• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

साउदीमा बिरामी परेर छटपटाइरहेका आयस राना एनआरएनए साउदीको सहयोगमा नेपाल फर्के !

  • २४ माघ २०७८, सोमबार २१:५८ मा प्रकाशित
  • ७ फेब्रुअरी २०२२, साउदी अरब ! बिगत केहि हप्ता देखी साउदी अरवको जेद्धा स्थित एक कम्पनीको कोठामा बिरामी परि छटपटाइरहेका जाजरकोट घर भएर बिगत २५ महिनाअगाडि न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानाको एनआरएनए साउदी अरबको निरन्तर पहल र सहयोगमा आज नेपाल फर्कन सफल रहेका छन् ।

    बिरामी रानाको छटपटाइरहेको भिडियो सामाजिक संजालमा यत्र तत्र फैलिए लगत्तै एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले नेपाली महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि सत्य तथ्य बुझेर उहाँको उपचार तथा खान बस्न सबै कुराको ब्यबस्थापन गरेको र दूतावास तथा सम्बन्धित निकायसितको निरन्तर पहल समन्वयमा आज उहाँ नेपाल फर्कन सफल रहेको एनआरएनए अध्यक्ष यादवले जानकारी गराउनु भयो ।

    उक्त कम्पनीले इकमा पनि नदिएको, करार अबधी सकिंदा समेत नेपाल पनि नपठाएकोले अलपत्र अबस्थामा पीडित रहेका ९ जना नेपाली मध्ये ७ जना लमिन लामा, यम ब पुन:मगर, हस्त ब पुन: मगर , जितेन्द्र सिङ्दवा, जीवन जेठ्ठी मगर, सुशील बुढा र धन बहादिर बिश्वकर्मा पहिले नै फर्किसकेका र बाकी बिरामी आएस राना को इक्सिट भिसा लागेर आज स्वदेश फर्किदै गरेको र अर्का मेघ बहादुर कल्लीको इक्जिट लाग्न बाकी रहेको, तर उहाँको पनि केहि दिनमा इक्सिट लाग्ने अध्यक्ष डम्बर यादवले जानकारी गराएका छन् ।

    उहाँहरु दुइजना मध्य बिरामी आयस रानाको साउदीमा केस रहेको र अर्का मेघ बहादुर कल्लीको बहिर्गमनका लागि आवाश्यक पेपर तयार नहुदाँ नेपाल फर्किन सकेका थिएनन् ।
    बिरामी आयस रानालाइ इक्स्जिट भिसा लगाउन एनआरएनए साउदीको महाबाणिज्य दूतावास जेद्दासितको निरन्तर समन्वयमा अहिले बहिर्गमन भिसा लागेको, उहाँलाई नेपाल फर्काउन आवस्यक हवाइ टिकट समेत एनआरएनए साउदीले उपलब्ध गराएको अध्यक्ष यादवले जानकारी गराए ।।

    उहाँको उद्दार गरि नेपाल फिर्तीका लागि बिशेष सहयोग गर्नुहुने महाबाणिज्य दूतावास जेद्दा स-परिवार बिशेष धन्यवाद तथा आभार प्रकट गर्दै उहाँको सहयोगको लागि पहल गर्नु हुने “साउदी अरबमा हामी नेपाली” भन्ने ग्रुपका एड्मिन हरु चन्द्र चुदाली, रवि साप्कोटा, एनआरएनए निवर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, एनआरएनए आरसिसि अध्यक्ष रमजान दिन मियाँ हरुलाइ पनि अध्यक्ष यादवले आभार प्रकट गरेका छन् ।
       

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदीमा बिरामी परेर छटपटाइरहेका आयस राना एनआरएनए साउदीको सहयोगमा नेपाल फर्के !

    लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

  • २३ माघ २०७८, आईतवार १३:१२ मा प्रकाशित
  • २३ माघ, काठमाडौं । वरिष्ठ गायिका लता मंगेशकरको निधनमा भारत सरकारले दुईदिने राष्ट्रिय शोकको घोषणा गरेको छ । भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित विश्व चर्चित गायिका लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय भएको छ ।

    राष्ट्रिय ध्वजा संहिताअनुसार राजकीय शोकमा संसद, सचिवालय, विधानसभा, अन्य महत्वपूर्ण राष्ट्रिय भवन तथा सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ । समाचार एजेन्सी एएनआईका अनुसार लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ साढे ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ ।

    कोकिल स्वरकी धनी लता मंगेशकरको आइतबार बिहान ९२ वर्षको उमेरमा मुम्बईको बीच क्याण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।लताको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन् । उनले ट्वीटमा लताको निधनले देशमा खालीपन महसुस भएको उल्लेख गरेका छन् ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on लता मंगेशकरको निधनमा भारतमा दुई दिन राष्ट्रिय शोक घोषणा

    पोर्चुगलमा अस्ताए २४ बर्षीय नेपाली युवा

  • १७ माघ २०७८, सोमबार २२:१४ मा प्रकाशित
  • लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको निधन भएको छ। काम गर्दागर्दै बेहोस भएका २४ बर्षका उनि नेपाल स्याङ्जा निवासी हुन्।

    उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो। भिरकोट नगरपालिका वार्ड नम्बर ५ स्याङ्जा घर भै हाल पोर्चुगलमा रहेका अंकित सिह ठकुरी काम गर्ने क्रममा बेहोस भएको र तत्कालै उपचारको लागि हस्पिटल पुर्‍याइएको थियो।

    जनवरी २९मा हस्पिटलले बचाउन नसकेको कुरा जानकारी गराएको छ। केही महिना अगाडि मात्रै ग्रिस हुदै युरोप छिरेका उनले पोर्चुगललाई आफ्नो गन्तब्य बनाएका थिए ।

    दुई दिन अगाडि मात्रै पोर्चुगलमा नेपाल कन्चनपुर घर भएका अर्का युवकले सुसाइड नोट लेख्दै झुण्डिएर आत्महत्या गरेका थिए।
    साभार:डि.सि.नेपाल डट कम

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on पोर्चुगलमा अस्ताए २४ बर्षीय नेपाली युवा

    तेजस्वी बनिन् नयाँ ‘बिग बोस’

  • १७ माघ २०७८, सोमबार १०:०४ मा प्रकाशित
  • काठमाडौं। लोकप्रिय रियालिटी शो ‘बिग बोस १५’मा तेजस्वी प्रकाश नयाँ विजेता बनेकी छन् । विजेता बनेसँगै तेजस्वीले ट्रफीका साथ ४० लाख रुपैंयाँ पुरस्कार पनि जितिन् ।शोमा प्रतीक सहजपाल फस्ट रनरअप र करण कुन्द्रा सेकेण्ड रनरअप बने । आइतबार राती भएको फिनालेमा निशान्त भट्ट, तेजस्वी प्रकाश, करण कुन्द्रा, प्रतीक सहजपाल र शमिता शेट्टीबीच ट्रफीका लागि कडा प्रतिष्पर्धा भएको थियो ।तर निशान्त १० लाख रुपैंयाँ लिएर शोबाट बाहिरिएका थिए । जसलाई शोका होस्ट सलमान खानले पनि सही निर्णय भनेका थिए । यसपछि भोटको कमीका कारण शमितालाई अगाडि बढ्न अवरोध भएको थियो ।अन्ततः तेजस्वी, करण र प्रतीकबीच भएको निर्णायक स्पर्धामा तेजस्वीले ‘बिग बोस १५’को उपाधि पोल्टामा पारिन् । शोको विजेता बनेसँगै तेजस्वी निर्मात्री एकता कपूरको लोकप्रिय टेलिभिजन शो ‘नागिन’को ‘नयाँ नागिन’ घोषित भइन् ।

    Posted in अन्तर्राष्ट्रिय, कला /जीवनशैलीLeave a Comment on तेजस्वी बनिन् नयाँ ‘बिग बोस’

    काठमाडौंबाट दुबई उड्न लागेका पाकिस्तानीसँग ४७ हजार रियाल

  • १६ माघ २०७८, आईतवार २२:२८ मा प्रकाशित
  • काठमाडौं । नेपालको बाटो भएर दुबई उड्न लागेका एक पाकिस्तानी नागरिक ४७ हजार एक सय रियालसहित पक्राउ परेका छन् ।

    विमानस्थल प्रहरीले ३३ वर्षीय हाफिज एट्टिक उर रेहमानको साथबाट ४ सय यूएई दिरामसहित ओमान र भारतीय मुद्रा पनि बरामद भएको जनाएको छ । उनले पेपर ब्यागमा राखेर उक्त पैसा दुबई लैजान लागेको प्रहरीको दाबी छ ।

    हाफिजलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ । गत साता एक भारतीय नागरिक नेपालको बाटो भएर दुबई उड्न लागेका बेला अवैध अमेरिकी डलरसहित पक्राउ परेका थिए ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on काठमाडौंबाट दुबई उड्न लागेका पाकिस्तानीसँग ४७ हजार रियाल

    सोलुखुम्बुका मनि कुमार बि.क. ले गरे साउदीमा आत्महत्या

  • १६ माघ २०७८, आईतवार १५:२८ मा प्रकाशित
  • समर्पण रम्जान

    ३० जनवरी २०२२, साउदी अरब ! सोलुखुम्बु घर भएर ४ महिना अगाडी मात्रै, अब्दाल सप्लाइ कम्पनी रियादमा आएका मनि कुमार बि.क ले आफ्नै बासस्थानमा आत्महत्या गरेका छन् ।

    सप्लाइ कम्पनीमा आए पनि कम्पनीले अर्कै रेस्टुरेन्टमा डाइनिङ् डिपार्टमेन्टमा काम लगाएको थियो ।
    केही दिन देखि घरायसी तनाबले ग्रसित रहेका बि.क ले रेस्टुरेन्टमा काम गर्दै गर्दा गत शुक्रबार केही सामन्य समस्या भएपछि उक्त रेस्टुरेन्ट का फिलिपिनी म्यानेजरले टर्मिनेट गर्नलाई पेपरमा साइन गराइ र लगाएको युनिफर्म पनि फिर्ता गर्न भनेपछि तनाब मा रहेको उहाँका निकटतम साथी सुरज बिश्वकर्माले जानकारी गराए । घरायसी तनाबले ग्रस्त बि.क लाई साथिहरुले राम्ररी सम्झाइ बुझाइ गरे पनि दोहोरो तनाबले अन्त्यमा सनिवार बिहान ६ बजे आफ्नो देह त्याग गर्न पुगे ।

    निकटतम साथी सुरजका अनुसार यो केसका सम्बन्धमा नेपाली दूतावास रियादमा जानकारी गराइसकेको र मृत शरीर लाइ नेपाल पठाउन छिटो सहयोग गरिदिन दूतावास रियाद तथा एनआरएनए आरसिसीलाइ अनुरोध गरेका छन् ।

    यो आत्महत्या केस भएकोले यसको पेपरहरु तयार गर्न, पोलिस रिपोर्ट पाउन केही बढि समय लाग्ने भएकोले मृत शरीर पठाउन केही समय लाग्ने तर सम्बन्धित पक्षशीत समन्वय गरि छिटो पठाउन सहयोग गर्ने दूतावासले उहाँको साथी सुरज बिश्वकर्मा लाइ जानकारी दिएको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on सोलुखुम्बुका मनि कुमार बि.क. ले गरे साउदीमा आत्महत्या

    कोलेस्ट्रोल,ब्लड प्रेसर,युरिक एसिड, सुगर जाँच,सहित एनआरएनए साउदीले निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै,

  • १६ माघ २०७८, आईतवार ००:५१ मा प्रकाशित
  • समर्पण रम्जान

    ३० जनवरी २०२२, साउदी अरब ! आगामी फेब्रुअरी ४ तारीख शुक्रबारका दिन एनआरएनए साउदी अरबले साउदी को पुर्वी क्षेत्र जुबेलमा निशुल्क स्वास्थ्य परिक्षण शिबिर संचालन गर्ने भएको छ ।

    पुर्वी क्षेत्र जुबेल स्थित Gulf Asian Medical Center मा आप्रबासी नेपाली श्रमिकहरु जसको मेडिकल कार्ड छैन ( इकामा सकिएको वा नबनेकाहरु) उहाँहरुको स्वास्थ्यलाई मध्य नजर गर्दै निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्न लागिएको एनआरएनए अध्यक्ष डम्बर यादबले जानकारी गराएका छन् ।

    उक्त शिविरमा बिहान ८ बजे देखी दिउँसो २ बजे सम्ममा उपस्थित भएर चिकित्सकीय सेवा लिई आफ्नो स्वास्थ्यको लाभ लिनुहुन एनआरएनए साउदीले  जुबेल आसपासमा रहेका सम्पुर्ण नेपालीहरुलाइ आग्रह  गरेको छ।

    पछिल्लो समयमा अल कासिम, दम्माम क्षेत्रहरूमा यस्तै श्रमिक हक हितका स्वास्थ्य परिक्षण तथा श्रमिक सम्बन्धित बिभिन्न सचेतना कार्यक्रमहरु गर्दै आएको एनआरएनए साउदीले यस पटक इकमा बिहिन तथा मेडिकल कार्ड बिहिन हरुलाइ बिशेष मध्यनजर गर्दै यो कार्यक्रम गर्न लागेको हो ।

    उक्त शिबिरमा कोलेस्ट्रोल जाँच, ब्लड प्रेसर जाँच, युरिक एसिड जाँच, सुगर जाँच, भिटामिन डिफिसियन्सिको जाँच तथा श्रमिकहरुको आवास्यक्ता अनुसारको अन्य  जाँचहरु आवास्यक स्वास्थ्य परामर्श दिइने कार्यक्रम रहेको अध्यक्ष यादबले जानकारी दिए ।
    उक्त शिबिरमा परिक्षण गराउन आउनको लागि यातायातको पनि ब्यबस्थापन गरिएको यादवले जानकारी दिए ।

    स्थानः Gulf Asian Medical Center (Al-jubail): https://foursquare.com/v/5685385d498eede816966917

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on कोलेस्ट्रोल,ब्लड प्रेसर,युरिक एसिड, सुगर जाँच,सहित एनआरएनए साउदीले निशुल्क स्वास्थ्य परिक्षण शिविर संचालन गर्दै,

    दुई बर्षदेखि गोर्खाका मान बहादुर गुरुङ सम्पर्क बिहिन, खोजिदिन एनआरएनए साउदीलाई परिवारको अपील ।

  • १६ माघ २०७८, आईतवार ००:११ मा प्रकाशित
  • ३० जनवरी २०२२, साउदी अरब ! नेपाल गोर्खा जिल्ला, बारपाक सुलिकोट गाउँ पालिका वाड नम्बर ७ देउराली, बोखोला घर भइ बिगत १० बर्षदेखि साउदी अरबमा कार्यरत रहेका तर दुई बर्षदेखि सम्पर्क बिहिन रहेका मान बहादुर गुरुङलाई खोजी गरिदिन परिवारले अपील गरेको छ ।

    कुम्याङ इलेक्टि्रक साम्सुङ साउदी अरेबिया कम्पनीमा इलेक्ट्रीसियन पदमा कार्यरत गुरुङ दुई बर्षदेखी कुनै सम्पर्कमा न आएपछि उहाँको परिवारले कि सास कि लास भए पनि खोजी गरिदिन हुन एनआरएनए आरसिसि तथा दूतावास रियादलाइ अनुरोध गरेका छन् ।

    एनआरएनए आरसिसि अल कासिम अध्यक्ष रम्जान दिन मियाँलाई जानकारी गराउदै मान बहादुर गुरुङका साला प्रेम गुरुङ ले जसरी भएपनी खोजी गरि सहयोग गर्न अनुरोध गरेका छन् ।

    उहाँको इकमा चेक गर्दा दुई बर्ष पहिलेनै इक्स्पायर भएको, इकमा कपि सहित कम्पनीको आइडी कपि पनि गुरुङका सालाले प्रदान गरेपछि अध्यक्ष मियाँले अल कासिमका दूतावास प्रतिनिधि बिशाल श्रेष्ठलाई जानकारी दिइसकेका र दूतावास रियादमा समन्वय गर्दै उहाँको स्थितीबारे बुझेर जानकारी गराउने कुरा हिमालयन दृस्टीलाई अबगत गराए ।

    हामी पनि साउदीमा रहनु हुने सबैमा उहाँको खोजी कार्य गरिदिनु हुन र यदि कहि कतै उहाँको बारेमा जानकारी भएमा तल दिइएको नम्बरमा सम्पर्क गरि अबगत गराइदिनु हुन पनि हिमालयन दृस्टी विनम्र अनुरोध गर्दछ ।
    +9779826129226

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on दुई बर्षदेखि गोर्खाका मान बहादुर गुरुङ सम्पर्क बिहिन, खोजिदिन एनआरएनए साउदीलाई परिवारको अपील ।

    करिब ८ महिना देखि साउदीमा संम्पर्कबिहिन दाङका मान शिंह वलीलाइ खोजी गरिदिन परिवारको आग्रह।

  • १५ माघ २०७८, शनिबार १०:२६ मा प्रकाशित
  • २०७४ साल भदौ २५ गते सुनौलो सपना बोकेर घरको कमजोर आर्थिक स्थिती सबल बनाउन र छोराछोरीको उच्चशिक्षाको सपनालाई साकार बनाउने उद्देश्यका साथ केही पैसाको जोहो गर्न श्रीमती बालसिला वलीसंग सर सलाह गरी परदेशीएका थिए दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ३ राना गाउँका मानसिंह वली।

    तर २०७८ साल जेठ २२ गतेकादिन बिहान घरपरिवारसँग फोन सम्पर्कमा रहेका वलीको फोन अचानक सम्पर्कविच्छेद हुनजान्छ र उनी त्यसबेलादेखि पारिवारिक स्रोतसँग सम्पर्क विहिन हुनपुग्छन्।

    उनका छोरा सनु वलीले काठमाडौँ कन्सुलर विभागमा निवेदन गरी बुबालाई खोजीदिन आग्रह गर्दै गरेको निवेदनमा मानशिंह वली २०७४ साल भदौ २५ गते वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएको र उनी कार्यरत कम्पनीद्वारा उनलाई काम र तलब नदीएपछी उनी कम्पनीबाट बाहिर गई अवैधरुपमा काम गर्दै आएको र घरपरिवारसँग पनि सम्पर्कमै रहेका थिए।

    तर मिति२०७८ साल जेठ २२ गतेकादिन बिहान करीब मध्यान्ह १२ बजेतिर घरपरिवारसँग फोनमा कुरा गर्दागर्दै सम्पर्क विच्छेद भएका वली अहिलेसम्म सम्पर्कमा नआएको हुनाले छोरा सनु बाबुलाई खोजिदिन आग्रह गर्दै काठमाडौंमा धाईरहेका छन्।
    मानशिङ ओलीको खोजीकार्यमा साउदी अरबमा क्रियाशील गैरआवसीय नेपाली संघ, प्रवासी नेपाली समन्वय समिति लगाएत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले चासो देखाएका छन् साथै
    उहाँको बारेमा जानकारी पाउनासाथ नेपाली दूतावास रियाद वा हिमालयन दृष्टिको ई-मेल वा मेसेज बक्समा जानकारी गराउनुहुन अनुरोध गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, समाजLeave a Comment on करिब ८ महिना देखि साउदीमा संम्पर्कबिहिन दाङका मान शिंह वलीलाइ खोजी गरिदिन परिवारको आग्रह।

    एमआरपि पासपोर्ट नविकरण सेवा स्थगन, ई-पासपोर्ट बनाउने प्रक्रिया सुरु गर्दै ।

  • १४ माघ २०७८, शुक्रबार २२:०५ मा प्रकाशित
  • २८ जनवरी २०२२, शुक्रवार साउदी अरब ! नेपाली दूतावास रियादले अब यन्त्रवाचक राहदानी (MRP) नवीकरण सेवा स्थगन गर्दै नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी (e-Passport) बनाउने प्रक्रिया अगाडी बढाउन लागेको छ ।

    शुक्रबार आफ्नो आधिकारिक पेजबाट एक जरुरी सूचना प्रसारित गर्दै नेपाली राजदूतावास साउदी बाट पनि केही हप्ता भित्रै जारी गर्ने गरी आवश्यक व्यवस्थापकीय तयारी भईरहेको जनएको छ ।
    दूतावासले उक्त सूचना मार्फत ई-पासपोर्ट प्रणाली जडान गर्ने कार्य लगायत अन्य तयारी कार्यका लागि केही समय लाग्ने हुंदा आगामी आइतबार ३० जनवरी २०२२ देखि बिहीबार १७ फेब्रुअरी २०२२ सम्मको लागि यन्त्रवाचक राहदानी (MRP) नवीकरण गर्ने कार्य स्थगन गरिएको र ई-पासपोर्ट बनाउने प्रकृया, आवश्यक कागजात लगायतका सम्बन्धमा राजदूतावासले केही दिनमा नै आफ्नो आधिकारिक फेसबुक पेजबाट अर्को सूचना जारी गर्ने सबैमा सुचित गरेको छ ।

    तत्काल साउदी इकामा नवीकरण गर्नुपर्ने अवस्था आएको र त्यसको लागि नयाँ राहदानी आवश्यक पर्ने भएमा मात्र यन्त्रवाचक राहदानी (MRP) नवीकरणको लागि आवेदन लिईने र यस्तो अवस्था भएका श्रमिकहरुले पनि दूतावासको राहदानी शाखामा काम गर्ने कर्मचारीहरू शीत सम्पर्क गर्न अनुरोध गरेको छ ।
    राहदानी शाखामा काम गर्ने कर्मचारीहरुको नं. ०५०००३४७८६ वा ०५७१८५७८८४ वा ०५३४३४३१९१ मा सम्पर्क गरेर अग्रिम समय लिएर मात्रै दूतावासमा आउनु अनुरोध गर्दै यदि अग्रिम समय (appointment) नलिइकन आउने सेवाग्राहीको आवेदन नलिने पनि जनाएको छ ।

    यदि कोहि नेपालीहरु साउदीबाट फाइनल एक्जिटमा जान लागेका र राहदानीको म्याद सकिएको भए दूतावासबाट एकतर्फी यात्रा अनुमतिपत्र (One Way Travel Document-TD) प्रदान गर्न सकिने पनि जानकारी गराएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on एमआरपि पासपोर्ट नविकरण सेवा स्थगन, ई-पासपोर्ट बनाउने प्रक्रिया सुरु गर्दै ।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P