साताका उत्कृष्ट झिल्का कविता- २

  • १५ माघ २०८०, सोमबार १९:४१ मा प्रकाशित
  • साताका उत्कृष्ट झिल्का कविताको दोस्रो शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला सञ्चालन गरिएको हो । यो शृङ्खला हरेक हप्ता सञ्चालन गरिने यसका परिकल्पनाकार वसन्त अनुभवले बताउनु भयो । झिल्का कविताको उन्नयन र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको उहाँले बताउनुभयो ।

    यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गर्ने गरेको शृङ्खला संयोजक/झिल्का कविता अभियन्ता धनुष न्यौपानेले बताउनुभयो ।

    साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- २ का लागि झिल्काकार त्रय भवानी पोखरेल, दीपा गुरुङ र कला ढकालका उत्कृष्ट झिल्काहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।

    [१] भवानी पोखरेलका उत्कृष्ट झिल्काहरू

    १.
    मनकाे गाँठाे फुकाएर
    मलाई दिलमा राख्नु
    यसाे कतै लुकाएर ।
    २.
    खाेज्दा कतै नभेटिने
    भेटेकाे ठाउँमा जाँदा
    झल्काे केही नमेटिने ।
    ३.
    हिँड्नू आफ्नै बाटाेमा
    जहाँ गए तापनि
    फर्किनू यही माटाेमा ।
    ✍️
    भवानी पोखरेल
    कपिलवस्तु

    [२] दीपा गुरुङका उत्कृष्ट झिल्काहरू

    १.
    जोख्दा तोला  तोला
    शब्द छानी छानी
    गल्ती नगर्नु होला ।
    २.
    भमरा भुल्छ रसमा
    समय हुन्न साथी
    कसैको नि वशमा ।
    ३.
    डर छैन हेर
    मृत्यु देखी पनि
    जीवनको दिशा फेर ।
    ✍️
    दीपा गुरुङ
    काठमाडौँ

    [३] कला ढकालका उत्कृष्ट झिल्काहरू

    १.
    ऋणको भारी बोकेर
    बाआमा एक्लै  छोडी
    आँखाको  आँसु  रोकेर ।
    २.
    सम्झौता  छिटो  गर
    यातायातको अवस्था हेरी
    खाल्डो  चाडो भर ।
    ३.
    मिलेर  काम गर
    देश बनाउने कुरामा
    अरूको  भर नपर ।
    ✍️
    कला ढकाल
    झापा दमक

    6 thoughts on “साताका उत्कृष्ट झिल्का कविता- २

    1. Its like you read my mind You appear to know so much about this like you wrote the book in it or something I think that you can do with a few pics to drive the message home a little bit but instead of that this is excellent blog A fantastic read Ill certainly be back

    2. Hey, cool post There is an issue with your website in Internet Explorer; could you please check this? Because of this issue, many people will overlook your excellent article because IE is still the most used browser.

    Leave a Reply