• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: ताजा अपडेट

पञ्चाङ्ग चित्रपटको तेस्रो भाग सम्पन्न; १९ जना सर्जकको सहभागीता

  • २१ माघ २०७८, शुक्रबार २३:४२ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट : भाग: ०३
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७८/१०/२०

    प्रशिक्षक :
    सुशीला पौडेल
    सविता के.सी.
    मिति : प्रत्येक हप्ताको पाँचौं (५) दिन अर्थात्  बिहीवार

    चित्र सङ्कलक :
    रामराजा के.सी.

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्यूहरु
    हार्दिक नमस्कार ।
    हामी साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको तेश्रो  शृङ्खलामा छौँ  । यस् शृङ्खलामा पनि दिइएको चित्रपट अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध छ ।
    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम र ठेगाना सहित लेखिएका पञ्चाङ्ग मात्र समायोजन गरिने जानकारी गराइन्छ ।

    चित्रपट 
    ———-

    पञ्चाङ्ग   ०१

    एकान्त   उजाड नै मन परेको छ मलाई
    गाउँबाट जंगल   तिर   झरेको छ मलाई
    पुर्पुरोमा हात राखेर सोच्न बाध्य भइयो
    अरुले होइन आफन्तले गरेको छ मलाई
    त्यसैले कालोबादलले   घेरेको छ मलाई।

    ✍️सोमनाथ लुइटेल  ” रवि पाल्पाली “

    पञ्चाङ्ग   ०२

    मानवताको सम्झौता भित्र सायद तिम्रो नाम छैन
    रुखमुनी बसिरहेको छौ  घरमा तिम्रो काम छैन…?
    कवि हौ तिमी कुनै रचना गर्नलाई मस्त छौ यहाँ…?
    जाडोले घाँम तापेको भनुँ त यहा कुनै घाम छैन
    भन  किन यहाँ एक्लै बसेको कित तिम्रो ठाम छैन ..?

    ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

    पञ्चाङ्ग   ०३

    हेलामा  परे  पनि  सरल  मनको  लचिलो  डोरो  म त
    तनले  र  मनले   जनाउनुछ   नेपालकै   छोरो  म   त
    प्राण रहुन्जेल  कसैको साथ होस्  अथवा एक्लै रहुँला
    अनुहार  कालो  भए  पनि  ज्ञान  सिकाउने  गोरो म त
    ल हेर्नुस् त विकल्प र  गन्तव्य बिना कै एकोहोरो म त ।

    ✍️प्रेम थापा, बागलुङ

    पञ्चाङ्ग   ०४

    कल्पनामा   तिम्रै बाटाे   हेर्दै हेर्दै  बसेँ,
    आशामुखी  सासहरु   फेर्दै फेर्दै  बसेँ।
    रात दिन एकै भयाे तिम्राे साथ छुटेदेखि
    मन मुटु   तिम्रै  यादले   बेर्दै बेर्दै    बसेँ ।
    विरहका      गीतहरु   केर्दै केर्दै     बसेँ।

    ✍️ चन्द्रावती अधिकारी  बाँके कोहलपुर

    पन्चाङ्ग   ०५

    प्रकृतिको काखमा दु:ख पिर साट्दै मन भुलाएछ
    डुब्दै सौन्दर्यमा आकाश छाना मुनि तन भुलाएछ
    एकान्तको प्रेमी ऊ त एक्लै बसी मनमनै गुम्दो हो
    आफन्तले दिएको चोट सबै सम्झी जन भुलाएछ
    धर्ति पो अङ्कमाल गर्दै कल्पनामै धन भुलाएछ ।

    ✍️सरिता काफ्ले कोहलपुर बाँके

    पञ्चाङ्ग   ०६

    रुन्न भन्छु मान्दै मन पनि कस्तो चोट परेको छ
    सोध्नु  छ यी आँसुलाई कुन पीडाले झरेको छ?
    एक्लै बसी मनका पीडा धेरै खोजे लुकाउन
    आफैंलाई थाहा छैन किन कस्ले यस्तो गरेको छ
    नयनमा साउने भेल  सधै भरि नै झरेको छ

    ✍️चेतना पोखरेल , मोरङ

    पञ्चाङ्ग   ०७

    कालो बादल मडारिए झै मन भएको छ
    सितलता विहिन वृक्ष झै तन भएको छ
    सब जन को नजरमा विक्षिप्त देखिन्छ ऊ
    सिङ्गो मानव बस्तीमा एक्लो झन भएको छ
    उस्को दुःख  वेदना नबुझ्ने जन भएको छ।

    ✍️पद्मा रिजाल- बाँके

    पञ्चाङ्ग   ०८

    पात झरेको नाङ्गै रहेछ ओत लागेको रुख पनि
    नदेखिने गरी घोप्टिएका छौ किन आफ्नै मुख पनि
    प्रकृतिले दिएका रात र दिन भोग्नै पर्छ मान्छेले
    यसरी एकान्तमा बसेर कहाँ भेटिन्छ सुख पनि
    कराएरै हिँडे सधैँ लेखेपछि मेटिन्न दुःख पनि

    ✍️सविता के.सी. काठमाडौं

    पञ्चाङ्ग   ०९

    बासको ठेगान छैन अोत लाग्ने रुखको पात छैन
    खाने गास छैन ढुक्कसँग निदाएको त्यो रात छैन
    सुखदुःख केहि हैन अौकातको छैन कुनै पर्वाह
    भन्थे मानवता भन्दा ठूलो त अर्को कुनै जात छैन
    यो स्वार्थी दुनियाँमा कुनै सेवामूलक जमात छैन।

    ✍️निर्मला सुवेदी,बागलुङ ।

    पञ्चाङ्ग  १०

    कल्पना छन् मनमा विभिन्न सजिएका रात पाउने आसमा,
    जीवन भर तिम्री हुँ हरेक मोडमा हात पाउने आसमा।
    एकान्त ठाउँमा बसेर रङ्गिन सपना बुनेकी छु मैले धेरै
    तिम्रो सम्झनामा एकोहोरी नै भए मत साथ पाऊँने आशमा
    कति टाढा मन उडेको छनै चङ्गा सरि नाथ पाउने आसमा।

    ✍️दुर्गा आचार्य , मोरङ

    पञ्चाङ्ग   ११  

    आज मलाई एकान्तमा एक्लै पारी छोडिदेऊ भन्छु
    मैले लाएको माया बिर्सिएर अन्तै मोडिदेऊ भन्छु
    यी रुख अनि पातसँग  म मितेरी लाउँदै छु साथी
    नछुट्टिने बाचा र कसम तिमीले तोडिदेऊ भन्छु
    रुख सुके  नि  जाग्न सक्छ पानी हाली गोडिदेऊ भन्छु ।

    ✍️सरस्वती श्रेष्ठ इटहरी

    पङ्चाङ्ग   १२

    झमझम चिसो पानी पर्दा तिमी याद आयौ
    एक्लो जिन्दगीमा आँसु झर्दा तिमी याद आयौ
    उजाड छ जिन्दगी पात झरेको रूखजस्तै
    गाउँबेसी मेला एक्लै गर्दा तिमी याद आयौ
    आफ्नै छाया हेर्दै ख‍ोली तर्दा तिमी याद आयौ

    ✍️पुष्पा नेपाल (सुवेदी ),इलाम

    पञ्चाङ्ग   १३

    शिशिरकाे पत्झड र उजाड भयाे जिन्दगी
    खुसीकाे अासमा टाेलाउँदै गयाे जिन्दगी
    ग्रहण लागे झैँ सँधै अन्धकार भयाे हेर
    सहनै नसक्ने दुःख र पीडा पायाे जिन्दगी
    के गरूँ सुख खाेज्दै दु:ख तिरै धायाे जिन्दगी।

    ✍️रामराजा के.सी. काठमाडौं

    पञ्चाङ्ग   १४

    हार आफैँसँग खाएर होला, विकल्प देख्दिन ।
    चोटमाथि चोट पाएर होला, विकल्प देख्दिन ।
    कहिले आफैँलाई मार्यौ जस्तो लाग्छ, किन होला ?
    आफू सधैं एक्लो लागेर होला, विकल्प देख्दिन ।
    भगवानले नि चाहेर होला, विकल्प देख्दिन ।

    ✍️केशब न्यौपाने, नुवाकोट

    पंञ्चाङ्ग   १५

    अथाह  पीडा  बोकेर  टोलाएको  छु  मौनतामा रुदैँ
    भोकै प्यासै रुग्ण ज्यान लोलाएको छु मौनतामा रुदैँ
    कोरोना  कहरले आफन्तका  लास बोकी म एक्लो छु
    उराठ वृक्ष झै मन डोलाएको  छु  मौनतामा रुदैँ
    यमराज  सामु  मृत्यु  बोलाएको छु  मौनतामा रुदैँ।।

    ✍️लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    पञ्चाङ्ग   १६

    पीर~वेदना चैँ सस्तो भयो,
    जीवन मेरो खै कस्तो भयो?
    बूढो रूख  बिना छहारीको
    हेर्दा पनि उजाड् जस्तो भयो,
    जीन्दगानी मेरो यस्तो भयो।

      ✍️अरुण कुमार भुजेल

    पञ्चाङ्ग   १७

    ऊ कसैको यादमा बसेको छ ।
    निधारमा खरानी घसेको छ ।
    जिन्दगी नबुझेर हिँडेको हो ,
    घर छोडी जङ्गल पसेको छ ।
    लाग्छ प्रेम कुण्डमा खसेको छ ।

    ✍️आर्त अकुलीन, कैलाली

    पञ्चाङ्ग    १८

    शक्तिहिन हुँदै गयाे ।
    बुढ्याईले छुदै गयाे।
    मेरा सवै पात झरे ।
    अब दिन रुदै गयाे ।
    शिशिरले धुदै गयाे ।
               १
           सवैकाे सहारा बन्न सक्थे
           हरियालिले म रम्न सक्थे ।
           शरदेले मलाइ रङ्ग्यायाे ।
           वसन्त आउला भन्न सक्थे ।
           पात भरिए त जम्न सक्थे ।
                         २
             ✍️   मधुसूदन प्रसाद घिमिरे

    पञ्चाङ्ग   १९

    मैले रुखसँग प्रेम लाएको छु।
    म कसैको मायामा हराएको छु।
    मेरी उनिको प्रतीक्षामा जहिले,
    एकान्तमा आँसु बगाएको छु।
    जिन्दगीका सपनामा रमाएको छु।

    सुशीला पौडेल , काठमाडौं
    गोरूबथान,कालेबुङ्ग,भारत।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपटको तेस्रो भाग सम्पन्न; १९ जना सर्जकको सहभागीता

    एनआरएनए एनसीसी साउदीअरब द्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न ।

  • २१ माघ २०७८, शुक्रबार २३:३८ मा प्रकाशित
  • रियाद साउदीअरब । स्वास्थ्य विमा र ईकामा नभई स्वास्थ्य उपचार नपाईएका नेपाली श्रमिकलाई लक्षित  एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। साउदीअरबको पूर्वीय प्रान्तको औद्योगिक क्षेत्र जुबैल स्थित गल्फ एसियन मेडिकल सेन्टरमा गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीले कार्यक्रमको आयोजना गरेको थियो। 
    उक्त सिविर बाट १ सय ५१ जना नेपाली श्रमिकहरूले स्वास्थ्य परिक्षण तथा औषधिउपचारको सेवा प्राप्त गरेका छन्। सेवा ग्राहीले उक्त निःशुल्क स्वास्थ्य सिविर बाट रक्तचाप, मधुमेह, यूरिक एसिड, मृगौला सम्बन्धी र कलेजो सम्बन्धीत प्रयोगशाला परिक्षण गराएका थिए ।


    कार्यक्रममा स्वास्थ्य सेवाको साथै उपस्थित श्रमिकहरूलाई स्वास्थ्य सम्बन्धी सचेत पनि गराएको थियो। गल्फ एसियन मेडिकल सेन्टरका MBBS DNB डा. सैयद अश्फकले स्वस्थ रही एलोपैथिक औषधीय उपचार बाट टाढा रहँदै स्वस्थ रहने तरिका बारे जानकारी दिएका थिए भने उक्त कार्यक्रममा नेपाली दूतावास रियादको प्रतिनिधित्व गर्दै पूर्वी क्षेत्र दम्मामका लागी जन सम्पर्क अधिकारी नारायण पासवानको उपस्थिति रहेको थियो।


    त्यसै गरी उक्त सिविरमा स्वयंसेवकको भूमिकामा एनआरएनए आईसीसी मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्याल, एनआरएनए साउदीका संस्थापक सदस्य तथा संरक्षक राजु सैयद, एनआरएनए आईसीसी सदस्य तेज बहादुर थापा, याशमिन वैगम,एनआरएनए एनसीसी साउदीका अध्यक्ष डमर यादव, उपाध्यक्ष रबिना अर्याल, सल्लाहकार रामदूलार मण्डल लगातका पदाधिकारीहरू, हेल्प मधेशका तर्फ बाट कासिन्द्र पासमान लगायतका पदाधिकारीहरू, तमुधी साउदीअरबका अध्यक्ष खेम गुरूङ्को उपस्थिति रहेको थियो ।

      Posted in ताजा अपडेट, मुख्य खबरLeave a Comment on एनआरएनए एनसीसी साउदीअरब द्वारा निःशुल्क स्वास्थ्य सिविर सम्पन्न ।

      उदक यात्री दुर्गा भट्टराईका उत्कृष्ट उदकहरू

    • २१ माघ २०७८, शुक्रबार २३:३० मा प्रकाशित
    • १.
      राजनीति
      सत्ताको खेल
      जहाँ पनि जालझेल !

      २
      नयन
      दृश्य अवलोकन
      जीवनयापनमा अनेक मन्थन !

      ३.
      प्रकृति
      सुन्दर दृश्य
      प्रकृतिको हनोहर सम्पत्ति !

      ४.
      चन्द्रमा
      पूर्णिमा व्रत
      शुभ फलको आशामा !

      ५.
      प्रेम
      मायाको संसार
      विश्वासमा बाँच्ने आधार !

      • दुर्गा भट्टराई
        मोरङ
      Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री दुर्गा भट्टराईका उत्कृष्ट उदकहरू

      उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

    • २१ माघ २०७८, शुक्रबार २३:२५ मा प्रकाशित
    • १.
      धुवाँ
      आगाे दाउरा
      मान्छे गाउँबस्तीकाे आभाष !

      २.
      राजनीति
      सत्ताकाे खेल
      हरेक ठाउँमा जालझेल !

      ३.
      लालिमा
      सूर्याेदयकाे तयारी
      संसार अन्धकार मुक्त !

      ४.
      बाँसुरी
      कृष्णलाई प्याराे
      कर्णप्रिय जादूकाे छडी !

      ५.
      काेपिला
      खुशीकाे आशा
      आकाशबाट फूलहरुकाे वर्षा !

      ६.
      नयन
      प्रकृतिकाे दर्शन
      अक्षर ग्रन्थहरुकाे मन्थन !

      ७.
      चन्द्रमा
      पूर्णिमाकाे व्रत
      कालाे दागकाे कष्ट !

      ८.
      पक्षी
      आकाश विचरण
      आफ्नै उड्ने साधन !

      ९.
      सर्प
      मान्छेकाे डर
      बाँच्न दुलाेकाे भर !

      १०.
      कागती
      अमिलाे रस
      भाेजनकाे स्वादिलाे फल !

        नवराज भट्ट
        महेन्द्रनगर, कञ्चनपुर
      Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री नवराज भट्टका उत्कृष्ट उदकहरू

      उदक यात्री सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू

    • २१ माघ २०७८, शुक्रबार २३:२१ मा प्रकाशित
    • १
      सुमन
      सुगन्धित साैन्दर्य
      स्निग्ध स्वच्छ माधुर्य !

      २
      फूल
      फुल्नु झर्नु
      जीवनकाे तिताे यथार्थ !

      ३
      जिन्दगी
      अनिश्चित अस्थाई
      सबैले भाेग्नैपर्ने नियति !

      • सुधा बाँसकाेटा ढकाल
        काठमाण्डौँ
      Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री सुधा बाँसकाेटा ढकालका उत्कृष्ट उदकहरू

      एक किलो १५५ ग्राम सुन र चार वटा आइफोनसहित तीन जना पक्राउ

    • २० माघ २०७८, बिहीबार १७:४३ मा प्रकाशित
    • काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन र मोबाइलसहित तीन जनालाई नियन्त्रणमा लिएको छ ।त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित मकवानपुर मनहरी–७ का २८ वर्षीय नवराज परियार, गौर नगरपालिका–१० रौतहटका ३२ वर्षीय सुनील कुमार साह र भोटेकोशी गाउँपालिका–३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा पक्राउ परेका हुन् ।प्रहरीले हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका परियार, साह र शेर्पालाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिएको हो । जानकारी अनुसार शेर्पाले मलद्वारभित्र लुकाएर ल्याएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।त्यस्तै, परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स र दुई वटा ५० ग्राम सुनको बेरूवा औंठी तथा साहको साथबाट ४ वटा आइफोन १३ प्रो म्याक्स तथा एक–एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एउटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरिएको प्रहरीले जनाएको छ ।बरामद सामानसहित परियार, साह र शेर्पा तीनै जनालाई आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीका अनुसार बरामद गरिएको उक्त सुन र आइफोनको मूल्य ९९ लाख २९ हजार ६९८ रहेको छ ।

      Posted in ताजा अपडेट, समाजLeave a Comment on एक किलो १५५ ग्राम सुन र चार वटा आइफोनसहित तीन जना पक्राउ

      उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू :

    • १९ माघ २०७८, बुधबार २०:५२ मा प्रकाशित
    • १.
      प्रकृति
      आफ्नै कर्म
      निरन्तर नछाड्ने धर्म !

      २.
      खहरे
      पानीको भेल
      फुर्तीमा सकिने खेल !

      ३.
      बिहानी
      उदाउँदो रवि
      फिँजाइ सुनौलो छवि !

      ४.
      दिन
      अँध्यारोकाे लाेप
      चौतर्फी उज्यालोकाे साम्राज्य !

      ५.
      काँडो
      जन्मदै तीखो
      कसैले नलगाउने साँध !

      • भवानी घिमिरे
        सर्लाही
      Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री भवानी घिमिरेका उत्कृष्ट उदकहरू :

      उदक : एक परिचय

    • १९ माघ २०७८, बुधबार २०:३४ मा प्रकाशित
    • ✍️ आर्त अकुलीन

      नेपाली साहित्यमा कविताको एक लघुत्तम उप-विधाको रुपमा ‘उदक’ देखा परेको छ । ‘उदक’ संस्कृत भाषाको नाम शब्द हो । ‘उदक’ नेपाली भाषामा तत्सम शब्दको रुपमा प्रयोगमा आएको छ । ‘उदक’ को शाब्दिक अर्थ जल अर्थात् पानी हुने गर्दछ । उदक लेख्ने लेखक/स्रष्टालाई उदककार वा उदक यात्री भन्ने गरिन्छ ।

      पहिलो, दोस्रो र तेस्रो पङ्क्तिमा क्रमशः एक वटा, दुई वटा र तीन वटा शब्दको प्रयोग गरी विषयवस्तुको उठान, व्याख्या र निष्कर्षमा पुर्याइने कविताको उप-विधाअन्तर्गत काव्यको एक लघुतम रूप नै ‘उदक’ हो ।

      नेपाली माटोमा जन्मेर उदाएको ‘उदक’ अनौपचारिक रुपमा लेखन कार्यको थालनी बि.सं. २०७७/०६/२३ देखि भएता पनि संरचनात्मक रुप धारण गरेपछि सामाजिक सञ्जाल मार्फत् औपचारिक रुपमा यस विधाको सुरुआत बि.सं. २०७७/०६/२७ गतेको दिन भएको हो ।

      आर्त अकुलीन, उदक प्रवर्तक

      नेपाली हावापानी तथा उर्वर भूमिमा जन्मेका नेपाली साहित्यमा कविताको एक सशक्त उप-विधा ‘उदक’को सुरुवातकर्ता आर्त अकुलीन हुनुहुन्छ । उहाँद्वारा लिखित प्रथम उदक निम्न बमोजिम उल्लेख गरिएको छ :
      / उदक /
      तलाउ
      विचलित माछा
      माझी दाइको जाल !

      विषयवस्तु वा भाव, भाषा, शैली, लय, बिम्ब, प्रतीक आदि ‘उदक’का संरचक घटकहरु हुन् भने ‘उदक’का विशेषताहरु अन्तर्गत विशिष्टता, सङ्क्षिप्तता, पूर्णता, व्यापकता, हार्दिकता आदि पर्दछन् ।

      कविताको उप-विधाको रुपमा रहेको ‘उदक’को बाह्य संरचनात्मक ढाँचाअन्तर्गत तीनवटा पङ्क्ति हुने गर्दछन् । जसअन्तर्गत पहिलो पङ्क्तिमा एक शब्द, दोस्रो पङ्क्तिमा दुई शब्द र तेस्रो पङ्क्तिमा तीन शब्द रहने गर्दछन् । पहिलो पङ्क्तिले परिचय अर्थात् विषयवस्तुको उठान गर्दछ । दोस्रो पङ्क्तिले विषयवस्तुको व्याख्या गर्दछ भने तेस्रो पङ्क्तिले विषयवस्तुको बैठान अर्थात् निष्कर्षमा पुर्याउने कार्य गर्दछ । ‘उदक’मा अक्षर गणना हुँदैन ।
      उदाहरण :
      / उदक /
      दौँतरी ——————- एक शब्द — विषय उठान
      उकाली ओराली ——- दुई शब्द — विषयको व्याख्या
      वर पीपल चौतारी ! — तीन शब्द — विषयको निष्कर्ष

      त्यसै गरी ‘उदक’को आन्तरिक संरचनामा विषयवस्तु वा
      भाव र भाषाशैलीय विन्यास मुख्य रुपमा आएका हुन्छन् । सुन्दर तरिकाले विषयवस्तुको उठान गर्दै उत्कृष्ट तरिकाले भाव उत्कर्षमा पुर्याउन सकेको खण्डमा उदक एक नमुना योग्य बन्न सक्दछ । जीवन र जगतका भोगाइका अनुभूतिहरु ‘उदक’मा आउने गर्दछन् ।
      उदाहरण :
      / उदक /
      जवानी ——————– एक शब्द — विषय उठान
      शीतको थोपा ———— दुई शब्द — विषयको व्याख्या
      चिता जलेर खरानी ! — तीन शब्द — विषयको निष्कर्ष

      एउटै वाक्यलाई खण्ड – खण्ड गरेर वा व्याकरण विपरित अलग – अलग शब्दलाई जोडेर उदक रचना गर्नु हुँदैन । उदक सिर्जनाका क्रममा एउटै वाक्यलाई भाँचेर अर्थात् टुक्रा पारेर र पृथक शब्दलाई संयोजन गरेर लेख्दा यसको मर्म विपरित हुन जान्छ ।

      यस तथ्यलाई उदक स्रष्टाहरुले चिन्तन र मनन गर्नु अति असवश्यक छ । ‘उदक’ रचना गर्दा अन्तिममा आवश्यकता अनुसार लेख्य चिन्हको प्रयोग उचित मानिन्छ ।

      काव्यात्मक सौन्दर्य खातिर विषयवस्तुलाई पूर्णता दिन बिम्ब, प्रतिक, अलङ्कार आदिको समुचित प्रयोग अति आवश्यक मानिन्छ । त्यसैले उदकमा पनि यस तथ्यलाई हार्दिक मनन गर्दै स्रष्टाले उदक सिर्जना गरेको खण्डमा उदक उत्कृष्ट हुन सक्दछन् ।

      ‘उदक’ले साहित्यमा अभिधार्थभन्दा पनि व्यञ्जनार्थ र लक्षणार्थ शब्दशक्तिमा जोड दिन सकेको अवस्थामा सुनमा सुगन्ध हुने गर्दछ । नेपाली साहित्यमा कविताको उपविधाअन्तर्गत ‘उदक’ सुरु भएको केही समयमै सयौं स्रष्टाहरुले ‘उदक’ लेखन कार्य थाल्नुभएको छ ।

      ‘उदक’लाई काव्यिक विधाअन्तर्गत लघुतम रूपको मान्यता दिँदै नेपाल प्रज्ञा प्रतिष्ठानले २४ नम्बरमा दर्ता गरेको छ ।

      ‘उदक’को संरक्षण तथा सम्वर्धनमा खातिर यसबारे छलफल गर्न ‘उदक संवाद समूह’ नामक मेसेन्जर ग्रुप र ‘उदक साहित्य यात्रा’ नामक फेसबुक पेजमा जोडिन हार्दिक अनुरोध छ ।

      ‘उदक’ को विकास, संरक्षण तथा सम्वर्धनमा अग्रजहरुको सल्लाह र सुझाव सहित स्रष्टाहरुको सामूहिक एकता हुनु आवश्यक देखिन्छ ।

      ( लेखक कविताको उपविधा ‘उदक’ प्रवर्तक हुनुहुन्छ )

      Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक : एक परिचय

      पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खलाको सोह्रौँ भाग सम्पन्न; २० जना सर्जकको सहभागीता

    • १९ माघ २०७८, बुधबार ०८:०३ मा प्रकाशित
    • पञ्चाङ्ग साहित्य  समाज पाठशालाको अभ्यास शृङ्खला :- सोह्रौ    ( १६ )
      ——————————————–
      “पाँच तत्त्व पाँचै विकार , पञ्चाङ्ग नै ठिक आधार “
                         विधा :- पञ्चाङ्ग
      अभ्यास गर्ने थलो :- पञ्चाङ्ग पाठशाला
                 मिति:- २०७८/ १० / १८
      ………………………………………….
      प्रशिक्षक:-
      सोमनाथ लुइटेल रवि पाल्पाली
      सविता के.सी.
                    
      भाषा शुद्धीकरण सुझाव :-
      सुशीला पौडेल
      सविता  के.सी.
      चन्द्रावती अधिकारी

      सङ्कलक :-
      सोमनाथ लुइटेल
      सविता  के.सी.

      सहजकर्ता :-
      (महासचिव)
      रामराजा के. सी.

      ======================
      आजको अभ्यासमा दिएको अनुप्रास र स्थायी राखेर १४ अक्षरमा  समपञ्चाङ्ग लेख्नु हुन अनुरोध गर्दछौँ।

      अनुप्रास र स्थायी
      ————–
      तारेको देखियो, पारेको देखियो, चारेको देखियो, हारेको देखियो  नारेको देखियो सारेको देखियो  खारेको देखियो,  टारेको देखियो
      ———————————-

      पञ्चाङ्ग  ०१

      दु:खका काम  दु:खैले सारेको देखियो
      जित्दा जित्दै कहिले त हारेको देखियो
      कसैले बुझ्दैनन् पीडा जोगिन्छन् सदैव
      निर्धोलाई  अमिरले     नारेको देखियो 
      कामै  गर्दैन  भनेर  खारेको     देखियो ।

      ✍️सोमनाथ  लुइटेल ” रवि पाल्पाली “

      पञ्चाङ्ग  ०२

      कुकर्मले अप्ठ्यारोमा पारेको देखियो  ।
      यता उता भौतारिंदै चारेको देखियो ।
      आफूलाई आफैँ हराउँदै के खोज्दैछ ?
      कर्तव्य भुल्दै मान्छेले टारेको देखियो ।
      हिजोआज आफैँसँग हारेको देखियो ।

      ✍️केशब न्यौपाने, नुवाकोट

      पञ्चाङ्ग   ०३

      सपनामा गाेरु कतै नारेकाे देखियाे
      जाेत्न भन्दा त्याे कान्छाले टारेकाे देखियाे
      भाेक लाग्याे केही खान देऊ भन्छ कान्छाे
      यसैले त भित्री मन हारेकाे देखियाे
      खानदिएपछि हलाे सारेकाे देखियाे

      ✍️ताेयानाथ सुवेदी,  काठमाडौं

      पञ्चाङ्ग   ०४

      निर्माेहिले जालमा त पारेकाे देखियाे
      बिरुवा झैँ मुटु अन्तै सारेकाे देखियाे
      पर्छ जसलाई पीडा उही घाति हुन्छ
      दिन्छु साथ भन्दै उता चारेकाे देखियाे
      बचाउनु पर्नेले नै मारेकाे देखियाे ।

      ✍️रामराजा के. सी. फर्पिङ , काठमाडौं
      २०७८/१०/१८

      पञ्चाङ्ग   ०५

      दु:खमा सबैले काम सारेको देखियो,
      आफ्नु कर्मदेखि आफै हारेको देखियो।
      बुझ्नुछ पिडाले जीवन बर्वाद पार्छ ,
      सेठले गरिबलाई टारेको देखियो,
      गल्ति नभै सोझालाई खारेको देखियो।

      ✍️दुर्गा आचार्य , मोरङ

      पञ्चाङ्ग   ०६

      जनताका चाहना नै टारेकाे देखियाे
      राम्रा काम गर्न पनि हारेकाे देखियाे
      mcc जनताकेा चाहना बिरुद्ध छ
      नागरिकलाई पासाे पारेकाे देखियाे
      नेताले बिदेश तिरै नारेकाे देखियाे।

      ✍️मधुसूदन प्रसाद घिमिरे ,काठमाडौं

      पञ्चाङ्ग   ७

      सुखी   धनीले   गरीब  नारेको  देखियो
      श्रम शोसी ज्याला बिना टारेको देखियो
      स्वार्थी दुनियाँमा यी आँखाले लौन आज
      चर्को डाको गरी डाट्दै खारेको  देखियो
      घर  न  घाटको   पनि   पारेको  देखियो

      ✍️रुपा गौतम , बारा

      पञ्चाङ्ग  ८

      भोलिभोलि भन्दै मिति सारेको देखियो
      जो जो निर्धो छ सबैले टारेको देखियो
      सानालाई मात्रै कानुन लाग्ने देशमा
      निमुखा नै भड्खालोमा पारेको देखियो
      गरिबलाई जिउँदै मारेको देखियो

      ✍️पुष्पा नेपाल(सुवेदी ) , इलाम

      पञ्चाङ्ग   ०९

      काम चोरले काम टारेको देखियो
      बिहानैदेखि गाँउ चारेको देखियो
      जथाभावी बोल्दै हिँडेर मान्छे यहाँ
      जित्ने मान्छेले पनि हारेको देखियो
      चुनावको बेला बुथ सारेको देखियो।

      ✍️सरस्वती श्रेष्ठ इटहरी।

      पञ्चाङ्ग   १०

      नेताले काम नगरी टारेकाे देखियो
      राम्रा मान्छेले त सधैं हारेको देखियो
      बिदेशी संस्कृति जनता विरुद्ध नै छ
      सोझा सिधालाई पासो पारेको देखियो
      हप्काई दप्काई गरि खारेको देखियो ।

      ✍️दुर्गा भट्टराई , मोरङ

      पञ्चाङ्ग   ११

      साँइलो भाइले गोरू नारेको देखियो,
      खेतबारी रोप्न योग्य पारेको देखियो।
      श्रमजीविको सन्तान श्रम गरि बस्छ
      हेर् बोट विरूवाहरू सारेको देखियो,
      काम चोर जति सबै हारेको देखियो।

         ✍️अरुण कुमार भुजेल
      गोरूबथान,कालेबुङ्ग,भारत।

      पञ्चाङ्ग   १२

      माया दिई मन उता सारेको देखियो
      डाली छानि छानि अन्तै चारेको देखियो
      नजिक हुन पो रैछ बनावटी नाता 
      आखिरमा अलपत्र पारेको देखियो
      भाग्यले होला सायद हारेको देखियो ।

      ✍️चेतना पोखरेल , मोरङ

      पञ्चाङ्ग   १३

      जीवनको खेलखेल्दा हारेको देखियो
      सजाएका सपनिती सारेको देखियो
      अन्तैकतै मनभड्किएको देखेपछि
      अन्तमा लाखैँ सपनी झारेको देखियो
      गन्तब्यमा एक्लैएक्लै पारेको देखियो।

      ✍️सरिता काफ्ले , कोहलपुर बाँके

      पञ्चाङ्ग   १४

      जिन्दगीको ठूलो बाजी हारेको देखियो ।
      त्यसैले त अन्तै डेरा सारेको देखियो ।
      उकाली र ओरालीमा जीवन चल्दैछ ,
      आफन्तको जालझेल पारेको देखियो ।
      एकान्तमा गोही आँसु झारेको देखियो ।

      ✍️आर्त अकुलीन, कैलाली

      पञ्चाङ्ग   १५

      निमुखालाई गाेरु झैँ नारेकाे देखियाे,
      आश्वाशनकाे भाका नै सारेकाे देखियाे।
      विश्वास गर्नु कहाँ  खै झुटाे  छ दुनिया ?
      चिप्लाे सार्दै भँड्खालाेमा पारेकाे देखियाे।
      दिएका  कयाैँ  वाचामा हारेकाे देखियाे  ।

      ✍️चन्द्रावती अधिकारी , बाँके कोहलपुर

      पञ्चाङ्ग   १६

      तड्पाएर भुङ्ग्रामाथि खारेको देखियो
      हुन्छ, हुन्न दोधारमा पारेको देखियो
      खेल्छन् खेल जीवनमाथि मानिस पनि
      कुर्दा कुर्दा हरपल, हारेको देखियो
      तर्किएर, पन्छिएर टारेको देखियो ।

      ✍️सविता के.सी. , काठमाडौं

      पञ्चाङ्ग   १७

      बाठोले जालमा लाटो पारेको देखियो
      धक्का र चोटले निर्धो खारेको देखियो
      सागर छिचोल्छु भन्दै बग्दैछ जीवन
      सत्कर्ममा पनि सधैं हारेको देखियो
      अभावमै जिन्दगानी टारेको देखियो

      ✍️पद्मा रिजाल , बाँके नेपालगन्ज

      पञ्चाङ्ग   १८

      ————–
      पाञ्चायन  १
      ————-
      ——————————————                 
      रात भरी जुवा तास नारेको देखियो
      नेताले नै ठूलो पोको पारेको देखियो
      राज्य तर्फ वास्ता छैन सिध्याउने भए
      सिमाना पो अलि वर सारेको देखियो
      हामीलाई  ढाँटी छली टारेको देखियो ।
      –                  ।।१।।
      नेता द्वारा जनता नै मारेको देखियो
      महंगीको मारमा  थेचारेको देखियो
      ज्यानमारा हरूलाई के माया देशको
      बिदेशको तुलनामा  हारेको देखियो
      देशको ढुकुटी त निखारेको देखियो
      –                  ।।२।।
      सपनामा माछा मासु तारेको देखियो
      बोसो जति कराहीमा खारेको देखियो
      यस्तो सपना त नराम्रो  भन्ने  सुनेको
      नेताहरु गाउँ मा    चहारेको देखियो
      ठूलाहरूले साना   पछारेको देखियो
      –                    ।।३।।
      भेटे जति चाप्प चिप्प दारेको देखियो
      पाए पछि बोक्रै पो  लतारेको देखियो
      यस्तो पाराले  हुन्छ  होला र  विकास
      हाम्रो देशलाई तल   झारेको देखियो
      जनतालाई  त   नबिचारेको  देखियो
      –                      ।।४।।
      शुरूमा  चुच्चे नक्सा उतारेको देखियो
      पछि     त   उनैलाई  गुहारेको देखियो
      छिमेकी सम्बन्ध  रोजी रोटी पनि हो रे
      खोई के खोई के हौ  बिगारेको देखियो
      लेखियो त खोई के तछारेको देखियो ?
      –                     ।।५।।
      ———————————————-
      ✍️गुणनिधि घिमिरे पाँचथर मोरङ हाल अमेरिका

      पञ्चाङ्ग  १९

      आफ्नै  दिमाग  दोधारे पारेको  देखियो
      आज ~भोलि गर्दागर्दै , सारेको देखियो
      मन  , वचन   र   कर्म    अचम्म    रहेछ
      आश   देखाएर   सधैं   टारेको   देखियो
      आफ्नै लागि त्यो लोभी चहारेको देखियो।

      ✍️प्रेम थापा , बागलुङ

      पञ्चाङ्ग   २०

      यहाँ काम गर्दा गर्दै हारेको देखियो।
      धनी व्यक्तिले गरीब मारेको देखियो।
      किन धनी गरीब बीच यति भिन्नता,
      मानिसलाई पीरमा पारेको देखियो।
      ब्यबहार गर्दा तल झारेकाे देखियो।

      ✍️सुशीला पौडेल , काठमाडौं

      Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग साहित्य समाज पाठशालाको अभ्यास शृङ्खलाको सोह्रौँ भाग सम्पन्न; २० जना सर्जकको सहभागीता

      सहिद दिवसको अवसरमा विशेष टुक्का लेखन शृङ्खला सम्पन्न; १०१ जना टुक्का सर्जकको सहभागीता

    • १८ माघ २०७८, मंगलवार २३:२७ मा प्रकाशित
    • काठमाडाैँ, टुक्का साहित्य समाजकाे आयाेजनामा सहिद दिवसकाे अवसर पारेर २०७८ माघ १६ गते टुक्का मार्फत सहिदहरू प्रति श्रद्धा सुमन अर्पण गर्दै “विशेष टुक्का लेखन अभ्यास श्रृङ्खला-३०” सम्पन्न भएकाे छ । 

      नेपालकाे संस्कृति र अस्तित्वकाे संरक्षण तथा स्वतन्त्रता प्राप्तिकाे निम्ति बलिदान भएका अमर वीर सहिदहरूकाे सम्झनामा हरेक वर्ष माघ १६ गते सहिद दिवस मनाइन्छ।

      अध्यक्ष ताराप्रसाद चापागाईंले प्रशिक्षण गर्नु भएकाे उक्त कार्यक्रममा नेपाल, भारत लगायत विश्वका विभिन्न देशहरूबाट १०१ टुक्काकारहरूकाे सहभागिता रहेकाे थियाे । उक्त कार्यक्रमका सहभागी टुक्काकारहरूले सहिदहरूकाे सम्झना तथा सम्मान स्वरुप चाेटिला टुक्काहरू सिर्जना गरेका थिए । 

      कार्यक्रमकाे समापन गर्दै अध्यक्ष चापागाईंले नेपालकाे संस्कृति र अस्तित्वकाे संरक्षण तथा स्वतन्त्रता प्राप्तिकाे निम्ति बलिदान भएका अमर वीर सहिदहरूकाे सपना पूरा गर्न हामी सबैले आ-आफ्नाे तर्फबाट यथासम्भव पहल गर्नु पर्छ भन्दै चाेटिला टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सम्पूर्ण टुक्काकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।  

      अभ्यासका क्रममा सङ्कलन गरिएका सहिद सम्बन्धी चाेटिला टुक्काहरू

      [१]
      तारा बनी हकार्दैछन् सहिदले सधैँ भरी
      रगतकाे हाेलि खेल्ने दाेषी भन्छन् घरीघरी ।
      ✍️ तारा प्रसाद चापागाईं
      धुनिबेसी ।

      [२]
      देशको निमित्त मरेर शहीद हुनेलाई
      अर्पण गर्छु श्रद्धान्जली सालिक छेउ आई ।
      ✍️ रचना शर्मा प्रतीक्षा
      ललितपुर ।

      [३]
      धर्मभक्त दशरथ चन्द शुक्रराज गंगालाल चार अमर तारा,
      देशको माटो रगतले भिजाई शहीदहरू विश्व प्रख्यात छन् सारा ।
      ✍️ बेदु न्यौपाने
        काठमाडौ

      [४]
      भाेक निन्द्रा नभनी ती वीर दिनरात जागे,
      आफ्नो देश र लोकहितको निम्ति प्राणै त्यागे।
      ✍️ हिउँकला हाँसी खतिवडा
      कमलबजार ७.अछाम ।

      [५]
      शहीदकाे सपना कहिले हाेला पुरा
      नेताहरू अनेकौँ गर्छन भ्रष्ट कुरा ।
      ✍️ भावना मञ्जु
      माेरङ ।

      [६]
      सहिदको रगतले भिजेकाे छ याे देशकाे माटाे,
      हिडनु छ नेपाली जगतले अझै उनैको बाटाे।
      ✍️ नानीबाबा अधिकारी
      काठमांडाै ।

      [७]
      शहीदको सपनाहरू सबै पुरा गर्नलाई,
      होष्टेमा हैंसे गर्दै आउनेछु म कसम खाई।
      ✍️ पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
      पनौती न.पा.-३,काभ्रे ।

      [८]
      नमन गरौं शहिद प्रति गुन्जियोस् हाम्रो पुकार जहाँ
      अन्त्य रहोस् नेपालमा विकृति विसङ्गति बेकार त्यहाँ।
      ✍️ कबिताहरी
      सुन्दर हरैंचा नगरपालिका १ मोरङ ।

      [९]
      देशको निम्ति मरेर गए, लगाएर सहिद को ताज,
      त्यही सहिदको अपमान गर्छ, संघीय संसद आज।
      ✍️ प्रदीप के रिमाल
      इटहरी -८ सुनसरी, प्रदेश नं- १

      [१०]
      सहिदको सम्मान गर्न नि जान्नुपर्छ हेर
      अनि मात्र रगतको शान जाने छैन खेर।
      ✍️ ललिता अभागी
      सिन्धुली सुनकोशी-५

      [११]
      दशरथ धर्मभक्त शुक्रराज गंगालाल चार भने,
      देशका लागि बलिदान भएर अमर शहीद बने ।
      ✍️ भगवती दवाडी
      झापा ।

      [१२]
      निरंकुश शासन फाल्नलाई जनता जगाए,
      सहिदहरुले देशको लागि रगत बगाए ।
      ✍️ डम्बर थामी ‘अनुपम’
      कालिन्चोक गा.पा. -६, दोलखा ।

      [१३]
      आफैँले विध्वंस मच्चायौ पहिले पुग्यौ सत्तामा
      शहीद घोषणा गरि फूल चढाउँछौ बित्थामा।
      ✍️ प्रमोद भट्टराई ‘प्रतीक’
        कौशलटार, भक्तपुर

      [१४]
      देशको लागि हाँसीहाँसी ज्यानको आहुति दियौ,
      काल जयी भई तिमी सदैव हामीमाझ जियौ ।
      ✍️ गंगा खड्का
      बूढानीलकण्ठ, काठमाडौँ ।

      [१५]
      सहिद तिम्रो सम्झनामा बाँच्दैछु
      ह्रदयभरि  तिम्रो माया साँच्दैछु ।
      ✍️ तेजप्रसाद खनाल
      लमही दाङ।

      [१६]
      वर्षमा एक दिन श्रद्धाञ्जली दिएर मनाउँछौ दिवस,
      कसैले बुझेन ज्यानको आहुती दिन किन भए विवश ।
      ✍️ शर्मिला श्रेष्ठ
      भैंसेपाटी, ललितपुर

      [१७]
      कोही सानो सहिद हुनुभयो, कोही ठुलो
      देशकै निम्ति बगाउनु भो रगतको कुलो ।
      ✍️ रत्ना पुन मगर
      रुकुम पश्चिम् ।

      [१८]
      सपुतहरू ढल्दा खेरि जनता रोएका सारा,
      वीर सहिदहरू हुन् आकाशका चम्किला तारा ।
      ✍️ रचना मोक्तान “यात्री”
        नमोबुद्ध नगरपालिका-५, काभ्रे ।

      [१९]
      देशका लागि ज्यान दियौ निरङ्कुशता अन्त्य गर्न,
      वीर शहीद तयार भयौ तिमी हाँसी हाँसी मर्न।
      ✍️  नवशिला
      बेलबारी-२,लालभित्ती,मोरङ।

      [२०]
      महान शहीद नमन गरेँ श्रद्धालु मनले
      नेताले बिर्सिए त्याे तिम्रो त्याग भुल्दैनन् जनले।
      ✍️ इन्दिरा देवकोटा
      कपिलवस्तु ।

      [२१]
      माला सालिक मा अर्पेर सम्झना गर्यौ किन
      भुलेर आदर्श निष्ठा तिमी चल्छौ दिन दिन ।
      ✍️ सुर्य मणि रेग्मी
      चितवन ।

      [२२]
      राष्ट्रका लागि जीवन नै पूर्ण उत्सर्ग गरेर ,
      रहेका सहिद अमर सधैँ गए नि मरेर ।
      ✍️ रामजी लामिछाने
      पाेखरा ।

      [२३]
      जस्ले आफ्नो प्राण दिई जोगाए देशलाई,
      उनैलाई स्मरण गरौँ सधै दाजुभाइ।
      ✍️ सुरेशकुमार पान्डे
      घाेराही दाङ ।

      [२४]
      वीर सहिदको सपना खोक्रो भाषण र माल्यार्पणले पुरा हुन्न
      देशको सिमा मिच्नेलाई कारबाही गरौँ चेतावनीले मात्रै छुन्न।
      ✍️ इश्वरी अधिकारी
      लमजुङ्ग ।

      [२५]
      सद्बुद्धि त कहिल्यै आउन सकेन मालिकहरूमा
      जान्छन् चढाउछन् एक अञ्जुली फूल सालिकहरूमा।
      ✍️ दुर्गा बुलबुल श्रेष्ठ
      धादिङ ।

      [२६]
      सहिद हुन् क्रान्ति र देशका सच्चा दर्पण
      उनै प्रति मनबाटै श्रद्धाञ्जली अर्पण ।
      ✍️ राजेशराज गड्तौला
      रतुवामाई- १०, मोरङ
      हाल- प्रवास

      [२७]
      सहिद तिमी मरेर पनि अमर भएछौ,
      नेपाली मन मुटुको प्राण भएर रहेछौ।
      ✍️ घनश्याम पौडेल
      सृजना चोक, पोखरा ।

      [२८]
      शहीदका सपनाहरु मुल्याङ्कन गरौँ
      प्रविधि र विकासका सँगै नै बिउ छरौँ।
      ✍️ रतन पाण्डे’पारतन’
      दार्जीलिङ।

      [२९]
      शान्ति ल्याउन ज्यान दिने मेरो देशका तारा
      हातेमालो गरौँ अब एक भै दुनियाँ सारा ।
      ✍️ माधवी भट्ट
      सुर्नया ३( बैतडी )

      [३०]
      उदीयमान भै झुल्किरहुन् आकाशको झैँ तारा
      सम्झना गर्नुपर्छ सँधै हामीले विश्वमा सारा ।
      ✍️ अनुग्रह राना मगर ‘पुष्प’
      संखुवासभा हाल मलेसिया

      [३१]
      देशको लागि ज्यान दिन सहिद बनेछ्न्,
      सहिद मार्ने देशद्रोही चै अमर रहेछ्न्।
      ✍️ धर्मराज पाेखरेल
      बेलबारी-२,लालभित्ती मोरङ

      [३२]
      सहिदको बलिदानले सुरक्षित भएकाे हाम्रो जगतको
      त्याग तपस्यालाई बुझेर सम्मान गरौ बगेको रगतको ।
      ✍️ राम कुमारी खडका
      तुल्सिपुर उ न पा-१९ दाङ्ग ।

      [३३]
      अमर रहून सच्चा सपुत शब्द गुच्छा समर्पण,
      पावन अवसरमा गर्दछु श्रद्धासुमन अर्पण ।
      ✍️ वसन्त अनुभव
      घोराही उपमहानगरपालिका १४, दाङ

      [३४]
      देशको माटाे रक्षा गर्न मुछिएका
      चन्द्र सूर्य झण्डा लिएर उभिएका ।
      ✍️ तारा घिमिरे
      संखुवासभा

      [३५]
      देशका लागि मर्नेहरुमा हार्दिक श्रद्धाञ्जली
      भित्री मनै देखि सधैं चढाइ रहुन् पुष्पाञ्जलि।
      ✍️ सरस्वती श्रेष्ठ
      इटहरी ।

      [३६]
      विस्वासघातीले चक्रव्यूहको घेरामा पारेर
      डरले सहिद बनाए क्रुरता पूर्ण मारेर ।
      ✍️ अम्बिका अधिकारी
      बिर्तामाेड, झापा ।

      [३७]
      देशको अव्यवस्था देखेर रुँदो हो शहीदको आत्मा
      जनताका लागि उनिहरू बनेका थिए परमात्मा।
      ✍️ दीपक ठटाल जलन
      खरसाङ।

      [३८]
      अन्यायको विरुद्ध लड्यौ,निरङ्कुशताको त्यो जन्जिर तोड्यौ,
      हे वीर शहिद दिएर ज्यान,स्वतन्त्रताको नै छाप छोड्यौ ।
      ✍️ बिबस पारदर्शी
      भद्रपुर  न० पा०-२, झापा  नेपाल ।

      [३९]
      शहीदको सधैँ हामी गर्छौँ जयजयकार
      तिमी झैँ देशभक्त भएनौँ हामी छौँ लाचार ।
      ✍️ गोपालकृष्ण डंगोल
      इटहरी, सुनसरी ।

      [४०]
      बली दिन तयार भए देश बचाउने हितले
      जगतमा अमर हुनु ज्ञात अज्ञात सहिदले।
      ✍️ माहादेब भट्ट
      दशरथचन्द नगरपालिका ०१ बैतडी गुरुखोला कलौन

      [४१}
      मुलुकको निम्ति नै हाँसीहाँसी बलिदान दिए
      सत्ता पिपासुहरूले सहिदको रगत पिए ।
      ✍️ बी.कुलुङ
      भारत दार्जिलिङ

      [४२]
      चेतना फैलाउन खोज्दाखोज्दै शहीदका भएका तारा,
      अझै पुराहुन सकेको छैन कि कसो! हाम्रो अभिभारा।
      ✍️ होम प्रसाद न्यौपाने
      धरान, सुनसरी ।

      [४३]
      सम्झिरहनेछौँ ती योद्धा सधैं, आज होस् या भोलि
      जसले हाँसि हाँसी निलेथे, छातीमा तातो गोली ।
      ✍️ मुकुन्द कृष्ण थापा
      खोटाङ ।

      [४४]
      देशको लागि ज्यानै दियौ प्रवाह नगरी
      सालिकमा चढाउछौँ माल्यार्पण पगरी ।
      ✍️ जमुना आचार्य
      सिन्धुपाल्चोक ।

      [४५]
      नमानी कुनै डर छाति थापि गोलि खाए
      पुर्खाहरुले देशकै लागि रगत बगाए ।
      ✍️ अम्बिका कोईराला
      धुनिवेशी नगरपालिका ६, धादिङ।

      [४६]
      बनेर कति बस्छौं रमिते सालिक
      आऊ बचाउ मेरो देशको मालिक ।
      ✍️ रिजाल विनोद
      मोरङ ।

      [४७]
      गर्ने बेलामा शहीदहरुले देशको लागि ज्यानै बलिदान गरे
      फाईदा लिने आश्वासनको पोका देखाउने छदम्भेषि नेता अरे ।
      ✍️ पवन कुमार बुढाथेाकी
      काठमाडौं ।

      [४८]
      देशकाे लागि बलिदान दियाै वीर सहिद बनेर
      सलाम गर्दै छन् जनताहरूले पनि तारा भनेर ।
      ✍️ केसर बाेहरा (सङ्घर्ष )
      सुदुरपश्चिम अछाम ।

      [४९]
      शहीदहरूले दिनु भएको जीवन बलिदान
      हामी सकेसम्म गरिरहने छौँ सदैव सम्मान ।
      ✍️ गुणनिधि घिमिरे
      पाँचथर मोरङ हाल अमेरिका

      [५०]
      सहिदले देखाएको बाटाे नि हिंड्न छाेडे,
      आफूखुसी दाैडिएर गलत दिशा माेडे ।
      ✍️ रामकृष्ण दुवाडी
      पाेखरा ।

      [५१]
      देशको बन्धन तोड्न भनी हिँडे रणभूमि
      देश होइन नेतामात्र बने भन्छिन् मातृभूमि।
      ✍️ लाेकमणी गाैतम

      [५२]
      शहीदका सुन्दर सपना पुरा होला कहिले?
      राजनैतिक खिचातानी मात्र देखिन्छ जहिले।
      ✍️ शम्भु लाल श्रेष्ठ
      नागार्जुन -१ रानीवन, पानीट्यांकी, काठमाडौं।

      [५३]
      शहीदको गुणगान गर्दै, माला चढाउछौँ सालिकमा,
      बिर्सने छैनन्, वीर सपुतको रगत जन मानिसमा ।
      ✍️ बुद्धिमान चौधरी
      कनकाई नगरपालिका ४ झापा ।

      [५४]
      शहीदको रगतले पोतिएको माटो
      हामीलाई गरिखाने भयो राम्रो बाटो।
      ✍️ मन्दिरा सेढाई
      मलेखु,धादिङ ।छ

      [५५]
      सहिद तिम्रो त्याग र बलिदानकाे मुल्य चुक्नेछ,
      कस्ता महान शिर पनि शालिगकाे अगि झुक्नेछ ।
      ✍️ रिना योल्मो
      दार्जीलिङ ।

      [५६]
      श्रद्धान्जली हाम्रा वीर सपुतहरूलाई
      ज्यानै अर्पिए देशकाे लागि हार नखाई ।
      ✍️ निर्मला शाही ठुकुरी
      दैलेख ।

      [५७]
      सलाम, हामी सबैका लागि हाँसेर मर्नेहरु,
      देशलाई माया गर्नुपर्ने सन्देश छर्नेहरु।
      ✍️ राजेश भट्टराई
      सैनामैना ११,रुपन्देही, हाल सुर्खेत ।

      [५८]
      सहिदका रगतले बगेको थियो खाेली,
      फेरि के के हुने हाेला अब आउँदो भाेली।
      ✍️ सहयात्री शाेभा अर्याल
      रुपन्देही  बुटवल ।

      [५९]
      शहीद तिम्रो उत्सर्गको कथाले मन छुन्छ,
      तिम्रो सपना पूरा नहुँदा मेरो मन रुन्छ।
      ✍️ अरुण कुमार भुजेल
      गोरूबथान,कालेबुङ्ग,भारत।

      [६०]
      देसको निम्ति आफ्नो ज्यानको दियौ बलिदान
      तिमी भन्दा सच्चा देशभक्त को होला र महान?
      ✍️अम्बर ब.बि.क.
      उदयपुर ।

      [६१]
      सहिदकाे रगतले सिँचेकाे यो धर्ती माटाे
      भुल्नु हुन्न कदापि यहाँ औंल्याएको त्यो बाटो ।
      ✍️ त्रिलोचन भण्डारी
      मेचीनगर, झापा ।

      [६२]
      तिम्रा सपनाहरु साकार हुन्छन् भन्ने आशमा,
      स्मृति सम्झदा त चुहिने गर्दछन् आँसु गासमा।
      ✍️ दुर्गा आचार्य
      मोरङ ।

      [६३]
      हे ! विर बिरङ्गना तिमी मर्यौ र त प्रजातन्त्र आयो
      सलाम छ तिमीलाई तिम्रो त्यागले सुशासन छायो ।
      ✍️ बिके माकजु
      भक्तपुर ।

      [६४]
      जनता र देशका खातिर सधैँ लड्छु भन्याै
      सपना त्याे अधुरै थियोे सहिद तिमी बन्याै।
      ✍️ प्रेम कला चापागाईं
      मेचीनगर-१२, झापा ।

      [६५]
      खासमा नेता तिमी थियौ सहिद देेशका,
      सत्तामा चुरीफुरी गर्ने नक्कली भेषका ।
      ✍️ प्रद्युमन चालिसे
      भक्तपुर, कटुञ्जे ।

      [६६]
      कहिले मेटिने छैनन् ती रक्तका छाप
      सम्झे मात्र भने पनि लाग्न सक्छ ताप।
      ✍️ धनुष न्यौपाने
      गुठीचौर गाउँपालिका-०४ जुम्ला।

      [६७]
      हजारौं सहिदले ज्यान फालेर गए
      रहन्थेन आज देश, ती  नमर्या भए।
      ✍️ सुस्मिता भट्टराई
      सन्धिखर्क-७ अर्घाखाँची ।

      [६८]
      बाबा आमा परिवारले सधैँ रुनुपर्छ,
      देश निम्ति मर्नेहरू शहीद हुनुपर्छ ।
      ✍️ केशवप्रसाद ढकाल `प्रीतबीज´
      गाेरखा ।

      [६९]
      दिई देशलाई बलिदान सहिद बनेर गयौ
      निकम्मा भए चेला सालिकमै मात्र सिमित भयाै।
      ✍️ दुर्गा भट्टराई
      मोरङ ।

      [७०]
      राणा शासनको अन्त्य गरे तातो गोली खाएर,
      उनको सपना पुरा हुन्न नारा मात्र लाएर ।
      ✍️ कर्ण दयाल
      मेलौली नगरपालिका ७, बैतडी ।

      [७१]
      मरेपछि सहिदहरु स्वर्ग तिर गए
      नाम बेच्दै बाँचेकाले गीत गाउने भए।
      ✍️ दस्ता कौशिक
      पाँचथर,हिलिहाङ-२, सिंहपुर।

      [७२]
      देशको लागि ज्यान कुर्बान गर्ने ती चार व्यक्ती मानिन्छ,
      अत्याचार विरुद्ध लडी देह त्याग्ने नै शहीद ठानिन्छ।
      ✍️ लक्ष्मी श्रेष्ट
      बिर्तामोड, झापा ।

      [७३]
      नेपाल नेपालीको उन्मुक्तिको प्रमुख सूत्र,
      अमर रहून् इतिहासमा यी चार सुपुत्र।
      ✍️ म्यामराज राई
      भोजपुर ।

      [७४]
      शहीदको सपनाको आकार दिलाउ जब
      बलिदानको अर्थ र प्रकार चिनाउ अब।
      ✍️ संझना `कुसुम´
      कास्की ।

      [७५]
      समयमै होसको दबाइ खाउ नत्र हामी पछुताउनु पर्ला
      चौबाटोमा राखेको सहिदका सालिक हरुको पनि आशु झर्ला ।
      ✍️ जि कुमार गौतम
      भद्रपुर -१ (पृथिविनगर) झापा ।

      [७६]
      मरे हिजो स्वदेशको भलो बनोस् भनीभनी,
      यहाँ छ आज वेदना गरीवका गनी गनी।
      ✍️ पौडेल विमुन्स
      पोखरा कास्की ।

      [७७]
      देशका लागि जन्मियौ तिमी स्वदेशकै लागि मर्यौ
      लागेनौ स्वार्थमा कहिल्यै राष्ट्रियताकाे बीउ छर्याैँ ।
      ✍️ बिमला पाैडेल
      भरतपुर, चितवन ।

      [७८]
      देशको लागि सहिदको अमुल्य ज्यान अर्पण
      अमर रहुन हाम्रा सहिद फुलमाला समर्पण।
      ✍️ रुपेश कु.सदाय
      सिरहा-गापा.सखुवानन्कारकट्टी-३

      [७९]
      सहिदका सपना के थिए, के भए आज ?
      सत्तामा मत्त हुनेलाई अझै छैन लाज ।
      ✍️ मित्र उराठी गाैतम
      अमरपुर- गुल्मी ।

      [८०]
      फाँसी चढ्न, छातीमा वैरीकाे तातो गाेली थाप्न राजी भयाै,
      ठुलै याेगदान देशलाई दियाै आफूहरू मरी गयाै।
      ✍️ रामकृष्ण रिजाल
      बा न पा १३, बागलुङ ।

      [८१]
      शहीद सम्झिने दिवा भनाैँ त कत्ति सम्झिए
      सराप लाग्नु पर्छ नै ती वीर जत्ति बिर्सिए ।
      ✍️प्रेम प्रकाश कलाैनी

      [८२]
      देशको लागि नै जीवन संगीनी बिधुवा बनाएर
      हजुर अमर हुनु भो रगतको खोला बगाएर ।
      ✍️ बिनिता विश्वकर्मा (बिनु)
      बाजुरा बुढिगंगा नगरपालिका-९

      [८३]
      वीर सहिदहरू प्रति गराैँ उच्च सम्मान
      जनहितमा ज्यान दिनेलाई सानाे नठान ।
      ✍️ साधना पाैडेल
      रगनी-१, ओखलढुङ्गा

      [८४]
      देशका निम्ति समर्पण गरेर आफ्नाे ज्यान,
      अजर अमर तिमी बन्नेछाै अटल सान ।
      ✍️ लक्ष्मी घिमिरे दहाल
      झापा ।

      [८५]
      देशका जनताको निम्ति लड्दा मर्नु पर्यो ,
      सहिदको जिन्दगी न्याय खोज्न भनी मर्यो ।
      ✍️ विक्रम तिरुवा सलिन
      तिला गाउँपालिका ३ जुम्ला।

      [८६]
      देश जोगाउनेहरूले फासी लिनु पर्ने,
      उथल पुथल पार्ने लाई सम्मान गर्ने।
      ✍️ अम्बिका गिरी
      बिराटनगर ।

      [८७]
      दशरथ धर्मभक्‍त गंगालाल शुक्रराज
      प्राण त्यागे अमर रहे सबको माझ आज।
      ✍️ रिना सापकाेटा
      बारा ।

      [८८]
      भुल्ने छैनौँ सहिदले लडेर बनाएको माटो
      श्रद्धा सुमन सम्झनामा हिडाैँ सत्मार्गकाे बाटाे ।
      ✍️ नवीन जोशी
      प्रदेस ७ कैलाली ।

      [८९]
      नेपाल आमाका सन्तानहरू वीर गोर्खाली बनेका,
      देशकाे लागि मर्ने महापुरुष सहिदमा गनेका।
      ✍️ कमला पाण्डे पराजुली
      झापा चारआली ।

      [९०]
      धर्मभक्त शुक्रराज गंगालाल र दशरथ चन्द
      किन सरकार जो मरे सहिद ? घोषणा गर बन्द।
      ✍️ राम रावल सागर
      कैलाली

      [९१]
      एकै आमाले जन्म दिईन यस धर्तीमा थरि थरि
      सपुत मार्यो कपुत राज गर्छ आमा रुन्छिन् घरि घरि।
      ✍️ मेनुका खड्का
      धुलिखेल ।

      [९२]
      गर्नुभयो हजुरहरूले प्रजातन्त्र ल्याउने काम,
      गरिरहने छौँ सधैँ हामीले सम्मान अनि सलाम ।
      ✍️ लालीमाया थापा मगर
      प्युठान ।

      [९३]
      भ्रष्टाचारको भण्डारले कसरी जनता लुट्ने सोचेकाे
      वीर सहिदहरूको रगतले अझै नि शान्ति खोजेकाे।
      ✍️ विक्रम वली “नेपाली बाबु”
      घोराही -११- दाङ ।

      [९४]
      देशकाे निम्ति ज्यानै समर्पित गरि सहिद कहलाए
      काेटिकाेटि नमन जस्ले शत्रुहरूलाई तह लगाए।
      ✍️ श्रीशा खड्गी नेवा
      लगनखेल, ललितपुर ।

      [९५]
      गिद्धहरूले सिनाे झैँ लुछे छाति माथि टेकी
      निरङ्कुशले जनता मारे कानुन नै छेकी।
      ✍️ निरज काेइराला

      [९६]
      धर्म दशरथ र शुक्र गंगाको शान
      स्वाभिमानी शहीद यी नेपाली महान।
      ✍️ ईशहाक हुसैन
      जितपुर सिमरा १४  बारा ।

      [९७]
      मरेर गयौ देशका लागि परिवर्तन ल्याउछौं भनि
      सत्ताले हान्यो छातिमा गाेली निरङ्कुश गद्दार बनि।
      ✍️ गृष्मा पौड्याल
      टोकियो जापान ।

      [९८]
      देशको लागि जीवन आहुति दिने ती शहीदलाई सलाम
      सपना पूरा गर्ने अभिभारा लिओैँ देश नहोस् भनी लिलाम।
      ✍️ मिसु श्रेष्ठ
      काठमाडाैँ

      [९९]
      आफ्नो देश निम्ति हाँसेर प्राण उत्सर्ग गरी
      हे सहिद तिम्रा सपना पूरा हाेस् सधैँ भरी ।
      ✍️ पुष्पा सायरा
      बिराटनगर ।

      [१००]
      नेपाली ले सहिद सप्ताह मनाए
      वीर सपुतहरूमा श्रद्धा जनाए ।
      ✍️ अरुण नदी खत्री
      काठमाडाैँ ।

      [१०१]
      आफ्नो जिउ आहुती गर्नेको त्यो देन बिर्सियो
      एकताको नाममा अचेल कुकार्य सिर्जियो ।
      ✍️ प्रेम थापा

      >जय टुक्का! जय साहित्य!! <

      Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on सहिद दिवसको अवसरमा विशेष टुक्का लेखन शृङ्खला सम्पन्न; १०१ जना टुक्का सर्जकको सहभागीता

      Posts navigation

      Older posts
      Newer posts

      Himalayan Dristi Team

      • प्रधान सम्पादक

        अनिल आचार्य

      About us

      • हाम्रोबारे

      Follow us on Facebook

      Contact Us

      Kathmandu, Nepal
      Email: himalayandristi@gmail.com
      Phone:-00977-9868990772
      Web:
      www.himalayandristi.com/
      विज्ञापनका लागि
      कृष्ण गिरि 00977-9860341922

      © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P