
७ फेब्रुअरी २०२२, साउदी अरब ! बिगत केहि हप्ता देखी साउदी अरवको जेद्धा स्थित एक कम्पनीको कोठामा बिरामी परि छटपटाइरहेका जाजरकोट घर भएर बिगत २५ महिनाअगाडि न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानाको एनआरएनए साउदी अरबको निरन्तर पहल र सहयोगमा आज नेपाल फर्कन सफल रहेका छन् ।
बिरामी रानाको छटपटाइरहेको भिडियो सामाजिक संजालमा यत्र तत्र फैलिए लगत्तै एनआरएनए साउदीका अध्यक्ष डम्बर यादवले नेपाली महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि सत्य तथ्य बुझेर उहाँको उपचार तथा खान बस्न सबै कुराको ब्यबस्थापन गरेको र दूतावास तथा सम्बन्धित निकायसितको निरन्तर पहल समन्वयमा आज उहाँ नेपाल फर्कन सफल रहेको एनआरएनए अध्यक्ष यादवले जानकारी गराउनु भयो ।
उक्त कम्पनीले इकमा पनि नदिएको, करार अबधी सकिंदा समेत नेपाल पनि नपठाएकोले अलपत्र अबस्थामा पीडित रहेका ९ जना नेपाली मध्ये ७ जना लमिन लामा, यम ब पुन:मगर, हस्त ब पुन: मगर , जितेन्द्र सिङ्दवा, जीवन जेठ्ठी मगर, सुशील बुढा र धन बहादिर बिश्वकर्मा पहिले नै फर्किसकेका र बाकी बिरामी आएस राना को इक्सिट भिसा लागेर आज स्वदेश फर्किदै गरेको र अर्का मेघ बहादुर कल्लीको इक्जिट लाग्न बाकी रहेको, तर उहाँको पनि केहि दिनमा इक्सिट लाग्ने अध्यक्ष डम्बर यादवले जानकारी गराएका छन् ।
उहाँहरु दुइजना मध्य बिरामी आयस रानाको साउदीमा केस रहेको र अर्का मेघ बहादुर कल्लीको बहिर्गमनका लागि आवाश्यक पेपर तयार नहुदाँ नेपाल फर्किन सकेका थिएनन् ।
बिरामी आयस रानालाइ इक्स्जिट भिसा लगाउन एनआरएनए साउदीको महाबाणिज्य दूतावास जेद्दासितको निरन्तर समन्वयमा अहिले बहिर्गमन भिसा लागेको, उहाँलाई नेपाल फर्काउन आवस्यक हवाइ टिकट समेत एनआरएनए साउदीले उपलब्ध गराएको अध्यक्ष यादवले जानकारी गराए ।।
उहाँको उद्दार गरि नेपाल फिर्तीका लागि बिशेष सहयोग गर्नुहुने महाबाणिज्य दूतावास जेद्दा स-परिवार बिशेष धन्यवाद तथा आभार प्रकट गर्दै उहाँको सहयोगको लागि पहल गर्नु हुने “साउदी अरबमा हामी नेपाली” भन्ने ग्रुपका एड्मिन हरु चन्द्र चुदाली, रवि साप्कोटा, एनआरएनए निवर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, एनआरएनए आरसिसि अध्यक्ष रमजान दिन मियाँ हरुलाइ पनि अध्यक्ष यादवले आभार प्रकट गरेका छन् ।

