• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अन्तर्राष्ट्रिय

साउदीअरबमा कम्पनी बाहेक व्यक्तिगत फाइदाका लागि काम गरे १ लाख साउदी रियाल जरिवाना ।

  • १२ माघ २०७८, बुधबार १०:०८ मा प्रकाशित
  • काठमाडौं : साउदी अरबले कामदारको भिसामा आएर कम्पनी बाहेक व्यक्तिगत फाइदाका लागि काम गरे १ लाख साउदी रियल करिब ३० लाख रूपैयाँ जरिवाना गर्ने भएको छ ।

    साउदी अरबको पासपोर्ट निर्देशनालय (जवा’जात) ले रोजगार भिसामा आएर व्यक्तिगत फाइदाका लागि व्यापार वा अन्य काम गर्ने प्रवृत्ति बढेपछि यस्तो चेता’वनी दिएको हो । (साउदी टाईजेशन) अर्थात रोजगारी व्यापारका काममा

    स्थानीय साउदी नागरिकलाई प्राथमिकता दिने नीति लिएको साउदी अरबले आप्रवासी कामदार घटाउँदै लैजाने बताएको छ । सोही अनुसार आप्रवासीलाई भिसामा तोकिए बाहेकको काममा सीमित गराउन थालेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

    साउदी सरकारले व्यक्तिगत फाइदाका लागि काम गर्ने आप्रवासीलाई गर्ने जरिवाना रकममा पनि वृद्धि गरेकोे छ । साउदी प्रेस एजेन्सीलाई उदृत गर्दै गल्फ न्युजले नियम

    उल्लं’घन गरेकोे ठ’हरिएका व्यक्तिहरूलाई पाँच वर्षका लागि रोजगारीमा प्रतिबन्ध गर्ने र दोषी रोजगारदाता कम्पनी विदेशी भएको अवस्थामा देश निकालासम्मको कारबाही हुने उल्लेख गरेको छ ।

    यसअघि रहेको ५० हजार रियाल जरि’वानालाई दोब्बर बनाई १ लाख रियालसम्म जरिवाना गर्ने र रोजगारदाता कम्पनीलाई ५ वर्षसम्म कुनै विदेशी नयाँ कामदार ल्याउन नपाउने गरी प्र’तिबन्ध लगाइने बताएको छ ।

    करिब ३ लाख ५० हजारको हाराहारीमा नेपाली कामदार कार्यरत रहेको साउदी अरबमा केही नेपाली व्यापार र सेवा क्षेत्रमा भएपनि अधिकांश नेपाली तलब कम र जो’खिमपूर्ण मानिने निर्माण क्षेत्रमा कार्यरत रहेका छन् ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदीअरबमा कम्पनी बाहेक व्यक्तिगत फाइदाका लागि काम गरे १ लाख साउदी रियाल जरिवाना ।

    बिरामी परेर छटपटाइरहेका नेपालीको एनआरएनए साउदीले गर्यो उपचार, खान खर्च तथा बस्नका लागि सेल्टरको ब्यबस्था ।

  • १२ माघ २०७८, बुधबार ०१:१८ मा प्रकाशित
  • २५ जनवरी २०२२, साउदी अरब ! बिगत केहि दिन देखी साउदी अरवको जेद्धामा बिरामी परि छटपटाइरहेका जाजरकोट घर भएर बिगत २५ महिनाअगाडि न्यु वल्ड ओभर्जिस बाट साउदी आएका आएस रानाको एनआरएनए साउदी अरबले सम्पुर्ण उपचार तथा खाना खर्च र बस्नका लागि सेल्टरको ब्यबस्था गरेको छ ।

    बिरामी परि कोठामा छटपटाइरहेका भिडियो भाइरल भए लगत्तै एनआएएनए साउदीका अध्यक्ष डम्बर यादवले उहाँको उद्दारका लागी महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि सम्पुर्ण उपचार खर्च, खाना खर्च र सेल्टरको ब्यबस्था गरि पीडितलाई आज सेल्टरमा लगिएको छ ।
    उक्त कम्पनीमा कार्यरत उहाँहरुलाइ कम्पनीले इकमा पनि नदिएको, करार अबधी सकिंदा समेत नेपाल पनि नपठाएकोले अलपत्र अबस्थामा रहेका थिए । ९ जना नेपाली मध्ये एकजना लमिन लामा पहिलेनै नेपाल फर्किसकेका र अरु ६ जना आज २५ जनवरी का दिन दिउसो २:१५ बजे अल जजिरा एयर मार्फत कुवेत हुँदै नेपाल फर्किएका जेद्वा महाबाणिज्य राजदुतावास तथा एनआरएनए साउदीका अध्यक्षले जानकारी गराएका छन्।

    आजको फ्लाइटमा स्वदेश फर्कनेहरुमा सल्यानका यम ब पुन:मगर, हस्त ब पुन: मगर ,सर्लाहीका जितेन्द्र सिङ्दवा,स्याङ्जाका जीवन जेठ्ठी मगर, रुकुमका सुशील बुढा र धन बहादिर बिश्वकर्मा रहेका छन् । भने बिरामी आएस रानाको साउदीमा केस रहेको र मेग बहादुर कल्लीको बहिर्गमनका लागि आवाश्यक पेपर तयार नभएकोले अहिले उडान नभएको उनीहरु दुवैलाइ आज बेलुकी जेद्दाको सेल्टरमा राखिएको अध्यक्ष यादवले जानकारी गराए ।।


    उहाँको यो अबस्थाको भिडियो भाइरल भए लगत्तै “साउदी अरबमा हामी नेपाली” भन्ने ग्रुपका एड्मिन हरु चन्द्र चुदाली, रवि साप्कोटा, एनआरएनए साउदिका अध्यक्ष डम्बर यादव, तथा नि वर्तमान उपाध्यक्ष बिशाल श्रेष्ठ, एनआरएनए आरसिसि अध्यक्ष रमजान दिन मियाँ, हरुले उद्दारका लागि महाबाणिज्य दूतावास जेद्दामा समन्वय गरि उद्दारका लागि अनुरोध गराएका थिए ।
    बिरामी राना र अर्का मेघ बहादुर कल्लिको नेपाल फिर्तिको लागि पनि महाबाणिज्य दूतावास जेद्दाले पहल गरिसकेको र केही दिनमा नै उहाँहरु पनि नेपाल फर्किने जानकारी अध्यक्ष यादवले जानकारी गराए ।।


                                                                  

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on बिरामी परेर छटपटाइरहेका नेपालीको एनआरएनए साउदीले गर्यो उपचार, खान खर्च तथा बस्नका लागि सेल्टरको ब्यबस्था ।

    प्रहरीले भारतबाट पक्राउ गरी ल्याएका नाइके यमराजको थुनछेक बहस भोलि

  • ११ माघ २०७८, मंगलवार १७:३४ मा प्रकाशित
  • कारागारबाट भागेपछि प्रहरीले भारत पुगेर पक्राउ गरी ल्याएका तुलसीपुर कारागारका तत्कालीन नाइके यमराज परियारको थुनछेक बहस बुधबारमात्रै हुने भएको छ।

    परियारलाई जिल्ला प्रहरी कार्यालय दाङले आज जिल्ला अदालतमा उपस्थित गराएको थियो। तर समय अभावका कारण आज थुनछेक बहस हुन नसकेपछि प्रहरी हिरासतमै राख्न भनिएको जिल्ला अदालत दाङका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए।

    परियारको थुनछेक बहस बुधबार हुनेछ।

    परियार पुस ८ गते दिउँसो प्रहरीको मोटरसाइकल लिएर फरार भएका थिए।

    कर्तव्य ज्यान मुद्दामा साढे ७ वर्ष कैद भुक्तान गरिसकेका नाइके परियारलाई जिल्ला अदालतले २० वर्ष कैद सजाय तोकेको थियो।

    जेलबाट भागेर भारत गई लुकेर बसेका परियारको खोजीमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको थियो।

    प्रहरीले केही दिनअघि उनलाई भारतबाट पक्राउ गरी ल्याएको थियो। प्रहरीले उनलाई सोमबार सार्वजनिक गरेको थियो।

    Copied:setopati

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on प्रहरीले भारतबाट पक्राउ गरी ल्याएका नाइके यमराजको थुनछेक बहस भोलि

    साउदीअरबको ताबुक क्षेत्रमा दुर्घटनामा परी एकजना नेपालीको मृत्यु

  • १० माघ २०७८, सोमबार १२:०७ मा प्रकाशित
  • साउदी अरबको ताबुक क्षेत्रमा हिजो बिहान भएको दुर्घटनामा
    एकजना नेपालीको मृत्यु भएको छ।

    स्रोतका अनुसार बिहान काममा जाने बेला सडक दुर्घटनामा परी दाङका कमल बस्नेतको मृत्यु भएको हो।

    प्राप्त जानकारीअनुसार दुर्घटना पश्चात शवलाई कहा र कुनअवस्थामा राखीएको छ भन्ने जानकारी नभएको बताइएको छ।

    महबाणिज्यदुताबास जेद्दाका अनुसार मृतक कमल बस्नेतको बारेमा दूतावासलाई जानकारी भएकातापनि कम्पनीको सम्पर्क नम्बर नभएको ले अहिलेसम्म प्रक्रिया अगाडी बढेको छैन
    ।
    यद्यपि कोही कसैलाई मृतक कमल बस्नेतको कम्पनीको बारेमा वा व्यक्तिगत तर्फबाट चिन्नु हुन्छ भने वहाँको राहादानी वा कम्पनीको सम्पर्क नम्बर उपलब्ध गराउन सम्बन्धित सबैलाई महबाणिज्यदुताबास जेद्दाद्वारा आग्रह गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on साउदीअरबको ताबुक क्षेत्रमा दुर्घटनामा परी एकजना नेपालीको मृत्यु

    अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

  • ७ माघ २०७८, शुक्रबार २१:१७ मा प्रकाशित
  • सिड्नी । अस्ट्रेलिया सरकारले खोप नलगाउने व्यक्तिलाई तीन हजार ६०० डलर जरिवाना लगाउने भएको छ ।

    सबै नागरिकलाई खोप लगाउने नीति अनुसार सरकारले यही १ फेब्रुबरीदेखि लागू हुने गरी नयाँ नियम ल्याउन लागेको हो । अहिलेसम्म ७२ प्रतिशत अस्ट्रेलियालीले कोभिडविरुद्ध पूर्ण खोप लगाएका छन् ।

    सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विद्येयक तल्लो सदनबाट पारित भइसकेको छ । माथिल्लो सदनबाट पारित भएपछि सभाध्यक्षले हस्ताक्षर गरेपछि विद्येयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ । त्यसका लागि सरकारले एक अर्ब ४० करोड डलर खर्च लाग्नेछ ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on अस्ट्रेलियामा खोप नलगाउनेलाई ३६ सय डलर जरिवाना

    ‘भिजिट भिसा’मा खाडी मुलुक र मलेसिया जान रोक

  • ७ माघ २०७८, शुक्रबार २०:३३ मा प्रकाशित
  • काठमाडौं। सरकारले भिजिट भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाएको छ।

    गृह मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै माघ १० गतेदेखि लागू हुनेगरी भिटिज भिसामा खाडी मुलुक र मलेसिया जान रोक लगाइएको जनाएको छ।

    बढ्दो कोरोना संक्रमणका कारण खाडी मुलुक र मलेसिया गई विचल्लीमा पर्ने नेपालीको संख्या बढेको भन्दै मन्त्रालयले भिटिज भिसामा भ्रमणमा जान रोक लगाएको गृह प्रवक्ता फडिन्द्रमणि पोखरेलले जनाएका छन्।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on ‘भिजिट भिसा’मा खाडी मुलुक र मलेसिया जान रोक

    १८ महिनादेखि साउदीमा व्यथाले भूइँमै छटपटाइरहे जाजरकोटका एक युवा ।

  • ७ माघ २०७८, शुक्रबार १७:१९ मा प्रकाशित
  • काठमाडौं । जाजरकोटका एक युवा १८ महिनादेखि स्वास्थ्य समस्याका कारण छटपटाइ रहेका छन् । उनको अवस्था देख्दा एक मनले कठै भन्न मन लाग्छ । अर्को मनले यी सोझा सीधा नेपाली युवालाई यस्तो अवस्थामा पु-याउनेहरुमाथि मध्ययुगीन सजाय होस् भन्ने पनि लाग्छ ।

    जाजरकोटका आयुष राना छटपटाएको १८ महिना भयो । तर उनलाई साउदी पु-याउने ललितपुरको न्यू वल्र्ड ओभरसिज म्यानपावरले नेपाल फर्काउने दया देखाएन । उनी हुन् भेरी नगरपालिका –१ रावतगाउँका स्थायी बासिन्दा हुन् । वैदेशिक रोजगारीका लागि साउदीको जेद्धा पुगेका उनी थलिएको १८ महिना भयो ।

    व्यथाले यो हदसम्म पु-याउँदा पनि आयुषको उपचार खर्च भएन । नेपाल फर्किन्छु भन्दा कम्पनीले दिएन र नेपालको म्यानपावरले यी युवाको पीडा महशुस गरेन । मेनपावरले उनको जिम्मा पनि लिएन ।

    यस्तो दर्दनाक अवस्थामा छन आयुष

    डिसेम्बर १६, २०१९ मा उनी साथीसँगै साउदी पुगे । छारे रोग जस्तो देखिने समस्याबाट १८ महिनादेखि आयुष थलिएका छन् । यसबीच उनले न उपचार पाए, न खाने बस्ने सुविधा नै ।

    साउदीको कानुनअनुसार बिरामी व्यक्तिको उपचारका लागि सरकारी सहयोग माग्नु पर्छ । तर आफैैंले लिएर जान मिल्दैन ।

    ललन बिहीबार दिउसै मात्रै नेपाल फर्किएका छन् । आयुषसँगै ललनले पनि साउदीमा ठूलो सास्ती व्यहोरे । त्रिभुवन विमानस्थल उत्रिसकेपछि ललनले लामो सास फेर्दै भने – बाँच्ने आशै थिएन । अर्को जीवन पाएको महशुस गरिरहेको छु ।’

    फिर्ता ल्याउने म्यानपावरकाे वाचा

    २५ महिना अघि उनीहरु न्यू र्वल्ड ओभर्सिज म्यानपावरबाट साउदी पुगेका हुन । उनीहरुलाई साउदी पु-याउने ललतिपुरको चाकुपाटीस्थित न्यू र्वल्ड ओभर्सिज म्यानपावरलाई सम्पर्क गर्दा म्यानपावरले फर्काउने प्रयास भइरहेको प्रतिक्रिया दिएको छ । म्यानपावरका अध्यक्ष तीला काप्रीसँग भेटेरै कुराकानी गर्न खोजेपनि उनले आफ्नो स्वास्थ्य राम्रो नभएको जानकारी दिए ।

    १८ महिनासम्म जीवन र मृत्युको दोसाँधमा छाड्ने काप्रीले पत्र पत्रिकाको चासो पछि एक हप्तामा आयुषलाई फिर्ता ल्याउने वाचा गरे ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on १८ महिनादेखि साउदीमा व्यथाले भूइँमै छटपटाइरहे जाजरकोटका एक युवा ।

    भारतद्वारा अन्तर्राष्ट्रिय उडान स्थगित

  • ६ माघ २०७८, बिहीबार १४:४४ मा प्रकाशित
  • एजेन्सी, ६ माघ। कोरोना महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ । तीब्र रुपमा फैलिरहेको कोरोनाको जोखिम कम गर्न भारतले उडान स्थगित गरेको भारतीय उड्डयन अधिकारीहरूले जानकारी दिएका छन् ।

    भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्रअनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट स्वीकृति लिएका र सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन ।पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट भारत आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को मध्य राति १२ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ ।

    तर ‘एअर ववल’ प्रबन्ध अन्तर्गत् दुई देशबीच सम्झौता भएर संचालन हुने उडानहरू भने यस निर्णयबाट प्रभावित नहुने बताइएको छ ।बढ्दो कोभिड सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले सन् २०२० मार्च को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो । तर झण्डै दुई महिनापछि २५ मे, २०२० देखि घरेलु उडान पुनः सञ्चालनमा ल्याएको थियो ।

    Posted in अन्तर्राष्ट्रियLeave a Comment on भारतद्वारा अन्तर्राष्ट्रिय उडान स्थगित

    अत्यावश्यक परी राहदानी नविकरण गर्नुपर्ने अवस्था मात्र एम.आर.पी. राहदानी नविकरणका लागि आवेदन दिन आहवान।

  • ६ माघ २०७८, बिहीबार ००:५४ मा प्रकाशित
  • नेपाली राजदुतावास रियाद द्वारा आज आफ्नो आधिकारिक फेसबुकमार्फत् एउटा सूचना जारी गर्दै अति जरूरी भएकाहरूले मात्र यन्त्र वाचक राहदानी (MRP) नविकरणका लागि आवेदन
    गर्नेसम्बन्धी सूचना जारी गरेको छ।
    सुचना अनुसार निकट भविष्यमै यस राजदूतावासबाट विद्युतीय राहदानी (e-Passport) को लागि आवेदन लिने प्रकृया शुरू गर्ने योजना रहेको
    हुंदा हालको राहदानीको म्याद समाप्त भैसकेको वा तुरून्तै छुट्टीमा नेपाल जानुपर्ने भएमा वा ईकामा नविकरण गर्नुपर्ने
    अवस्था आएको भए मात्र यन्त्र वाचक राहदानी (MRP) नविकरणका लागि आवेदन गर्नुहुन सम्बन्धित सबैलाई सूचित
    गरिन्छ भनी जारी सूचनामा उल्लेख गरिएको छ।

    विश्वका अन्य मुलुकमा जस्तै साउदी अरबमा पनि कोरोना संक्रमणदर दिनानुदिन बढ्दै गैरहेकोले तत्काल साउदी अरबको कुनै
    पनि शहरमा राहदानी आवेदन संकलन शिविर नराखिने र e-Passport को लागि आवेदन लिन शुरू गर्ने मिति तय भएपश्चात सोको जानकारी गराइने बताइएको छ।

    अत्यावश्यक परी राहदानी नविकरण गर्नुपर्ने अवस्था
    भएका सेवाग्राहीहरू राहदानी नविकरणको लागि तल उल्लेखित निर्देशन पालना गरी राजदूतावासमा नै आउनु पर्नेछ।

    राहदानी नविकरणका लागि दूतावासमा आउँदा देहायका कागजात अनिवार्यरुपमा साथमा लिएर आउनु हुन अनुरोध छ ।

    १. सक्कल राहदानी
    २. राहदानीमा आफ्नो फोटो भएको पेज र पेज नं. ३१ को फोटोकपि एक/एक प्रति
    ३. नागरिकताको फोटोकपि एक प्रति (अगाडि र पछाडि दुबै पेज एउटै पानामा आउने गरी)
    राहदानी नविरण दस्तुर साउदी रियाल-२००।-
    राहदानी हराएको वा कुनै कारणले बिग्रिए वा च्यातिएको भए साउदी रियाल-४००।-

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on अत्यावश्यक परी राहदानी नविकरण गर्नुपर्ने अवस्था मात्र एम.आर.पी. राहदानी नविकरणका लागि आवेदन दिन आहवान।

    कुवेतमा नेपाली युवाद्वारा आत्महत्या

  • ५ माघ २०७८, बुधबार १९:२२ मा प्रकाशित
  • कुवेत सिटी। रोजगारीको लागि दुई वर्षअघि कुवेत आएका सिराहाका रमेश मण्डलले आत्महत्या गरेका छन्।

    अल जाहारा क्लिनिङ कम्पनीमा कार्यरत मण्डलले आफ्नै आवासमा झुन्डिएर आत्महत्या गरेका हुन्।

    नेपाली राजदूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालका अनुसार मृतकको परिवार तथा कम्पनीसँग समन्वय गरी शव पठाउन प्रकृया सुरु गरिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबरLeave a Comment on कुवेतमा नेपाली युवाद्वारा आत्महत्या

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P