।

    पछिल्लो समयमा अल कासिम, दम्माम क्षेत्रहरूमा यस्तै श्रमिक हक हितका स्वास्थ्य परिक्षण तथा श्रमिक सम्बन्धित बिभिन्न सचेतना कार्यक्रमहरु गर्दै आएको एनआरएनए साउदीले यस पटक इकमा बिहिन तथा मेडिकल कार्ड बिहिन हरुलाइ बिशेष मध्यनजर गर्दै यो कार्यक्रम गर्न लागेको हो ।

    उक्त शिबिरमा कोलेस्ट्रोल जाँच, ब्लड प्रेसर जाँच, युरिक एसिड जाँच, सुगर जाँच, भिटामिन डिफिसियन्सिको जाँच तथा श्रमिकहरुको आवास्यक्ता अनुसारको अन्य  जाँचहरु आवास्यक स्वास्थ्य परामर्श दिइने कार्यक्रम रहेको अध्यक्ष यादबले जानकारी दिए ।
    उक्त शिबिरमा परिक्षण गराउन आउनको लागि यातायातको पनि ब्यबस्थापन गरिएको यादवले जानकारी दिए ।

    स्थानः Gulf Asian Medical Center (Al-jubail): https://foursquare.com/v/5685385d498eede816966917

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोलेस्ट्रोल,ब्लड प्रेसर,युरिक एसिड, सुगर जाँच,सहित एनआरएनए साउदीले निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै,

    दुई बर्षदेखि गोर्खाका मान बहादुर गुरुङ सम्पर्क बिहिन, खोजिदिन एनआरएनए साउदीलाई परिवारको अपील ।

  • १६ माघ २०७८, आईतवार ००:११ मा प्रकाशित
  • ३० जनवरी २०२२, साउदी अरब ! नेपाल गोर्खा जिल्ला, बारपाक सुलिकोट गाउँ पालिका वाड नम्बर ७ देउराली, बोखोला घर भइ बिगत १० बर्षदेखि साउदी अरबमा कार्यरत रहेका तर दुई बर्षदेखि सम्पर्क बिहिन रहेका मान बहादुर गुरुङलाई खोजी गरिदिन परिवारले अपील गरेको छ ।

    कुम्याङ इलेक्टि्रक साम्सुङ साउदी अरेबिया कम्पनीमा इलेक्ट्रीसियन पदमा कार्यरत गुरुङ दुई बर्षदेखी कुनै सम्पर्कमा न आएपछि उहाँको परिवारले कि सास कि लास भए पनि खोजी गरिदिन हुन एनआरएनए आरसिसि तथा दूतावास रियादलाइ अनुरोध गरेका छन् ।

    एनआरएनए आरसिसि अल कासिम अध्यक्ष रम्जान दिन मियाँलाई जानकारी गराउदै मान बहादुर गुरुङका साला प्रेम गुरुङ ले जसरी भएपनी खोजी गरि सहयोग गर्न अनुरोध गरेका छन् ।

    उहाँको इकमा चेक गर्दा दुई बर्ष पहिलेनै इक्स्पायर भएको, इकमा कपि सहित कम्पनीको आइडी कपि पनि गुरुङका सालाले प्रदान गरेपछि अध्यक्ष मियाँले अल कासिमका दूतावास प्रतिनिधि बिशाल श्रेष्ठलाई जानकारी दिइसकेका र दूतावास रियादमा समन्वय गर्दै उहाँको स्थितीबारे बुझेर जानकारी गराउने कुरा हिमालयन दृस्टीलाई अबगत गराए ।

    हामी पनि साउदीमा रहनु हुने सबैमा उहाँको खोजी कार्य गरिदिनु हुन र यदि कहि कतै उहाँको बारेमा जानकारी भएमा तल दिइएको नम्बरमा सम्पर्क गरि अबगत गराइदिनु हुन पनि हिमालयन दृस्टी विनम्र अनुरोध गर्दछ ।
    +9779826129226

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on दुई बर्षदेखि गोर्खाका मान बहादुर गुरुङ सम्पर्क बिहिन, खोजिदिन एनआरएनए साउदीलाई परिवारको अपील ।

    साताका तीन लघुकथा

  • १५ माघ २०७८, शनिबार २०:०३ मा प्रकाशित
  • साताका तीन लघुकथाको तेस्रो शृङ्खलामा निम्न लघुकथाकारहरूका तीन लघुकथाहरू छनोट गरी प्रकाशन गरिएको छ ।

    १. लघुकथा – यमराज दोबाटोमा

    ✍️ डा.दीनबन्धु शर्मा
    यमराजले आगन्तुक मनुवातर्फ इसारा गर्दै चित्रगुप्तसँग सोधे, “यस मनुवालाई कता ?”
    चित्रगुप्तले काँडा र ढुङ्गाले भरिएको पैदलमार्ग देखाएर भने, “यसलाई नि:सन्देह यता महाराज।”
    बाटो देख्दै मनुवा थरर्र काम्यो, तर उसले होस नगुमाइकन दोबाटोबाट छुट्टिने दक्षिणी बाटो हेरेर सोध्यो, “मलाई किन यस्तो भयानक बाटो हिँड्नुपर्ने ?”
    “यो नरकयात्राको बाटो हो मनुवा, पृथ्वीमा रहँदा बीभत्स हत्या हिंसाको ज्यान मुद्दा छ तिमीमाथि, तिमीले नर्कबास गर्नुपर्छ,” यमराजले भने, “परिणाम त भोग्नुपर्छ।”
    “त्यो त होला तर …….”
    “तर के ? ” यमराजले मनुवातर्फ हेरेर भने।
    “मेरा कर्मको ठूलै परिणाम त मैले दुई-दुईपटक भोगिसकेँ त, हैन कतिचोटि भोग्नुपर्ने ?” मनुवाले हात जोडेरै तर झर्किएर भन्यो।
    “तिमीले कहिले, कसरी भोग्यौ ?” यमराजले जिज्ञासु भएर सोधे।
    “हैन के, दण्ड होस् वा पुरस्कार, त्यही ज्यान मुद्दाकै परिणामस्वरूप मलाई पटकपटक प्रधानमन्त्रीको पद दिइएको हैन र, कहिले कसरी भोगिस् रे, अचम्म छ बा !” मनुवाले अहिले अलि कड्किएरै भन्यो।
    “हँ ?” यमराज आफ्ना दुई औँला ओठमा राखेर विचारमग्न भई दोबाटोमा उभिएका छन्।
    बुढानीलकण्ठ, काठमाडौँ

    २. लघुकथा : खाना

    ✍️ डा.शेखरकुमार श्रेष्ठ

    सबै जना चुल्होको वरिपरि बसी भात र तरकारी पकाउँदै थिए । नाकबाट पसेको वासनालाई जिब्राले स्वाद मानी चाखिरहेको थियो ।
    खाना हाल्नका लागि थाल बोकेर छोरा आयो । त्यसैबेला बाहिरबाट ढोका ढकढक गरेको आवाज भित्र आयो । छोराले गएर ढोका खोलिदियो ।
    एउटा जवान हट्टाकट्टा मानिस रहेछ । उसले नमस्कार गर्यो र भन्यो, “म देश विकास गर्न परिवर्तनका लागि लागेको राजनीतिककर्मी हुँ । धेरै वर्ष भयो राजनीति गरेको । तर म भोको छु । मैले खान पाएको छैन । पाकेको खाना मलाई दिनुहोस् ।”
    परिवारका सबैले मुखामुख गरे । एकै पलपछि आएको मानिसलाई छोराछोरीले हेरे । लोग्ने र स्वास्नीको आँखा जुधे।
    “आज बेलुकी र भोलि बिहान भोकै त हो नि । भोलि दिनभर काम पाइयो भने फेरि चामल र तरकारी ल्याऔँला । साँझको पाहुना देवता भन्छन् ।” स्वास्नी र लोग्नेले कुराकानी गरे ।
    आउनेले भात खाइदियो । छोरा र छोरी रुन थाले र भने, ”बल्ल बल्ल खान पाइने भई खुसी बनेको तर खान पाइएन । होइन, अब हामीले दालभात खान पाउने कहिले ?”
    आमाले भनी, “यिनलाई दान दिएन भने खाना मात्र होइन भोलि हामी यस घरमा पनि बस्न पाउँदैनौँ ।”
    काठमाडौ

    ३. लघुकथा : पहिचान

    ✍️ अम्बिका धिताल

    प्रकाश र अनय निकै मिल्ने साथी थिए । प्रकाश पढाइमा औसत थिए भने अनय तेजिला। उनीहरू दुबैले स्नातकसम्मको पढाइसँगै पुरा गरे।

    प्रकाशको बाबा अफिसका हाकिम थिए। त्यसैले उनलाई जागिर पाउनका लागि त्यति दौडधुप गर्नु परेन तर अनयका बाबा कृषक भएकाले धेरै ठाउँमा धाउँदा पनि जागिर पाउन सकेनन् र बाबुकै बिडो थाम्नुबाहेक विकल्प नदेखेर उनी खेती किसानीमा लागे ।

    आफ्नै काममा व्यस्त हुने भएकाले यी दुई मित्रहरुको भेटघाट छुट्यो। कहिलेकाहीँ फोनमा कुराकानी हुन्थ्यो। एक बुधबार प्रकाशले फोन गर्दै अनयलाई लोकसेवा खुलेको कुरा सुनायो। दुबैले गएर फर्म भरे। परीक्षामा सहभागी भए। नतिजा आउँदा प्रकाशको नाम थिएन। अनयको नाम पहिलो नम्बरमा नै थियो । उनी प्रशासन कार्यालयमा अधिकृतका रूपमा नियुक्त भए। बिस्तारै उनको पहिचान फैलिँदै गयो। उनको कामबाट सबै सन्तुष्ट थिए । धेरैले उनको आनीबानी र कार्यशैलीको अनुकरण समेत गर्थे। उता केही समय पछि प्रकाशको बाबुको रिटायर भयो । प्रकाशको जागिर करारमा थियो। त्यस ठाउँमा लोकसेवाले अर्को व्यक्ति पठायो। प्रकाशले जागिर छुटेपछिको दोस्रो दिनमा अनयलाई भेट गर्यो । अनयले प्रकाशलाई मेहनतकासाथ पढ्न हौसला दिँदै पढाइमा आफूले सक्दो सघाउने प्रण गर्यो । प्रकाशले मलिन मुहारमा भन्यो, “कसैको पहिचानबाट मिलेको काम केही समयको लागि मात्र रहन्छ, तर कामबाट मिलेको पहिचान अमर रहन्छ मित्र।”
    भक्तपुर

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on साताका तीन लघुकथा

    एमआरपि पासपोर्ट नविकरण सेवा स्थगन, ई-पासपोर्ट बनाउने प्रक्रिया सुरु गर्दै ।

  • १४ माघ २०७८, शुक्रबार २२:०५ मा प्रकाशित
  • २८ जनवरी २०२२, शुक्रवार साउदी अरब ! नेपाली दूतावास रियादले अब यन्त्रवाचक राहदानी (MRP) नवीकरण सेवा स्थगन गर्दै नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी (e-Passport) बनाउने प्रक्रिया अगाडी बढाउन लागेको छ ।

    शुक्रबार आफ्नो आधिकारिक पेजबाट एक जरुरी सूचना प्रसारित गर्दै नेपाली राजदूतावास साउदी बाट पनि केही हप्ता भित्रै जारी गर्ने गरी आवश्यक व्यवस्थापकीय तयारी भईरहेको जनएको छ ।
    दूतावासले उक्त सूचना मार्फत ई-पासपोर्ट प्रणाली जडान गर्ने कार्य लगायत अन्य तयारी कार्यका लागि केही समय लाग्ने हुंदा आगामी आइतबार ३० जनवरी २०२२ देखि बिहीबार १७ फेब्रुअरी २०२२ सम्मको लागि यन्त्रवाचक राहदानी (MRP) नवीकरण गर्ने कार्य स्थगन गरिएको र ई-पासपोर्ट बनाउने प्रकृया, आवश्यक कागजात लगायतका सम्बन्धमा राजदूतावासले केही दिनमा नै आफ्नो आधिकारिक फेसबुक पेजबाट अर्को सूचना जारी गर्ने सबैमा सुचित गरेको छ ।

    तत्काल साउदी इकामा नवीकरण गर्नुपर्ने अवस्था आएको र त्यसको लागि नयाँ राहदानी आवश्यक पर्ने भएमा मात्र यन्त्रवाचक राहदानी (MRP) नवीकरणको लागि आवेदन लिईने र यस्तो अवस्था भएका श्रमिकहरुले पनि दूतावासको राहदानी शाखामा काम गर्ने कर्मचारीहरू शीत सम्पर्क गर्न अनुरोध गरेको छ ।
    राहदानी शाखामा काम गर्ने कर्मचारीहरुको नं. ०५०००३४७८६ वा ०५७१८५७८८४ वा ०५३४३४३१९१ मा सम्पर्क गरेर अग्रिम समय लिएर मात्रै दूतावासमा आउनु अनुरोध गर्दै यदि अग्रिम समय (appointment) नलिइकन आउने सेवाग्राहीको आवेदन नलिने पनि जनाएको छ ।

    यदि कोहि नेपालीहरु साउदीबाट फाइनल एक्जिटमा जान लागेका र राहदानीको म्याद सकिएको भए दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र (One Way Travel Document-TD) प्रदान गर्न सकिने पनि जानकारी गराएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एमआरपि पासपोर्ट नविकरण सेवा स्थगन, ई-पासपोर्ट बनाउने प्रक्रिया सुरु गर्दै ।

    ‘पञ्चाङ्ग चित्रपट’को दोस्रो भाग सम्पन्न

  • १४ माघ २०७८, शुक्रबार १३:४० मा प्रकाशित
  • साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यास शृङ्खला ‘पञ्चाङ्ग चित्रपट’को दोस्रो भाग सम्पन्न भएको छ । पञ्चाङ्ग साहित्य समाज नेपालको आयोजनामा उक्त अभ्यास शृङ्खला सञ्चालनमा ल्याइएको हो ।

    साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको दोस्रो शृङ्खलाको प्रशिक्षकमा सुशीला पौडेल र सविता के.सी. रहनुभएको थियो । लघुतम काव्य विधा पञ्चाङ्गका प्रवर्तक सोमनाथ लुइँटेल “रवि पाल्पाली” का अनुसार अबदेखि प्रत्येक हप्ताको बिहीबार उक्त अभ्यास शृङ्खला सञ्चालन गरिनेछ । जसका लागि बिहीबार विहान एउटा चित्र राखिनेछ । सोही चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नुपर्नेछ ।

    यस शृङ्खलाका लागि चित्रको संकलन कार्यक्रमका परिकल्पनाकार सोमनाथ लुइँटेल “रवि पाल्पाली” ले गर्नुभएको थियो ।

    चित्रपट

    सहभागी स्रष्टाहरूले सृजना गरेका पञ्चाङ्गहरू

    पन्चाङ्ग ०१

    आमा तिम्रो हरेक सपना सन्तानमा देख्ने गर्छौ
    त्यहि सन्तानभनि सुख छाडी दु:खमा टेक्ने गर्छौ
    लालनपालन गरि हुर्काउन गाह्रो भयो आमा
    नौ महिनाको कठोर तपस्या कसरी थेग्ने गर्छौ
    शिशुलाई आगोले नै सेकेर तेलले लेप्ने गर्छौ।

    ~सोमनाथ लुइटेल ” रवि पाल्पाली “

    पञ्चाङ्ग ०२

    आमा भएर तिमीलाई जन्म दिएको छु
    भोको पेट त्यो भर्ने अभिभारा लिएको छु
    जस्तो सुकै परिस्थितिको सामना गरेर
    तिमीलाई हुर्काउन दु:खमा जिएको छु
    दु:खमा झरेका ति आँसु मैले पिएको छु।

    ~तारा घिमिरे सङ्खुवसभा

    पञ्चाङ्ग ०३

    कैयन रात मैले मात्र पानी पिएकी छु,
    केवल तिम्रै लागि अझसम्म जिएकी छु।
    तर तिमी बिरानो भई टाढा गइदियौ,
    यो मनको घाउलाई आफैँले सिएकी छु।
    अब देखि एक्लै बाँच्ने अठोट लिएकी छु।।

    ~ नारायणप्रसाद निरौला, काठमाडौँ।

    पञ्चाङ्ग ४

    नौ महिनासम्म आफ्नो कोखमा लुकाएर राख्ने तिमी
    मलाई पियाउँदा आफूलाई सुकाएर राख्ने तिमी
    तिम्रो आँखामा त म सधैं सानो देखिई रहन्छु आमा
    आफूलाई मेरो खुशीको लागि दुखाएर राख्ने तिमी
    जिन्दगीको यात्रामा सधैं माथी उठाएर राख्ने तिमी ।।

    ~गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग ५

    आमाको मायाले देखायो जीवन ।
    गोरेटो सहजै बनायो जीवन ।
    अरूको लाखमा आमाको काखमा,
    हाँसेर फुलेर उदायो जीवन ।
    सत्यको बाटोले सजायो जीवन ।

    ~आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग ६

    अगाध ममता ओकल्छिन् जननी, आफ्ना सन्ततिमा
    सजिन्छन् ती सुन्दर सपना पनि, आफ्ना सन्ततिमा
    च्यापेर मुटुको टुक्रा छचल्किएका छन् प्रेम धारा
    उज्यालो छरेकी आफू मैन बनी, आफ्ना सन्ततिमा
    भोलिको भरोसा उनै भनी भनी, आफ्ना सन्ततिमा।

    ~केशब न्यौपाने, नुवाकोट

    पञ्चाङ्ग ७

    अरुको लाख अनि आमाको काख सुनेको छु
    तिम्रो काखमा हुँदा त लाख कष्ट भुलेको छु
    स्वर्ग यहि हो मेरो लागि धाउनु छैन अन्त
    लाख कष्ट लुकाई तिमी हाँसेको बुझेको छु
    तिम्रो साथ पाएर दुनियाँ सामु खुलेको छु।

    ~निर्मला सुवेदी “जिज्ञासु”बागलुङ।

    पञ्चाङ्ग ८

    सन्तानकै खुशिका लागि जिउछिन आमा
    सबै दु:ख पीडा संकट पिउछिन आमा
    आफ्नो खुशिले जसो तसो जोरजाम गरि
    न्यानोमै राख्न नाना चाचा सिउछिन आमा।
    स्नेहले आनन्द काखमा लिउछिन आमा।

        ~गणेश पौडेल 
     कालिका चितवन।

    पञ्चाङ्ग ९


    १
    जन्म दियौ रक्तधारा वहाउदै मेरी आमा
    सुस्तसुस्त विश्वमाझ चिनाउदै मेरी आमा
    अनमोल तिम्रो मायामा बाँधी सधैँ मलाई
    काँडाबीच गुलाब झैँ फुलाउदै मेरी आमा
    हार यात्रामा प्रेरणा दिलाउँदै मेरी आमा।
    २
    सवै सुख दु:ख मेरा मेटाउदै मेरी आमा
    लक्ष्य चुम्न अघि वड्न सिकाउँदै मेरी आमा
    आँशु धारा बगाउँने मलाई दु:ख पर्दा
    प्रगतीका पथमै हिडाउँदै मेरी आमा
    सफलताका कदम चलाउदै मेरी आमा।
    ३
    उनकै काखमा बिताएका रातहरु प्यारा
    उनकै साथमा समाएका हातहरु प्यारा
    सुमधुर रसपूर्ण मिठोबोली सधैँ दिदै
    उनकै यादमा गाँसिएका वातहरु प्यारा
    आमाकै खाटमा साटिएका मातहरु प्यारा।

    ~सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग १०

    बस्छन् सधैँ भरि सन्तानको सुशीहरू गनि उनी,
    त्याग अनि तपस्याको प्रतिमूर्ति जस्तै बनि उनी।
    तेत्तीस कोटी देवी देवता चारै धाम मेरी आमा
    सहेर गर्भको मर्महरू हाँसि दिने पनि उनी,
    दयाकी खानी करूणाकी रानी हाम्री जननी उनी।

    ~अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    पञ्चाङ्ग ११

    आफ्ना दु:ख पीडा जति मन भित्रै लुकाउछिन
    आफु भोकै बसेर सन्तानलाई खुवाउछिन
    आमा भन्दा ठूलो देवता छैनन् खोज जग भरि
    सानो चोट लागे पनि आफू मन दुखाउछिन
    मृत्यु सीत लडेर अमृत धारा चुसाउछिन

    ~चेतना पोखरेल
    मोरङ

    पञ्चाङ्ग १२

    नौ महिना पेटमा राखी जन्म दिएकि छु
    भोकाउदा खुवाउने अभिभारा लिएकी छु
    जस्तोसुकै दु:ख कष्टहरुको सामना गर्दै
    लालनपालनमा दु:ख हुँदा नि जिएकी छु
    आपत्मा झरेका आँसु पनि मैले पिएकि छु ।।

    ~दुर्गा भट्टराई , मोरङ

    पञ्चाङ्ग १३

    हरेक सन्तानका लागि भगवान हुन् आमा
    विधाताको सृष्टि बचाउने महान हुन् आमा
    बिर्सन्छन् आमाको माया सन्तानले बढेपछि
    तर छैन गुनासो ईश्वरीय मान हुन् आमा
    बिना स्वार्थ प्राण दिने धर्तीकी सान हुन् आमा।

    ~पुष्पा नेपाल(सुवेदी ), इलाम

    पञ्चाङ्ग १४

    संसार भनेकै नै याे मायाकाे जालाे रहेछ
    एक पछि अर्को सकिँदै जाने पालाे रहेछ
    मतृवात्सल्य जति निस्वार्थ प्रेम कहाँ हाेला
    अरु त मन नै स्वार्थ, जालि र कालाे रहेछ
    सबैले नि बन्ने त यहाँ ठुलाे ठालाे रहेछ ।

    ~रामराजा के.सी.
    फर्पिङ , काठमाडौं।

    पञ्चाङ्ग १५

    मायाले भरिएको अविरल चाहात मीठो
    अवोध नै होला तर साथको त्यो बात मीठो
    आमा संगै हुँदा र स्वर्ग जस्तै काख पाउँदा
    मन अनि ती स्नेही नयनको हठात मीठो
    ममताको दिन मीठो र स्वर्णीम रात मीठो ।

    ~प्रेम थापा , बाग्लुङ

    पञ्चाङ्ग १६

    म तिम्रो जन्म दाता थाहा छ होला।
    छोराछोरीको छाता थाहा छ होला।
    आमा बिना संसार अँध्यारो लाग्छ,
    उज्यालो दिने माता थाहा छ होला।
    सबै कुराको ज्ञाता थाहा छ होला।

    ~सुशीला पौडेल , काठमाडौं

    पत्न्चाङ्ग १७

    जननी जगतको संसार चिनाउने आमा
    दु:खद समय काटेर सिकाउने आमा
    जाडोमा सुरक्षा दिएर ममताले बाध्छौ
    आफुलाई सुकाई दूध पिलाउने आमा
    मनका इच्छा पूरा सुख दिलाउने आमा ।

    सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग १८

    हर रात काखी च्यापेर अनिदाेमा रात कटायाै आमा
    भाेकाे पेट कसेर सपनाहरु कति सजायाै आमा ।
    खालि तिम्राे महानता रहेछबुझेँ आखिर के पायाै र?
    लाखाैँ ऋण लगाएर स्वर्गकाे बाटाे ततायाै आमा !
    जल्दै छु पश्चात्तापमा मात्र सपनीमा सतायाै आमा ।

    ~चन्द्रावती अधिकारी बाँहे कोहलपुर

    पञ्चाङ्ग १९

    आमा हुनु मा गर्व छ मलाई जन्म दिएकि छु,
    रातै भरि नसुति तिम्रोअभिभारा लिएकि छु।
    आएकाअप्ठ्याराहरुको सामना गरेर न‌ै,
    तिम्रो कर्म दह्रो पार्न नै भए पनि जिएकि छु।
    देख्छौकि भन्दै लुकि लुकि कति आशु पिएकि छु।

    ~दुर्गा आचार्य
    मोरङ

    पञ्चाङ्ग २०

    मेराे सृष्टि गराउने महान मेरो सार हौ तिमी आमा
    सुन्दर दृष्टि सजाउने मेरो सिंगो संसार तिमी आमा
    संसार हेर्न सिकायौ आफ्ना ती संस्कार मा मा भरेर
    अगाध ममताको आँचल जीवनको आकार तिमी आमा
    उज्यालो छर्ने सुनौलो भोलिको मेरो आधार तिमी आमा।

    ~पद्मा रिजाल , बाँके नेपालगन्ज

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on ‘पञ्चाङ्ग चित्रपट’को दोस्रो भाग सम्पन्न

    उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

  • १४ माघ २०७८, शुक्रबार १३:३१ मा प्रकाशित
  • १
    कोरोना
    अस्तव्यस्त जीवन
    गाउँ सहरमा कहर !

    २
    कोरोना
    अदृश्य जीवाणु
    मानवमा सर्ने रोग !

    ३
    कोरोना
    दुरी कायम
    बच्ने सर्वोत्तम उपाय !

    ४
    कोरोना
    मास्क सेनिटाइजार
    बिक्री वितरणमा प्रतिस्पर्धा !

    ५
    कोरोना
    घाँटी खसखस
    निरन्तर रुघाखोकी ज्वरो !

    • सरस्वती श्रेष्ठ
      इटहरी
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सरस्वती श्रेष्ठका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P