• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: कला /जीवनशैली

रेखा र ऋचा भन्छन्- नाबालिगको संरक्षण गर्नु समाजको दायित्व हो

  • १८ फाल्गुन २०७८, बुधबार ०९:१७ मा प्रकाशित
  • १७ फागुन, काठमाडौं । एक नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा अभिनेता पल शाह केही दिनदेखि जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा छन् ।

    प्रहरीले गत बुधबार नै पक्राउ पुर्जी जारी गरेपनि पललाई पक्राउ गर्न सकेको थिएन । गत आइतबार पलले प्रहरी कार्यालय पुगेर आत्मसर्मपण गरेका थिए । अदालतले पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।

    यो प्रकरणमा कलाकारहरुले आ-आफ्नै धारणा व्यक्त गरिरहेका छन् । अभिनेत्री रेखा थापाले २० वर्षमुनिका नाबालिका भएकाले उनीहरुको संरक्षण गर्ने दायित्व समाजको भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै भनेकी छन्, ‘२० वर्षमुनिका छोरीहरु बालिका हुन्, बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने हो । कोसँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुनु हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएको नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’

    रेखाको जस्तै भनाइ अभिनेत्री ऋचा शर्माको पनि छ । ऋचाले लेखेकी छन्, ‘मुलुकी अपराध संहिताले १८ वर्षमुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार हो भन्छ । कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेका कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो । राज्य भनेको हामी पनि त हौ नि । हैन र ? १८ वर्षमुनिकाको सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो । यति बुझौं नाबालिगकै करमा पनि कसैले सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न । मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण कानुनको सम्मान हो ।’

    ऋचाले घुमाउरो तरिकाले पलको पक्षमा लागेर उजुरी दिने गायिकाको चरित्र हत्या गर्ने समाजप्रति पनि आक्रोश व्यक्त गरेकी छन् ।

    यता, अभिनेत्री पूजा शर्माले पल शाह चाँडै नै फर्केर आउने र उनीसँग आफूले अर्को चलचित्रमा काम गर्ने बोलिरहेकी छन् । अभिनेत्री करिश्मा मानन्धरले पनि पलको पक्षमा आफू रहेको बताइन् । करिश्माले पललाई ‘स्टे स्ट्रोङ’ भन्दै शुभेच्छासमेत व्यक्त गरिन् ।

    करिश्मा र पूजाको यो अभिव्यक्तिमा केही अभिनेत्रीहरुले केटी मान्छे भन्ने बित्तिकै समाजमा हिलो छ्याप्ने प्रचलन व्याप्त रहेको बताए ।

    Posted in कला /जीवनशैली, समाजLeave a Comment on रेखा र ऋचा भन्छन्- नाबालिगको संरक्षण गर्नु समाजको दायित्व हो

    अभिनेता पल शाहविरुद्ध बलात्कारको अर्को जाहेरी

  • १५ फाल्गुन २०७८, आईतवार १६:०४ मा प्रकाशित
  • अभिनेता पल शाहविरुद्ध बलात्कारसम्बन्धी अर्को जाहेरी परेको छ।  इलाका प्रहरी कार्यालय नवलपुरमा आइतबार शाहविरुद्ध अर्को जाहेरी दर्ताको प्रक्रिया अघि बढेकोफ हो । यसअघि जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता भएपछि पक्राउ परिसकेका उनीविरुद्ध पीडित १७ वर्षीया गायिकाको परिवारले नवलपुर जिल्लास्थित इलाका प्रहरी कार्यालयमा पनि जाहेरी दिएका हुन् । जाहेरी दर्ताको प्रक्रियामा रहेको छ ।२०७७ चैत ७ गते राति गैँडाकोट नगरपालिका वडा नम्बर ७ स्थित गैँडाकोट रिपोर्टमा पल शाहले बलात्कार गरेको उजुरीमा उल्लेख छ । उनीविरुद्ध पीडितको तर्फबाट बुबासमेत तनहुँपछि गैँडाकोटमा पनि जाहेरी दिन पुगेका हुन् । इलाका प्रहरी कार्यालयले शाहविरुद्ध दोस्रो जाहेरी दर्ता भएको जनाएको छ । ​

    यसअघि, यही फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा शाहविरुद्ध पहिलो पटक करणीसम्बन्धी कसुरमा उजुरी दर्ता भएको थियो । पीडित किशोरीले पलले आफूलाई विवाहको प्रलोभनमा पारेर लामो समयदेखि पटक–पटक करणी गर्दै आएको हुनाले कानूनी कारबाहीको माग गरेको बताएकी छन् । गायिका अहिले १७ वर्ष मात्रै पुगेकी उनको परिवारले बताएको छ ।
    तनहुँ शुक्लागण्डकी नपा वडा नं ९ दुलेगौडा स्थित प्रदीप थापाको घर कोठामा अन्तिम पटक कसुर भएको भन्दै पहिलो पटक तनहुँ पुगेर उजुरी दर्ता भएको थियो । मुलुकी अपराध संहिताको दफा २१९ अनुसार १८ वर्षभन्दा कम उमेरकी नाबालिगसँग सहमतिमै यौन सम्बन्ध राखे पनि त्यसलाई जबरजस्ती करणी मानिन्छ । १६ वर्षदेखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ ।

    मिडियामा सार्वजनिक भएको अडियो रेकर्डमा पलले ती गायिकासँगको सम्बन्धलाई स्वीकार गरेका छन् । ती गायिका गर्भवती नभएका कारण आफूले जिम्मा लिनु नपर्ने र आफ्नो अर्कै गर्लफ्रेन्ड रहेको अडियोमा पलको भनाइ सुन्न सकिन्छ ।गायन क्षेत्रमा अघि बढिरहेकी आफूलाई प्रेमको नाटक रचेर पलले अन्याय गरेको भन्दै ती गायिका प्रहरी कार्यालयमा पुगेकी हुन् । यसअघि उनलाई पलले दुई वर्षपछि बिहे गर्छु भन्दै आफ्नो प्रभावमा राखेका थिए ।
    उजुरी परेपछि शाह फरार रहँदै आएकामा आज उनी आफै तनहुँ पुगेर प्रहरीमा आत्मसमर्पण गरेका हुन् । प्रहरीमा उपस्थित हुनुअघि उनले स्वास्थ्य समस्या र घरायसी व्यवहार मिलाउनु पर्ने भएकाले प्रहरीमा उपस्थित हुन ढिलाइ भएको बताएका थिए ।

    Posted in कला /जीवनशैली, ताजा अपडेटLeave a Comment on अभिनेता पल शाहविरुद्ध बलात्कारको अर्को जाहेरी

    वरिष्ठ कलाकार लामाको निधनबारे अनुसन्धान भैरहेको छ : प्रहरी

  • ११ फाल्गुन २०७८, बुधबार १२:४५ मा प्रकाशित
  • काठमाण्डाै – वरिष्ठ कलाकार एंव लोक गायक जयनन्द लामाको निधनबारे अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

    लामाको बिहान ज्यान गएको भन्दै प्रहरीलाई आफन्तले खबर गरेका थिए । लामाको भक्तपुरमा रहेको आफ्नै निवासमा निधन भएको हो । गएराति ९ बजे मिटिङ भन्दै काठमाण्डौ बौद्ध गएका लामा बा ३ च ७७४१ नम्बरको कारमा फर्किनु भएको थियो । तर, खुट्टा कारमा र शरीर घोप्टो परि टाउको भुइँमा जोतिएको अवस्थामा भेटिएको  परिवारका सदस्यले बताएका प्रहरीले जनाएको छ ।उहाँको  टाउकोमा चोट लागेको भनिए पनि निधन हुनुको कारण खुलेको छैन । यसबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । लामा लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय हुनुहुन्थ्यो । उहाँले धेरै नेपाली चलचित्र, टेलिश्रृंखला, नाटकमा अभिनय गर्नु भएको छ ।   

    Posted in कला /जीवनशैलीLeave a Comment on वरिष्ठ कलाकार लामाको निधनबारे अनुसन्धान भैरहेको छ : प्रहरी

    चर्चामा स्वस्तिमा खड्काको नयाँ ‘लुक्स’

  • २६ माघ २०७८, बुधबार २२:३९ मा प्रकाशित
  • अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहेको फिल्म ‘चिसो मान्छे’ को पोस्टर सार्वजनिक भएको छ।

    मंगलबार स्वस्तिमाले आफ्नो सामाजिक सञ्जालमा उक्त पोस्टर राखेलगत्तै यसको खुबै चर्चा भइरहेको छ।

    पोस्टरमा स्वस्तिमाको ‘लुक्स’ लाई धेरैले तारिफ गरेका छन्।

    स्वस्तिमा सुदूरपश्चिम पहाडी जिल्लाकी महिलाको हुलियामा छिन्। नाकमा बुलाकी, चौबन्दी र गुन्यु लगाएकी उनी झोला बोकेर उभिएकी छन्। उनको यही हुलियाको अहिले सामाजिक सञ्जालमा चर्चा भएको हो।

    फिल्म चिसो मान्छे दीपेन्द्र के खनालले निर्देशन गरेका हुन्।

    यही पोस्टर र स्वस्तिमाको हुलियाबारे सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘नेपाली चलचित्रको इतिहासमै पोस्टर सार्वजनिक गर्दा यति धेरै चर्चा भएको पहिलो पटक होला।’

    पोस्टर सार्वजनिक भएपछिको चर्चाले खुसी लागेको उनले बताए। खनालले चलचित्रको पोस्टर सार्वजनिक हुँदा ट्रेलर सार्वजनिक भएजस्तो अनुभव भइरहेको पनि सुनाए।

    ‘पोस्टरको प्रतिक्रियाहरू देखेर खुसी सँगसँगै डर पनि लागेको छ,’ उनले भने, ‘यस प्रकारको प्रतिक्रियाले चलचित्रमा दर्शकको अपेक्षा बढ्ने र त्यो पूरा गर्ने जिम्मेवारी थपिन्छ। त्यसैले थोरै डर पनि लागेको छ।’

    अभिनेत्री स्वस्तिमा खड्काले पनि दर्शकले यस चलचित्रबाट फरक अनुभूति प्राप्त गर्ने बताइन्।

    उनले यो पात्रमा प्रवेश गर्न दुई हप्ता मेहनत गरेको तथा फरक भूमिकामा काम गर्न पाएकामा आत्मविश्वासी भएको पनि बताइन्।

    ‘यस्तो प्रकारको भूमिका कलाकारले सधैं पर्खेर बसेको हुन्छ। यसरी निर्देशकले आफूलाई विश्वास गर्दा खुसी लागेको छ,’ उनले सेतोपाटीसँग भनिन्।

    निर्देशक दीपेन्द्रका अनुसार चलचित्र चिसो मान्छे एउटा ‘ट्राभल स्टोरी’ हो।

    चलचित्रमा वैदेशिक रोजगारीमा गएका युवकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंबाट बाजुरासम्म पुर्‍याउँदाको कथा समेटिएको छ।

    पोष्टरमा देखिएकी स्वस्तिमा पुष्पा नामकी २० वर्षीया महिला हुन्। वैदेशिक रोजगारमा गएका उनका श्रीमानको मृत्यु भएको हुन्छ। काठमाडौंबाट श्रीमानको शव लिएर बाजुरा फर्किने पुष्पाको यात्रा नै फिल्मको मुख्य कथा हो।

    यो फिल्म यही असार ३ गते रिलिज हुँदैछ।

    साभार :सेतो पाटी डटकमबाट

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on चर्चामा स्वस्तिमा खड्काको नयाँ ‘लुक्स’

    तेजस्वी बनिन् नयाँ ‘बिग बोस’

  • १७ माघ २०७८, सोमबार १०:०४ मा प्रकाशित
  • काठमाडौं। लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’मा तेजस्वी प्रकाश नयाँ विजेता बनेकी छन् । विजेता बनेसँगै तेजस्वीले ट्रफीका साथ ४० लाख रुपैंयाँ पुरस्कार पनि जितिन् ।शोमा प्रतीक सहजपाल फस्ट रनरअप र करण कुन्द्रा सेकेण्ड रनरअप बने । आइतबार राती भएको फिनालेमा निशान्त भट्ट, तेजस्वी प्रकाश, करण कुन्द्रा, प्रतीक सहजपाल र शमिता शेट्टीबीच ट्रफीका लागि कडा प्रतिष्पर्धा भएको थियो ।तर निशान्त १० लाख रुपैंयाँ लिएर शोबाट बाहिरिएका थिए । जसलाई शोका होस्ट सलमान खानले पनि सही निर्णय भनेका थिए । यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो ।अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक स्पर्धामा तेजस्वीले ‘बिग बोस १५’को उपाधि पोल्टामा पारिन् । शोको विजेता बनेसँगै तेजस्वी निर्मात्री एकता कपूरको लोकप्रिय टेलिभिजन शो ‘नागिन’को ‘नयाँ नागिन’ घोषित भइन् ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैलीLeave a Comment on तेजस्वी बनिन् नयाँ ‘बिग बोस’

    साप्ताहिक उदक अभ्यासको ३६औं शृङ्खला सम्पन्न; ८६ जना उदक स्रष्टाहरूको सहभागीता

  • ८ माघ २०७८, शनिबार २०:२९ मा प्रकाशित
  • काठमाडौ, ०८ माघ । साप्ताहिक उदक लेखन अभ्यास शृङ्खलाको ३६ औं भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त अभ्यास कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८६ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन अभ्यास शृङ्खलाका प्रशिक्षक एवं उदक साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।

    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा अभ्यास शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।

    शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरि एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यास शृङ्खलाका लागि राखिएको तस्बिर

    तस्बिरमा उदक अभ्यास शृङ्खलामा सहभागी स्रष्टाहरूका उदकहरू

    १//
    भरिया
    संघर्षरत यात्रा
    दुखी जिन्दगिको जात्रा!

    राम न्यौपाने

    २//
    चम्क्यो
    जठाराग्निको ज्वाला
    लम्क्यो ठुल्दाई उकाला !

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    ३//
    समृद्धि
    भरिया दाजु
    पिठ्युँ भाच्ने भारी !

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    ४//
    जिन्दगी
    बोकेर भारी
    पूरा गर्नुछ जिम्मेवारी!

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    ५//
    भरिया
    पिठ्युँमा भारी
    अविकसित ठाउँको यथार्थता!

    राजाराम रत्गैंया, अमौरा कैलाली

    ६//
    उकालो
    पिठ्युमा भारी
    जीवन जिउने तयारी!

    घनश्याम पौडेल,पोखरा

    ७//
    उकालो
    पिठ्युँमा भारी
    भरिया दाइको जीन्दगानी!

    हिमाल अम्मै घोडाघोडी कैलाली

    ८//
    मेहनत
    जीवन भरी
    पेट सधै खाली!

    रमा पन्त

    ९//
    नियति
    ईन्द्रको स्वर्गासन
    वलिको पाताल बास!

    कण्ठराज गिरी

    १०//
    भारी
    भरियाकाे लक्ष्मी
    सँधै पसिनाले स्नान !

    नवराज भट्ट
    महेन्द्रनगर

    ११//
    भरिया
    ठूलो भारी
    परिवार पाल्ने बाध्यता!

    इन्दिरा देवकोटा
    कपिलवस्तु न पा ३

    १२//
    जिन्दगी
    बोकेर भारी
    जीवन पाल्ने मजबुरी !

    सविता के.सी., काठमाडौँ ।

    १३//
    भरिया
    पिठ्युँमा भारी
    परिवार सम्हाल्ने जिम्मेवारी!

    केशब न्यौपाने, नुवाकोट

    १४//
    भरिया
    ठूलो भारी
    उकालोमा पैदल सवारी!

    रचना शर्मा प्रतीक्षा, ललितपुर

    १५//
    भरिया
    बोकेर भारी
    जीवन चलाउन बाध्यता!

    सरस्वती श्रेष्ठ इटहरी

    १६//
    भरिया
    कठिन जिन्दगी
    जिउन गर्दै उकालीओराली!

    राज कुमार राजभण्डारी खाेटाङ्गे
    भक्तपुर ।

    १७//
    भारी
    उकालो बाटो
    कष्टकर पहाडी जीवन!

    बलराज गिरी कैलाली

    १८//
    भारी
    बोकेर पिठ्युँमा
    गर्दै जीवनमा उकालीओराली!

    सरस्वती वली
    बर्दिया

    १९//
    भरिया
    पापी पेट
    थिचिएरै बित्यो जिन्दगी!

    गोपालप्रसाद पाैड्याल
    विराटचोक, मोरङ

    २०//
    नेपाल
    विकट हिमालय
    नेतृत्वको खराब नियत!

    सिबि आले मगर

    २१//
    जीवन
    दुई विकल्प
    खोरिया या भरिया!

    श्रीकृष्ण शर्मा पोखरा

    २२//
    भरिया
    जीवन जिउन
    भारी बोक्नुपर्ने बाध्यता!

    देवेन्द्रराज शाक्य बुटवल रुपन्देही

    २३//
    बोकेर
    साहुँको भारी
    जीबन बित्यो यसरी!

    दर्बेन्द्र लबरकोटे
    स्याङ्जा

    २४//
    संघर्ष
    जीवनकाे बाटाे
    थाकेर सुख नपाइने!

    रामराजा के. सी.
    फर्पिङ , काठमाडौं

    २५//
    भरिया
    देवता बाटोको
    सहयोग सधैं अरूको!

    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    २६//
    परीश्रम
    पेटका निम्ति
    जीन्दगीको खुड्किलो उक्लँदै ।

    प्रेम थापा “मन”बागलुङ

    २७//
    जीवन
    भारी बाेकेर
    अनवरत् सङ्घर्ष यात्रा!

    सुधा बासकाेटा ढकाल

    २८//
    गरिबी
    घरमा परिवार
    शिरमा ठूलो जिम्मेवारी !

    शिव ज्ञवाली
    रु रु १ गुल्मी

    २९//
    गरिब
    बोकेर भारी
    पूरा गर्दैछ जिम्मेवारी !

    पशपती राई खोटाङ

    ३०//
    भरिया
    गह्रुङ्गो भारी
    जिन्दगी चलाउँदै यगरी ।

    रमेश प्रभात

    ३१//
    भरिया
    ढुवानीकाे माध्यम
    बिकट भाैगाेलिक धरातल ।

    नारायण प्रसाद उपाध्याय , कैलाली ।

    ३२//
    भरिया
    गर्दै जीवन्त
    उकालो अनि ओरालो!

    रिता खराल,रुपन्देही

    ३३//
    जिन्दगी
    पिठ्युँमा भारी
    छैन हाम्रो घरबारी!

    तेजप्रसाद खनाल
    लमही दाङ।

    ३४//
    बोकेर
    पिठ्युँमा भारी
    परिवार पाल्ने सपनी!

    धर्मी शाक्य,बुटवल ,रुपन्देही

    ३५//
    भरिया
    कहालीलाग्दो अवस्था
    कष्टकर दु:खी जीवन!

    सुरेशचन्द्र घिमिरे

    ३६//
    भरिया
    लठ्ठीको सहारामा
    बोक्दै भारी पहरामा !

    धनमाया चौधरी कैलाली

    ३७//
    परिश्रम
    भरियाको जिन्दगी
    जहिल्यै बोकेर खानुपर्ने!

    खेमराज पुरी
    कैलाली हाल मुम्बई

    ३८//
    भरीया
    सहारा लौरोको
    जिवन धान्न कठिनाइ!

    लक्ष्मी बस्याल बर्दिया

    ३९//
    जीवन
    गह्रौँ भारी
    गन्तव्य त्यो डाँडापारी!

    कमला देवकोटा, पाल्पा

    ४०//
    जिन्दगी
    गर्दै उकालीओराली
    दु:ख बिसाउने चौतारी !

    अबोध निर्मल, कैलाली

    ४१//
    जीवन
    गर्दै उकालोओरालो
    साहुको भरिया विश्वासीलो!

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    ४२//
    बाध्यता
    भारीकाे बाेझा
    गाउँका गरिब साेझा!

    रामकृष्ण दवाडी

    ४३//
    भरिया
    बोकेरै भारी
    गर्दछ पुरा जिम्मेवारी!

    मंगला उपाध्याय
    बारा कलैया १

    ४४//
    जिन्दगी
    खेपेर भारी
    उकाली अनि ओराली!

    समुन्द्रा शर्मा

    ४५//
    राहत
    भरियाको भारी
    पहाडी जीवनकाे खुसीयाली !

    टीकाराम जाेशी, टीकापुर।

    ४६//
    जीवन
    पिठ्युँमा भारी
    लौरीको साहारामा उकाली!

    सुमित्रा पोखरेल काठमाडौं

    ४७//
    परिश्रम
    बोझा भारी
    परिवार धान्न कल्याणकारी!

    जमुना कायस्थ

    ४८//
    भरिया
    बाेकेर भारी
    फत्ते गर्छ जिम्मेवारी!

    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ४९//
    भरिया
    बाेकेर भारी
    निर्वाहकाे आधार साथी !

    श्रद्धा आचार्य , पोखरा

    ५०//
    उकालाे
    लठ्ठीकाे साहारा
    भरियाकाे कठिन जिन्दगी!

    भावना मन्जु
    झापा- हाल – माेरङ

    ५१//
    भारी
    उकाली ओराली
    सुन्दर पिपल चौतारी!

    संझना कुसुम
    कास्की

    ५२//
    भरिया
    बोकेर भारी
    सधै खुसीले रमाउँछन्!

    टीकापुर( बि के विरही)

    ५३//
    भरिया
    जिन्दगीको कथा
    पिठ्युँमा पीडाको पहाड !

    आर्त अकुलीन, कैलाली

    ५४//
    नियति
    प्राकृतिक धरातल
    भरियाको कष्टकर जीवन!

    उर्मिला पन्त माण्डेय
    ज्ञानेश्वर , काठमाण्डौँ*

    ५५//
    जिन्गी
    मुन्टक् भारी
    सहके डुनियाँ डारी ।

    सागर कुस्मी, कैलाली ।

    ५६//
    भरिया
    गह्रुङ्गो भारी
    परिवार पाल्ने जिम्मेवारी!

    वासुदेव ज्ञवाली
    पाल्पा,तानसेन-१

    ५७//
    भरिया
    उकालो बाटो
    कठिन जिन्दगीको पाटो!

    मन्दिरा सेढाई
    मलेखु,धादिङ

    ५८//
    भरिया
    सन्तानका सपना
    कहिले फुल्ला बिपना

    खगेन्द्र बस्याल
    तिलोत्तमा ९ रुपन्देही

    ५९//
    भारी
    होला गर्हौ
    हिड्नु हजुर बिस्तारै!

    राजेश भट्टराई
    सैनामैना ११,रुपन्देही

    ६०//
    भरिया
    स्वप्ना बेचेर
    पर सपना बाहक !

    कर्ण थापा, कैलाली

    ६१//
    जिजीविषा
    बाध्यताकाे पेट
    जिन्दगी पेटकाे भरिया !

    जनार्दन धड्कन ।

    ६२//
    भारी
    साहुँको भकारी
    पुग्नुछ नौ डाँडापारी!

    दुर्गा अधिकारी भमरकोटे
    हाल, कपन काठमाडौं ।

    ६३//
    जीवन
    गर्दै उकालोओरालो
    बिसाउँने भञ्झ्याङ चौतारो !

    शारदा आचार्य
    ललितपुर !

    ६४//
    भारी
    बोकेर जिम्मेवारी
    लौ आयो सवारी!

    इश्वरी अधिकारी

    ६५//
    उकालो
    पिठ्युँमा भारी
    पेट पाल्ने मजबुरी।

    रघु थापा
    सु न पा १.

    ६६//
    भरिया
    कठिन जिन्दगी
    यात्रा बिसाउने ठाउँ!

    मिलन के.सी.(थापा) पोखरा

    ६७//
    जीवन
    चढ्दै उकाली
    पिठ्युँमा सपनाको भारी!

    अशोक थापा, कैलाली

    ६८//
    बिसाउन
    गह्रौं भारी
    पाइन सुखकाे छहारी!

    इन्दिरा ज्ञवाली
    तानसेन,पाल्पा

    ६९//
    भारी
    बोक्छ भरिया
    कसैको हैन करिया!

    (बि के विरही)टीकापुर

    ७०//
    परिश्रम
    गराैँ सधैं
    अरूकाे भर नपरी!

    ताेयानाथ सुवेदी
    काडाघारी

    ७१//
    ढाक्रे
    ढाडमा भार
    खाली छ उदर!

    शम्भु गजुरेल
    नुवाकोट

    ७२//
    भरिया
    समयकाे निर्णय
    गर्दै उकालीओराली जीवन ।

    राेशन पराजुली,धरान।

    ७३//
    पिठ्युँमा
    भारी बोकेर
    अनवरत चढ्दै उकालो!

    सुशीला पौडेल

    ७४//
    भरिया
    बोकेर भारी
    पुग्छ गन्तव्यको चौतारी!

    सरस्वती श्रेष्ठ

    ७५//
    भरिया
    डाेकाकाे भारी
    बलिया पाखुराकाे राेजगारी !

    टिकाराम जोशी

    ७६//
    कठिन
    भरियाको यात्रा
    मिठो पसिनाको कमाइ !

    पुष्पशायरा
    विराटनगर

    ७७//
    भरिया
    बाेकेर भारी
    जिन्दगी खेलकाे जुहारी !

    भवानी घिमिरे
    सर्लाही

    ७८//
    भारी
    पसिना झारी
    निरन्तर श्रम जारी !

    डम्बर पहाडी
    काठमाडौँ

    ७९//
    भरिया
    यात्रा कठिन
    निरन्तर संघर्ष जीवनमा !

    दुर्गा भट्टराई
    मोरङ

    ८०//
    धर्म
    गरेर परिश्रम
    मेरो जीवन कर्म!

    संझना कुबँर

    ८१//
    बाध्यता
    मनभरी छोराछोरी
    मीठो गासको सपना!

    किशोर खनाल
    तानसेन १,पाल्पा।

    ८२//
    भरिया
    ढुवानीकाे साधन
    दूरदराजका पहाडी बस्तीकाे!

    प्रद्युम्न चालिसे

    ८३//
    जीवन
    सङ्घर्षको पाटो
    गरी खाने बाटो !

    डा. रेजु बुढाथोकी, काठमाडौँ ।

    ८४//
    जीवन
    हुन्छ सफल
    कठोर संघर्ष गरेर !

    विक्रम तिरुवा सलिन
    जुम्ला

    ८५//
    सवार
    भरिया बिचरा
    गोरेटो घोडेटो खतरा !

    बिके माकजु ,भक्तपुर ।

    ८६// भरिया
    पसिना बगाउने
    साहुँ जतिले कमाउने !

    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती न.पा.-३ ,काभ्रे, कुशादेवी।

    जय उदक ! जय साहित्य !!

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक उदक अभ्यासको ३६औं शृङ्खला सम्पन्न; ८६ जना उदक स्रष्टाहरूको सहभागीता

    आजबाट बुस्टर मात्रा खोप, कहाँ-कहाँ पाइन्छ?

  • ३ माघ २०७८, सोमबार ०७:४६ मा प्रकाशित
  • सरकारले काठमाडौंमा कोरोनाविरूद्ध बुष्टर मात्रा खोप दिन सुरू गरेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका अनुसार काठमाडौंका विभिन्न १७ स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिने भएको हो।

    तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरूका लागि बुस्टर मात्रा उपलब्ध हुने महाशाखाले जनाएको छ।

    गत पुस २८ को मन्त्रिस्तरीय निर्णयबाट माघ २ देखि बुष्टर मात्रा खोप दिने गरी पत्राचार भएको थियो।

    काठमाडौंमा आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि केही तयारी नपुगेपछि सोमबारदेखि खोप लगाइने भएको हो।

    अहिले खोप सञ्चालन भइरहेका काठमाडौं जिल्लाभित्रका १७ खोप केन्द्रबाट बुस्टर मात्रा लगाउन सकिने स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले जानकारी दिए।

    बुस्टर मात्रा लगाउन दुवै मात्रा खोप लगाएको कम्तीमा ६ महिना पूरा हुनुपर्नेछ।

    माघ दोस्रो सातादेखि भने ६० वर्ष र त्यसभन्दा माथिका व्यक्तिहरूलाई बुष्टर मात्रा खोप लगाइनेछ।

    उनीहरूलाई माघ १४ देखि खोप लगाइनेछ।

    कहाँबाट लगाउने बुस्टर खोप
    सशस्त्र प्रहरी बल अस्पताल बलम्बु, सहिद मेमोरियल अस्पताल कलंकी, विरेन्द्र सैनिक अस्पताल छाउनि,लोट्से भवन नयाँ बसपार्क, नेपाल प्रहरी अस्पताल महाराजगन्ज, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेक, बयोधा अस्पताल बल्खु, प्रसूति रोग तथा स्त्रिरोग अस्पताल थापाथली, निजामती अस्पताल नयाँबानेश्वर र एपेक्स पोलिक्लिनक जडिबुटीबाट खोप लगाउन सकिन्छ।

    यस्तै काठमाडौं मोडल अस्पताल प्रदर्शनीमार्ग, पिपुल्स डेन्टल कलेज एन्ड हस्पिटल सामाखुसी, जनमैत्री अस्पताल बालाजु, नर्भिक अस्पताल थापाथली, शुभेच्छा अस्पताल सीतापाइला र नोबेल अस्पताल सिनामंगलबाट कोभिडविरुद्धको खोप निःशुल्क लगाउन पाइने स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on आजबाट बुस्टर मात्रा खोप, कहाँ-कहाँ पाइन्छ?

    ‘द भ्वाइस किड्स’कोे उपाधि टिम प्रमोेदका जेनिशलाई:

  • २ माघ २०७८, आईतवार ०६:१८ मा प्रकाशित
  • हिमालय टीभी एचडीबाट प्रशारण भएकोे ‘द भ्वाइस किड्स’कोे पहिलोे सिजनकोे उपाधि जेनिश उप्रेतीले जितेका छन् । शुक्रबार र शनिबार बेलुकी ८ बजेबाट योे शोे प्रशारण हुँदै आएको थियो । हरेक टिमबाट २ जना प्रतिस्पर्धीले फाइनलमा प्रतिस्पर्धा गरेका थिए ।

    अन्तिम प्रतिस्पर्धामा पुगेका ८ जनामध्येबाट टिम प्रमोदबाट अन्तिम प्रतिस्पर्धामा पुगेका जेनिशले जितेका हुन् ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on ‘द भ्वाइस किड्स’कोे उपाधि टिम प्रमोेदका जेनिशलाई:

    माघे संक्रान्ति: नेपालका भिन्न समुदायको साझा पर्व

  • १ माघ २०७८, शनिबार ०४:०४ मा प्रकाशित
  • १ माघ, काठमाडौं । माघ १ गते नेपालका अधिकांश जाति समुदायको साझा पर्वहरुको संगम हो । विशेष गरि हिन्दू, बुद्धमार्गी र किराँत समुदायको साझा पर्वको दिन हो माघ १ अर्थात माघे संक्रान्ति ।

    हिन्दू समुदायले माघे सक्रान्ति अर्थात मकर संक्रान्तिका रुपमा रुपमा मनाउने यो दिनलाई मगर समुदायले माघे सकराती भनेर मनाउने गरेका छन् । त्यस्तै थारु समुदायले माघी र खिचरा पर्वका रुपमा मनाउने यो दिनलाई राई समुदायले येले थेचे र सुनुवार समुदायले सामी पिदार पर्वका रुपमा मनाउँछन् ।

    नेपालका अधिकांश समुदायको साझा चाड रहेकाले माघे संक्रान्तिका दिन सरकारले सार्वजनिक विदा दिएको छ । समुदाय विशेषमा यो पर्व मनाउने तरिका भने फरक छ । तर सबैले आपसमा भेटघाट, रमाइलो र आफ्ना परम्परागत परिकारहरुका साथमा यो पर्व मनाउछन् ।

    थारुको माघी महान पर्व

    थारु समुदायले माघे संक्रान्तिलाई ‘माघी’ भन्छन् भने यो थारु समुदायका लागि महत्वपूर्ण चाड हो । माघी पर्व मेचीदेखि महाकालीसम्मका थारु समुदायले विशेष उल्लासका साथ मनाउँछन् । मध्य र सुदूरपश्चिमका थारु समुदायको बस्तीमा माघी उत्सव विषेश खालको हुने गर्छ ।

    माघ १ गते थारु समुदायको नयाँ वर्ष सुरु हुन्छ । थारु समुदायमा ‘माघी पर्वमा पुरानो वर्षको समिक्षा र आगामी वर्षको लागि नयाँ योजना बनाउने काम गरिन्छ,’ दाङ क्षेत्रनम्बर एकबाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी भन्छन्, ‘मान्यजनहरूसँग आशिर्वाद लिने, आफूभन्दा सानालाई आशिष दिने र सम्बन्धहरू नविकरण गर्ने दिन हो ।’

    माघी मनाउन थारुहरु विदा लिएर टाढा-टाढाबाट आफ्नो गाउँघर फर्किन्छन् । चेलिबेटीहरूलाई घरमा बोलाउने, मिठा परिकार खाने-खुवाउने र नाचगान गाउने चलन छ । माछा, सुँगुरको मासु, मुसाको मासु, घोंगी, ढिक्री, जाँड, रक्सि थारु समुदायका विशेष परिकार हुन् । यी परिकार पकाउनका लागि आवश्यक सामाग्रीहरुको जोहो गर्न दुई महिनादेखि दौडधुप सुरु हुन्छ ।

    थारु समुदायले गाउँको मुखिया चुन्ने काम पनि माघी संक्रान्तिमै गर्दछन् । साथै कमैया र कम्लहरी प्रथा नहटुन्जेलसम्म उनीहरुले काम जारी राख्ने कि छाड्ने निधो पनि यही दिनमा हुन्थ्यो । हाल कमलरी र कमैया प्रथा हटिसके पनि जमिन्दारहरुको खेतबारी जोत्ने (अधिया लगाउने) काम भने कायमै छ र यसको निर्णय पनि माघ महिनामै गर्ने चलन कायमै छ ।

    माघ महिनामा मघौटा नाच नाच्ने गरिन्छ । सो नाचमा गाइने ‘सखिय हो, माघीक गुरी-गुरी जाँड’ भन्ने गीत निकै चर्चित पनि छ ।

    किराँतको नयाँ वर्ष ५०७८

    माघे संक्रान्तिसँगै सोमबारबाट किराँत नयाँ वर्ष ५०८२ पनि सुरु भएको छ । पूर्वमा ताप्लेजुङसँगै पाँचथर, तेह्रथुम, इलाम, धनकुटा र संखुवासभामा बसोवास गर्ने लिम्बू समुदायले सोमबार धुमधामका साथ किराँत नयाँ वर्ष मनाइरहेका छन् ।

    किराँती राजा यलम्बरको शासन सत्तासँग इतिहास जोडिएको किराँत सम्बत नेपाल सम्बत भन्दा ३ हजार ४ वर्ष जेठो रहेको छ । माघे संक्रान्तिलाई किराँत लिम्बूहरुले यले तङबेसँगै ककफेवा तङनाम भनेर पनि मनाउने गर्छन ।

    माघ १ बाट उच्च पहाडमा पाइने दुर्लभ प्रजातीको सेतो चाँप फुल्ने भएकाले मकर संक्रान्तीलाई ककफेवा तङनाम भनिएको हो । अाजको दिन लिम्बूहरु परम्परागत भेषभुषामा सजिएर आफन्तकहाँ जाने, धान नाच र च्याबु्रङ नाच्ने तथा मान्यजनका हातबाट बनतरुल पोलेर टिका ग्रहण गर्ने परम्परा रहेको छ ।

    पाँचथरको फिदिम, शिलौती, लब्रेकुटी, काबेलीसँगै ताप्लेजुङ,,तेह्रथुम र धनकुटा सहित विभिन्न स्थानमा किराँत नयाँ वर्षका अवसरमा लिम्बू समुदायले खुशी साटासाट गरिरहेका छन् ।

    हिन्दूको साँस्कृतिक चाड

    माघे संक्रान्ती पर्वलाई स्थान विषेशअनुसार मनाउने चलन छ । पहाडी भूभागमा बस्ने ब्राम्हण समुदायले बिहानै नुवाई धुवाई गरेर खिचडी खाने गर्छन् । घ्यु, मासको दाल र चामल मिसाएर खिचडी बनाएर खाने चलन छ ।

    घ्यु र चाकु पनि खाने चलन छ । पहाडी क्षेत्रमा विषेश त सखरखण्ड, तरुल र पिँडालु उसिनेर खाने चलन छ । कतिपयले घरमा मासको फुरौला पनि बनाउँछन् । दिउँसोको खाजाको रुपमा सेलरोटी पकाएर खाने चलन पनि छ ।

    धार्मिक मान्यता अनुसार पनि माघ महिना विषेश हुन्छ । सामान्यतया पुस महिनामा विवाह व्रतबन्ध जस्ता कार्यक्रम नहुने हुँदा माघ सुरु भए लगत्तै विवाहलगायत शुभकार्य गर्ने चलन छ । गाउँघरमा माघ लागेपछि जाडो सकिएर गर्मी सुरु हुने विश्वास पनि छ ।

    Posted in कला /जीवनशैली, मुख्य खबरLeave a Comment on माघे संक्रान्ति: नेपालका भिन्न समुदायको साझा पर्व

    के टिकटकमा लाइभ बस्नेबित्तिकै पैसा कमाइन्छ? टिकटकले बढाउँदैछ, भिखारी र सेलिब्रेटी !

  • २७ पुष २०७८, मंगलवार ०६:२८ मा प्रकाशित
  • नेपालमा लाखौँ मानिसले टिकटक प्रयोग गरिरहेका छन् । यसको प्रयोगकर्ता दैनिक बढिरहेका छन् । नेता, कलाकार, पत्रकार, युवा सबै टिकटकमा झुमिरहेका छन् । सन् २०१६ देखि चीनबाट सुरु भएको टिकटकले अहिले घरघरमै कलाकार उत्पादन गर्न थालेका छ !

    सुरूमा यसलाई सबैले मनोरञ्जनका रुपमा लिन्थे । तर, अहिले यो आयआर्जनको स्रोत बन्न पुगेको छ । पाँच मिनेटसम्मको भिडियो बनाएर अपलोड गर्न मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ ।

    सुरूमा यसमा १५ सेकेन्डको मात्रै भिडियो बनाउन मिल्थ्यो । लोकप्रियता बढेसँगै फिचरहरू थपिँदै गए । अहिले पाँच मिनेटसम्मको भिडियो बनाउन सकिन्छ । त्यसैगरी अहिले लाइभ बस्ने सुविधासमेत छ । निश्चित संख्यामा फ्लोआर भएपछि प्रयोकर्ता टिकटकमा लाइभ बस्ने र गेम खेल्ने सुविधा छ ।

    लाइभ बस्नेलाई अरु प्रयोगकर्ताले गिफ्ट दिन मिल्छ । लाइभका बेला अरू प्रयोकर्ताले दिएको गिफ्ट अन्ततः डलरमा रूपान्तरण गर्न मिल्छ । त्यसैले अहिले यसलाई धेरै प्रयोगकर्ताले आयआर्जको स्रोत बनाउँदै लगेका छन् ।

    टिकटकबाट एक–दुई जनाले टन्नै पैसा कमाए भन्ने सुनेर अहिलेका युवापुस्ता त्यसैमा लागिपरेका छन् । टिकटकमा हिट हुने, आफ्नो फ्लोअर बढाउने, लाइभ बस्ने र पैसा कमाउने भोकले धेरैले अनेक हरकत गर्न थालेका छन् । भाइरल हुने चक्करमा जस्तोसुकै जोखिम मोल्नसमेत तयार हुन्छन् । यीमध्ये कसैको मृत्युसमेत भएको पाइन्छ । सेती नदीमा टिकटक बनाउँदा एक युवतीको मृत्यु र दाङका एक युवा झोलुंगे पुलबाट खसेर मृत्यु यसैको उदाहण हुन् ।

    टिकटकमा लाइभ बस्नेले पैसा कमाउन थालेको धेरै भएको छैन । केही महिना अघिदेखि मात्रै यसको चर्चा चल्न थालेको हो । अहिले टिकटक लाइभमा बसेर लाखौँ, करोडौं कमाएका हल्लाहरु सुनिन्छ । टिकटक लाइभबाट घर, गाडी र जग्गा किनेँ भनेरसमेत युट्युबमा अन्तवार्ता दिँदै हिँड्ने भेटिन्छन् ।

    लाइभ बसेर एकैदिन चार–पाँच लाख कमाइ हुने उनीहरूको दाबी छ । दिनको सात–आठ घन्टा लाइभमा बस्दा महिनामा २५ देखि २६ लाख कमाइ हुने उनीहरूको अन्तर्वार्तामा सुन्न सकिन्छ । उनीहरूलाई सेलिब्रेटी भनेर सम्बोधन गरिन्छ । जसको धेरै फलोअर, उनै ठूलो सेलिब्रेटी ! उनीहरू आफैंलाई सेलिब्रेटी ठान्छन् !
    टिकटक स्टार सेलिबे्रटी नै हुन् । मजस्ता एक–दुई जनाले सेलिब्रेटी नमाने पनि लाखौँले मानेका छन् । तर, ती सेलिब्रेटीको सबैभन्दा ठूलो काम हो– टिकटकमा लाइभ बस्ने अनि गिफ्ट माग्ने । उनीहरू कुनै राम्रो काम गरेर सेलिब्रेटी भएका होइनन्, अनेक हर्कत गरेर बनेका हुन् । उनीहरूको मुख्य उद्देश्य भनेको लाइभ बसेर गिफ्ट माग्ने अनि पैसा कमाउने । अर्थात उनीहरू भिखारी सेलिब्रेटी हुन् ।

    आफ्नो फलोअर एक हजारभन्दा बढी भएपछि लाइभ बस्न मिल्छ । टिकटक लाइभ हेर्ने दर्शकले इमोजी उडाएर गिफ्ट पठाउन मिल्छ । गिफ्ट पठाउन क्वाइनले किन्नुपर्छ । त्यसपछि गिफ्ट पठाउन सकिन्छ । अरुले पठाएको गिफ्टबापत लाइभ गर्ने ब्यक्तिको खातामा पैसा आइरहेको हुन्छ । त्यसरी लाइभ गर्ने भिखारी सेलिब्रेटी बढ्दै गएका छन् ।

    लाइभ बस्ने र गिफ्ट पठाउनेको संख्या धेरै भएपनि नेपालमा भने यो सुविधा छैन । लाइभ बस्ने नेपालीलाई गिफ्ट पठाउने भनेकै बाध्यताले विदेशिएका युवा हुन् । नेपालका लाखौँ युवा विदेशमा छन् । उनीहरूले गिफ्ट पठाउँछन् । त्यसैले टिकटकमा लाइभ गर्नेहरूले घर, गाडी र जग्गा किन्छन् ।

    लाइभमा बसेर ‘मेरो मुटु, मेरो धड्कन, मेरो कलेजो’ भनेपछि मनकारी नेपाली दुई, चार डलर गिफ्ट दिन आनकानी गर्दैनन् । चाहे त्यो दाँतबाट पसिना निकालेर कमाएको पैसा होस् या जुवा जितेरै किन नहोस् ।

    त्यसैले भन्ने गरिन्छ– ‘धनभन्दा मन ठूलो’ । तर, अर्काको देशमा पसिना बगाएर कमाएको पैसा ‘मेरो मुटु, मेरो धड्कन’ भन्दै दिनेको मनचाहिँ कत्रो होला ? घरमा दमले बुढा बा–आमा बोल्न नसकिरहेको बेला ‘मेरो नाकमा ट्यापट्याप गर्नुहोस्’ भन्नेलाई आफूले पसिनासँग साटेको पैसा पठाउने युवालाई चाहिँ मान्नैपर्छ ।

    केही समयअघि धनगढीका अंशु बर्माले टिकटकमा लाइभ बसेर एक करोड रुपैयाँभन्दा बढी कमाएको भन्दै केही युट्युबरलाई अन्तर्वार्ता दिएका थिए । त्यस्तै, काभ्रेकी मन्दिरा ढुंगानाले पनि ‘टिकटक लाइभबाट महिनामा ७०–८० लाख कमाएँ’ भनेर युट्युबरलाई अन्तर्वार्ता दिएकी छिन् ।

    बर्माको अन्तर्वार्तापछि धेरै कलाकार लाइभमा बस्न थाले । ठूलो पर्दामा गनिएका कलाकार पनि टिकटक लाइभमा देखिन थालेका छन् । अभिनेत्री वर्षा राउत, कलाकार तथा फिल्म निर्माता जयकिसन बस्नेत, गायिका रचना रिमाल, एलिना चौहान, समीक्षा अधिकारी, प्रताप दास, सागर आलेसमेत लाइभमा बस्न थालेका छन् ।

    उनीहरूले पनि टिकटकबाट लाखौँ कमाउने गरेको बताउन थालेका छन् । केही समयअघि पुण्य गौतमसमेत पैसाकै लागि दिनरात लाइभमा देखिन्थे ।

    टिकटकमा लाइभ बस्नेहरूलाई गिफ्ट दिनु तपाईंको इच्छाको कुरा हो । तर, आफूले विदेशी भूमिमा रगत पसिना बगाएर कमाएको डलर केही फलोअर्सको लोभमा गिफ्ट पठाउनु कतिको बुद्धिमानी हो ? त्यो सोच्ने जिम्मा तपाईँ आफ्नै हो । माग्नेहरूलाई पनि लाग्नुपर्ने हो– माग्नु आत्महीन कर्म, स्वाभिमानको अपमान ।

    केही दिनपछि मैले युट्युबमा भिडिओ देखें कि टिकटकमा सजिलै पैसा कमाउन सकिन्छ।मैले यति कमाएँ, त्यति कमाएँ भनेर प्रुफ देखाउँदै इन्टरभ्यु दिएको केही टिकटकरको कुरा सुनें।म छक्क परें। त्यसपछि यो विषयमा केही खोज तथा अनुसन्धान गर्न मन लाग्यो। त्यसपछि टिकटक स्क्रोल गर्दा देखेकी धेरैजसो टिकटक युजरहरू लाइभ आएर यो आयो, त्यो आयो, यो दिनुस् त्यो दिनुस् भनेको पाएँ।

    यो सब देख्दा म अचम्म परें। कसरी हुन्छ यस्तो लाइभ बसेर कराउँदैमा टन्नै पैसा कमाउने?एक हप्ता अगाडि मैले चिनेको एक जना दिदीलाई टिकटकमा भिख मगिरहेको अवस्थामा पाएँ। उहाँको भाषा थियो कि ‘मेरा डियर फ्रेन्डस मलाई गिफ्ट दिनुस्, छिटो छिटो, चस्मा लाइदिनुस्, मलाई कार चाहियो छिटो छिटोु भन्दै कराइ रहेको देखें।

    म जतिबेला टिकटक स्क्रोल गर्थे हरेक समय लाइभ आएर त्यही अवस्थामा पाउथ्ये उहाँलाई।यो हेर्दाखेरी सामान्य कुरा देखिन्छ तर यो अज्ञानता र अशिक्षाको ठूलो संकेत हो।लाइभ आउनु, गफ-गाफ गर्नु, टिकटक चलाउनु कुनै नराम्रो काम होइन तर दिन रात लाइभ आएर यो देऊ त्यो देऊ भनेर रोइ-कराइ गर्नु डरलाग्दो समस्या हो।

    एकजना नेतृ दिनरात टिकटकमा लाइभ आएर, गिफ्ट माग्दै बसिरहेकी हुन्छिन्।कुनैदिन म उनको लाइभमा पुगेछु र म एकछिन त्यहीँ अड्किएँ।

    मलाई उनको वैचारिक कुरा सुन्न मन लाग्यो। के रहेछ उनको विचार भनेर केहीबेर उनका कुरा सुनिरहे।म करिब ५ मिनेट उनको लाइभमा बसें।

    उनको लाइभमा अर्को एक जना व्यक्ति जोडिएका थिए।उनले नेतृलाई उनको राजनीतिक बुझाइ र देशको समसामयिक अवस्थासँग सम्बन्धित प्रश्नहरू सोधिरहेका थिए।तर लज्जास्पद कुरा ती नेतृ उनको प्रश्नको एउटा पनि चित्तबुझ्दो जवाफ दिनसकिरहेकी थिइनन्।

    प्रश्न सोधाइको तरिका र प्रश्नहरु सुन्दा स्पस्ट हुन्थ्यो कि कुनै पत्रकारले नेतालाई प्रश्न सोधिरहेको छ। ती नेतृको पूरा ध्यान पत्रकारको प्रश्नतिर थिएन उनको ध्यान थियो त गिफ्टतिर।

    यसो कमेन्ट सेसनतिर हेर्दा त्यहाँ नराम्रा कमेन्टहरू पनि प्रशस्तै थिए। तपाईंलाई लाज लाग्दैन जतिबेला पनि लाइभ आएर यसरी बस्न? जोसँग नि गिफ्ट माग्न? तर उनले ती कमेन्टलाई पूर्णरूपले बेवास्था गरिरहेकी थिइन्।

    मलाई यस्तो देख्दा निकै दु:ख लाग्यो। हेर्दा सुन्दा यो सामान्य कुरा देखिएता पनि यो जटिल विषय हो।एउटा देशको ठूलो पार्टीमा आबद्ध नेतृले टिकटकमा आएर त्यो लेबलको हर्कत देखाउनु निकै हाँस्यास्पद र लज्जास्पद विषय हो।

    भोलि तिनीजस्तै नेताले हो देश चलाउने!हामी देश विकास भएन भन्छौ यस्तै- यस्तै नेताले गर्दा हो।कतिसम्मको गरिब सोचले ग्रसित छन् हाम्रा देशका नेता/नेतृ भन्ने कुरा यो उदाहरणबाट प्रस्ट हुन्छ।अन्यथा नलागोस् सबै नेताहरू यस्तो छैनन्।राम्रा/असल नेताहरू पनि छन् र राम्रो नेताले यस्तो प्रवृत्ति पक्कै पनि देखाउँदैन।

    लगभग १-२ महिना जति भयो होला टिकटकमा प्रशस्त पैसा कमाउन सकिछ भनेर अधिकांश टिकटकर आफ्नो धेरैजसो समय टिकटक लाइभमा बिताइरहेको देखिन्छ।१००० फलोवर्स हुनेदेखि लिएर मिलियन्स फलोवर्स हुने सबै लाइभमा देखिन्छन्।

    अचम्म लाग्ने कुरा त ठूलो पर्दामा मूभि खेल्ने कलाकार, मोडेल समेत टिकटकमा लाइभ आएर घन्टौं समय बिताएको देखिन्छ।यो सब देख्दा लाग्छ कि कसरी मान्छेमा टिकटकमा लाइभ बस्ने बित्तिकै पैसा आउँछ भन्ने गलत बुझाइको सिकार बनेका छन्।

    टिकटकमा यसरी गिफ्ट मागेर रोइलो गर्नु आफ्नो धेरैजसो समय त्यही बिताउनु भनेको अज्ञानता, अशिक्षा र गरिबीको विकराल रोग हो।टिकटकमा लाइभ आएर झुण्डिएर रोइलो गर्ने समयमा मानिसले कुनै राम्रो पुस्तक पढ्ने हो भने उसमा राम्रो सोचको विकास हुनसक्छ।

    कुनै दिन दर्जनौ म्युजिक भिडिओ तथा नेपाली सिनेमामा ठूलो पर्दामा समेत अभिनय गरेर केही चर्चा कमाएकी एक जना हिरोइन समेत टिकटक लाइभ आएर गिफ्ट मागिरहेको देख्दा साह्रै दु:ख लाग्यो।
    उनको समस्या उनी लाइभ आउनु र गिफ्ट माग्ने कुरासँग मात्र नभएर उनको चेतनाको स्तर र अशिक्षासँग थियो। यो त एउटा उदाहरण मात्र हो हाम्रो देशका नायिकाहरू कसरी आफूलाई पब्लिकसँग आफ्नो हर्कत र चेतनाको स्तर पस्कनछन् भन्ने कुराको।

    बजारमा राम्रो छाप बनाएका गायक गायिकाहरू पनि टिकटकमा लाइभ आएर रोइलो देखाउने माम्लामा कमी छैनन्।गायक-गायिकाहरू पनि लाइभ आएर गिफ्ट मागिरहेको देखिन्छ।यो सब देख्दा दु:ख यो कुरामा लाग्छ कि हामी नेपालीहरूमा शिक्षा र चेतनाको निकै कमी छ।

    यदि मानिसलाई यति मेहनत गरेपछि यति पैसा कमाइन्छ। यसरी खोज गर्नुपर्छ, यति पुस्तक पढ्नुपर्छ यो-यो ठाउँमा जानुपर्छ, यति समय बिताउनुपर्छ भन्ने हो भने धेरै मानिसले त्यो काममा हात हाल्दैनन्। तर केही नगरी यसै लाइभ आएर बस्दैमा पैसा आउँछ भनेपछि मानिसको यति ठूलो भिड-भाड लागेको हो टिकटकमा।

    टिकटकमा गिफ्ट आउने भनेको क्रेडिट कार्ड प्रयोग गर्नेहरूबाट हो।जुन नेपालमा त्यति सजिलो छैन क्रेडिट कार्ड प्रयोग गर्न। जोकोहीले सजिलै क्रेडिट कार्ड प्रयोग गर्न त्यति सजिलो छैन नेपालमा।यो सब विदेशमा बस्ने नेपलीहरूले पठाउने रहेछन्। विदेशमा बस्ने नेपालीहरू धेरैजसो रोजगारीको सिलसिलामा गएका हुन्। विदेशमा पक्कै पनि सजिलै रूखमा पैसा फल्दैन।

    अर्काको देशमा गएर रगत-पसिना बगाएर कमाएको पैसा त्यति सजिलै दिनु भनेको सानो कुरा होइन। कसैले रगत-पसिना बगाएर अरूको भूमिमा गएर कमाएको पैसा आफूले मागेर लिएर प्रयोग गर्नु भनेको गरिबीको रोग हो।जो मान्छेले गिफ्ट पठाउँछ उ को हो कुन देशमा छ के गर्छ कसैले नि सोधेको देखिँदैन। गिफ्ट पाउने बितिक्कै उसलाई फलो गर्नुस् भनेको देखिन्छ।

    मात्र गिफ्ट पायो खुसीले गदगद भयो बस्यो। यो कतिसम्मको अशिक्षा र गरिबी हो?टिकटकमा रमाउने मानिसहरूको पनि कमी छैन। कतिपय मानिसहरूले टिकटकमा भरपुर आनन्द लिरहेका छन् र खुसी साटेको पनि पाइन्छ। कृष्ण तामाङ बेलायतमा बस्ने नेपाली महिला हुन्। उनको टिकटक भिडिओ हेर्दा लाग्छ उनी टिकटकमा निकै आनन्द लिइहेकी छन्। उनी टिकटकबाट एउटा लेबलको सेलिब्रिटी नै बनेकी छिन्।

    उनको भिडिओ निकै रमाइलो र सन्देशमूलक हुन्छन्। कुनै बनावटी नभएर ओरिजिनल देखिनछन्।उनको परिवार निकै मिलेको र खुसी र सुखी परिवार देखिन्छ। सब जना एक-आपसमा मिलेर बसेको र रमाइलो गरेको देख्दा धेरैलाई लाग्छ परिवार भनेको यस्तो होस् यस्तो हुनुपर्छ।

    उनी नेपालमा आएको बेलामा युट्युबरले उनको इन्टरभ्यू लिएका थिए र उनको इन्टरभ्यू निकै रमाइलो लाग्यो।उनलाई सोधिएको थियो तपाईंको भिडिओ धेरैले हेर्दो रहेछन्। निकै भ्युज रैछ कति कमाउनुभयो टिकटकबाट?उनले भनिन्-टिकटकबाट पैसा कमाउन सकिँदैन। टिकटक बनाउने भनेको रमाइलोको लागि हो।

    उनले उल्टै प्रश्न गरिन्- कहाँबाट आउँछ सित्तैमा टिकटकमा पैसा? ६० वर्ष कटेकी उनी टिकटक मात्र रमाइलोको लागि प्रयोग गर्दो रहिछन्। यो एउटा उदाहरण टिकटकमा रमाउने मानिसको। धेरै मानिसहरू छन् जसले टिकटकमा भरपुर आनन्द लिरहेका छन्।

    टिकटकमा राम्रो कुराको इन्फर्मेसन दिने, विभिन्न ठाउँहरूको बारेमा जानकारी गराउने, करिअरको काउन्सिलिङ गर्ने, लाइभ आएर मान्छेको समस्या सुन्ने, सल्लाह दिने व्यक्तिहरू पनि नभएको होइन।

    तर दु:खको कुरा नराम्रो कुराले बजार तातेको बेला राम्रो कुरा छायामा पर्छ।सित्तैमा पैसा कमाइन्छ भन्ने भ्रममा परेपछि कोही-कसलाई राम्रो कुरा सुन्न मन पक्कै पनि हुँदैन।धेरै मान्छेलाई यो सामान्य विषय र समस्या नै होइनजस्तो लाग्नसक्छ।कतिपयले भन्न सक्छन् कि लिनेले गिफ्ट लिराछ, दिनेले दिराछ अरूलाई केको चासो। तर त्यस्तो पक्कै पनि होइन।

    चेतनाको स्तरमाथि उठ्नु जरूरी छ। यसरी लाइभ आएर बस्नेलाई गिफ्ट दिने तर बाटोमा निक्कै दु:ख पाएर छटपटिएको व्यक्तिलाई सहयोग गर्न भने हिचकिचाउने बरु बेवास्था गर्ने देख्दा दु:ख लाग्छ।यदि पैसा बढी भएको भए दु:ख पाएको मानिसलाई सहयोग गर्दा राम्रो हुन्थ्यो कि? मेरो लेखको उद्धेश्य गिफ्ट दिने र लिने व्यक्तिको विरूद्धमा होइन।

    टिकटक चलाउने व्यक्तिको विरूद्धमा नि होइन, मैले उठाउन खोजेको विषय हो हामी नेपालीमा चेतना आउनुपर्छ र दरिद्र सोचको अन्त्य हुनुपर्छ।यसरी माथिका उदाहरण तथा तथ्यबाट के प्रस्ट हुन्छ भने हामी नेपालीमा चेतनाको स्तर निकै कम छ।

    बजारमा फैलिएको गलत हल्ला र भ्रमित कुराको पछि लाग्ने बानीको अन्त्य हुनुपर्दछ। राम्रो कुराको नक्कल भने कमै गरेको देखिन्छ तर नराम्रो कुराको छिट्टै नक्कल गरेर अधिकांश मानिसहरू त्यसमा राम्रोसँग नबुझी त्यही चुर्लुम्बै डुबेको देखिन्छ।

    हरेक सोसल मिडियाका आ-आफ्नो ठाउँमा राम्रा नराम्रा पक्षहरू छन्।कुनै पनि एप राम्रो उद्धेश्य राखेर खोलिएको हुन्छ तर त्यसलाई हामीले कसरी प्रयोग गर्छौं भन्ने कुराले निक्कै ठूलो भूमिका खेल्छ। मान्छे समय अनुसार परिवर्तन हुनुपर्छ। पहिला यस्तो थिएन त्यस्तो थिएन भनेर तर्क गर्ने भन्दा नि समयको मागसँग चल्नुपर्छ।

    टिकटक निकै राम्रो र उपयोगी एप हो। यसबाट मनोरन्जन लिनुको साथै निकै कुराको ज्ञान लिन सकिन्छ। तर हरेक दिन-रात त्यसमा झुण्डिएर, अन्द- धुन्द भएर पैसा कामाइन्छ भनेर अफिस नै छुट्छ जसरी बस्नु भनेको चाहिँ ठूलो अज्ञानता हो। यसको अन्य हुनुपर्दछ।
    साभार: ताजाखबर

    Posted in कला /जीवनशैलीLeave a Comment on के टिकटकमा लाइभ बस्नेबित्तिकै पैसा कमाइन्छ? टिकटकले बढाउँदैछ, भिखारी र सेलिब्रेटी !

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P