आगामी आवको बार्षिक विकास कार्यक्रम खर्च गर्न अख्तियारी

  • २७ असार २०७७, शनिबार ११:०९ मा प्रकाशित
  • सुशील सुबेदी

    देशभरीका स्थानीय तहमा बजेट पारित गर्ने होडबाजी चलिरहेको छ भने अझै ४६ स्थानीय तहले बजेट पेश गर्न सकेका छैनन् । तर सधै चर्चामा आइरहेको सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७७र०७८ को बार्षिक विकास कार्यक्रमलाई आर्थिक ऐन, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र ऐन बमोजिम तयार गरिएका नियमावली, मापदण्ड तथा निर्देशिकाहरुको अधिनमा रहि खर्च गर्ने व्यवस्थाको लागि अख्तियारी दिएको गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।
    शुक्रवार प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिइएको बारे लिखित जानकारी गराइएको हो । स्थानीय सरकार सञ्चालन ऐनमा बजेट सभामा स्वीकृत भएको एक हप्तामा प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी दिनुपर्ने प्रावधान छ ।

    Leave a Reply