• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: कला /जीवनशैली

सलमान खान नेपाल आउँदा हेर्ने शुल्क ५ देखि २५ हजारसम्म

  • १० चैत्र २०७८, बिहीबार ०९:०२ मा प्रकाशित
  • आगामी जेठ १४ गते बलिउड अभिनेता सलमान खान नेपाल आउँदैछन् । ‘दबंग टुर’ मार्फत उनी नेपाल आउन लागेका हुन्। त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएका छन् ।

    दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ। त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ।

    त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ। जसको पहिलो टिकट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले काटेका छन्। उनले पाँच हजार रुपैयाँको टिकट काटेका हुन् ।

    उनी सम्मिलित सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ। जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको छ ।

    उनको कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने आयोजकले अपेक्षा गरेको छ। यसअघि सन् २०१८ मा उनी नेपाल आउन लागेका थिए । कोरोना महामारीका कारण स्थगित भएको थियो ।

    सलमानको चर्चित चलचित्र दबंगकै नाममा उनले पछिल्लो केही वर्षदेखि विश्वका विभिन्न देशको भ्रमण गर्दै आएका छन्। उनको भ्रमणमा अभिनेत्री ज्याकलिन फर्नान्डेज पनि सहभागी हुँदै आएकी छिन्। नेपालमा आयोजित कार्यक्रममा पनि दर्जन बढी भारतीय कलाकारको टिम आउने आयोजक ओडिटीले जनाएको छ।

    यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले अभिनेता सलमान खानसँग भर्चुअल सम्वाद गरेका थिए।

    जेठ १४ गते दशरथ रंगशालामा हुने अभिनेता सलमानको ‘दबङ रिलोडेड टुर’ र ‘पर्यटन प्रवद्र्धन’ बारे उनीहरूबीच छलफल भएको हो ।

    छलफलका क्रममा सलमानले आफू नेपाल आउन उत्साहित रहेको बताएका थिए । यस्तै, भर्चुअल संवादमा मन्त्री आलेले सलमानलाई नेपालमा स्वागत गर्न आतुर रहेको बताएका थिए ।

    कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्रमा असर परेको भन्दै अब सबै सामान्य भएको उनको भनाइ थियो । मन्त्री आलेले हिन्दी भाषामै सलमानसँग कुरा गर्दै भने, ‘आपका फ्यान नेपालमे बहुत है । हम आपको स्वागत करने के लिए आतुर है ।’ सलमानले पनि आलेसँग कुरा गर्न पाउँदा निकै खुशी लागेको बताएका थिए । कुराकानीका क्रममा पर्यटनमन्त्री आलेले सलमानलाई नेपालको पर्यटन प्रवद्र्धन गर्न पनि आग्रह गरे ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on सलमान खान नेपाल आउँदा हेर्ने शुल्क ५ देखि २५ हजारसम्म

    पीडित बालिकाको बयानः विवाह गर्छु भन्दै पलले जबरजस्ती करणी गरे

  • ८ चैत्र २०७८, मंगलवार २०:४२ मा प्रकाशित
  • काठमाडौं । नाबालिगमाथि बलात्कार गरेको अभियोग लागेका पल शाहविरुद्ध जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको छ। बालिका बलात्कार गरेको आरोपमा १४ वर्षसम्म कैद सजायको मागदाबी गर्दै उनीविरुद्ध मंगलबार मुद्दा दायर भएको हो । यसअघि उनीबिरुद्ध पूर्वी नवलपरासीमा मुद्दा परेको थियो ।

    तनहुँ प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा अभियुक्त शाहसँगै पीडित पक्षको पनि बयान पेस गरिएको छ ।

    पीडित बालिकाले आफूसँग विवाह गर्छु भन्दै शाहले पटक पटक जबरजस्ती करणी गरेको बयानका क्रममा बताएकी छन् ।

    पीडित बालिकाले शाहका म्यानेजर कृष्ण जोशीले आफूलाई शाहसँग घुम्न जान बाध्य बनाउने गरेको र सुटिङका क्रममा कतै बास बस्दा शाहसँगै एउटै कोठामा बस्न बाध्य बनाउने गरेको बयानका क्रममा उल्लेख गरेकी छन् ।

    ‘मेरो सानैदेखि सांगीतिक क्षेत्रमा रुची रहेकोले गायन क्षेत्रमा प्रवेश गरेकी हुँ, सोही क्षेत्रमा रहेका प्रतिवादी पल शाह भन्ने पूर्ण विक्रम शाहसँग चिनजान भइ सँगै कार्यक्रममा जाँदा, भिडियो सुटिङ गर्दा निज प्रतिवादीले मेरो केयर गर्ने र मलाई माया प्रेम गरेको विश्वासमा परेँ,’ पीडितले प्रहरीलाई दिएको बयानमा भनिएको छ, ‘हामीबीच मायारप्रेम रही आएको अवस्थामा मिति २०७७ पुस १० गते पोखरास्थित प्राइम होटलमा, २०७७ चैत ७ गते गैँडाकोटस्थित रिसोर्टमा करणी गरेका हुन् ।’

    Posted in कला /जीवनशैली, मुख्य खबर, लोकप्रियLeave a Comment on पीडित बालिकाको बयानः विवाह गर्छु भन्दै पलले जबरजस्ती करणी गरे

    नागरिक आरोग्य कार्यक्रम अन्तर्गत जिल्ला अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • ६ चैत्र २०७८, आईतवार १७:०८ मा प्रकाशित
  • दाङ, ०६ चैत्र ।
    दाङ जिल्लाको घोराहीमा नागरिक आरोग्य कार्यक्रम अन्तर्गतको जिल्ला अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

    नव गठित जिल्ला नागरिक आरोग्य समितिलाई कार्यक्रम बारे अवगत गराउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । कार्यक्रम लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालय, बुटवलको आयोजनामा सञ्चालन भएको थियो ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा, लुम्बिनीका प्रमुख डा.पुष्पराज पौडेलले नागरिक आरोग्य कार्यक्रमको परिचय, उद्देश्य औचित्य, आदिको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि, जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला नागरिक आरोग्य समिति संयोजक जितेन्द्रमान नेपाली, विशिष्ट अतिथि एवं प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरीका नि.निर्देशक, आयुर्वेद चिकित्सा परिषद नेपालका अध्यक्ष डा. सन्तोष कुमार ठाकुर, विशिष्ट अतिथि, घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १८ का अध्यक्ष भरत अर्याल, वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे, वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरी, अतिथिहरू स्वास्थ्य कार्यालय दाङका नि. प्रमुख अंगद बहादुर शाही, राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा.मदन बि.सी. प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका कन्सल्टेन्ट शन्य चिकित्सक डा.मदन भण्डारीको उपस्थिति रहेको थियोे।

    साथै कार्यक्रममा घोराही उ.म.न.पा स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, वन कार्यालयका प्रतिनिधि, शिक्षा शाखा प्रतिनिधि लगायत विभिन्न संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, पत्रकारहरूको सहभागीता रहेको थियोे।

    कार्यक्रममा जितेन्द्रमान नेपाली, डा.सन्तोष कुमार ठाकुर, डा. मदन वि.सी., भरत अर्याल, रमेश पाण्डे, लगायतका वक्ताहरूले बोल्नु भएको थियोे ।
    कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा.पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालयका कविराज निरीक्षक गणेश सापकोटाले गर्नुभएको थियो ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबरLeave a Comment on नागरिक आरोग्य कार्यक्रम अन्तर्गत जिल्ला अभिमुखिकरण कार्यक्रम सम्पन्न

    ‘पिर’को भिडियोबाट हटाइयो ‘यौनकर्मी’को दृश्य

  • ५ चैत्र २०७८, शनिबार १९:५८ मा प्रकाशित
  • ५ चैत, काठमाडौं । गायक प्रकाश सपुतले आफ्नो हालै सार्वजनिक चर्चित गीत पिरको भिडियोबाट यौनकर्मीको दृश्य हटाएका छन् । अघिल्लो हप्ता सार्वजनिक उनको गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो ।

    शनिबार गायक सपुतले शनिबार दिउँसो उक्त गीतको अर्को भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको छ ।

    सोही विषयलाई लिएर माओवादी केन्द्रका कतिपय नेता कार्यकर्ताले उक्त गीतको आलोचना गरेका थिए । माओवादीका केहि भ्रातृ संगठनहरुले जनयुद्धको अपमान गरेको भन्दै गीत हटाउन चेतावनी दिएका थिए ।

    गायक प्रकाश सपुतले आफ्नो उद्देश्य जनयुद्धले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन हुन नसकेको देखाउन मात्र खोजेको प्रष्टीकरण दिएका थिए । र उनले कसैको भावनामा चोट पुगेको भए आफूले माफी माग्ने बताएका थिए ।

    Posted in कला /जीवनशैलीLeave a Comment on ‘पिर’को भिडियोबाट हटाइयो ‘यौनकर्मी’को दृश्य

    पल शाहबिरुद्ध नवलपुर अदालतमा मुद्दा दर्ता

  • ३ चैत्र २०७८, बिहीबार १९:०० मा प्रकाशित
  • काठमाडौँ- अभिनेता पल शाहविरुद्ध नवलपरासी पूर्व जिल्ला अदालतमा बलात्कार मुद्दामा बिहीबार अभियोगपत्र दायर भएको छ। तनहुँ प्रहरी कार्यालयले पनि अनुसन्धान गरिरहे पनि नवलपुरस्थित नवलपरासी पूर्व जिल्ला अदालतमा उनीबिरुद्ध मुद्दा दर्ता भएको हो।

    १६ वर्षीया नाबालिग किशोरीले दिएको उजुरीका आधारमा गत फागुन १५ गते तनहुँ प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो। ती किशोरीले फागुन ११ गते अभिनेता शाहबिरुद्ध बलात्कारमा तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्। त्यसपछि तिनै किशोरीले उनीबिरुद्ध गैँडाकोट प्रहरीमा पनि बलात्कारमा किटानी जाहेरी दिइन्।

    बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर गरेको हो।

    नवलपुर प्रहरीका डिएसपी दिलीप गिरीका अनुसार अनुसन्धान प्रतिवेदन सरकारी कार्यालयमा बुझाइएको छ भने सरकारी वकिल कार्यालयले बिहीबार नै मुद्दा दर्ता गरेको छ।

    शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको कसूर गरेको दावी गर्दै मुद्दा दर्ता गरिएको हो। शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । उनलाई अभियोग प्रमाणित भएमा १२ देखि १४ वर्षसम्म कैद सजाय हुन्छ।

    अहिले शाह जिल्ला प्रहरी कार्यालय तनहुँकै हिरासतमा छन्। तनहुँ प्रहरीले भने उनीबिरुद्ध मुद्दा दर्ता गरिसकेको छैन।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on पल शाहबिरुद्ध नवलपुर अदालतमा मुद्दा दर्ता

    आज हिमाल-पहाडमा होली मनाइँदै

  • ३ चैत्र २०७८, बिहीबार ०६:३९ मा प्रकाशित
  • काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार (आज) फागु पूर्णिमामा मनाइँदै छ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागु पूर्णिमा मनाइन्छ । आजको दिनमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एक आपसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मिठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लहासका साथ मनाइने गरिन्छ ।

    किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नाम एक क्रुर राक्षस थिए । उनी नास्तिक भएका कारण भगवानको लिलामा विश्वास गर्दैनथे । उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुको परम भक्त थिए ।

    हिरण्यकश्यपु आफुले आफुलाई बलवान ठाँन्दथे । तर, उनको पुत्र उनको आराधाना नगरी विष्णु भगवानको आराधाना गर्दथे । त्यो कुरा उनले सहन सकेन जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए ।

    अन्तत उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्ग्नि कुण्डमा बसाए । तर, अग्नि बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन । उल्टै होलीका भने भस्म भइन् ।

    बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेशमा होलीको रुपमा मनाइँदै छ ।

    Posted in कला /जीवनशैली, मुख्य खबर, समाजLeave a Comment on आज हिमाल-पहाडमा होली मनाइँदै

    कविता

  • २९ फाल्गुन २०७८, आईतवार ०१:२८ मा प्रकाशित
  • कविता
    चली गोचा संगे परगा बर्हाइ

    गोचा टुँ ओ मै
    मुस्कान के बियाँ छिट्के
    रात दिन पस्ना चुहाके
    हिमालसे गोचाली भिंरके
    पहारसे मित जोरके
    तराईके फँटुवामे
    चली गोचा संगे परगा बर्हाइ ।

    जल स्रोतके खानी हिमालमे बा
    खनिज पदार्थके स्रोत पहारमे बा
    औद्योगिक स्रोत तराईके मैदानमे बा
    अत्रा रटिरटि चिमचाम काहे
    चली गोचा संगे परगा बर्हाइ ।

    बार्होमास बहना लडियामेसे
    बिजली निकारी
    चारकोसे हरियर बनुवँमसे
    जरिबुटी दवाइ बनाइ
    समथर तराईक् फँटुवामे
    पस्ना चुहाके सोन फराइ
    चली गोचा संगे परगा बर्हाइ ।

    प्रकृतिसे जोरल हमार भविष्य सिंगारी
    गेंडा, मखमल, डौना, बेबरी
    फुलक् टेंम्ह्रीहस सजाके
    फरछुवार बनाइ जिन्गीक डगर
    चली गोचा संगे परगा बर्हाइ ।

    टोहाँर ओ मोर हाँठ गोरा खियाके
    मेहनतके पस्ना चुहाके
    आउ संघारी संगे सहकार्य करि
    हिमालहस ढेंग सपना बनाके
    चली गोचा संगे परगा बर्हाइ ।

    परिश्रमके डिया बारके
    कन्ढम् हाँठ ढारके
    जोन्हियाँहस ओजरार छिटिक्के
    टोरैंयाँहस चम्कटी रहि हर दिन
    ओ ओठ भर मुस्की भरटी रहि
    टुँ हिमाली, टुँ पहारी, मै तराई
    चलि गोचा संगे परगा बर्हाइ ।
    सागर कुश्मी `संगत´
    कैलारी गाउँपालिका-८ डख्खिन टेंर्ही, कैलाली

    Posted in कला /जीवनशैली, साहित्यLeave a Comment on कविता

    प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी

  • २८ फाल्गुन २०७८, शनिबार २३:२४ मा प्रकाशित
  • २८ फागुन, काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा तानिएको छ । शुक्रबार युट्युवमा रिलिज भएको गीतविरुद्ध सत्तारुढ माओवादी केन्द्रका नेताहरू खनिएका छन् ।

    उक्त पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उक्त भिडियो आपत्तिजनक र निन्दनीय छ । दिदीबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको ‘पिर’ नामक भिडियोबारे सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवारी हर्कत सहेर बस्न नसक्ने चेतावनी दिन चाहन्छु ।’

    माओवादी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि गीतलाई लिएर आपत्ति जनाएका छन् । उनी लेख्छन्, ‘पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन् –त्यो आपत्तिजनक मात्र छैन, दण्डनीय पनि छ ।’

    २४ घण्टा नबित्दै विवादमा मुछिएको उक्त गीत अहिले नेपालमा युट्युव ट्रेन्डिङको चौंथो स्थानमा छ । १६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको सत्तारुढ माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न गर्छ । परिवर्तनको सपना लिएर ज्यान हत्केलामा लिएर युद्ध लडेकाहरुको सपना अझै पूरा नभएको र उनीहरुको बिचल्ली भएको चित्रण गीतले गर्छ । तर, गीतको राजनीतिक पक्षलाई लिएर भने माओवादी नेताहरुले विरोध गरेको देखिएको छैन ।

    सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति उनीहरुको आपत्ति देखिन्छ । गीतमा चित्रण गरिएको यो दृश्यप्रति सामाजिक सञ्जालमा माओवादी दलमा आवद्ध अन्यले पनि विरोध गरिरहेका छन् ।

    सपुतकै शब्द तथा संगीत रहेको गीतमा उनीसहित सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन केशरी, पुष्पा अवस्थी र विशाल घिमिरे फिचर्ड छन् । राजनीतिक विषयवस्तुलाई कटाक्ष गरिएको यो पहिलो गीत भने होइन । पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ले प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला मच्चाएको थियो ।

    शर्माको सो गीतविरुद्ध २०७५ सालमा तत्कालीन एमालेले विरोध गरेका थिए । विरोध चर्किएपछि शर्माले युट्युवबाट गीत हटाएका थिए । तर, केही महिनापछि परिमार्जनसहित पुनः पोस्ट भएको थियो !

    Posted in अर्थ, कला /जीवनशैली, मुख्य खबर, राजनीतिLeave a Comment on प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी

    घरधनी प्रदीप थापाले पल र बालिका राति एउटै कोठामा बसेको बयान दिएपछि…

  • २३ फाल्गुन २०७८, सोमबार ११:०३ मा प्रकाशित
  • काठमाडौं, २३ फागुन । बालिका करणीको अभियोगमा हिरासतमा रहेको पल शाहमाथि अनुसन्धान चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पल शाहसँग बयान लिएपछि घटनासँग सम्बन्धित व्यक्तिहरुसँग बयानलाई गति दिएको छ ।

    बलात्कार भएको भनिएको तनहुँको शुक्लागण्डकी नगरपालिका ९ दुलेगौडाका प्रदीप थापाको घर अनुसन्धानको दायरामा परेको छ । थापा र उनकी पत्नीसँग प्रहरीले बयान लिइसकेको छ । प्रहरीका अनुसार थापा दम्पत्तिले पल शाह र पीडित भनिएकी बालिका राति एउटै कोठामा बसेको बयान दिएका छन् ।१४ वैशाख २०७८ को राति पल र बालिका एउटै कोठामा बसेको र अर्का व्यक्ति कमल खत्री छुट्टै कोठामा बसेको बयान दिएको बुझिएको छ । प्रहरीलाई दिइएको जाहेरीमा उक्त दिन रक्सी सेवन गरी राति ११ बजे कोठा खोल्न लगाई जर्बजस्ती करणी गरेको उल्लेख छ ।पल शाहले भने जर्बजस्ती करणी अस्वीकार गरेका छन् । घटनासँग सम्बन्धित भनिएका गायक दुर्गेश थापालगायतसँग पनि प्रहरीले बयान लिइसकेको छ ।

    यसैगरी, पल शाहमाथि परेको अर्को उजूरीबारे नवलपरासीमा अनुसन्धान बढेको छ ।

    Posted in कला /जीवनशैलीLeave a Comment on घरधनी प्रदीप थापाले पल र बालिका राति एउटै कोठामा बसेको बयान दिएपछि…

    चरित्रहत्या गरिएको भन्दै रेखा थापाले दिइन् उजुरी

  • २० फाल्गुन २०७८, शुक्रबार १६:५५ मा प्रकाशित
  • काठमाडौं, २० फागुन । अभिनेत्री रेखा थापाले आफ्नो चरित्रहत्या भएको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छिन् । युट्युबमार्फत चरित्रहत्या गरिएको भन्दै थापाको तर्फबाट साइबर ब्युरोमा निवेदन दिन उनका एक आफन्त पुगेकी थिइन् ।

    निवेदनमा रेखाले आफुविरुद्ध विद्युतिय माध्यमबाट आफ्नो मानमर्दन र गाली बेइज्यती गर्नेमाथि कारवाही गर्न माग गरेकी छिन् । अभिनेता पल शाह प्रकरणमा नाबालिग किशोरीको पक्षमा रेखा थापाले अभिव्यक्ति दिएपछि उनीमाथि गालीगलौज सुरु भएको थियो ।

    Posted in कला /जीवनशैलीLeave a Comment on चरित्रहत्या गरिएको भन्दै रेखा थापाले दिइन् उजुरी

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P