असार २७ देउखुरी दाङमा पहिलोपटक नेपाल भारत साहित्य तथा पर्यटन महोत्सव ऐतिहासिकरुपमा सम्पन्न भएको छ।भानु जयन्ती तथा चारु साहित्य प्रतिष्ठान नेपालको आठौँ वार्षिकोत्सबको अवसर पारेर चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजनामा केन्द्रीय कार्यक्रम भएको हो। कार्यक्रम भुषाल गेष्ट हाउस लमहीमा यही २० ८३ असार २६ गतेका दिन उद्घाटन सत्रमा प्रमुख अतिथिका रुपमा नगरपालिकाको उपप्रमुख लक्ष्मी योगीज्यूबाट समुद्घाटन भई कार्यक्रम सुचारु भएको थियो। चारु साहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशका अध्यक्ष तेजप्रसाद खनालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भारतबाट चारु साहित्यको आठौँ वार्षिकोत्सबमा प्रमुख अतिथिका रुपमा भारतबाट नन्दलाल त्रिपाठी हुनुहुन्थ्यो। नेपाल बाट प्रतिष्ठानका सल्लाहकार डा. घनश्याम परिश्रमी, डा. देवी पन्थी विशिष्ट अतिथिका रुपमाउपस्थित हुनुहुन्थ्यो।त्यसैगरी भारतबाट दिपक गोस्वामी , गोपाल ठहाका, अतुलप्रसाद शर्मा , पि. एस यादव अजनवी उपस्थित हुनुहुन्थ्यो। ,भारतीय गाडी चालक पंकज उपाध्यायको उपस्थिति रहेको थियो भने नेपालको काठमाडौंबाट अरुण खड्का , अनुराग अरुण, र पश्चिम कैलाली बाट आर्त अकुलीन, वसन्त अनुभव, यज्ञलाल सुवेदी, भवानी पोख्रेल ,सोमनाथ लुइँटेल , चन्द्रावती अधिकारी ,अर्घाखाँचीबाट बाबुराम पाण्डे ,प्रकृति कुमारी शर्मा लगायतको उपस्थिति रहेको थियो। यो कार्यक्रम साँच्चिकै दाङ जिल्लाकै ऐतिहासिक कार्यक्रम रहेको धारणा धेरैले व्यक्त गरेका थिए।यश कार्यक्रमको मुख्य प्रायोजक लमही नगरपालिका र अन्य सहयोगी संस्था र दाताहरुमा राप्ती गाउँपालिका, राजपुर गाउँपालिका , गढवा गाउँपालिका, राप्ती फिड इन्डस्ट्रिज प्रा.लि, राप्ती फिडका म्यानेजर योगेन दाहाल जी, सागर पुस्तक पसलका सञ्चालक दिपक भुसाल दाजु, देउखुरी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख शिव ओलीज्यू,अतिथिलााई देउखुरीमा रहेका महत्त्वपूर्ण धार्मिक स्थल अवलोकन गराउन ज्ञानज्योति नमुना माध्यमिक विद्यालय लमही दाङले स्कुल बस उपलब्ध गराएको थियो। साहित्य; संस्कृति र पर्यटनलाई जोड्ने लक्ष्य कार्यक्रमको रहेकोे थियो। कार्यक्रमको सहजीकरण संस्थाका सचिव नागेन्द्र प्रसाद यादवले गर्नुभएको थियो। संस्थाले देउखुरीमा रहेका रिहार बाबा,जखेरा ताल, भक्तिथापा पार्क, वनगाउँ स्वर्गद्वारी आश्रम लगायतका महत्त्वपूर्ण ठाउमा पाहुनालाई भ्रमण समेत गराएको थियो।
मिति २०८३/०३/१९ गतेको त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनियामा अभ्यास गरिएका झिल्का कविताहरू–
———- झिल्का कविता क) मुटुमा आफ्नो देश हुनुपर्छ सच्चा देशभक्तको तनमा राष्ट्रिय भेश। ख) फलाक्दैमा जोडले खाली भइँदैन हजुर खासमा नागरिकता बोकेर नेपाली। ग) चाहना अभिलाषा नव्य राखिरहँदा देशबाट हामीले नभुलौँ आफ्नो कर्तव्य। ✍️ वसन्त अनुभव वसन्तविहार, घोराही दाङ ——— झिल्का कविता
मिठो झिल्का कविता झट्ट पढ्न सकिने सलल्ल बग्ने सरिता ! ✍️नारदप्रसाद आचार्य ‘सुदामा’ हेरिस्वर्ग, पेन्सिलभेनिया, संयुक्त राज्य अमेरिका ———– झिल्का कविता
कलम रोयो आज देखेर कुकृत्य कागजको खुल्दै गर्दा राज। ✍️ प्रेम घिमिरे अमेरिका ———– झिल्का कविता
देशलाई माया गरौँ मिलेर सारा देशभक्त शान्तिको बिज छरौँ। ✍️ निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत ———– झिल्का कविता ****** १) श्रमले लेख्छ कथा जीवनका तितामिठा सबै हाम्रा खुसी पिरव्यथा। २) बोलीमा भए मिठास जित्छ मन सबको दिन्छ सुगन्धको आभास! ३) रुख रोपेर आज भोलिको सास बचाऔँ बनाई हरियाली राज। ✍️ सतीश पण्डित भानु६ चुँदी तनहुँ। ———– झिल्का कविता
गुरुको महिमा अपार हमेसा साथ पाइरहूँ लेखनमा ल्याउनुछ निखार l ✍️ बाबुराम गौतम, गुल्मी ———– झिल्का कविता १) असार मासको हिलो रोप्नुछ धान खेतमा रत्तिभर नगरी ढिलो। २) आकाश गर्जन्छ बेसरी कालो बादल भरिएर पर्दछ असारे झरी। ३) झिल्का कोपिला जति कताबाट आए यस्ता हलचल गर्लान् कति ? ✍️ रामकृष्ण ढकाल चितवन ———– झिल्का कविता १) संस्कृति सभ्यता मानेर जिन्दगी गुजार्छन् मान्छे मानवीय हित ठानेर। २) प्रगति गर्नुपर्छ विश्वजित वैरभाव राखेमा कसैले हुनेछ भविष्य अनिश्चित। ३) अपेक्षा राख्दछु समानताको सदाचारी राष्ट्रसेवक कर्मचारी राजनीति तथा परम्पराको। ✍️ वैँशालु महेन्द्र लेटाङ्ग नगरपालिका-८, जाँते, मोरङ ———– झिल्का कविता १) असार मासको झरी त्रास छ पहिरोको जोगिनु पो कसरी ? २) साउनमा मूल फुट्ने बाढीले थाहा छैन कतिबेला ज्यान लुट्ने। ३) असारमा धान रोप्न बाउसे हली खेतमा व्यस्त सिजन छोप्न। ✍️ बिबा तामाङ, दार्जलिङ ———– झिल्का कविता १) तिमीलाई माया गर्छु धर्ती,आकाश रहुन्जेल तिम्रै शरणमा पर्छु। २) दार्जिलिङ छ घमाइलो सजिई रातो सारीमा हेरिरहूँ लाग्ने रमाइलो । ३) प्रिया ! भेट्न आउँछु बोकी फूलको गुच्छा प्रेमिल गीत गाउँछु । ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी “ कालेबुङ ———– झिल्का कविता १) आयो बिहानी घाम बोकेर आशाको किरण पार्यो उज्यालो धाम। २) इमानदारको साथ गरे पर्दैन पछुताउन जीवनभर सत्कर्मीको विश्वास परे। ३) चौतारीको ठूलो पीपल हरेक थकित बटुवालाई दिनेगर्छ छाया शीतल। ✍️ बिशन बडू “शिरीष” दशरथचन्द नगरपालिका–७, बैतडी ———– झिल्का कविता १) जिन्दगीको महत्त्वपूर्ण कुरा नबुझेर यहाँ आज चलाउँछन् मुटुमा छुरा। २) प्यारा विद्यार्थी सुन हुन् भगवान् शिक्षक लगाउँछन् अमूल्य गुन। ✍️ हिरा ———– झिल्का कविता १) आयो जुट्ने पालो भ्रष्टाचारी लखेट्न अब तोडौँ बन्द जालो। २) अचम्मका मान्छे भेटिन्छन् सामाजिक सञ्जालभित्र अनेक हुने नहुने देखिन्छन्। ३) सकिँदैन खुसी बनाउन आफू हारे पनि मूर्खलाई तह लगाउन। ४) मनलाई एकाग्र पार्नू लेख्नू दुईचार शब्द हिम्मत कहिल्यै नहार्नू। ५) घिनलाग्दो खेल नखेल्नू षड्यन्त्रकारी खेल खेलेर निर्दोषलाई कसैले नपेल्नू। ✍️ कला ढकाल, झापा ———–
मिति २०८३/०३/२६ गते त्रिवेणी साहित्य मञ्च हैरिस्वर्गपेन्सिल्भेनियामा अभ्यास गरिएका झिल्का कविताहरू
———– झिल्का कविता क) मुटुमा ठोकेर किलो बाँचेको छु आजसम्म सहेर पीडाकर पिलो। ख) हान्छ्यौ वचनको छुरा भेट हुँदा जहिल्यै नराखेर केही अधुरा। ग) छोडिदेऊ मेरै हालमा बस्न सक्दिनँ अब तिम्रो षड्यन्त्रको जालमा। ✍️ वसन्त अनुभव वसन्तविहार घोराही ****** ****** झिल्का कविता १) मुखमा मीठो बोली मनमा नहोस् कपट व्यवहारमा नभन्नू भोलि। २) देशप्रतिको अगाध माया नाराले मात्र होइन कर्ममै देखियोस् छाया। ३) गरेर पदको घमण्ड जनतालाई बिर्सियो भने दिन्छन् तिनैले दण्ड। ४) आफ्नो देशको शान कर्मले दिन्छ सधैँ राष्ट्रको राम्रो पहिचान। ५) अपनाऔँ राम्रो कर्म हुँदैन बोलीले मात्रै जीवनको साँचो धर्म। ✍️ सतीश पण्डित भानु६ चुँदी तनहुँ हाल चनपा ६ मातातीर्थ ****** ****** झिल्का कविताहरू १) मीठो कविता झिल्का जागृत गर्दै समाजबाट कुसंस्कार सबै मिल्का। २) कस्तो पानी आयो मन अमिलो पार्दै सारा संसार छायो। ✍️ निमा छिरिङ भोटिया जलढाका कालेबुङ भारत ****** ****** झिल्का कविता १) पानी निकै दर्कियो असारमा आकाश रिसाउँदा धर्तीको आत्मा थर्कियो । २) असार महिनाको झरी बोकेर बाढी, पहिरो गर्दैछ आफूखुसी मनपरी । ✍️ अम्बिका राणा खरसाङ, दार्जिलिङ । ****** ****** झिल्का कविता १) नेपाली हाम्रो मन जोगाउनु छ सीमा सजाई आफ्नै तन। २) सहर गाउँमा बाटो भित्र्याएर नयाँ प्रविधि बदलौँ देशको माटो। ३) बाँडौँ सबैलाई ज्ञान अन्धकार हटाई देशको बढाऔँ हाम्रो शान। ४) सधैँ तिम्रै आस धड्किन्छ यो मुटु भयौ तिमी खास। ५) हटाऔँ यो भेद मिलेर बस्नुपर्छ यहाँ नराखौँ है खेद। ✍️ भोज विवश मगर गैंडाकोट -३ नवलपरासी पूर्व ****** ****** झिल्का कविता १) मलजल छैन बालीमा असार पन्ध्रमा कुर्लन्छ वरिष्ठ बनेर आलीमा। २) बोल्दा ठसठसी कन्छ भाँच्दैन काममा सिन्को उही नेतृत्व झम्टन्छ। ३) आफ्नै सहारा तोडिदिन्छ आफैँ चढेको भर्याङ टुप्पोमा पुगेपछि छोडिदिन्छ। ४) काममा झारो टार्छन् भाषणमा मात्र नेतृत्वले आकाशका तारा झार्छन्। ✍️ ईश्वर लामिछाने, धरान ****** ****** झिल्का कविता १) प्रेमको बन्दै आधार सकोस् पुछ्न आँसु गर्दै दयाको विस्तार। २) सङ्घर्षले दिन्छ आधार बनेर सफलताको सिँढी गराउँछ सपना साकार। ✍️ बिशन बडू ‘शिरीष’ दशरथचन्द नगरपालिका–७, बैतडी ****** ****** झिल्का कविता १) असार मासको झरी परेर ठिकै भो खोलानाला रसाउने गरी। २) खेतीबारी पार्न राम्रो मनको चाहना सरकारले बुझिदिए हुन्थ्यो हाम्रो। ३) नरोकियोस् कसैको बाटो बाढी, पहिरो खसेर जिन्दगीको सुन्दर पाटो। ४) रोपाइँ सकियो राम्ररी फैलिओस् गाँज धानको उत्पादन होओस् बेसरी। ५) शीतल छ दिन छैन आज गर्मी पानी पर्दा एकछिन। ✍️ रामकृष्ण ढकाल चितवन ****** ****** झिल्का कविता १) मकै खायो घुनले जोगाउन अनेक गरियो गरेन काम चुनले। २) नबोल्नू सम्झिएर लाटो छु चलाख भित्रभित्रै आफैँले कोर्दछु बाटो। ३) गर्छन् मीठा कुरा सधैँ चिप्लो घसेर लिई बोलीमा छुरा । ४) कुरा गर्छन् ठूला नियालेर हेर्दा देख्छु उही ड्याङका मूला ✍️ बिबा तामाङ दार्जलिङ ****** ****** झिल्का कविता १) फूल जस्तै राम्री घुम्दै छिन् सहरमा प्यारी छोरी हाम्री! २) गोर्खे सन्तान हामी हुन्छौँ सिमानामा तैनाथ सीमा रक्षार्थ दामी। ३) देशमा रोजगार छैन विदेसिए सारा युवा समस्या बुझ्ने हैन। ✍️ प्रेम शर्मा ” एकान्त प्रेमी “ कालेबुङ दार्जिलिङ ****** ****** झिल्का कविता १) जिन्दगी भयो बेकार पागल सम्झी मलाई गर्दछौ छुराले प्रहार। २) आयौ कताकता डुलेर तैपनि राखेँ हृदयमा विगतका गल्ती भुलेर । ३) सधैँ रुन्छ कर्णाली विकास हुँदै नभएर भाषण हुन्छ खाली। ✍️ क्षितिज बिरु राना वनगाड कुपिण्डे नगरपालिका ३ बडापोखरा सल्यान ****** ****** झिल्का कविता मनको लड्डु फोडेर आएकी छु त्रिवेणीमा अरू अभ्यास छोडेर। ✍️ मेनुका शर्मा ****** ****** झिल्का कविता १) बर्सातको समय लाग्दैछ डर धनजन क्षतिको मनमा निराशा जाग्दैछ। २) खेलबाड नगर्नू खोलामा सकिँदैन पुर्वानुमान् गर्न ओढ्नी बोक्नुपर्छ झोलामा। ३) भगवानको भर परौँ पर्नसक्छ दैवी विपत्ति आफ्नो ख्याल गरौँ। ✍️ शोभाकान्त रेग्मी स्याङ्जा । ****** ****** झिल्का कविता १) विश्वास कसैको नगर्नू हुन्न कसैको भरोसा अगाडि कहिल्यै नपर्नू। २) जति भनौँ मान्दैनन् हिजोआज हाम्रा छोराछोरी केही कुरा जान्दैनन्। ✍️ कला ढकाल झापा ****** ****** झिल्का कविता १) छैनन् देश चलाउने हुन्छ भलाे कसरी ? छन् घर जलाउने। २) चाहिन्छ अब सुशासन नत्र परिन्छ कालाेसुचीमा जान्छ नेताकाे आसन। ३) पानी धेरै पर्याे बाढीकाे डर छ ठाउँठाउँमा पहिराे झर्याे। ४) नगरौँ धेरै यात्रा बर्खाकाे समय छ बाटाेमा हुन्छ जात्रा । ✍️ नवराज भट्ट कञ्चनपुर ****** ****** झिल्का कविता १) टक बसिहाल्यो फूलमा कहिलेसम्म राख्छ कुन्नि ? मलाई आफ्नो चङ्गुलमा। २) मायाभन्दा राजनीति ठिक मत लिएपछि विश्वासको बस्न पाइने नजिक l ३) हेयको बाछिटाले छेप्दा कसको मन धर्किन्न कसैले नियतवश हेप्दा l ✍️ बाबुराम गौतम, गुल्मी ****** ****** झिल्का कविता १) आगोको तातो राप हुँदा कटकटाउँदो जाडोमा शरीरले पाउँछ ताप। २) सफलता सजिलै पाइँदैन नचुहाएसम्म सङ्घर्षमा पसिना सुख विरासतमा पाइँदैन। ३) मदिरा सेवन नगरौँ हुन्छ स्वास्थ्यमा हानी खराब लतमा नपरौँ। ✍️ नम्रत प्रधान तकदाह, दार्जिलिङ ****** ****** झिल्का कविता १) रहौँ कर्ममा लगनशील नसोचौँ कसैको कुभलो छौँ प्राणी मरणशील। २) मानौँ प्रभु ऐन
रहौँ लिप्त सुकर्ममा मिल्छ नित्य चैन। ३) परोपकारी कर्महरू गरौँ छैनौँ अमर कोही प्रभुमा चित्त धरौँ। ४) सुकर्मले जीवन झिलमिल साथमा भए प्रभु पार लाग्नेछ मुश्किल। ५) जगमा यहाँ माया भुलाउने छन् सबथोक चाहिन्छ प्रभुको छाया। ✍️ कार्की डिबी माकुम सुनवल-४,न.प. ****** ****** झिल्का कविता १) नेपालीको हो सान कहिल्यै पनि नझुक्ने आफ्नै छ पहिचान। २) जताततै खोला नदी पूर्वपश्चिमसम्म नै फैलिएका छौँ सम्पदाका धनी। ✍️ आर के भण्डारी ****** ****** झिल्का कविता १) घातक हुन्छ चिन्तापिर पार्दछ आयु छोटो छोड्छ प्राणघातक तिर। २) किन्ने सुनको चुरा कहिले पुग्छ धोको ? भए रहर अधुरा। ३) मुटुमा सजाएर राखे जाँदैन नजर अन्त घोचेरै भन्छिन् पाखे । ४) हुन्छ कम्मर भाँंचौँ आउँदा तीज पर्व नथाकी दिनभर नाचौँ। ✍️ ध्रुव खड्का फेदीखोला १ स्याङ्जा ****** ****** झिल्का कविता
बलियोले निर्धो पेल्छौँ स्वार्थ पूरा गर्न रगतको होली खेल्छौँ। ✍️ रिमेन आलोक,अष्ट्रेलिया ****** ****** झिल्का कविता १) माया गर्छु जहिल्यै मेरी प्राणप्यारी मातालाई दु:ख दिन्नँ कहिल्यै। २) जुनीभरको नाता हाम्रो तिमी मेरी जन्मदाता नमासिने माया राम्रो । ✍️ सुनिता निरौला पौडेल राधे राधे भक्तपुर ****** ****** झिल्का कविता
विगतका यादहरू बल्झाउन समयले सम्बन्ध तोड्याे नआउनू निष्ठुरी अल्झाउन । ✍️ हिरा बुढा मगर ‘अमृत’ शारदा नगरपालिका–१४, सल्यान ****** ******
घोराही दाङ । राप्ती साहित्य परिषद् दाङ शाखाको ८५ औं शृंखलामा साहित्यकार जनक विकले एकल रचना वाचन गर्नुभएको छ । परिषद्का जिल्ला अध्यक्ष यम रेग्मीको अध्यक्षता एवं राप्ती साहित्य परिषद्का केन्द्रीय पूर्वअध्यक्ष वरिष्ठ साहित्यकार डा. अमर गिरीको प्रमुख आतिथ्यतामा एकल रचना वाचन कार्यक्रम भएको थियो । कविमा कविता सम्बन्धी शास्त्रीय ज्ञान हुनुपर्ने प्रमुख अतिथि डा. गिरीले बताउनुभयो । सिर्जनात्मक कर्ममा सक्रिय, अध्ययनशील प्रतिभाशाली युवक भनेर साहित्यकार विकको प्रशंसा गर्नुभयो । आफ्ना अनुभूतिहरूलाई प्रभावकारी ढंगले कवितामा व्यक्त गरेको उहाँले बताउनुभयो । समाजका विभिन्न पक्षहरूलाई कविता राम्ररी लेखिएको छ । ‘एउटा कवि गोष्ठी राखौं र दाङका कविताका बारेमा छलफल गरौं’- डा. गिरीले भन्नुभयो- ‘गतिविधिले मात्रै समृद्ध साहित्य, स्तरीय साहित्य बन्दैन ।’ यसैगरी विशिष्ट अतिथि राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार पुरुषोत्तम खनालले कविता अत्यन्त राम्रा गहकिला भएको बताउनुभयो । समाजलाई रूपान्तरण गर्ने अभियानमा सहयोगी छन् । आँटिलो युवा भनेर लेखनले देखाएको उहाँको भनाइ थियो । वाचनकलामा कहाँनेर जोड दिने कहाँनेर मिलाउनेवारे थप विकास गर्न सुझाव दिनुभयो । उहाँले १२ वटा कविता वाचन गर्नुभएको थियो । कवितामा राष्ट्रप्रेम, न्याय र समानता, देशमै रहेर देशकै लागि काम गर्नुपर्छ भन्ने ऊर्जा रहेको समीक्षक प्रगतिशील लेखक संघका जिल्ला सचिव पुरन शर्माले बताउनुभयो । उहाँले राजनीति प्रेम, देशको अवस्था सुधार गर्नुपर्ने कुरा र परिवर्तन गरेर पुग्ने लक्ष्य समेत रहेको बताउनुभयो । विचार विमर्श गरी निकास दिने उज्यालो बाटो देखाउन कविता सक्षम छन् । सो अवसरमा वाचक विकलाई परिषद्ले कदरपत्रले सम्मान गरेको थियो । कार्यक्रममा स्वागत मन्तव्य परिषद्का उपाध्यक्ष सुरेशकुमार पाण्डेले व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो ।
असार २० गते वसन्त अनुभव वरिष्ठ कवि एवम् लघुकथाकार महेश प्रसाई’को लघुकथासङ्ग्रह ‘इब्राहिमको घोडा र बिकिनीहरू’को परिचर्चा कार्यक्रम यही असार २० गते शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि साढे ८ बजेसम्म चलेको थियोे । ‘इब्राहिमको घोडा र बिकिनीहरू’ लघुकथासङ्ग्रह, लघुकथाकार महेश प्रसाईको पाँचौ लघुकथा कृति हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. दयाराम श्रेष्ठले आजभोलि लघुकथाको विशुद्धताका विषयमा आफूले कुनै सम्झौता नगर्ने उल्लेख गर्दै लघुकथा भनेपछि लघुकथा नै हुनुपर्ने जिकिर गर्नुभयो। ५३/५४ वर्षदेखि कथा लेखनमा निरन्तर लाग्दै आउनुभएका प्रसाईंलाई आफूले नेपाली कथाको ‘कुमुद’ भनेको उल्लेख गर्दै उहाँको लघुकथामा ओपन टेक्सर भएको, धेरै इल्युजन प्रयोग भएको बताउनुभयो। प्रसाईका लघुकथामा प्लटलेस स्टोरी’ छ, अमूर्त लघुकथाको ट्रेण्ड भेटिन्छ। अमूर्त लघुकथाको परिभाषा, प्लटको अवस्था र पात्रविधानका बारेमा बहस गर्नुपर्ने र त्यसको अगुवाई नमस्ते आधुनिक लघुकथाले गर्नुपर्ने समेत उहाँले बताउनुभयो। इब्राहिमको घोडा र बिकिनीहरू भित्रका लघुकथाहरूको संरचनागत पक्षको कोणबाट परिचर्चा गर्नुहुँदै वरिष्ठ लघुकथाकार एवम् समालोचक प्रा.डा.विदुर चालिसेले लघुकथाकार महेश प्रसाईका लघुकथाहरू लेखन शैली कवितात्मक छ तर बान्की चाहिँ लघुकथाको रहेको छ। यसमा धेरै छोटो कथाहरू पनि रहेका छन्। साथै उहाँले यस लघुकथासङ्ग्रहमा लघुकथा लेखनमा नयाँ शैली प्रयोग गरिएको बताउनुभएको छ। इब्राहिमका घोडा र बिकिनीहरू लघुकथासङ्ग्रह प्रतीक, बिम्व र मिथकको भण्डार रहेकोे उल्लेख गर्दै लघुकथामा यौन, प्रकृति, वातावरणीय परिवेश , महिला अधिकार, राजनीतिक अवस्था, विज्ञान प्रविधि, मानवीय संवेदना, चेतना, कृत्रिम बौद्धिमता लगायत विविध विषयमा उहाँले सुक्ष्म तरिकाले चोटिलो व्यङ्ग्य गर्नुभएको उल्लेख गर्नुभयो।
त्यस्तै ‘इब्राहिमको घोडा र बिकिनीहरू’ लघुकथासङ्ग्रहको शैली, शिल्पगत दृष्टिकोणले परिचर्चा गर्ने क्रममा वरिष्ठ लघुकथाकार एवम् प्रा.डा. कपिल लामिछानेले ‘लघुकथामा के लेख्ने ? भन्ने प्रश्नले लघुकथाको संरचनागत पक्ष र कसरी लेख्ने भन्ने प्रश्नले शिल्प शैलीगत पक्षको उजागर गर्दछ’ बताउनुभयो। लघुकथा सृजनालाई बल्छीसँगै तुलना गर्दै प्रा.डा.लामिछानेले बल्छी हुनु संरचनागत पक्षसँग सम्बन्धित छ भने ‘कसरी माछा मार्ने ?’ शिल्प शैलीगत पक्ष रहेको उल्लेख गर्नुभयो। सङ्ग्रहका अधिकांश लघुकथाहरू कवितात्मक शैलीको रहेकोे बताउनु हुँदै प्रा.डा.लामिछानेले लघुकथामा विम्ब, प्रतीकको सुन्दर संयोजन पाइने बताउनुभयो। साथै उहाँले भावगतरूपमा निकै गहन र अर्थपूर्ण लघुकथाहरू सङ्ग्रहमा सङ्ग्रहित रहेकोे पनि उल्लेख गर्नुभयो।
कृतिकारको तर्फबाट बोल्नुहुँदै वरिष्ठ साहित्यकार एवम् लघुकथाकार महेश प्रसाईले समीक्षकहरूबाट प्राप्त सुझावप्रति आफ्नो खण्डन र विमति केही नरहेको तर झुकाव अलि बढी कवितामा भएकोले मेरा आख्यान सृजनाहरू कविताको प्रभाव अछुत रहन नसकेको उल्लेख गर्नुभयो। साथै उहाँले लघुकथा लेखनमा रहेको परम्परागत शैलीलाई तोडेर नयाँ शैलीमा लेख्ने कोसिस गरेको बताउनुभयो।
कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले वरिष्ठ साहित्यकार प्रसाईको धेरै लघुकथामा कविता हावी भएको उल्लेख गर्दै ती लघुकथालाई लघुकथा मान्ने कि नमान्ने चुनौती आएको बताउनुभयो। पछिल्लो समय गद्य कविता लेखेर लघुकथा भन्ने प्रचलन बढ्दै जाँदा विशुद्ध लघुकथा भनेको कस्तो लघुकथा हो भन्ने नै अन्योलता बढेको छ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार गोपी मैनाली, सिक्किमेली लघुकथा मञ्चकी संस्थापक त्रिपुरा खरेल, हेमराज अधिकारी, असमका रेवतीरमण सापकोटा, देबी प्रसाद थापा ‘मामा’ लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिनुभएको थियोे भने वरिष्ठ लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मी, वसन्त अनुभव, नर पल्लव, नारायणनाथ योगी, लक्ष्मण ज्ञवाली, मीठू कुमारी पाठक, हेमराज अधिकारी, त्रिपुरा पोख्रेल, अवधेश सिंह, भूमिका गैरे तिमल्सिना, विष्णु भण्डारी, श्रीकृष्ण पौडेल, ईश्वर प्रसाद लामिछाने, यमुना प्रधानाङ्ग मुना, विवेक शर्मा गौतम, देबी प्रसाद थापा मामा, जयदेश श्रेष्ठ, राजेन्द्र आचार्य, सुरेशकुमार पाण्डे, मित्र गौतम, होम सुवेदी, ध्रुवराज थापा, धनसिंह विश्व, छायादत्त न्यौपाने, अम्बिका धिताल, सिएन बन्जाडे, मुक्ति गौतम, आयुष बडाल, इन्दिरा पौडेल ‘प्रतीक्षा’ लगायत संस्थाका पदाधिकारी, लघुकथाकार, साहित्यकार, समीक्षक, पाठक, पत्रकारहरूको उपस्थिति रहेकोे थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने जुम हलको प्राविधिक संयोजन लघुकथाकार आयुष बडालले गर्नुभएको थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चले आफ्नो आठौँ वार्षिकोत्सव विगतझैँ यस वर्ष पनि असार ९ र १० गते भव्य रूपमा सम्पन्न गरेको छ। मञ्चले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत मञ्चको भित्तोमा कार्तिक ९ र १० गते स्रष्टाहरूबाट लघुकथाहरू आव्हान गर्नुका साथै दर्जनौँ साहित्यकार, समीक्षक, सर्जकहरूलाई अभिनन्दन, सम्मान तथा पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।
मञ्चका अनुसार ‘अभिनन्दन-२०८३’ का लागि लामाे समयदेखि आख्यान अनुसन्धान तथा समालाेचना एवम् साहित्यका विभिन्न विधा तथा उपविधामा साधनारत रही नेपाली साहित्यमा अतुलनीय याेगदान पुर्याउनुभएका वरिष्ठ साहित्यकार प्रा.डा. कृष्णहरि बराल र प्रा.डा. देवी नेपाललाई छनोट गरेको छ। उहाँहरूलाई ११ हजार १ सय ११ नगद, खादा, मालासहित ताम्रपत्रको ‘आख्यान अनुसन्धान तथा समालोचना पुरुष’ सम्मानपत्रबाट सार्वजनिक विशिष्ट नागरिक अभिनन्दन गरिने संस्थाले जनाएको छ।
त्यस्तै वरिष्ठ साहित्यकार तथा अग्रज लघुकथा सर्जक महेश प्रसाईंलाई ‘विजय स्मृति अग्रज लघुकथा- स्रष्टा सम्मान- २०८३’ समर्पण गरिने जनाइएको छ। कीर्तिशेष वरिष्ठ साहित्यकार विजय चालिसेज्यूको स्मृतिमा वि.स. २०८२ सालमा स्थापित यस सम्मान पनि नगद रुपैयाँ ११ हजार १ सय ११ रकमसहित ताम्रपत्रमा सम्मानपत्र समर्पण गरिने मञ्चले जानकारी दिएको छ।
त्यस्तै मञ्चले वि.स. २०८३ सालका लागि संस्थामा समर्पित रहेर वर्षभरि लघुकथा समालोचनामा योगदान पुर्याउनु भएका समालोचक डा. हरिप्रसाद सिलवाललाई पनि नगद ११ हजार १ सय ११ रकम, ताम्रपत्रमा सम्मानपत्र समर्पण गर्ने घोषणा गरेको छ ।
साथै यस वर्षको ‘हेमलता स्मृति लघुकथा सम्मान- २०८३’ असम, भारत निवासी, नेपालीभाषी, पुरुष, लघुकथाका नवस्रष्टा रेवतीरमण सापकोटालाई समर्पण गर्ने निर्णय गरेको छ ।
लघुकथामा कुनै पनि कृति ननिकालिसकेका तर लघुकथा लेखनमा निरन्तर लागिपरेका ६० वर्ष उमेर नकटेका सक्रिय एक पुरुष र एक नारी गरी दुई लघुकथा स्रष्टाहरूलाई प्रदान गर्दैआएको यस सम्मान यस वर्षदेखि एकपटक नेपाली नव स्रष्टालाई र अर्कोपटक नेपालीभाषी विदेशी नवस्रष्टालाई प्रदान गरिने र हरेक २/२ वर्षमा आयोजना गरिने कार्यक्रममा समर्पण गरिने जनाएको छ। कीर्तिशेष लघुकथाकार हेमलता उप्रेतीको स्मृतिमा स्थापित उक्त सम्मान राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ।
त्यस्तै यस वर्षको ‘वर्ष लघुकथा स्रष्टा सम्मान-२०८३’ बाट सक्रिय लघुकथा सर्जक नारायण नाथ योगी(मनोज खनाल)लाई समर्पण गरिने मञ्चले जनाएको छ। नगद रु. ७ हजार रकम राशी रहेको यस सम्मान संस्थाले वर्षभरि आफ्नो आधिकारिक फेसबुक समूहको भित्तोमा सबैभन्दा धेरै विशुद्ध र कालजयी रचनाहरू प्रेषित गर्ने एक स्रष्टालाई समर्पण गर्दै आएको छ ।
त्यस्तै यसवर्षको ‘लघुकथालय पुरस्कार- २०८३’, भारत तुहिम सिक्किमका हेमराज अधिकारीलाई प्रदान गर्ने घोषणा गरेको छ। उहाँलाई उत्कृष्ट लघुकथा कृति ‘च्यातिएको जुत्ता’का लागि समर्पण गर्न लागिएको हो। वि.स. २०८० सालमा स्थापना गरेको उक्त पुरस्कार ताम्रपत्रमा प्रमाणपत्र सहित रुपैयाँ ११ हजार १ सय ११ रकम राशी रहेको छ। उक्त पुरस्कारका लागि मञ्चले वि.संं २०८२ मा प्रकाशित लघुकथा कृतिहरू बजारबाट र कृतिकारहरूबाट सङ्कलन गरी निर्णायकबाट मूल्याङ्कन गराई उत्कृष्ट कृति छनोट गरेको थियोे ।
साथै ‘नमस्ते झिल्का पुरस्कार- २०८३’बाट वरिष्ठ साहित्यकार नर पल्लव (नर बहादुर गुरूङ)लाई उहाँको सर्वोत्कृष्ट कृति ‘विरुपाक्ष’का लागि समर्पण गरिने घोषणा गरिएको छ। वि.सं. २०८१ सालमा स्थापित उक्त पुरस्कारको राशी रुपैयाँ २२ हजार २ सय बाइस रहेको छ। यो संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहरूमध्ये सर्वोत्कृष्ट बन्न सफल कृतिका कृतिकारलाई दुई दुई सालमा आयोजना गरिने ‘लघुकथा साहित्यिक महोत्सव’मा प्रदान गर्ने गरी स्थापित पुरस्कार भएको संस्थाले जनाएको छ।
साथै यस वर्ष ‘नमस्ते गुरुकुल लघुकथा सुशोभन सम्मान-२०८३’ बाट पाँच जना लघुकथाकारलाई समर्पण गर्ने घोषणा गरेको छ। संस्थाद्वारा आफ्नो लघुकथा कृति प्रकाशित गराउने लघुकथाकार)/कृतिकारलाई सम्मान गर्ने उद्देश्यले वि.स.२०८१ मा स्थापित यस सम्मानबाट यस वर्ष सम्मानित हुनुहुनेमा नर पल्लव, बुद्धनगर, काठमाडौँ (कृति: विरूपाक्ष); रेवतीरमण सापकोटा, ओदालगडी, असम, भारत (कृति: रित्तो चुल्हो); रामबाबु घिमिरे, रत्ननगर, टाँडी, चितवन (कृति: अघोरी); खगेन्द्र बस्याल, तिलोत्तमा, रूपन्देही (कृति: अँजुली), र लक्ष्मण ज्ञवाली, तिलोत्तमा, रूपन्देही(कृति: मौन विद्रोह)रहेको मञ्चले जनाएको छ ।
साथै मञ्चले यसै वर्षदेखि संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहहरूमा सम्म्पादकको अत्यन्त जिम्मेवार भूमिकामा रहेर सर्वोत्कृष्ट एकजना सम्पादकलाई ‘सर्वोत्कृष्ट लघुकथा सम्पादक सम्मान’ समर्पण गरिने निर्णय अनुरूप ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान- २०८३’ बाट डा. हरिप्रसाद भण्डारीलाई सम्मानित गर्ने घोषणा गरेको छ। नगद रुपैयाँ ११ हजार १ सय ११ र ताम्रपत्रमा सम्मान पत्र प्रदान गरिने मञ्चले जनाएको छ।
त्यस्तै मञ्चले मञ्चद्वारा प्रकाशित कृतिहहरूमा सम्म्पादकको भूमिकामा रहेर सर्वोत्कृष्ट हुने कृतिको सम्पादन गर्ने सम्पादकलाई सम्मानित गर्न यसै वर्ष ‘सर्वोत्कृष्ट कृति-सम्पादक सम्मान’ स्थापना गरेको छ। तसर्थ यस वर्षको सर्वोत्कृष्ट कृति ‘विरूपाक्ष’को सम्पादन गरेवापत सम्पादक डा.शंकरप्रसाद गैरेलाई सम्मान स्वरूप रु.११ हजार १ सय ११ नगद राशी र ताम्रपत्रमा सम्मान-पत्रसहित ‘उत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’, समर्पण गरिने जनाएको छ।
साथै यसै वर्षदेखि मञ्चले संस्थाद्वारा प्रकाशित कृतिहरूको सम्पादनमा उत्कृष्ट ठहरिनुभएका सम्पादकहरू प्रा.डा. कपिल लामिछाने (भैरहवा, रूपन्देही ), डा.शंकरप्रसाद गैरे (कैलाशनगर, पाल्पा), डा. हरिप्रसाद सिलवाल (घट्टेकुलो, काठमाडौँ), र लक्ष्मण अर्याल (रत्ननगर, टाँडी, चितवन)लाई ‘उत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’ समर्पण गरिने जनाएको छ।
विगतमाझैँ नेपाली गीत, संगीत, गायन, कलाको क्षेत्रमा विशिष्ट योगदान दिने महानुभावहरूलाई कदरस्वरूप सम्मान गर्ने कार्यलाई निरन्तर दिँदै नेपाली लोक, आधुनिक, चलचित्रका गीत गायनमा सुमधुर एवम् उत्कृष्ट स्वरका माध्यमले नेपाली सङ्गीतमा दिनुभएको विशिष्ट योगदान दिएवापत कदरस्वरूप वरिष्ठ गायिका कुन्ती मोक्तानलाई नगद ११ हजार १ सय ११ राशी र ताम्रपत्रमा सम्मान पत्रसहित ‘विशिष्ट सङ्गीतश्री सम्मान- २०८३’ समर्पण गर्ने घोषणा गरेको छ।
मञ्चले उपरोक्त जति पनि अभिनन्दन, सम्मान तथा पुरस्कारहरू आगामी कार्तिक महिनामा राप्ती न.पा. चितवनमा आयोजना गरिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव-२०८३’ मा समर्पण गरिने पनि जानकारी दिएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चले ‘विशिष्ट सङ्गीतश्री सम्मान- २०८३’ बाट वरिष्ठ गायिका कुन्ती मोक्तानलाई सम्मान गरिने जनाएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आफ्नो आधिकारिक फेसबुक मार्फत उक्त घोषणा गरेको हो।
नेपाली लोक, आधुनिक, चलचित्रका गीत गायनमा सुमधुर एवम् उत्कृष्ट स्वरका माध्यमले नेपाली सङ्गीतमा दिनुभएको विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई उक्त सम्मान प्रदान गर्न लागिएको मञ्चले जनाएको छ।
सम्मानित व्यक्तित्वलाई मञ्चद्वारा आगामी कार्तिक महिनामा आयोजना गरिने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा रु ११ हजार १ सय ११ नगद र ताम्र पत्रमा सम्मान पत्र प्रदान गरिने मञ्चले जनाएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चले साहित्यकार एवम् सम्पादक डा.शंकरप्रसाद गैरेलाई यसै वर्ष स्थापित ‘सर्वोत्कृष्ट कृति- सम्पादक सम्मान-२०८३’ प्रदान गर्ने भएको छ । मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानको आधिकारिक फेसबुकमार्फत घोषणा गरेको हो।
संस्थाद्वारा प्रकाशित कृतिहहरूमा सम्म्पादकको भूमिकामा रहेर सर्वोत्कृष्ट हुने कृतिको सम्पादन गर्नु हुने सम्पादकलाई समर्पण गर्ने उद्देश्यले स्थापित ‘सर्वोत्कृष्ट कृति- सम्पादक सम्मान’ सर्वोत्कृष्ट कृति ‘विरूपाक्ष’को उत्कृष्ट सम्पादन गरे वापत निजलाई प्रदान गरिएको मञ्चले जनाएको छ।
सम्मानित सम्पादकलाई ११ हजार १ सय ११ रुपैयाँ रकम र ताम्र पत्रको सम्मान पत्र संस्थाद्वारा आगामी कार्तिक महिनामा हुने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा समर्पण गरिने संस्थाले जनाएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चले ४ जना लघुकथा सम्पादकहरूलाई ‘उत्कृष्ट लघुकथा- सम्पादक सम्मान- २०८३’ समर्पण गर्ने जनाएको छ। संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहरूको सम्पादनमा उत्कृष्ट ठहरिनुभएका सम्पादकहरूलाई सम्मान स्वरूप यसै वर्षदेखि प्रदान गर्न लागिएको मञ्चले फेसबुक मार्फत जनाएको छ।
आठौँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मानको घोषणा गर्दै उत्कृष्ट ठहरिनुभएका ४ जना सम्पादकहरू क्रमशः प्रा.डा. कपिल लामिछाने (भैरहवा, रूपन्देही ), डा. शंकरप्रसाद गैरे (कैलाशनगर, पाल्पा), डा. हरिप्रसाद सिलवाल (घट्टेकुलो, काठमाडौँ) र लक्ष्मण अर्याल(रत्ननगर, टाँडी, चितवन) लाई प्रदान गर्न लागिएको मञ्चले जनाएको छ।
सम्मानित हुनुहुने सम्पादकहरूलाई संस्थाले आगामी कार्तिक महिनामा आयोजना गर्ने दोस्रो लघुकथा साहित्यिक महोत्सवमा सम्मान-पत्र समर्पण गरिने जनाएको छ ।
नमस्ते आधुनिक लघुकथा मञ्चले वरिष्ठ साहित्यकार एवम् सम्पादक डा.हरिप्रसाद भण्डारीलाई ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान- २०८३’ समर्पण गर्ने भएको छ। मञ्चले आफ्नो आठौँ वार्षिकोत्सवको अवसरमा आधिकारिक फेसबुकमार्फत जानकारी दिँदै यसै वर्ष स्थापित ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’ डा.भण्डारीलाई प्रदान गरिने जनाएको हो।
संस्थाद्वारा प्रकाशित लघुकथा कृतिहहरूमा सम्पादकको अत्यन्त जिम्मेवार भूमिकामा रहेर सर्वोत्कृष्ट सम्पादक ठहरिनु भएका एकजना सम्पादकलाई ‘सर्वोत्कृष्ट लघुकथा सम्पादक सम्मान’ समर्पण गरिने संस्थाको सोच र योजनानुरूप डा. हरिप्रसाद भण्डारीले संस्थाद्वारा प्रकाशित ४ वटा लघुकथा कृतिहरू सर्वोत्कृष्ट ढङ्गले सम्पादन गर्नु भई यो सम्मान स्थापित भएकै पहिलो वर्ष ‘सर्वोत्कृष्ट लघुकथा- सम्पादक सम्मान-२०८३’ प्रदान गर्न लागिएको मञ्चले उल्लेख गरेको छ।
रु.११ हजार १ सय ११ रुपैयाँ पुरस्कार राशी रहेको पुरस्कार र सम्मान पत्र (ताम्र पत्रमा) संस्थाले आगामी कार्तिक महिनामा आयोजना गर्ने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव- २०८३’मा समर्पण गरिने संस्थाले जनाएको छ।
नमस्ते आधुनिक लघुकथा मञ्चले पाँच लघुकथा कृतिका कृतिकारलाई नमस्ते गुरुकुल सुशोभन सम्मान- २०८३ समर्पण गर्ने भएको छ । आठौँ वार्षिकोत्सवको अवसरमा आफ्नो आधिकारिक फेसबुकमार्फत मञ्चले घोषणा गरेको हो ।
संस्थाद्वारा ‘प्रथम लघुकथा साहित्यिक महोत्सव- २०८१’मा स्थापित यो सम्मान मञ्च प्रकाशक भई प्रकाशित भएका लघुकथा कृतिका कृतिकारहरूलाई प्रदान गरिँदै आएको संस्थाले जनाएको छ । सोही अनुरूप यस वर्ष आफ्नो लघुकथाकृति प्रकाशित गराउनु हुने कृतिकारहरूलाई सम्मान लागिएको हो। यस वर्ष संस्थाद्वारा आ-आफ्ना लघुकथा कृति प्रकाशित गराउनु हुने कृतिकारहरूमा नर पल्लव, बुद्धनगर, काठमाडौँ (कृति : विरूपाक्ष); रेवतीरमण सापकोटा, ओदालगडी, असम, भारत (कृति : रित्तो चुल्हो); रामबाबु घिमिरे, रत्ननगर, टाँडी, चितवन (कृति : अघोरी); खगेन्द्र बस्याल, तिलोत्तमा, रूपन्देही (कृति : अँजुली), र लक्ष्मण ज्ञवाली, तिलोत्तमा, रूपन्देही(कृति : मौन विद्रोह) रहेको छ । उक्त सम्मान आगामी कार्तिक महिनामा चितवनमा आयोजना गरिने ‘दोस्रो लघुकथा साहित्यिक महोत्सव२०८३’मा समर्पण गरिने संस्थाले जनाएको छ ।