• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

बुस्टर डोज बिना फेब्रुअरी २०२२ देखि सार्वजनिक स्थानहरुमा लगायत आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रामा पनी प्रतिबन्ध

  • ५ माघ २०७८, बुधबार १५:३७ मा प्रकाशित
  • बुस्टर डोज बिना फेब्रुअरी २०२२ देखि सार्वजनिक स्थानहरुमा प्रवेश निषेध लगायत आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रामा पनी प्रतिबन्ध लाग्नेछ

    यद्यपि अन्तराष्ट्रिय यात्रामा भने केही नियमहरूको पालना गर्दै साउदीअरब मा प्रवेश गर्न पाइनेछ तर त्यो त्यति सजिलो भने हुनेछैन।
    साउदी अरबको आन्तरिक मन्त्रालयले tweet जारी गर्दै यो जानकारी गराएको हो।

    त्यसैले आफ्नो अन्तर्राष्ट्रिय (छुट्टी) यात्राहरू धेरै सावधानीपूर्वक योजना बनाउनुहोस्!

    بداية من 1 فبراير 2022م .. تلقي الجرعة التنشيطية شرط لاستمرار ظهور حالة (محصّن) في تطبيق (توكلنا)، لكل من مضى (8) أشهر أو أكثر على تلقيهم الجرعة الثانية، وذلك للفئات العمرية (18) عامًا فأكثر. pic.twitter.com/FDTm3WHh5e

    — وزارة الداخلية (@MOISaudiArabia) December 3, 2021
    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on बुस्टर डोज बिना फेब्रुअरी २०२२ देखि सार्वजनिक स्थानहरुमा लगायत आन्तरिक तथा अन्तर्राष्ट्रिय यात्रामा पनी प्रतिबन्ध

    पि.एन.सी.सी साउदी द्वारा वैदेशिक रोजगारीमा रहेका श्रमिक समस्या हरुको सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सञ्चालन

  • १ माघ २०७८, शनिबार १०:४९ मा प्रकाशित
  • साउदी अरबमा प्रवासी नेपाली श्रमिक सम्बन्धि मुद्दामा क्रियासिल प्रवासी नेपाली समन्वय समिति (पि.एन.सी.सी) साउदी अरबले गएको बिहीबार १३जनबरीका दिन साउदी अरबको पूर्वी क्षेत्र अलखोबर स्थित क्लासिक होटलमा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुको समस्याका बारेमा विभिन्न संघ संस्था,सामाजिक अभियन्ता,ब्यबसायी,पत्रकार लगायतको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ।

    सो कार्यक्रममा प्रवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरुले भोग्दै आएका समस्याहरु लगायत कोरोनाको महामारीका बीच नेपाली दाजु भाई दिदी बहिनी हरु को स्वास्थ स्थिति बारेमा सुझाव सल्लाह र सहयोगार्थ के-कस्ता उपायहरू अपनाउन सकिन्छ र आउँदा दिनहरुमा प्रवासमा रहेका नेपालीहरुको समस्यालाई कसरी न्युनिकरण गर्न सकिन्छ भन्ने हेतु सो कार्यक्रमको मुख्य उद्देश्य रहेको पी.एन.सी.सी साउदीअरबका बाह्य सम्पर्क संयोजक गनेश अर्यालले बताउनु भयो ।

    कार्यक्रममा अनलाइन प्रविधिमार्फत जोडिदै श्रृंखलागत रुपमा प्रत्येक शुक्रबार साँझ ७ बजेबाट zoom माध्यम द्वारा “प्रवासी संग डाक्टर” भन्ने स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन हुन लागेको पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले जानकारी गराउनुभयो र यस बारेमा अझ प्रस्ट पार्दै कार्यक्रमको उद्देश्य विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी सँगसँगै आउने स्वास्थ्यसम्बन्धी समस्या लगायत कोभिड-१९ को नयाँ भेरियन्ट र अन्य विभिन्न स्वास्थ्य समस्या बारे विशेषज्ञ डाक्टरसहित उक्त कार्यक्रममा जानकारीमुलक छलफलसमेत रहने र बाहिर रहेका सम्पूर्ण नेपाली श्रमिक दाजुभाई दिदीबहिनीहरुले यस कार्यक्रममा आवद्ध भई यसको फाइदा उठाउन आग्रह गर्नुभयो ।

    सो अन्तरक्रिया कार्यक्रममा विभिन्न संघ संस्था,सामाजिक अभियन्ता,ब्यबसायी,पत्रकार लगायतको उपस्थिति रहेको थियो।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on पि.एन.सी.सी साउदी द्वारा वैदेशिक रोजगारीमा रहेका श्रमिक समस्या हरुको सम्बन्धमा अन्तरक्रिया कार्यक्रम सञ्चालन

    अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति

  • १ माघ २०७८, शनिबार १०:१२ मा प्रकाशित
  • वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठका अनुसार अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति जारी हुने व्यवस्थाले वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेर घर बिदामा आएका नेपाली कामदारले पुनः श्रम स्वीकृति लिन वैदेशिक रोजगार कार्यालयमा पुगेर घन्टौँसम्म लाइनमा बस्नुपर्ने बाध्यात्मक अवस्थाको अन्त्य भएको छ ।

    मन्त्रालयका सचिव एकनारायण अर्यालले जिम्मेवारी सम्हालेलगत्तै सूचना प्रविधिको अधिकतम उपयोग गरी श्रम स्वीकृतिलाई ‘पेपरलेस’ बनाइ सहजरूपमा सेवा प्रदान गर्न सरकारले यस्तो व्यवस्था मिलाउने बताउनुभएको थियो । श्रम स्वीकृतिलाई ‘फेसलेस, पेपरलेस र क्यासलेस’ बनाई छिटो, छरितो र पारदर्शीरुपमा गुनासोरहित सेवाप्रवाह गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृतिको काम गर्न लागिएको वैदेशिक रोजगार कार्यालयका प्रमुख रमेश अर्यालको भनाइ छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना झन्झट आधुनिक प्रविधिको प्रयोग गरी सहज र सरल तरिकाबाट सेवा प्रदान गर्न निर्देशन गरेसँगै पुनः श्रम स्वीकृतिको काम अनलाइन प्रणालीबाट मात्र गर्न लागिएको उनले बताए ।

    कसरी लिने पुनः श्रम स्वीकृति ?

    पुनः श्रम स्वीकृतिको अनलाइन सेवा लिन सेवाग्राहीले वैदेशिक रोजगार विभागको वेबसाइटको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमार्फत आवश्यक सबै कागजातसहित फाराम भर्नुपर्नेछ । यसका लागि सुरुमा विभागको वेबसाइट डब्लुडब्लुडब्लु डट डिओएफइ डट जीओभी डट एनपीमा गई अनलाइन श्रम स्वीकृतिमा क्लिक गर्नुपर्ने हुन्छ । अथवा सिधै ‘एफइआइएमएस डट डिओएफइ डट जीओभी डट एनपीमा गएर पनि खोल्न सकिनेछ ।

    श्रम स्वीकृतिको कागजात जाँच गर्दा कुनै कारणले आवेदन अस्वीकृत भएमा सो को कारणसहितको सूचना आवेदकको मोबाइल नं र आवेदन गर्दाको युजर एकाउण्टमा जाने हुँदा आफ्नो व्यक्तिगत मोवाइल नं र इमेल ठेगाना अनिवार्यरुपमा भर्नुपर्नेछ । युजरनेम र पासवर्ड प्रयोग गरी अर्कोपटक श्रम स्वीकृति लिन श्रम स्वीकृतिको अवस्था थाहा पाउन, विवरण हेर्न र उजुरी वा गुनासो गर्न सकिने भएकाले आवेदन गर्दाको युजरनेम र पासवर्ड सुरक्षित राख्नुपर्ने हुन्छ ।

    अनलाइनमा कागजात जाँच गर्न समय लाग्ने भएकाले कम्तीमा तीन दिन अगाडि अनलाइन फाराम भर्न र श्रम स्वीकृति लिइसकेपछि मात्र हवाई टिकटको प्रबन्ध गर्न कार्यालयले आग्रह गरेको छ । उडान हुने मितिसम्म श्रम स्वीकृतिको म्याद ९० दिनभन्दा बढी हुनुपर्ने भएकोले सो बमोजिम भए नभएको यकिन गर्न पनि कार्यालयले भनेको छ ।

    पुनः श्रम स्वीकृतिका लागि म्यादी जीवन बीमा र वैदेशिक रोजगार कल्याण कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्नुपर्ने हुन्छ । पुनः श्रम स्वीकृतिको लागि पासपोर्ट साइजको फोटोको स्क्यान कपी, राहदानीको स्क्यान कपी, सम्बन्धित देशबाट आएको भिसाको स्क्यान कपी, पुरानो श्रम स्वीकृतिको स्क्यान कपी र पुरानो भिसा भए सोको स्क्यान कपी आवश्यक पर्छ ।

    त्यस्तै अध्यागमन कार्यालयले राहदानीमा लगाएको डिपार्चर र अराइभल स्टाम्प भएको राहदानीको स्क्यान कपी, यसअघि श्रम स्वीकृति लिएको भन्दा फरक काम गर्न जाने भएमा कामदारका लागि रोजगारदाताले उपलब्ध गराएको जब अफर लेटर वा सम्झौतापत्रको स्क्यान कपी पनि आवश्यक पर्ने कार्यालयले जनाएको छ ।

    घरेलु कामदारको हकमा वैदेशिक रोजगारमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका, २०७२ को दफा १८ घ बमोजिम सम्बन्धित देशस्थित नेपाली राजदूतावास वा कूटनीतिक नियोगको अनुसूची ८ बमोजिमको सिफारिस पत्रको स्क्यान कपी आवश्यक पर्दछ ।

    कार्यालयले संस्थागत श्रम स्वीकृति, पुनः श्रम स्वीकृति र व्यक्तिगत श्रम स्वीकृति दिने गरेको छ । संस्थागत श्रम स्वीकृतिका लागि सेवाग्राही कार्यालय आइरहनुपर्दैन, सम्बन्धित म्यानपावर व्यवसायी मात्र आउने गर्छन । वैदेशिक रोजगार कार्यालयबाट चालु आर्थिक वर्षको पुससम्ममा पुनः श्रम स्वीकृतितर्फ करिब एक लाख जना, संस्थागततर्फ एक लाख ८० हजार र व्यक्तिगततर्फ आठ हजार जनाभन्दा बढीले सेवा लिएको कार्यालयले जनाएको छ ।

    Copied:nepal britain

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति

    भारतमा रेल पल्टिँदा मृत्यु हुनेको संख्या ९ पुग्यो

  • ३० पुष २०७८, शुक्रबार ११:४३ मा प्रकाशित
  • पूर्वी सीमादेखि करिब सय किलो मिटर टाढा जलपाइगुडी जिल्लास्थित मैनागुडी नजिकै बिहीबार साँझ रेल पल्टिँदा ९ जना यात्रुको मृत्यु भएको छ । त्यस्तै गन्तव्यमा हिँडेका दर्जनौं यात्रु घाइते भएका छन् ।

    राति उद्धारमा समस्या भएकाले यात्रीहरुको उद्धार जारी छ । धेरै यात्री रेलभित्रै च्यापिएकाले उद्धारमा कठिनाइ भइरहेको र मृतकको संख्या अझै बढ्ने अनुमान प्रहरीको छ ।न्यू जलपाइगुडी (एनजेपी)बाट करिब ५ बजे असमको गुवाहाटीका लागि छुटेको बिकेनार एक्सप्रेस नामक रेल करिब ४२ किलोमिटर यात्रा तय गर्नेबित्तिकै लिकबाट बाहिरिएर अनियन्त्रित भई पल्टिएको भारतीय सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सिक्किम एक्सप्रेस दैनिकले जनाएको छ ।

    दुर्घटनामा १२ वटा डिब्बा क्षतिग्रस्त भएको छ । पाँचवटा डिब्बा पल्टिएको थियो । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले जनाएको छ ।रेलमा करिब एक हजार यात्रु यात्रारत रहेको रेलवे प्रबन्धक दिलीप कुमार सिंहले जानकारी दिए । उनका अनुसार कोभिडका कारण रेलमा यात्रीको संख्या घट्दो थियो । ‘पूर्ण क्षमताअनुसार यात्रु थिए भने अझै ठूलो मानवीय क्षति हुने थियो ’, सिंहले भने ।

    Posted in अन्तर्राष्ट्रिय, समाजLeave a Comment on भारतमा रेल पल्टिँदा मृत्यु हुनेको संख्या ९ पुग्यो

    भारतमा एकैदिन २.६२ लाख संक्रमित भेटिए, १.०८ लाख निको भए; दुबै आँकडा तेस्रो लहरमा सबैभन्दा बढी

  • ३० पुष २०७८, शुक्रबार १०:३१ मा प्रकाशित
  • भारतमा कोरोनाभाइरसको तेस्रो लहरका बेला बिहिबार पहिलो पटक निको हुने बिरामीको आँकडा पनि एक लाख पार भएको छ । यद्यपि, यहाँ लगातार ८ औँ दिन १ लाख र लगातार दोस्रो दिन २ लाखभन्दा बढी नयाँ संक्रमित भेटिएका छन् ।

    बिहिबार यहाँ २ लाख ६२ हजार ०२२ संक्रमित भेटिएका छन् जो अघिल्लो दिनको २.४७ लाख संक्रमितभन्दा करिब १२ हजार बढी हो । यद्यपि, यतिबेला १,०८,७०८ बिरामी निको भएका छन् जबकी ३१४ को मृत्यु भएको छ । कूल सक्रिय संक्रमित ११.०९ लाखबाट बढेर १२.६५ लाख पुगेका छन् ।

    देशमा हालसम्म ३.६५ करोड व्यक्ति संक्रमित भइसकेका छन् जसमध्ये ३.४८ करोड मानिस निको भइसकेका छन् । हालसम्म ४,८५,३४९ व्यक्तिको मृत्यु भइसकेको छ ।

    Copied:ratopati

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on भारतमा एकैदिन २.६२ लाख संक्रमित भेटिए, १.०८ लाख निको भए; दुबै आँकडा तेस्रो लहरमा सबैभन्दा बढी

    ३ बर्षदेखि नेपाल फर्कन नसकेका २ जना नेपाली एनआरएनए अल कासिमका संरक्षक बिशाल श्रेष्ठको जमानीमा नेपाल् फर्कन सफल ।

  • ३० पुष २०७८, शुक्रबार ०१:२५ मा प्रकाशित
  • समर्पण रम्जान

    १३ जनवरी २०२२, अल कासिम साउदी अरब ! बिगत् ३ वर्ष पहिले साउदी अरबको अल कासिम स्थित बन्दर अल जैदी कम्पनीमा आएर अहिलेसम्म नेपाल फर्कन नसकेका २ जना नेपालीहरु एनआरएनए अल कासिमका संरक्षक तथा अल कासिमका लागि दूतावास प्रतिनिधि बिशाल श्रेष्ठको जमानीमा नेपाल नेपाल फर्किन सफल भएका छन् ।

    नेपाल घर महोत्तरी जिल्ला बिजलपुरा निवासी राम बहादुर महतो र राजवीर महतोले सोही कम्पनीमा ३ माहिना सम्म काम गर्दा पनि तलब नपाए पछि साउदी रियादमा भागेर काम गरिरहेका थिए ।
    कम्पनीबाट भागेकोले कम्पनीले उहाँहरु दुबैलाई हुरुफ(भगौडा)मा राखेको र २ बर्षदेखि अकामा नविकरण नहुदाँ चाहेको अबस्थामा नेपाल फर्किन नसकेका र इक्जिट भिसाका लागि रियाद दुताबासबाट ट्राभल डकुमेन्ट (पासपोर्ट)र अन्य पेपर लिएर ४ जनवरी २०२२ का दिन अल कासिम आएका श्रेष्ठले जानकारी गराए ।

    सोही दिन पीडितहरु ( Deportation Centre) अध्यागमन बिभाग गए पनि त्यहाँका अफिसर हरुले नेपाल जादाँ टिकट र जमानी बस्ने मान्छे लिएर आउनु भने अनुसार १३ जनवरीको नेपाल फर्कने टिकट लिएर गए पछि दुबैजनाको लागी श्रेष्ठले आफै जमानीको रूपमा बसी आफ्नो इकामा जम्मा गरि सहिछाप लगाए पछि उहाँहरु दुबैजनाको सोही दिन एक्सिट भिसा लागेर आजै १३ जनवरि पीडितहरु नेपाल पुगेका छन् !


    उहाँहरु रियादबाट अलिकासिम आएसँगै बस्ने ठाउँ तथा खानेको समेत समस्या भएपछि एनआरएनए आरसिसिको अनुरोधमा एनआरएनए साउदी अरबले उहाँहरु लगायत अझै अरु बाकिँ २ जनाको लागि बस्ने र खाने सहयोग गरेको छ।


    ४ जना मध्ये २ जना नेपाल पुगिसकेका र बाकिँ २ जना को पनि बहिर्गमन भिसा लागिसकेको साथै उहाँहरुपनी यसै हप्ता नेपाल पुग्ने कुरा बिशाल श्रेष्ठले जानकारी गराउदैँ यस कार्यमा सहयोग गर्नुहुने दूतावास रियाद, एनआरएनए अध्यक्ष डम्बर यादव र एनआरएनए अल कासिम टिमलाइ तथा मोहम्मद उमामा अन्सारीलाइ अभार प्रकट गरेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on ३ बर्षदेखि नेपाल फर्कन नसकेका २ जना नेपाली एनआरएनए अल कासिमका संरक्षक बिशाल श्रेष्ठको जमानीमा नेपाल् फर्कन सफल ।

    फाईनल एक्जिट भिसाको म्याद सकिदा पनी साउदी अरब नछोडेको खन्डमा १००० रियाल जरिवाना लाग्ने।

  • २७ पुष २०७८, मंगलवार ०९:२६ मा प्रकाशित
  • फाइनल एक्जिट भिसामा रहेका र फाइनल एक्जिट भिसाको वैधता अवधिभर राज्य नछाडेको खण्डमा निजलाई १००० रियाल जरिवाना लगाइने जवाजातले जानकारी दिएको छ ।

    फाईनल एक्जिट भिसाको वैधता अवधि भित्र राज्य छोड्न असफल भएमा साउदी अरबमा प्रवासीलाई १०००रियाल जरिवाना हुने साउदीअरब सरकारले स्पष्ट गरेकोछ ।

    फाइनल एक्जिट भिसाको वैधता ६० दिनसम्म रहनेछ जसले एक्जिट लगाई सकेपछि कम्पनीबाट सम्पूर्ण औपचारिकता पूरा गरी राज्य छाड्न पाउनेछ भने साउदी छोड्न असफल भएमा भिसा रद्द गर्न १००० रियाल लगाइनेछ।

    फाइनल एक्जिट भिसा रद्दको लागि, ईकामाको म्याद आवश्यक छ।

    यदि अन्तिम एक्जिट भिसाको म्याद सकिएपछि मान्य भएन भने ईकामाको म्याद सकिएको खन्डमा नवीकरण नगरेको कारण थप जरिवाना लाग्नेछ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on फाईनल एक्जिट भिसाको म्याद सकिदा पनी साउदी अरब नछोडेको खन्डमा १००० रियाल जरिवाना लाग्ने।

    इन्जा ग्रामीण पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

  • २७ पुष २०७८, मंगलवार ०८:५३ मा प्रकाशित
  • भर्जिनिया । नेपाली पत्रकारहरुको अन्तरराष्ट्रिय सञ्जाल (इन्जा)ले पत्रकारिता पुरस्कारको लागि निवेदन आह्वान गरेको छ। हरेक वर्ष प्रदान गरिंदै आएको सामुदायिक पत्रकारिता पुरस्कारको लागि नेपालका विभिन्न जिल्लामा रहेर काम गरिरहेका पत्रकारहरुबाट निवेदन आह्वान गरिएको इन्जाका अध्यक्ष गुणराज लुँइटेलले बताए।

    यसैगरी इन्जाले हरेक साल प्रदान गर्दै आएको साहसी पत्रकारिता पुरस्कार (खोजी पत्रकारिता पुरस्कार) को लागि गत वर्ष भरी प्रकासित सामग्रीको आधारमा योग्य संचारकर्मी उम्मेदवारको सिफारिस गर्न सञ्चारसँग सम्बन्धित सबैलाई समेत आह्वान गरेको छ ।

    यस्तै यसवर्षबाट इन्जाले ग्लोवल नेपाली संचार प्रतिष्ठानको अवधारणा अनुसार संचारमा परिस्कृत र वौद्धिक जनशक्ति आकर्षित गर्न पत्रकारिता वौद्धिक सोधवृत्ति पुरस्कारको पनि स्थापना गरेको छ।

    नेपालबाट सन ६० कै दशकदेखि अमेरिकामा मुख्यालय रहेको विश्व मुद्रा कोषमा कार्यरत रही त्यहाँको उच्चपदस्थ नीति निर्मातासम्म बनेका अर्थ विज्ञ स्वर्गीय डा. सुखदेव साहको स्मृतिमा स्थापित यो पुरस्कार नेपालमा पत्रकारितामा एमफिल, पिएचडी सोधपत्र वा सोही स्तरका एकेडेमिक तहमा काम गरिरहेकाहरुलाई सोध वृत्तिको रुपमा दिइनेछ।

    यी पुरस्कारको राशी हरेक विधामा १ हजार अमेरिकी डलर रहेको छ।

    साहसी पत्रकारिता पुरस्कार र सामुदायिक पत्रकारिता पुरस्कारका लागि प्रतिष्पर्धामा सहभागी हुन वा शिफारिश गर्न इच्छुक पत्रकारहरुले सन् २०२१ भरी प्रकाशित प्रसारित समाचारहरुको लिंक वा भिजुअल प्रति इञ्जाको अफिसियल इमेल injaglobal@gmail.com मा फेब्रुअरी १० सम्ममा पठाइसक्नु पर्नेछ।

    यी सवै पुरस्कारहरु आगामी १ मार्चमा काठमाडौंमा आयोजना हुने इञ्जा डे समारोहमा प्रदान गरिने कार्यक्रम रहेको इञ्जा मुख्यालयले जनाएको छ । इन्जाले विगत तीन वर्षदेखि पुरस्कार वितरण गर्दै आएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on इन्जा ग्रामीण पत्रकारिता पुरस्कारका लागि निवेदन आह्वान

    एनआरएनए अल कासिमले मृगौला पीडित तेज बहादुर तिमिल्सिनालाई गर्‍यो आर्थिक सहयोग

  • २६ पुष २०७८, सोमबार २२:५८ मा प्रकाशित
  • समर्पण रम्जान

    १० जनवरी २०२२, साउदी अरब ! नेपाल काभ्रे जिल्ला, बेथानचोक गाउंपालिका वडा नं ५ गुम्बुडांडा स्थाई निवासि तेजबहादुर तिमल्सिनालाई एनआरएनए आरसिसि अल कासिमले आर्थिक सहयोग गरेको छ ।

    तिमिल्सिना बिगत केही समय देखि दुबै मृगौलाले काम नगरेपछि उपचाररथ शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा रहेर उपचार गराइरहेका छन् । तर उहाँको आर्थिक अबस्था अत्यन्त कमजोर भएको हुनाले उहाँको जिवन बचाउनको निमित्त सहयोगको लागी उक्त संस्थाका सकृय सदस्य समीर के. सी. ले एनआरएनए अल कासिमलाइ अनुरोध गरेपछि उक्त सहयोग गरिएको संस्थाका सचिब ध्रुब कटुवालले जानकारी दिए ।
    सहयोगको क्रममा उठेको १३२० साउदी रियल ४१,६२७ रुपैयाँ संकलन भएको र हिजो ८ जनवरी २०२२ का दिन उहाँको खातामा आरसिसि अल कासिमले जम्मा गराइदिसकिएको सचिब कटुवालले जानकारी गराए ।
    यस कार्यमा सहयोगमा जुट्नु हुने सम्पुर्णलाई आरसिसी अल कासिमले आभार तथा कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा कसैले सहयोग गर्न चाहेमा समीर के. सी. (0594785027) सँग सम्पर्क गरि सहयोग गर्न समेत अनुरोध गरेको छ ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on एनआरएनए अल कासिमले मृगौला पीडित तेज बहादुर तिमिल्सिनालाई गर्‍यो आर्थिक सहयोग

    पीएनसीसीद्धारा “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्ने।

  • २६ पुष २०७८, सोमबार २२:३० मा प्रकाशित
  • प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) द्वारा आगामी पुस ३० गते अथार्त जनवरी १४ बाट श्रृंखलागत रुपमा प्रत्येक शुक्रबार साँझ ७ बजेबाट zoom माध्यम द्वारा “प्रवासी संग डाक्टर” भन्ने स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम सञ्चालन हुने भएको छ।

    यस सचेतनामुलक कार्यक्रमको पहिलो शृंखलामा बिश्वब्यापी रुपमा फैलिएको कोरोना महामारी संगसगैं आउने स्वास्थ्य समस्या सम्बन्धि बिषयमा केन्द्रित रहने बताइएको छ ।

    पिएनसीसी आईएलओ प्रोग्रामका संयोजक भरत नेपालले यस बारेमा अझ प्रस्ट पार्दै कार्यक्रमको उद्देश्य विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी सँगसँगै आउने स्वास्थ्यसम्बन्धी समस्या लगायत कोभिड-१९ को नयाँ भेरियन्ट र अन्य विभिन्न स्वास्थ्य समस्या बारे विशेषज्ञ डाक्टरसहित उक्त कार्यक्रममा जानकारीमुलक छलफलसमेत रहने बताउनुभयो।

    उहाँले प्रवासमा रही काम गर्दै आउनुभएका हाम्रा दाजुभाई तथा दिदीबहिनीहरुलाई कार्यक्रममा संलग्न भई प्रवासी नेपाली समन्वय समितिको पहलमा भएको यस कार्यक्रमको फाइदा उठाउनुहुन आह्वान गर्नुभयो साथै उहाँले विदेशमा रहेका सामाजिक संघसंस्थाहरूलाई पनी प्रवासमा रहेका सबै नेपाली कामदारहरुलाई यस कार्यक्रममा उपस्थित हुन प्रेरित गर्नु पर्ने बताउनुभयो ।

    कार्यक्रममा सहभागी रहनेले समयमानै Meeting ID: 770 971 7556 र Passcode: pncc को प्रयोग गरी कार्यक्रममा पुष ३० मा साँझ ७ बजे सहभागीता जानाउन सक्नेछन् ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on पीएनसीसीद्धारा “प्रवासी संग डाक्टर” नामक स्वास्थ्य सम्वन्धि सचेतनामुलक कार्यक्रम गर्ने।

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P