• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोग गर्न इन्जाको अपिल

  • ७ श्रावण २०७७, बुधबार २२:५९ मा प्रकाशित


    जुलाई १९, २०२०, भर्जिनिया, अमेरिका 
    प्रेस नोट
    विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको कारण अन्य क्षेत्रहरु जस्तै नेपाली संचार जगत पनि प्रत्यक्ष रुपमा प्रभावित भएको छ । प्रारम्भिक प्रतिवेदनहरुले नेपालवाट प्रकाशित तथा प्रसारित हुने ७ सय भन्दा बढी संचार माध्यमहरु कोभिड १९ को कारण पूर्णत संचालनमा नरहेका देखाएको छ । सञ्चार माध्यमहरु वन्द हुने तथा सञ्चालनमा रहेका सञ्चार माध्यमहरुले वजार तथा विज्ञापनमा ह्रास आएको कारण देखाउंदै पत्रकारहरुलाई निस्कासन गर्ने, वेतलवी विदामा वस्न दवाव दिने तथा कार्यरत पत्रकारहरुलाई यसअघि पाइरहेको तलवमा ५० प्रतिशत भन्दा वढी कटौति गर्ने गर्दा देशभरमा २ हजारको हाराहारीमा पत्रकारहरुको दैनिक जीवन यापनमा समस्या भएको छ।
     
    कतिपय सानो लगानीका सञ्चार माध्यमहरु वजार तथा विज्ञापनमा आएको ह्रासको कारण प्रत्यक्ष रुपमा संकटमा परेको कुरालाई नजर अन्दाज गर्न सकिदैन तर वैकल्पिक उपायहरु नखोजी संकटमा पत्रकारहरुलाई आवद्धताबाटै हटाउनु पक्कै पनि उचित कदम भने हुन सक्दैन ।
     
    कतिपय लामो समयसम्म फाइदामा सञ्चालित ठूला ब्यवसायिक घरानाका सञ्चार माध्यमहरुले यो महामारीलाई आधार मानी पत्रकारहरुलाई निकाल्ने र आफ्ना शाखा प्रकाशन बन्द गर्ने अवसरको रुपमा उपयोग गरेको पनि महसुस भएको छ । प्रारम्भिक तथ्यांक अनुसार नेपालभरीमा करीव २ हजार र काठमाडौ उपत्यकामा मात्रै करिव ५ सय बढी पत्रकारहरु आर्थिक संकटमा परेको अनुमानित तथ्यांक पत्रकारिता सम्वद्ध संस्थाहरुको रिपोर्टले देखाएको छ ।
     
    महामारीका कारण सञ्चार माध्यमहरु वन्द हुनु वा पत्रकारहरुको दैनिक जीवनयापन हुन नसक्ने अवस्था सिर्जना हुनु दुखदायी क्षण हो ।आवाजविहीनहरुका आवाज वनिरहेका पत्रकारहरु अहिले भने आफैं आवाजविहीन वनेको अवस्था छ । नेपाल सरकारले अहिलेसम्म संकटमा परेका पत्रकार लगायत अन्य पेशाकर्मीहरुका लागि कुनै पनि अल्पकालीन र दीर्घकालीन राहत योजना सार्वजनिक गरेको छैन । नेपालजस्ता विकासोन्मुख देशमा संकटको समयमा सञ्चार माध्यमको भूमिका अझ प्रभावकारी हुन जरुरी छ र यदि प्रेस सवल हुन सकेन भने एकातिर देशमा शक्ति सन्तुलन कायम हुन सक्दैन र सरकार अराजक वन्ने संभावना वढ्दै जान्छ भने अर्कोतिर संचार जगत कमजोर हुंदा प्रजातन्त्र पनि अति कमजोर हुंदै जाने सम्भावना प्रवल रहन्छ ।
     
    नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय सञ्जाल (इञ्जा)ले यस गम्भीर संकटको अवस्थामा पत्रकारहरुको रोजीरोटीको समस्यालाई हल गर्न अल्पकालिन र दीर्घकालिन विशेष अभियान सुरु गर्न गइरहेको जानकारी गराउन चाहन्छौं । यो अल्पकालिन अभियान अन्तर्गत इञ्जाले एक लाख अमेरिकी डलरको लक्ष्य राखी एक गोफन्डमि खाता (https://gf.me/u/yg424k) समेत खोलेर सहयोग जुटाउने काम सुरु गरेको छ। संकटको समयमा संचार र संचारकर्मीहरुको पेशागत सुरक्षा हुन नसकेको अवस्थामा यो गोफन्ड खातामा सहयोग गरी नेपालको संचार, वाक स्वतन्त्रता र प्रजातन्त्रलाई टेवा पुर्याइदिनुहुन हार्दिक आग्रह गर्दछौं ।
     
    यो खातामा संकलित रकम सोझै समस्यामा रहेका संचार माध्यम र संचारकर्मीहरुलाई एउटा पारदर्शी माध्यमबाट प्रदान गरिनेछ । यसकालागी बरिष्ठ पत्रकारद्वय तिर्थ कोइराला, तारानाथ दाहाल तथा टंक पन्त सहितको एक उच्च स्तरिय कमिटिले ईञ्जाबाट स्थापित बिधि/प्रकृया अनुरुप सिफारिस गरी सङ्कलित सहयोग रकमलाइ प्राथमिकताका आधारमा तिन चरणमा उपलब्ध गराउने छ।  इञ्जाले यस उदेश्यकालागि गोफन्डमिको अलावा व्यक्तिगत वा संस्थागत सहयोगलाई पनि स्वीकार गरेको छ । इञ्जाले दीर्घकालीन अभियान अन्तर्गत आयोजना निर्माण गर्दै रहेको र विभिन्न दातृ निकायहरुसंग पनि सहकार्यको पहल गरिरहेको जानकारी गराउदछौ।  नेपाली पत्रकारहरुलाई संकटमुक्त गर्ने यो अभियानमा सरिक भइदिनुहुन र अन्य महानुभावहरुलाई पनि सहयोगका लागि प्रेरित गरिदिनु हुन हार्दिक अपिल गरिन्छ ।
     
    अन्तमा , पिडा /समस्यामा परेका पत्रकार मित्रहरुले ईञ्जाले निर्माण गरेको अनलाइन फर्म  (https://injaglobal.org/coronavirus-english) भरेर आफ्नो अवस्था अवगत गराउन अनुरोध गर्दछ। यसका लागि तलको लिङ्कमा गएर आफ्नो बिबरण भर्न सकिने छ। धन्यवाद।
     

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, समाजLeave a Comment on समस्यामा परेका नेपाली पत्रकारहरुलाई सहयोग गर्न इन्जाको अपिल

    इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने

  • ५ श्रावण २०७७, सोमबार ००:०६ मा प्रकाशित
  • काठमाडौं : एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आगामी साउन १६ गतेदेखि साधारण सेयर (आईपीओ) निष्काशन गर्ने जनाएको छ । संस्थाका अनुसार सर्वसाधारणमा ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा विक्रि खुल्ला गरिन लागिएको हो ।

    संस्थाले हाल कायम रहेको जारी पुँजीको ३० प्रतिशत सेयर जारी गर्न लागेको जनाएको छ । हाल संस्थाको जारी पुँजी एक अर्ब १३ करोड २६ लाख ८२ हजार एक सय रुपैयाँ रहेको छ । यसको ३० प्रतिशत अर्थात ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँ बराबरको एक सय अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता सेयर निष्काशन गर्न लागेको हो ।

    संस्थाका अनुसार जसमध्ये ६७ हजार ९ सय ६१ कित्ता अर्थात २ प्रतिशत सेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १ लाख ६९ हजार ९ सय २ कित्ता अर्थात ५ प्रतिशत सेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरिएको छ । र, बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण सेयरको सार्वजनिक निष्काशन गरिनेछ ।

    उक्त सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ । अन्य समूह अन्तर्गतको रहेको यस कम्पनीको आईपीओ अन्य क्षेत्रमा नितान्त पहिलो प्राथमिक निष्काशन रहेको कम्पनीले जनाएको छ ।

    विश्वभरि छरिएर रहेका नेपालीहरुको लगानीलाई एकिकृत गरी नेपालको सर्वांगीण विकाशमा योगदान पुर्याउने उद्देश्यले वि.स.।२०६९ सालमा एनआरएन ईन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट कम्पनी स्थापना भएको हो । यो कम्पनीमा हाल ७९५ जना संस्थापक शेयरधनीहरु रहेका छन् ।

    कम्पनीमा गैर आवासिय नेपाल संघका पूर्व अध्यक्षहरु डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. शेष घले, भवन भट्ट र वर्तमान अध्यक्ष कुमार पन्त लगायत अन्य गैर आवासीय नेपालीहरुको लगानी रहेको छ ।

    एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका डाइरेक्टर महेश कुमार श्रेष्ठका अनुसार यस कम्पनीले हालसम्म लगानी गरेका आयोजनाहरु यस प्रकार छ :-

    १) लमजुङ्ग जिल्लाको दोर्दी खोला जलविद्युत आयोजना (२७ मे.वा.)

    २) सानिमा मिडिल तमोर हाईड्रोपावर आयोजना (७३ मे.वा.)

    ३) तल्लो लिखु जलविद्युत आयोजना (२८.१ मे.वा.)

    ४)माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना (१४.३ मे.वा.)

    (दोर्दी खोला जलविद्युत आयोजना यसै वर्षभित्र सम्पन्न भै सञ्चालनमा आउने छ भने अन्य आयोजनाहरु २ वर्षभित्र सम्पन्न हुने गरी निर्माणाधिन अवस्थामा रहेका छन् )

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने

    मल खरिदमा ४८ करोड घोटाला

  • ४ श्रावण २०७७, आईतवार १४:४७ मा प्रकाशित
  • हेटौंडास्थित एक सहकारीमा केही समयअघि मल लिन लामबद्ध किसान । फाइल तस्बिरश्रावण ४, २०७७

    लागत मूल्यभन्दा युरिया प्रतिमेट्रिक टन ८७ र डीएपी १९ डलर बढीमा किनियो

    अनुदानको रकम प्रशासनिक खर्चमा

    काठमाडौँ — सरकारले किसानलाई सहुलियत दरमा बिक्री गर्दै आएको रासायनिक मलमा घोटला भएको पाइएको छ । अनुदान मल खरिद गर्न जिम्मेवारी पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले मलको लागत मूल्यभन्दा बढी रकम तिरेर घोटाला गरेका हुन् ।

    महालेखा परीक्षकको वार्षिक प्रतिवेदनअनुसार यी कम्पनीले मलको लागत मूल्यभन्दा बढी रकम तिरेर मल किनेका छन् । यी दुई कम्पनीले ४७ करोड ८५ लाख रुपैयाँ बढी लागतमा मल खरिद गरेको प्रतिवेदनमा उल्लेख छ । ‘कृषि सामग्रीले युरिया मल ओमानको मल्टी कमोडिटिजबाट भन्दा युनाइटेड अरब इमिरेट्सको एक कम्पनीबाट प्रतिमेट्रिक टन १० हजार १ सय ५७ बढी दरले खरिद गरी २६ करोड र डीएपी मल चीनबाट खरिद दरको तुलनामा साउदी अरेबियाको इन्डियन पोटास लिमिटेडको भन्दा प्रतिमेट्रिक टन ४ हजार २ सय ३७ बढी दरले खरिद गरेको गरेको छ । साल्ट ट्रेडिङले युरिया मल चिनियाँ कम्पनीबाट भन्दा ओमानको कम्पनीबाट प्रतिमेट्रिक टन २ हजार २ सय २८ रुपैयाँ बढीले खरिद गरी ४ करोड ५२ लाख र डीएपी मल चीनको एक कम्पनीभन्दा अर्को कम्पनीबाट प्रतिमेट्रिक टन ५ हजार ४ सय २४ बढी दरले खरिद गरेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘बढी लागतमा मल आयात गरेकाले खरिद लागत कम गरी खरिद योजना र प्रक्रियाको अवलम्बन गर्नुपर्छ ।’

    किसानलाई सहुलियत दरमा मल उपलब्ध गराउन सरकारले बर्सेनि अर्बौं रुपैयाँ अनुदान दिन्छ । अनुदानको मल कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले खरिदबिक्री गर्दै आएका छन् । कृषि सामग्रीले ७० र साल्टले ३० प्रतिशत कोटा पाएका छन् । तर खरिदका क्रममा घोटाला देखिएको हो । प्रतिवेदनअनुसार कृषिले ०७५/७६ मा १० अर्ब ४२ करोडको युरिया मल खरिद गर्न पाँचपटक बोलपत्र आह्वान गरेको थियो । सोहीअनुसार प्रतिमेट्रिक टन क्रमशः ३ सय ५९, ३ सय ५७, ४ सय ९, ३ सय ६५ र ३ सय २२ अमेरिकी डलरमा खरिद गरेको छ ।

    डीएपी मलका लागि तीनपटक बोलपत्रबाट प्रतिमेट्रिक टन क्रमशः ५ सय २२, ५ सय २२ र ५ सय ३ अमेरिकी डलरमा खरिद गरिएको छ । पोटास मल एकपटक बोलपत्र गरी प्रतिमेट्रिक टन ३ सय ८० अमेरिकी डलरका दरले खरिद गरी भुक्तानी गरेको उल्लेख छ । ‘प्रतिमेट्रिक टन दर न्यूनतम र अधिकतम युरिया मलमा अमेरिकी डलर ८७ र डीएपी मलमा अमेरिकी डलर १९ फरक परेको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘खरिद गर्दा मितव्ययीको व्यवस्था मिलाउनुपर्छ ।’

    यथेष्ट योजना नहुँदा हरेक वर्ष मल अभाव देखिएको छ । मल अभावको बहानामा केही व्यापारीले किसानसँग चर्को मूल्य असुल्दै आएका छन् । राष्ट्रिय मल नीति ०५८ मा रासायनिक मलको सम्भाव्यता खपतको करिब २० प्रतिशत परिमाण जगेडा रहनुपर्ने व्यवस्था छ । तर उक्त परिमाणमा जगेडा राखिएको छैन । कृषकको माग विश्लेषण नगरी वार्षिक ४ लाख २५ हजार मेट्रिक टन रासायनिक मल खरिदका लागि अनुदान उपलब्ध गराइएकोमा आपूर्ति पनि हुन नसकेको प्रतिवेदनमा उल्लेख छ । ‘रासायनिक मल आवश्यकताको बिश्लेषण गरी खरिद कार्ययोजना तयार नहुँदा मल आपूर्तिमा समस्या देखिएको छ । माग आपूर्ति र वितरणबीच सन्तुलन कायम गर्नुपर्ने देखिन्छ,’ प्रतिवेदनमा उल्लेख छ । यीबाहेक कृषि कम्पनीले मल खरिदमा दिइएको अनुदानको रकम व्यवस्था अन्य प्रशासनिक कार्यमा समेत खर्च गरेको छ । आर्थिक कार्यविधि नियमावली ०६४ को नियम ३६ (१) मा स्वीकृत बजेटको सीमाभित्र रही निर्धारित कार्यमा खर्च गर्नुपर्ने व्यवस्था छ ।

    ‘स्वीकृत कार्यक्रमअनुसार रासायनिक मल खरिदका लागि अनुदान दिने व्यवस्थाअनुसार कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडलाई मलको परिमाणका आधारमा सञ्चालन खर्च ५१ करोड ५० लाख १३ हजार थप अनुदान दिइएको छ,’ प्रतिवेदनमा भनिएको छ, ‘स्वीकृत कार्यक्रममा मल खरिदमा अनुदान दिने व्यवस्था भएकोमा अन्य प्रशासनिक कार्यमा अनुदान खर्च गर्न मिल्ने देखिँदैन । यसलाई नियन्त्रण हुनुपर्दछ ।’

    ‘कर कट्टाबिनै ठेक्का/करारको भुक्तानी’

    कृषि कम्पनीले मल खरिद ठेक्कामा कर कट्टाबिनै भुक्तानी गरेको भेटिएको छ । उसले करिब १ अर्ब २५ करोडको हिसाबमा करको कुनै व्यवस्था नगरेको उल्लेख छ । आयकर ऐन ०५८ को दफा ८९ (३) क मा गैरबासिन्दा व्यक्तिलाई अन्य ठेक्का तथा करारको भुक्तानी गर्दा ५ प्रतिशत अग्रिम कर कट्टा गर्नुपर्ने व्यवस्था छ । तर कृषि सामग्री कम्पनी लिमिटेडले विदेशबाट आयात गरेको मलको भुक्तानीमा उक्त व्यवस्थाबमोजिम ५ प्रतिशत अग्रिम आयकर कुटी गरेको छैन ।

    ‘विगतका वर्षको खरिद भुक्तानी रकममा ५ प्रतिशत अग्रिम आयकर कट्टी गर्नुपर्नेमा नगरेकाले आन्तरिक राजस्व कार्यालयबाट कर परीक्षणममार्फत ५८ करोड ५ लाख ७ हजार थप कर निर्धारण गरेको छ । सोहीअनुसार ०७२/७३ देखि ०७४/७५ को खरिद २५ अर्ब १३ करोड १८ लाखको ५ प्रतिशत हुने १ अर्ब २५ करोड ६६ लाख कर थप हुने देखिएकोमा त्यसका लागि हिसाबमा कुनै व्यवस्था गरेको छैन,’ प्रतिवेदनमा छ ।

    साभार : कान्तिपुर

    Posted in अर्थLeave a Comment on मल खरिदमा ४८ करोड घोटाला

    उपचाररत दलित युवाको अप्रेसनको लागि आर्थिक सहयोग,छोराको ज्यान बचाई दिन आमाबुवाको अनुरोध

  • ३१ असार २०७७, बुधबार ११:०९ मा प्रकाशित

    उमेश कुशवाहा
    बीरगंज ३१ असार

    नेपाल घर भई यूके बस्ने सामाजिक अभियान्ता नेपाली वेलफेयर सोसाइटी युकेको अध्यक्ष धन बहादुर कार्कीले पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका ५ को दलित युवा २५ वर्षीय सन्जोग महराको अप्रेसनको लागि रु ३०००० आर्थिक सहयोग गरेका छन्।

    समाजसेवी धन बहादुर कार्कीले विपद्का समयमा थुप्रै सामाजिक कामहरुमा सहयोग गर्दै आईरहनु भएको छ। सामाजिक कार्यमा धेरै सक्रिय रहनुभएको छ।

    नेपाल भरी लकडाउनको अवस्थामा नेपालको ७ वटा प्रदेशको १३ जिल्लामा विपन्नहरुलाई अहिलेसम्म ४८२ वटा घरधुरी लाई खाद्यान्न राहत वितरण गर्नु भएको छ।

    विदेशमा रहेर पनि नेपाली समुदाय तथा विपन्नहरुलाई आवश्यक क्षेत्रमा सहयोग गर्दै आईरहेका छन।

    सहयोगले सन्जोग महरा चमारको लिभरमा भएको पिपको अप्रेसनमा धेरै सहयोग पुग्ने छ।

    त्यस्तै एसके फाउंडेशनको अध्यक्ष सुनिल आचार्यले महराको अप्रेसन तथा उपचारको लागि रु १५००० आर्थिक सहयोग गरेका छन्।

    समाजसेवी आचार्यले सामाजिक कामहरुमा सहयोग गर्दै आईरहनु भएको छ, सामाजिक कार्यमा धेरै सक्रिय रहनुभएको छ।

    सानो प्रयास नेपालको फाउन्डर शिवा सिल्वालले पनि महराको अप्रेसन तथा उपचारको लागि १०००० आर्थिक सहयोग गरेका छन्।

    काठमाडौंमा रहेकोे सानो प्रयास नेपाल नामक संस्थाको फाउन्डर भएर बालबालिकाहरुलाई पालनपोषणमा आर्थिक सहयोग गर्दै आईरहनु भएको छन।

    लकडाउनको समयमा नेपाल विभिन्न ठाउँमा गरिब ,मजदुर तथा प्रभावितहरुलाई खाद्यान्न राहत सहयोग समेत बितरण गरेका छन।

    पर्सा जिल्ला दलित अधिकार समाज पर्सा,नेपाल र Peace4Dalits Foundation, Nepal अध्यक्ष मनोज रामले महराको ज्यान बचाऊन सहयोग गर्नु भएकोमा धन्यबाद दिनु भएको छन।

    आफुहरु गरी खाने मान्छे एक समयको छाक टार्न पनि कठिनाई हुन्छ, यदि तपाईहरु न भएको भए आज छोरोको मुख हेर्न पनि सायद सक्दैन थियो होला महराको बुवा आमामा रुदै आफ्नो दुःखेसो पोखनु भयो।

    सन्जोग चमारको बुबा,आमा ले धेरै धेरै धन्यवाद दिनु भएको छ,सन्जोग महरा चमारको जीवन रक्षामा धेरै सहयोग हुनेछ,भन्दै उहाँको मनकारी भावनालाई सलाम तथा धन्यवाद रहेको जानकारी गराउनु भएको छ ।
    अझ पनि सहयोगको आवश्कता रहेको छ।

    बिरामीको बुबाको नाम : बागर महारा चमार +977 9817239764
    दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज राम : +977 9817229817

    A/C Holder Name: DALIT ADHIKAAR SAMAAJ,PARSA , NEPAL
    Account Number: 06810300854013
    Pakahamainpur ,branch , parsa
    Bank Name: Civil Bank

    Posted in अर्थLeave a Comment on उपचाररत दलित युवाको अप्रेसनको लागि आर्थिक सहयोग,छोराको ज्यान बचाई दिन आमाबुवाको अनुरोध

    उपचाररत दलित युवा सन्जोग महरा चमारको उपचारको लागि आर्थिक सहयोग प्राप्त

  • २८ असार २०७७, आईतवार ११:३७ मा प्रकाशित
  • उमेश कुशवाहा, बिरगंज, असार २८

    हिमालयन दृष्टि ऑनलाइनमा असार २३ गते आर्थिक अवस्था कम्जोर भइ उपचार गराउन नसकेका चमार द्वारा जिबनरक्षा का लागि अपिल शिर्षकमा प्रकाशित भएपछि

    न्यू यॉर्क बस्ने सामाजिक अभियान्ता विश्वा बहादुर शाहले पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा-५ को दलित युवा २५ वर्षीय सन्जोग महराको उपचारको लागि रु २००४२/- बीस हजार व्यालिस रुपैया आर्थिक सहयोग गरेका छन्।

    समाजसेवी बिश्वा बहादुर शाहले विपद्का समयमा थुप्रै सामाजिक कामहरुमा सहयोग गर्दै आइरहेका छन। सामाजिक कार्यमा धेरै सक्रिय रहनुभएको छ।

    त्यस्तै जिल्ला बैतडी निवासी हाल डेनमार्क बस्ने सामाजिक अभियान्ता पंकज चन्दले महराको उपचारको लागि रु ३००० तिन हजार आर्थिक सहयोग गरेका छन्।

    समाजसेवी पंकज चन्दले विपद्का समयमा थुप्रै सामाजिक कामहरुमा सहयोग गरेका छन।

    लकडाउनको समयमा लकडाउन प्रभावित मजदुर र दलितलाई खाद्यान्न राहत सहयोग गर्नु भएको थिए ।

    क्यानडामा बस्ने अधिकारकर्मीहरु बाट पनि महराको उपचारको लागि १२३०१ रुपैया सहयोग प्राप्त भएको छ ।

    अहिलेसम्म सहयोगीबाट महराको उपचारको लागि जम्मा ५६००२ संकलन भएको छ।

    नेशनल मेडिकल कलेज र टीचिंग होस्पिटल बिरगंज , पर्सामा उपचाररत दलित युवा सन्जोग महरा चमारको उपचारको क्रममा अहिलेसम्म सिटि स्केन , पेटमा भएको घाउको पिपको परिक्षण भएको छ र रिपोर्ट आउन बाकी रहेकोे छ।

    सहयोग प्राप्त रकमबाट सन्जोग महरा चमारको उपचारमा धेरै सहयोग हुनेछ , सन्जोग चमारको बुबा बागड महरा चमार र आमा सियापतीले सहयोगी हातलाई धेरै धन्यवाद दिनु भएको छ।

    पिस फोर दलित फाउन्डेसन नेपालको र दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज राम र सदस्यको पहलमा छोराको उपचार रकम उपलब्ध गराउनु भएकोमा महराको बुवाले खुसी हुदै धन्यबाद दिनु भएको छन।

    समाचार सम्प्रेषण गरी सहयोगी दत्ताहरु सम्म देश बिदेश सम्म पुगाने हिमालय दृस्टि ऑनलाइन २ का संववादाता उमेश कुशवाहालाई उपचार्थ सन्जोग चमारको बुबा बागड महरा चमार र आमा सियापतीले प्रसंशा र धन्यबाद दिनु भएको छन।

    Posted in अर्थLeave a Comment on उपचाररत दलित युवा सन्जोग महरा चमारको उपचारको लागि आर्थिक सहयोग प्राप्त

    आगामी आवको बार्षिक विकास कार्यक्रम खर्च गर्न अख्तियारी

  • २७ असार २०७७, शनिबार ११:०९ मा प्रकाशित

    सुशील सुबेदी

    देशभरीका स्थानीय तहमा बजेट पारित गर्ने होडबाजी चलिरहेको छ भने अझै ४६ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । तर सधै चर्चामा आइरहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७र०७८ को बार्षिक विकास कार्यक्रमलाई आर्थिक ऐन, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ऐन बमोजिम तयार गरिएका नियमावली, मापदण्ड तथा निर्देशिकाहरुको अधिनमा रहि खर्च गर्ने व्यवस्थाको लागि अख्तियारी दिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
    शुक्रवार प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइएको बारे लिखित जानकारी गराइएको हो । स्थानीय सरकार सञ्चालन ऐनमा बजेट सभामा स्वीकृत भएको एक हप्तामा प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान छ ।

    Posted in अर्थLeave a Comment on आगामी आवको बार्षिक विकास कार्यक्रम खर्च गर्न अख्तियारी

    सन्जोग महरा चमारको उपचारको लागि सहयोग रकम उपलब्ध

  • २५ असार २०७७, बिहीबार २२:४५ मा प्रकाशित
  • हिमालयन दृष्टि असार २३ गते
    आर्थिक अवस्था कम्जोर भइ उपचार गराउन नसकेका चमार द्वारा जिबनरक्षा का लागि अपिल शिर्षकमा प्रकाशित भएपछि

    गोरखा जिल्ला निवासी हाल अमेरिका बस्ने सामाजिक अभियान्ता प्रकाश परियार नेपाली ज्युले पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा-५,को दलित युवा २५ वर्षीय सन्जोग महरा चमारको उपचारको लागि रु १०६५९ /- अक्षरेपी दस हजार छ सय उन्साठी रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।

    साथै अमेरिकामा बसोबास गर्ने अर्की मनकारी अहयोगी लिला लामिछाने द्वारा पनि ५०००/- रुपैया सहयोग गर्नुभएको छ,

    त्यस्तै जिल्ला चितवन भरतपुर निवासी सामाजिक अभियन्ता एबम यूवा ब्यापारी सुनिल कुमार क्षेत्री ज्यु ले पनि सन्जोग महरा चमारको उपचारको लागि आर्थिक सहयोग गर्नुभएको कुरा को जानकारी उहाका बुवाले दिनुभएको छ


    उहाँको सहयोगले सन्जोग महरा चमारको उपचारमा धेरै सहयोग हुनेछ भन्दै । उहाँ लाई सन्जोग चमारको बुबा,आमा ले धेरै धेरै धन्यवाद दिनु भएको छ। सन्जोग महरा चमारको जीवन रक्षामा धेरै सहयोग हुनेछ। भन्दै उहाँको मनकारी भावनालाई सलाम तथा धन्यवाद रहेको जानकारी गराउनु भएको छ !

    Posted in अर्थLeave a Comment on सन्जोग महरा चमारको उपचारको लागि सहयोग रकम उपलब्ध

    सुरुङमा पानी हालेर परीक्षण

  • २१ असार २०७७, आईतवार १२:४४ मा प्रकाशित
  • सुशील सुबेदी

    मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ। आज बिहान ९ बजे मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ।
    काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो। हेलम्बु गाउँपालिका(१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालाले जानकारी दिनुभयो । मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीले जानकारी दिनुभयो। यसबारेमा विस्तृतमा दिउँसो मन्त्रालयमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइने भएको उहाँले बताउनुभयो ।

    Posted in अर्थ, बिज्ञान/प्रविधिLeave a Comment on सुरुङमा पानी हालेर परीक्षण

    एनआरएनएलाई ILO बाट कोभिड १९ सपोर्टको लागि ५ करोड

  • २० असार २०७७, शनिबार २१:१८ मा प्रकाशित
  • संवाददाता

    काठमाडौँ | गैरआवासीय नेपाली संघको मिडिया एण्ड पब्लिकेशन कमिटीका अनुसार संयुक्त राष्ट्र संघको अन्तर्राष्ट्रिय श्रम संगठन (ILO) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) लाइ कोभिड-१९ सहयोगको लागि ५ करोडको सहयोग प्रदान गरेको छ।

    एनआरएनए र ILO जुन २९, २०२० मा ४,२४,३१० अमेरिकी डलर जसको नेपाली जुलाई ४, २०२० को नेपाल राष्ट्र बैंकको दर अनुसार ५,०१,४९, १९८ रहयोग रकमको संझौता भएको छ। अन्तर्राष्ट्रिय श्रम संगठनले बैदेशिक रोजगारीमा गएर समस्यामा परेका श्रमिकहरुको सहयोगको लागि एनआरएनएले गरेको सहयोग प्रस्तावको लागि सो रकम प्रदान गरेको हो।

    परियोजना जुलाई १, २०२० देखि फेब्रवरी २८, २०२१ सम्म ८ महिनामा सम्पन्न हुनेछ। यो परियोजना नेपाली श्रमिकहरुको मानबीय अधिकार र सहयोगको लागि कोभिड-१९ बाट प्रभावित मलेसिया, युएई, कतार र साउदी अरब गरी चार देशका नेपाली श्रमिकहरुको सहयोगार्थ हो। परियोजनाको रकम कोभिड-१९ ले श्रम बजारमा पारेको प्रभाव अध्ययन गर्न र श्रमिकको हितमा सो रकम खर्चिइने कुरा संझौतामा उल्लेख छ।

    गैरआवासीय नेपाली संघले ती मुलुकहरुमा रहेका नेपाली श्रमिकहरुको सहयोगका लागि नेपाली कूटनीतिक नियोगसँग समन्वय गरी कार्यालय स्थापना गरेर आफ्नो कार्य अघि बढाउने तयारी गरेको कुरा संघका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभएको छ। ती कार्यालयहरुबाट विदेशमा कोरोनाकै कारण कानुनी अड्चनमा परेकाहरुलाई परार्मश दिने तयारी छ, अध्यक्ष कुमार पन्तले भन्नुभएको छ। यसका साथै सो रकम नेपाल फर्किने श्रमिकहरुका लागि समेत खर्च गरिनेछ।

    Posted in अर्थ, ताजा अपडेटLeave a Comment on एनआरएनएलाई ILO बाट कोभिड १९ सपोर्टको लागि ५ करोड

    ६० रुपैयाँको औषधि २ हजार ४०० मा बिक्री

  • २० असार २०७७, शनिबार १४:४५ मा प्रकाशित

  • सुशील सुबेदी
    सिन्धुपाल्चोकका केही औषधि पसलले लकडाउनको फाइदा उठाउँदै वढी मूल्य लिई औषधि विक्री गरेको भेटिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय र बाह्रबिसे नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा बाह्रबिसे नगरपालिकाका बजार क्षेत्रका औषधि पसलमा शुक्रबार गरिएको अनुगमनका क्रममा वास्तविक मूल्य भन्दा वढी मूल्य लिएको भेटिएको नगर प्रमुख निमफुञ्जो शेर्पाले बताए । उनका अनुसार सेतीदेवी मेडिकल राम्चेले वढी मूल्यमा औषधि बिक्री गरेको पाइएको हो ।

    “मेडिकलले अनियमितता गरिरहेको छ भन्ने सूचनाका आधारमा हामीले नै औषधि किन्न पठाउँदा त्यस्तो प्रमाण पायौँ”, उनले भने । उनका अनुसार सरकारले निःशुल्क एबोसनको औषधि वितरण गरे पनि बढीमा रु ६० पर्ने औषधिलाई सो मेडिकलले रु दुई हजार ४०० लिएको हो । त्यस्तै सोही मेडिकलले औषधि बिक्रीवितरण गर्दा बिल नदिएको पाइएको छ ।

    यसैगरी कुँवेर मेडिकल राम्चे–९ को मेडिकल दर्ता गरे पनि सम्बन्धित व्यक्तिले सञ्चालन नगरी अर्कैले सञ्चालन गरेको पाइएको, सदीक्षा फार्मेसीको बिरामी जाँच्ने आधिकारिक व्यक्ति नभएको पाइएको नगर स्वास्थ्य शाखाको ठहर छ । प्रायः सबै मेडिकलहलमा चिकित्सकको सिफारिसबिना अवैधानिकरूपमा औषधि बिक्री गरेको पाइएको शाखाले जनाएको छ ।
    प्रतिवेदन तयार गरी जिल्ला प्रशासन तथा जनस्वास्वास्थ्य कार्यालयमा जानकारी गराउने तथा ती सबै पाँच मेडिकललाई लिखित स्पष्टीकरण तथा कारवाहीका लागि नगर स्वास्थ्य शाखाबाट पत्रचार गर्ने निर्णय भएको नगरप्रमुख शेर्पाले जानकारी दिए ।

    Posted in अर्थ, मुख्य खबरLeave a Comment on ६० रुपैयाँको औषधि २ हजार ४०० मा बिक्री

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P