
समर्पण रम्जान
३० जनवरी २०२२, साउदी अरब ! सोलुखुम्बु घर भएर ४ महिना अगाडी मात्रै, अब्दाल सप्लाइ कम्पनी रियादमा आएका मनि कुमार बि.क ले आफ्नै बासस्थानमा आत्महत्या गरेका छन् ।
सप्लाइ कम्पनीमा आए पनि कम्पनीले अर्कै रेस्टुरेन्टमा डाइनिङ् डिपार्टमेन्टमा काम लगाएको थियो ।
केही दिन देखि घरायसी तनाबले ग्रसित रहेका बि.क ले रेस्टुरेन्टमा काम गर्दै गर्दा गत शुक्रबार केही सामन्य समस्या भएपछि उक्त रेस्टुरेन्ट का फिलिपिनी म्यानेजरले टर्मिनेट गर्नलाई पेपरमा साइन गराइ र लगाएको युनिफर्म पनि फिर्ता गर्न भनेपछि तनाब मा रहेको उहाँका निकटतम साथी सुरज बिश्वकर्माले जानकारी गराए । घरायसी तनाबले ग्रस्त बि.क लाई साथिहरुले राम्ररी सम्झाइ बुझाइ गरे पनि दोहोरो तनाबले अन्त्यमा सनिवार बिहान ६ बजे आफ्नो देह त्याग गर्न पुगे ।
निकटतम साथी सुरजका अनुसार यो केसका सम्बन्धमा नेपाली दूतावास रियादमा जानकारी गराइसकेको र मृत शरीर लाइ नेपाल पठाउन छिटो सहयोग गरिदिन दूतावास रियाद तथा एनआरएनए आरसिसीलाइ अनुरोध गरेका छन् ।
यो आत्महत्या केस भएकोले यसको पेपरहरु तयार गर्न, पोलिस रिपोर्ट पाउन केही बढि समय लाग्ने भएकोले मृत शरीर पठाउन केही समय लाग्ने तर सम्बन्धित पक्षशीत समन्वय गरि छिटो पठाउन सहयोग गर्ने दूतावासले उहाँको साथी सुरज बिश्वकर्मा लाइ जानकारी दिएको छ ।

