नागरिक आरोग्य कार्यक्रम अन्तर्गत जिल्ला अभिमुखिकरण कार्यक्रम सम्पन्न

  • ६ चैत्र २०७८, आईतवार १७:०८ मा प्रकाशित
  • दाङ, ०६ चैत्र ।
    दाङ जिल्लाको घोराहीमा नागरिक आरोग्य कार्यक्रम अन्तर्गतको जिल्ला अभिमुखिकरण कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

    नव गठित जिल्ला नागरिक आरोग्य समितिलाई कार्यक्रम बारे अवगत गराउनका लागि उक्त कार्यक्रमको आयोजना गरिएको जनाइएको छ । कार्यक्रम लुम्बिनी प्रदेश, स्वास्थ्य निर्देशनालय, बुटवलको आयोजनामा सञ्चालन भएको थियो ।

    आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा, लुम्बिनीका प्रमुख डा.पुष्पराज पौडेलले नागरिक आरोग्य कार्यक्रमको परिचय, उद्देश्य औचित्य, आदिको बारेमा विस्तृत जानकारी गराउनु भएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि, जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला नागरिक आरोग्य समिति संयोजक जितेन्द्रमान नेपाली, विशिष्ट अतिथि एवं प्रादेशिक आयुर्वेद चिकित्सालय, विजौरीका नि.निर्देशक, आयुर्वेद चिकित्सा परिषद नेपालका अध्यक्ष डा. सन्तोष कुमार ठाकुर, विशिष्ट अतिथि, घोराही उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १८ का अध्यक्ष भरत अर्याल, वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे, वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरी, अतिथिहरू स्वास्थ्य कार्यालय दाङका नि. प्रमुख अंगद बहादुर शाही, राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरका प्रमुख डा.मदन बि.सी. प्रादेशिक आयुर्वेद चिकित्सालय विजौरीका कन्सल्टेन्ट शन्य चिकित्सक डा.मदन भण्डारीको उपस्थिति रहेको थियोे।

    साथै कार्यक्रममा घोराही उ.म.न.पा स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, वन कार्यालयका प्रतिनिधि, शिक्षा शाखा प्रतिनिधि लगायत विभिन्न संघ संस्थाहरूका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मीहरू, पत्रकारहरूको सहभागीता रहेको थियोे।

    कार्यक्रममा जितेन्द्रमान नेपाली, डा.सन्तोष कुमार ठाकुर, डा. मदन वि.सी., भरत अर्याल, रमेश पाण्डे, लगायतका वक्ताहरूले बोल्नु भएको थियोे ।
    कार्यक्रम आयुर्वेद तथा वैकल्पिक चिकित्सा महाशाखा प्रमुख डा.पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य निर्देशनालयका कविराज निरीक्षक गणेश सापकोटाले गर्नुभएको थियो ।

    Leave a Reply