हिमालयन दृष्टि असार २३ गते
आर्थिक अवस्था कम्जोर भइ उपचार गराउन नसकेका चमार द्वारा जिबनरक्षा का लागि अपिल शिर्षकमा प्रकाशित भएपछि
गोरखा जिल्ला निवासी हाल अमेरिका बस्ने सामाजिक अभियान्ता प्रकाश परियार नेपाली ज्युले पर्सा जिल्ला सखुवाप्रसौनी गाउँपालिका वडा-५,को दलित युवा २५ वर्षीय सन्जोग महरा चमारको उपचारको लागि रु १०६५९ /- अक्षरेपी दस हजार छ सय उन्साठी रुपैया आर्थिक सहयोग गर्नु भएको छ ।
साथै अमेरिकामा बसोबास गर्ने अर्की मनकारी अहयोगी लिला लामिछाने द्वारा पनि ५०००/- रुपैया सहयोग गर्नुभएको छ,
त्यस्तै जिल्ला चितवन भरतपुर निवासी सामाजिक अभियन्ता एबम यूवा ब्यापारी सुनिल कुमार क्षेत्री ज्यु ले पनि सन्जोग महरा चमारको उपचारको लागि आर्थिक सहयोग गर्नुभएको कुरा को जानकारी उहाका बुवाले दिनुभएको छ
उहाँको सहयोगले सन्जोग महरा चमारको उपचारमा धेरै सहयोग हुनेछ भन्दै । उहाँ लाई सन्जोग चमारको बुबा,आमा ले धेरै धेरै धन्यवाद दिनु भएको छ। सन्जोग महरा चमारको जीवन रक्षामा धेरै सहयोग हुनेछ। भन्दै उहाँको मनकारी भावनालाई सलाम तथा धन्यवाद रहेको जानकारी गराउनु भएको छ !




