साताका उत्कृष्ट झिल्का कविताको तेस्रो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ३ का लागि झिल्काकार त्रय अर्जुन चौलागाईं, विवश पारदर्शी र सरिता सेढाईका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू
(१) १. हुन्न यता ठेक्का जसले भ्याउॅंछ त्यसले यसमै राखौं हेक्का । २. नारी पुरुष बराबर अधिकार बढी नारीमा अगाडि बढ्छन् सरासर । ३. असल कुरा सिकौँ दुई रथका पाङ्ग्रा अरू कुरा झिकौँ ✍️ अर्जुन चौलागाईं ~~<•>~~ (२) १. बुढेसकालको छैन साहारा मेरो भागमा रहेनन् दैवको भए आहारा ! २. अब कसो गरौँ मन पोल्छ भतभती लाग्छ आफैँ मरौँ ! ३. सम्हाल्छु आफूलाई फेरि उता छिमेकी दाइको कुपुत्र सन्तान हेरी ! ✍️ सरिता सेढाई धादिङ ~~<•>~~ (३) १. हामी हौँ साथी सफा छ दिल प्रेमभाव सबै माथि ! २. धर्ती आकाश पाताल जोडेको हुन्छ प्रेममा सदैव आलिङ्गन बबाल ! ३. प्रकृतिको सुन्दर सृष्टिमा सागर पहाड विचित्र देखिन्छ जगत् दृष्टिमा ! ✍️ विवश पारदर्शी झापा ~~<•>~~
साप्ताहिक झिल्का लेखन अभ्यासको तेस्रो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला हरेक हप्ता सञ्चालन हुने गर्दछ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ५३ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू- …………………………… १, जल, जमिन, जङ्गल सारा प्राणी जगत्मा चाहिन्छ हरेक पल । २, स्वास्थ्य अमूल्य धन आफ्नो हेरचाह आफैँ जहाँ झल्किन्छ आफ्नोपन। ३, जूनको तिमी भ्रूण भविष्यको आँगन उज्यालो सौन्दर्यमा देखिनॅं अवगुण ।
म्यामराज राई, भोजपुर ……………………………………… १) प्रेम सुन्दर फूल अनुपम उपहार ईशको सुख आनन्दको मूल ! २) केवल सच्चा कर्ममा हुन्छ ईश्वरको प्राप्ति शान्ति र मानवधर्ममा ! ३) गरेमा असल काम फैलन्छ सर्वत्र कीर्ति चम्कन्छ तिम्रो नाम !
वसन्त अनुभव, घोराही, दाङ ……………………………………… १. हातमा हात मिलाऔॅं गरिब दुखी असहायलाई हक अधिकार दिलाऔॅं । २. छोडौँ कुरा जाली भनिहाल कहिले बन्छौ मेरो दिलको माली । ३. मेरी सानी नानी धेरै चकचक नगर हुनुपर्छ साह्रै ज्ञानी ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा ……………………………………… १. विक्षिप्त सोचको धनी हाम्रो समाजमा निहित, आधुनिक युगमा पनि। २. भ्रष्टाचार विद्यमान छन् सरकार भए सालिक, मौलायो कालोबजारी झन्। ३. वन राष्ट्रिय धन केवल नामको भयो, व्यापारी भए सज्जन।
पृथक प्रकृति, झापा ……………………………………… १ देश सङ्कटमा गयो भ्रष्टाचारी फैलिए यहाँ सङ्घीयताले टुक्रा भयो। २ महॅंगीको मारमा हामी देशविहीन जस्तै भयौँ समस्या बुझेको दामी। ३ एउटै झण्डा उठाऔॅं सचेत बनेर हामी दुष्टको चाल बुझाऔॅं ।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ……………………………………… १, हुँदैन भरोसा भर फुट्छ सिसा जस्तै यो सपनाको घर। २, सपनाको भ्रममा परेर जीवन यो बाँचिरहेछु झुठको खेती गरेर। ३, भरोसा आस्था विश्वास जीवनमा महत्त्व राख्ने त्यही हुनेरहेछ खास।
नवशिला, नवदेव मार्ग, लालभित्ती, मोरङ। ……………………………………… १ आँगन काग करायो सुनेर किन किन यो मनै डरायो ! २ फुलेका बेली चमेली प्रकृतिका सौम्य सौगात बस बैँस समेली ! ३ जीवन भिर पाखामा चाहिने माया पिरती खुसीले फुल्छ आँखामा !
आर्त अकुलीन ……………………………………… १, भन्छन् पढ्न आउँछ नाम लेख्न सित्तैमा , सरस्वती पुजामा पाउँछ! २, हामीले आस राखेर पूजा गर्छौं सधैँ , माता सरस्वतीलाई भाकेर । ३, शिरमा रहेमा हात पूरा मनका कुरा, पाइन्न जीवनमा अघात ।
सीमा कार्की ‘समर्पण’, ठोरी – ४, मेलचोक, पर्सा ……………………………………… १. छन् कति बेरोजगार देशको प्रमुख समस्या जनतामा पर्यो मार। २. कसरी रोजगार दिन्छन्? बाहिरी सहयोग पनि घुमाएर आफैँ लिन्छन्। ३. डाडुपन्यु तिनकै हातमा जनलाई मात्र देखाई दलहरू लिई साथमा।
अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१(हालः-अमेरिका,बोस्टन) ……………………………………… १, खोलो सुसाउँछ अगाडि बाँधको व्यवस्था छैन बुद्धि फर्कियो पछाडि । २// उमेरको कुरा नगर ढुङ्गा पच्ने गर्थ्यो रेली खोला बगर । ३// हजारौं हजार सुनाए जिन्दगीको कथा व्यथा समाधानको बाटो भुलाए ।
अम्बिका अधिकारी, झापा बिर्तामोड ……………………………………… १, हेरेर हिमाल अटल देश नेपाल शान्तिको मनै बनाउँछ चञ्चल । २) युवा हिॅंडे खाडी चिल गाडी चढेर बाँझो भो खेतबारी । ३ ) घरको भित्तो गलेर ढलेर कति गए रुन्छ मन जलेर ।
इन्दिरा देवकोटा, कपिलवस्तु ……………………………………… १ गाउँमा अनिकाल आयो घरमा खान नहुनेले धेरै दु:ख पायो । २ भ्रष्टाचार बढेको बढ्यै सोझा निमुखा जनता जहिले हेरेको हेर्यै । ३ नेताका कुरा जाली रोजगारी दिलाउँछौ भन्दै बजाउन लाउने ताली।
कला ढकाल, झापा दमक ……………………………………… १, जीवन घाम-छायाँ मन संयमित राखौँ बाटा मिल्दछ दायाँबायाँ । २, चाहिन्छ लक्ष्य निरन्तरता धैर्यता गरेको सफल जित सदैव तत्परता । ३, आस्था प्रभु माया जीवन यात्रा सफल पायौँ मानिस काया ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी ……………………………………… १ दिएर अधिक ध्यान समृद्ध बनी बाँचौँ बढाऔॅं सिपयुक्त ज्ञान । २ पैसा प्रतिष्ठा पद समालेर राख्न सकौँ ननाघोस् कहिल्यै हद । ३ मनको मैलो फालेर उठौँ जुटौँ शानले काँधमा काँध हालेर ।
त्रिलोचन भण्डारी, मेचीनगर, झापा ……………………………………… १, जिन्दगीले यात्रा बनायो बलिया साथ रहेनन् सामन्तीले खेत खनायो ।
सोमनाथ लुइटेल “रवि पाल्पाली” ……………………………………… १, युवाशक्ति विदेश जाने युवाले स्वीकृति माग्दा बन्दुकको गोली खाने । २, हातमा राहदानी बोकेर लागे विदेश युवा तमसुकमा सनाखत ठोकेर । ३, आफ्नो औकात नभुल्नु बिनाकाम भौँतारिनु हुन्न दूतावासमा स्पष्ट खुल्नु ।
चुडामणी देबकोटा, चानपा – १३, काठमाडौ ……………………………………… १, चिसो चिसो बतास छैन लुगा कपडा मन सारै हतास ।
नागेन्द्रप्रसाद यादव ……………………………………… १. शान्तिको दीप बालौँ हरपल अगाडि बढ्दै गन्तव्यको पाइला चालौँ। २. सुरम्य अटल हिमाल देश शान्ति बुद्धको सुन्दर शान्त विशाल । ३. झुटको खेती गरेर कति दिनसम्म टिक्ला आँखामा छारो भरेर ।
केसर बोहरा ‘सङ्घर्ष’, सुदूरपश्चिम अछाम (हाल भारत) ……………………………………… १. रवाफको बीउ रोपेछौ लोभी रहेछौ बुझियो आफ्नै कर्तुत छोपेछौ । २. भूत तिम्रो गइसक्यो बितेका कुरा नगर वर्तमान पनि भइसक्यो । ३. सक्छौ अगाडि सर निर्देशक बन प्रगतिपथमा सक्दैनौ हल्ला नगर ।
प्रेम थापा “मन”बागलुङ ……………………………………… १, लेक बेँसी डुल्दै आयो लोभी भॅंवरो फूलको रसमा भुल्दै । २, मौरी भुल्यो रसैमा जाऔॅं हिॅंड मायालु सरर मिनी बसैमा ।
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई ४ झापा ……………………………………… १ न पच्छ हाँसो कस्तो यो समाज? न पच्छ गुनासो । २ उत्ताउलो खुसी बाँड्दा, नबोले हुने घोसे अधैर्य आँसु झार्दा! ३ तिम्रो जस्तै मेरो कहाँ मन बस्छ सधैँ एउटै घेरो ।
दीपा गुरुङ् ‘समभाव’, बुनपा काठमाडौ ……………………………………… १. गरिबी बाध्यता बन्यो आत्महत्या गर्नु भन्दा युद्धमा मर्छु भन्यो । २. युद्ध भूमिमा होमियो नेपाल आमाको सन्तान अस्तायो वीर कहलियो ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी ……………………………………… १, गरेर नकाम अति ढुक्क भएर बसे हुन्छ एकदिन क्षति । २, नाटक माथि नाटक थाल्यौ गर्न भने नाटकनै होला घातक । ३, सुकिलो छ लुगाभित्र लागेछ कालो दाग सुन्दा कस्तो विचित्र ।
ध्रुव श्रेष्ठ, हाल – काठमाडौ ……………………………………… १// प्राणी जगत्को बास्सा मार्ने जागाउने आशामा प्रकृतिको अदृश्य खास्सा । २// तिम्रो बानी मीठो पिठो पिसी ल्याउँछु जङ्गलमा खोज्दै गिठो । ३// जनजीविका राम्रो चलाउनु बाल्नु घरमा आगो उत्कृष्ट नारी कहलाउनु ।
टिकाराम पुन पुकार, छत्रेश्वरी गाउँपालिका – २, सल्यान ……………………………………… १) देश अप्ठ्यारो मोडमा छ आर्थिक मन्दी सरकार लुट्ने होडमा । २) मिलेर फालौँ सङ्घीयता यसले बनायो खलबल बढाऔॅं देशमा आत्मीयता । ३) सिमानामा काँडेतार लगाऔॅं विदेशीले सिमा मिच्यो दलालहरू देशबाट भगाऔॅं ।
रबि पौडेल, दक्षिण भारत पाण्डेचरि ……………………………………… १, चल्यो बतास रनवन शितल छहारी चौतारीमा आनन्दले भरियो मन। २, फूल फुल्यो वनैभरि आहा ! कति राम्रो बासना चल्यो मनैभरि । ३, नासेर जाने धन अरूलाई दिन्छु भन्छु मान्दैन यो मन।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६ संखुवासभा ……………………………………… १, सानोतिनो नठान्नु सिप निरन्तरताले उर्जा थप्छ जगाएर उज्यालो दीप । २, खोज बरु ओखतीमुलो कसैले थुतुनो चलाउँदैमा बल्दैन निमुखाको चुलो ।
कृष्णकुमार वैद्य, बनेपा – ९, काभ्रे ……………………………………… १. कुक्रुक्क पर्दथ्यो पाडो अहिले हराएछ सायद वनवास गयो जाडो । २. जन्माउने एक हुन्छन् सपना देख्नु राम्रो हुर्काउने अनेक हुन्छन् । ३. नाम खोजेँ मैले साहित्यको साथ पाएर बल्ल भेटेँ अहिले ।
नन्दलाल आचार्य, बेलका-२, उदयपुर । ……………………………………… १, गयो अब जवानी बाँच्नु मन भए खानामा अपनाउनु सावधानी । २, कति अचम्मको जोस उमेरले नेटो काट्यो अब पुर्याउनु होस । ३, ढकमक्क चारैतिर फूल सुन्दर नेपाल बनाउनु फुटाऔॅं विकासको मूल।
राज कुमार राजभण्डारी ‘खोटाङ्गे’, मध्यपुर ठिमी- ५ संगम कोलोनी भक्तपुर ……………………………………… १, अहम्ता छ मनभित्र राम्रो मात्र आफू संसारका मान्छे विचित्र । २, सपना हुने साकार झिनो आस एउटा छैन खुसीको बजार ।
संगीता खरेल, चन्द्रागिरी – ८, काठमाडौं ……………………………………… १ तिमी नदुखाऊ मलाई चोट दिन नखोज थकित घाइते बनाई। २ स्वार्थको यो संसारमा इमानदारी भएर बचाऊ कुनियत बिक्दैन बजारमा ।
राज कुमार कार्की, कटारी-१, उदयपुर । ……………………………………… १/ हामी हौ साथी सफा छ दिल चौडा छ छाती । २/ धर्ती आकाश पताल जोडेको हुन्छ प्रेममा ठान्न हुन्न बेताल । ३/ प्रकृति सुन्दर सृष्टिमा सागर पहाड विचित्र देखिन्छ जगत् दृष्टिमा।
विवश पारदर्शी, झापा …………………………………… १, खोला बाँधेर हिउँदमा सहर बनाई रमाएका वर्षा लागेपछि डुबानमा । २ उड्छन् चरी ढुकुर घरको निदालमा गुँड नाच्छन् वनमा मयूर । ३ पहाडी खेत तरेली रमाइलो लाग्छन् दृश्य छिमेकी गर्ने परेली ।
भगवती दवाडी …………………………………… १, पृथ्वीको मुटु मानिन्छन् सिमसारलाई स्वच्छता राखौँ पर्यटकहरू आफैँ तानिन्छन् । २, सिमसार क्षेत्रका स्थलहरू स्वच्छ हराभरा राख्नुपर्छ बढ्नेछन् उत्साहजनक अरू । ३, सिमसार दिवसको शुभकामना पर्यटक अझ बढोस् यही हाम्रो चाहना ।
हरिनारायण चौधरी, कबिताहरी, सुन्दर हरैंचा – १, मोरङ …………………………………… १, आमाको मिठो बोली सधैँभरि देख्न पाउँ सुन्दर गुनिउॅं चोली। २, तिम्रो पाए साथ जति बेला हुन्छ दु:ख सुखमा हात । ३, खेतमा तरकारीको बारी पसलमा छैन हजुर दु:खमा पैसाको भारी !
श्री कृष्ण धामी, बझाङ …………………………………… १, गुराँस फुलेर वन लाली छायो पाखाभरि हर्षित बन्यो मन। २, कफी कोपिला चाँप फूल फुलेर सेताम्मे वसन्तको नौलो छाप। ३, सेताम्मे चाँप फुलेको सेतो केश सम्झेर निर्मोहीले चट्टै भुलेको।
मोती सुब्बा, दार्जिलिङ, भारत। …………………………………… क) सितन भैंसीको सुकुटी राखेर चुस्की लिॅंदै रित्याए राष्ट्रिय ढुकुटी l ख) पारे देशलाई खोक्रो ढुकुटीको रस चुसी भरे आआफ्नो धोक्रो l ग) सुशासनमा लाग्यो बिर्को जनताको त्यो आशामाथि निरन्तर पर्यो चिर्को l
बाबुराम गौतम, गुल्मी …………………………………… १. जिन्दगीले कहिले सतायो मात्दिनॅं भन्दा पनि भलिभाँती दिएर मतायो । २. कहिले असल जनायो आफू नबोल्दा पनि ‘राम्रो तपाईं’ भनायो । ३. बिचको असल सफल हेर्नुस् आफ्नै आँखाले गुलाफ राम्रो कमल ?
रामप्रसाद पुरी, बादेल, खोटाङ …………………………………… १, तताउनु पर्छ सडक भ्रष्टाचार अति भयो नेताले देखाए चटक। २, गरिबी धेरै मौलायो, सहनै नसकेर जन सडकमा बोल्न आयो। ३, देश बचाउन जागौँ माया गरेर देशको सुधारको बाटो लागौँ।
होम प्रसाद नेउपाने, धरान,सुनसरी …………………………………… (१) तिम्रो चोखो मायाले दर्दहरू हुन्छन् निको नजिकै हुँदा कायाले ।
पद्मा काश्यप पाण्डे, मोरङ …………………………………… १, मेरी मायाकी खानी धन्य मेरी आमा त्यसकारण म भाग्यमानी । २, तिम्रो औॅंलाको स्पर्श लाग्छ कति प्यारो त्यो हर्षित परामर्श । ३, किन्न मिल्दैन लाखमा अर्ती, आड, आसिक् बाँचिरहूँ तिम्रो काखमा ।
कमला पौडेल, भक्तपुर चा न पा …………………………………… १. मैले चाहेँ तिमीलाई तिमीले मलाई चाह्यौ समाजको मन जलाई । २. सत्य बोल्ने बानी छानी छानी झुट सुखले जिउँला जवानी । ३. मन कस्तो कस्तो ! पैसा जस्तो लाग्छ सबैभन्दा त्यही सस्तो ।
शशी आचार्य …………………………………… १, सोह्रमा नागरिकता पायो हिॅंड्यो बेरोजगारी छल्न सबै परदेशतिर धायो । २ सङ्घर्ष जीवनको पाटो सहेर घामपानी ठेस, फैलिन्छ सफलताको बाटो ३ बढेको छ घमण्ड , भ्रष्टाचारको कालो धनमा, दिॅंदैनन् कसैले दण्ड ।
भुपेन्द्र राना मगर, धादिङ …………………………………… १, जीवन हो फूल , जहाँ भमरा भुल्छन् अब नगरौँ भुल । (२) फूलमा रस छैन, न केही बास्ना कोपिलामै अनर्थ हैन ?
जी.वि.चिन्तन घोराही- १४, दाङ …………………………………… १. सात समुद्र पारि दौडिए युवा जमात बोकेर सपनाको भारी। २. स्वदेशको बाँझो बारी फुल्यो ईलामे झार बन्यो तितेपाती घारी। ३. स्वदेशमै फल्छ मेवा पौरखी हात चलाए दिनु सके टेवा।
बिके मुखिया, दार्जिलिङ भारत। …………………………………… १. पढेको काम लाग्दैन जस्तो लाग्दैछ अचेल मनको पिर भाग्दैन । २. के गर्नु सोचेर ? हरदिन बदलिँदै छ समय सधैँ गनेर । ३. समय अवश्य पर्खन्छु दुःखले कति भिज्नु भोलिबाट टाढै तर्कन्छु ।
प्रकाश धमेना क्षेत्री ‘ज्योति’ (हाल – चितवन) …………………………………… १, मन मरेपछि आस कोही यहाँ कहिल्यै नलाग्दो रहेछ खास । २, सफा होस मन झुटो नबोल कहिल्यै असल मान्छे बन। ३, तिम्रै बन्छु भनी धोका दियौ निष्ठुरी आज अर्कैको बनी ।
अनिता भण्डारी, ताप्लेजुङ …………………………………… १) नेपाल हाम्रो देश सुन्दर अनि शान्त भेषभूषा फरक परिवेश । २) सगरमाथा हाम्रो शिर बिनागल्ती कोही नझुक्ने नेपाली हामी वीर । ३) प्राकृतिक सुन्दरताको धनी गर्व लाग्छ मलाई आफू नेपाली भनी ।
रुना कर्माचार्य दाहाल, चितवन …………………………………… १) निकै देखियो चुरीफुरी कसलाई फसायौ आजकल सुनाउन ए ! निष्ठुरी ! २) आँखामा गाजल पोतेर देख्छु निकै चम्केको जालीले शरीर छोपेर !
लुम्बिनी साहित्य प्रतिष्ठान, नेपाल …………………………………… १ उज्यालो बनाउॅंछ शिक्षाले जीवनको अस्तित्व बुझौँ अमर बनिन्छ दीक्षाले। २ प्रश्नको लाग्दछ थुप्रो खोज्दा खोज्दै उत्तर बन्छ शरीर कुप्रो। ३ प्रविधिको उपयोग जानेमा मानव बन्छन् खुसी मनको सन्तोष छानेमा।
सुस्मिता अधिकारी ,काठमाडौँ …………………………………… १ , जब शिशिर लाग्यो तन मन सबै चिसोले थुरथुर काँप्यो । २ , अब वसन्त आउँछ कोइलीको गाना सॅंगसँगै वृक्षमा हरियाली छाउँछ।
हरिगोपाल प्रधान, काभ्रेपलाञ्चोक, बनेपा – १४, साँगा बजार …………………………………… १, मेरो मनको कुना थाहै नपाइ फुस्केछ तिमी बाँधिदेऊ तुना । २, चिसोले साह्रै सतायो मन मौसम उस्तै निस्ठुरीको यादले अटायो । ३, तलतल लाग्यो अम्मल धेरै आशङ्का किन ? खोजी हुँदा कम्बल ।
सरस्वती भट्ट, सिराञ्चोक -५, गोरखा (हालः राइनास-१, लमजुङ) …………………………………… (१) गर्नु सबको भलाइ गल्ती हुँदा कहिलेकाहीँ माफ देउ मलाई । (२) मलाई निरास बनायौ छोडेर गयौ तिमी झुटको खेती खनायौ । (३) सम्बन्ध बढाऔॅं हामी सबैको आँखा अगाडि बन्नुपर्छ सबैभन्दा नामी ।
काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२० औँ शृङ्खला सम्पन्न भएको छ । अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १२० औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का
घरले भन्छ जा जा आइज नै भन्छ वनले त्यागौँ भन्छु लोभ मोह तर मान्दैन मनले ।
वसन्त अनुभव घोराही, दाङ
सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू
[१] लिएर के आएका थियौ जान्छौ के लिएर खाली हात जाने सबै गंगाजल पिएर । ✍️ वसन्त अनुभव घोराही उपमहानगरपालिका १४, दाङ [२] उमेर ढल्किदै जाँदा पनि लोभी पापी भए त्यही भएर विलाप गर्दै मामाघर गए । ✍️ डम्बर थामी ‘अनुपम ‘ कालिन्चोक गा. पा. -६, दोलखा । [३] उमेरले नेटाे काट्याे उस्तै छ व्यथा बल्झिएकाे मन बाँध्न नसकेर लाेभ माेहमा अल्झिएकाे । ✍️ ताराप्रसाद चापागाईँ धुनिबेसी । [४] आखिर घमण्ड केका लागि एकदिन छ मर्नु सम्पूर्णमा सत्मार्गमा चल्दै दिव्य ज्ञान छ छर्नु । ✍️ केसर बाेहरा ( सङ्घर्ष ) सुदूरपश्चिम अछाम । हाल भारतबाट । [५] मान्छेको मन लोभी पापी अहङ्कारी भयो काम क्रोध मोह हुँदा आफ्नै हुर्मत गयो । ✍️ गुणनिधि घिमिरे अमेरिका [६] बुढेसकालमा छैनन् कोही साहारा छोराछोरी भए विदेशीको आहारा। ✍️ तेजप्रसाद खनाल दाङ। [७] पापको भाडो भरिएन है दिदीबहिनी दाजुभाइ, लोभ लालचले कहिल्यै पनि नछोड्ने भो हामीलाई । ✍️ नवशिला, नवदेव मार्ग, लालभित्ती, मोरङ। [८] जति कमाए नि आखिर घाटमै हो जाने सुनाम कमाऔँ केही छैन नि मर्दा लाने । ✍️ अर्जुन प्रसाद चौलागाई रामेछापः-सुनापति-१ हालः-अमेरिका,बोस्टन। [९] नाङ्गै आयौ नाङ्गै जान्छौ आखिर लोभ किन लोभ मोह नत्यागे होला मरण कठिन । ✍️ सरिता सेढाई धादिङ [१०] जति यो उमेर जान्छ उति लाेभ लाग्ने इज्जत सबै फाली भिखारी बनी माग्ने । ✍️ राज कुमार राजभण्डारी “खाेटाङ्गे” मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर । [११] उमेरमा सङ्घर्ष मात्र बुढेसकालमा दुःख पाइयो छोराछोरी विदेशमा लाठी टेकेर अस्पताल धाइयो । ✍️ अम्बिका अधिकारी झापा बिर्तामोड [१२] सहनुपर्छ घाम र पानी कर्म यो गरेर जीवन भन्नु आखिर यस्तै जानु छ मरेर ! ✍️ आर्त अकुलीन [१३] निहुँ खोज्छ जिउले मनले भिरको बाटो रोज्दैछ खान लाउन नपुगेर अरूको कमाइ खोज्दैछ । ✍️ होम प्रसाद नेउपाने धरान,सुनसरी । [१४] झरेको दाँत कमजोर आँत अस्पष्ट वात खोज्छ सधैँ खुसीको रात अनि पैसाको खात । ✍️ ध्रुव श्रेष्ठ हाल काठमाडौ । [१५] मान्छे सारै लोभी भयो, आजकल किन ? सक्छौ दाम हैन नाम कमाएर हिन । ✍️ शंकर कार्की थाहा नगरपालिका ३ मकवानपुर। [१६] उमेर हुँदा हुन्न हाेस जाेसमा के के गर्ने ? बुढाे भयाे उमेर गयाे पछुताई भो मर्ने । ✍️ जी.वि.चिन्तन घाेराही-१४ दाङ २०८०/१०/२० बिहान ६:१५ [१७] लोभको घैँटो भर्नलाई भयो हानथाप अहिले आएर लाग्यो मलाई ठूलो पाप । ✍️ रचना मोक्तान “यात्री” नमोबुद्ध न. पा.-५, काभ्रे । [१८] मनले भन्छ गरौँ गरौँ तर तनले सकेन गर्न बुढेसकाल लागे पनि सकिएन कसैगरी मर्न । ✍️ प्रेम थापा “मन”बागलुङ [१९] खै के कुरा गर्नु र अब मरिजाने तनको छोडिदिनुहोस् लोभ मोह नासिजाने धनको । ✍️ अनुग्रह राना मगर ‘पुष्प’ पाँचखपन नपा – ६ संखुवासभा । [२०] कुकुर भन्छ सन्तान बढुन् बिरालाे भन्छ याे घरका जति सबै मरून् विचरा अग्रगामीहरू जीवनभर सत्तामा नबसेर के पाे गरून् । ✍️ प्रद्युम्न चालिसे भक्तपुर कटुञ्जे । [२१] लाेभ र रागले दिदैन आनन्द र चैन जीवन निरन्तर जल्दैछ बनेर मैन । ✍️ दीपा समभाव काठमाडौँ [२२] उमेर बुढो भए नि जवान हुने मन लोभी नयन युवतिकै पछि लाग्छ तन ! ✍️ इन्दिरा देवकोटा [२३] हिजोभन्दा त आज झनझन बढ्दै छ सास साच्चै अब बाँचुला भन्ने पनि कमै छ आस । ✍️ गणेश नेपाली बगनासकाली-१,बगनास,पाल्पा। [२४] सचेत ती मान्छेले पाएको यति हो ज्ञान लोभकै पछाडि दौड्दा दौड्दै सकियो ज्यान ! ✍️ बि.कुलुङ दार्जिलिङ रंगबुल [२५] त्यागौँ सबले रिसराग र लोभ मनबाट अनि मात्र मुक्ति मिल्छ लौकिक जीवनबाट । ✍️ बाबुराम पाण्डे अर्घाखाँची [२६] काम, क्रोध, लोभ एकै परिवारका दाइभाइ, जति सङ्घर्षले जोगायो उति खर्चिने कमाइ । ✍️ अच्युत घिमिरे सर्पाङ, भुटान🇧🇹 [२७] उमेरसँगै लाेभ ,माेह चुलिएर जान्छ तेराेमेराे भन्दाभन्दै यमराजले तान्छ । ✍️ त्रिलाेचन भण्डारी मेचीनगर, झापा [२८] जीवनले आखिरमा पुर्याउँछ कहाँ ? भावीले नै लेखेकोमा पुर्याउने त्यहाँ । ✍️ कार्की डिबी माकुम सुनवल-४, नवलपरासी [२९] मनभित्र काम लोभ मोह र तृष्णा हुन्छ निस्काम कर्म गर्नेले वैकुण्ठ लोक छुन्छ ! ✍️ समुद्र जल्जला७गण्डकी [३०] यताउता गरि राख्छु परिवार पाल्न कसै गरी सकिएन चुहिएको टाल्न । ✍️ प्रदीप के रिमाल इटहरी आठ। [३१] घर अनि सन्तानको कति धेरै माया जीवनको अन्तिममा हुन्छ दायाँबायाँ । ✍️ विवश पारदर्शी झापा, [३२] कुराले टिपेर दिन्छन् सहजै आकाशको तारा, सधैँको भोलि थपाथप भाखा कुरौटेको पारा । ✍️ कृष्णकुमार वैद्य बनेपा ९, काभ्रे [३३] पहिले त्यो लोभी भई सोर्यौ पुस्तौँ धन बुढो भयौ हार खायौ पछुतायो मन । ✍️ बेदु न्यौपाने 🇳🇵 [३४] मनले जे भनोस् तनले खोजेको गर्छु मुखको गाँस छिनाई भड्खारामा पर्छु । ✍️ नन्दलाल आचार्य सिद्धार्थटोल, उदयपुर । [३५] आफूलाई सम्पत्तिले बनाए जस्तै ठान्छ दुख्ने गरी बन्चराले आफ्नै खुट्टामा हान्छ । ✍️ गंगा खड्का बूढानीलकण्ठ ,काठमाडौँ [३६] उमेरले नेटो काट्दा, कपाल हुन्छ फुली सेतै जता लोभ मोह पाप , अझै नजर जान्छ तेतै । ✍️ यामनाथ आचार्य पर्वत [३७] जति गरे नि मन मान्दैन लोभ बाहेक अरू जान्दैन । ✍️ शशीश्री आचार्य बौद्ध कुमारीगाल काठमाडौं [३८] वृद्ध अवस्थाले सतायो कि क्या हो खोजिरहेछौ तातो घाम, लोभ मोह सब त्यागेर जप्नु बरु हरे कृष्ण हरे राम । ✍️ भगवती दवाडी दमक,झापा [३९] जति उमेर बढ्दै जान्छ, उति लोभ नै लाल्चा, मनलाई पनि जान्नुपर्छ लगाउन ताल्चा । ✍️ शोभा आचार्य गौतम काठमाडौँ [४०] मेरो पनि त्यही हाल छ, मनको कुरा खोलेँ केही पनि भन्दिनँ आज, तिम्रै पक्षमा बोलेँ । ✍️ पुष्पा सुवेदी नेपालगंन्ज,बॅाके। [४१] समयसँगै बदलिनु पर्यो कहाँ जान्छ कली वनमा खुसी उनै छ कली बखतमा लोभ मोह जस मनमा । ✍️ मुक्ति काफ्ले कोक्राझार, असम, भारत। [४२] गरिबी अभावमा जीवन सकियो जीउँदै मरेको आभासमा परियो । ✍️ कला ढकाल झापा दमक [४३] उमेरले नेटाे काटिसक्यो केही धान्दैन याे तनले आँखा लोभी देखेजति आफ्नै बनाउँ भन्छ यो मनले । ✍️ सुशीला शिखा काठमाडौं कागेश्वरी [४४] घरबारी र परिवारको माया अपार छुट्दैन लोभ मोह तृष्णा जाग्दैछ सपार । ✍️ कमला देवकोटा, पाल्पा [४५] उमेर हुँदा नै कमाऊ, झल्केर वा सल्केर इच्छा भएर के गर्नु ? गयो जोबन ढल्केर । ✍️ मोती सुब्बा दार्जिलिङ, भारत। [४६] पापको घैँटो भरिसक्यो प्रभु, चाँडै लैजाउ माथि तिम्रो कर्तुत देख्दाखेरि लानुपर्ने तिम्लाई साथी। ✍️ कबिताहरी सुन्दर हरैंचा नगरपालिका १ मोरङ [४७] मन हुन्छ सदा लोभी, कुरा कहॅा मान्छ मान्छेको जातै त्यस्तै, भेटेको सबै खान्छ । ✍️ राजेशराज गड्तौला कॅाडाघारी, काठमाण्डौ [४८] वनले बोलाउँछ मात्र सिकाउँदैन त्याग्न मोह कसरी बिती जान्छ जीवन गर्दैमा धनको जोह। ✍️ सुस्मिता अधिकारी काठमाडौँ [४९] काेपिलामै हुन्छ हेर्नुहोस् वयस्क बोट परिश्रम गरेमा मिल्छ हजुर नोट ! ✍️ श्री कृष्ण धामी – बझाङ [५०] पाल्नेले फाल्न खोज्छन् किन बुढेसकालैमा माया होइन डुब्नै पर्ने आँसुको खालैमा । ✍️ संगीता खरेल चन्द्रागिरी ८ काठमाडौँ [५१] लोभको भाँडो भरिँदैन पुग्दैन हेर धनले आखिर जानैपर्छ छाडी नमाने पनि मनले । ✍️ मन्दिरा सेढाई मलेखु,धादिङ [५२] लाेभी मन, पापी आँखा हरे ! भन्छ संसार मेरै भए भन्दाभन्दै जानै छ एकदिन, सबैले छाडेरै गए । ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ । [५३] काशी जानेबेला भैसक्यो, मोह माया गर्छौ कति भजन कीर्तन गर्दै बस्ने बेला बिग्रेछ मति । ✍️ बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ) कनकाई ४ झापा [५४] आँखा लोभी र मन पापी संसार यस्तै होला बुढेसकालमा पेट पाल्न बोक्नुपर्छ झोला । ✍️ पद्मा काश्यप पाण्डे, मोरङ [५५] बाँचुन्जेल तेरोमेरो मरे के पो छ र दुई दिनको जिन्दगी छैन केही भर । ✍️ दीपा तिम्सिना -ईलाम [५६] जति बुढेसकाल लाग्याे उति लाेभ लाग्ने बाउ बाजेको इज्जत फाली भए नि माग्ने । ✍️ सहयात्री शाेभा अर्याल बुटवल , रुपन्देही [५७] छाेडी जाने चाेला याे लाेभ लाग्छ किन धेर ? नेत्र बल्छन् त्यत्तिँकै अरूकाे धन देखेर ? ✍️ हरिगाेपाल प्रधान काभ्रेपलाञ्चाेक बनेपा १४ सँगा धजार
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४१ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ८२ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला- १४१ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
यात्रा
हेर जोखिमको
अनिश्चित गन्तव्य पो !
- वसन्त अनुभव
[२]
जनसंख्या
बढ्दो देशमा
गन्तव्य हुनेभयो अवशेषमा !
- कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३]
सवारी
जोखिमपूर्ण यात्रा
देखियो हाँडीगाउँको जात्रा !
- डम्बर थामी 'अनुपम'
कालिन्चोक गा. पा.-६, दोलखा
[४]
देश
जनसंख्याको भारी
यात्रा अनिश्चित भविष्यको !
- डुकछिरिङ लेप्चा
मिरिक, भारत
[५]
मानव
जोखिम यात्रा
देखाए बसमाथिको जात्रा !
- बेदु न्यौपाने
[६]
बाटो
होसियारीको चेतना
प्रायोजित समयको साटो !
- गुणनिधि घिमिरे, अमेरिका
[७]
यात्रा
जाेखिमपूर्ण सवारी
दुर्घटनाको अनेकन भारी !
- केसर बाेहरा 'सङ्घर्ष'
अछाम, हाल: भारत
[८]
यात्रा
घुम्ति पाखा
बहादुर चालकको कथा !
- ध्रुव श्रेष्ठ
हाल: काठमाडौ
[९]
जाेखिम
भिडकाे यात्रा
सङ्घर्षपूर्ण छ जीवन !
- ताराप्रसाद चापागाईँ
धुनिबेसी
[१०]
यात्रा
सधै जोखिमपूर्ण
भाषणमा विकास भरिपूर्ण !
- रमा पन्त, पाल्पा
[११]
गन्तव्य
अङ्गुरको झुप्पो
फेद न टुप्पो !
- गोपेन्द्र रिजाल, पाँचथर
[१२]
यात्रा
अति जोखिम
तर पनि वाध्यता !
- घनश्याम पौडेल, पोखरा
[१३]
बाध्यता
रहर कतै
कसैले बेहोर्ने सास्ती !
- निर्मला सुबेदी
[१४]
यात्रा
बाध्यतामा मानव
जोखिमपूर्ण छ गन्तव्य !
- दुर्गा भट्टराई
[१५]
लापरवाही
मानवीय खतरा
ट्राफिक बनोस् कडा !
- तेजप्रसाद खनाल, लमही, दाङ
[१६]
जीवन
एउटा गोरेटो
यात्रामा अनेक जात्रा !
- आर्त अकुलीन
[१७]
जनहरू
चढ्दैछन् गाडी
ज्यान जोखिममा पारी !
- सरिता सेढाइ, धादिङ
[१९]
जित्ने
हताराे गर्दैछ
सबै छाेडेर मर्दैछ !
- निरज कोइराला, इटहरी -१६
[२०]
यात्रा
देखाउदै जात्रा
ज्यानलाई जाेखिममा राखेर !
- राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
मध्यपुर ठिमी-५,संगम काेलाेनी, भक्तपुर
[२१]
गन्तव्य
टुङ्गो हुँदैन
सहज यात्रा छैन !
- भुपेन्द्र राना मगर, धादिङ
[२२]
बाध्यता
जोखिमपूर्ण यात्रा
कसैमा चेतनाको कमी ।
- सीता पाण्डेय मरासिनी
उपल्लो तम्घास, गुल्मी
[२३]
सफर
जनताको बाध्यता
व्यवस्थाको भयो रहर !
- सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[२४]
सङ्घर्ष
जीवनको यात्रा
गर्दै चुनौतीलाई स्पर्श !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२५]
विवशता
जोखिमपूर्ण यात्रा
अविरल जीवन गाथा !
- राजाराम रत्गैंया, अमौरा, कैलाली
[२६]
यात्रा
जोखिम मोलेर
ज्यानको बाजि राखेर !
- कला ढकाल, झापा
[२७]
यात्रा
जोखिममा सवारी
देशमा बढ्दो बेरोजगारी !
- अम्बिका अधिकारी
झापा, बिर्तामोड
[२८]
यात्रा
नेपालको यातायात
साइत यमलोकको तयारी !
- सोमनाथ लुइटेल 'रवि पाल्पाली', बर्दिया
[२९]
मान्छे
हुँदैन कार्वाही
कति हो लापरबाही ?
- नागेन्द्रप्रसाद यादव
[३०]
बाध्यता
भिडको यात्रा
जीवन कर्कलाको पानी !
- सविता के.सी.
दक्षिणकाली-९, काठमाडौँ
[३१]
यात्रा
जोखिम बसमा
भिरको सडकमा कुद्दै !
- एवाइ प्रभात
सहिदभूमि, धनकुटा
[३३]
कुप्रणाली
अव्यवस्थापनको खाडल
कहिले होला सुधार ?
प्रेम थापा 'मन', बागलुङ
[३४]
समस्या
जनताको बाध्यता
सरकारको नाङ्गो अकर्मण्यता !
- ऋजु दिल्पाली
ईटहरी-१, सुनसरी
[३५]
यात्रा
सबैलाई हतार
हाेला मृत्युको सिकार !
- प्रद्युम्न चालिसे
भक्तपुर, कटुञ्जे
[३५]
नगुमोस्
यसरी होश
यात्रामा हुने कन्तबिजोग !
- केन्द्रप्रकाश बराल, इलाम
[३७]
अनभिज्ञता
आफ्नै दोष
कसैको विपत्ति नहोस् !
- अगस्टीन राई, भारत
[३८]
यात्रा
निकै कठिन
मोल्नु पर्दछ जोखिम !
- पूर्णबहादुर श्रेष्ठ 'हृदयङकृत'
पनौती न.पा.-३, काभ्रे
[३९]
यात्री
अचेतनशील जस्तो
सोच्दैछन् जीवन सस्तो !
- पृथक प्रकृति, झापा
[४०]
यात्री
असहज यात्रामा
जोखिम उठाउन बाध्य !
- समुन्द्रा शर्मा, सुनसरी
[४१]
भिड
अन्तिम विकल्प
त्यसैले चढ्न बााध्य !
- दीपा गुरुङ्ग 'समभाव'
[४२]
सिमित
बस धेरै
छैन कस्तो जात्रा !
- चक्र शाही, लम्की, कैलाली
[४३]
यात्रा
साधनको दुरुपयोग
देखिन्छ खतरा मात्र !
- दुर्गा अधिकारी भमरकोटे, कपन
[४४]
बस
मान्छे खचाखच
देख्नेलाई भयाे अपच !
- नवराज भट्ट, कञ्चनपुर
[४५]
महाजात्रा
गन्तव्यको तयारी
खुसीले यमलोकको यात्रा !
- राजेन्द्रकुमार बज्राचार्य, काभ्रे
[४६]
यात्रा
दलालीको बात्रा
विदेश ओईरिनेको जात्रा !
- टिकाराम पुन पुकार
सल्यान, छत्रेश्वरी गाउँपालिका -२
[४७]
यात्रा
मानवीय लहर
गन्तव्यहिन यात्राको रहर !
- कमला देवकोटा, पाल्पा
[४८]
यात्रा
एकापसमा ठेलाठेल
नगरी नहुने पेलापेल !
- अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा-६, संखुवासभा
[४९]
यात्रा
आशाका दिन
हुने कति छिन !
- ढकाल कविदत्त
[५०]
जोखिम
यात्राको क्रममा
अटाएनन् यात्रु बसमा !
- रिता खराल, रूपन्देही
[५१]
ज्यान
जोखिममा पारी
यो कस्तो सवारी ?
- बिके विरही, टीकापुर
[५२]
यातायात
जनसङ्ख्या धेर
दुर्घटनाको अधिक डर !
- दीपा तिम्सिना, ईलाम
[५३]
व्यवस्थापन
फितलो कानून
स्वयम् आफैं जानून् !
- शारदा गौतम आचार्य, ललितपुर
[५४]
बाध्यता
देशको हालत
जोखिमपूर्ण भयो गन्तव्य !
- सुरेश न्यौपाने
[५५]
जिउधन
जोखिम यात्रा
फर्कने छैन भरोसा !
- जमुना कायस्थ, पोखरा
[५६]
जानैपर्ने
रहर होइन
बाध्यता ठानेँ खाँदिनुपर्ने !
- नन्दलाल आचार्य, बेलका-२, उदयपुर
[५७]
जात्रैजात्रा
अप्रयाप्त सवारी
बाध्यताको जटिल यात्रा !
- विवश पारदर्शी, झापा
[५८]
यात्रा
सङ्घर्ष गन्तव्यको
सवारीसाधनमा मानवको जात्रा !
- सरस्वती वली
बर्दिया, नेपाल
[५९]
यात्रा
नगरौँ हतार
तँछाड अनि मछाड !
- धनमाया चौधरी, कैलाली
[६०]
यात्रा
सधैंको हतार
भइन्छ मृत्युको सिकार !
- सहयात्री शाेभा अर्याल
रुपन्देही, बुटवल
[६१]
यात्रा
जोखिमपूर्ण भयो
जनसंख्या वृद्धिमा गयो ।
- शोभा आचार्य गौतम
काठमाडौँ
[६२]
यात्रा
भेडाको बथान ,
देश निर्लज्जताको शिकार !
- त्रिलोक रामदाम
सि.न.पा.-८, भैरहवा
[६३]
जाेखिम
ज्यानकाे बाजी
युवा शक्तिको पहिचान!
- टीकाराम जाेशी, इमाडोल।
[६४]
यात्रा
नपुग्दै ठाउँमा
सन्त्रास छाउला गाउँमा !
- भगवती दवाडी, दमक, झापा
[६५]
यात्रा
साधनकाे अभाव
आखिर जानैपर्ने दबाब !
- बलराज गिरी
[६६]उदक
यात्रा
जोखिमको भो
रहरहोइन बाध्यता हो !
- अनिता भण्डारी, ताप्लेजु
[६७]
यात्रा
गर्नैपर्ने जीवनमा
कहिले समाप्ति टुङ्गोविहिन !
- योगेन्द्र भट्टाराई, खोटाङ
[६८]
जोखिम
नजान्ने मान्छे
सम्झाउदा पनि नमान्ने !
- जिज्ञासु पन्त, लमजुङ
[६९]
जोखिमपूर्ण
यात्रा अनिश्चित
गन्तव्यको सम्भावना न्युन !
- सावित्री अधिकारी, काठमाडौँ
[७०]
यात्रा
जाेखिम माेलेर
नदेखाउ है जात्रा !
- राेशन पराजुली, धरान
[७१]
यात्रा
जोखिम मोलेर
पुग्न सकिएला टुङ्गोमा ?
- शान्ता पौडेल भट्टराई
टङ्कीसिनवारी, मोरङ
[७२]
अचम्म
समय परिस्थिति
जोखिममा यात्रा नगरौँ !
- नारायण कोइराला
तानसेन, पाल्पा
[७३]
यात्रा
भार थपी
निम्त्याउँछौ जोखिम आफैमा !
- सुस्मिता अधिकारी, काठमाडौँ
[७४]
यात्रा
सम्झेर तिर्थालु
गन्तव्य पवित्र यात्रा !
- खुनराज काेईराला
सिद्दलेक-३, गैरीगाउँ, धादिङ
[७५]
यात्रा
सवारीबाट भाँडा
देशको गति छाडा !
- श्री कृष्ण धामी, बझाङ
[७६]
गन्तव्य
पहाडको यात्रा
आउन सक्ने भवितव्य !
- कविता आचार्य, कैलाली
[७७]
ड्राइभर
राष्ट्रियताकाे परिचालन
राजनीतिमा कार्यकर्ता भनाभन !
- मनाेज थापा, कैलाली
[७८]
यात्री
सवार हतारमा
जाेखिमपूर्ण यात्रा बसमा !
- श्रद्धा आचार्य, पोखरा
[७९]
हतार
जोखिम झेलेरै
समयमा पग्नुपर्ने विवसता !
- उर्मिला पन्त पाण्डेय
ज्ञानेश्वर, काठमाण्डौँ
[८०]
सवारी
कानुनको बाहिर
लक्ष्य सफल जोखिममा !
- सन्तु खत्री
[८१]
लडिन्छ
पर्खिएर हिँड्नुहोस्
अरु गाडी आउँछन् !
- पुष्पा शायरा, विराटनगर
[८२]
यात्रा
गन्तव्य आआफ्नो
पुग्न हतार सबैमा !
- राम न्यौपाने, कैलाली
साताका उत्कृष्ट झिल्का कविताको दोस्रो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २ का लागि झिल्काकार त्रय भवानी पोखरेल, दीपा गुरुङ र कला ढकालका उत्कृष्ट झिल्काहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
[१] भवानी पोखरेलका उत्कृष्ट झिल्काहरू
१. मनकाे गाँठाे फुकाएर मलाई दिलमा राख्नु यसाे कतै लुकाएर । २. खाेज्दा कतै नभेटिने भेटेकाे ठाउँमा जाँदा झल्काे केही नमेटिने । ३. हिँड्नू आफ्नै बाटाेमा जहाँ गए तापनि फर्किनू यही माटाेमा । ✍️ भवानी पोखरेल कपिलवस्तु
[२] दीपा गुरुङका उत्कृष्ट झिल्काहरू
१. जोख्दा तोला तोला शब्द छानी छानी गल्ती नगर्नु होला । २. भमरा भुल्छ रसमा समय हुन्न साथी कसैको नि वशमा । ३. डर छैन हेर मृत्यु देखी पनि जीवनको दिशा फेर । ✍️ दीपा गुरुङ काठमाडौँ
[३] कला ढकालका उत्कृष्ट झिल्काहरू
१. ऋणको भारी बोकेर बाआमा एक्लै छोडी आँखाको आँसु रोकेर । २. सम्झौता छिटो गर यातायातको अवस्था हेरी खाल्डो चाडो भर । ३. मिलेर काम गर देश बनाउने कुरामा अरूको भर नपर । ✍️ कला ढकाल झापा दमक
साप्ताहिक झिल्का लेखन अभ्यासको दोस्रो शृङ्खला आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाजको आयोजनामा यो शृङ्खला सञ्चालन भएको हो । साप्ताहिक झिल्का कविता लेखन अभ्यास शृङ्खला विगतको शृङ्खलामाझैँ सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ४ दर्जन झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू- …………………………… १, फल हेर्नु पहिले मलजलमा ध्यान दिॅंदै कर्म गर अहिले । २, उम्रिन्छ पैसाको बोट लाग्छ, विदेशी भूमिमा धन कमाउने अठोट । ३, युवा शक्ति विदेश देशमा नागरिक खाँचो हराभरा बनाउन परिवेश ।
म्यामराज राई, भोजपुर …………………………… १, तिमीले बुझेनौ मलाई त्यसैले रातदिन कराएँ यो मन जलाई । २, रातदिन दुःख विदेशमा आमाले छोरालाई भन्छिन् आऊ हाम्रै परिवेशमा । ३, घरको पुकार सुन चोक र गल्ली अनि चौतारी गुन ।
शशी आचार्य …………………………… १ राजनीति व्यापार भयो देश नाङ्गेझार पार्न नेता विदेश गयो। २ हामी सामाजिक बन्नुपर्छ त्यो व्यवहारले मात्र सबैको हित गर्छ। ३ नागरिक देशभक्त हुनुपर्छ दुस्मन डराउँछ सधैँ सबैको हित गर्छ।
सुरेशकुमार पाण्डे, घोराही – १८, दाङ …………………………… १, नेपाल बेची खाएर भन्दैछ आन्दोलन गर्छु लज्जाले म सर्माएर। २, बेरोजगारको भर्ती नेपाल जित्छ मतदान बुढाले बर्बाद बनायो हाल। ३, उम्रिॅंदैन पैसाको बोट देशमा केही गर्नु पसिना बगाएको नोट।
एवाइ प्रभात, सहिदभूमि-३, छेन्ताङ, धनकुटा …………………………… १, विद्रोह चाल बोकेर विकास छैन देशको के बस्छौ खोकेर ? २// पटक पटक गरेर जनता ठग्ने चालले अन्जान सिधा परेर । ३// देखायौ त्यो अन्धोपनले विश्वास गर्दा पनि छलेर, ढाँटेर जनले ।
अम्बिका अधिकारी, बिर्तामोड, झापा …………………………… १. हिमालमा चुलियो हिउँ मायालुलाई चौतारीमा बोलाएर गुराँसको फूल दिउँ। २. म धर्तीमा टेकेर आकाश हेर्दै छु तिमीलाई नै देखेर।
होम प्रसाद नेउपाने, धरान, सुनसरी । …………………………… १, सधैँ अगाडि बढ्न शिक्षा हो सार गाह्रो नमान पढ्न । २, माया गर्छु भन्यो भर मलाई पारेर अरू कसैको बन्यो । ३, हेर कति राम्रो ! मन लोभिन्छ यहाँ ईलाम जिल्ला हाम्रो ।
दीपा तिम्सिना पौडेल, ईलाम …………………………… १, दिलले दिल जलाई भो नसोध भो छोडेर गएपछि मलाई । २, भयौ अचम्मै अटल बेचेर हिॅंडेछौ भन्छन् कुन कर्मको फल ?
प्रेम थापा “मन”बागलुङ …………………………… १. मन भित्रको चोट कसले हो देख्ने टुटेको भाग्यको खोट। २. लिन्छन् गनीगनी नोट पाएपछि गायब हुन्छन् दिएर नराम्रो चोट। ३. छ्याप्छ्याती हुन्छन् अहिले दिनु भन्दा अगाडि कुरा बुझ पहिले ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा – ६, संखुवासभा । …………………………… १. जन्मभूमिको माया थियो बस्ने वातावरण नभएर विदेशले आश्रय दियो। २. जन्मभूमि सकिॅंदैन बिर्सन जहाँ गए पनि गाउॅंघरमै हुन्छ मन। ३. समस्या कसले टार्छ सुनाएर नसुन्ने बहिरो बरु जिउॅंदै मार्छ।
अर्जुन प्रसाद चौलागाई, सुनापति-१ , रामेछाप (हालः-अमेरिका, बोस्टन) …………………………… १, लैजाला टोपी खोसेर नबस आफ्नै भाईको घरमा आगो झोसेर। २. लोभको थैली भरेर बिताउँछन् लोभीले जिन्दगी लैजाने के मरेर ? ३. जान्छ एकदिन ढलेर खरानी हुन्छ जिन्दगी चिताको माथि जलेर।
बिके मुखिया, दार्जिलिङ, भारत …………………………… १, देशका सहिदको रगत भ्रष्टाचारीको लागि बग्यो सत्ताको भर्याङ फगत । २, संविधानको रक्षा भन्दै आदर्श सिद्धान्त विपरीत मख्ख भोट गन्दै । ३, राजनीतिमा लाजले छुॅंदैन मुर्छा पर्यो कानुन भ्रष्टको नैतिकता हुँदैन ।
प्रद्युम्न चालिसे …………………………… १, बोट लटरम्म फलेको असह्य गर्मी दिन चिसो बतास चलेको । २, उपकार फलदायी हुन्छ कर्मबिना आशा फलको इच्छा राख्ने रुन्छ। ३, मन आस्था ढलेको शोभायमान हुन्छ मन्दिर सधैँ दियो बलेको ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी …………………………… १. मरेपछि गुणगान गाउँछन् कस्तो रहेछ परम्परा ? जिउँदैमा आडम्बरी हराउँछन्। २. भोका नाङ्गा हेर्दैनन् ढुङ्गामा दूध ओइराउने, पुरातन सोच फेर्दैनन्। ३. ढिकी, जाँतो हरायो प्रविधिको भयो विकास, अचेल आलस्य मौलायो।
पृथक प्रकृति, झापा …………………………… १, रिनको भारी बोकेर बाआमा एक्लै छोडी जाँदैछु परदेश छोडेर । २, सहिद दिवस मनाऊ माघ सोह्र गते सालिकमा माला लगाऊ। ३, मिलेर काम गर देश बनाउने कुरामा अरूको भर नपर।
कला ढकाल, झापा …………………………… १, नराख्नु आस पहिले, गर्ने गर्नु सबैले निष्काम कर्म जहिले । २, विषय सुखमा अल्झेर बस्नु हुन्न प्रदेशमा फर्क माटो सम्झेर । ३, आउला भनी फर्केर लेकबेँसी, बनजङ्गल, झरना बसिरहेका सधैँ पर्खेर ।
दीपा समभाव, दुबेकोल -खोटाङ्ग (हाल बुनपा काठमाडौ) …………………………… १, तराई, पहाड, हिमाल साझा हाम्रो फूलबारी प्यारो हाम्रो नेपाल । २, दुखिरहन्छ यो मन रहर पूरा गर्नलाई चाहिने रहेछ धन। ३, गर्नलाई रहेछ घात माया गर्छु भनी किन दियौ हात ?
अनिता भण्डारी, ताप्लेजुङ …………………………… १ . बास बस्ने घर मानवलाई सधैँ चाहिन्छ गाँसको पनि भर । २ हिमाल पहाड तराई हामी सबै नेपाली कोही छैन पराई । ३. साथ सहयोग जोड्नु नराम्रो मान्छेलाई सबैले, मन, मुटुबाट छोड्नु ।
श्री कृष्ण धामी, सुदूरपश्चिम बझाङ …………………………… १, पहले कति रमाए तिमीलाई भेटेपछि हजुर जिन्दगीको परिभाषा समाए। २, सेवा सबैको गर नबस कसैलाई पर्खी छैन जिन्दगीको भर। ३, देश चलाउने हात छ असल चाहिएको हुनेछ सबैको साथ।
नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत …………………………… १, असल सोच लिनु सधैँभरि सेवक बनी, समाजलाई साथ दिनु। २, घर छाडी गएको पराईलाई खुसी पारेर, सबैको प्यारो भएको । ३, भोग विलासमा अल्झेर हराउनु हुन्न परदेशमा, घर आउ सम्झेर ।
राज कुमार राजभण्डारी “खोटाङ्गे”, मध्यपुर ठिमी – ५, संगम कोलोनी भक्तपुर । …………………………… १. चिस्याउन आउँछ माघले जतिसुकै भोकाए पनि खाँदैन घाँस बाघले । २. भयो माघ आधा ओकले हिउँदे निसान सेताम्मे तुसारो बाधा ।
कृष्णकुमार वैद्य , बनेपा ९, काभ्रे …………………………… १, सीमाभित्र बस मन हैन खुला संसारमा स्याहारी आफ्नै तन।
रचना शर्मा प्रतीक्षा, ललितपुर । …………………………… १ , छैन लुगा ऊनी आयो पुस माघ बालाऔॅं, आउ धुनी । २ , जता हेर्योसेताम्य टुसारो अतिनै पर्यो कहिले होला साम्य? ३ , जब लाग्छ फागुण तब वसन्त छाउँला हट्छ चिसो अवगुण।
हरिगाेपाल प्रधान, काभ्रे पलाञ्चोक बनेपा १४, सँगा बजार । …………………………… (१) नदिएपछि प्रमाणपत्रले खान धनीपुर्जा धितो राखेर बाध्यता परदेश जान। (२) राजनीतिले सौदाबाजी गर्छ उच्चतम योग्यता पुगेका युवाशक्ति बिदेसिनु पर्छ।
पद्मा काश्यप पाण्डे, मोरङ …………………………… १, नुन,चुक घाउमा मैले रोजेको सरकार मलाई सिध्याउने दाउमा । २, हिजोको जिन्दावादको नाराले सत्तामा पुर्यायो नेतालाई दु:ख पायो साराले । ३, एक, दुई, तीन व्यवहार यस्तै रहे फेरिन्न जनताको दिन ।
चिरञ्जीवी ढकाल, नेपालगन्ज-२०, राँझा एयरपोर्ट बाँके …………………………… १ जिन्दगीमा रमाईलो गरौँ समाज प्रगति चाहॅंदैन अरूको आशा नगरौँ । २ समाजले साथ दिॅंदैन भोली गरौँला नसोचौँ खोसेर कसैले लिँदैन । ३ अर्काको भरमा नपरौँ गरौँ आफ्नो कर्म अरूलाई उक्साउने नगरौँ ।
चुडामणी देबकोटा, चनपा – १३, काठमाडौ …………………………… १ पैसोले गर्नु गर्यो भए मान्छे बदनाम पशुभन्दा तल झर्यो । २ सकिएन समस्यालाई रोकेर बेटुङ्गो यात्रामा निस्किॅंदैछु बाध्यताको पोको बोकेर। ३ सात समुद्र तरे कोही फर्किए हजुर कोही उतै मरे ।
बि.कुलुङ, दार्जिलिङ, रंगबुल …………………………… १) झुटो बोल्ने बानी हुन्छ हानी आफैंलाई जान यति बाबुनानी । २) किताबले दिन्छ ज्ञान खेर समय नफाले पढाईमा देउ ध्यान । ३) पुर्याएर सुन्दर ढङ्ग बोल विनम्र भई बनाऊ सबै दङ्ग ।
रुना कर्माचार्य दाहाल, चितवन …………………………… १, ऋतुहरूमा खास वसन्त लागेर चोटहरू अनायसै झिल्काकार भएँ अनन्त। २, चोटमा मल्हम भरिएला बिसेक बनेर आउॅंछु पीडाको समुद्र तरिएला। ३, डालीमा फूलहरू खिल्नेछन् चोटहरू सह्य भएपछि पुनः सबैसँग मिल्नेछन्।
दार्जिलिङ भारत। …………………………… १ को होला खोई ? खोजी रहेछु म मेरो बन्ने जोई । २ चाहिॅंदैन अनुहार राम्रो मेरो सङ्गी होस् परिवारलाई भन्ने हाम्रो । ३ नसके दिन सुख रुवाउँदिन मेरो मान्छेलाई दिन्न म दु:ख ।
बिके माकजू , भक्तपुर । …………………………… १, अचार मीठो आलुको ट्वाक्क जिब्रो पड्काउॅंदा सातो उडेछ ठालुको । २, हिजै सल्लाह गरेछौ आज आयो चेतना बल्ल जिल्ल परेछौ । ३, जान्ने सुन्ने बनेर औधी गर्यो बाठोले आफ्नै खाडल खनेर ।
कमला पौडेल …………………………… १, छोडेर लाज सर्म थप्यौ भुक्तमान जनतामा उल्टो गरेर कर्म । २, चैन लुट्ने हाम्रो ढाँटको गर्छौ खेती कसरी भनौँ राम्रो । ३, मेटी आफ्नो सान मुर्खता थियो हाम्रो तोरी छरेर धान ।
रामप्रसाद पुरी,बादेल,खाेटाङ । …………………………… १, बोलौँ सदा सोचेर बिझ्न सक्छ काँडा बोले जबर्जस्ती घोचेर । २, देखेर तिम्रो चाल उदास हुने रहेछु आउने पनि साल । ३, आँखा आँखा जुधेपछि दोधार हुन्छ मन प्रेमिल रहर कुदेपछि ।
मेचीनगर, झापा …………………………… १, रामराज्य बनाउन खोजे शासकले साथ पाउँछन् असल कर्म रोजे। २, काम कुरा विपरीतले हास्यपात्र बन्नु भन्दा खुसी हुनु परहितले। ३, गहन विचार सिर्जनाको, सधैँ कदर भएदेखि, प्यास बुझ्थ्यो तिर्सनाको।
मनोहरी पौडेल, गैडाकोट – १ …………………………… १. भन्न सजिलो हुन्छ मायालु निष्ठुरी भएपछि धर्धरी मन रुन्छ । २. हेर मायाले एकफेर मनमा तिमीलाई सजाउँला नबस्नु तिमी सम्झेर । ३. कोसौ टाढा जाँदैछु झोलामा तस्वीर बोकेर सम्झना साथमा लाँदैछु ।
बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा …………………………… १, महॅंगीले गगन चुम्यो विलीन भयो चाहना, मानवको अस्तित्व गुम्यो । २, बजार भाउ बढेर सहर बस्न गाह्रो नसकिने पुराउन हेर । ३, मिठा सपना बुनेर सहर पसेको थिएँ फर्किए रिनले उनेर ।
सीमा कार्की समर्पण, ठोरी गाउँपालिका -४, मेलचोक, पर्सा …………………………… क) फसेर पनि दलदलमा सत्ता सधैँ ओगट्छन् छल औ बलमा l ख) मूलढोका बन्द थिए जस्केलबाट भित्र तानी फूलमाला लगाई दिए l ग) नेतामा विवेक छैन निमुखा हुँदा पीडामा वेदना बुझ्ने हैन l
बाबुराम गौतम, गुल्मी …………………………… (१) हिमालमा हिउँ सेतै देखेर मन रमाउँछ हेर्न आउँछु तेतै । (२) उकालीमा जाँदा जाँदै थकाइ मार्दा एकछिन बसेर पानी खाँदै । (३) गयौ माया मारेर तिमी खुसी भयौ मलाई एक्लै पारेर ।
उर्मिला के.शी., धनकुटा …………………………… १/ सुगन्ध भए सुनमा हुन्थ्यो होला कस्तो तुलना गरौँ गुनमा। २/ जन्मिन् छोरी भनेर नगर हेला कदापि बाँचुन् लक्ष्मी बनेर। ३/ छोरी बुहारी बराबर सम्झे बढ्दछ उन्नति हुन्छ शान्तिप्रिय घर।
विवश पारदर्शी, झापा …………………………… १, तिम्रो माया पाउनलाई बाआमा छोडेर आए तिमीसँग हात समाई । २, घृणा पात्र बनायौ तिमीले मलाई होइन स्वार्थी के पायौ ? ३, मायाको जलमा पारेर फसाउने कुपात्र तिमी जिउँदै गयौं मारेर ।
कविताहरी, सुन्दर हरैंचा नगरपालिका १ मोरङ …………………………… १, कविको भव्य भेला भयो विचारका प्रहार साहित्यमा रम्ने बेला। २, समिक्षा भयो लामो पाठक माथि विश्वास साहित्य प्रवर्द्धनको खामो। ३, अमूल्य समय दिए थिएन प्रतिस्पर्धा रचनाको मनले पदवी लिए ।
सुस्मिता अधिकारी ,काठमाडौँ …………………………… १. कामको राम्रो तरिका अचेल छन् मानिस व्यस्त संसार भरिका । २. आँटेपछि कुराहरू आउँछन् हरेक जानकारी लिनुपर्छ आवश्यक पर्नेहरू धाउँछन् । ३. भोकले भोजन माग्दछ आफ्नै पसिनालाई जहिल्यै श्रमिकले मालिक ठान्दछ ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर । …………………………… १) हुन्छ मिठो फल दिनदिनै हेरचाह गर्नुपर्छ दिनुपर्छ सधैँ जल । २) हेरेर बाटो अघि बढ्दै जाऔॅं सबै विरहमा कहीँ नबगी । ३) उठाई देशको झण्डा बोकेर हिॅंडौँ सबै भष्टाचारीलाई दिऔॅं दण्ड ।
रबि पौडेल, दक्षिण भारत पाण्डेचरि …………………………… १, शिक्षाको ज्योति छरौँ देशलाई समृद्धितर्फ डोर्याउन भरमग्दुर प्रयास गरौँ। २, हृदयमा सन्नाटा छायो विगतका अनवरत यात्राका अस्मेल याद आयो । ३, चौतारीमा शितल छाया जूनी जूनीसम्म पनि रहिरहोस् हाम्रो माया ।
साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १४० औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।
अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :
उदक अभ्यास शृङ्खला- १४० मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू
[१]
चितुवा
हिमाली काख
सधैँ आहार अभाव !
- आर्त अकुलीन
[२]
हिमाल
देशको मुटु
पग्लिँदै सुटु सुटु !
- सुरेशकुमार पाण्डे
दाङ, घोराही-१८
[३]
नेपाल
दुनियाँमा कमाल
सुन्दर शान्त विशाल !
- नवराज भट्ट, कञ्चनपुर
[४]
चितुवा
हिमाली पशु
छैन देशमा आहार ।
- डुकछिरिङ लेप्चा
मिरिक बस्ती, भारत
[५]
हिमाल
सेती सुन्दरी
बगाउँछिन् गण्डकी कोशी !
- सविता के.सी.
[६]
हिमचितुवा
दुर्लभ पशु
हिमालकाे काखमा बास !
- राज कुमार राजभण्डारी 'खाेटाङ्गे'
मध्यपुर ठिमी-५, संगम काेलाेनी, भक्तपुर
[७]
भौतारिँदै
हिमाली चितुवा
नपाई सुरक्षित बास !
- गोपाल प्रसाद पौड्याल
[८]
हिमाल
टल्केकाे देश
हाम्रो छुट्टै परिवेश !
- रवि पाैडेल
दक्षिण भारत, पाण्डेचरी
[९]
हिमाल
पहाड तराई
कोही छैनन् पराई !
- अम्विका अधिकारी
झापा, बिर्तामोड
[१०]
हिमखण्ड
छुट्टै परिवेश
आनन्दको अहिले अनुभव !
- एवाइ प्रभात
सहिदभुमि-३, छेन्ताङ, धनकुटा
[११]
शिखर
हिउँ चितुवा
प्राकृतिक सुन्दरता अवलोकन !
- दुर्गा अधिकारी भमरकोटे
कपन, काठमाडौँ
[१२]
हिमचितुवा
वातावरण बिग्रिनाले
आजकल तराई झरूवा !
- घनश्याम पौडेल, पोखरा
[१३]
हिमालय
कालो डाँडो
नदी बगरमा परिणत !
- सोमनाथ लुइटेल 'रवि पाल्पाली'
[१४]
चितुवा
दृश्य हिमालको
देखियो सुन्दर मिलनको !
- अनुग्रह राना मगर 'पुष्प'
पाँचखपन नपा, संखुवासभा
[१५]
चितुवा
आहारा खोजी
चुचुरोबाट दूर दृष्टि !
- घनश्याम पौडेल
गौरीगङ्गा नपा-९, कैलाली
[१६]
मातृभूमि
राजनीति हस्तक्षेप
बिस्तारै अस्तित्व मेटिँदै !
- शंकर कार्की, मकवानपुर
[१७]
हिमाल
देशको पहिचान
विश्वले गाउँछन् गुणगान !
- पृथक प्रकृति, झापा
[१९]
जनावर
आरक्षण क्षेत्र
मासिँदै गाउँ प्रवेसिँदै !
- चूडामणि देवकोटा
चनपा-१३, काठमाडौँ
[२०]
हिमचितुवा
हिमालमा रमाउने
संरक्षणको अभावमा हराउने !
- दीपा समभाव
दुबेकोल, खोटाङ्ग
हाल: बुनपा काठमाडौ
[२१]
तराई
पहाड हिमाल
हाम्रो प्यारो नेपाल !
- अनिता भण्डारी, ताप्लेजुङ
[२२]
हिमाल
वन्यजन्तुको आवास
विलुप्तको संघारमा हिमचितुवा!
- राजाराम रत्गैंया, अमौरा, कैलाली
[२३]
हिउँ
खाली हिमाल
चितुवा बेचेर मालामल !
- बुद्धिप्रसाद लामिछाने, कैलाली
[२४]
गहना
धर्तीको उपहार
रोकौँ वन्यजन्तुको शिकार !
- हिमाल अम्मै, घोडाघोडी, कैलाली
[२५]
हिमचितुवा
संसार आफ्नै
आत्मसम्मानको लागि सङ्घर्ष !
- प्रेम थापा 'मन', बागलुङ
[२६]
हिमाल
सुन्दर शान्त
जहाँ चितुबा बसेको !
- दीपा तिम्सिना पौडेल,ईलाम
[२७]
गरिमा
आफ़नो हिमालको
मितुवा चितुवा नेपालको !
- मधुसूदन शर्मा, रोल्पा
[२८]
हिमाल
नेपालीको सान
गर्नुपर्छ यसलाई सम्मान !
- दुर्गा आचार्य, मोरङ
[२९]
हिमचितुवा
प्रकृतिको रक्षक
हिमालको ममतामयी काख !
- लक्ष्मी अर्याल, काठमाडौँ
[३०]
हिमाल
चितुवाको बास
सधैँ खेप्नुपर्ने सास्ती !
- धनमाया चौधरी, कैलाली
[३१]
देश
माेहिनी परिवेश
उज्ज्वल नक्षत्र रङ्ग !
- राेशन पराजुली, धरान
[३३]
हिमाल
बाघको काख
मिलेन समान भाग !
- कमला देवकोटा, काठमाडौँ
[३४]
चितुवा
भौतारिँदै हिमालमा
आहार छैन त्यहाँ !
- चक्र शाही, लम्की, कैलाली
[३५]
हिमचितुवा
दुर्लभ वन्यजन्तु
विश्व पर्यावरणमा प्रभाव !
- पशपती राई, खोटाङ
[३६]
चितुवा
गर्दछ पुकार
कस्ले सुन्दछ गुहार ?
- कार्की डिबी माकुम
सुनवल-४, नवलपरासी
[३७]
हिमाल
हिम चितुवा
नेपाल आफैमा विशाल !
- कविता आचार्य, कैलाली
[३८]
चितुवा
मासेर मान्छेहरू
केवल बचाउने स्वाँग !
- ध्रुव श्रेष्ठ
[३९]
हिमाल
सर्बोच्च शिखर
पुग्ने सुन्दर उद्देश्य !
- तिला लेकाली
बेलबारी, मोरङ
[४०]
चितुवा
भौतारिँदै चारैतिर
आहार नपाउने पिर !
- सुरेश न्यौपाने
[४१]
हिमाल
हिमचितुवाकाे खानी
नेपालमा राजा रानी !
- श्री कृष्ण धामी
[४२]
चुचुरो
चुचुरोमाथि चितुवा
अग्लो हुनुको आभाष !
- गोपेन्द्र रिजाल, पाँचथर
[४३]
प्रकृति
निहार्दै चितुवा
पाउने शिकारको आसमा !
- धर्मी शाक्य, बुटवल
[४४]
चितुवा
आहार खोजीमा
हिमाल चुचुरोमाथि बास !
- बेदु न्यौपाने
[४५]
हिमाल
सेतै देखियो
आहा सुन्दरताको प्रतीक !
- नारायण कोइराला
तानसेन, पाल्पा
[४६]
हिमाल
हिम चितुवा
प्रकृतिको सौन्दर्यमा लिप्त !
- टिकाराम पुन एटम
[४७]
सगरमाथा
सेताम्मे हिउँ
चितुवाको देखिँदैन सिकार !
- होम प्रसाद नेउपाने
धरान, सुनसरी
[४८]
हिमचितुवा
प्रकृतिको क्षेत्र
संरक्षणको सधैँ अलपत्र !
- दुर्गा भट्टराई, मोरङ
[४९]
हिमाल
नेपालको आन
हिम चितुवाको सान !
- सरस्वती श्रेष्ठ
रुपन्देही, बुटवल
[५०]
घुम्टो
बादल कहर
हिमचितुवा शीत लहर !
- जमुना कायस्थ, पोखरा
[५१]
हिमचितुवा
हिउँमा बास
छैन कसैको त्रास !
- देबकी के.सी.
[५२]
प्रकृति
अटल हिमाल
सुन्दर घुँगी चिमाल !
- धनुष न्यौपाने
गुठीचौर गाउँपालिका-४, बिगारे, जुम्ला
[५३]
चितुवा
हिमालको टाकुरा
खोज्न कठिन आहारा !
- सरस्वती वली
[५४]
हिमाल
सगरमाथाको देश
एउटा छुट्टै परिवेश !
- कला ढकाल
झापा, दमक
[५५]
हिमाल
सुन्दर प्रकृति
सेताम्य हिमालको हिम !
- सहयात्री शोभा अर्याल
बुटवल, रुपन्देही
[५६]
हिमाल
चाँदीकाे हार
मुसुक्क मुस्कुराएकाे धरती !
- भवानी घिमिरेे, सर्लाही
[५७]
चितुवा
बुझ्दैनन् भाव
वन जङ्गलको अभाव !
- बृन्दा बगाले, काठमाडौँ
[५८]
सिकारी
लाेभी नाेटका
शत्रु हिउँ चितुवाका !
- टीकाराम जाेशी, इमाडाेल
[५९]
ताज
आ-आफ्नो काज
उसको त्यहाँ राज !
- रामप्रसाद पुरी, बादेल, खाेटाङ
[६०]
हिमचितुवा
दुर्लभ प्राणी
सबैको आँखाको नानी !
- डम्बर थामी 'अनुपम'
कालिन्चोक गा. पा.-६, दोलखा
[६१]
आवास
हिमचितुवा बस्ने
हिमाली कन्दरा खास !
- विवश पारदर्शी, झापा
[६२]
हिउँचितुवा
हिउँचुलीमा बास
प्राकृतिक साैन्दर्यकाे माझ !
- श्रद्धा आचार्य, पोखरा
[६३]
हिमचितुवा
सेताम्य हिमाल
मनमोहक सुन्दर नेपाल !
- बाबुराम आचार्य
धनगढी, कैलाली
[६४]
चितुवा
हिंस्रक ज्यान
सिकारी बन्ने ध्यान !
- म्यामराज राई
[६५]
हिमाल
प्रकृतिको उपहार
पवित्रताको गहकिलो सन्देश !
- अच्युत घिमिरे, सर्पाङ, भुटान
[६६]
दुर्लभ
हिउँ चितुवा
गर्दैछ सङ्घर्ष अस्तित्वको !
- सुस्मिता अधिकारी, काठमाडौँ
[६७]
नेपाल
सगरमाथाकाे काखमा
सुन्दर शान्त विशाल !
- प्रद्युम्न चालिसे, भक्तपुर
“पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: उन्नासीऔंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ: अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७९ ——————————-
विधा :- पञ्चाङ्ग अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला मिति:- २०८०/१०/०८गते बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ। ……………………………………….
प्रशिक्षक:- …………… गुणनिधि घिमिरे घनश्याम पौडेल तोयानाथ सुवेदी ……………………… भाषा शुद्धीकरण:- ———– जमुना आचार्य भवानी घिमिरे पुष्पा नेपाल सुवेदी
सङ्कलक :- ———- दुर्गा रिजाल आचार्य
संयोजक:-
सोमनाथ लुइटेल “रवि पाल्पाली” ====================== अक्षर सङ्ख्या:- [बराबरी] अनुप्रास :- आफुखुसी स्थायी :- अनिवार्य पञ्चाङ्ग:०१ किसानले खेत बारी राेप्न बीउ खाेज्छन् रे। ताताेताताे भात माथि तातै घिउ खाेज्छन् रे। दैवकाे लिला पनि अपरम्पार छ हेर, मान्छे जति बुढाे भयाे उति निउ खाेज्छन् रे। मखमलकाे कपडा माथि लिउ खाेज्छन् रे।
पञ्चाङ्ग:०२ असनीय पीडा सहनु कसरी ? यो मनको बह कहनु कसरी? जिन्दगी किन हाे अजीब लाग्दैछ, खोलाको पानी झैं बहनु कसरी? किनारा भएर रहनु कसरी? सुशीला पाैडेल
पञ्चाङ्ग:०३ मायामा त हृदयले छुनु पर्छ। दुःख र सुखमा साथ हुनु पर्छ। जीवनमा आखिर के पाे हुन्छ र, एक आपसकाे मैलाे धुनु पर्छ। दुखमा सँगै मिलेर रुनु पर्छ। ह्यारिस
पञ्चाङ्ग:०४
मायाले दिलको नजिक हुनेलाई भन्नुपर्छ। सुखदुःख पर्दासँगै रुनेलाई भन्नुपर्छ। गाह्रो साह्रै माया गरेपछि भन्नू उनैलाई, दिलबाट दिलसम्म छुनेलाई भन्नुपर्छ। मनको मैलो आँशुले धुनेलाई भन्नुपर्छ ।
✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”
पञ्चाङ्ग:०५ जब चुनौतीलाई पनि सहर्ष अवसर ठान्छ मान्छे। जब भोजनको सट्टामा अहंकारलाई नै खान्छ मान्छे। अनि त्यसबेला पो उ साधारण मान्छे भन्दा हुन्छ भिन्दै, राम राम भन्दै देवताले पनि भगवानै मान्छ मान्छे। रावणको वध गर्न आखिर भगवानले छान्छ मान्छे । -पशपती राई खोटाङ ।
पञ्चाङ्ग:०६
सुशासनको नाममा डकार जतिसुकै । भ्रष्टाचारी हुन् भनेर खकार जतिसुकै । छँटाहा कहिले पनि गर्देन राम्राे काम , बन्दुक नै तेर्साएर हकार जतिसुकै । राष्ट्रका घुन हुन् भन्छु सकार जतिसुकै ।
प्रधुम्न चालिसे भक्तपुर ,कटुञ्जे ।
पञ्चाङ्ग:०७
छोरी मान्छेले सुन्दर जिउ खोज्छन् । श्राद्धपछि पुरोहित घिउ खोज्छन्। समय अनुसारको खोजी हुने, सिजनमा किसानले बिउ खोज्छन् । झगडालु मान्छे सधैँ निउँ खोज्छन् ॥
गुणनिधि घिमिरे अमेरिका
पञ्चाङ्ग:०८ मानव किन यति साह्रो घमण्ड गर्छन् होला। आखिर लठ्ठी बिना खोला कसरी तर्छन् होला। जुन कुराको पनि त आ-आफ्नै महत्त्व हुन्छ, सम्बन्ध तोडेर अर्कोमा कसरी सर्छन् होला। विश्वास छैन भने भर कसको पर्छन् होला । शोभा आचार्य गौतम काठमाडौँ
पञ्चाङ्ग:०९
मन भित्र राखी तिमीलाई सधै माया गर्छु म। जुनीजुनी हृदयमा प्रेमकाे वासना छर्छु म। मेरो जिन्दगीमा आयाै तिमी त खुशी राख्छु सँधै, आफ्नै ठानी तिम्राे जिन्दगीमा कयाैँ रंग भर्छु म। भुली सारा दुनियाँलाई तिम्रै शरण पर्छु म।
उर्मिला के.शी. धनकुटा
,पञ्चाङ्ग:१०
नेपाल आमा रोहि रहेकी छन् आँसु लुट्नु पर्छ आजैदेखि। हिमाल,पहाड अनि तराई सबै जुट्नु पर्छ आजैदेखि । धेरै मिचिदैछन् सिमाहरु पूर्व पश्चिम तल माथि किन? कुविचार भएकाहरु राज्य बाट छुट्नु पर्छ आजैदेखि। अब भष्ट्रचार गर्नेहरुको मन टुट्नु पर्छ आजैदेखि ।
दुर्गा आचार्य मोरङ
पञ्चाङ्ग:११ मन्दिरमा भगवानको बास हुन्छ भन्छन्। सास हुन्जेल मानिसको आस हुन्छ भन्छन्। मूर्तिलाई पुजेर जीवन बित्ने भो यहाँ, केही नगरे नि जिउन त्रास हुन्छ भन्छन्। जीन्दगीमा त आफ्नै मान्छे खास हुन्छ भन्छन्। सरस्वती श्रेष्ठ इटहरी
पञ्चाङ्ग :१२
कल्पनाकाे पल भन्छु जवानीकाे बल भन्छु खाएमा अति स्वादिष्ट पसिनाकाे फल भन्छु । गंगाजीकाे जल भन्छु ।
जिन्दगी कताबाट कता पुग्यो पुग्यो म नारी स्वरूपमा जन्म लिएँ पनि पुरुष बराबरको हिम्मत बोकेर हिड्थेँ सायद छोरी भएर छोरा बन्न खोज्नु बा आमा प्रतिको जिम्मेवारी बहन गर्न खोज्नु स्वतन्त्रताको महशुस गर्दै घर बाहिर निस्कनु घुम्नु डुल्नु ती बाहेका हावाका तरंग महसुस गर्दै प्रफुल्लित हुनु मेरो गल्ती थियो आज के काम लाग्यो मेरो साहसको म भित्रको हिम्मतको मेरो स्वतन्त्रताको हक अधिकारको केही अर्थै नै रहेन खै कतिबेला अस्तित्व भएर पनि अस्तित्व विहिन भएँ भएँ म म नै रहिनँ म म नै रहिनँ इज्जत लुटिएपछी
मलाई मानव रूपि जंगली जनावरले हराए मैले छोरी भएर हारेँ अब कहिल्यै जित्न सक्ने छैन मैले हारेँ गुनासो पनि को को सँग गरूँ के के मा गरूँ भगवान् सँगकी यी मानव सँग या त राज्यको कानुनी व्यवस्थासँग प्रस्नै प्रस्नले जेलिएको छ अस्तिपन्जर भित्रको सिथिल यो मुटु ती तस्वीर ताजै छन् आजपनि यो मानसपटलमा उजाडिएको सपना खोसिएको खुसी च्यातिएको तग्दिर भएपछी मन सम्हालेर हास्ने ठाउँ बाकी रहेन इज्जत लुटिए पछि
यी मानव रुपि दानवले लुटे अस्मिता मेरो कसैले पछाडीबाट कसैले अगाडिबाट बाघ जस्तै झम्टे अनि आफ्नो जालमा पारे सिकारी बनेर मेरो मुख बन्द गरेर आवाज थुने आँखा छोपे घिसारे खुट्टामा समातेर लछारे पछारे कसैले हात पकाडे कसैलेखुट्टा थिचे अनि लाज ढाक्ने बस्त्र झरझर्ती च्याते नङ्गयाए मेरो कलिलो फुल जस्तो शरीर साँच्चै मान्छे मान्छे नै रहेनछन म आफै पनि अब मान्छे रहिनँ साधन रहेछु लाग्यो इज्जत लुटिएपछि
कहाँ कहाँ लुछे कसरी लुटे म भन्न सक्दिनँ कति रुँए कति कराएँ चिच्याएँ कापेँ कसैले सुनेनन् कसैले सुनेनन् मेरो लाचारीमा हाँसे स्याल चोक्टा चोक्ता लुछ्दै रगताम्मै पारेर नाँचे ब्वासा अङ्ग अङ्ग ठुङदै रमाए गिद्द
अनि लुछे लुछि रहे भोजन सम्झेर तिर्खा मेटाए कुवा सम्झेर प्रयोग गरे बस्तु सम्झेर मेरो निर्बस्त्र शरीर माथी यौन पिपासुले पालै पालो खेले मनोरन्जनका खेलहरु मैदान सम्झेर म जिउँदै मरेँ इज्जत लुटिएपछी लुगा भए सिलाउन सक्थेँ सिलाउन सकिन च्यातिएको अस्मिता ……।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ०१ गत आइतवार सम्पन्न भएको छ । झिल्का साहित्य समाजको आयोजनामा यो शृङ्खला सञ्चालन भएको हो । साप्ताहिक झिल्का कविता लेखन अभ्यासको पहिलो शृङ्खलामै निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ४ दर्जन बढी (५१ जना)साहित्यकारज्यूहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक आदिको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
सहभागी झिल्काकारहरूका उत्कृष्ट झिल्काहरू- ~~~ १, हेमन्तले बोकेको घाम कलिलो हुन्छ धेरै बाक्लो लुगाको याम। २, हरेक प्रेमिल बात जीवन सुखको बाटो पर्खाइ चाँदनी रात। ३, युवाको विदेशिने पाइलो देशको अधोगति सङ्केत योजना चाहिन्छ दर्बिलो
म्यामराज राई, भोजपुर ………………………….. १) पुस माघको रात उन्मत्त बैँस ठन्डीको हुस्सु बहुलायो उत्पात । २) बडो गजबको खेल बिरालो ढुक्दैछ मुसा गरेर अनेकन् झेल । ३) आँसु रित्तिए झरेर छोडेर गएदेखि तिमीले गए रहरहरू मरेर ।
वसन्त अनुभव, घोराही, दाङ ………………………….. १ नेपालमा नेपालीको धन थापेर सुनको कचौरा परदेशमा जाँदैछ जन। २. आँखामा माया बोकेर, फर्किन्छ साहिॅंलो साँझमा दुःखको जलपान धोकेर। ३. गरिबी अचार अमिलो गरेर खाने दिनमा पसिना हुँदैछ धमिलो ।
होम प्रसाद नेउपाने, धरान,सुनसरी । ………………………….. १. देशका युवा जति काम खोज्न भनेर खोज्दैछन् जान कति। २. देशको माया बोकेर बाध्यता भयो तिनको मुटुमा किला ठोकेर। ३. सरकार मौन जहिल्यै चुनावमा चर्का नारा नीति नल्याउने कहिल्यै।
अर्जुन प्रसाद चौलागाई रामेछापः-अमेरिका,बोस्टन। ………………………….. १. विदेशमा हुन्छन् ढेर ती कलिला मुना बाह्र पास गरेर । २. छलछाल कि करकाप हेर भविष्यले पिरोल्दा हुन्छन् विदेश टाप । ३. घर रित्तो पार्दै ऋण सार्दै हिँडे विदेश आँसु झार्दै ।
शशीश्री आचार्य, बौद्ध कुमारीगाल, काठमाडौँ ………………………….. १, गरौँ रमाइलो आज पन्चेबाजामा गर्दै रत्यौली नमानी केही लाज ।
डिल्ली राज घिमिरे, अर्घाखाँची ………………………….. १. टाढियो आफन्त छोडेर सम्हाल्न युद्धको मोर्चा मृत्यको खोल ओढेर । २. पसिना बेच्न हिँडेको घर परिवार छोडेर आफैँलाई बेच्न भिडेको ।
ताराप्रसाद चापागाईँ, धुनिबेसी ………………………….. १, सिमा मेरो नाउॅं सुन्दरताले भरिएको छ , मेलचोक मेरो गाउँ । २, व्यावहारिक बन्धनले घेर्यो पसिनाको सिॅंचाई गरी, फुलाउॅंछु मैले सेरोफेरो । ३, छेपारोको रङ्ग देखाउनेलाई जस्तालाई त्यस्तै गर्छु मसॅंग जुध्न आउनेलाई ।
सीमा कार्की समर्पण ………………………….. (१) राहदानी हातमा समाई देख्दैछु महलको सपना परदेशमा धन कमाइ । (२) ढल्केर गयो उमेर खोज्दैछु लठ्ठीको सहारा सन्तानले हात झिकेर । (३) प्राकृतिक रमणीय परिवेश भित्रभित्रै खोक्रो बनायो राजनीतिले मेरो देश ।
भुपेन्द्र राना मगर, धादिङ ………………………….. १, स्वार्थमा लगाएको मित जित हु्न्छ आफन्तबिनाको खोलामा गाएको गीत । २ कुर्सीको निम्ति झगडा चाल खहरे खोलाको हुने अनेकन लफडा ।
भवानी घिमिरे, सर्लाही ………………………….. १ हिॅंडियो बाध्यताको बाटो छाडेर आफ्नो देश जिउन कालको साटो। २ पसिनाको बिक्री गर्न काम, दाम उसैको परिवारको पेट भर्न। ३ श्रोत भेटिन्छ देशैभरि सरकार छ खोटो उखान घरी घरी।
सुरेशकुमार पाण्डे, दाङ घोराही १८ ………………………….. १ हुन्छ आत्माको जित मात्र परोपकारी भावना हुन्छ सबैको हित । २ जीवन यथार्थ भोगाइ सदाचारी बन्नु पर्ला मनमा राखौँ सोचाइ। ३ हुन्छन् प्रभु मित सुकर्म गर्ने प्रेरणा गाऔँ मिलन गीत ।
कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी ………………………….. १, कान्छा! अगुल्टा मिल्का उफ्रिदैछन् झर्झर झर्झर झिल्के साहित्यिक झिल्का । २, अगुल्टा ठोस्नु जसोतसो उड्छन् हराउँछन् झिल्का आगो झोस्नु कसो ?
कमला पौडेल ………………………….. १, परिश्रम बेचेर बाँचिन्छ आजकल युगको स्थिति इसाराको भरमा नाचिन्छ ।
गुणनिधि घिमिरे ………………………….. १ कालो न कालो सृष्टिको एक जीव बाँदरको हो सालो । २ कुकरले अत्याचार गरेको जीवनको त्यो मूलबाटोमा आखिरी अलपत्र परेको । ३ घाम लाग्छ कहिले यो धरती आकाश बादल फाट्छ जहिले ।
आर्त अकुलीन ………………………….. १ स्वदेशमा गरेर काम हामी सफल बन्नेछौँ यदि घुमे चारधाम । २ हिमाल, पहाड, तराई हाम्रो साझा नेपाल कोही छैन पराई । ३ पानी मिठो मूलको लाग्छ राम्रो रहनसहन हाम्रै नेपाली कुलको ।
दिपा तिम्सना पौडेल, ईलाम ………………………….. १ राजनीति फोहोरी खेल सत्ता प्राप्तिको लागि नेताले गर्छन् झेल । २ आलस्य शरीरले भन्यो असहज परिस्थितिले आज सपना सपनै बन्यो । ३ माघको मधुरो घाम आकाशमा बादल लागेको हातले गरेन काम ।
राज कुमार राजभण्डारी “खोटाङ्गे” मध्यपुर ठिमी – ५, संगम कोलानी भक्तपुर। ………………………….. १. माघको मधुरो घाम हरेक बिहानीपख सबैले जपौँ हरिको नाम । २. योग, ध्यान गरेर स्वस्थ बनौँ सबै जीवनमा अघि सरेर ।
बुद्धिमान दनुवार ‘सुरुङ्गेली कान्छो’, कनकाई – ४, झापा ………………………….. १ देखेर शासकको मति दिक्दार लाग्छ मलाई बिग्रँदा देशको गति । २ मुखले भन्छ साथी प्रहार गर्दछ उसले छुरा सधैँ ममाथि ।
बाबुराम पाण्डे, अर्घाखाँची ………………………….. १ लजालु आँखाले हेरेर मुसुक्क मुस्कुराइन् उनी लामो सास फेरेर । २ ठोसेपछि दन्दन आगो भाग्न बाध्य भएछन् अरिङ्गाल र खागो । ३ फेरि झिल्का लेखौँला मनको बह कहेर काव्यको तिर्सना मेटौँला
त्रिलोचन भण्डारी, मेचीनगर, झापा ………………………….. १ खेतबारी बन्यो झाडी युवा युवती हिॅंडेका रोजगारी खोज्दै खाडी । २ समृद्धिको खोक्रा नारा दिनदिनै बढ्दैछ ऋण अद्भुत नेतृत्वको पारा । ३ हरेक मान्छेको मन नाचिरहन्छ हरक्षण यहाँ कमाउने धुनमा धन ।
प्रद्युम्न चालिसे, भक्तपुर कटुञ्जे ………………………….. १, जाडोमा नुहाई आइयो शब्दको दुनियाँ छॅंदैछ झिल्काको नगर पाइयो । २, नबोली भागेर नबस सुस्तरी हावाको झोकले कुनामा रिसाई नपस । ३, आएका स्वागत मिलायो पार्टीको निहुँमा कसोरी गिलास भरेर पिलायौ ।
अम्बिका अधिकारी, झापा बिर्तामोड ………………………….. १. भ्रम थुप्रै छरेछौ जनताको पसिनासँग खेलेर खल्ती पनि भरेछौ । २. बुझियो तिम्रो चालबाजी भ्रष्टमा रहेछौ राजी खबरदार दुईजिब्रे काजी ।
प्रेम थापा “मन”, बागलुङ ………………………….. १, देश छोडेर जान्छ आमाको माया बोकी सुखमा परिवार खान्छ । २, दाजुभाइ सधैँ लडेर जित हुन्छ कसको जिते पनि हारेर । ३, रुमाल दिएर गयौ आँशु आएको छैन तिमी निष्ठुरी भयौ ।
एवाइ प्रभात, सहिदभूमि-३,धनकुटा ………………………….. १ घरभित्रको त्यो बन्दीमा बसेका छन् नारी, झुकेर सधैँ सन्धिमा। २ जीवन बाढीको भेल कसैको सुख दुःखको हारजितको न खेल ।
कला ढकाल, दमक, झापा ………………………….. १ माघको लागे घाम चिसो चाहिॅं हटेपछि सबैले गरे काम । २. घाम लाग्ने बेला काम गर्नेको हातभरि अवश्य हुन्छ ठेला ।
श्री कृष्ण धामी, बझाङ ………………………….. १/ कति भएको चिसो कपडा धुन नपाई , भएको छु लिसो। २/ जाडोमा ठन्डा पानी। तिम्रो कर्म त्यस्तो, दुःख नमाने नानी। ३/ घरायसी माखेसाँङ्लोको पिर उखरमौलो गर्छ्यौ आउँदा, मार्छु रोपेर झिर ।
टिकाराम पुन एटम, छत्रेश्वरी गाउँपालिका – २, सल्यान ………………………….. १/ आच्छु ! कस्तो जाडो माघैमा गर्नु पर्ला तातोको चाँजो चाँडो । २/ हुस्सु शीतलहर चल्दा जीवजन्तु मर्न थाले चिसोले कठ्याङ्ग्रिएर गल्दा । ३/ छैनन् लुगा ताता गरिबी कस्तो जुनी हे ! दैव विधाता ।
विवश पारदर्शी, झापा ………………………….. १. मेरो सहरमा आयौ एक्लो जीवनमा फेरि, चोखो माया लायौ। २. हरेक पल रमाउनु लड्न खोजेँ भने, मेरो हात समाउनु। ३. तिम्रो तस्विर नयनमा सजाएर राखि सकेँ, सधैँ आउनु सयनमा।
पुष्पा राई, खोटाङ । ………………………….. १. भन्ने बेला उँभोतिर हताश गरेर मनुवा खोजी जान्छ भिर । २. छोड धक्कु सहरको अस्तव्यस्त देख्यौ भने सातो जान्छ रहरको । ३. नपारौँ सभ्यता खण्डहर पुर्खाले सिर्जेका सम्पत्ति दुरुस्त राख्नुपर्छ वरपर ।
कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे ………………………….. १ घरलाई मन्दिर बनाऊ ए ! मान्छे हो बा, आमालाई सजाऊ । २ बा, आमा जहाँ बुझ है मान्छे भगवान् हुन्छन् त्यहाँ । ३ वृद्धाश्रम बेकाम हजुर घर मन्दिर हो बा, आमा गजुर ।
बिके माकजू, भक्तपुर । ………………………….. १. माया गरेर छाडिन् सबैलाई एउटा पोको दयालु बनेर बाँडिन्।
२. रहस्य बन्यो पोको सबैले मिलेर खोले पूरा भए धोको ।
अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन नपा- ६, संखुवासभा । ………………………….. झिल्काले झण्डै झुक्यायो सिक्ने कुरा नछोडेर बेरोजगार पारेर झकझकायो ।
लक्ष्मी रिजाल, सप्तरी । ………………………….. १ झिल्का आगो बनोस् परालको धुवाँ हैन भ्रष्टाचारीको खोइरो खनोस् । २ नौ शब्दमा भन्नुपर्छ झिल्का ज्वाला बनोस् भ्रष्टहरूको चिहान बन्नुपर्छ । ३ दयामायाले कहिल्यै हुँदैन चोटिलो शब्द आओस् भ्रष्टलाई चानचुनेले छॅंुदैन ।
चुडामणी देबकोटा, चनपा १३ काठमाडौं । ………………………….. १, कुहिरो उधुमै बढियो काँप्न थाल्यो शरिर बेसरी चिसो गाडियो।१। २, नुहाउँन सक्दिन चिसापानीमा मौसमले च्यालेन्ज गर्यो तातोपानी उमाल्छु बिहानीमा।२।
हरिनारायण चौधरी, सुन्दर हरैंचा नगरपालिका- १, मोरङ ………………………….. १// पीडा थप्न आयो लीला बुझ्ने मान्छे राजा हुन पायो ।
२// दिन त्यसै टरेछ सास नफेर्ने मान्छेको अल्छी अलपत्र परेछ ।
नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर । ………………………….. १. मौसमले चुनौती दियो त्रिपाल मुनिको बास ठिहिरोले ज्यान लियो । २. अभागी यो कर्म सरकार आफ्नै धुनमा कसले बुझिदिने मर्म ।
मन्दिरा सेढाई, मलेखु,धादिङ ………………………….. १) किन हिँड्छौ तर्केर सानोतिनो ती कुरामा आउने गर फर्केर । २) सुनाऊ मनको कुरा सुखदु:खका ती सबै गरौँला मिली पूरा । ३) जब टाढा हुन्छ मनको मान्छे सम्झिँदा रोएको कसले सुन्छ ?
सहयात्री शोभा अर्याल, रुपन्देही , बुटवल ………………………….. १ बादलको पर्यो दृष्टि धन्य भयो आकाश गराई धर्तीमा आवृष्टि। २ रमाइन् सुख्खा धर्ती उब्जाई अन्नको भण्डार दिन्छिन् कर्मको अर्ती ३ प्रकृति निहाल्दै कवि गर्छन् सुन्दर रचना डुब्दैन वास्तवमा रवि।
सुस्मिता अधिकारी ,काठमाडौँ ………………………….. १, गयौ तिमी तर्केर चिप्लो कुरा गर्दै नआऊ फेरि फर्केर । २, चिसो बढ्यो उखपात साँझ पर्ने बित्तिकै खाऔॅं तातो दालभात ।
ध्रुव श्रेष्ठ, खोटाङ (हाल काठमाडौँ ) ………………………….. १, मेहेनत गर्नेको कुलो बगेर आउॅंछ सधैँ संसारमै श्रम ठुलो । २, भाषण मात्रै ठुला देशभक्तिको छ खडेरी हिॅंड्दा खुट्टा लुला । ३, कापी कलमको साथमा अब चस्मा थपियो उमेरमा लाग्यो कमा ।
पुष्पा सुवेदी, नेपालगन्ज,बॅाके । ………………………….. (१) उद्देश्य उच्च बोकेर युवा सागर लम्केको विदेशको नारा घोकेर । (२) नेपाली युवा शक्तिको उपेक्षा गर्ने नेतृत्व गुलाम गर्छ भक्तिको ।
पद्मा काश्यप पाण्डे, मोरङ** ………………………….. १, म मरेको छैन तिमी किन रुन्छौ? सहिद कहिल्यै मर्दैन । २, घामको पहिलो झुल्का कसिङ्गर पर्यो आँखामा सपना भयो उल्का । ३, साँझको टुकी बालेर मौनतामा बसेकी आमा भित्ताको तस्बिर हेर ।
जी कुमार गौतम, भद्रपुर -१, झापा, नेपाल ………………………….. १. शिखरले लाली पोत्यो धर्तीमा सुन फलाउन किसानले खेत जोत्यो । २. देख्दा अजङ्गका पहरा पहराबाट छङ्छङ गर्दै झर्छन् सुन्दर छहरा । ३. नरोऊ प्रिया धर्केर मुग्लान बस्दिन सधैँ आउँछु एकदिन फर्केर ।
डम्बर थामी ‘अनुपम’, कालिन्चोक गा. पा. -६, दोलखा ………………………….. १. सबै विदेश गए आमाको चोलो फेर्न गाउँघर खाली भए । २. कर्म गर अब भएर हुँदैन अल्छी खुसी हुन्छौ तब । ३. एउटा सानो घर आफ्नै कमाइले बनाएको छैन कसैको डर ।
धनुष न्यौपाने, गुठीचौर गाउँपालिका – ०४ बिगारे जुम्ला …………………………… १. देशको विकास गर्न नल्याऊ विदेशिएका युवालाई सरकारी गोलीले मर्न । २. सरकार गोली हान्छ गरिबको सपना तुहाएर होटलमा डिनर खान्छ । ३. हावामा हानेको गोली गरिबको छातीमा लागेर सरकार फेर्छ बोली ।
राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ ………………………….. १ , चिसो जाडो याम ताप्न पाए जाती तातो न्यानो घाम । २ , राम्रो गरौँ काम हामी सबै मिली उच्च राखौँ नाम।
हरिगोपाल प्रधान, काभ्रेपलाञ्चोक बनेपा – १४, साँगा बजार ………………………….. १) देश बिग्रियो बोले तरिका ठिक भएन मनको कुरा खोले । २) देश बचाउनु पर्छ नउठे अब सबै देशको अवस्था गिर्छ । ३) हुन्छ जनताको जित मिलेर सबै गए गाँउछौ नेपाली गित ।
रबि पौडेल, दक्षिण भारत पाण्डेचरि । ………………………….. १/ जाडो अति सतायो यस्तो पौषमा थिएन माघ मासले बतायो । २/ चिसो बाट बच्ने तातो तातो खाएर झिल्का कविता रच्ने । ३/ तापक्रम छ घट्दो हिमाली भेगमा झन् चिसो कति बढ्दो । शोभा आचार्य गौतम, काठमाडौँ ………………………….. १. नेपाल राम्रो देश जोगाएर राख्नुपर्छ अब भेष लगाउने परिवेश । २. शीतलहर छ चलेको जाडोले थर थर कापेर शरीर गलेको । ३. कुहिरो लाग्यो कस्तरी आगो बालेर तापेको अब नआतिनु यसरी ।
दुर्गा आचार्य, मोरङ ………………………….. १, प्रभातले निशा चिर्यो धूमिल थिइन् वसुन्धरा क्षितिजबाट रश्मि छिर्यो । २, अचाक्ली छ ठन्डी तनको थुरथुर हराएन ओढे पनि मन्डी l ३, मधुरो छ ताप त्यसै माथि पवनले थप्यो उच्च चाप l
बाबुराम गौतम, गुल्मी ::::::::जय झिल्का साहित्य ! ::::::::::