पोर्चुगलमा अस्ताए २४ बर्षीय नेपाली युवा

  • १७ माघ २०७८, सोमबार २२:१४ मा प्रकाशित
  • लिस्बन । पोर्चुगलमा एक नेपाली युवाको निधन भएको छ। काम गर्दागर्दै बेहोस भएका २४ बर्षका उनि नेपाल स्याङ्जा निवासी हुन्।

    उनको उपचारको क्रममा अस्पतालमा निधन भएको हो। भिरकोट नगरपालिका वार्ड नम्बर ५ स्याङ्जा घर भै हाल पोर्चुगलमा रहेका अंकित सिह ठकुरी काम गर्ने क्रममा बेहोस भएको र तत्कालै उपचारको लागि हस्पिटल पुर्‍याइएको थियो।

    जनवरी २९मा हस्पिटलले बचाउन नसकेको कुरा जानकारी गराएको छ। केही महिना अगाडि मात्रै ग्रिस हुदै युरोप छिरेका उनले पोर्चुगललाई आफ्नो गन्तब्य बनाएका थिए ।

    दुई दिन अगाडि मात्रै पोर्चुगलमा नेपाल कन्चनपुर घर भएका अर्का युवकले सुसाइड नोट लेख्दै झुण्डिएर आत्महत्या गरेका थिए।
    साभार:डि.सि.नेपाल डट कम

    Leave a Reply