• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: कला /जीवनशैली

चितवनको खुरखुरेमा स्रष्टा भेटघाट, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

  • ५ भाद्र २०७९, आईतवार १६:५१ मा प्रकाशित
  • राप्ती, ५ भदौ २०७९ । नमस्ते अ‍ाधुनिक लघुकथा मञ्च, नेपालको अ‍ायोजनामा चितवनको राप्ती नगरपालिका वडा नं. ८, खुरखुरे स्थित नन्दिनी स्टार पार्टी प्यालेसको सभा हलमा स्रष्टा भेटघाट, परिचय, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
    उक्त कार्यक्रमको प्रायोजन राप्ती नगरपालिका वडा नं ७, ८, ९; अधिकारी नवनिर्माण हार्डवयर,खुरखुरे, अ‍ास्था मार्ट, खुरखुरे, नमुना हार्डवेयर मगनीचोक पर्साले गरेकोे थियो ।

    वाल्मीकि साहित्य सदन, रत्ननगर, टाँडीका अध्यक्ष तथा वरिष्ठ साहित्यकार श्री रामबाबु घिमिरेको प्रमुख अ‍ातिथ्यता र वरिष्ठ साहित्यकार केशवराज अ‍ामोदी, तिलकराज शर्मा, डा श्यामप्रसाद न्यौपाने, पुष्प अधिकारी अञ्जलि, गोर्खे साइँलो, वडा नं ७, ८ र ९ का वडाध्यक्षहरू क्रमस: सुमिता डल्लाकोटी, पूर्णप्रसाद अ‍ाचार्य, खड्ग बहादुर तामाङ, लगायतका विशिष्ट अतिथिहरू सहित ३० भन्दा बढी अतिथिहरूको आतिथ्यतामा भएको कार्यक्रममा कुमार सिंजाली मगर तथा उहाँको गायन समूहले राष्ट्रिय गीत गाएका थिए भने श्री आधारभूत विद्यालय बजरहट्टीका बहिरा विद्यार्थीहरूले साङ्केतिक भाषामा सँगसँगै राष्ट्रिय गीत गाएका थिए ।

    कार्यक्रममा राप्ती न.पा.वडा नम्बर ७ र ८ का सनातन भजन समूहले खैँजडी भजन, वडा नम्बर ७ र ८ कै आदिवासी थारू महिलाहरूले महान पर्व जितियामा नाचिने झाम्टा नाच; मगर जातीको कौडा नाच र नारीहरूको तीज गीत प्रदर्शन गरिएका थिए । विविध जातीय भेषभुषा सहित आउनु भएका सांस्कृतिक समूहहरूले आ-आफ्ना जातका पर्व विशेष नाचहरू प्रदर्शन गर्दा कार्यक्रमको माहोल निकै रमाइलो बनेको थियो ।

    कार्यक्रम स्थलमा राप्ती-७ का कुशल चित्रकार, स्वस्ती आर्ट, खुरखुरेका चित्रकला प्रशिक्षक श्री सीताराम उप्रेतीद्वारा बनाइएका दुई दर्जन भन्दा बढी चित्रहरूको प्रदर्शन पनि गरिएको थियो । उप्रेतीले कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार श्री राम बाबू घिमिरेको मुहार चित्र पनि बनाउनु भएको थियो भने सुन्दर फोटो फ्रेममा राखिएको सो चित्रलाई कार्यक्रमका सभापति तथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी’कृष्णजी शर्मा’ले मायाको चिनो स्वरूप घिमिरेलाई उपहार प्रदान गर्नु भएको थियो ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को सभापतित्वमा सञ्चालित उक्त कार्यक्रममा जिल्ला बाहिरबाट आमन्त्रित स्रष्टाहरूमा भुमही, नवलपरासीबाट डा. श्यामप्रसाद न्यौपाने; गैँडाकोट, नवलपुरबाट ज्यो. नानी बिवु ; स्याङ्जाबाट युवा कविहरू मिलन समीर र शम्भु अर्याल, तनहुँबाट जनार्दन दाहाल; काठमाडौँबाट नमस्ते आधुनिक लघुकथा मञ्चका कोषाध्यक्ष यमुना प्रधानाङ्ग ‘मुना’; सदस्य कल्पना भण्डारी ‘मुस्कान’ को उपस्थिति रहेको थियो ।

    त्यस्तै कार्यक्रममा चितवनका साहित्यकारहरू : राजेन्द्र घायल, गिरिराज डल्लाकोटी, रोहिणी प्रसाद लोहनी, हरिप्रसाद गजुरेल, चेतनाथ रुवाली, विश्वनाथ खनाल, तुलसी पण्डितले आ-आफ्ना रचना वाचन गर्नु भएको थियो । ८ वर्षे बालक सम्राट डल्लाकोटीले ‘बा’ लघुकथा सङ्ग्रहबाट लघुकथाकार प्रा. डा. कपिल लामिछानेले सिर्जना गर्नु भएको ‘बा र अक्षर’ शीर्षकको लघुकथा वाचन गरेर सुनाउनु भएको थियो ।

    कार्यक्रममा ४० जना भन्दा बढी साहित्यकारहरूले लघुकथा, गजल, कविता, मुक्तक लगायत विविध साहित्यिक रचनाहरू प्रस्तुत गरेका थिए । झण्डै ६ घण्टा लामो चलेको कार्यक्रममा जनप्रतिनिधि, लेखक, साहित्यकार, पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

    समापन मन्तव्य दिनुहुँदै कार्यक्रमका सभापति घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले कोरोना महामारीको कारण धेरै समयदेखि साहित्यिक कार्यक्रम हुन नसकेकोले करिब ३ वर्षपछि स्रष्टा भेटघाट, परिचय, कला-संस्कृति लगायत साहित्यका विविध विधाहरूमा रचना वाचन कार्यक्रम गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । साथै उहाँले संभवभएसम्म त्रैमासिक रूपमा यस्ता कार्यक्रमहरू आयोजना गरिने पनि जनाउनु भयो ।

    कार्यक्रममा राजेश रुम्बा लामाले स्वागत मन्तव्य दिनु भएको थियो भने रामशरण थपलिया ‘रमणजी शर्मा’, मिठुकुमारी पाठक, अन्जु सिन्जालीमगर ‘सारिका क्षितिज’ र राजेश रुम्बा लामाले संयुक्त रूपमा कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यLeave a Comment on चितवनको खुरखुरेमा स्रष्टा भेटघाट, कला-संस्कृति प्रदर्शन तथा विविध साहित्यिक रचना वाचन कार्यक्रम सम्पन्न

    आज असार १५ अर्थात राष्ट्रिय धान दिवस

  • १५ असार २०७९, बुधबार ००:३२ मा प्रकाशित
  • किसानको मनोबल उच्च राखी उनीहरूको श्रमको सम्मान गर्ने उद्देश्यले कृषि तथा सहकारी मन्त्रालयले मुलुकभरि असार महिनाको १५ गतेलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने परम्परा बसालेको छ ।

    वर्ष २०६६ को नारा कृषि भूमिको संरक्षण गरौं, धानको उत्पादन बढाऔं राष्ट्रिय धान दिवस यस दिन कृषि क्षेत्रसँग सम्वन्धित सङ्घ संस्थाले विभिन्न कार्यक्रम गरी मनाउदछन् ।

    यस दिनलाई रोपाई महोत्सवका रूपमा समेत मनाउने गरिन्छ । मानो रोपेर मुरी फलाउने दिनका रूपमा रूपमा यस दिन अधिकांस स्थानमा रोपाई गरी धान दिवस मनाउने गरिन्छ । कृषि मन्त्रालयलसहित विभिन्न कृषि क्षेत्रमा काम गर्ने संघसंस्थाले धान रोपाई गरी यो दिवस मनाउने गर्दछन् । खेतमा रोपाई गरी दही चिउरा खाने भएकाले यस दिनलाई दही चिउरा खाने दिनका रूपमा समेत लिने गरिन्छ ।

    वर्षामा हिलाम्य भएको शरीरमा उर्जा दिने भएकाले दही च्युरा खाने चलन रहेको विज्ञहरू बताउँछन् । कृषि प्रधान हाम्रो मुलुकमा खाद्य सुरक्षाको प्रमुख आधारको रूपमा रहेको धानको उत्पादनलाई महत्त्व दिंदै सरकारले असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउने गरेको हो ।

    यस दिन राजधानीको खुमलटारमा विशेष कार्यक्रमको आयोजना गरिन्छ भने पोखरामा समेत विदेशी पर्यटनहरूको उपस्थितिमा विशेष रोपाई गरिन्छ । यसवर्ष मनसुन शुरु भइसकेकाले मुलुकका अधिकांस स्थानमा रोपाई शुरु गर्ने तयारी छ । सरकारी तथ्याङ्क अनुसार मुलुकको झण्डै १४ लाख हेक्टर जमिनमा धानखेती हुदै आएको छ ।

    सरकारले आजका दिनलाई दिवसका रूपमा मनाउदै आएपनि आधुनिक प्रविधिको आम किसानमाझ पुग्न नसकेका कारण खेतीयोग्य जमिन भएर पनि धान उत्पादनमा वृद्वि हुन नसकेको कृषि बिज्ञहरूको भनाई छ ।

    Posted in कला /जीवनशैली, मुख्य खबर, समाजLeave a Comment on आज असार १५ अर्थात राष्ट्रिय धान दिवस

    सौगातको ‘घनचक्कर’ दुई दिनमै हलबाट उत्रियो, निर्मातालाई ९० लाख घाटा 

  • १३ असार २०७९, सोमबार ११:१४ मा प्रकाशित
  • काठमाडौं । सौगात मल्ल अभिनित ‘कबड्डी ४’को विश्वव्यापी लाइफटाइम कलेक्सन ३५ करोड ग्रस हुने अनुमान छ । तर सौगात अभिनित केही फिल्म चाहिं पाँच लाख रुपैयाँ पनि कमाउन नसकेर दुई दिनमै हलबाट हट्नुपर्ने अर्को विडम्बना !

    यो नियतिको सिकार भएको छ सौगात अभिनित पछिल्लो फिल्म ‘घनचक्कर’ । फिल्मले दुई दिनमा पाँच लाख रुपैयाँ ग्रस कमाएको छ । योसँगै फिल्मलाई मल्टिप्लेक्सले हलबाट हटाइदिएका छन् ।वितरक सुनिल मानन्धरले घनचक्कर दुई दिनमै हलबाट ‘साफ’ भएको बताए । उनका अनुसार फिल्मको कुल एक करोड रुपैयाँ लगानीमध्ये डिजिटल राइट र हल रिलिजबाट फिल्मले १० लाख रुपैयाँ ग्रस कमाएको छ । निर्माताले ९० लाख रुपैयाँ घाटा व्यहोर्नुपरेको छ ।उनको अघिल्लो फिल्म ‘मन्त्र’ पनि दुई दिनमै हलबाट उत्रिएको थियो । सौगात स्वयंलाई पनि यो गणित थाहा नभएको होइन, उनले साथीभाइको अनुरोधलाई अस्वीकार गर्न नसक्दा यी फिल्म गर्न आफू बाध्य भएको बताउँदै आएका छन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on सौगातको ‘घनचक्कर’ दुई दिनमै हलबाट उत्रियो, निर्मातालाई ९० लाख घाटा 

    रामकृष्ण ढकालको ‘फुटेको छु शीशाजस्तै’ सार्बजनिक

  • १३ असार २०७९, सोमबार ००:१० मा प्रकाशित
  • गायक रामकृष्ण ढकालको ‘फुटेको छु शीशाजस्तै’ बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ ।

    संगीतकार राजनराज सिवाकोटीको संगीत दिएको यस गीतका गीतकार सतीश चापागाई हुन ।

    रामकृष्ण ढकालको युट्युब च्यानलबाट सार्बजनिक भएको गीतको म्युजिक भिडियोमा गायक ढकाललाई नै देख्न सकिन्छ ।

    भिडियो हेर्नुहोस :

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on रामकृष्ण ढकालको ‘फुटेको छु शीशाजस्तै’ सार्बजनिक

    पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित 

  • १२ जेष्ठ २०७९, बिहीबार १५:१७ मा प्रकाशित

  • काठमाडौं । नाबालिकामाथि जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका अभिनेता पल शाहको मुद्दाको सुनुवाइ बिहीबार पनि स्थगित भएको छ ।

    उच्च अदालत पोखरामा आज हुने भनिएको सुनुवाइ शाहकै वकिलले हटाएको अदालत स्रोतले जनाएको छ । शाहको मुद्दाको सुनुवाइ आगामी बिहीबार हुने जनाइएको छ ।नाबालिका बलात्कारको अभियोगमा शाहलाई तनहुँ र नवलपुर जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा निवेदन दिएका थिए ।

    Posted in कला /जीवनशैलीLeave a Comment on पल शाहको मुद्दाको सुनुवाइ आज पनि स्थगित 

    पल शाह प्रकरण : ‘पीडित’ नाबालिगले बयान फेरिन्

  • ४ बैशाख २०७९, आईतवार १९:३० मा प्रकाशित
  • पल शाह बिरुद्धको जबर्जस्ती करणी मुद्दामा पीडित नाबालिगले बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र गर्दा उनले जाहेरी विपरीत बयान दिएकी हुन् । नाबालिग बालिका ‘होस्टाइल’ भएर बयान दिएको उनको पक्षबाट मुद्दा लडिरहेका एकजना कानुन व्यवसायीले रातोपाटीलाई बताए । पीडित गायिकाले ‘जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको र उक्साहटमा परेर जाहेरी दिएको जिकिर गरेकी छिन् ।’

    पीडितको पक्षबाट मुद्दा लडिरहेकी एकजना कानुन व्यवसायीले रातोपाटीसँग भने–‘पीडित होस्टाइल भएकी छिन्, बकपत्रमा हस्ताक्षर भइसकेको छ ।’

    बयान फेर्नेलाई ६ बर्ष कैद सजाय हुने कानुनी व्यवस्था छ ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on पल शाह प्रकरण : ‘पीडित’ नाबालिगले बयान फेरिन्

    रचना रिमाल फ्यानबाटै किन यसरी लखेटिइन् ? (बयानसहित)

  • २ बैशाख २०७९, शुक्रबार १२:०७ मा प्रकाशित
  • काठमाडौं । पब्लिक क्रेज कुनै पनि कलाकारको सम्पत्ति हो । तर, यस्तो क्रेजले कहिलेकाहीँ उनीहरूलाई दु:ख र हैरानी पनि दिन्छ । लोकप्रिय गायिका रचना रिमाललाई यस्तै भयो हिजो ।

    रचनालाई केही व्यक्तिहरूले लखेटेको जस्तो देखिने एउटा भिडिओ टिकटकमा भाइरल भएको छ । उनी त्रसित मुद्रामा अघिअघि कुदिरहेको र पछाडि दर्जनौंले पछ्याइरहेको भिडिओमा देखिन्छ । धेरैले यो भिडिओलाई लिएर अनेक अनुमान लगाइरहेका छन् ।
    आखिर भएको के थियो ? हामीले यथार्थ बुझ्न रचनालाई नै सम्पर्क गर्‍यौं ।

    रचनाकै शब्दमा घटना विवरण यस्तो छ :
    म इजरायलबाट इलामको प्रोग्राम भ्याउने गरी अस्ति मंगलबार नेपाल फर्किएको थिएँ । मंगलबार नै इलामबजारमा एउटा महोत्सवमा मैले गीत गाउनुपर्ने थियो । त्यसको लागि एडभान्स पनि लिइसकेको थिएँ । अनि त्यसको भोलिपल्ट हिजो मोरङमा अर्को कार्यक्रम थियो ।

    म दिउँसो साढे २ बजे त्रिभुवन विमानस्थल ल्यान्ड भएँ । मेरो झापाका लागि ३ बजेको फ्लाइट थियो । तर, फ्लाइट झण्डै ४ घन्टा ढिलो भयो । म बेलुका ७:४० मा झापा पुगेँ । त्यहाँबाट इलाम पुग्दा रातिको ९:५० भयो । म पुग्दा त्यसदिनको कार्यक्रम बन्द भइसकेको रहेछ । अरु दिन १०-११ बजेसम्म चल्ने भए पनि त्यसदिन केही लफडा भएर चाँडै बन्द भएको आयोजकले बताउनुभयो । अनि मलाई आजको साटो भोलि आफ्नो प्रस्तुति दिन भन्नुभयो । मैले बिहीबार गीत गाउने भनेर भिडियो पनि बनाएर हाल्नुभयो ।

    भोलिपल्ट म मोरङमा पुग्नुपर्ने भएकाले मेरो प्रस्तुति चाँडै राख्न भनेको थिएँ । मैले दिउँसो नै गाउने सेड्यूल थियो । तर, दर्शकहरू आउन ढिला भएपछि मेरो प्रस्तुति पनि ढिलो भयो । बल्ल साढे ४ बजे गाउन पाएँ । करिब ३० मिनेट लगाएर ५ वटा गीत गाएँ । मलाई मोरङबाट लिन गाडी आइसकेको थियो । म एकदम हतारिएको र आत्तिएको थिएँ ।

    पहिले नै वचन दिइसकेको हुँदा मैले मोरङको कार्यक्रम भ्याउनैपर्थ्यो । उताबाट आउनुभएका व्यक्तिहरूले मलाई ‘गाडी आइसक्यो कुद कुद…’ भन्नुभयो । म पनि केही नसोची दौडिएँ । यता दर्शकहरु मसँग फोटो/सेल्फी खिचाउन आतुर हुनुहुन्थ्यो । तर, मसँग समय थिएन । त्यसैले म दौडिँदै गाडीसम्म गएँ । बीचमा एउटा बच्चासँग चाहिँ फोटो खिचाएँ, त्यो भिडिओमा देखिएको छैन ।

    जेनतेन मैले मोरङको कार्यक्रम भ्याएँ । तर, म दौडिएको भिडिओ भाइरल भइरहेको रहेछ । हेरेर आफैंलाई नरमाइलो लाग्यो । म खासमा त्यसरी दौडिनु नहुने थियो । तर, हतारको बेला केही सोच्न सकिनँ । फ्यानहरूसँग भागेजस्तो भयो । सबैले फोन गरेर सोधिरहनुभएको छ । म खालि यस्तै यस्तै कुरामा फस्न पुगिरहेको छु । चाहेर होइन । खोइ के भएको हो । दिक्क लागिसक्यो ।

    म सकेसम्म आफ्ना दर्शकहरुसँग घुलमिल हुन चाहन्छु । फोटो/सेल्फी खिच्न आउनेहरुसँग भ्याएसम्म खिच्ने गरको पनि छु । हिजो चाहिँ त्यस्तै भयो । म सबै दर्शकसँग माफी चाहन्छु । अब चाहिँ यसरी कहिले पनि दौडिन्न ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on रचना रिमाल फ्यानबाटै किन यसरी लखेटिइन् ? (बयानसहित)

    कफी सप खोल्ने तयारीमा अनमोल !

  • २८ चैत्र २०७८, सोमबार १६:१० मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय कलाकारहरु अभिनयसँगै वैकल्पिक पेशा व्यवसायमा पनि संलग्न छन् । कोरोना महामारीले उनीहरुलाई त्यसतर्फ लाग्न झनै बाध्य बनाएको छ ।

    जसमध्ये अधिकांश कलाकार रेस्टुरेन्ट, कफी सपको व्यवसायमा सक्रिय छन् । कमाइ पनि हुने र जमघटको बहाना पनि मिल्ने भएकाले उनीहरुको आकर्षण रेस्टुरेन्ट र कफी सपतर्फ बढी केन्द्रित छ ।अभिनेता अनमोल केसीले आफू पनि वैकल्पिक व्यवसायतर्फ अघि बढ्ने तयारीमा रहेको बताएका छन् । अनलाइनखबरसँग कुरा गर्दै उनले साइड बिजनेसको रुपमा कफी सप खोल्ने तयारीमा आफू रहेको बताए ।

    ‘फिल्मबाहेक म अब कफी सपतिरै व्यस्त हुने तयारीमा छु,’ आफू अभिनित फिल्म ‘ए मेरो हजुर ४’को प्रमोसनमा व्यस्त अनमोलले भने, ‘अब साइड-जबतिर पनि ध्यान दिन्छु ।’ कफी सप आफनो मनपर्ने व्यवसायकमध्ये एक भएकाले पनि आफू यसतर्फ लाग्न लागेको उनले बताए ।

    अनमोल मात्र होइन, नायिकादेखि निर्माता तथा निर्देशकहरु समेत रेस्टुरेन्टदेखि कफी सप सञ्चालनमा व्यस्त देखिन्छन् । अनमोलकै छिमल कलाकारहरु समेत अहिले रेस्टुरेन्ट सञ्चालनमा व्यस्त देखिन्छन् ।‘ए मेरो हजुर ४’ पछि अनमोल ‘हनी बनी’ लगायतका प्रोजेक्टको तयारीमा व्यस्त हुनेछन् ।

    Posted in कला /जीवनशैलीLeave a Comment on कफी सप खोल्ने तयारीमा अनमोल !

    जिल्ला अदालतको आदेशविरुद्ध पल पुगे उच्च अदालत

  • १५ चैत्र २०७८, मंगलवार १३:२१ मा प्रकाशित
  • पोखरा । नेपाली चलचित्रका नायक पल शाह तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पुगेका छन् ।

    आज उनले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पोखरामा निवेदन दिएका हुन् । एक नाबालिग गायिकामाथि बलात्कार आरोप मुद्दामा पुर्पक्षका लागि उनलाई जेल पठाइएको छ ।

    तनहुँ जिल्ला अदालतको यही चैत १० गतेको आदेशले पल जेल चलान भएका थिए । सोही आदेश खारेज गरिपाऊँ भन्दै पुनरावेदन परेको उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

    पललाई धरौटी वा तारेखमा छाडेर मुद्दा लड्न दिन निवेदनमा माग गरिएको छ । पलका तर्फबाट कानुन व्यवसायीले पुनरावेदन निवेदन दर्ता गराएका हुन् ।

    पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी गैँडाकोटमा एक गायिकाले प्रेमको झुटो नाटक गरेर पटक–पटक आफूमाथि बलात्कार गरेको भन्दै किटानी जाहेरी दिएकी थिइन् ।

    पलविरुद्ध तनहुँ प्रहरीमा गएको फागुन ११ गते उजुरी परेको थियो । उजुरीपछि पल फागुन १५ मा तनहुँ प्रहरीसमक्ष आफैँ उपस्थित भएका थिए ।

    पलले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् । उनले अदालतमा समेत आफूले जबरजस्ती नगरेको बयान दिएका थिए ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on जिल्ला अदालतको आदेशविरुद्ध पल पुगे उच्च अदालत

    विमानस्थलमा राजेश हमालसँग ओलीको जम्काभेट हुँदा…

  • १५ चैत्र २०७८, मंगलवार ०४:४९ मा प्रकाशित
  • काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु जाँदै थिए। स्वतन्त्र समूहबाट निर्वाचित रहेका कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद वृजेशकुमार गुप्ता र प्रदेशसभा सदस्यहरु पार्टीमा प्रवेश गराउन काठमाडौंबाट जम्बो टोली लिएर भैरहवा उडान हुँदै कपिलवस्तुको सदरमुकाम तौलिहवामा जाने तयारीमा थिए।

    एमाले नेताहरुकाअनुसार ओलीको टिकट ११ बजेको थियो। अरु नेताहरु समयमै विमानस्थल पुग्दा जहाज डिले भएकाले ओली साढे १२ बजेपछि मात्रै विमानस्थल पुगेका थिए। विमानस्थलमा आफ्नो गन्तव्यमा जान अभिनेता राजेश हमाल पहिले नै भीआईपी रुपमा वेटिइङमा थिए। भीआईपी कक्षमा हमालसँग ओलीको जम्काभेट भइहाल्यो।

    ओलीले हमाललाई के छ हालखबर भनेर सोधिहाले। हमालसँग भलाकुसारी हुँदा सँगै थिइन् करिश्मा मानन्धर। हालै एमाले प्रवेश गरेर पार्टीका कार्यक्रममा ओलीसँगै हिँडिरहेकी मानन्धर ओली-हमाल सम्वादको प्रत्यक्षदर्शी थिइन्।

    उनीहरुबीच राजनीतिक, सामाजिक, सांस्कृतिक र कलाकारिताको विषय कुराकानी भएको मानन्धरले बताइन्। ‘उहाँ (राजेश) मेरो को-स्टार हो। भेटेर खुसी लाग्यो। अध्यक्षज्यूले विकासको कुरा, टुरिजमको कुरा, चलचित्र क्षेत्रको विकासको कुरा गर्नुभयो। सञ्चोविसञ्चो भयो,’ उनले भनिन्।

    प्रत्यक्षदर्शी नेताकाअनुसार निस्किने बेला ओली र हमालबीच उभिएरै ३/४ मिनेट जति व्यक्तिगत कुराकानी भएको थियो। दुबैबीच ठट्टासमेत भएको थियो।

    ११ बजेको फ्लाइट डिले भएर एक बजेपछि भैरहवा उडेका ओलीका साथमा मानन्धरसँगै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेता साथमा थिए। त्यसैगरी पोखरा हिँडेका स्थायी समिति सदस्य खगराज अधिकारी पनि वेटिइङमा थिए।

    Posted in कला /जीवनशैली, मुख्य खबर, राजनीतिLeave a Comment on विमानस्थलमा राजेश हमालसँग ओलीको जम्काभेट हुँदा…

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P