• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: साहित्य

साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११९

  • ८ माघ २०८०, सोमबार १८:२२ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११९ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ७१ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११९औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    घरमा सधैँको किचकिच, हारथाक खाएँ
    समाधान हेतु बाआमा, आश्रम छोडी आएँ ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    फर्केला पालाको पैँचो आउँला तिम्रो नि दिन
    व्याज  र  हर्जाना सहित,  तिर्ला छोराले रिन ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    बाबा आमाको सेवा गर आफ्नै देउता मानी
    पालो आउला छोरो होला भन्ने आफैँले जानी ।
    ✍️समुद्र आचार्य
    [३]
    हतारमा कहिल्यै नगर्नु निर्णय त्यसले ज्यान लिन्छ 
    घरको के कुरा गर्छौ सहरमा पसी दलालीले किन्छ ।
    ✍️अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [४]
    बुबाआमालाई वृद्धाश्रम पुर्‍याउनु नै घोर अपराध मानिन्छ
    फर्केर आउँदाखेरि अब त खुशी साटासाट व्यक्त गर्न जानिन्छ ।
    ✍️कबिताहरी 
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [५]
    बुढाबुढी बाआमा झर्को लाग्यो घरमा 
    खुशी छु छोडी आएँ आश्रमको भरमा ।
    ✍️डम्बर थामी 'अनुपम '
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    [६]
    बाआमालाई पुज्ने गर भगवान ठान 
    तिनै लाेकमा पाउनेछाैँ तिमीले सम्मान ।
    ✍️केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम । हाल भारतबाट ।
    [७]
    बालाई फ्याँके  पनि  डोको राख्नुपर्छ भन्छ छोरो 
    किन भन्दा तिमीलाई फ्याँक्न चाहिन्छ भन्छ मोरो ।
    ✍️गुणनिधि घिमिरे, अमेरिका
    [८]
    बाआमाको  सेवा  गर तिम्रो पनि  आउॅंछ पालो
    आश्रममा छोडी नफर्क आफैँ बन्छौ निलोकालो ।
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [९]️
    रातदिन घरमा बसेर, इज्जत धेरै पाएँ,
    आँखा छलेर श्रीमानज्यूको माइत भागी आएँ ।
    ✍️होम प्रसाद नेउपानेे
    धरान,सुनसरी
    [१०]
    छोरी जन्मिई भनेर बाबा दु:खी हुन्छन्
    अहिले  गलत  रहेछु  भन्दै पो रुन्छन् ।
    ✍️शशीश्री आचार्य
    बौद्ध कुमारीगाल काठमाडौं
    [११]
    जिन्दगी दिने जिउँदो परमात्मालाई चिन
    तिमीले  तिर्नुपर्छ  जसरी नि  उनको रिन ।
    ✍️रतन पाण्डे, 'पारतन',दार्जीलिङ।
    [१२]
    उसको पनि रापिलो घाम तुवाँलोले छेक्ला
    आफैँले दु:ख  पाएपछि काँडे महल टेक्ला ।
    ✍️ प्रदीप के रिमाल
    इटहरी -८
    [१३]
    ईश्वर समान बाआमा ति हुन्छन् धेरै घाँडाे 
    के स्वार्थ हाे ? सन्तानले नै भुल्छन् कर्तव्य चाँडाे । 
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [१४]
    बाबाआमा  जिउँदा  भगवान  रहेछन्  नामका
    बुढेसकालले  छोएपछि  छैनन्  कुनै  कामका ।
    ✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
    [१५]
    स्वास्नीकाे  कुरा  सुनेर बाबुआमालाई डाँडै कटायाे
    कुम्ल्याई सबै सम्पत्ति जति गई बल्ल धुलाे चटायाे ।
    ✍️भवानी पाेखरेल (बाबू विराज)
    बाणगङ्गा १ चार नम्बर  कपिलवस्तु
    [१६]
    पृथ्वी गोलो छ भन्छन् आउँनेछ घुमेर 
    पालो  पक्कै  आउँला  गएपछि  उमेर ।
    ✍️चन्द्रकली राना मगर 
    प्युठान
    [१७]
    हतारको निर्णय सक्छ गलत हुन
    बेलैमा  सचेत  भए  पर्नेछैन रुन ।
    ✍️सरिता सेढाई धादिङ
    [१८]
    पैसा नहुने र बुढाेलाई नगन्ने रहेछन्
    बुढेसकालमा वृद्धहरू आश्रम गएछ्न् । 
    ✍️भाेलामान बर्देवा धरान ८ सुनसरी
    [१९]
    ईश्वर खाेज्छौ गुम्वा, चर्च, मन्दिर, मुर्तीसँग किन ?
    मानव, दानव, देव के हाै ? कर्मवीर भई चिन ।
    ✍️जी.वि.चिन्तन घाेराही-१४ दाङ ।
    २०८०/१०/०६ बिहान ४:४८
    [२०]
    साहस कस्तो हुन्छ भनेर थाहा हुन्छ बल्ल खोला तरेपछि
    अहिले खिस्स हाँस्दै गर, चाल पाउँछौ आफैँलाई परेपछि । 
    ✍️अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [२१]
    बाआमा आश्रम छोडी घरमा कुकुर पाल्छन् 
    देउता नचिन्नेले मन्दिर गई दियो बाल्छन् ।
    ✍️बिके मुखिया
    दार्जिलिङ भारत
    [२२]
    असल साथी त्यो हो जो दु:ख पर्दा 
    साथ
    राख्न सकुँ उसैलाई सधै मेरो माथ ।
    ✍️देव मगर
    तिनाउ-१, कचल,पाल्पा
    [२३]
    वृद्ध आमाबाबुलाई  जसले गर्छ हेला
    अखिरमा उमेर काटेपछि पर्छ फेला ।
    ✍️राज कुमार राजभण्डारी "खाेटाङ्गे"
      मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    [२४]
    स्वार्थ खातिर सन्तान आज बाबुआमा नै भुल्छ्न् ,
    भगवान् राखी वृद्धाश्रममा मन्दिर खाेजी डुल्छन् ।
    ✍️त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा
    [२५]
    बाआमालाई लगेर आश्रम फाल्न मन कसरी मानेको
    आखिर सन्तान हुर्कँदैछ गर्ला अवश्य देखेको जानेको ।
    ✍️दीपा तिम्सना पौडेल-ईलाम
    [२६] 
    घरमा अचेल चल्ने गर्छ  सधैँ नै जुहारी
    कहिले सासू उफ्रने कहिले चाहिँ बुहारी ।
    ✍️ बाबुराम पाण्डे 
    अर्घाखाँची
    [२७]
    पछिसम्मको सहारा बन्छु भनेर अहिले मोड्यौ
    श्रीमतीको कुरा सुनी बा आमालाई आश्रम छोड्यौ ।
    ✍️हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [२८]
    सम्झेर बाेझ बाआमा कुटीमा छाेडेर आएँ
    घर  फर्किआउँदा  रित्ताे र सुनसान पाएँ ।
    ✍️खुनराज काेईराला
     सिद्दलेक-३, गैरीगाउँ धादिङ
    [२९]
    छोराछोरीको अमेरिका जाने भिसा आयो
    वृद्ध बाआमा वृद्धआश्रमको जिम्मा लायो ।
    ✍️चुडामणी देबकोटा 
    चनपा १३ काठमाडौँ
    [३०]
    सवारी के थियो पुर्‍याउँने आश्रम जाँदाखेरि
    छोराले खै भनी सोध्न सक्छ, तिम्लाई लाँन फेरि ।
    ✍️निलहरि काफ्ले
    [३१]
    जोइटिङ्ग्रे भएपछि यस्तै त हुन्छ
    कुरा सुन्दा मात्रै नि मन मेरो रुन्छ ।
    ✍️गंगा खड्का 
    बूढानीलकण्ठ, काठमाडौँ
    [३२]
    आफू पो बुढो हुन्छु हुन्न थाहा छैन अहिले 
    वृद्धाश्रम छोडी आउँछु  बाबुआमा पहिले ।
    ✍️ कमला देवकोटा, पाल्पा
    [३३]
    हटाउनु पर्छ भन्छन् सबैले मनकाे विकार
    अनि बल्ल आउने छ जीवनमा राम्राे निखार ।
    ✍️नवराज भट्ट
    कञ्चनपुर
    [३४]
    परदेश आएपछि हुँदैन बाबाआमा भुल्नू
    पैसा कमाउने उमेरमा यताउता नडुल्नू ।
    ✍️ श्री कृष्ण  धामी - बझाङ
    [३५]
    भगवान भन्नू नै हुन्  बाबाआमा
    मन्दिर किन जान्छौ, हेर त मामा ।
    ✍️एवाइ प्रभात
    धनकुटा
    [३६]
    मनलाई सम्झाएर फेरि आएँ
    तर पनि यहाँ खै पो मैले पाएँ ।
    ✍️नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    [३७]
    चारधाम  लैजाउँला  भनेर  बुढाबुढी  फुरफुर पारे,
    धर्मकर्मको बहानामा सुटुक्क लगेर वृद्धाश्रम झारे ।
    ✍️ कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    [३८] 
    वृद्ध  बाआमाको  किचकिच  सुनेर दुवै हात जोडी,
    बुहारीको सल्लाहमा छोरा आयो वृद्धआश्रम छोडी ।
    ✍️विवश पारदर्शी 
    झापा
    [३९]
    जुन दिन आमाबाबालाई वृद्धाश्रममा लग्यौ
    त्यही दिनदेखि तिमी आफूले आफैँलाई ठग्यौ ।
    ✍️प्रेम थापा "मन"बागलुङ
    [४०]
    बाबा आमा ईश्वरको रूप, भुलिसके आज
    पुत्र सुन्छन् कुरा श्रीमतीको, पचाएर लाज ।
    ✍️दीपा गुरुङ्ग (समभाव)
    बुनपा-१२ काठमाडौ
    [४१]
    देखाएर ङिच्च दाँत बुवाआमालाई गर्छन् घातैघात
    खान नै दिँदैनन् राम्रो मुखले लगाएर नमिठो बात ।
    ✍️टिकाराम पुन एटम
    सल्यान, छत्रेश्वरी गाउँपालिका  २
    [४२]
    भएजति तागतलाई  थुतुनोमा सारे
    अतएव वृद्धाश्रममा राख्न बाध्य पारे l
    ✍️बाबुराम गौतम, गुल्मी
    [४३]
    जिउँदा भगवान बुबाआमा नगर्नू कहिल्यै हेला
    कुमालेको चर्खा हो हाम्रो यो जीवन भोलि पर्छौ फेला ।
    ✍️दुर्गा आचार्य 
    मोरङ
    [४४]
    बाआमालाई वृद्धाश्रम पुर्‍यायौ, स्वास्नीको कुरा सुनेर
    राख मोराहरू  घरबार सबै, ताला लगाई थुनेर ।
    ✍️मोती सुब्बा
    दार्जिलिङ भारत।
    [४५]
    बल हुँदा बैँस हुँदा केही थिएन गाह्रो
    उमेर ढल्दै जीर्ण बन्दा बाँच्न भयो साह्रो । 
    ✍️तोया नाथ चापागाईं
    दमक,झापा,नेपाल
    [४६]
    याद गर जस्ताे राेपेकाे छ त्यस्तै लाग्ने हाे फल 
    आमाबाबा नै ईश्वर हुन्  बग्ला आँखाबाट भल ।
    ✍️प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [४७]
    सबैको दिन आँउछ एक दिन वृद्ध हुने
    एकदिन जानैपर्छ सम्झी सम्झी किन रुने ?
    ✍️ध्रुव श्रेष्ठ 
    हाल काठमाडौँ
    [४८]
    बाआमाको  मन हुन्छ  सधैँ  छोराछोरीलाई
    छोराछोरी बुझ्ने हुन्छन् बल्ल आफ्नो पालो आई ।
    ✍️पुष्पा राई, खाेटाङ
    [४९]
    तान्दै घिसार्दै वृद्धाश्रम लैजाऊ छोरा भाइ
    छोरा चाहियो भन्दै छोरी गर्भैमा  मार्नेलाई ।
    ✍️पुष्पा सुवेदी
    नेपालगंन्ज, बॅाके।
    [५०]
    शान्त म जति छु, उति भन्छन् कचकचे
     बोलेर केही हुँदैन  अङ्ग   थला   बसे ।
    ✍️मनोहरी पौडेल 
    गैडाकोट १
    २०८०/१०/६
    [५१]
    अग्रजलाई उच्च स्थानमा राख्दा कलह  गर्छौ,
     हुर्काएका पसिनाको मूल्य तिमी कसरी भर्छौ ?
    ✍️शोभा आचार्य गौतम 
    काठमाडौँ
    [५२]
    कमाई गर्न नसक्नेलाई किन गर्ने माया ?
    अगति परिन्छ होला परेमा तिनको छाया ।
    ✍️कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [५३]
    कसरी हुर्किएँ सम्झिन्नँ आफू चाहन्छु डुल्न 
    घरको  स्वर्ग  बिगारेर  देखावटीमा  भुल्न । 
    ✍️सुस्मिता अधिकारी
    काठमाडौँ
    [५४]
    अस्तायो घाम अँध्यारो भयो गाउँ र सहर 
    बुढेसकाल लागेर होला छैन नि रहर ।
    ✍️आर्त अकुलीन
    [५५]
    छोरो भने दुलही ल्याए हुन्छ हेर न पराई
    बुढेसकालमा बाबाआमा बस्छन् रोइकराई ।
    ✍️ईन्दु श्रेष्ठ 
    चितवन
    [५६]
    बुढो भयो सब रङ्ग गयो आँगन परदेश हुने बेलामा
    घरमा देखि नसहेर पुर्‍यायौ आश्रम आज भए हेलामा ।
    ✍️भगवती दवाडी, झापा
    [५७]
    अर्धनग्न कपडा लगाउँदा हुने भयो सस्तो
    जाडोमा पनि स्यान्डो लगाउने भन तिमी कस्तो ।
    ✍️धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    [५८]
    स्वास्नीको कुरा सुनी बाबुआमा पारे पर 
    तिनका आँसुले पोल्ला महोदय होस् गर ।
    ✍️दुर्गा भट्टराई 
    मोरङ
    [५९]
    आफ्ना ती सबै पराई भए
    हेलाले मस्तिष्क गल्दै गए ।
    ✍️गम्भीर दुवाडी
    गजुरी-५, धादिङ्ग
    [६०]
    बल बैँस हुँदा बाबाआमालाई हेला गर्ने
    घुमीफिरी समय आउँदा आफैँ फेला पर्ने ।
    ✍️बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [६१]
    सानो छँदा पाल्छु भन्ने ठुलेा भएपछि विदेश नै पो गयो
    नेताले विकासको बत्ती निभाई दिएर अन्धकार भयो ।
    ✍️पवन कुमार बुढाथेाकी
        काठमाडौँ
    [६२]
    जन्माउने हुर्काउनेको व्यर्थको दु:ख पाइयो
    बुढेसकालको सहारामा आश्रम पो आइयो ।
    ✍️जमुना आचार्य, सिन्धुपाल्चोक
    [६३]
    'मारे पाप पाले पुण्य' छोरी दिएँ तिम्रै भरमा
    भनी दियौ नि बाबा मलाई पराइको घरमा ।
    ✍️उमा दाहाल 
    शुन्दर हरैँचा -१० मोरङ
    [६४]
    अलकापुरीमा बस्ने हुतीहारा भनी कसलाई ठान्नु ? 
    कामधाम लात मारी अधोगति यात्रा गर्नेलाई मान्नु ।
    ✍️नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर ।
    [६५]
    बाआमा बोझ सम्झनेले कहाँ शान्ति पाउँछ ?
    सम्झिराख तिमी भोलि तिम्रो नि पालो आउँछ ।
    ✍️मन्दिरा सेढाई 
         मलेखु,धादिङ
    [६६]
    वृद्धाश्रम बनाएर, धाकधक्कु गरे जब
    बाबुआमा भए घाँडो,  मर्‍यो मानवता तब।
    ✍️रामशरण न्यौपाने, भक्तपुर
    [६७]
    बुढेसकालको सहारा भन्नु बेकार छ छोरा
    हामी बुढाबुढीलाई हेपिस् नि आज तैँले मोरा ।
    ✍️राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [६८]
    कहिले होला स्वदेशमै रोजगारीको व्यवस्था ?
    जति सरकार फेरिए पनि उस्तै छ अवस्था ।
    ✍️पद्मा काश्यप पाण्डे, मोरङ
    [६९]
    आमाबाबुलाई वृद्धाश्रममा राखेको 
    समाजको भनाइ खाएर त थाकेको ।
    ✍️सहयात्री शोभा अर्याल 
    रुपन्देही , बुटवल
    [७०]
    घरमा   बुबाआमालाई  जसले रुवाउॅंछ
    उही मन्दिरमा देवता पूज्न किन धाउॅंछ ?
    ✍️अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [७१]
    छाेडेर आमाबुबा अरू कसको गराैँ सेवा ?
    दुर्बललाई  बेलैमा   दिनुपर्ने  थियोे  टेवा ।
    ✍️हरिगाेपाल प्रधान
    काभ्रेपलाञ्चाेक, बनेपा १४, साँगा बजार ।
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्का, टुक्का_कविता1 Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११९

    साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ६३

  • ७ माघ २०८०, आईतवार २०:०६ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग :- त्रिसठीऔमा हामी पुगेका छौं।
    लेख्नु पर्ने पञ्चाङ्ग सङ्ख्या :- ०१
    मिति:- २०८०/१०/ ०४ गते

    आदरणीय पञ्चाङ्ग अनुरागी एवम् स्रष्टाज्युहरू हार्दिक नमस्कार ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको:६३[त्रिसठीऔ] चित्रपटमा छौं।

         यहाँहरुलाई हार्दिक स्वागत गर्दै यस् शृङ्खलामा दिइएको चित्र अनुसारको विम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग शनिबार बेलुका ९:०० बजे भित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं!

    प्रशिक्षक :

    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी

    चित्र संकलन

    सुशीला पाैडेल

    शुद्धीकरण

    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल (सुवेदी )

    संरचना

    अनुप्रास :- आफू खुसी
    स्थायी :- आफू खुसी
    अक्षर :- बराबरी

    समायोजक

    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    तथा

    पञ्चाङ्ग साहित्य समाज नेपाल

    चित्र अनुसार पञ्चाङ्गहरू [चित्रपट]
    ~~~~~
    चित्रमा पञ्चाङ्ग
    पञ्चाङ्ग:०१
    महिमा शिवकाे गाउँ सब जन।
    भक्तिकाे मार्गमा जाउँ सब जन।
    लाेक परलाेक सुधार्नको लागि,
    धाममा शिवकै पाउँ सब जन।
    ज्ञानकाे प्रसाद लाउँ सब जन।
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    ढोकै अगाडी शिवजीको थान रहेछ।
    कति राम्रो मनितो अनि मान रहेछ।
    मन्दिर भित्र सुन्दर पशुपतिनाथ,
    हाम्रो धेरै राम्रो संस्कार सान रहेछ।
    सबैभन्दा असल कर्म दान रहेछ ॥

       गुणनिधि घिमिरे अमेरिका

    पञ्चाङ्ग:०३

    हे! ईश्वर महादेव रक्षा गर प्रभु।
    तिमी सर्व शक्तिशाली दु:ख हर प्रभु
    हाम्रो भक्तिले खुसी भइ प्रसन्न हुनु,
    भक्तलाई सदैव शरण धर प्रभु।
    तिमी बाहेक दुखीको नै को छर प्रभु।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली” पाल्पा ।

    पञ्चाङ्ग:०४
    बोल्दैन भगवान मुर्तिले केही भन्दैन कसैलाई ।
    मान्छेले जस्तो मरिमरि खोइरो खन्दैन कसैलाई।
    टुलुटुलु हेरि बस्छ गल्ती अनुसारको दन्ड दिन्छ,
    सबैलाई समान,ठुलो या सानो गन्दैन कसैलाई।
    जो गर्छ असल कर्म अवरोध बन्दैन कसैलाई ।

    -पशपती राई खोटाङ ।

    पञ्चाङ्ग:०५
    दुःख र पीडा कम गर्ने बाटाे देखाऊ भगवान।
    आफ्नाहरू नजिक सर्ने बाटाे देखाऊ भगवान।
    दैवी शक्ति अगाडि कसैकाे केही लाग्दो रहेनछ
    अब दुःखको खोला तर्ने बाटाे देखाऊ भगवान।
    नराम्राे सोचहरू हर्ने बाटाे देखाऊ भगवान।
    ह्यारिस

    पञ्चाङ्ग:०६
    समाउने खाले लहरा पाटैमा रह्यो।
    चट्टाने पहरा हिडेको बाटैमा रह्यो।
    मुनाफा गर्न दाउमा राखेको जिन्दगी,
    घोरिएर हिसाब गर्दा घाटैमा रह्यो।
    घाटानाफा जे होस् पसिना माटैमा रह्यो।
    —
    चिरञ्जीवी ढकाल
    नेपालगन्ज -२०
    राँझा एयरपोर्ट बाँके

    पञ्चाङ्ग:०७
    मन्दिर भित्र सजिएर बडाे सान साथमा ।
    बसेकाछन् पलेटी कसी बडाे मान साथमा ।
    धूप दीप नैवेद चढाई भक्ति भावले ,
    गरी शक्तिकाे पूजा यहाँ स्तुति गान साथमा ।
    सदा सर्वदा शान्ति छाओस् भगवान् साथमा ।

    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग: ०८
    अचेल भगवान भन्न छोडेका छन्।
    कोहोर भगवान गन्न छोडेका छन्।
    किन हुदैछ यस्तो समाजमा आज,
    बलि अनेक थरी अन्न छोडेका छन्।
    मान्छेले मान्छे जस्तो बन्न छोडेका छन्।

    दुर्गा आचार्य
    मोरङ

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged पञ्चाङ्गLeave a Comment on साप्ताहिक पञ्चाङ्ग चित्रपट भाग- ६३

    साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३९

  • ६ माघ २०८०, शनिबार २३:०७ मा प्रकाशित
  • साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खलाको १३९ औँ भाग शनिबार सम्पन्न भएको छ । उदक साहित्य समाज, नेपालले उक्त कार्यक्रमको आयोजना गरेको थियो। उक्त शृङ्खलामा नेपाल लगायत विश्वका ६७ जना उदक स्रष्टाहरूको सहभागिता रहेको उदक लेखन शृङ्खलाका संयोजक, प्रशिक्षक एवं उदक साहित्य समाजका केन्द्रिय उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो ।
    काव्य विधा अन्तर्गतको नयाँ उदियमान प्रविधा उदक कविताको उन्नयन र विकासका लागि साप्ताहिक रूपमा उदक लेखन शृङ्खला सञ्चालन गर्दै आएको उदकका प्रवर्तक एवं उदक साहित्य समाजका अध्यक्ष आर्त अकुलीनले बताउनुभयो ।
    संयोजक एवम् प्रशिक्षक अनुभवका अनुसार शनिबारको शृङ्खलाका लागि विहान एउटा तस्बिर दिएर उक्त तस्बिर अनुसारको गहन भाव खुल्ने गरी मात्र एउटा उदक साझ ५ बजेसम्म लेख्न सहभागी उदक यात्रीहरूलाई भनिएको थियोे ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि तस्बिर :

    उदक अभ्यास शृङ्खला– १३९ मा सहभागी उदक यात्रीका सुन्दर उदकहरू

    [१]
    जात्रा
    जोखिमपूर्ण यात्रा
    पुगेन यात्रुको मात्रा !
    - वसन्त अनुभव 
    [२]
    बाइक
    दह्रो रहेछ 
    सिङ्गो परिवार चढेछ !
    - डा. देवी पन्थी 
    [३]
    लापर्बाही 
    जोखिमपूर्ण यात्राको 
    कसले गर्ने गवाही !
    - डम्बर थामी 'अनुपम' 
     कालिन्चोक गा. पा.-६, दोलखा 
    [४]
    सवारीसाधन 
    चिन्न सकिनँ
    बस कि बाईक !
    - दीपा तिम्सिना पौडेल, ईलाम
    [५]
    नसा
    यात्राकाे दशा
    नपुग्ने भारीकाे कथा !
    - राेशन पराजुली, धरान
    [६]
    खतरा 
    सम्भावित घटना 
    कालले सूचना दिएको !
    - गुणनिधि घिमिरे, अमेरिका
    [७]
    खतरा 
    सम्भावित घटना 
    कालले सूचना दिएको !
    - गुणनिधि घिमिरे, अमेरिका
    [८]
    सफर
    ज्यानको बाजी
    गर्न भए राजी !
    - पृथक प्रकृति, झापा
    [९]
    साधन
    सही सदुपयोग
    नगरे दुर्घटना आह्वान !
    - सरस्वती श्रेष्ठ, इटहरी
    [१०]
    जाेखिमपूर्ण
    जिन्दगीकाे गाडी
    बढ्दैछ परिवार नछाडी !
    - ताराप्रसाद चापागाईँ, धुनिबेसी
    [११]
    विज्ञापन 
    जनसङ्ख्या बढाउने
    बाइक चढाई पढाउने !
    - अच्युत घिमिरे, सर्पाङ, भुटान
    [१२]
    अति
    हुनेछ खति
    यसरी बिग्रिएमा मति !
    - भवानी घिमिरे, सर्लाही 
    [१३]
    जिन्दगी
    धरापमा पारी
    यात्रा रहेछ जारी !
    - सरिता सेढाई, धादिङ
    [१४]
    यात्रा 
    नबढाऊ गति
    हुन्छ जनको क्षति !
    - अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा-६, संखुवासभा 
    [१५]
    यात्रा
    अधिक भारी
    जोखिमले भरिएको सवारी !
    - राजाराम रत्गैंया, अमौरा, कैलाली
    [१६]
    गन्तव्य
    सँगै जाने
    जता गए पनि !
    - सुरेशकुमार पाण्डे 
    दाङ, घोराही-१८
    [१७]
    यात्रा 
    अति खतरा 
    नेपालमा हुने जात्रा !  
    - सविता के.सी.
    [१९]
    परिवार
    जोखिम सवार
    कसले राख्नु सरोकार !
    - घनश्याम पौडेल, पोखरा
    [२०]
    सर्वत्र
    प्रविधिकाे त्रास
    जीवन बन्दैछ सत्यनास !
    - निरज कोइराला, इटहरी-१६
    [२१]
    लोभ 
    होकि बाध्यता 
    अनियन्त्रित सवारीको जात्रा !
    - मङ्गला उपाध्याय, बारा
    [२२]
    जनसङ्ख्या
    पृथ्वीको भार
    सवारी साधनमा मार !
    - कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [२३]
    यात्रा 
    कष्टकर अवस्था 
    कति नराम्रो बिजोग !
    - सोमनाथ लुइटेल "रवि पाल्पाली" 
    पाल्पा, हाल: बर्दिया
    [२४]
    यात्रा
    मिलेन मात्रा
    विवेकको भयो जात्रा !
    - ऋजु दिल्पाली
    ईटहरी-१, सुनसरी 
    [२५]
    यात्रा
    यात्रुको मात्रा
    देखाउँदै मृत्युको जात्रा !
    - हिमाल अम्मै 
    घोडाघोडी, कैलाली
    [२६]
    जीवन
    अनुपम यात्रा
    चौतर्फी देखिँदै जात्रा !
    - आर्त अकुलीन
    [२७]
    यात्रा 
    गरौँ आनन्दले
    नगरौँ दु:ख कष्टले !
    - पूर्णबहादुर श्रेष्ठ "हृदयङकृत"
        पनौती न.पा.-३, काभ्रे
    [२८]
    यात्रा 
    जनसङ्ख्याको भार 
    यात्रामा सम्भावित मार !
    - केसर बाेहरा 'सङ्घर्ष'
     अछाम,हाल: भारत
    [२९]
    बाइक 
    अधिक भार
    जाेखिमपूर्ण हुन्छ जीवनयात्रा !
    - नारायण प्रसाद उपाध्याय, कैलाली 
    [३०]
    माेटरसाइकल
    जाेखिमपूर्ण यात्रा
    अपत्यारिलो देखियाे जात्रा !
    - नवराज भट्ट, कञ्चनपुर
    [३१]
    घर
    जानैपर्ने आवश्यकता 
    जोखिम मोलेर परिवार !
    - प्रेम थापा "मन", बागलुङ
    [३३]
    यात्रा 
    जोखिम खत्रा 
    भएको छ जात्रा !
    - धनमाया चौधरी, कैलाली
    [३४]
    जीवन
    यात्रा निरन्तर
    ठेलमठेल अनि कष्टकर !
    - मधुसूदन शर्मा, रोल्पा
    [३५]
    भुल
    जनसङ्ख्या बढेर
    बेरोजगार जिन्दगी सडेर !
    - अम्बिका अधिकारी
       झापा, बिर्तामोड
    [३६]
    यात्रा 
    आफू बच्चाबच्ची
    ट्राफिक नियमको धज्जी !
    - चक्र शाही, लम्की, कैलाली 
    [३७]
    नेपाल
    विधिविधान भङ्ग
    साइकल यात्रा अङ्गैअङ्ग !
    - अमृत सुवेदी 
    रूपा सात, कास्की
    [३८]
    कर्म
    कामको खोजीमा 
    पैसा  छैन गोजीमा !
    - कला ढकाल
    झापा, दमक
    [३९]
    चालक 
    खतरा मोल्दै
    बोकेको वृद्ध बालक !
    - दीपा गुरुङ्ग
    [४०]
    जात्रा 
    गरेर यसरी
    हुँदैन सुरक्षित यात्रा !
    - नागेन्द्रप्रसाद यादव 
    [४१]
    यात्रा 
    नगरी नहुने
    रहर होइन बाध्यता !
    - बुद्धिप्रसाद लामिछाने, कैलाली
    [४२]
    यात्रा
    जोखिम मोल्ने
    हाम्रो देशको जात्रा !
    - दुर्गा आचार्य, मोरङ
    [४३]
    आर्थिक 
    थेग्न नसक्ने 
    कसरी अगाडि बढ्ने !
    - शोभा आचार्य गौतम
    [४४]
    गजब
    मान्छेको स्वभाव
    मस्तिष्कभित्र बुद्धिको अभाव !
     - नारायण कोइराला
        तानसेन,पाल्पा
    [४५]
    बाइक
    जोखिमको यात्रा
    सदा नियमको पालना !
    - कविता आचार्य, कैलाली
    [४६]
    जाेखिम 
    हाेसियार सवार 
    यात्रामा दुर्घटनाकाे डर !
    - श्रद्धा आचार्य, पोखरा
    [४७]
    सवारी
    जोखिमपूर्ण यात्रा 
    यात्रामा दुर्घटनाको तयारी !
    - लक्ष्मी रिजाल
    [४८]
    बाध्यता
    जोखीमपूर्ण यात्रा
    जीवनको खतरै खतरा !
    - रमा पन्त, पाल्पा
    [४९]
    यात्रा  
    खतरनाक सवारी 
    रहर हैन बाध्यता !
    - दुर्गा अधिकारी भमरकोटे ।
    [५०]
    जात्रामा 
    नपाएको कात्रा
    एकैसाथ दुरुपयोग यात्रा !
    - जमुना कायस्थ
    [५१]
    जात्रा
    कही नभएको
    नेपालको कठिन यात्रा !
    - विवश पारदर्शी, झापा
    [५२]
    अभाव
    जानैपर्ने गन्तव्य 
    नआओस् बरु भवितव्य !
    - लक्ष्मी रिजाल
    रूपनगर, सप्तरी 
    [५३]
    यात्रा 
    बढाउ मात्रा
    कहीँ नभएको जात्रा !
    - धर्मी शाक्य, बुटवल, रुपन्देही 
    [५४]
    बेथिति
    सप्रेन स्थिति 
    बिग्रिदै गएकाे रीतिथिति !
    - प्रद्युम्न चालिसे
    भक्तपुर, कटुञ्जे 
    [५५]
    जनसङ्ख्या
    तिब्र गति 
    बेरोजगार यात्रुको दुर्गति !
    - दुर्गा भट्टराई, मोरङ
    [५६]
    यात्रा 
    क्षमता नहेरी 
    निम्त्याउँदै जोखिमको भारी !
    - सुस्मिता अधिकारी, काठमाडौँ
    [५७]
    बाइक
    गजब रहेछ
    बोके ट्याक्टर भएछ !
    - एवाइ प्रभात
    धनकुटा, सहिदभूमि
    [५८]
    परिवार 
    जोखिमको यात्रा 
    देख्दा लाग्छ जात्रा !
    - समुन्द्रा शर्मा, सुनसरी 
    [५९]
    जन 
    यात्राको मन
    एक बाहन टनाटन !
    - जमुना आचार्य, सिन्धुपाल्चोक
    [६०]
    यात्रा
    जोखिम मोल्ने
    हाम्रो देशको जात्रा !
    - दुर्गा आचार्य, मोरङ
    [६१]
    अति
    निम्त्याउने खति
    सम्पूर्णको हुनेछ दुर्गति !
    - भगवती दवाडी
    [६२]
    जिन्दगी 
    असुरक्षित यात्रा
    भरोसा सधैँ भगवानको !
    - पशपती राई, खोटाङ 
    [६३]
    यात्रा
    सवारी एक
    यात्रु छन् अनेक !
    - सुधा बाँस्कोटा ढकाल
    [६४]
    बढ्दो 
    विदेशिने रहर
    खतरा प्रलोभन जहर !
    - कमला  देवकोटा, पाल्पा
    [६५]
    पाठ
    व्यवहार चलाउनुपर्छ
    अभावको गर्धन निमोठ्नुपर्छ !
    -:नन्दलाल आचार्य
    सिद्धार्थटोल, उदयपुर 
    [६६]
    जात्रा
    जीवनको सङ्घर्ष 
    गर्नुपर्ने कठिन यात्रा !
    - सरस्वती वली
    [६७]
    जोखिम 
    गाडी चापमा
    यात्रु छन् धरापमा !
    - तेजप्रसाद खनाल
        लमही, दाङ
    facebook sharing button
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged उदक_कविताLeave a Comment on साप्ताहिक तस्बिरमा उदक लेखन शृङ्खला- १३९

    साताका उत्कृष्ट झिल्काहरू- १

  • ६ माघ २०८०, शनिबार १६:५६ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्काहरू- १

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खलाको सुरुवात गरिएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यसको प्रथम शृङ्खला शनिवार अपरान्ह सम्पन्न भएको छ । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकार ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- १ का लागि झिल्काकार त्रय राजेशराज गड्तौला, राज कुमार राजभण्डारी “खाेटाङ्गे” र पृथक प्रकृतिका उत्कृष्ट झिल्काकाहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    [१] झिल्काकार राजेशराज गड्तौलाका उत्कृष्ट झिल्काहरू-

    १)
    साथमा हुन्नन् कोइ
    सम्पत्ति नहुँदा बखत
    अलग हुन्छन् जोईपोइ ।
    २)
    चाहिने सबैलाई धन
    आफ्ना पनि छेउमै
    सक्किए एक्लिन्छ मन ।
    ३)
    सबैलाई दरबार चाहिने
    झुप्रोको चाहना छैन
    भगवान् छैनन् दाहिने ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ

    [२] झिल्काकार राज कुमार राजभण्डारी “खाेटाङ्गे”का उत्कृष्ट झिल्काहरू-

    १)
    राजनीति फाेहाेरी खेल
    सत्ता प्राप्तिको लागि
    नेताले गर्छन  झेल ।
    २)
    शरीर आलस्य भयो
    असहज परिस्थितिले गर्दा
    रहर मरेर गयो ।
    ३)
    गर्छन्  मानिस ध्यान
    हरेक दिन बिहानीपखमा
    प्राप्त गर्न ज्ञान !
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी  ५ संगम काेलानी भक्तपुर

    [३] झिल्काकार पृथक प्रकृतिका उत्कृष्ट झिल्काहरू-

    १)
    हाँगाबाट झरेको फूल
    चल्दैन पूजामा पनि
    गर्नुहुँदैन है भूल ।
    २)
    ढुङ्गालाई देवता मानेर
    मान्छे गर्छन् भेदभाव
    आडम्बर दम्भ पालेर ।
    ३)
    धर्म दर्शनका कुरा
    बग्रेल्ती सुनाउँछन् हजुर,
    नितान्त व्यवहारका भुरा
    ✍️
    पृथक प्रकृति
    झापा
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, धनुष न्यौपाने, साताका उत्कृष्ट झिल्का2 Comments on साताका उत्कृष्ट झिल्काहरू- १

    साप्ताहिक पञ्चाङ्ग भाग- ७८

  • ४ माघ २०८०, बिहीबार २३:४३ मा प्रकाशित
  • “पाँचै तत्व पाँचै विकार पञ्चाङ्ग नै ठिक आधार”भन्ने मूल नाराका साथ पञ्चाङ्ग लेख्दै आएका छौं।यही सिलसिलामा साप्ताहिक पञ्चाङ्ग भाग: अठहत्तराैंमा हामी पुगेका छौ। सम्पूर्ण पञ्चाङ्ग स्रष्टाहरुमा पञ्चाङ्ग लेख्नु हुन् हार्दिक अनुरोध छ:
    अभ्यास पाठशालाको अभ्यास शृङ्खला दर्ता पछिको भाग :-७८ ——————————-

    विधा :- पञ्चाङ्ग
    अभ्यास गर्ने स्थान :- पञ्चाङ्ग अभ्यास पाठशाला
    मिति:- २०८०/१०/०१गते
    बुधबार बेलुका ०९ बजेसम्म पञ्चाङ्ग वा समपञ्चाङ्ग पठाउनु हुन् अनुरोध छ।
    ……………………………………….

    प्रशिक्षक:-
    ……………
    गुणनिधि घिमिरे
    घनश्याम पौडेल
    तोयानाथ सुवेदी
    ………………………
    भाषा शुद्धीकरण:-
    ———–
    जमुना आचार्य
    भवानी घिमिरे
    पुष्पा नेपाल सुवेदी

    सङ्कलक :-
    ———-
    दुर्गा रिजाल आचार्य

    संयोजक:-

    सोमनाथ लुइटेल “रवि पाल्पाली” ======================

    अक्षर सङ्ख्या:- [बराबरी]
    अनुप्रास :- आफुखुसी
    स्थायी :- अनिवार्य

    पञ्चाङ्ग:०१
    पीडामा पनि जिएको देख्ने को छ र?
    मनले आँसु पिएको देख्ने को छ र?
    जिन्दगीमा के छ आशा अनि भराेसा,
    मायाले राम्रो दिएको देख्ने को छ र?
    अरूले खुशी लिएकाे देख्ने काे छ र?
    सुशीला पाैडेल

    पञ्चाङ्ग:०२
    ठण्डीकाे महिना हुँदा घाम हरायाे ।
    फुस्स जाने दिन हुँदा काम हरायाे ।
    आकाशकाे हुस्सुले पार्याे आच्छुआच्छु,
    अधिक जाडाेमा गर्मी नाम हरायाे ।
    रुमलिँएर कागकाे ठाम हरायाे ।
    भवानी घिमिरे
    सर्लाही ।

    पञ्चाङ्ग:०३
    रोगलाई जितेर आउँदै छु म।
    खुशी र हर्षतिर धाउँदै छु म।
    पीडा वेदना भुल्न अक्षर कोर्छु,
    मेरो नयाँ जीवन पाउँदै छु म।
    जिन्दगीकाे कथामा छाउँदै छु म।
    ह्यारिस

    पञ्चाङ्ग:०४

    आवाज उठाउँदा कुरा नै काटे जस्तो लाग्छ।
    राम्ररी बोल्दाखेरि यहाँ त चाटे जस्तो लाग्छ।
    मायाले चाट्नु पर्ने हो अभिशप्त हुँदै गएँ,
    नरुचाएपछि बोली पनि फाटे जस्तो लाग्छ।
    झुपडीमा झुन्डिन डोरि नै बाटे जस्तो लाग्छ।

    ✍️सोमनाथ लुइटेल “रवि पाल्पाली”

    पञ्चाङ्ग:०५
    महिना अर्कै फेरियो आज।
    माघीको पर्व हेरियो आज।
    घरैमा बसी नेट नेटैमा।
    मीठा खानाले घेरियो आज।
    सञ्जालभरि बेरियो आज।

    पञ्चाङ्ग:०६
    नेपाल आमाको व्यथा त मात्र कथामा पो लेखिन्छ अचेल।
    छोरो भने युरोप कि त अमेरिका तिरै भेटिन्छ अचेल।
    आफ्नै देशको सगरमाथा चढ्छु भन्ने त्यो सपनाको पनि,
    चाहानाहरु उज्यालो नै पो हुन नपाइ फेरिन्छ अचेल।
    माया पनि कति छिटो हो,पैसाकै बोटमा जेलिन्छ अचेल।
    -पशपती राई खोटाङ ।
    घनश्याम पौडेल, पोखरा

    पञ्चाङ्ग:०७
    यो चिसो माघको जाडो टसरले छेक्दैन।
    सुर्यको किरणलाई पसरले छेक्दैन
    हेमन्त ऋतु सकियो चिसो झन बढ्दो छ,
    दिउँसो घाम चिसोको असरले छेक्दैन।
    मुस्कानलाई मनको कसरले छेक्दैन।
    शोभा आचार्य गौतम
    काठमाडौँ

    ॐ

    पञ्चाङ्ग:०८

    मनकाे अहंकारलाई झिकेर फाल तिमी ।
    मस्तिष्ककाे बिकारलाई झिकेर बाल तिमी ।
    अनन्त जीवन सबैकाे बन्ने खरानी रै छ,
    सद्भाव साथ प्रेमलाई झिकेर पाल तिमी ।
    अन्याय अत्याचार खुडा झिकेर ढाल तिमी ।
    प्रधुम्न चालिसे
    भक्तपुर , कटुन्जे ।

    पञ्चाङ्ग:०९

    नेपाली मन नेपालीपन र नेपाली पाराले भन्छु म।
    पर्देशमा दुःख गरेर धन ल्याउँछन् साराले भन्छु म।
    घरमा बालबच्चा पत्नी आमा बावु छाडेर परिवार,
    दुःखसुख त हेर्दैन होला आकासको ताराले भन्छु म।
    दिएन काम स्वदेश बसी सडकको नाराले भन्छु म ॥

             गुणनिधि घिमिरे अमेरिका
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on साप्ताहिक पञ्चाङ्ग भाग- ७८

    भुइँचालो सुरक्षा विशेष झिल्का लेखन शृङ्खला मङ्गलवार सम्पन्न

  • ४ माघ २०८०, बिहीबार २३:२७ मा प्रकाशित
  • भुइँचालो सुरक्षा विशेष झिल्का लेखन शृङ्खला मंगलवार सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा आयोजित उक्त कार्यक्रममा नेपाल, भारत, भुटान लगायत विश्वभरका लगभग ४ दर्जन बढी साहित्यप्रेमी झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।

    पछिल्लो समय लामा लामा विधाले भन्दा छोटा छोटा अर्थात् लघुतम विधाहरूले सर्जक एवम् पाठकहरूको मन जित्ने गरेको देखिन्छ । एकै बसाइँमा लेख्न र पढ्न सकिने भएकोले पनि छोटा विधाहरू सर्जक र पाठकको रोजाइ बन्न पुगेको हो भन्दा अत्युक्ति नहोला ।

    ती तमाम लघुतम विधाहरू मध्ये झिल्का कविता पनि एक हो । यो नेपाली माटोमा उम्रिएको मौलिक एवम् नवीनतम प्रयोगवादी कविता हो । यसलाई विम्ब, प्रतीक, अलङ्कारको प्रयोग गरेर चोटिलो पाराले ३ हरफमा लेख्ने गरिन्छ । जसका प्रत्येक हरफमा तीन तीन शब्दहरू रहेका हुन्छन् । एउटा कवितामा जम्माजम्मी ९ शब्दहरू हुनेभएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनै पर्ने हुन्छ ।

    झिल्का लेखन अभ्यास शृङ्खला- ५ (भुइँचालो सुरक्षा विशेष)

    सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव

    ~~~~~~
    [१]
    १)
    हल्लाउँदै  धर्तीको  टालो
    कहाँबाट आउँछ जान्छ
    विनाशकारी यो भुइँचालो ।
    २)
    सानोठुलो  भन्दिन हेर
    हाँस्दछ अट्टहास गर्दै 
    धनजनको गराउँदै खेर ।
    ३)
    भूकम्प मिल्दैन रोक्न 
    न सकिन्छ तालिकामा
    यसको समय तोक्न ।
    ४)
    सहर अनि गाउँ
    जहाँतहीँ विध्वंस ल्याउँछ
    हुन्न तोकिएको ठाउँ ।
    ५)
    हरहमेसा सजग बनौँ
    भूकम्पबाट जोगिने उपाय
    सारा जनलाई भनौँ ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    ~~~~<•>~~~~
    [२]
    १)
    भुइँचालो आउने सम्भावना 
    सबैमा सतर्कताको सन्देश
    सुरक्षित रहन शुभकामना ।
    ✍️
    गुणनिधि घिमिरे, अमेरिका
    ~~~~<•>~~~~
    [३]
    १)
    पीडादायी बिपत्ति रोपेर 
    भूकम्प आउँछ अन्जानमै
    सबैको मुटु खोपेर !
    २) 
    च्यात्दै सुरक्षाको जालो 
    धर्ती लगलगी कमाउँदै 
    कहाँबाट आउँछ भुइँचालो ।
    ३)
    बलियो बनाई घर 
    भूकम्पबाट जोगिऔँ भन्दै 
    सचेतना दिलाऔँ वरपर ।
    ✍️
    डम्बर थामी 'अनुपम'
    कालिन्चोक गा. पा. -६, दोलखा ।
    ~~~~<•>~~~~
    [४]
    १)
    डगमग धर्तीको जालो 
    जहिले, जहाँ पनि 
    आउनसक्छ है भुइँचालो‌ ।
    २)
    हिमाल पहाड तराईं
    केही भन्दैन भूकम्प ।
    ३)
    कतिबेला आउने भूकम्प
    निद लाग्दैन त्रासले 
    मनले गर्दछ जम्प ।
    ✍️
    गोकर्ण दयाल गौरव
    मेलौली नगरपालिका ७ बैतडी
    ~~~~<•>~~~~
    [५]
    १)
    आउॅंदा पिडादायी हुन्छ
    भूकम्पले सखाप पार्दा 
    सबैको मन रुन्छ ।
    २)
    आउने सम्भावना बढी
    सतकर्ता अपनाऔँ सबैले
    हुन्न रुखमा चढी ।
    ३)
    च्याती धरतीको जालो
    सबैलाई अत्यास पार्दै
    कहाँबाट आउँछ भुइँचालो ?
    ४)
    बनाऔँ प्रतिरोधात्मक घर
    जोगिऔँ भूकम्पबाट भन्दै
    बसेर नमानी डर ।
    ✍️
    अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~<•>~~~~
    [६]
    १)
    भुइँचालाे तिम्रो नाम
    पृथ्वीको गर्भमा बसी
    जमिन हल्लाउने काम ।
    २)
    प्रकृतिको सुन्दर सृष्टि 
    बनाइदिन्छ पुरै तहसनहस
    भूकम्पकाे पर्दा दृष्टि ।
    ३)
    आउँछ कम्पन गरेर
    धर्ती उथलपुथल बनाई
    प्राण लिन्छ हरेर ।
    ४)
    भुइँचालाेकाे छैन भर
    आउँछ जान्छ कतिबेला
    मनमा सधैँभरि डर ।
    ✍️
    राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~~~~<•>~~~~
    [७]
    १)
    भूकम्प हामीलाई चाहिँदैन 
    कुनबेला आउँछ हल्लाउँछ
    खोज्न हिँड्यो  पाइँदैन ।
    २)
    ज्वालामुखी भुकम्प चाहिँदैन
    अनुसन्धान हुँदैछ विश्वमा
    कतै बसेको पाइँदैन ।
    ३)
     विश्वमा नै हल्लाउँछ
    फेल वैज्ञानिक नासा
    आलिसान महल सुताउँछ ।
    ४)
    भूकम्पले नभत्कने बनाऔँ
    विगत जस्तो छैन
    समयमै बुद्धि पुराऔँ ।
    ✍️
    चुडामणी देवकोटा 
    चनपा १३ काठमाडौँ
    ~~~~<•>~~~~
    [८]
    १)
    नेपालमा भूकम्पको धक्का
    प्रतिरोधात्मक घर बनाऔँ
    ज्यान जोगिन्छ पक्का ।
    ✍️
    मन्दिरा सेढाईं
    मलेखु,धादिङ
    ~~~~<•>~~~~
    [९]
    १)
    जब आउँछ भुइँचालो
    मन आत्तिएर हुन्छ
    अनुहार निलो कालो ।
    २)
    यो मनले गुन्छ
    विनाशकारी भूकम्पको झड्का
    कहिल्यै नआए हुन्छ ।
    ✍️
    प्रेम थापा "मन"बागलुङ
    ~~~~<•>~~~~
    [१०]
    १)
    आतङ्क मच्चाउँछ मनको
    आउँछ अनि हल्लाउँछ
    क्षति गर्छ धनजनको ।
     २)
     जस्तो पनि  पाउने 
    अचम्मको शक्ति बाबै !
    नसोधेरै अपर्झट आउने ।
    ✍️
    उमा दाहाल 
    सुन्दरहरैँचा -१० मोरङ
    ~~~~<•>~~~~
    [११]
    १)
    प्रकृतिको एउटा खेल
    समान व्यवहार सबैलाई
    गर्दैन यसले जालझेल ।
    २)
    भुइँचालो त आउँनुपर्छ
    हल्लाउनुपर्छ सारा जगत
    यी अयसीलाई रुवाउँनुपर्छ ।
    ३)
    करोडपतिलाई पुर्‍याउँछ रोडमा
    रोटीको लाइनमा उभ्याउँछ
    सबैलाई समान मोडमा ।
    ✍️
    ध्रुव श्रेष्ठ 
    हाल काठमाडौँ
    ~~~~<•>~~~~
    [१२]
    १)
    डर त्रास दिएर 
    झुल्कन्छ थाहै नदिई
    भुइँचालो विनाश लिएर । 
    २)
    सकिन्न हामीले फेक्न
    उपाय गरौँ पहिल्यै  
    निम्तिने विनाश  छेक्न। 
    ३)
    माटो परिक्षण गरौँ 
    बसोबास गर्ने स्थलमा 
    संरचना सोचेर भरौँ । 
    ✍️
    सुस्मिता अधिकारी, काठमाडौँ
    ~~~~<•>~~~~
    [१३]
    १)
    भुइँचालो आयो हल्लायो
    गरायो जनधनको क्षति
    घरबार सबै ढलायो ।
    २)
    चकमन्न मन डरायो
    अदृश्य उल्लेख नसोधी 
    फट्केर कता हरायो ।
    ३)
    नबुझी नबोल भनेका
    के होला सम्झाएर 
    भ्रष्टले पैसा गनेका ।
    ४)
    बनेका छैनन् महल
    भूकम्प गएको बेलामा
    सुरक्षित रहने पहल ।
    ✍️
    अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~~~<•>~~~~
    [१४]
    १)
    भुइँचालोको मानी डर
    भत्किन नदिन संरचना
    उपाय बेलैमा गर ।
    २)
    हाम्रो खुशी हरायो 
    भुइँचालो आउँदा हेर
    धनजन नष्ट गरायो ।
    ३)
    आउँछ कम्पन छरेर
    रोक्न सक्दैनौँ हामी
    बस्छौँ आँखा तरेर ।
    ✍️
    सीमा कार्की समर्पण
    ~~~~<•>~~~~
    [१५]
    १)
    थाहा हुँदैन कसैलाई 
    कहिले आउँछ भूकम्प
    आउँदैन बाजा बजाई ।
    २)
    भुइँचालो आउँछ भनी
    बलियो संरचना बनाए
    प्रतिरोधात्मक हुन्छ पनि ।
    ३)
    बस्ती बसाल्दा सोच्नुपर्छ
    गर्न दिनुहुँदैन जथाभावी 
    संरचनाले थिचिएर मर्छ ।
     ४)
    हल्लियो जमिन थरथर
    भूकम्प प्रतिरोधी नहुँदा
    छिनमै सखाप गाउँघर ।
    ✍️ 
    कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    ~~~~<•>~~~~
    [१६]
    १)
    आउँछ हल्लाउँछ जान्छ
    देखिदैन  कतै  पनि
    सबैले भूकम्प मान्छ ।
    २)
    आयो भने भुइँचालो
    आत्तिएर नबस्नु घरमा
    भनी मेरै पालो ।
    ३)
    सचेत रहौँ अगाडि
    भुल भयो मबाट
    भन्न नपरोस् पछाडि ।
    ✍️
    अनुग्रह राना मगर 'पुष्प'
    पाँच खपन नपा - ६ संखुवासभा ।
    ~~~~<•>~~~~
    [१७]
    १)
    ठाउँ सुरक्षित खोज्नू
    भूकम्प प्रतिराेधी संरचना
    पर्दछ हामीले रोज्नू ।
    २)
    खाट मुनि बस्नु
    चाहिने सामान ठिक्क
    भिर्ने झोलामा कस्नु ।
    ३)
    प्रकोप कहाँ टर्दछ ?
    प्रभुको एउटा लीला 
    जीवन अघि सर्दछ।
    ✍️ 
    कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~<•>~~~~
    [१८]
    १)
    गएको थाहा हुने
    पत्तै नहुने आएको
    भूकम्पले पार्छ रुने ।
    २)
    डर त्रास भयो 
    भूकम्पले सुन्दर सहर 
    नाम निशानै गयो ।
    ३)
    हामीमै कमजोरी रहेछ
    हजुर ! प्रकृतिलाई नचिन्दा
    लाग्छ यस्तो भएछ ।
    ✍️
    शशी आचार्य 
    ~~~~<•>~~~~
    [१९]
    १)
    भुइँचालो जब आउँछ
    घर हैन साथी
    मनमुटु शिर हल्लाउँछ ।
    २)
    जीवनको भुइँचालो पनि
    जमिन हल्लिएपछि सँगै
    आउँछ केही नभनी ।
    ३)
    कुन होला संसारमा
    कम्पन नभोग्ने प्राणी
    अप्ठ्यारोमा अनि मारमा ।
    ✍️ 
    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर  ।
    ~~~~<•>~~~~
    [२०]
    १)
    प्राकृतिक प्रकोप ठुलो
    गर्छ विनाश यसले
    नठान्नू कसैलाई मुलो ।
    २)
    कहाँबाट आयो देखिन्न
    भत्काएर जान्छ संरचना
    छेक्न हुन्थ्यो भेटिन्न ।
    ३)
    सकेसम्म सचेत बनौँ
    बचौँ अनि बचाऔँ
    विज्ञलाई सिकाउन भनौँ
    ✍️
    दीपा तिम्सना पौडेल
    ईलाम
    ~~~~<•>~~~~
    [२१]
    १)
    कहिले कसको पालो
    थाहै नदिएर आउँछ
    सङ्कट यो भुइँचालो ।
    २)
    प्रकृति प्रकोप भुइँचालो
    डर अनि त्रास
    बनेर आउँछ कालो ।
    ३) 
    समयममा सतर्क बनौँ
    कसलाई थाहा भोलि
    सतर्कता अपनाउन भनौँ ।
    ✍️
    शरद प्रधानाङ्ग
    विराटनगर - ७
    ~~~~<•>~~~~
    [२२]
    १)
    प्राकृतिक प्रकोप भूकम्प
    लोकको एक विनाशकारी
    विनायोजना तानिएको पम्प ।
    २)
    भूकम्प प्रतिरोधी घर
    रोकथाम मानवीय क्षति
    खेप्न पर्दैन कहर ।
    ✍️
    म्यामराज राई
    भोजपुर 
    ~~~~<•>~~~~
    [२३]
    १)
    आउँछ बेला बेला,
    हुन्छ धेरै क्षति 
    नगरौँ है खेला ।
    २)
    भूकम्पले लान्छ ज्यान
    बच्ने पो कसरी 
    सोचौँ बेलैमा समाधान ।
    ३)
    बस्ती धेरै भयो 
    थेग्न गाह्राे जमिनले 
    प्रकृति डराई गयो ।
    ✍️
    शोभा आचार्य गौतम 
    काठमाडौँ
    ~~~~<•>~~~~
    [२४]
    १)
    आयो भूकम्प तर्साउँदै
    ज्यानको सुरक्षा गर्नुपर्छ
    जाला लास बर्साउँदै ।
    २)
    हरेक वर्ष आइरहन्छ
    भूकम्प ज्यान मार्ने
    सधैँ धनजन खाइरहन्छ ।
    ३)
    अपनाऔँ सुरक्षाका नीति
    ठुला भवन बनाउने
    छोडौँ अब रीति ।
    ✍️
    राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~<•>~~~~
    [२५]
    १)
    पूरै मथिङ्गल हल्लाउँछ 
    मन पनि चिसो ,
    सम्पूर्ण रूपमा गलाउँछ।
    २)
    स्तब्ध बनाएर जान्छ
    सायद अघोरी होला
    सिकार सम्झेर खान्छ ।
    ३)
    ध्वस्त बनाउँछ संसार
    भौतिक चिजबिजको क्षति
    देश विदेशमा समाचार ।
    ४)
    प्राकृतिक प्रकोपको गति
    गरेर छाड्छ विनाश
    विभत्स रूप अति ।
    ५)
    कहालीलाग्दो रूप हुन्छ
    घर भग्नावेश बनाइदिँदा
    पीडित जन रुन्छ ।
    ६)
    हलचल मच्चाएर गयो
    रुवायो धेरै जन,
    भूकम्प क्रूर भयो ।
    ७)
    केवल विक्षिप्त पार्‍यो
    पीडितको पीडित मान्छे
    बसाइँ पनि सार्‍यो ।
    ✍️
    पृथक प्रकृति, झापा
    ~~~~<•>~~~~
    [२६]
    १)
    भुइँचालाे जमिन मुनि
    नसाेचे बेलैमा हामीले 
    मिट्छ मानिसकाे जुनी ।
    २)
    बिर्सेर फेरि भुइँचालाे
    आयो शत्रु भएर
    बोकेर कालको जालो ।
    ३)
    आफैँ हुने सचेत
    उपाय खोज बच्ने 
    नभई हेर अचेत ।
    ४)
    भुइँचालाे आउनु भवितव्य
    सुझाव दियाैँ सबैलाई 
    बच्नलाई  बनाैँ  भव्य ।
    ✍️
    रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।
    ~~~~<•>~~~~
    [२७]
    १)
    हल्लिन्छ तलमाथि दायाँबायाँ 
    मुनि  म्याग्मा  तातो
    यमराजको कालो छायाँ ।
    २)
    रोज हुने ठाउँ
    पृथ्वीका सकल जन
    पार सुरक्षित गाउँ । 
    ३)
    खतरा खर्चालु बस्ती
    भूकम्प आई तहसनहस
    अकस्मात् उडाउँछ मस्ती ।
    ४)
    सरल सुलभ सामानले,
    घर बनाऔँ साथीभाइ
    जीवन हलुका कामनाले ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १
    २०८०/१०/२
    ~~~~<•>~~~~
    [२८]
    १)
    बिना भय डर 
    गरौँ जीवनयापन आनन्दको 
    भूकम्प प्रतिरोधात्मक घर ।
    २)
    पृथ्वी थर्थर कमाई
    दिन्छ भुइँचालोले त्रास 
    प्राणीहरूको मन गलाई ।
    ३)
    भुइँचालो गएको आजै 
    नब्बेको माघ दुई
    जनजनमा छ ताजै ।
    ✍️
    बिके माकजू, भक्तपुर ।
    ~~~~<•>~~~~
    [२९]
    १)
    हुनपर्छ बेलैमा सचेत
    ज्यान लिन्छ भुइँचालोले 
    हुँदा यदि अचेत ।
    २)
    पत्तो हुन्न कहिले 
    आउँछ जान्छ भुइँचालो 
    ढुकढुक पारी जहिले ।
    ३)
    विनाश गर्छ जनको
    झार्छ सेखी यसले 
    बुद्धि बल धनको ।
    ४)
    घमण्ड अहङ्कार फाल
    भुइँचालोको बेलामा बस्ने
    ठुलो घरमा काल ।
    ५)
    बनाउँ सानो घर 
    यसरी जिन्दगीलाई सबैले 
    दिनुपर्छ है भर ।
    ६)
    चाल चिन्तन चरीत्र 
    शुद्ध गर्दै हिँडेमा 
    बन्छ प्रकृति पवित्र ।
    ७)
    सोचविचार गरेर कर्ममा 
    भर पर्दछ भविष्य 
    भाव व्यवहार धर्ममा ।
    ✍️
    दीपा गुरुङ्ग(समभाव)
    बुनपा-१२, काठमाडौँ
    ~~~~<•>~~~~
    [३०]
    १)
    भूकम्प यसको नाम
    छैन अन्त्य आदि 
    धरा हल्लाउँने काम ।
    २)
    कालको रूपमा आउँछ
    क्षति, दुःख, गरिबी
    यमराजको नाम पाउँछ ।
    ३)
    सबै सचेत बन
    बलिया घर बनाई
    ढुक्क बनाऊ मन ।
    ✍️
    धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४ बिगारे जुम्ला
    ~~~~<•>~~~~
    [३१]
    १)
    भूकम्पको आए  धक्का 
    बेला  बेला आउँछ 
    ज्यान जोगाउनु पक्का ।
    २)
     भूकम्पले  लिन्छ ज्यान 
     आउँछ कति बेला 
    सबैले दिनुपर्ने ध्यान ।
    ✍️
    श्री कृष्ण धामी - बझाङ
    ~~~~<•>~~~~
    [३२]
    १ )
    भूकम्पले बस्ती खायाे
    जनधनकाे भयो बिचल्ली
    सारा मानव रूवायाे ।
    २)
    भत्केकाे अवशेष पन्छाउँदै 
    कति सुस्केरा हाल्ने ?
    विरही गीत गाउँदै ।
    ३)
    बाँच्नै मुस्किल हरे !
    जिन्दगी चलाउने कसरी ? 
    आशा सबै मरे ।
     ✍️
    हरिगाेपाल प्रधान 
    काभ्रे पलाञ्चाेक, बनेपा १४ साँगा बजार
    ~~~~<•>~~~~
    [३३]
    १)
    अचानक देखा परेर 
    मच्चाउँछ तहल्का ठुलो
    धनजनको क्षति गरेर ।
    २)
    विनाशको छैन सिमाना
    हुन्न थाहा कसैलाई
    को बन्छ निसाना ?
    ३)
    भूकम्प प्रतिरोधक घर
    उपाय सुरक्षित रहने
    पर्दैन मान्नु डर ।
    ✍️
    पद्मा काश्यप पाण्डे, मोरङ
    ~~~~<•>~~~~
    [३४]
    १)
    आज भूकम्प दिवस 
    भूकम्प पीडित जनता
    भोग्दै पालमा सकस ।
    २)
    पीडित पाल मुनि
    दिवस केवल नाटक
    गर्दै नाेटकाे धुनी ।
    ✍️
    प्रद्युम्न चालिसे 
    भक्तपुर कटुञ्जे ।
    ~~~~<•>~~~~
    [३५]
    १)
    हेर्दा पनि देखिदैँन 
    भएपछि कम्पन यहाँ 
    कहीँ कतै छेकिदैँन
    २)
    जति आउँछ ठूलाे
    कसैको हुन्न वशमा 
    उति पारिदिन्छ धुलाे ।
    ३)
    नदेखिए पनि आवरण
    हाेसियारी सदा अपनाऔँ
    जगाउँदै सबैमा जागरण ।
    ✍️
    त्रिलाेचन भण्डारी 
    मेचीनगर, झापा
    ~~~~<•>~~~~
    [३६]
    १)
    भूकम्पले बनाउँछ वित्रास  
    प्रकृति प्रकोप हो 
    हुँदैन कसैको खास ।  
    २)
    दुनियाँ हल्लाउँछ जान्छ
    राख्दैन केही पनि 
    अकालमा ज्यान लान्छ । 
    ✍️
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~<•>~~~~
    [३७]
    १)
    आज भूकम्प दिवस
     त्रिपाल मुनिका पीडित 
    भोकै  बस्न  सकस ।
    २)
    जब आउँछ भुइँचालो
    कहिल्यै पुर्न  नसकिने
    पारेर जान्छ भड्खालो l
    ३)
    झाङ्गिएको कङ्क्रिट वनमा
    आँखा  लाउँछ भुइँचालोले
    जन   अनि  धनमा l
    ४)
    बदलौँ अब मति
    प्रतिरोधी संरचना नभएमा
    भूकम्पले गर्दछ क्षति  l
    ५)
    चेतनामूलक सन्देश छरौँ
    जोखिम न्यूनीकरण गर्न
    मिलिजुली लागि  परौँ l
    ✍️
    बाबुराम गौतम, गुल्मी
    ~~~~<•>~~~~
    [३८]
    १)
    छल्कियो पानी तालको
    हल्लायो बेस्सरी भूकम्पले
    मुखमा पार्‍यो कालको ।
    २)
    बनाउँछ भूकम्पले केन्द्रविन्दु
    छुटाएर राख्दैन कसैलाई
    जाति मुसलमान हिन्दु ।
    ३)
    आउँछ भूकम्प कहिले
    सार्छ पाइला कसरी
    सतर्क रहनुपर्छ पहिले ।
    ✍️
    मोती सुब्बा 
    दार्जिलिङ, भारत।
    ~~~~<•>~~~~
    [३९]
    १)
    डर त्रास भराउँछ
    विनाशकारी हुन्छ भुइँचालो 
    धर्ती चिरा बनाउँछ ।
    २)
    हल्लाउँछ आफू हराउँछ
    पापी हुन्छ भुइँचालो 
    जनधन क्षति गराउँछ । 
    ✍️
    केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ~~~~<•>~~~~
    [४०]
    १) 
    भूकम्पले सङ्केत दिँदैन 
    सबैजना सचेत भए
    यसले ज्यान लिँदैन ।
    २)
    ठुलो सानाे चिन्दैन 
    सुटुक्क आउँछ धर्तीमा
    धनी गरिब बिन्दैन 
    ३) 
    धेरै भुकम्प आए 
    जनताले राहतको नाउँमा
    खोइ के पाए ?
    ✍️
    उर्मिला के.शी.
    धनकुटा
    ~~~~<•>~~~~
    [४१]
    १)
    संसार हल्लाउँदै आउँछ 
    विनाशकारी भूकम्प त्यो
    मनमा त्रास छाउँछ ।
    २)
    बलियाे बनाउँ संरचना
    भूकम्पले क्षति नहुने
    गराैँ आजै याेजना ।
    ✍️
    ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    ~~~~<•>~~~~
    [४२]
    १)
    भूकम्प  दिवस मनाऔँ
    सबैले सजग भएर
    घर निर्माण  गराऔँ ।
    २)
    सानो  घर बनाऔँ
    झुपडीमा  नै बसेर
    परिवार सबै रमाऔँ ।
    ३)
    भूकम्प  आयो  सुटुक्क 
    घर गोठ भत्कायो
    मन भयो  कुटुक्क ।
    ४)
    हुनुपर्छ सबै सचेत 
    घर निर्माण गर्दा
    नभई यसै अचेत ।
    ५)
    हेर्न नसकिने रहेछ
    कस्तो  अचम्मको  होला
    कसरी आएर गएछ ।
    ✍️
    कला ढकाल
    झापा दमक।
    ~~~~<•>~~~~
    [४३]
    १)
    पुर्‍याऔँ निर्माणमा ध्यान
    होइन हजुर भूकम्पले
    संरचनाले लिन्छ जान ।
    २)
    त्राही त्राही बनाउँछ
    थाहा हुँदैन त्यो
    कति बेला आउँछ ।
    ✍️
    शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी,  मोरङ
    ~~~~<•>~~~~
    [४४]
    १)
    भुइँचालाेकाे लाग्छ डर 
    महान विनाशकारी हाे 
    ज्यानको रहन्न भर ।
    २)
    भत्काउँछ ठुलठुला घर 
    राेकथाम गर्न यसलाई
    उपाय सबैले गर ।
    ३)
     मनमा लागेको पीर 
    विनाशकारी भुइँचालाे आउँदा 
    जनताहरू छैनन् धीर ।
    ✍️
    केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम । हाल भारतबाट 
    ~~~~<•>~~~~
    [४५]
    १)
    वनको विनाशले गर्दा
    भूकम्पको झड्का लाग्छ
    जथाभावी बसाइँ सर्दा ।
    २)
    काममा डर भगाए
    हराभरा हुन्छ हेर
    सबैले बोट लगाए ।
    ३)
    जनको घनत्व बढेको
    भूकम्प जाने खतरा
    धेरैले छैनन् पढेको ।
    ✍️
    आर्त अकुलीन
    ~~~~<•>~~~~
    [४६]
    १)
    दैवीप्रकोप यो विश्वभरि
    प्रकृतिको मानव संहार 
    नरोकिने भयो हरि ।
    २)
    डर देखाएर गयो
    महान प्राकृतिक प्रकोपले
    मनुष्य चेतनाहीन भयो ।
    ३)
    नब्बे सालको भूकम्प 
    सुनिन्छ अझै डरलाग्दो
    प्रकृतिको यो पम्प ।
    ✍️
    एवाइ प्रभात
    सहिदभुमि-३,छेन्ताङ धनकुटा
    
    ~~~~<•>~~~~
    [४७]
     १)
    हल्लिँदा जमिन थर्थर
    मन डरायो देखी
    भूकम्पको सधैँ बर्बर ।
    २) 
    भत्क्याे घर गाेठ
    पुरिए बस्तु सबै
    काम्याे थर्थर ओठ ।
    ३)
     दाेष थिएन कसैकाे
     गुम्याे सबै रहर 
    भयो सत्यानास सबैको ।
    ४)
     हल्लायाे जमिनसँग घर
     दगुर्दै खाली मैदानमा
     मनमा लागेर डर ।
    ५)
    आधा शरीर पुरियाे
    रुँदै आँंखाभरि आँसु
    पुरै रात कुरियाे ।
    ✍️
    रबि पाैडेल
    दक्षिण भारत पाण्डेचरी
    ~~~~<•>~~~~
    [४८]
    १)
    जमिन चल्दा आपत
    भयो नाश जनधनको 
    सबैमा हुनुपर्छ अवगत ।
    २)
    उत्खनन् रोकौँ हामी
    प्रकृति प्रकोप रोक्न
    वृक्ष लगाऔँ दामी ।
    ३)
    चल्दा सकेसम्म जमिन
    जाऔँ खाली ठाउँमा
    सुरक्षाको गरी एकिन ।
    ✍️
    सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~<•>~~~~
    [४९]
    जगत भयो रुवाबास
    काल बनेर आयो
    गर्‍यो धेरैको सर्वनास ।
    ✍️
    मोती पोखरेल 
    ~~~~<•>~~~~
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, भुइँचालो विशेष5 Comments on भुइँचालो सुरक्षा विशेष झिल्का लेखन शृङ्खला मङ्गलवार सम्पन्न

    झिल्का दोहोरी- ‘माग्न आऊ पहिले’

  • २ माघ २०८०, मंगलवार २३:३७ मा प्रकाशित
  • झिल्का एक नवीनतम एवम् लघुतम काव्य विधा हो । यो तीन हरफमा लेख्ने गरिन्छ । यसका ३ हरफमा ३/३ शब्द गरेर जम्मा ९ शब्दमा यो कविता पूरा हुने गर्दछ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार एवम् तेस्रो हरफले विषयवस्तुको भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यसको पहिलो र अन्तिम हरफमा अन्त्यानुप्रास अनिवार्य गरिएको छ भने दोस्रो हरफ स्वतन्त्र रहन्छ ।

    दोहोरी आफैँमा रमाइलो पक्ष हो । जसमा दुई पक्ष बिच सवाल जवाफ हुने गर्दछ । यस लघुतम काव्य विधा झिल्काको नियम, सिद्धान्त र संरचनाको अधीनमा रही मध्यपुर ठिमी ५, संगम काेलाेनी भक्तपुर निवासी झिल्काकार राज कुमार राजभण्डारी “खाेटाङ्गे” र ठोरी गाउपालिका-४, मेलचोक, पर्सा निवासी झिल्काकार सीमा कार्की समर्पण बीचको घम्साघम्सी झिल्का दोहोरी यहाँहरू सामु प्रस्तुत गर्दैछौँ । पढेर आनन्द लिनुहोस् ।

    झिल्का दोहोरी

    तिमी कसकी छाेरी
    कस्ती छ्यौ भन
    काली की गाेरी ?
    🙎‍♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    कार्कीकी हुँ छोरी
    गाउँमै हुर्किएकी म
    भन्छन् नक्कली माेरी!
    🙎‍♀️ सीमा कार्की समर्पण
    ~~~~~~~~
    रहिछ्यौ तिमी नक्कली
    सिधा सोझी खोजेको
    मलाई चाहिन्छ सक्कली ।
    🙎‍♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    रङ मेरो गहुँगोरो
    समयको माग हजुर
    छैन चरित्र दोहोरो ।
    🙎‍♀️ सीमा कार्की समर्पण
    ~~~~~~~~
    जातले केही गर्दैन
    भइहाल्छ मन मिले
    रङले फरक पर्दैन ।
    🙎‍♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    तिम्रो पर्खाइमा बसिछु
    समयसँग बहकिन्न कहिल्यै
    छातीमा नाम धसिछु ।
    🙎‍♀️ सीमा कार्की समर्पण
    ~~~~~~~~
    हाम्रो मन मिलेमा
    डेटिङ गर्न जाउँ
    धरान धनकुटा हिलेमा ।
    🙎‍♂️ राज कुमार राजभण्डारी “खाेटाङ्गे”

    माग्न आऊ पहिले
    जान्छु छाया बनेर
    हुन्छ बिहे जहिले ।
    🙎‍♀️ सीमा कार्की समर्पण

    ~~~~~~~~

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, झिल्का दोहोरी, राजकुमार राजभण्डारी, सीमा कार्कीLeave a Comment on झिल्का दोहोरी- ‘माग्न आऊ पहिले’

    झिल्काकार सरिता सेढाईंका चोटिला झिल्का कविताहरू

  • २ माघ २०८०, मंगलवार १९:११ मा प्रकाशित
  • झिल्काकार सरिता सेढाईंका चोटिला झिल्का कविताहरू- 
    [१]
    दुःखले लगाएपछि पार
    तब मात्र जीवनले
    पाउँछ होला सार ।
    [२]
    जीवन कर्कलाको पानी
    अडिन मान्दैन कठै
    बगेर कता जानी ।
    [३]
    मायाको बन्धनले बाँध
    प्रिय नपार बिचल्ली
    प्रेमिल विश्वासले साँध ।
    [४]
    उमेर ढल्किँदै गयो
    हरेस खान्छ मनले
    अस्ताउँदो घाम भयो ।
    [५]
    छोराछोरी साथ भए
    कति हुन्थ्यो आनन्द
    सबै परदेश गए ।
    ✍️
    सरिता सेढाईं
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, सरिता सेढाईंLeave a Comment on झिल्काकार सरिता सेढाईंका चोटिला झिल्का कविताहरू

    पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष झिल्का लेखन शृङ्खला- ४ सम्पन्न

  • १ माघ २०८०, सोमबार १५:०६ मा प्रकाशित
  • झिल्का कविता लेखन अभ्यासको चौथो शृङ्खला सम्पन्न भएको छ । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर झिल्का साहित्य समाज, नेपालले उक्त कार्यक्रमको गरेको थियोे । कार्यक्रममा झिल्काकारहरूको उत्साहप्रद सहभागीता रहेकोे थियोे । नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न स्थानहरूबाट करिब ४ दर्जन बढी झिल्काकारहरूको सहभागीता रहेको थियोे ।

    झिल्का नेपाली माटोमा उम्रिएको, अर्थपूर्ण संरचनायुक्त सरल, लघुतम एक मौलिक नवीनतम काव्य विधा हो । जुन विम्व, प्रतीक आदिको प्रयोग गरेर चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । यसका प्रत्येक हरफमा तीन तीन शब्दहरू हुन्छन् । यसरी यस कवितामा जम्माजम्मी ९ शब्दहरू रहेका हुन्छन् । तसर्थ यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।

    यसका तीन हरफहरू मध्ये पहिलो र  तेस्रो हरफहरूको अन्तमा तुक (अनुप्रास) अनिवार्य गरिएको छ । यसमा शब्दानुप्रास र एकाक्षरी तुकान्त पनि स्वीकार गर्ने गरिन्छ । तर अतुकान्त हरफहरूलाई यसको दोष मानिएको छ । यसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रोले समर्थन गर्दै विस्तार र तेस्रोले भावलाई उत्कर्षमा पुर्‍याउँदै समापन गर्दछ । यी तीनवटै हरफमा परस्पर प्रगाढ सम्बन्ध हुनुपर्छ ।

    झिल्का लेखन अभ्यास शृङ्खला- ४ (पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता  दिवस विशेष)
    
    #सङ्कलन/सम्पादन/संयोजन- वसन्त अनुभव
    ~~~~~~~~~~~~~~~~~~
    [१]
    युद्ध चरण चरण 
    गरेरै पृथ्वीनारायण शाहले
    गरे नेपाल एकीकरण !
    १)
    पसिना  यही  माटोमा
    बगाए  अगाडि  बढ्दछ
    देश प्रगतिको बाटोमा ।
    २)
    खाइ नखाइ गरेर
    लडे देशभक्त युवाहरू
    कति गए मरेर ।
    ३)
    ✍️ वसन्त अनुभव
    घोराही, दाङ
    २०८०/९/२७
    ~~~~<•>~~~~
    [२]
    रह्नेछ पृथ्वीमा नाम
    इतिहास बन्ने यहाँ
    गरेर जनहित काम ।
    १)
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    ~~~~<•>~~~~
    [३]
    उदय वंशको शाह
    पृथ्वीनारायण शाहबाटै सुरु
    नेपालको एकिकरण वाह !
    १)
    पृथ्वीनारायणलाई गरौँ सह्रनी
    एकताको लागि उनले
    कतिलाई गरे अह्रनी ।
    २)
    पृथक पृथक गरेर
    बन्यो उनैबाट नेपाल 
    गए योद्धा मरेर ।
    ३)
    अहिलेको नेताको पारा
    अरूको अगाडि लम्पसार
    भए साह्रै हुतिहारा ।
    ४)
    सारा जन मिल्दाखेरि
    देश अघि बढ्थ्यो
    भएन केही हत्तेरी ।
    ५)
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    ~~~~<•>~~~~
    [४]
    अखण्ड देशका लागि
    एकता यो बनिरहोस्
    सङ्घर्ष गरौँ नभागी ।
    १)
    पृथ्वी दिवस मनाऊँ
    एकता बलियो सन्तान
    देशभक्ति गित गाऊँ ।
    २)
    ✍️ सुरेशकुमार पाण्डे
    दाङ घोराही १८
    ~~~~<•>~~~~
    [५]
    ज्यानको बाजी लगाई
    एउटै देश बनाए
    पृथ्वीनारायणले पसिना बगाई ।
    १)
    टुक्रा राज्य जोडेर 
    एउटै घर बनाए
    दुश्मनकाे शक्ति तोडेर ।
    २)
    कुटनैतिक चाल गरेकाे
    सिङ्गो राज्य बनाउन
    थियोे बैरीसँग लड्नुपरेकाे ।
    ३)
    पृथ्वीनारायणले युद्ध गरे
    एउटै देश बनाउन
    युवाहरू कति मरे ।
    ४)
    राज्य बिस्तार गरे 
    इतिहासमा नाम लेखाउँदै
    एकताको सन्देश छरे ।
    ५)
    ✍️राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर ।
    ~~~~<•>~~~~
    [६]
    टुक्रा राज्य एकीकरण
    गरे पृथ्वीनारायण शाहले,
    लडेर  हरेक  चरण।
    १)
    शाहसी  एक  थिए 
    गोर्खाली पहिचान बनाई 
    राष्ट्रलाई योगदान दिए ।
    २)
    इतिहासमा नाम राखे
    राष्ट्र  निर्माण  गर्दा,
    जोखिममा आफूलाई जाके ।
    ३)
    पुष्पा राई, खाेटाङ।
    २०८०।०९।२७।
    ~~~~<•>~~~~
    [७]
    एकीकरणको सुत्रपात गरेर
    नेपाल सिँङ्गो बनाउँदै
    पृथ्वी  गए  मरेर ।
    १)
    मेटिँदैन इतिहास उनको
    पृथ्वी जयन्ती मनाऔँ
    सम्झना राखौँ गुनको ।
    २)
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी
    ~~~~<•>~~~~
    [८]
    अनेकतामा एकता खोज्दै
    मान्छे भौँतारिएर हिँडिरहेछ
    एकतामा अनेकता रोज्दै ।
    १)
    ✍️ धुर्व श्रेष्ठ 
    ~~~~<•>~~~~
    [९]
    मिलाएर सबै प्रबन्ध
    एकताको मालामा पृथ्वी
    छरेका माटोको सुगन्ध !
    १)
    बिहानी पूर्वको लाली
    गाउँघर भएको उज्यालो
    सुन्दर मेची महाकाली !
    २)
    भयो हाम्रो एकीकरण
    अनेकतामा एकताको पाठ
    ठुलो बन्यो समिकरण !
    ३)
    मनको कालो  हटाएर
    एकतामा भावमा सधैँ
    देशको प्रेम जगाएर !
    ४)
    मलिलो देशको माटो
    पृथ्वीको सौम्य सपना
    सुन्दर गाउँघरको बाटो  !
    ५)
    ✍️ आर्त अकुलीन
    ~~~~<•>~~~~
    [१०]
    तिमीले चालेका पाइला
    छाडेका सफलता पाएर 
    पृथ्वीको हातै दाहिना ।
    १)
    टुक्रिएका राज्यको रचना
    नेपाल एउटै मालामा
    बनायौ देशको संरचना ।
    २)
    आधार सिङ्गो देशले
    हरेक लडाइ जितेर
    पृथ्वी खोज्छ परिवेशले ।
    ३)
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    ~~~~<•>~~~~
    [११]
    झिल्का अगुल्टो बन्नुपर्छ
    साथ भरोसा लेखकको
    भ्रष्टाचारको खोइरो खन्नुपर्छ ।
    १)
    तातेताते हिँड्दैछ झिल्का
    हात समातेर तान्नुपर्छ
    भ्रष्टलाई सम्झेर छिल्का ।
    २)
    देशका लागि लड्नेहरू
    चरण चरणमा मारिए
    उचाइमा पुराउन चड्नेहरू । 
    ३)
    पुर्खाहरूको एकता दिवस
    कोही रेटिए मारिए
    लड्नैपर्ने मिली आपस ।
    ४)
    ✍️ चुडामणी देबकोटा 
    चनपा १३ काठमाण्डौ
    ~~~~<•>~~~~
    [१२]
    एकताको माला गाँसेर
    इतिहासमा उदाहरणीय बने
    खण्ड खण्ड मासेर ।
    १)
    सिङ्गो राज्यको बिस्तार
    नेपाल नेपालीको चिनारी
    बनाएर छाडे सार ।
    २)
    कस्तो सरकार अहिले
    जनताको वास्ता नगर्ने,
    बुझ्दैनन् पिर कहिले ।
    ३)
    नितान्त जोखिम मोलेर
    पृथ्वीनारायण शाहले गरे
    एकीकरण हृदय खोलेर ।
    ४)
    लड्दै जितेका थिए
    राष्ट्रको हित सोचेर 
    उनले दिव्योपदेश दिए ।
    ५)
    गर्छन् किन जालझेल
    केवल अपारदर्शी नीति,
    नबुझिने राजनीति खेल ।
    ६)
    नमूना हाम्रो नेपाल
    प्राकृतिक स्रोतको धनी
    छन् सुन्दर हिमाल ।
    ७)
    ✍️ पृथक प्रकृति, झापा
    ~~~~<•>~~~~
    [१३]
    राष्ट्रनिर्माता देशका हाम्रा
    पृथ्वीनारायण  शाहले गरे
    एकताको  सन्देश  राम्रा ।
    १)
    राज्य बिस्तार गरेर
    इतिहासमा नाम राखे
    गए अमर भएर ।
    २)
    पौष सत्ताइस मनाऊँ
    सारा देशभक्त जनता
    शान्तिको सन्देश गुन्जाऊँ ।
    ३)
    टुक्रे राज्य  जोडेर
    एकताको  सुत्र उनी
    गए संसार छोडेर ।
    ४)
    ✍️ कला ढकाल
    झापा दमक।
    ~~~~<•>~~~~
    [१४]
    शिसाझैँ हेर फुटेर
    टुक्रा टुक्रामा टुक्रिए
    लैजाला देश लुटेर ।
    १)
    नगरौँ भाइ अबेर
    एकता बल हो
    कमिलाको दल हेर ।
    २)
    ✍️ बिके मुखिया
    दार्जिलिङ भारत।
    ~~~~<•>~~~~
    [१५]
    इतिहासको पाना हेरेर
    पृथ्वी पृथक देखिए
    यही माटोमा जन्मेर ।
    १)
    हरेक चरणमा लडेर
    टुक्रिएको राज्य एकीकरण
    स्वागत दिल खोलेर ।
    २)
    एकतामा बढेर अस्तायो
    त्यो वीर पृथ्वीनारायण 
    झगडा नगर्न खटायो ।
    ३)
    नेपाल एकीकरण गरी
    तिमी परलोक गयौ
    एकताको सन्देश छरी ।
    ४)
    एवाइ प्रभात
    धनकुटा सहिदभुमि -३,कोड्लाङ
    ~~~~<•>~~~~
    [१६]
    गरेर फरक काम 
    देश जनताको लागि 
    राख्यौ आफ्नो नाम ।
    १)
    लगायौ ज्यानको बाजी
    देश एकीकरण गर्‍यौ
    बनाई जनता राजी ।
    २)
    ✍️ रुना कर्माचार्य दाहाल 
    चितवन
    ~~~~<•>~~~~
    [१७]
    जुटेर अगाडि सरौँ
    सबैलाई देशको माया
    अब खुसीले भरौँ ।
    १)
    देशले चिनारी दियो
    सबैलाई अब चिनाऊ
    यसैको हामी थियो ।
    २)
    उन्नति विकास भराऊ
    हामी यही देशका
    एकताको परिचय गराऊ ।
    ३)
    ✍️ नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ भारत
    ~~~~<•>~~~~
    [१८]
    लिन सकाैँ ज्ञान
    बल हुन्छ एकतामा
    दिए सबले ध्यान ।
    १)
    मानेर ठुलाे गर्व
    देशभर सबले मनाऔँ
    राष्ट्रिय एकताको पर्व ।
    २)
    स्वार्थभन्दा माथि उठेर
    उचालाैँ सान देशकाे
    एकसाथ हामी जुटेर ।
    ३)
    ✍️ त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा
    ~~~~<•>~~~~
    [१९] 
    विचार आएर  सुपुत्रमा 
    खण्डित यो देशलाई 
    रचे एकताको सूत्रमा ।
    १)
    सयौँ भाषा जाति 
    एकतामा बाँधिए मात्रै 
    चर्किन्न नेपालको छाती ।
    २)
    तराई पहाड हिमाल 
    सबै जुट्न सकेमा 
    बन्छ सुन्दर नेपाल ।
    ३)
    ✍️ बाबुराम पाण्डे 
    अर्घाखाँची
    ~~~~<•>~~~~
    [२०]     
    शब्दमा मात्र नहोस् 
    राष्ट्रको राष्ट्रिय एकता 
    सबैको काममा रहोस् ।
    १)
    राष्ट्रको स्वाभिमान खातिर 
    चेतना, विकास, समृद्धि 
    एकताले हुनेछ आखिर ।
    २)
    ✍️ प्रेम थापा "मन"बागलुङ
    ~~~~<•>~~~~
    [२१]
    बगाए पसिना माटोमा
    हरेक दिन हिँडेर
    देशको  पवित्र बाटोमा !
    १)
    हुनुपर्छ देशमा एकता 
    पृथ्वीनारायणको जस्तै अहम् 
    साहस अनि प्रतिबद्धता ।
    २)
    पृथ्वीको जस्तो चाहना 
    होस् हामी सबैको
    यही छ शुभकामना !
    ३)
    ✍️ श्रीकृष्ण  धामी - बझाङ
    ~~~~<•>~~~~
    [२२]
    राष्ट्रनिमार्ण भन्नै लाज
    कार्यशैली उल्टाे भयो 
    स्वाभिमान खोइ आज ।
    १)
    ✍️ जि.बि.चिन्तन 
    ~~~~<•>~~~~
    [२३]
    साना राज्य जोडेर 
    बनाए सिङ्गो घर
    वैरीको सेखी तोडेर !
    १)
    प्रजा हर्षित थिए
    एउटै डालीमा राख्दा
    सबै दुश्मन देखिए ।
    २)
    टुक्रा राज्य सगाल्न
    कुटिनीतिको चाल चले
    राज्य बिस्तार थाल्न ।
    ३)
    गर्जिन्थे शेर बनेर
    घर बिगार्ने वैरीको 
    टाउको काट्थे गनेर ।
    ४)
    ✍️ सीमा कार्की समर्पण
    झिल्का कविता लेखन अभ्यास 
    ~~~~<•>~~~~
    [२४]
    टुक्रा टुक्रा थियो
    सिङ्गो राष्ट्र बनाए
    जनतामा बालेर दियो ।
    १)
    पूरा गरे रहर
    बसेर जनताको मनमा
    बनाए ठुलो सहर ।
    २)
    उच्च पारौँ शिर
    जिवनमा आज्ञाकारी भई
    मानेर उनलाई वीर ।
    ३)
    ✍️ अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    ~~~~<•>~~~~
    [२५]
    पृथ्वीनारायणको सम्झेर चरण 
    आत्मादेखि नै गरौँ
    राष्ट्रनिर्मातालाई सधैँ  स्मरण !
    १)
    बल बुद्धि धन 
    उनेर एउटै मालामा 
    सम्पुर्ण नेपाली मन !
    २)
    हिमाल पहाड तराई
    राखौँ उच्च विचार 
    नसम्झी कोही  पराइ !
    ३)
    समभावको मन्त्र  गुनेर 
    सम्पूर्ण नेपाली जनलाई 
    एउटै मालामा उनेर !
    ४)
    विविधतामा एकताको मलजल 
    शान्त देश बुद्धको
    रहोस् सदा अटल !
    ५)
    छाया परे महामानव
    हावी भए यहाँ 
    मानव रूपी दानव !
    ६)
    डुब्नै लाग्यो देश 
    महामानव आऊ फेरि  
    बदलेर रूप भेश !
    ७)
    ✍️ दीपा गुरुङ 
    ~~~~<•>~~~~
    [२६]
    भिन्न भिन्न जातभित्र
    पृथ्वीको शासन अघि
    थियो अर्कै मानचित्र ।
    १)
    देशमा अशान्ति थियो
    पृथ्वीनारायण शाहको कारणले
    सबैमा एकता दियो ।
    २)
    आपसमै युद्ध हुन्थ्यो
    एकीकरण अघिका देश
    एकअर्काको कहाँ सुन्थ्यो ?
    ३)
    ✍️ बि.कुलुङ
    दार्जिलिङ रंगबुल
    ~~~~<•>~~~~
    [२७]
    छरिएका फूल उनेर 
    एउटा माला बनाए 
    अस्तित्व रहन्छ भनेर । 
    १)
    देशको शिर उठाए 
    भविष्य पहिल्यै सोचेर 
    आफ्ना सैनिक पठाए । 
    २)
    नेपाल भन्न पायौ 
    वीरको रगतले कोरेको 
    नेपाली गीत गायौ । 
    ३)
    ✍️ सुस्मिता अधिकारी,काठमाडौँ
    ~~~~<•>~~~~
    [२८]
    नेपालविना त हामी
    कहाँ, कसरी हुन्थ्यो
    पहिचान नेपाली नामी । 
    १)
    पृथ्वीको अटल सान
    नेपाल देश हो
    सबै नेपालीले जान ।
    २)
    हाम्रा पृथ्वीनारायण शाह
    जयहोस् तिम्रो सदा
    देश नेपाल वाह ! 
    ३)
    ✍️ बिके माकजू , भक्तपुर ।
    ~~~~<•>~~~~
    [२९] 
    आउनू आज एकफेर
    सहिदको गुणगान गरौँला
    गाउँ धरा बसेर ।
    १)
    म पुज्छु धर्तीलाई
    दिन्छ मलाई प्राण
    आउन सम्पूर्ण दाजुभाइ ।
    २)
     ✍️ मुक्ति कफ्ले
    भारत, असम (कोक्रझार)
    ~~~~<•>~~~~
    [३०]
    कुटनैतिक खाडल खन्यो
    पृथ्वीनारायण शाहकै अगुवामा
    सिङ्गो नेपाल बन्यो ।
    १)
    शाह गोरखाबाट उदाए
    गरेर जनताको हित
    नुवाकोटको देवघाटमा अस्ताए
    २)
    ✍️ भुपेन्द्र राना मगर 
    धादिङ
    ~~~~<•>~~~~
    [३१]
    एकीकरण पृथ्वीले आँटेका
    विशाल   बनाई   नेपाल 
    एकताको सुत्रमा बाँधेका ।
    १)
    निस्वार्थ  थियो  एकता 
    बिखण्डनवादीले जे भन
    पाइन्न यस्तो जतातता ।
    २)
    एकता  हुन्छ  मायाले 
    मुटुमा  राखेर  माटो 
    बस्नुपर्छ देशको छायाले ।
    ३)
    फूलबारी  हो  बहुजातकाे
    नेपाल   साझा   घर 
    परिचय आपतमा ओैकातकाे ।
    ४)
    प्रतिबद्ध बनौँ एकतामा
    हामी  जातै  नेपाली 
    विश्वास नगराैँ जडतामा ।
    ५)
    ✍️ रामप्रसाद पुरी ,बादेल, खाेटाङ ।
    ~~~~<•>~~~~
    [३२]
    फुटेर हैन जुटेर
    राष्ट्रियता तब बाच्ला
    नत्र लैजाला लुटेर ।
    १)
    स्वाधीनताले  उठ्दछ गर्व
    विविधतामा थियो  एकता
    जुटेर सबै वर्ग ।
    २)
    भाइ भाइमा फुट
    राष्ट्रघात यहीँ  हो
    गर्छ वैरी ब्रह्मलुट ।
    ३)
    किन चेतना गिर्‍यो
    नेपाली  जन जनको
    यसैले आमालाई  पिर्‍यो ।
    ४)
    विन्ती नाम नाममा
    फुटेर नगुमाऊ  अस्तित्व
    जुटौँ एकताको काममा ।
    ५)
    ✍️ मनोहरी पौडेल 
    गैडाकोट १
    २०८०/९/२७
    ~~~~<•>~~~~
    [३३]
    पुर्खाको रगतले बनेको
    हाम्रो स्वाभिमान नेपाल
    विश्वमा सगरमाथा सजेको ।
    १)
    हिमाल पहाड तराई 
    गोर्खालीको यो सान
    कोही छैन पराइ ।
    २)
    उत्तर हिमाल टल्किन्छ
    नेपाल देश प्यारो
    तराई समथर झल्किन्छ ।
    ३)
    ✍️ शरद प्रधानाङ्ग, विराटनगर -७
    ~~~~<•>~~~~
    [३४]
    पृथ्वीनारायण एक गरे
    अहिले नेता भ्रष्ट 
    के हुन्छ भरे ?
    १)
    अनेक फूल जोड्यौ
    देशको एउटै माला
    बनाई तिमी छोड्यौ ।
    २)
    राष्ट्रिय गहना थियौँ 
    भारेभुरे थिए राज्य
    एक बनाई दियौँ !
    ३)
    ✍️ शोभा आचार्य गौतम 
    काठमाडौँ
    ~~~~<•>~~~~
    [३५]
    योजना बोकेर ताजा
    सपना एकीकरणको महत्त्वाकाङ्क्षी
    पृथ्वी गोरखाका राजा ।
    १)
    विशाल नेपालको निर्माता
    थरी थरी फूलहरू
    ओढाए एउटै छाता ।
    २)
    ✍️ म्यामराज राई, भोजपुर ।
    ~~~~<•>~~~~
    [३६]
    हरेक राज्यलाई बुन्यौ
    उन्यौ यौटै मालामा 
    सयौँ शब्दहरू गुन्यौ ।
    १)
    तिमीले आर्जेको देश
    आजकाल राक्षसको भेषमा
    देशमा विदेशीको प्रवेश ।
    २)
    एक राजनेता थियौ
    साँच्चिकै होनहार राजा
    नेपालीलाई नेपाल दियौ ।
    ३)
    ✍️ शशी आचार्य 
    ~~~~<•>~~~~
    [३७]
    एकतामा एक दियो
    हुँदा पृथ्वीनारायण शाह
    स्वर्गको देश थियो ।
    १)
    ✍️ कबिताहरी 
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    ~~~~<•>~~~~
    [३८]
    आऊ एता उठेर 
    सफाइ गराैँ देशको
    नरनारी सब जुटेर ।
    १)
    टुक्रा  राज्य जाेडेर
    पृथ्वी नामका राजाले
    गए नासाे छाेडेर ।
    २)
    ज्यानको  बाजी  लगाए
    राजा पृथ्वीनारायणले हेर
    सैतान टाढा  भगाए।
    ३)
    ✍️ केशवप्रसाद ढकाल 'प्रीतबीज'
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।
    ~~~~<•>~~~~
    [३९]
    बोकेर मन्त्र एकीकरणको
    उदाए  पृथ्वी  ध्रुवतारा
    सारा गणराज्य समीकरणको ।
    १)
    जुटौँ जनता सकसको
    गाऔँ सुरिलो गीत
    राष्ट्रीय एकता दिवसको ।
    २)
    नबाचौँ हामी फूटेर
    अपसकुन बन्छ जातिको
    अघि  बढौँ जुटेर ।
    ३)
    ✍️ मोती सुब्बा 
    दार्जिलिङ, भारत।
    ~~~~<•>~~~~
    [४०]
    एक भएर मनाऔँ
    राष्ट्रिय एकता दिवस
    अखण्ड नेपाल बनाओैँ । 
    १)
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी 
    (२७ पुस २०८०)
    ~~~~<•>~~~~
    [४१]
    एउटै मालामा उनेर 
    चारवर्ण छत्तिस जातलाई 
    साझा चौतारी चुनेर 
    १)
    बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    ~~~~<•>~~~~
    [४२]
    एकता हुनुपर्छ मनको
    वर्गीय एकतामा मात्र
    भलाइ यावत् जनको ।
    १)
    मुठ्ठी कस्नुको प्रतिफल
    समान मजबुत किल्ला
    बनाउँछ सशक्त सबल ।
    २)
    ✍️ कृष्णकुमार वैद्य 
    बनेपा ९, काभ्रे
    ~~~~<•>~~~~
    [४३]
    पृथ्वी थिए बडामहाराजा
    देशमा एकता बनाउने
     नेपाली जनताका साझा ।
    १)
    नेपालका राष्ट्रिय विभूति 
    एकीकरण गरे टुक्रिएकोमा
    दलबल बनाई राउती ।
    २)
    ✍️ भगवती दवाडी ,झापा
    ~~~~<•>~~~~
    [४४]
    विदेशी शक्तिको हरण
    लगाएर ठुलो जुक्ति
    गरे नेपालको एकीकरण ।
    १)
    दिव्य उपदेश राम्रा
    नेपाल एक बनाउने
    नायक पृथ्वीनारायण हाम्रा ।
    २)
    टुक्रा टुक्रा जोडेर
    नेपाल एउटै बनाए
    दुश्मनका गर्धन तोडेर ।
    ३)
    ✍️ शान्ता पौडेल भट्टराई
    टङ्कीसिनवारी, मोरङ
    ~~~~<•>~~~~
    [४५]
    राष्ट्रिय एकता दिवस
    विवश आनाकानी गर्नेहरू 
    नगरी कुनै बहस l
    १)
    बाँधे देशलाई एकसूत्रमा
    जनमन माझ भिजेर
    कहलाए सच्चा राष्ट्रपुत्रमा  l
     २)
    राष्ट्रका हुन् हिरा
    बनाए अखण्ड राज्य
    जोडेर कैयन् चिरा l
    ३)
    लडेर वीरताको समर
    सिङ्गो नेपाल बनाई
    बने युगपुरुष अमर l
    ४)
    ✍️ बाबुराम गौतम, गुल्मी
    ~~~~<•>~~~~
    [४६]
    नेपाल एकिकरण गरे
    बडामहाराजाधिराजले तर आज
    देश विदेशीले  भरे ।
    १)
    नेपाल नामाकरण गरेर
    जिम्मा दिए सन्ततिलाई 
    गए दिव्याेपदेश छरेर ।
    २)
    टुक्राटुक्रा राज्य उनेर
    विशाल नेपाल बनाए 
    सबैकाे सल्लाह गुनेर ।
    ३)
    ✍️ प्रद्यम्न चालिसे
    भक्तपुर कटुञ्जे।
    ~~~~<•>~~~~
    [४७]
    टुक्रिएको राज्य एकीकरण
    गर्दा  पृथ्वीनारायण शाहले
    छोएनन् कसैको चरण l
    १)
    पृथ्वीनारायण एक थिए
    टुक्रिएकाे राज्यलाई बनाई
    राष्ट्रलाई याेगदान दिए ।
    २)
    ज्यान जाेखिममा राखी
    विशाल  देश बनाए
    भक्तलाई च्यापेर काखी ।
    ३)
    ✍️ सहयात्री शाेभा अर्याल 
    रुपन्देही , बुटवल
    ~~~~<•>~~~~
    [४८]
    एउटै फूलमालामा  गाँसेर 
    वीर साहसमा लड्दै 
    पृथ्वीनारायण गए हाँसेर ।
    १)
    पूर्खाले आर्जेकाे नेपाल 
    आहा ! रमणीय लाग्ने 
    सुन्दर देश विशाल ।
    २)
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    ~~~~<•>~~~~
    [४९]
    इतिहास बनायौ राम्रो 
    गरेर सङ्घर्ष धेरै
    बचायौ स्वाभिमान हाम्रो ।
    १)
    एकतामा हुन्छ शक्ति
    गरेर मिहेनत हेर
    कर्तव्य हो भक्ति ।
    २)
    अखण्ड नेपाल बनायौ
    पछि राखेर चुनौति
    वीर गोर्खाली कहलायौ ।
    ३)
    ✍️ दिपा तिम्सना पौडेल-ईलाम
    ~~~~<•>~~~~
    [५०]
    पृथ्वीको सन्देश देशभक्ति
    अनुशरण गरे सबैले
    एकतामा हुन्छ शक्ति 
    १)
    जोगाउन यो देश
    सबै बढौँ अगाडि
    आफ्नाे भाषा भेश । 
    २)
    कहाँ गयो स्वाभिमान ?
    अब हाम्रो पालो
    जोगाउनु पर्छ अभिमान ।
    ३)
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    ~~~~<•>~~~~
    [५१]
    राष्ट्रका गहना थिए
    पृथ्वी सबैले बुझौँ
    सिङ्गो राष्ट्र दिए ।
    [१]
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    ~~~~<•>~~~~
    [५२]
    सबै एक भयो
    टुक्रा भएको राज्य
    माला बन्दै गयो ।
    १)
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    ~~~~<•>~~~~
    [५३]
    अत्यन्त दुरदर्शी पहरेदार 
    शान्ति   सम्वृद्धि  एकता
    श्रद्धासिक्त भक्ति बारम्बार !
    १)
    गर्न सकेमा पालना
    उनका ती दिव्योपदेशहरूको 
    राष्ट्र विकासको सम्भावना ।
    २)
    स्वदेशी कपडा लगाऊ
    उपदेशहरू दिव्य थिए 
    स्वदेशमै उब्जाएर खाऊ ।
    ३)
    एउटै फूलबारी सबको
    सबै वर्ण जातजाति
    भन्थे राजा जगको ।
    ४)
    अर्पण गर्दछु श्रद्धाभक्ति
    पृथ्वी जयन्ती विशेष
    सर्वमान्य एकता शक्ति ।
    ५) 
    ✍️ गुणनिधि घिमिरे, अमेरिका
    ~~~~<•>~~~~
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, पृथ्वी जयन्ती तथा एकता दिवसLeave a Comment on पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विशेष झिल्का लेखन शृङ्खला- ४ सम्पन्न

    साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११८

  • १ माघ २०८०, सोमबार १४:४६ मा प्रकाशित
  • काठमाडौँ। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११८ औँ शृङ्खला सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ४९ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ११८औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    देशलाई नै चिरा चिरा पारिकन ताजा,
    एकबाट अनेक भयौँ राजा महाराजा ।

    वसन्त अनुभव
    घोराही, दाङ

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    बोकाऊ उति जतिसम्म धान्नसक्छ भार
    तिमीलाई  त  मोजै छ  जनतालाई मार ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ
    [२]
    एकतामा बाँधेकाे देश फुटायाे नभन्नू
    भाग पुर्‍याउन चिर्नुपर्‍यो दुष्ट नगन्नू । 
    ✍️ ताराप्रसाद चापागाईँ
    धुनिबेसी
    [३]
    हाम्रो देशमा भएका छन् हजारौँ महाराजा 
    थाेत्रा भाषण दिदै बजाउँदै छन् बाजागाजा ।
    ✍️ केसर बाेहरा ( सङ्घर्ष )
     सुदूरपश्चिम अछाम ।
    हाल भारतबाट ।
    [४]
    पृथ्वीको पालादेखिकै हाम्रो देश एकताबद्ध
    चिराचिरा पार्ने योजना सबै हामी पार्छौं रद्ध ।
    ✍️ अर्जुन प्रसाद चौलागाई
    रामेछापः-सुनापति-१
    हालः-अमेरिका,बोस्टन।
    [५]
    पहिला एउटा राजा पाल्न भयो भन्थे गाह्रो
    अचेल   गाउँ सहर  राजा भएन कि साह्रो ?
    ✍️ गुणनिधि घिमिरे अमेरिका
    [६]
    बनाउ धेरै टुक्रा, जनता आनन्द हुन्छ
    बिग्रेको मति तिम्रो, नेपाल विश्वमा रुन्छ ।
    ✍️ एवाइ प्रभात
    धनकुटा छेन्ताङ
    [७]
    आमालाई  भाग लाउने कस्तो आयो बेला ,
     के लाग्छ र आफ्नै सन्तान भएपछि झेला ।
    ✍️ गंगा खड्का 
    बूढानीलकण्ठ ,काठमाडौँ
    [८]
    फेरि टुक्रा पार्न थाले यिनले हाम्रो देश
    कसले टुक्रा पार्न सक्छ चलिरा'छ रेस ।
    ✍️
    सरिता सेढाई धादिङ
    [९]
    नेताकाे मस्ती जनतालाई बाेकाई सधैँ ऋणको भार
    विकासको दिन्छ नारा ,गाउँघरमा छैन बिजुली तार ।
    ✍️ राज कुमार राजभण्डारी "खाेटाङ्गे"
    मध्यपुर ठिमी ५ संगम काेलाेनी भक्तपुर 
    [१०]
    नेता छानी जानी नजानी गल्ती गर्‍यौ कि भुलमा,
    सुनाउँदैछन्  भाषण   राखेर  भेडाको  हुलमा ।
    ✍️ भुपेन्द्र राना मगर
    धादिङ
    [११]
    जति  सक्छौ गर जताततै तिमीहरू कै छ नि राज
    शान्ति पाउने आशामा धर्ती माता रोइरहेछ आज ।
    ✍️ अनुग्रह राना मगर 'पुष्प'
    पाँचखपन नपा - ६ संखुवासभा ।
    [१२]
    देशभक्ति त छँदैछैन, यिनको बुद्धिमा छ किरा
    श्री पाँचबाट श्री चार भए, देशलाई पारे चिरा ।
    ✍️ पुष्पा सुवेदी
      नेपालगंन्ज, बॅाके ।
    [१३]
    एउटा राजा के राजा, हजारौँ राजा चाहिँन्छ,
    सुनौलो मौका यही हो, फेरि कहिले पाइन्छ      ।
    ✍️ होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।
    [१४]
    आखिर के रहेछ र जीवन मरेपछि फर्कदैन
    धोका, झेल कहिलेसम्म दुश्मन कहिले तर्कदैन ।
    ✍️ अम्बिका अधिकारी
    झापा बिर्तामोड
    [१५]
    गणतन्त्र भजाएर  बने हेर सयौँ राजा
    लुटे देशलाई जनताको बजाएर बाजा।
    ✍️ नवशिला,
    नवदेव मार्ग लालभित्ती,मोरङ।
    [१६]
    देश बनाउँ उदेश्य हैन जनताले त प्रष्ट बुझे कुरा झुकेन 
    सात प्रदेश बन्यो जातिय नारा लायौं दलिय स्वार्थ अझै लुकेन ।
    ✍️ चुडामणी देबकोटा
    चनपा १३ काठमाण्डौ
    [१७]
    लुट्नु थियो देशलाई, पूरै नाङ्गेझार पारेर
    सुपर हिरो बनियो हजारौँ हजार मारेर ।
    ✍️ राजेशराज गड्तौला
    कॅाडाघारी, काठमाण्डौ
    [१८]
    देश लुटे महाराजाहरूले बनाए सबै खाेक्राे 
    गुदीजति आफू खाए जनतालाई केवल बाेक्राे ।
    ✍️ त्रिलाेचन भण्डारी 
    मेचीनगर,झापा
    [१९]
    काक्रा जस्तै चिरिचिरि सक्ने हुन् कि देश ?
    कुम्भकर्ण कति बन्छाैँ व्युँझी हालाैँ केस ।
    ✍️ जी.वि.चिन्तन घाेराही, दाङ  ।
    २०८०/०९/२८ शनिवार बिहान ६:४१
    [२०]
    प्रजाले अधिकार पाएको छ, आफ्नो राजा आफैँ छान्ने
    असल राजा चुनौंँ किन आफ्नै खुट्टामा बन्चरो हान्ने ?
    ✍️
    बिके मुखिया
    दार्जिलिङ भारत।
    [२१]
    देशको नाममा भुँडी भरियो
    अब मर्ने बेला दुःख परियो ।
    ✍️
    नीमा छिरिङ भोटिया
    जलढका कालेबुङ, भारत
    [२२]
    नेता राज चलेको छ सबै राजा हुन् लागेकाछन्,
    ढाँटी छली देश, जनता लुटी खान पाएकाछन् ।
    ✍️ विवश पारदर्शी 
    झापा,
    [२३]
    अचम्म ! राजाको नियमको देख्नेले महाराजको लुट देखेनन् 
    अरूको जुम्राको टिप्पणी गर्नेले हात्तीले देश सकेको लेखेनन् ।
    ✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
    [२४]
    गणतन्त्र पनि भएन राजतन्त्र भन्दा भिन्न,
    सामन्तवादी चरित्रकै सानाठूला अवच्छिन्न ।
    ✍️ कृष्णकुमार वैद्य
    बनेपा ९, काभ्रे
    [२५]
    सत्तामा शासन आफ्नो पारेर 
    देशका युवा ती सब मारेर ।
    ✍️ श्री कृष्ण धामी 
    बझाङ
    [२६]
     देश छाडी कतै जान्न नभन
    चम्चा बन   अरूलाई नगन ।
    ✍️ कमला  देवकोटा,  पाल्पा
    [२७]
    संघीयताकाे नाममा बने धेरै राजाहरू,
    पूर्वबाटै देश बचाऊ, बज्दैछ बाजाहरू !
    ✍️ गाेपालकृष्ण डंगाेल
    काठमाडौ, (हाल इटहरी)
    [२८]
    देशमा लगातार अस्थिरताको बीउ रोप्यौ अति
    तिम्रो त मति सुध्रने छैन, व्यङ्ग्य गरे पनि जति ।
    ✍️ प्रेम थापा "मन"बागलुङ
    [२९]
    सुन्दर शान्त विशाल हाम्राे जन्मभूमि नेपाल 
    चिराचिरा पारी बनाए अग्रगामीले  बेहाल ।
    ✍️ प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।
    [३०]
    एउटै  बगैँचा,  हजाराैँ  मालिक
    राष्ट्रभक्त भन्दै ठड्याए सालिक ।
    ✍️ खुनराज काेईराला
    सिद्दलेक-३ गैरीगाउँ,धादिङ
    [३१]
    जनताको नासो जनतामै फर्कियो जनता भाग्यमानी
    सौताको रिसले पोइको नाक काट्ने नगरौँ यस्तो बानी ।
    ✍️ ध्रुव श्रेष्ठ 
    हाल काठमाडौँ ।
    [३२]
    जस्तो बाटो देखायो खुरुखुरु उस्तै बाटो हिन्ने 
    ए सोझा भेडा जनता कहिले भ्रष्ट नेता चिन्ने ?
    ✍️ संगीता खरेल
    चन्द्रागिरी ८ काठमाडौँ
    [३३]
    भनेर एक गरेको अर्कै गाउँ र सहर,
    हिँडेको किन कुल्चेर सारा जनका रहर !
    ✍️ आर्त अकुलीन
    [३४]
    सात राज्यमा अब सातश्रीको हुनेभो जय
    नयाँ नेपाल शायद हुनेछ आलोकमय  ।
    ✍️ कार्की डिबी माकुम
    सुनवल-४, नवलपरासी
    [३५]
    बाँड अनि शासन गर  गणतन्त्रको मूलमन्त्र
    कर्तव्यदेखि भागेर, महसुस गर्छौं राजतन्त्र ।
    ✍️ मोती सुब्बा 
    दार्जिलिङ भारत।
    [३६]
    भेडा ठानेर  जनतालाई सधैँ झुटो भ्रम  छर्छौ
    चिरा चिरा पारेर  यो देशको  रसास्वादन गर्छौ l
    ✍️ बाबुराम गौतम, गुल्मी
    [३७]
    चिन्ता छैन आनन्दले बस्ने कुर्सी पायौ
    जनताको आँखा छली देश लुटी खायौ ।
    ✍️ हिमा आर सी
    मेहेलकुना सुर्खेत
    [३८]
    कमाउनेले  कमाएकै छन् धेरैले जमाएता  पनि हुन्नन् चिर
    बरू सक्नु नासाे सबै, जाेड्ने भन्दा नि सिध्याउने हुन्छ छाेरा वीर ।
    ✍️ रामप्रसाद पुरी, बादेल, खाेटाङ ।
    [३९]
    राजा बन्न आफ्नै आमाको चोलो च्यात्दै गयौ
    अर्धनग्न  ती आमा देख्दा खुसी हुने भयौ ।
    ✍️ धनुष न्यौपाने
    गुठीचौर गाउँपालिका ०४
    बिगारे जुम्ला
    [४०]
    ढाँटेर छलेर पनि घर चलाउने मौका दिनुस्
    उदाहरणको रुपमा यी नेताहरूलाई लिनुस् ।
    ✍️ बि.कुलुङ
    दार्जिलिङ
    [४१]
    एउटा राजा हटाई, भयौँ हामी धेरै राजा
    धेरै चुल्बुल भयो भने बजाउने हो बाजा ।
    ✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
    कनकाई ४ झापा
    [४२]
    लायक सरकार नभएर हाम्रो 
    भएन देशमा कहिल्यै पनि राम्रो ।
    ✍️  सीमा कार्की समर्पण
    [४३]
    आज नेताविना देश हुने भयो चौपट
    भएका छन् सबै टाउके नोटका लम्मट ।
    ✍️ पद्मा काश्यप पाण्डे, मोरङ
    [४४]
    कति बाेकाउछाैँ नेताहरू हामीलाई भार
    कदापि मान्दैनन् सच्चा जनताहरूले हार ।
    ✍️सहयात्री शाेभा अर्याल 
    रुपन्देही , बुटवल
    [४५]
    अनेक फुलका एउटै माला यो हाम्रो देश,
    किन गर्छौ विखण्डन ईज्जत् राख आफ्नो भेष।
    ✍️ शोभा आचार्य गौतम 
    काठमाडौँ
    [४५]
    भ्याउँदिनँ कैले घरको कामले
    पुगेन मलाई पुर्खाको नामले ।
    ✍️ बालाराम पोखरेल 
    [४६]
    तिमी हौ नेता, अघिपछि भेडा भएसम्म
    हेर्दै जाऊ, कार्यकर्ता फल्छन् र लटरम्म ।
    ✍️ म्यामराज राई, भोजपुर ।
    [४७]
    म त भन्छु फेरि पनि एक राजा नैं हुनुपर्छ, देशको महाराजा
    अनेकौं राजाले त ! देश टाट पल्टिएको अवगत छदैँछ ताजा ।
    ✍️ कबिताहरी 
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ
    [४८]
    नेताको भाषण छ ठुलठुलो व्यवहार लपन छपन
    सपूत होइनन् यिनीहरू विदेशीको टेकुवा र खकन ।
    ✍️ दीपा गुरुङ्ग (समभाव)
    बुअपा-१२ काठमाडौँ
    [४९]
    नेतृत्वकाे भिख मागेर पदासिन भयाै,
    पद दुरूपयाेग गरी  देसै लुट्दै गयौ ।
    ✍️ हरिगाेपाल प्रधान
    काभ्रे पलाञ्चाेक  बनेपा१४ साँगा बजार ।
    
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged टुक्का माथि टुक्काLeave a Comment on साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन शृङ्खला- ११८

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P