सुशील सुबेदी
मेलम्ची खानेपानी आयोजनाको मुख्य सुरुङमा परीक्षणका लागि पानी हालिएको छ। आज बिहान ९ बजे मुख्य सुरुङमा पानी हालिएको आयोजनाले जनाएको छ।
काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिट मार्गबाट पानी परीक्षण गरिएको हो। हेलम्बु गाउँपालिका(१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालाले जानकारी दिनुभयो । मेलम्चीको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक रितेशप्रसाद खत्रीले जानकारी दिनुभयो। यसबारेमा विस्तृतमा दिउँसो मन्त्रालयमा हुने पत्रकार सम्मेलनमा जानकारी गराइने भएको उहाँले बताउनुभयो ।

